मुक्तिको भ्रममा भ्रमित हु“दै मानव समाज
केशब काफ्ले
मुक्ति शब्दका अनेकौ अर्थहरु छन् । आध्यात्मिक क्ष्ँेत्र होस् वा भौतिक क्षेत्र लौकिक विषय होस् या अलौकिक विषय तर मुक्ति शब्दको व्याख्या कुनै साधारण पुरुष वा साधारण मनुष्यले गर्नै सक्दैन । हुन त मनुष्य चोला प्राप्त हुनु वास्तविक रहस्य पनि मुक्ति स“ंगै जोडिएको अर्थ बुझाउ“छन् हाम्रा वेद पुराण आदि ग्रन्थहरुले । कोही जिवित अवस्थामै संसारिक वृतिबाट मुक्त भै सकेका हुन्छन् अरे । जस्तै राजा जनक, राजा जनक सांसारिक वृत्तिमा व्यस्त हु“दा ह“ुदै पनि संसारिक वृत्तिबाट मुक्त थिए अरे । तर आजको यो विष्य आध्यात्मिक मुक्तिसं“गको विषय होइन । मैले आध्यत्मिक जस्तो गहन विषय उठाउन त के कुरा छुन पनि सक्दिन । आजको विषय आधुनिक युगमा आधुनिक मानव समाजले खोज्दै गरेको मुक्तिको विषय हो । त्याग पनि मुक्ति शब्दको पर्यायवाची शब्द हो । जस्तो कि कुनै पनि विषयबाट मुक्त हुनका लागि उक्त विषय त्याग गर्नुपर्छ । जस्तै मदिरा सेवन त्याग गरेर नशा मुक्त हुने । तर मदिरा त्याग गरेर भाड्ड, धतुरो तथा अन्य लागुपदार्थमा लाग्नु भनेको त्यो त्याग होइन । त्यो परिवर्तन मात्र हो नशा परिवर्तन । हामीहरु पनि त्यस्तै भैरहेका छौं । हामीले मानव सभ्यताको आरम्भदेखि आजसम्म अनेकौं त्याग गरिसक्यौं । अनेकौं प्रकारका त्यागद्वारा अनेकौं विषयबाट मुक्ति पायौं तर अर्का विषयमा फस्दै गायौं । त्यसकारण मुक्तिको अनुभव गर्न सकेनांै । एक विषयदेखि मुक्ति अर्को विषयमा आशक्ति । अर्को अर्थमा हामी बन्धन मुक्त हुनै चाहदैनौ । पशुको जस्तो अवस्था छ हाम्रँे । कतिपय पशु आफुलाई बा“धिराखेको बन्धनदेखि मुक्त हु“दा पनि मुक्तिको अनुभव गर्दैनन् । दाम्लोको गा“ठो फुकाइदिदा पनि आफ्नो ठाउ“मा स्थिर रहन्छन् । फेरि हपारे पनि मात्रै मुक्तिको अनुभुति गर्दछन् । यो विषय गाउ“घरमा जन्मे हुर्केका किसान, हर्वा अथवा पाका, पुर्खालाई राम्रोसं“ग थाहा छ । तर पशु बन्धन मुक्त भएपछि त्यो पशु व्यविचार, यौनाचार तथा विभिन्न मिष्ठान्न चारामा लिप्त हुन पुग्छ । तर हामी भनेका प्राणीजगतका सर्वश्रेष्ठ ठानिएका मनुष्य हौं । फेरि पनि हामीहरुले पशुको जस्तै मुक्ति चाहेका छौं । त्यसै कारणले गर्दा हामीहरुले अनेकौ प्रकारका त्याग र मुक्ति पाएर पनि सन्तुष्ट छैनौ । अझै मुक्ति चाहन्छौं । हामीले धेरै त्याग गरिसक्यांै, धेरै विषय वस्तुबाट मुक्ति पाइसक्यौं । मानव समाजको आरम्भिक अवस्थाको इतिहासदेखि आजको आधुनिक युगसम्म आइपुग्दा अनेकौं विषयबाट मुक्ति पाइसक्यौं । तर सन्तुष्टि भएन अझै मुक्ति चाहन्छौ मुक्ति कै कुरा गर्छौं मुक्ति कै नारा लगाउ“छौं । मानव समाजले कस्तो मुक्ति चाहन्छ त ? यदि