July 19, 2014

उकाली ओराली: गरिब देशको धनी बजेट तर निराशाजनक

उकाली ओराली: गरिब देशको धनी बजेट तर निराशाजनक: केशब काफले   यति नै बेला एक दृष्टिले हेर्दा देशमा पूर्ण बहुमतको सरकार छ । र त्यही पूर्ण बहुमतको सरकारले आर्थिक वर्ष २०७१।०७२को आयव्य...

गरिब देशको धनी बजेट तर निराशाजनक


केशब काफले

 

यति नै बेला एक दृष्टिले हेर्दा देशमा पूर्ण बहुमतको सरकार छ । र त्यही पूर्ण बहुमतको सरकारले आर्थिक वर्ष २०७१।०७२को आयव्यय जनता समक्ष्ँ प्रस्तुत गरिसकेको छ । सरकारद्धारा प्रस्तुत गरिएको यस बजेटलाई निजी क्षेत्रले सकारात्मक रुपमा लिएको देखिन्छ । किनकि यस बजेटमा निजी क्ष्ँेत्रलाई आकर्षित गर्न खोजेको देखिन्छ । यस बजेटले आशिंक रुपमा मध्यम वर्गलाई पनि समेटेको देखिन्छ । तर सदाको झैं यस पटकको बजेटले पनि गरिब वर्ग र गरिबीको रेखामुनि रहेको वर्गलाई पटक्कै छोएको छैन । पूर्ण रुपमा नजरअन्दाज गरिएको छ निम्न वर्गको तर्फबाट । सरकारी कारिन्दाहरुको तहअनुसार दुई देखि ९हजारसम्म तलबवृद्धि गरिएको छ । जसको फलस्वरुप २—४ दिन भित्रै बजारमा १५ प्रतिशत देखि २५ प्रतिशत सम्म महगी आउने निश्चित छ । यस महंगीको मार निम्न वर्गले नै झेल्ने हो । तर यस महगीबाट निप्टने खोज अर्थ मन्त्रीले गर्न सकेको छैनन । सबै क्षेत्र सबै वर्गलाई समेटको छु भनेका अर्थ मन्त्रीले निम्न वर्गतर्फ दृष्टिपात गर्न पनि भ्यएका छैनन । सबै वर्गलाई समेटने कोसिस गर्दा गर्दै हो वा जानाजानै हो निम्न वर्गलाई समेटन त के कुरा हेर्न पनि चाहेका छैननन् अर्थ मन्त्रीले ।

