January 09, 2014

बाबुराम प्रचण्ड ज्यु अलि धैर्यवान हुन सिक्नुस


केशब काफ्ले

धन्यवाद बाबुराम प्रचण्ड ज्यु तपाईहरुलाई धन्यवाद यस अर्थमा कि तपाईह्रुले आफनो पार्टीको सर्मनाक पराजय पश्चात अधैर्य भएर आवेगमा गरेको निर्णय सच्याउदै संविधान सभामा सम्मीलीत हुने निर्णय गर्नुभएको छ । तपाईहरुको अधैर्यता देखेर त स्वयम धैर्यताको पनि बांध फुटन सक्छ दिनभरी आमाको काखबाट दुर रहेको दुधेबालक बेलुका आमाको काखमा गएर आमाको स्तनपान गर्न अधैर्य भएझै अधैर्यहुन तपाईहरु जस्ता माहाना हस्तीलाई शोभा दिदैन  । हुन त तपाइहरु सत्ताका लागि अधैर्य भएर अतियार उठाउदा नै देशबासीहरुले दश वर्ष सम्म महान पिडा भोग्नु पर्ेको हो  । त्यो पिडाको ऐसास तपाईहरुलाई भोग्नु परेन । किन कि तपाइहरुले आफु आफना र आफन्त कोही गुमाउनु परेन । तपाईहरुको इच््छा पुर्ति गर्नको लागि पिडा भोग गर्न बाध्य भएका हजारौ पिडितहरुले पनि धैर्यता पुर्वक न्याय पर्खि बसेकै छन । तपाईहरुले सत्ता प्राप्तीका लागि धैर्य राखेर गोलिको भन्दा बोलीको बाटो लिईदिएको भए देशले र देशबासीहरुले १० वर्ष सम्म त्यो भयानक दर्दनाक पिडा भोग्नु पर्ने थिएन  । तिनि पिडायुक्त दिनहरु पनि तपाईहरुकै अधैर्यताको देन हो । धैर्यवान भएर गोलीको भन्दा बोलीको भाषामा आफनो पार्टीैको सिद्धान्त जनतालाई सम्झाउन सकेको भए देखि बैसालु दिदिबहिनीहरुको सिउंदोको सिन्दुर पुछिने थिएन । बुढेसकालका साहारा रुपि सन्तान गुमाउनु पर्ने पिडा पनि तपाईहरुलाई थाहा हुने कुरै भएन  । सत्ताको सिखरमा पुग्न तपाईहरु  अधैर्य भएर हतियारको भाषा बोल्दा धेरै बालबालीका टुहुरा भए् । तिनि टुहुराहरुले पनि धैर्य धारण गरेकै छन । धैर्य पुरुषको गहना हो । धैर्यता पूर्वक यात्रा गर्ने यात्रुले गन्तव्य अवस्य पाउछ । अधैर्य भएर सटकट  अपनाउदा कस्तो पिडा भोग गर्नुपर्छ भन्ने कुरा पिडित जनतालाई सोध्नुस । अधैर्यतामा दुर्घटनाको सम्भावना धेरै हुन्छ । प्रचण्ड ज्यु तपाई अधैर्य भएर  आफनो  ईच्छा पुर्ति गर्न चाहादा तपाईका चाहानामा धेरै चिहान बनेका छन । कृपया अब त  धेर्यवान बन्नुस । तपाइहरु जस्ता विद्धान तथा विख्यात व्यक्तिहरुले अधैर्य भएर जथाभावि बोल्दा धैर्यले पनि सर्म मानेको हुनुपर्छ । प्रचण्ड ज्युृ समयले एक पटक सबैलाई मौका दिन्छ । सो तपाईलाई पनि दिएकै हो । तर तपाई अधैर्य भएर रुकमागत कटुवाल रुपि विजुलीलाई झम्टन पुग्दा कटुवाल रुपि करेण्टले तपाईको मौका खोसि दियो । हुन त तपाईहरुलाइ मिठो मसिनो खानेबानी बसीसकेको छ मिठो खाइसेकेकालाई नमिठो भोजन रुचिकर हुदैन । तर सधै भरी मिठो भोजन उपलब्ध नहुन पनि सक्छ् मिठो मिठो भोजको व्यवस्था गर्न समय पनि लाग्छ । समयको नाम धैर्य हो । तपाइहरुले आफनो ईच्छा पुर्ति गर्नको लागि पिडित पारिएका द्धन्द्ध पिडितहरुले पनि धैर्यता पूर्वक न्यायको पर्खाईमा बसीरहेका छन । धैर्यताको  केही अंश उनिहरु संग उधारो माग्न सर्म मान्न