April 01, 2014

निजीकरणको बाटो हुदै शिखर सम्म पुग्न सकिन्छ

निजीकरणको बाटो हुदै शिखर सम्म पुग्न सकिन्छ

केशब काफले

भारतीय प्रधानमन्त्री पिवि नरसिंह रावले निजीकरण तथा आर्थिक उदारी करणको निति लिंदा त्यस बेला उनको व्यापक निन्दा भएको थियो । तर कालान्तरमा उनको त्यो निति ठिक रहेछ भन्ने प्रमाणीत भयो । र उनि पछिका सबै शासकहरुले पनि त्यस नितिलाई निरन्तरता दिंदै गएर आज भारतको उन्नतीको मार्गमा निरन्तर अग्रसर भएको छ । तर नेपालमा भने निजिकरणको नाम मात्रैले कर्मचारी तन्त्रमा खैला बैला मच्चाउने गर्दछ । विश्का प्राय विकशित तथा विकासील देशहरुले निजिकरणमा विशेष उदारता देखाएका छन । त्यस्ता देशहरुलाइ आशा अनुरुप लाभ पनि भएको छ । त्यस्ता देशहरुलाई पूर्ण ज्ञान भैसकेको छ कि निजीकरण नै देश विकास तथा आर्थिक उन्नतीको सहज तथा उपयुक्त बाटो हो । निजिकरण देशमा निजिकरण पश्चात राजश्वमा भारी वृद्धि भएको कुरा स्वीकारछन त्यहाका अर्थविदहरुले । नेपालमा भने सरकारका स्वामीत्वमा रहेका ठूला ठूला प्रतिष्ठानहरु या त बन्दभएका छन याफेरी भारी घाटामा मृत प्राय अवस्थामा रहेका छन । सरकार द्धारा सञ्चालीत कयौ प्रतिष्ठानहरु भारी घाटामा चल्ने गरेका छन । नेपाल सरकारले पनि विश्व व्यापि मान्यता अपनाउंदै निजिकरणलाइ पूर्ण मान्ता दिएको भए आज नेपाल पनि माथिल्लो ठाउमा देखिने थियो । अर्थिक उदार नितिका साथमा व्यापक निजिकरणको बाटो नलिए सम्म नेपालको अवस्थामा सुधार आउंदैन यो धु्रव सत्य हो । सरकारका स्वामीत्वमा रहेका घाटा मुलक प्रतिष्ठानहरु तत्काल निजी क्षेत्रलाई सुम्पीनु पर्छ । सरकार संग लगानी गर्ने पुंजि छैन, जुन प्रतिष्ठानहरुमा सरकारी लगानी लागको छ, तिनले त्यसै प्रतिष्ठानका कर्मचारी पाल्दा ठिक्कै भएको छ । कतिपय प्रतिष्ठानहरुले त आफनै कर्मचारीहरु पनि पाल्न सकिरहेका छैनन । फेरी पनि नेपाल सरकारको प्रतिष्ठान भनेर लेखिरहनुको के अर्थ छ त ? सरकारले आर्थिक उदारीकरणको निति अवलम्बन गरेर निजिकरण तर्फ ध्यान दिनै पर्छ । नेपालका औद्यँेगिक घरानाहरु ंसंग पूजिको कमी भए विदेशी लगानी कर्ताहरुलाई आकर्षित गर्नुपर्छ । उनिहरुलाइ उद्यँेग धन्दा सञ्चालन गर्न उचित वातावरण तयार गरिदीनु पर्छ । यदि लगानी कर्तालाइ लगानीको उचित वातावरण र शान्ति सुरक्ष्ाँको ग्यारेण्टी हुन्छ भने, नेपालको उन्नतीमा समय लाग्दैन ।
