सार्वजनिक यातायातमा देखावटी आरक्षण सिट
महिला र अपाड्ड उभिएर यात्रा गर्न बाध्य
कमल काफ्ले
सार्वजनिक यातायातमा देखावटी आरक्षण सिटnewskamalkafle@gmail.comkamalkafle123.blogspot.comkamal.kafle.7946.facebook.com |
बुटवल, माघ ४ । बुटवलबाट सुनवल हु“दै बर्दघाट जाने एक माईक्रो बस भरीभराउ थियो । आ—आफ्नो गन्तव्यमा हिडेका यात्रुहरु बसमा भरिभराउ थिए भने बसमा अब एक जना पनि चढ्यो भने खुट्टा राख्ने ठाउ“सम्म थिएन । यात्रुहरु सिटमा बसको क्ष्ँमता अनुसार प्याक भैसकेका थिए भने कोही आफ्नो गन्तव्यसम्म पुग्नको लागि दुःख सहेरै भए पनि कोही डण्डी समाएर उभिएका थिए, कोही ढोकामा झुण्डिएका थिए अर्थात् उक्त माईक्रोबसमा यात्रुहरुको संख्या गाडीको क्षमताभन्दा धेरै थियो । बसको दाया“, बाया“ दुबैतिर दोस्रँे पंक्तिका सिटहरुको माथि रातो अक्षरले प्रष्ट रुमा लेखिएको थियो ‘महिला र अपाड्ड सिट’ लेखिएको थियो । यसको अर्थ ति सिटहरु महिला र अपाड्डका लागि भनेर छुट्याइएको थियो । तर अफसोच यसरी महिला र अपाड्डका लागि भनेर छुट्याइएको सिटमा भने पुरुष बसेका थिए । तिनै पुरुषहरुको अगाडि एकजना करिब ४५ वर्षकि बुढी महिला गाडीमा उभिएकि थिइन् । त्यसरी महिला र अपाड्डका नाममा छुट्याएको सिटमा भने करिब २५—२६ वर्षका दुईवटा जवानहरु बसेका थिए । यसरी कोही महिलाहरु आफ्ना बच्चा एकहातले र अर्को हातले बसको डण्डी समातेर यात्रा गर्न बाध्य थिए । प्रष्ट रुपमा रातो अक्षले ‘महिला र अपाड्ड’ लेखिएको सिटमा टुलुटुलु हेर्दै यात्रा गर्दै थिए महिला तथा वृद्धवृद्धाहरुले ।
पश्चिम नेपाल बस ब्यबसायी संघले सञ्चालन गरेको बुटवल सालझण्डी, बुटवल बर्दघाट र बुटवल भैरहवा चल्ने अधिकांश माइक्रोबसमा यस्तै प्रकारका अनौठा चर्तिकला देख्न सकिन्छ । गाडी चालक, गाडी मालिक, तथा गाडीका स्टाफहरुले महिला तथा अपाड्डता भएका व्यक्तिहरुलाई सम्मान गर्ने उनीहरुस“ंग नैतिक भाषा बोल्ने भनेर भने पनि बोलिमा केही सुधार आए पनि व्यवहारमा भने अझै पनि सुधार आउन सकेको छैन । यसले गर्दा सरोकारवालाहरुले प्रभावकारी ढंगले अनुगमन नगर्दा २०६८ बैशाखदेखि लागु भएको सार्वजनिक यातायात आचारसंहिता पालना भएको छैन ।
सरकारले सार्वजनिक यातायातहरुमा महिला, अपाड्ड र वृद्धवृद्धाका लागि भनेर अलग्गै सिट छुट्याउने व्यवस्था गरेको छ । त्यसै व्यवस्थालाई पालना गर्दै यातायात व्यवसायीहरुले बसको दाया“ र बाया“ दुईवटा सिटको माथिपट्टी महिला र अपाड्ड लेखेर औपचारिकता मात्रै निभाएका छन् । बसमा यात्रा गर्ने महिला र अपाड्डहरुसमेत आफुहरुका लागि छुट्याएको सिटमा अरु नै बसेको देखेपनि कार्यान्वयनका लागि कसैले पनि आवाज नउठाउनाले बसमा यात्रा गर्दा टुलुटुलु हेर्नमात्र बाध्य छन् । जसका कारण सरकारले लागु गरेको आचारसंहिताको पालना हुन सकेको छैन । हुन त कतिपय महिला तथा अपाड्डहरुलाई यो आचारसंहिताको जानकारी नहुन पनि सक्छ तर आचारसंहिता थाहा भएका वा नभएका सो सुकै महिला तथा अपाड्डहरुलाई पनि आरक्षण सिटमा सम्मानजनक ढंगले बस्ने ब्यवस्था मिलाउने जिम्मा बस स्टाफहरुकै हुने भनेको छ । तर बस स्टाफहरु आरक्षण सिटमा महिला र अपाड्डलाई बस्ने व्यवस्था मिलाउने कुरालाई हल्का ढंगले लिन्छन् । वुटवलको एक विद्यँलयमा अध्यापन गराउ“दै आएकी अञ्जली काफलेले यस विषयमा बोलेर बस स्टाफको नमिठो बोली र कचकच सुन्नुभन्दा उभिएरै यात्रा गर्नु उचित मानेर यस्ता बिषयमा केही नबोल्ने गरेको उनले बताइन् । उनले महिला आरक्षणको सिटका बिषयमा आफुलाई जानकारी भएपनि यसरी यात्रा गर्ने कतिपय महिलाहरुलाई महिला आरक्ष्ँण सिटको बारेमा जानकारी नै नभएको बताइन् । उक्त बसका सहचालकका अनुसार पहिले नै बसिसकेका यात्रुलाई उठाएर अर्को यात्रु राख्ने कुरा गाह्रो विषय भएको र यदी श्रीमान श्रीमती भएर महिला सिटमा बसेको भए श्रीमानलाई उठाएर अर्कि उभिरहेकी महिलालाई राख्दा (श्रीमती) महिलाद्वारा नै विरोध हुने र झगडा समेत हुने उनले बताए । अर्को कुरा छोटो यात्रामा बसाई मिलाउन समस्या हुने बताउ“दै उनले लामो दूरीका सवारीमा पनि यो कुरा लागु नहुने तर्क दिए । लामो दुरीमा पनि टिकट काट्दा टिकट काट्नेवालाले महिला तथा अपाड्ड सिट नभनी उक्त सिटमा पुरुषकै नाममा टिकट काटिदिन्छन् । उनले यो नियम लामो दुरीका बसमा पनि लागु गर्न सुझाव दिए । सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा महिलाहरुमाथि यौन हिंसा हुने गरेको ब्यापकरुपमा आवाज उठ्न थालेपछि सरकारले सार्वजनिक यातायातमा यस्तो आचारसंहिता लागु गरेको हो ।
पश्चिम नेपाल बस ब्यवसायी संघका अध्यक्ष दधिराम खरेलले महिला र अपाड्डका लागि छुट्याइएका सिटमा महिला र अपाड्डलाई बस्ने व्यवस्था गर्न यातायात ब्यवसायीलाई निर्देशन दिइएको बताए । जुनसुकै सार्वजनिक यातायातमा यात्रा गर्दा यो कुराको पलना नभएको खण्डमा र अटेर गर्ने गाडी स्टाफका विरुद्ध ट्राफिक प्रहरी वा वस समितिमा उजुरी गरे कारवाही हुने कुरा उनले बताए ।