April 28, 2014

माता तिर्थ औंशी र ढोगी परम्परा


दिपक रोका

एक भनाई अनुसार एउटा गोचारकले अरनी खाने क्रममा प्रत्येक दिन खानाको एक टुक्रा पोखरीमा खस्ने गथ्र्यो । त्यो प्रकृया लामो समय सम्म चले पछि उसले गहिरिएर पोखरीमा हेर्यो । अचम्मको कुरा त्यस पोखरीमा उसले उसको स्वर्गवास भइसकेकी मातालाई देख्यो । आमालाई देखेपछि उसले उनलाई घर जान आग्रह गर्यो तथापि उनले आँफू मरिसकेकोले घर जान नसक्ने बताइन् । उनको कुरा सुनेर छोराले विलाप गर्न थालेपछि उनले उसलाई प्रत्येक वर्ष सोही अर्थात बैशाख कृष्ण औँशीका दिन त्यहा“ आई उसलाई भेट्ने बाचा गरिन् । सोही अनुसार उ र उ जस्तै अरु मानिसहरु पनि पोखरीमा आफ्नो आमालाई भेट्न आउने गरेको कुरा बताइन्छ । यसरी आमाको मुख हेर्ने दिनको परम्परा बसेको सो भनाईमा उल्लेख छ ।
बैसाख कृष्ण औंशी जसलाई माता तिर्थ औंशी’ वा आमाको मुख हेर्ने’ दिनका रुपमा चिनिन्छ । ठाडो भाषामा रुपमा मुख हेर्नै भन्नाले कसैको मुख हेर्ने भन्ने हुन्छ । तथापि बैशाख कृष्ण औंशीका दिने मुख हेर्ने भन्नाले केवल आमाको बहिर्जगत् मा देखिने शारीरिक मुख हेर्ने नभएर आपूmलाई जन्माउने व्यक्ति; जन्मदाता; आमाको सम्मानका रुपमा लिइन्छ । नेपालको परम्परा नै आँफू भन्दा ठुलावडाको सम्मान गर्ने छ । त्यसकै एक उदाहरण आमाको मुख हेर्ने दिन पनि हो । ठुलावडा मध्य सबैभन्दा सम्मानीत जन्मदाता बा र आमा नै हुन् । भाद्र कृष्ण औँशीमा बालाई दिइने सम्मान पनि ठुलावडाको सम्मानको एक रुप हो । मृत्यू भइसकेका आमाहरुका लागि सन्ततिले सिदा दान गरी सम्झने गरिन्छ ।
नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुलधर्म भएको देश हो । सबैका आफ्ना आफ्नै परम्परा रीतिरिवाजहरु छन् । तथापि आमाको मुख हेर्ने परम्परामा सबैको मतैक्यता पाइन्छ । जुनसुकै धर्म, भाषा, वर्ग, संस्कृतिका मानिसहरुले यस दिनलाई पवित्र दिनका रुपमा मनाउदै आएका छन् । यस दिन नेपालीहरुले आफ्ना आमालाई मान सम्मान दिने गर्छन् । आमालाई मीठो खुवाउने, राम्रो लत्ताकपडा, स्वर्ण आदि उपहार दिने पनि गरिन्छ । जुनसुकै तबरले पनि आफ्ना आमालाई खुसी पार्न सन्ततिहरु लागि पर्छन् । टाढा भएका सन्ततिहरु समेत आमालाई भेट्न उहा“ भएको ठाउ“मा जम्मा भएका हुन्छन् । यो एक भेटघाटको सुवर्ण अबसर समेत बनेको छ । त्यसैले साचो अर्थमा यसको धेरै महत्व छ ।
तर सम्मान साच्चै नै मुटुबाट नभएर मस्तिस्कबाट हुन थालेको छ आजभोलि । संस्कृति धान्ने ढोङमा रहेको आजको आधुनिक मानिस संस्कृतिलाई बिकृत पार्दै गएको छ । आफ्नी आमालाई मनोवैज्ञानिक रुपमा खुसी पार्न कदापि नसक्ने यो आधुनिक मानिस देखावटी रुपमा एक दिन भए पनि आमा वा बाको मुख हेर्ने दिन बिभिन्न उपहारहरु लिएर उनीहरुलाई बाह्य रुपमा खुसी पार्न स्वाङ् पारिरहेको हुन्छ । आजको मानिस अलि