पशुजगतको जस्तो मुक्ति चाहन्छ भने त्यो सम्भव छैन । हुन त आजको आधुनिक मानवले कहिले काहीं पशुजगतलाई पनि सर्मसार गर्ने काम गरेका समाचार आउने गरेका छन् । यसले के पनि सिद्ध हु“दै छ भने मानव समाजले पनि पशुहरुले झैं पुर्ण मुक्ति चाहन्छन् । पशु सरह खुला यौनाचार चाहन्छ । समाजिक बन्धनबाट मुक्त हुन चाहन्छ । आफ्नो काम कर्तव्य देखि र दायित्वदेखि मुक्त हुन चाहन्छ । यदि सामाजिक बन्धनदेखि मुक्त हुन चाहेको भने मानव समाजले विवाह नै गर्न हु“दैन । पशु जगतमा विवाहको चलन छैन अन्यथा बुझ्नु पर्छ की विवाह आफैमा बन्धन हो । भन्ने पनि गरिन्छ ब्रतबन्ध, विवाह बन्धन त्यसकारण विवाह सामाजिक बन्धन हो । सामाजिक मर्यादा कायम राख्ने बन्धन हो । हामीले कल्पना गरेर हेरौं त कस्तो होला विवाह मुक्त समाज ? कस्तो होला यौन बन्देज मुक्त समाज ? कस्तो होला शरीरलाई वस्त्र मुक्त राख्ने समाज ? कस्तो होला दया मुक्त समाज ? सदाचार मुक्त समाज ? सबै प्रकारको नैतिकता मुक्त समाज कस्तो होला ? तर हाम्रँे समाज लगातार त्यस्तै मुक्ति चाहेको छ । मुक्ति प्रयास गर्नु र मुक्ति पाउनु राम्रो कुरा हो । जस्तै रोग मुक्त, शोक मुक्त, भोक मुक्त, भय मुक्त, भ्रष्टाचार मुक्त आदि आदि तर हामीहरुले यसको विपरित ठिक उल्टो मुक्तिका लागि संघर्ष गरिरहेका छौं । स्त्री होस् वा पुरुष सबै प्रकारका सामाजिक बन्धन तोडेर मुक्त हुन चाहन्छन् । जसलाई जुन विषयलाई हामीले बन्धन मानेका छांै बास्तवमा तिनै विषय बन्धन नै होइनन् । तिनि विषय त एउटा सन्तुलित समाजको जग हो । त्यस्ता सामजिक बन्धन रह“दैनन् भने फेरि पशुता र मुनुष्यतामा के फरक रहन्छ त ? के प्राणी जगतको सर्वश्रेष्ठ प्राणि मनुष्य पशु व्यवहारमै रमाउन चाहान्छ त ? हामीहरुले सबै सामाजिक बन्धन बाट मुक्ति चाहेका छौ । आफनो सामजीक दायित्वबाट मुक्ति चाहेका छौ । छोरा बुहारी, छोराछोरी, नातिनातिना, अभिभावकको सेवा सत्कारबाट मुक्त हुन चाहन्छन् घर परिवारको काम कर्तव्यबाट मुक्त हुन चाहन्छन् । विद्यार्थी वर्ग अनुशासनबाट मुक्त हुन चाहन्छन् । राष्ट्रसेवक भनिएका कर्मचारीहरु काम कर्तव्य र ईमानबाट मुक्त हुन चाहन्छन् । युवा युवती किशोर किशोरी यौनबन्देजबाट मुक्त हुन चाहन्छन् । यस्तो छ हाम्रो समाजको मुक्तिको चाहना । कहिं कसैले कसैको अधिनता चाहदैन । तर सत्यता यो हो की बन्देज र अधिनता विना संसार चल्नै सक्दैन । विद्यार्थी शिक्षकको अधिन, सिपाही कमाण्डरको अधिन, सन्तान अभिभावकको अधिन, कर्मचारी हाकिमको अधिन, देशका जनता राष्ट्र र राष्ट्रियताको अधिन हुनै पर्छ । आज घर परिवारमा पतीलाई पत्नीको अधिनता स्वीकार छैन । पत्नीलाई पतिको अधिनता स्वीकार छैन । यदी एक आपसमा अधिनता