November 28, 2013

जाडोमा स्वस्थ रहन के गर्ने? 

जाडो यामको सुरुवात भइसकेको छ । बिहान बेलुका निकै चिसो बढ्न थालिसकेको छ। चिसो बढेसँगै जाडोयाममा देखिने रोगहरू पनि देखिने समय सुरु भएको छ । जाडोयाममा विशेष गरि समस्या देखिने भनेको बूढा–बूढी र बालबालिकामा नै हो । बालबालिकामा पनि भर्खर शिशुहरूमा धेरै समस्या देखिने सम्भावना रहन्छ । तर, केही साधारण कुरामा मात्र ध्यान दिने हो भने पनि धेरै रोगहरूबाट सहजै बच्न सकिन्छ ।

जाडो याममा देखिने स्वस्थ्य समस्या

स्वासप्रस्वासको समस्या: विशेष गरि यो समस्या ६५ काटेका बूढाबूढीमा देखिन्छ । अझ प्राय गरेर पहिले देखि नै स्वासप्रस्वासको रोग भएका वृद्धवृद्धाका लागि जाडोयाम निकै कष्टकर समय हो । चिसोका कारण थोरै मात्र काम गर्दा पनि दम बढ्छ र यसले अन्य धेरै समस्याहरू पनि निम्त्याउँछ । धेरै दम बढेमा त्यसले मुटुमा पनि असर गर्छ र मुटुको समस्या पनि थपिन सक्छ । त्यसैले जाडो याममा बूढाबूढीलाई चिसोबाट जोगाउनु नै उत्तम हुन्छ ।

रुघाखोकी: जाडो यामको अर्को मुख्य समस्या भनेको रुघाखोकी हो । रुघाखोकी लाग्नुको मुख्य कारण भाइरल संक्रमण नै हो । भाइरल संक्रमणबाट बच्ने उपाय भनेको रुघाखोकी लागेको मानिससँग दुरी कायम गर्ने । उनीहरूलृ प्रयोग गरेको सामान सकेसम्म प्रयोग नगर्ने नै हो । शरिरलाई न्यानो राख्न सक्यो भने पनि भाइरल संक्रमणबाट बच्न सकिन्छ । त्यसैले समय समयमा तातो तरल पदार्थको सेवन निकै हितकर हुन्छ । जाडोयाममा पानी थोरै मात्र पिउने बानी धेरैमा हुन्छ, जुन अस्वस्थकर मानिन्छ ।

निमोनिया: यो धेरै जसो दुई वर्ष भन्दा कम उमेरका बच्चाहरू र बूढाबूढीमा देखिने रोग हो । यो एक प्रकारको छातीमा हुने संक्रमण हो । यो रोग पनि भाइरस, ब्याक्टेरिया, फंगसकै संक्रमणकै कारण हुन्छ । यो अन्य मौसममा पनि देखा पर्न सक्छ । तर, जाडोयाममा भने यसले अलिक धेरै उग्र रुप लिन्छ । किनभने यो स्वासप्रस्वास, रुघाखोकी सबैलाई साथै लिएर आउँछ र उपचारलाई झन् जटिल बनाइ दिन्छ ।

हाइपोथर्मिया: जाडोयाममा बाहिरको मौसमलाई बेवास्ता गरेर मनलागि गरे हाइपोथर्मिया हुने सम्भावना धेरै रहन्छ । हाइपोथर्मिया आफैँमा रोग भने होइन । तर, यसले विभिन्न प्रकारको स्वस्थ्य समस्या भने निम्त्याउन सक्छ । हाइपोथर्मिया भनेको आफ्नो शरिरले उत्पादन गर्न सक्ने ताप भन्दा छिटो त्यो ताप शरिरबाट बाहिरिनु हो । धेरै चिसो ठाउँमा पातलो लुगा लगाएर काम गर्दा वा चिसोको सम्पर्कमा धेरै समय रहँदा यो आपतकालिन समस्या उत्पन्न हुन । सक्छ । यदि यसको समयमा नै उपचार वा रोक थाम गरिएन भने ज्यान जाने खतरा सम्म रहन्छ ।

फस्र्टबाइट: यो समस्या भने विशेष गरेर हिँउ नै पर्ने ठाउँमा देखिन्छ । शरिरको कुनै पनि अंग धेरै लामो समयसम्म हिँउ वा चिसो पानीको सम्पर्कमा रहिरहे यो समस्या हुन सक्छ । त्यसैले शरिरलाई हिँउ वा चिसो वस्तुबाट जोाउनु नै राम्रो हुन्छ । यदि धेरै नै नराम्रो सँग फस्र्ट बाइट भएमा उक्त ठाउँलाई चिरेर नै फाल्नु पर्ने अवस्था पनि आउन सक्छ । यो खास गरि हिमाली क्षेत्रमा बस्ने मानिसको हात–गोडा देखिन्छ ।

