February 15, 2014

स्वस्थानी ब्रत कथा आस्था र निन्दा

स्वस्थानी ब्रत कथा आस्था र निन्दा

केशब काफ्ले

संसारभरिका हिन्दु धर्मावलम्वीहरुका लागि धार्मिक दृष्टिले महत्वपूर्ण मानिएको माघ महिनाको अन्त्य हुनासाथै स्वस्थानी ब्रतकथाको पनि समापन हु“दैछ । स्वस्थानी ब्रतको आरम्भ भएपछि ब्रतकथाको उद्देश्य प्रति देशका छापा सञ्चार माध्यममा बुद्धिजिवी महिला वर्गहरुले निकै टिकाटिप्णी तथा विचारहरु प्रवाहित गरिरहेका छन् । उनीहरुद्वारा यस ब्रतकथाप्रति र यसको वाचन श्रवणप्रति बारम्बार प्रश्न उठाइएको छ । यस ब्रतकथाप्रति विरोधी भावनाले मुखर हुने लेखकहरुमा महिला वर्गको वर्चश्व देखिन्छ । तर यहा“निर के कुरा प्रष्ट पार्न जरुरी छ भने स्वस्थानी ब्रतकथाप्रति महिलाजगत जति आस्तिक छ त्यति आस्तिक पुरुष हिजो पनि थिएन, आज पनि छैन, भोलि पनि हु“दैन । यसबारे यस पंक्तिकारले चुनौती दिन चाहन्छ । यो स्वस्थानी ब्रतकथाको आयु महिलाहरुकै आस्थाका कारणले गर्दा लम्बिदै गइरहेको छ भन्नेबारे पनि कसैको दुईराय हु“दैन ।