स्वीकार गरिदैन भने फेरि विवाह किन गर्नु ? एक आपसमा बन्दै स्वीकार छैन भने विवाह बन्धन किन स्वीकार गरिन्छ त ? यदी विवाह बन्धन स्वीकार गरिदैन भने दुवै पक्षको यौनाचाहानाको पुर्ती कसरी गरिन्छ त ? के पशु सरह ? यौन पुर्तिको वैद्यानिक तरिका विवाह हो । यहि सामजिक बन्धन हो । फेरि छाडा हुन कसरी पाईन्छ त ? छाडा हुन नपाउ“दा बन्धनको भान गरिरहेको छ समाजले । आज भोलि नारी मुक्तिका नाराहरु पनि निकै चर्को रुपमा उठ्ने गरेका छन् । हजारौं संगठन नारी मुक्तिका लागि सक्रिय छन् । अब नारी जगतले आफुलाई कहा“ कसरी कुन दृष्टिले बन्दी मानेको छ, यो बुझिसक्नु छैन । नारी जगतले कुन प्रकारको मुक्तिको खोज गरिरहेका छन् त ? मुक्तिको चाहना र पुरुषस“ग बराबरीको प्रतिस्पर्धामा नारी जगतले आफ्नो नारी हुनुको गरिमामय उपस्थिति गुमाइरहेका छन् । हाम्रँे देशमा नारीको एउटा बेग्लै पहिचान र आफ्नै अस्तित्व थियो । तर पश्चिमी देशको देखासिकि गर्न खोज्दा र पुरुष भन्दा माथिल्लो भुमिकामा जान चाह“दा आज उनको नारी हुनुको गर्व तथा आस्तित्व पुरुष मै विलय हु“दै छ । तर नारी जगतमा यसको ज्ञान हुन सकेको छैन । आखिरी आज नारीको उपस्थिति नभएको स्थान कहा“ छ र ? मुक्तिको अर्थ पश्चिमी देशको नक्कल गरेर शरिरलाई वस्त्रमुक्त गर्नु नै मुक्ति हो त ? शरीरलाई वस्त्रमुक्त गरेर मात्रै मुक्ति हुने भए पश्चिमी देशका महिला राजनीतिक स्तरमा यति पछि किन छन् त ? गन्ती गरेर हेर्ने हो भने आजसम्म एसियाली देशहरुमा २० जना भन्दा पनि धेरै नारीहरुले राष्ट्रको सर्वोच्च स्थान प्राप्त गरिसकेका छन् । वर्तमान समयमा पनि एसियाली देशका अनेक देशहरुमा महिलाहरुनै प्रधानमन्त्री र राष्ट्रपति रहेको अवस्था छ । के त्यो स्थान वन्धनमा रहेर सम्भव हुन्थ्यो ? खै कति जना नारीले सत्ता हा“केका छन् त पश्चिमी देशका मुक्त नारीले ? हाम्रँे पीडा के छ त भनी हामीहरुले राम्रँे पक्ष्ँ त्याग गरेर अर्थात् राम्रँे पक्ष्ँबाट मुक्त भएर नराम्रो पक्ष्ँ ग्रहण गर्न चाहन्छौं त्यसमा अबरोध भयो भने त्यसैलाई बन्धन ठान्दछौं । वास्तवमा जसलाई जुन विषयलाई हामीहरुले बन्धन ठानेका छौं त्यो बन्धन हु“दै होइन । त्यो त एउटा सन्तुलित तथा सभ्य समाजको आधार विम्ब हो । ध्यान दिनु पर्ने के छ त भने अत्यधिक मुक्ति खोज्दा समाज असन्तुलित हुन जान्छ । असन्तुलित समाजबाट असन्तोषले जन्म लिन्छ । असन्तोषले अराजकता पैदा गर्छ । अराजकताले अशान्ति ल्याउ“छ र अशान्ति भएको देश र त्यहा“का निवासीको भलो कहिले हुन सक्दैन । त्यसकारण अनावश्यक रुपमा मुक्तिको खोजिमा समय बर्बाद गर्नुभन्दा पाएको मुक्तिमा रमाएर समाजमा भिज्नु नै सामाजिक दायित्व हो ।
No comments:
Post a Comment