पर्दैन । आफु भन्दा तल्लो वर्गमा उधारो माग्न सर्म लागे आफनै समकक्ष्ँि राजनितिक प्र्रतिद्धन्दी माधव नेपाल , झलनाथ खनाल,सुसील कोइराला अदिबाट धैर्यता उधारो माग्नुस । उनिहरु संग धेरै धैर्यता छ । उनिहरुले पनि परायज झेलेकै हुन धैर्यता पुर्वक समय पर्खेकेै हुन , धैर्यताको फल मिठो हुन्छ , धैर्यता अर्थात समय पुगेर पाकेको फल रसिलो पोसीलो बलिष्ट हुन्छ । अनि बाबुराम जि तपाई त झन विश्व विख्यात विद्धान मान्छे,तपाईलाइ त सिकाड्डो,काम्ब्रीज आदी विश्व विद्यालयबाट व्याख्यान दिन बोलाउछन अरे । तपाईका प्रतिद्धन्दी पार्टीका नेताहरुलाई त नौतुनाको स्कुलले पनि बोलाउदैन अरे । फेरी तपाइ जस्तो विद्धान मान्छे पनि अधैर्य भएर आफना नेता संगै बसेर किन प्रलाब गर्नुहुन्छ ? कमसेकम तपाईले त म आफनो विधाबारिदीको उपाधिलाई लज्जीत नगर्नुस । तपाई जस्तो विद्धानले जथाभावि प्रलापन गर्दा हामी जस्ता बुद्धिहीन विवेकहिन,दुखि , गरिब पिडितको अधिकारको हनन हुन जान्छ । यीन धेरै कुरा विगतका हुन वर्तमान समयमा पनि तपाइहरु अधैर्य भएर पर्लापन गर्दै हुनुहुन्छ । हामीले भने जस्तो नभए हामी संविधान सभामा जादैनौ सविधान बन्न दिदैनौ २०५२ वियुंताईदिन्छौ कहिले भनि हिम्मत भए हामीलाई पकडेर देखाउ भन्नुहुन्छ ? बाबुराम जि पूर्व राजा ज्ञानेन्द्र शाहलाई पनि ठूलै अभिमान थियो होला ? तर समयले उनिलाइ पनि छोडेन । ध्यान राख्नुस समय बलियोहुन्छ भोली कस्ले पो देखेको छ र ? पालो सबैको आउछ । तर ज्ञानेन्द्र शाहले पनि धैर्य धारण गरेकै छन । अहिले जनताले तपाईहरुर्लाइ नपत्याउनुका कारण छ ,माग्न जादा झोली तुम्बा,खाली लिएर जानु पर्छ  । तर तपााइहरु टन्नै भरिएको झोलि तुम्बा लिएर वायु यानमा सभार भएर माग्न् जानुभयो । जनताले मनन गरे वायु यानमा सवार भएर माग्न आउने  भोकै नाड्डै हुनै सक्दैन वायु यानमा चढेर माग्न आउने भोको भनेर कस्ले पत्याउने  ? अब पार माग्न जादा झोलि खाली गरेर जानुहोला । हुन त काठमान्डौका दयालु जनताले भोको ठानेर झोलि भरिदिएकै हुन । तर प्रचण्ड जि तपाई अधिर भएर जेपाई बोल्दै उनिहरुका सुकिला मुकिला लुगा खोस्न तिर लाग्नु भयो । देख्नु भयो त तपाईको बोलीका असर ? बुढा पाकाले भन्ने गर्दथे पहिला सोच पछि रोज पहिला तौल पछि  बोल तर तपाई पहिला बोल्नुहुन्छ पछि भेद खोल्नुहुन्छ । जनताहरुले पनि के गरुन ? एक पटक तपाइहरुलाई खोलो तारेकै हुन तर खोलो तरेपछि तपाईहरुले लौरो विर्सनु भयो । प्रचण्ड जि एकै पटकको पराजयले २०५२ वियुंताउछौ जंगल जन्छौ नभन्नुस । प्रचण्ड जि तपाई जय पराजय आत्तिनी तपाई  कस्तो प्रचण्ड पुरुष ? नाउको यथार्थ त कायम राख्नुुस । प्रचण्ड ज्यु मलाई पनि आफनी बुढीको साह्रै माया लाग्छ तर उ मोरी साह्रै रोगि  छ मैले सिड्डापुर जापान होईन आफनै जिल्लाको कुनै राम्रँे अस्पतालमा देखाउन सकेको छैन । म जस्तै हजारौ छन । मैले पनि धैर्य धारण गरेकै छु म जस्तै  ्हजारौ अरुले पनि धैर्य