मत्सरी स्वाभावको छ । आमाको मुख हेर्ने जस्तो कुरा पनि प्रतिपर्धाका रुपमा लिने गर्छ । अरुले पारेको स्वाङ् ठ्याक्कै वा सो भन्दा बढी नपारी चित्तै बुझाउदैन । आमाको मुख हेर्नै कुरामा पनि उ कोही भन्दा कम हुन चाहदैन । आमाको सच्चा इच्छा हैनकि आफ्नो आडम्बरको परिर्पुिर्तका लागि आजको मानिस बढी चिन्तित छ । आमाको मुख हेर्न जा“दा आमाको सच्चा मनोकांक्षा भन्दा अरुले कस्तो खालको स्वाङ पारेको छ भन्ने कुरामा बढी केन्द्रित हुन्छन् । आजभोलि त उपहार पनि लाखौं पर्ने दिए जस्तो गर्न थालिएको छ । आमाको सम्मान भन्दा उपहारको प्रतिस्पर्धा जस्तो लाग्न थालेको छ यो दिन ।
आजको मानिसमा मानवीय संवेदना तथा अध्यात्मिक चिन्तनको लगभग खडेरी नै लागेको छ । ठुलाबडा मानिसको सम्मान गर्नुपर्छ भनेजस्ता कुराहरुलाई उसले तिलान्जली दिइसकेको छ वा औपचारिकतामा सीमित पारेको छ । मानिस भौतिक कुराको खोजिमा भौतारिइरहेको छ । मानिस मेशिन भएको छ । मानिसको मुटु भन्दा दिमागले धेरै काम गर्न थालेको जस्तो भान हुन्छ । मुल्य वा फाइदा नआउने चिजमा उसले हातै हाल्न हिचकिचाहट गर्छ । न्यून प्रतिशत मात्र मानिस होलान् जसले कतिपय अवस्थामा चाहेर पनि आफ्ना जन्मदातालाई बर्षभर स्याहर सुसार गर्न सकेको हुँदैनन् । तर अधिकमा यो लागु ह“दैन । जुन सुकै अवस्थामा पनि बा, आमाको सम्मान गर्नु परम धर्म सम्झी सबैले उनीहरुको सम्मान गर्नुपर्नेमा त्यसो भएको पाइदैन ।
अझ अचम्मको ढोगी परम्परा त मरेका आमाहरुलाई दिइने श्राद, तर्पण पो लाग्छ । जीउ“दो रह“दा चामलको गेडोको स्वाद चाख्न नपाएका कतिपय आमाहरुको नाममा मरेपछि विभिन्न तिर्थहरु धाएर आमाको मुख हेर्नै नाममा प्राकृतिक भ्रमणमा लिप्त रहन्छ आजको मानिस । मरिसकेका आमालाई कागवेनी, काठमांडौ नजिकैको मातातिर्थ आदि आदिमा पुगेर श्राद्ध, तर्पण दिई सम्झना गर्नु पाखण्ड सिवाय केही हैन । जिउ“दा रहदा अवहेलना गर्नेहरुले समेत मृत्यू पश्चात आमालाई सम्झने नाममा प्लेन चार्टर वा गाडीहरु रिजर्भ गरेर स्वदेश तथा विदेशका धार्मिक स्थल भ्रमणमा निस्कने गर्छन् । मरेपछि विभिन्न तिर्थहरु धाएर आमाको श्राद्ध गर्ने तथा मुख हेर्ने नाममा मृत्यू पश्चात नाटक मञ्चन गर्नेहरुको मनोविज्ञान आडम्बरले भरिएको हुन्छ । तर्पण दिन गएको मानिस अलिक खल्लो अनुभव गरेको वास्तभ्द हुनुपर्ने मा त्यसो भएको धेरैको हकमा पाइदैन । नाममात्रका श्राद्धमा गएकाहरुलाई त्यस्तो भावना आउने त कुरै भएन । उनीहरु फोटो खिच्न अनि फेसबुकमा अपलोड गर्नमा व्यस्त हुन्छन् । श्राद्ध त एउटा भ्रमणको निहु“ मात्र बन्न पुग्छ । उद्देश्य भने भ्रमणका रुपमा सीमित रहन्छ ।