विषेशतः यति नै बेला जनस्तरबाट उठिरहेका माग तथा विषय बस्तुहरुलाई कहिबाट पनि सम्बोधन गरिएको देखिदैन । नया“ सरकार संग आम जनताले केही नया“ पनको अपेक्ष्ाँ गरेका हुन्छन । तर प्रस्तुत बजेटमा केही नया“पन र भरस लाग्दो विषय कही पाईदैन । वर्तमान समयमा विकराल समस्याको रुपमा रहेको बेरोजगारीलाई कसरी समाधान गर्ने भन्ने तर्फ सरकारको ध्यान पटक्कै गएको छैन बजेट मार्फत । नया“ योजनाको सुरुवात गरेर कसरी नया“ रोजगारको सृजनागर्ने र बेरोजगारी दुर गर्ने भन्नेतर्फ बजेटमा कही उल्लेख छैन । महंगीको मारमा परेर त्रस्त बनेको निम्न वर्र्गलाई कसरी राहत दिने भन्ने तर्फबाट सरकार र सरकारी बजेट पूर्ण त चुप लागेको छ । निम्न वर्गलँई तत्काल राहत दिने जस्ता कुनै योजना छैनन बजेटमा फेरि यस बजेटलाई कसरी सन्तुलीत भन्न सकिन्छ र ? कर्मचारीहरुको तलब वृद्धि सगै बजारमा महगी निश्चित रुपमा आउछ । यसमा सन्देह गर्नु पर्दैन । तर त्यस महगाईलाई कसरी समायोजित गर्ने कसरी महंगि नियन्त्रण गर्ने , कसरी बजारलाई सन्तुलीत गर्ने र कसरी बजार व्यवस्थापन गर्ने भन्ने कुनै ठोस योजना देखिदैन बजेटमा ।
महंगी नियन्त्रण बजार व्यवस्थापन बजारमा वस्तुको सुलभता आदि जस्ता जनचासोका मुख्य विषय हुन । तर यस्ता विषयलार्य बजेटले छुन पनि सकेको छैन । बजेटमा अनिवार्य रुपमा समेटिनु पर्ने विषयहरुलाई भन्दा जनचासोदेखि पर रहेका विषयहरुलाई प्राथमिकता दिएको पाईन्छ । गरिबीलाई मध्यन नजर रख्दै बजारमा सन्तुलन ल्याउने तर्फ पटक्कै दृष्टिपात गरिएको छैन बजेटमा सम्भव त अर्थ मन्त्रीज्यूलाई निम्न वर्गदेखि एलर्जी नै रहेछ । त्यसैकारणले गर्दा होला यस पटक पनि सधा झै निम्न वर्गका लागि बजेटले घोर निरासानै ल्याएको छ । बजेटमा नया रोजगारको सृजना गरेर युवा युवतीहरुलाई स्वदेशमै रोजगारी उपलब्ध गराएर जनशक्ति विदेश पलायन हुनबाट रोक्ने खण्डको एउटा पनि योजना देखिदैन । अनेक कारणहरु छन जसले गर्दा यस बजेटलाई एउटा सन्तुलीत बजेट भन्न मिल्दैन ।
अर्थ मन्त्रीले समेटिनु पर्ने  धेरै क्ष्ँेत्रलाई छोडेका छन । भ्रष्टचारले पीडित भएर थलामा परिसकेको देशमा बजेट प्रस्तुत गर्दा भ्रष्टाचार कसरी नियन्त्रण गरेर कसरी राजश्व वृद्धि गर्ने भन्ने तर्फबाट अर्थ मन्त्रीले आ“खा चिम्लेका छन । भ्रष्टाचार,जमाखोरी,कालाबजारी,राजश्व चोरी आदि जस्ता विषय अर्थ मन्त्रीज्यूलाई गौण विषय बनेको देखियो । यस बजेटले निजी क्षेत्रका कर्मचारीहरुलाई पनि साथ दिएको देखिदैन । अझै भन्नु पर्दा अनौपचारिक क्षेत्रका कर्मचारीहरु त यस बजेट देखि लाखौ मिल टाढा देखिन्छन । अर्थ मन्त्री ज्यूले औपचारिक तथा अनौपचारिक क्ष्ँेत्रका कामदारहरुले पनि अन्न खान पर्छ कपडा लगाउन पर्छ भन्ने थाहा पाएका रहेनछन क्यारे । यस बजेटले वर्ग विभाजनको कार्यलाई निरन्तरता दिईरहने छ । समग्रमा यो बजेट पनि सधा झै वर्ग विषेशलाई मात्रै लाभाम्बित गर्ने बजेट हो भन्दा अन्यथा हु“दैन । आय श्रोतका नया“ मुल नखोजिकन व्यय गर्ने थलोलाई प्रोत्साहित गरेका छन अर्थ मन्त्रीले ।
आय श्रँेत नखोजिकन व्यय गर्दा नै त होनी घाटाको बजेट प्रस्तुत गर्न पर्ने ।  बजेट ठूलो आकारको छ । पैसा छरिएको छ । तर बजेटमा उत्साह छैन । निरासाजनक छ बजेट । विषेशत गरिब वर्गका लागि त बजेटमा उत्साह छंदै छैन । नया“ निर्वाचित तथा बहुमतमा रहेको सरकार सत्तामा हुदा यस सरकारसंग निम्न वर्गले केही आशा राखेको थियो । तर यस वर्गलाई त जुनै जोगि आए पनि कानै चिरेको भन्ने उखानले साथ छोडने छाट देखिदैन । निम्न वर्गले ठूला तथा दिर्घकालीन योजनाहरुमा भन्दा पनि तत्काल राहतको विषयमा धेरै चासो राखेको हुन्छ । तर निम्न वर्गले राहत पाउने विषय त परै जावस थप महंगीको मारमा यही वर्ग पिसीने निश्चित छ । अर्थ मन्त्री महोद्य जी ले गरिब तथा माध्यम वर्गलाई वैदेशिक रोजगारबाट फर्कदा ३२ ईन्चको टिभीमा भन्सार नलाग्ने जस्ता हास्यास्पद विषयले थुम्थुम्याउन खोजेका छन । जो कि आ“खामा छारो हाल्ने काम हो । बजेटमा वस्तुको आयात निर्यात जस्तो महत्वपूर्ण विषयलाई छोईएको पनि छैन । जबकी आयात निर्यात भनेको एउटा महत्वपूर्ण पक्ष हो । वार्षिक बजेटमा अनुमानित रुपमा भए पनि आयात निर्यातको विषय अनिवार्य रुपमा समेटिनु पर्दथ्यो । योबजेट कहीबाट पनि उत्पादन मुलक देखिदैन । र जब सम्म स्वदेशी उत्पादनमा देश आत्म निर्भर हुदैन तब समम देश कसरी विकासका मार्गमा अघि बढछ र ? अर्थ मन्त्रीले २०२२ सम्मा देशलाई विकाशील देशको पंक्तिमा उभ्याउने उल्लेख गरेका छन । तर जुन प्रकारको बजेट प्रस्तुत गरिएको छ त्यस्तै प्रकारका बजेटका हिसाबले त २०२२ होईन कि २०५२ सम्ममा पनि देश विकाशील देशको पंक्तिमा पुग्दैन । देशमा भरपुर कृषि उत्पादन नभएसम्म देशलाई अघि बढाउन सकिदैन । तर बजेटमा वैज्ञानिक तबरमा कृषि उत्पादनको कुनै ठोस नीति प्रस्तुत गरिएको छैन ।
बजेटको आकार मात्रै ठूलो भएर हु“दैन । बजेटको ठीक ठीक प्रयोग हुन सकोस भन्ने तर्फ अर्थ मन्त्रीको ध्यान पुगेको छैन । बजेट  ठूलै आकारको बनाएर पैसा छर्ने तर त्यसलाई ठीक प्रकारले कार्यान्वयन नगर्ने विमारी पुरानै हो हाम्रो देशमा । जुन क्षेत्रलाई बजेट विनियोजन गरिएको हो त्यस क्ष्ँेत्रमा बजेटको ठीक ठीक प्रयोग भयो वा भएन भन्ने अनुगामन हुन अति आवश्यक छ किनकि हाम्रो देशमा भ्रष्टाचारको महामारीनै फैलिएको छ । जसलाई नियन्त्रण गर्ने तर्फ अर्थ मन्त्रीले दृष्टिपात गर्न भ्याएनन । चाहे जे होस बजेटमा निम्न वर्गका लागि निराशा बाहेक अरु केही छैन । अन्य क्षेत्रलाई पनि यस बजेटले खासै खुृसी दिन सक्दैन । समग्र रुपमा यो बजेट सधाको झै माध्यम खालको बजेट हो भन्न सकिन्छ ।