धारण गरेकै छन । तपाइ प्रचण्ड पुरुष अधैर्य किन ? प्रचण्ड ज्यु तपाईले कमसेकम आफनो नामको त अपमान नगर्नुस । हुन त नाउले पो के गर्छ र ? धनिको नाम गरिब दास ,  गरिबको नाम  धनिराम पनि हुने गर्दछ । तपाई नामको धनि भए पनि धैर्यताको गरिब हुनुहुदो रहेछ । धैर्यता आफैमा औषधि हो , धैर्य राख्नुस तपाईको घाउ निको हुदै जान्छ । घाउ लागेको बेलामा धेरै उर्फदा घाउ विग्रन सक्छ । ध्यान राख्नु पर्छ ।
जोसमा होस न गुमाउनु प्रतिकुल समयमा धैर्यता नगुमाउनु बस्नु पाउ भन्दैमा ठस्स नबस्नु , बोल्न पाए भन्दैमा प्याच्च नबोल्नु भन्थे बुढा पाकाले । तर तपाईले बुढा पाकाको संगत गर्न भ्याउनु भएन होला ? अहिले जनताले समय दिएका छन सदुपयोग गर्नुस प्रचण्ड ज्यु । निमको विरुवा रोपेर आप फल्दैन प्रचण्ड ज्यू अब आप रोप्नुस समय लाग्छ धैर्य राख्नु आफै फल्छ । बाबुराम जि तपाईको विद्धावारीधिको उपाधिले आज सम्म देश र देश बासीलाई केही दिन सकेको छैन तपाईले जहाबाट उपाधी लिनुभएको हो उहि काम लाग्छ की ? किन कि नेपालका जनताले त तपाईको विद्धताको परिक्षा लिईसकेका छन । यदी चुनावमा धाधली गरेर षडयन्त्र गरेर हराएको भए यत्रो यत्रो देशी विदेशी षणयन्त्रको गन्ध सुंघन सक्ने पुर्व अनुमान लगाउन नसक्ने तपाई कस्तो विद्धान ? आगो बोल्नु भन्दा पहिला धुवा अवस्य पनि निस्कन्छ त्यस कारण पर्लाब नगर्नुस सरकारमा सहयोगि बन्नुस फेरीबाट जनता नतर्साउनुस ,  धैर्यता राख्नुस,समय पर्खनुस,समय कसैको हुदैन पर्खि बस्नुस ।

नारी हिंसामा नारीहरु कै भुमीका प्रमुख रहेका हुन्छन


केशब काफ्ले

नारी हिंसा भन्ने बित्तिकै सबैको दिमागमा एउटा निर्दयी तथा कुर्र पुरुषको छवि उत्रने गर्दछ । त्यसैमाथि केही आफुहरुलाई प्रगतिशिल ठानेका शब्दहरुमै भए पनि नारी उत्थानका कुरा गर्नेहरु त्यस्तै आफुहरुले घरमा एक कप चिया पकाएर खान पनि नसक्ने,श्रीमति बिमार भए होटलबाट खाना मगाएर खानेहरु श्रीमतिको घाममा सुकाएको पेटीकोट उठाउन लाज मान्ने वा पेटीकोट छोए नर्क गइन्छ भन्ने विचार राख्नेहरु जस्ता केही लेखक तथा विचारकहरुले पुरुषको छवी  एउटा महिला विरोधी वर्गको रुपमा उचाली रहेका छन । त्यस्तै आफुहरुलाई विद्धान ठानेका लेखक तथा विचारकहरुले  महिला हिंसाका प्रमुखकारणहरु नपहिल्याई कन जरो नपहिलाई कन हागा विगा मात्रै काट छाट गरेका हुन्छन जरो पहिल्याए उत्पन्न कारणको समुल नष्ट गर्नतर्फ कलम रुपि बन्चरो चलाएको पाईदैन । यो दुखको कुरा हो । एकहोरो पीतृत्रुु सतात्मक सोच र पुरुष समाजलाई मात्रै दोषि देखाएर त्यस्ता विद्धान लेखक तथा विचारकहरुले महिला तथा पुरुष समाजमा विभाजन उत्पन्न गरीरहेका छन । तर एउटा अकाट्य सत्य कुरा के छ भनि नारी हिंसाका घटनाका जन्मदाता हरुमा पुरुष भन्दा महिलाहरुनै अघि हुन्छन । तर विद्धान लेखक लेखिकाहरुले त्यस्ता भित्री पुष्ट पल्टाएर  तथ्य उजागर गर्न सकेका छैनन । हुन सक्छ त्यस्ता विद्धानका विचारमा नारी