ठोस निति र इच्छा शक्ति बिना प्रगति हुनै सक्तैन । केही बुद्धि जिवीहरुको भनाईमा निजिकरण पुजिवादको बाटो हो । तर त्यो पूर्ण सत्य होईन । यहा प्रश्न पूजिवादको होइन प्रश्न देश विकासको हो । प्रश्न उन्नतीको हो । प्रश्न रोजगार वा स्वरोजगारको हो । निजीकरण र वैदेशीक लगानी मात्रै रोजगारीका अवसर दिन सक्छ । सरकार तथा सरकारी कर्मचारीका भरमा त आगामी दशकौ वर्ष सम्म पनि अवस्था यस्तै रही रहन्छ । सरकारका स्वामीत्वमा रहेका प्रतिष्ठानहरु र त्यहाका कर्मचारीहरुले कति सम्मभ लुट मच्चाएका छन भन्नी प्रमाण खोज्न अन्त कही जाने पर्दैन , र निजीकरणले कति छिटो प्रगती हुन्छ  भन्ने प्रमाण खोज्न पनि टाढा जानु पर्दैन । एउटै समयमा स्थापना भएका सरकारी स्कुल,सरकारी क्याम्पस,अस्पतालहरु र निजि क्षेत्रका स्कुल क्यामपस, अस्पतालहरुको अवस्था हेरे पुग्छ । निजी क्ष्ँेत्र कहा पुगेका छन, र सरकारी क्ष्ँेत्र कहा छन ? निजी क्ष्ँेत्रहरुले तिनै प्रतिष्ठानका आम्दानीले आफना प्रतिष्ठानहरुलाई शिखरमा पु¥याएका छन । तर सरकारी प्रतिष्ठानहरुले भने बित्ता भर उन्नती गर्न सकेका छैनन । विश्का विकसीत तथा विकाससील देशहरुले निजीकरणको माध्यमबाटै प्रगति गरीरहेका छन । वैदेशीक लगानी र व्यापक निजीकरण नभए सम्म प्रचुर रोजगारीको सृजना हुनै सक्दैन । नेपालमा वैदेशीक लगानी भित्राउन कुनै कठीन समस्या होइन , नेपालको हावा पानी यहाको प्राकृतीक छटा तथा सस्तो श्रमबजार सबैलै वैदेशीक लगानी कर्तालाई आकर्षित गर्दछन । त्यस कारण नेपालमा पनि वर्षेनी घाटा देखाएर आफूहरुले बोनस बांड्ने सरकारी प्रतिष्ठानहरुलाइ कर्मचारीहरुको विरोधको प्रवाह नगरीकन तत्काल निजी क्ष्ँेत्रलाई  सुम्पीनु पर्दछ । अन्यथा धेरै अबेर भैसक्ने छ । आफना प्रतिष्ठानहरुलाई सधै घाटामा रहन बाध्य पार्ने सरकारी कर्मचारीहरुको बोझा आखिरी कहिले सम्म निर्धन तथा बेरोजगार जनतालाई बोकाई रहने ? सरकारका स्वामीत्वमा रहेका घाटा मुलक प्रतिष्ठानहरु कित तुरुन्त बन्द गरिनुपर्दछ, कि त निजी क्ष्ँेत्रलाई सुम्पीनु पर्दछ । आइपरेको प्रण संकट देखेर उडन पर्नेमा आखा चिम्लने परेवाको जस्तो कार्यले देशमा परिवर्तन आउनै सक्दैन । जती क्रान्ति सम्पन्न भए पनि क्रान्तिको उद्देश्य प्राप्त हुदैन । देश विकास र नया रोजगारको सृजना गर्नको लागि ओद्यँेगिक क्रान्ति हुुनुपर्दछ । औद्योगीक क्रान्तिका लागि सरल निजिकरणको निति अपनाउनु पर्दछ । आज नेपाल विश्वमा सर्वाधिक श्रम निर्यात गर्ने देशको रुपमा चिनिन्छ । यदी नेपाललाई श्रम निर्यात होइन की श्रम आयात गर्ने देशमा परिणत गर्नु छ भने, माध्यम निजिकरण र वैदेशीक लगानी मात्रै हो । अन्यथा देश सधै भरी युवा तथा श्रम शक्ति निर्यातक बनिरहेने छ ।
