महिलाले पुरुषबाट चाहने तीन महत्वपूर्ण कुराहरु
(एजेन्सी)–
के तपाईं सोच्नुहुन्छ कि महिलालाई बुझ्न गाह्रो हुन्छ ? के तपाईं
महिलाहरुलाई रहस्यमयी ठान्नुहुन्छ ? के तपाईं उनले के सोचिरहेकी छिन् वा
के गर्न चाहन्छिन् भन्ने कुरा पत्ता लगाउन चाहनुहुन्छ ? चिन्ता नलिनुस्,
यस्तो कुराहरु सोच्ने तपाईं मात्र एक्लो पुरुष होइन ।
कुनै पनि महिलाले आफ्नो मौनतामा नै
धेरैथोक भनिरहेकी हुनसक्छिन्, जब कि पुरुषले घण्टौँ बोले पनि केही
नबोलेसमान हुने गर्दछ । तपाईंले निकै ध्यानपूर्वक सुन्न जरुरी छ कि
तपाईंकी साथीले के भन्दैछिन् । यो कुनै विज्ञान होइन तरपनि तपाईं उनीप्रति
संवेदनशील हुन जरुरी छ । तल केहि कुराहरु दिइएका छन्, जुन कुनै पनि
महिलाले आफ्नो पुरुषमा खोज्ने गर्छिन् । के थाहा, यसपछि तपाईं पनि आफ्नी
प्रमिकालाई अझै राम्रोसँग बुझ्न सक्नुहुन्छ कि ?
१. विश्वसनीय र भरपर्दोः
कुनै पनि महिलाको लागि विश्वास निकै
महत्वपूर्ण वस्तु हो । तपाईंले झुठ कुरा बोल्न निकै साहस देखाउनु
पर्नेहुन्छ । यदि केही गरेर उनले तपाईंको झुठ समातेमा उनले तपाईंलाई
सजिलैसँग माफी नदिन सक्छिन । तर यदि तपाईंले गल्ती गर्नुभयो र सो गल्तीमा
पछुताउनुभयो भने तपाईंले माफी पाउने सम्भावना हुनसक्छ । उनलाई तपाईंले
कुनै शंकाबिना पूर्णरुपमा विश्वास दिलाउन सक्नुपर्छ र यो उनको लागि निकै
महत्वपूर्ण विषय हो । कुनै पनि महिलाले त्यस्तो साथीको साथ खोज्छिन् जसमा
उनी भर पर्न सक्छिन् ।
२. कुरा सुन्ने बानी बसाल्नुहोस्ः
इदि तपाईं महिला साथीसँग लामो सम्बन्ध
चाहनुहुन्छ भने तपाईंले उनको कुरा सुन्ने बानीको विकास गर्नुपर्छ । उनको
कुरा सुने मात्र पनि पुग्छ, जहिल्यै समस्याको हल खोज्नु जरुरी छैन । उनी
जहिल्यै उत्तरको खोजीमा हुँदैनन् । कहिलेकाँही उनीहरुलाई त्यस्तो
व्यक्तिको आवश्यकता हुन्छ, जसले उनको कुराबिना कुनै सुझाव सुनोस् । यस्तो
क्रियाकलापले उनीसँग तपाईंको सम्बन्ध थप मजबुत हुन्छ ।
३. परिपक्क हुनुहोस्ः
हामी सबैलाई थाहा छ पुरुषभन्दा महिलाहरु
चाडैँ परिपक्क हुन्छन् । तर महिलाले सधैँ आफ्नो पुरुषलाई आमासमान
सम्झाउने, बुझाउने र सम्हाल्न चाहँदैनन् । उनलाई पनि कसैले सम्हालोस् र
सम्झाओस् भनेर चाहन्छिन् । महिलाले आफ्नो पुरुष बुझ्क्कड, शान्त, समझदार र
विवेकशील होस् भनेर चाहन्छिन् । उनलाई देखाउनुहोस् कि तपाईं आफ्नो समस्या
वा डरसँग जुध्न सक्नुहुन्छ र आफ्नो समस्यासँग भाग्नुहुन्छ । समस्यासँग
कहिलेकाँही निराश हुनु स्वभाविक हुनसक्छ तर हरेश भने खानुहुँदैन । महिलाले
आफ्नो पुरुषमाथि विश्वास गरेर भर गर्न मन पराउँछन् ।