द्धारा नारीकै जरो खनिनु उचित होला । अथवा त्यस्ता विद्धान लेखक लेखीका तथा विचारकहरु लगातार एक पक्ष्ँिय रुपमा प्रस्तुत भएर आफु नारीवादी भएको या नारीहरुको दृष्टिमा माहान हुन चाहेका पो हुन की ? तत्र भनि उनिहरुको समाजमा किन आउदै की सहयोगिको रुपमा महिला नै नउभ्याई कन महिला हिंसा हुनै सक्दैन । बलात्कार र यौन शोषण तथा महिला हत्यालाई मात्रै महिला हिंसा भन्न मिल्दैन । महिला हिंसा नारी पीडा का अनेक रुपहरु छन । तिनि रुपहरु मध्ये बलात्कार र यौन शोषणमा पुरुष वर्ग पूर्ण रुपमा जिम्मेदार रहेपनि महिला हिंसा नरी पिडाका अन्य रुपहरुमा पूरुष भन्दा महिलाहरुनै धेरै आक्रामक हुन्छन । एउटा घर जहा महिलाहरुको बहुमत रहेको हुन्छ तर त्यसै घरमा विभिन्न कारणबाट महिला माथि अत्याचार भएको हुन्छ । एउटा सस्था वा कार्यालय जहा महिलाहरुकै र्वचश्व रहेको हुन्छ , जहा की प्रमुख पनि महिला नै रहेकी हुन्छीन त्यहा पनि महिला द्धारा महिला माथि अन्याय अत्याचार भएको हुन्छ । सस्थाकी प्रमुख पनि महिला ,कर्मचारीहरु पनि सबै  महिला तर त्यहा पनि विभिन्न कारण देखाउदै अलि कमजोर महिला माथि अन्याय भएको हुन्छ । कर्मचारीहरु मध्ये जो अलि धनि छ , जो अलि आधुनिक छ ,कार्यालय आउदा पनि महगा गरगहनामा आउछ,वार्तालापमा अलि चतुरछ ,पढाइमा अलि माथि छ  त्यस्तै महिलाहरुकै हालि मुहाली रहने गर्दछ र कार्यालय प्रमुखको झुकाब पनि तिने तर्फ रहेको पाईन्छ । अर्थात कार्यालय प्रमुृख त्यस्तै आधुनिक प्रकारका कर्मचारीहरुको प्रभावमा रहेको पाईन्छ । त्यस कारण उनिहरुले गरेको गल्ती प्रमुखले देख्दैनन । प्रमुख पनि उनिहरु सं्रगै बसेर गफिएको
पाईन्छ । धनि महिला द्धारा गरीब महिला हेपिनु आधुनिक महिलाद्धारा पारम्पारीक पद्धतीमा विश्वास गर्ने महिला हेपिनु,शिक्ष्ँित द्धारा अशिक्ष्ँित महिला हेपिनु , आपसी रिस डाह,ईश्र्या,आदि महिला वर्गमा धेरै पाईन्छ । गरीब चोर,तथा कुरुप भए बोक्सी भन्ने भावना पनि महिलामा प्रसस्तै पाइन्छ । घरमा नया दुलही भित्राउदा दाईजोको खोजविन गर्ने शासु नन्द,जेठानि,अमाजु पनि महिला नै हुन । जेठिबुहारी ले जति दाईजो नल्याए कान्छीलाई ताना सुनाउने , हेला गर्ने , धेरै काम गर्न लगाउने,वा दाईजो माग्नका लागि छोरालाई उक््साउने जस्ता सासु,नन्द,जेठानि,देउरानी,अमाजु के यीनि महिला हैनन र ? दाईजोका लागि छोरालाई उक्साउदा महिल प्रति महिला हिंसा हुन्छ कि हुदैन ? महिला नै प्रमुख रहेको कार्यालय वा सस्थामा धनि गरीब,आधुनीक,पारम्पारीक जस्ता विषयलाई आधार बनाएर फरक व्यवहार गर्ने महिलाले कुन जात माथी अन्या गरेका छन त ? के यो सोचनीय विषय होइन र ? विद्धान लेखकहरुको ध्यान यस तर्फ किन जादैन ? के जुन कार्यालयमा महिला प्रमुख हुन्छन ,र महिला नै कर्मचारीरहेका हुन्छन त्यहा पनि पीतृत्र सतात्मक सोचले काम गरेको हुन्छ ? तिजको मेला होस या पिकनिकको रमझम ,स्कुलको प्राङगढ होस वा कलेजको कोठा,कार्यालयको