यस पंक्तिकारको निजि विचारमा त स्कुल देखी अस्पताल सरक देखी सडक तेल देखी जेल सम्मको पनि निजी करण हुनुपर्दछ । सरकारी कर्मचारी र सरकारी बाटो को माध्यमबाट त शिखर त के एक ठिस्कुलो पनि चढन सकिंदैन । किन की सरकारका कर्मचारीले देश हितमा भन्दा समाहितमा भन्दा निजि हित मा ध्यान दिने गर्दछन । निजी हित नै उनिहरुको राष्ट्रसेवा हो । ‘सरकारी काम कमाउनु पर्छ दाम ’ सरकारी काम कहिले जाला घामजाला त सरकारको आउला त परिवारको यो विषेशता हो सरकारी कर्मचारीहरुको । के यस्ता विषेशताका साथ शिखर चढन सकिन्छ त ? आयल निगम तथा आन्य त्यस्तै भ्रष्टचारका नमुना बनीरहेका प्रतिष्ठानहरु जसले प्रतिवर्ष करोडौ रुपयाको घाटा देखाउंदै मूल्य वृद्धि गरेर गरिब जनताको ढाड सेक्ने गरेका छन । त्यस्ता प्रतिष्ठानहरु पनि पूर्ण निजीकरणको नितिका साथ निजी क्ष्ँेत्रलाई सुम्मीपुन पर्दछ । प्रतिष्ठान बोझामा बोनस गोजामा गर्ने गरेर शिखर चढींदैन । निजी क्ष्ँेत्रको बजारु मुल्य पतिसप्रधा नै उपभोक्ता बीच स्थीर मूल्यको आधार हो । उदार आर्थीक निति निजी उद्यमीलाइ प्रत्सान निजीकरण तथा वैदेशीक लगानीको बाटो हुंदै शिखर चढन सकिन्छ । र तब मात्रै स्वीजरल्याण्को सपना साकार हुन सक्छ । नेपाल सरकारले अभिलम्ब निजीकरण तर्फ ध्यान पु¥याउनु पर्छ अन्यथा अबेर भैसक्ने छ ।

डलरको खेती स्वदेशमै गर्न सकिन्छ तर........

डलरको खेती स्वदेशमै गर्न सकिन्छ तर........

केशब काफ्ले

डलर अन्तराष्ट्रिय व्यापारीक मुद्रा पनि हो । विश्वमा जुन देश संग जति धेरै यस मुद्रँको भण्डारण हुन्छ,त्यस देशको अर्थ व्यवस्था त्यति नै बलीयो रहेको बुझिन्छ । तर यो डलर माटो मुनी आलु पिडालु झै फल्दैन । आ“प कटहर झैं रुखमा झुण्डीर पनि फल्दैन । फेरी पनि डलको खेती हुन्छ र खेती गर्नु पर्छ । उत्पादन गर्नु भनेको खेती गर्नु जस्तै हो । जस्तै किसानले बालीको उत्पादन गर्छ । धान उत्पादन, गहु“ उत्पादन, तोरी उत्पादन अर्को तर्फ उद्यमीहरुले यान्त्रिक उपकरणको उत्पादन गर्छन । जस्तै सियो देखि लिएर विमानको उत्पादन विद्युतको उत्पादन, अबप्रश्न उठन सक्छ कि के हामी नेपालीहरुले पनि डलरको खेती गर्न सक्छौं त ? के हामी संग डलरको खेती योग्य भुमी छ त ? उत्तर हो अवश्य पनि यदी ईमान्दारीता पूर्वक लागि पर्ने हो भने देखि भर पुर मात्रामा डलरको उत्पादन गर्न सकिने उब्जाउ भुमी तयार मात्रामा छ  । तर डलरको खेती गर्नका लागि उब्जाउ भुमीमा विजारोपण गर्न सक्ने मर्द व्यक्तिको भने अझै जन्म भएको रहेन छ नेपालमा यही दुख लाग्दो विषय  बनेको छ । डलरको खेती गरेर माथी उल्लेख गरिएका वस्तु जस्तै गरी सिधै डलरको उत्पादन गर्न सकिदैन । तर उल्लेखित बस्तुहरुको भर पुर उत्पादन गरेर उत्पादीत वस्तुलाई डलरको रुपमा रुपान्तरीत गर्न गाह्रो साह्रो पर्दैन । उत्पादीत वस्तुको जती धेरै मात्रामा निर्यात गर्न सकिन्छ , उति नै धेरै डलर भित्राउन सकिन्छ ।