यसको परम्परालाई महिलाहरुले नै अघि तान्दैछन् । यहा“सम्म कि पुरुष वर्गमा खासगरी सहरिया पुरुषहरुलाई त स्वस्थानी कथा कहिलेदेखि आरम्भ हुने र कहिले समापन हुने भन्नेबारे पनि खासै चासो रहंदैन । पुरुषहरु आफ्नै काममा व्यस्त रहेका हुन्छन् । जबकी महिला वर्गमा यसबारे पूर्ण उत्सुकताका साथ सम्पूर्ण लेखाजोखा तयार रहन्छ । अझै आश्चर्यको कुरा त के छ भने पूर्ण रुपमा शिक्षित मानिएका तथा आधुनिक युगका अगुवा ठानिएका महिलाहरु पनि स्वस्थानीको वर्तकथा श्रवण गर्नमा व्रत राख्नमा लालायित रहेको पाइन्छ  । स्वस्थानी व्रतकथाको दौरान घरघरमा कथा वाचन र कथा श्रवण गर्नेहरुमा महिलाहरुकै अधिकता पाइन्छ । कहिं कहिं त कथा वाचक र श्रोता पूर्ण रुपमा महिलाहरु नै पाइन्छ । यस ब्रतकथाप्रति प्रश्न उठाउ“दै विभिन्न खाले टिका टिप्णी गर्ने लेखक लेखिकाहरुको विषेश त लेखिकाहरुको तर्क छ कि गुनासो छ कि यस कथामा पुरुषलाई प्रधानता दिइएको छ । स्वस्थानी व्रतकथा पुरुष प्रधान छ, यद्यपि गुनासा अरु पनि छन् । तर मुखर विरोध पूरुष प्रधानतालाई नै गरेको पाइन्छ । ध्यान दिनुस्, यो ब्रत गर्ने कथा सुन्ने सुनाउने एउटी अर्कि महिलालाई यो ब्रत राख्न कथा सुन्न प्रेरित गर्ने सबै महिला नै हुन् ।
अब मेरो प्रश्न छ महिला लेखिका ज्युहरुसं“ग कि यस पुरुष प्रधान परम्परालाई महिलाहरुले किन बोकेर हिंडेका छन् त ? के पुरुषहरुले यो ब्रत राख्न महिलाहरुलाई बाध्य गरेका छन् ? कथाप्रति निकै आस्तिक पनि महिला ब्रत राख्ने पनि महिला, ब्रतको अनुसरण गर्ने पनि महिला, आफुले ब्रत राख्ने, कथा सुन्ने तर छिमेकी अर्कि महिलाले ब्रत राखिन कथा सुनिन कथा सुन्न आईन भनेर निन्दा गर्ने पनि महिला । पुरुषहरुलाई समेत ब्रत राख्न प्रेरित गर्ने कथा वाचन गर्न पुरुषलाई बाध्य पार्ने पनि महिला तर विरोधको निसानामा पुरुष र पुरुषप्रधानता कथा यस्तो किन ? के पुरुष समाजले महिलाहरुलाई यो ब्रत गर्न या कथा सुन्न बाध्य पारेको छ र ? महिलाले ब्रत राख्दा पुरुषको नियमित खानपानमा व्यवधान पर्न गएर ब्रत नगर भनेर भन्दा घरमा तनाव सृजना भएका घटनाहरु बरु सुन्न पाइन्छ । तर कुनै पुरुषले ब्रत नराखेको निहुमा महिलासं“ग झगडा गरेको पाईदैन । फेरि पुरुष प्रधान भनेर स्वस्थानी कथाको निन्दा वा विरोध गर्नुको के अर्थ हो त ? तीजमा ब्रत राखेर शिव लिंगमा जलार्पण गर्न दिनभरी लाम बस्न पुरुषले बाध्य पारेको भनेर सुन्न पाईदैन ।
स्वस्थानी व्रत गर्न पुरुषले विवस गरेको पनि पाईदैन । आफै ब्रत राख्ने आफै कथा सुन्ने, फेरि पुरुषलाई किन दोषि मानिदै छ त ? आजको जागरुक समाजमा कुनै पनि पुरुषले महिलाहरुलाई कुनै ईश्वर देवता आदिको आराधना गर्न, ब्रत बस्न, कथा सून्न बाध्य गर्न सक्दैन र उनीहरु महिलाले चाहेका खण्डमा महिलाहरुलाई पुरुषले त्यस्ता अनुष्ठान ब्रत आदि गर्नबाट रोक्नपनि सक्दैन । यस विषयमा पुरुष विचरा आफै विवस हुन्छ । महिलाहरुकै खुशिका लागि मात्रै मन्दिर जाने, महिलाहरुकै खुशीका लागि ब्रत राख्ने, महिलाहरुकै खुशीका लागि कथा वाचन गर्ने, महिलाहरुकै लागि कथा श्रवण गर्ने, पुरुषहरु सयमा ९० जना पर्दछन् यस समाजमा । आमाले भनेको मानेर आमाको मन राख्नहोस् वा श्रीमतीको मान गर्नुहोस् । आफ्नो ईच्छा होस् या नहोस्, तर महिलाहरुको खुशीका लागि पुरुषहरु धार्मिक कार्यमा अग्रसर हुनुपर्दछ । धर्मिक विषयमा सधै महिला अघि अघि र पुरुष पछि पछि हुने गर्दछन् । फेरि शास्त्रको के दोष छ ? पुस्तकको के दोष छ ? के आजका महिलाहरुले शास्त्रको अनुसरण गरेका छन् र ? या गर्न बाध्य गरिएको छ र ? या फेरि त्यस्तो गर्न सम्भव हुन्छ र ? कथा हो कथा । इतिहास हो । इतिहास पढ्दैमा सुन्दैमा कुनै अपराध हुन्छ र ? प्रश्न छ विरोधीहरुस“ंग । स्वस्थानीको कथा जसले जतिपटक बाचन गरे पनि जति पटक श्रवण गरेपनि त्यस अनुरुप आचरण हुनै सक्दैन आजको युगमा । एक प्रतिशत पनि भएको छैन । हुनपरेको पनि छैन । काल्पनिक उपन्यास पढ्न हुने काल्पनिक धाराबाहिक हेर्न हुने पाठ्य पुस्तकहरुमा समेत इतिहास पढ्नै पर्ने बाध्यता हुने तर स्वस्थानी ब्रत कथालाई पढ्दा पुरुष प्रधानतालाई प्रश्रय दिइएको आरोप लागिरहनु कतिको उचित छ त ? लेखक लेखिका महोदय ज्युहरु ? गीताको आचरण कस्ले गरेको छ र आज ? रामायणको अनुसरण कसले गरेको छ र आज ? पतीलाई परमेश्वर मानेको छ र आज ? कसले पो पत्नी वियोगमा पागलपन देखाउ“छ र आज ? फेरि एकसय प्रश्नको एउटै उत्तर यो हो कि यस स्वस्थानी ब्रत कथा को परम्परालाई यस पुरुष प्रधान इतिहासलाई महिलाहरुले नै निरन्तरता दिएका छन् । यस्तो किन ? महिलाहरुले यस परम्परालाई निरन्तरता दिईरहुन् भन्ने चाहना पुरुषमा छैन त्यसकारण पुस्तकको कथालाई आधार बनाएर पुरुष वर्गलाई लक्षित गरेर गाली गरिरहनुको कुनै अर्थ देखिदैन ।
पुराणको कथा बाचन र श्रवण गर्दैमा पुरुष प्रधानता हुने कुरै ह“ुदैन र कथामा लेखे जस्तै आचरण गर्न पर्छ भन्ने पनि  छैन । त्यस्तो आचरण गरिसाध्य पनि छैन । ईच्छा नारी जगतको हो यस विषयमा कुनै करकाप त छैन नि ? तर्क गर्ने धेरै ठाउ“ छन् । कथा कि पात्र जालन्धर पत्नी व्रिन्दालाई पीडित र बलात्कृत दर्साएर विरोध गर्नुभन्दा उसलाई महान त्यागी बलीदानी दर्शाउन पनि मिल्छ । जसको त्याग र बलिदानले अन्य हजारौं नारी बलात्कृत हुनबाट जोगिन्छन् । यद्यपि समय अनुसार हाम्रँ धार्मिक अनुष्ठानहरुमा परिवर्तन हुन आवश्यक छ । कतिपय बुद्धिजिवीहरुले समाजका धर्मभिरुहरुलाई बेवकुफ बनाएर आफुले धन कमाउने माध्यम पनि बनाएका छन् । जे होस् कथालाई  नै रहन दिए उत्तम हुनेछ । इतिहास पनि कथा जस्तै हो । स्वस्थानीलाई पनि इतिहास पढेझंै पढ्नुस् र त्यही ठाउ“मा छोडिदिनुस् । इतिहासको पनि हामीले पालना गर्दैनौ स्वस्थानीको पालना गर्नुपर्छ भन्ने पनि केही छैन, ईच्छा आफ्नो आफ्नो यसमा पुरुषको कुनै दबाब छैन । पुरुषको विरोधको पनि कुनै अर्थ छैन ।