कार्यास्थल होस वा छरछिमेकको वातावरण सबै ठाउमा आर्थिक रुपले सम्पन्न महिलाद्धारा निम्न वर्गकी महिला हेपिएकि हुन्छन । के यीनी महिला हिंसाका रुप होईनन र ? यद्यपि यो विषय पुरुष वर्गमा पनि लागु हुन्छ । तर महिला जगतमा अत्याधीक चर्को हुन्छ । अर्को भाषामा यो त वर्ग सघर्ष हो पनि भन्न सकिन्छ । तर सजातिय उत्थान अर्थात महिला उत्थानमा महिला—महिल विचको वर्ग संघर्षले निम्न वर्गका महिला अशिक्षित महिला पारम्पारीक पद्धतिमा विश्वास गर्ने महिलाहरुलाई निकै पिडित पारेको छ । अनौपचारीक क्ष्ँेत्रमा कार्यरत महिला्हरु यस रोगबाट अधिक पिडित छन । झराभुट्ट गहना लगाएका आधुनिक पहिरन भएका कर्मचारीहरु प्रति कार्यालय प्रमुख धेरै लचक हुन्छन । तर पारम्पारीक पहिरन गर्ने र अलि सोझा साझा गरीब,जो धेरै गफिन जान्दैनन त्यस्ता महिला कर्मचारी महिला हाकिमहरु द्धारा नै हेपिएका हुन्छन । अलि धनि तथा आधुनिक प्रकारका कर्मचारीलाई खानदानी हुन भन्दै उनिहरुले गरेको अनियमिततालाइ प्रमुख द्धारा अनदेखि गरीन्छ । कमजोर वा पारम्पारीक पद्धती अपनाउनेलाई दोष दिईन्छ । घर भित्र होसा वा कार्यालयमा उल्लेखित विषय बाक्लै पाईन्छ । यस्तो व्यवहार महिला हिंसामा पर्छ कि पर्र्दैन ? प्रश्न छ विद्धान लेखकहरु संग ? महिलाको सहयोग विना महिला हिंसा हुनै सक्दैन । महिल ह्रिंसाका प्रत्येक घटनामा एउटी अर्की महिलाको भुमीका छ वा छैन कहि त्यो घटना महिला का कारणले नै घटेको त होईन ? भन्ने जस्ता विषय नकोट्टाई जरो नपहिल्याई एकहोरो पितृत्रु सतात्मक विचार भनेर पुरुष जगतलाई मात्रै दोषि देखाएर महिला हिंसाको अन्त्य हुनै सक्दैन । महिलाले नै महिलाको पिडा बुझदैन भने दोष कसको हुन्छ त ? आजको बढदो महंगिमा कार्यगरेर जिवन यापन गर्नु र घरबाट बाहिर निक्लन महिलाहरुका लागि पनि आवश्यक भएको छ । तर ठाउठाउमा विभिन्न कारण देखाउदै महिला द्धारा महिला ने हेपिनु सजातिय हिंसा हो  । साडी ब्लाउज लगाउने , साधारण चप्पल गलाउने,पाखे,उचा हिल लगाउने,सांघुरो जिन्स लगाउने,मिनिस्कट लगाउने,आधुनीक यही सोच छ समाजमा ।
आज मिनि स्कट लगाएका र जिन्स लगाएका पाका पुर्खाले धोती ब्लाउज लगाएका थिएन्न र ? आमा भन्ने पाखे,बाबा भन्ने पाखे,सासुलाई ढोग्नी,जेठाजुलाइ मान गर्नि देवरलाई बाबु भनेर सम्बोधन गर्नी जस्ता महिलालाई महिलाहरुले नै पाखे भनेर हेप्छन । जानि नजानि आयातित भाषा प्रयोग गर्नि जति आधुनिक भनेर सम्मान गर्नी चल्ती महिलाहरुमा धेरै छ। तर  हाम्रा विद्धान विचारक महिला हिंसाको मुल जराहरु नखोजिकन जरोमा प्रहार नगरीकन पुरुषवर्गलाई मात्रै महिला हिंसाको दोषि देखाएर आफनो विद्धता देखाएका हुन्छन । नाम र दामका लागि मात्रै कलम चलाउने विद्धान लेखक लेखिका हरुले यस तर्फ ध्यान पु¥याउनुपर्दैन र ? बास्तबमा ईमान्दारी पूर्वक महिला उत्थानमा लाग्नु छ भनि महिला हिंसाका सबै प्रमुख मुलहरुमाथी समान प्रहार गर्न जरुरी हुन्छ ।