यसरी हुन्छ स्वदेश मै डलरको खेती । अरबीयन देशहरुमा डलरका कुवा छन भने हाम्रो देशमा डलरका नदीहरु छन । तर हाम्रँे देशले यस प्रकृतिको बरदानलाई वैज्ञानीक विधिद्धारा डलरको रुपमा रुपान्तरण गर्न सकिरहेको छैन । अरबीयन देशहरुले कुवालाई डलरमा रुपान्तरण गर्न सक्छन ,तर हामीहरुले बगिरहेको नदीलाई डलर उत्पादन गर्ने श्रोतको रुपमा रुपान्तरण गर्न सकेका छैनौं । हाम्रँे देश नेपालले यदी पानीको मात्रै खेती गरेर पानीलाई विद्युतमा रुपान्तरण गर्न सके त्यसैका माध्यम बाट करोडौं डलर भित्राउन सकिन्छ । यद्यपि डलर भित्राउने अन्य क्ष्ँेत्र पनि छन, नेपाल संग डलरको उत्पादन गर्न सक्ने श्रोत हुदा हुदै पनि नेपालका जनता रोग,सोक र भोकले पिडित छन । हामीसंग ८३ हजार मेघावाट विद्युत उत्पादन गर्न पूग्ने जलश्रोत छ भन्दै भाषण गर्ने नेताहरुको निद अझै खुल्न सकेको छैन । आजको मिति सम्म आईपुग्दा नेपालमा कुल उत्पादन क्षमताको १ प्रतिशत सम्म पनि विद्युत उत्पादन हुन सकेको छैन । के यो देशका लागि लाजु मुर्न अवस्था होईन र ? गोठ भरी लैना भैंसी बाधेर दुध दुहुने बाल्टीको अभावमा दुध खान नपाएको जस्तै छ नेपालमा अवस्था । घर भित्र बास्मती चामलको भण्डार हुदा हुदै पनि पकाएर खाने भा“डाको अभावमा भोकै बस्न पर्ने अवस्था जस्तै छ नेपालमा । यदी नेपालमा कुल क्ष्ँमताको २० प्रतिशत मात्रै विद्युत उत्पादन गर्न सकिन्छ भने पनि १६ हजार ६ सय मेघावाट विद्युतको उत्पादन हुन्छ । र नेपालमा वर्तमान समयमा १५ सय मेघावाट विद्युत भए  फालाफाल पुग्छ । बा“किको १५ हजार १ सय मेघावाट विद्युत अन्य देशलाई निर्यात गर्न सकिन्छ । यो कुरा मात्रै २० प्रतिशत विद्युत उत्पादन को हो । क्षमता अनुसार पूर्ण उत्पादन गर्न सके के के गर्न सकिएला ? अन्दाज गर्न गाह्रो छैन ।
नेपालले भारत संग वर्षेनि करोडौंको विद्युत आयात गर्दै आएको छ । आपसी सहयोग र समझदारीका कारणले मात्रै भारतले विद्युत दिने गरेको छ । भारतमा विद्युत फालाफाल भएर होईन । भारत आफै पनि विद्युत अपुगको विडाबाट पिडित छ । भारतका कयौ राज्यहरुमा अहिले पनि ४ देखि ८ घण्टा सम्मको विद्युत कटौती हुदै आएको छ । यो अवस्था अहिलेको हो । र्गिर्म बढनु सगै विद्युत कटौती बढदै जान्छ । नेपालले विद्युत उत्पादन गर्न सकेका खण्डमा भारत मात्रै होईन कि अन्य सार्क