ठुलाबडाको सम्मान सत्कार केबल एक दिन गरेर उनीहरु खुसी हुदैनन् । एक दिन झकिझकाउ तबरले सत्कार गर्नुभन्दा २६४ दिन नै सन्तुलनमा सामान्य व्यवहार मात्र गरेमा राम्रो हुने थियो । सत्कार कुनै अमुक दिन मा तिथिमा मात्र भन्दा सदा नै गरिहनु पर्छ । अप्ठ्यारोस“ग जीवन गुजारिरहेका लाखौ आमाहरुलाई औशी पर्खाएर गरिने सत्कारको के अर्थ ? अझै जीउदै हु“दा एक आखर पनि सोधपुछ नगर्ने सन्ततिले मृत्यू पश्चात धुमधाम साथ बा आमाको मुख हेर्ने देखावटी कर्म अझै हास्यास्पद र गाईजात्रे प्रहसन जस्तो लाग्छ । सामान्यतः बच्चालाई बाबुआमाले राम्रै हेरविचार गर्छन् तर बिरोधाभाष त के छ भने कतिपय तीनै छोराछोरीले आँफूलाई हुर्काउने बाआमालाई हेरविचार गर्नुको साटो घृणा गर्छन् । दैनिक हेरबिचारको साटो औँशी कुर्छन् । मानवीय हिसाबले समेत माया ममता गर्नुपर्ने अवस्थामा पुगेका आफ्ना जन्मदातालाई सामान्य स्याहर सुसार समेत नगरिनु दुर्भाग्यपूर्ण कुरा हो । जीवनमा धेरै संङघर्ष गरी आरामस“ग जीवन बिताउने यो उमेरमा अरुको त परै जाओस आफ्नैबाट समेत दैनिक सहयोग नमिल्नु दुःखद कुरा हो । जीवन क्षणीक छ । आवधिक छ । मृत्यू निश्चित छ । जन्मेपछि शुरु भएको जीवन मृत्यूमा टुङ्गिने पक्का छ । यो एक इन्टर्भल जस्तै हो । यो छोटो समयलाई सकभर कसैको कुभलो वा आत्मा ग्लानी गर्ने काममा प्रयोग नगरौ । त्यसमा पनि भुलेर समेत जन्मदाताको आत्मा रुवाउने काम गर्दै नगरौ । सके समाजलाई नै खुसी पारौं नसके कमसेकम बाआमालाई सदा खुसी राखौं ।
जोकसैलाई पनि सम्मान गर्नु, सद्भाव राख्नु असाध्यै राम्रो कुरा हो । कहिल्यै नसम्झनु भन्दा एक दिन भए पनि सम्झनु राम्रै पक्ष हो । जन्मदाता  बा र आमा कसैलाई पनि आदर गर्नुपर्छ । जन्मदातालाई विभिन्न अबसरमा सम्झनु नराम्रो हैन । तर एक दिन माया सात दिन घृणा भनेजस्तो हुनु भएन । उहा“हरुले जन्म नदिएको, नहुर्काएको भए आज हामी कोही पनि यो अवस्थामा पृथ्वीमा हुने थिएनौं । नौटंकी पाराले भन्दा व्यवहारिक र दिर्घकालीन तवरले आमाहरुको सम्मान हुनु जरुरी छ । आमाको मुख हेर्ने कामलाई दुइ दिनको खहरे जस्तो नभइ अविरल बग्ने इन्द्रवती जस्तो तुल्याउनुपर्छ । छि छि र दुरदुर गर्ने कोही पनि सन्ततिलाई कहिल्यै भलो हुदैन । भौतिक रुपमा राम्रै देखिएला तर मानसिक सुख कदापि मिल्दैन । आमाले त बदला लिन सक्दैनन् तथापि आँफूलाई नै हिनताबोध हुन जान्छ । अझ आफ्नो पनि बुढेसकाल आगमन हुन थालेकाले त आफ्नो समेत आफ्नै आमाको जस्तै गति होला भनि मानसिक रुपमा विक्षिप्त बन्न पुग्छन् । भौतिक सुख सयलको अनुभव आ“फू तगडा छँदामात्र अनुभव हुन सक्छ । जब आ“फै शिथिल हु“दै गइन्छ तब मानिसले पारिवारिक माया ममता खोज्न थाल्छ । सबै एकदिन बुढो, असक्त हुनै पर्छ । यो प्राकृतिक नियम हो । बाआमालाई देखावटी औशी, पुर्नेको सत्कारको साटो सधै भरिनै सकारात्मक व्यवहार गरौं । आडम्बरको रुपमा नभइ आत्मादेखि नै माया गर्न सिकौं । माता तिर्थ औशीलाई ढोंगी परम्परामा परिणत नगरौं ।