राष्ट्रहरुलाइ पनि विद्युत निर्यात गर्न सकिन्छ । आफुलाई अति आवश्यक पर्ने वस्तु सुन,चादी,डलर जे भन्यो त्यही दिएर पनि नकिनी साध्य हुदैन । यसरी हुन सक्छ नेपालमा डलरको खेती । तर त्यस्तो अवस्थालाई अझै कति दशक पर्खिनु पर्ने हो यो अझै पनि भविष्यमै लुकेको विषय हो । विद्युतको उत्पादनले औद्योगिक उत्पादन बढछ । कृषि उत्पादन बढछ, उत्पादीत वस्तुको निर्यात हुन्छ, नेपालमा उत्पादीत बस्तुहरुको विदेशमा रामै्र माग छ । विदेशी लगानि कर्ताहरु आकर्षित हुन्छन । यस प्रकार डलरको वर्षा हुन सक्छ नेपालमा । तर अर्चन यही तरमा लुकेको छ । हालैमा नेपाल सरकारले पेट्रोलीयम पदार्थको मूल्य वृद्धि गरेको छ । हाम्रँे देशमा पेट्रोलीयम पदार्थ पाईदैन । नेपालमा पेट्रोलीयम पदार्थ छ अथवा छैन भन्ने पनि खोजी हुन सकेको छैन । वर्षेनि अरबौं रुपयाको पेट्रोलीयम पदार्थको आयात गर्न पर्दछ । अब पेट्रोलीयम पदार्थको सहज र उपयुक्त विकल्प विद्युत बाहेक अरु के नै हुन सक्छ र ? जसको सम्भावना नेपालमा प्रचुर मात्रामा छ । र यदी देशका नेतामा ईमान्दारी र ईच्छा शक्ति हुन्छ भने, हाम्रँे देशमा डलरको आदृष्य रुपमा बगिरहेका नदी नालालाई डलरमा रुपान्तरण गर्न साह्रै कठिन छैन ।
देशको उत्पादन शक्तिमा वृद्धि गर्नका लागि विद्युतीय उर्जा अनिवार्य सर्त हो । जसको प्रयाप्त विकल्प नेपालमा प्राप्त छ । तर नेपालले आफु संग उपलब्ध श्रोतको वैज्ञानिक विधिद्धारा शक्तिको रुपमा परिवर्तन गर्न सकिरहेको छैन । देशको बेरोजगारीलाइ पनि विद्युतको सरलीकरणले निम्न गर्दै लान्छ यसमा कुनै शंका छैन ।
नेपाल सरकार तथा राजनितिक दलका नेताहरुले इमान्दारीता पूर्वक उर्जा क्षेत्रलाई प्राथमीकता दिएका खण्डमा कार्य असम्भव छैन । जहा“तक लगानीको प्रश्न छ , एक वर्षको मात्रै बैदेशीक सहयोग आखा चिम्लेर विद्युत उत्पादनमा लगानी गर्ने हो भने त्यसैले मात्रै ५ यस मेघावाट विद्युत उत्पादन गर्न सकिन्छ । संसारले जोरलाई मान्छ कमजोरलाई मान्दैन । पाकिस्तानका तत्कालीन राष्ट्रपति जुल्फिकार अलि भुट्टो ले भनेका थिए कि हामीलाई चाहे २,४ वर्ष घासको राटी खाएर बस्न परोस त्यो मन्जुर छ, तर भारत भएर कमजोर भएर बस्न मन्जुर छैन । आज पाकिस्तान अर्थ व्यवस्थामा भारत भन्दा केही कमजोर रहे पनि सैनिक तथा सामरीक दृष्टीले भारतको बराबरीमा उभिएको छ । भारतका तत्कालीन प्रधानमन्त्री लालबहादुर शास्त्रिले जय जवान जय किसान नाराका साथ भारतलाई उन्नतीको बाटो देखाएका थिए । आखिरी नेपालमा कहिले जन्म लिन्छन त लालबहादुर शास्त्रि  र जुल्फिकार अलि भुट्टो जस्ता नेताले ।