कार्बनमोनोअक्साइड पोइजनिङ : यो जाडोयाममा खास गरि आफ्नो लापरवाहीले गर्दा देखिने समस्या हो । चिसोको कारण झ्याल ढोका सबै ढाम्ढुम पारेर आगो ताप्नु हाम्रो वरपर सामान्य कुरा हो । तर, यसरी न्यानो हुने चाहमा कतैबाट हावै नछिर्ने गरि ढामढुम पारेर आगो वा हिटर ताप्दा कोठामा कार्बनडाइअक्साइड वा कार्बनमोनोअक्साइड भन्ने ग्याँसको मात्र बढ्न जान्छ र उक्त ग्याँस धेरै समयसम्म शरिरमा प्रवेश गर्दा विभिन्न प्रकारको समस्या देखिन सक्छ वा मृत्यु नै पनि हुन सक्छ । जाडो याममा ग्याँस गिजरका कारण मृत्यु हुने घटना पनि यसैले गर्दा हो । त्यसैले आगो वा हिटरको प्रयोग गर्दा राम्रोसँग हावा वारपार हुने ठाउँमा बसेर मात्र गर्नु राम्रो हुन्छ ।

जाडोमा स्वस्थ रहन
– जाडो याममा बिहानको चिसोमा सकेसम्म हिँड्डुल नगर्दा नै धेरै फाइदा हुन्छ । हिँड्डुल गर्नै पर्ने भए न्यानो लुगा, टोपी लगाएर बाहिर निस्किनु उचित हुन्छ ।

– बन्द कोठा भित्र बसेर आगो वा हिटर नताप्ने । राम्रोसँग हावा आवत जावत गर्ने कोठामा मात्र बसेर हिटर वा आगो ताप्ने ।

– तातो पानी सकेसम्म धेरै पिउने । चिसो कुराको सेवन नगर्ने ।

– भाइरल फ्लु लागेका मानिसहरूबाट दुरी कायम गर्ने ।

– मौसमी फलफुल विशेष गरेर भिटामीन सि युक्त फलफुलको सेवन धेरै गर्ने ।

– स्वासप्रस्वासका समस्या भएकाहरूले यो मौसममा विशेष सतर्कता अप्नाउने र समय समयमा चिकित्सकसँग परामर्श गरिरहने ।

– बालबालीकालाई धेरै बाक्लो लुगा लगाइदिएर गुम्साउनु हुँदैन । भित्र भित्रै तातो भएर पसिना आउँछ र त्यसैको चिसोले अन्य समस्या नित्याउँछ ।


– जाडो मौसममा तुँवालो लागेको बेला माक्सको प्रयोग गर्नाले पनि धेरै प्रकारका स्वासप्रस्वासका समस्याबाट जोगिन सकिन्छ ।

– हातगोडा र ओठ फुट्ने वा छाला फुस्रो हुने समस्या भएकाहरूले मोस्चुराइजर क्रिमको प्रयोग गर्ने । 


कसरी जोगाउने पेन ड्राइभ ? 

डाटा स्टोरका लागि हिजोआज पेन (फ्लास) ड्राइभको प्रयोग बढ्दो छ। डाटा स्टोरेज गर्ने यो सानो डिभाइसको मूल्य दिन दिनै सस्तो हुँदा प्रयोगकर्ता अझ बढ्दै छन्। सानो आकार भएका कारण बोकेर हिँड्न सजिलो हुने भएकाले पेन ड्राइभ विश्वमै लोकप्रिय छ। यसलाई राम्रोसँग हेरचाह गरे डाटा सुरक्षित राख्न र आयु लम्ब्याउन पनि सकिन्छ। धेरै क्षमताको पेन ड्राइभ किन्नु मात्र ठूलो कुरा होइन। यसलाई सावधानीपूर्वक चलाएर लामो समयसम्म टिकाउनु महत्वपूर्ण छ। पेन ड्राइभलाई लामो समयसम्म टिकाउन र डाटालाई सुरक्षित राख्न महत्वपूर्ण ७ टिप्स:

भाइरस सार्ने ठूलो माध्यम
पेन ड्राइभ डाटा स्टोरका लागि विश्वभरि नै लोकप्रिय छ। तर पेन ड्राइभ विश्वमै अफलाइनबाट भाइरस सार्ने चल्तीको माध्यम पनि हो। कम्प्युटरको सफ्टवेयर र हार्डवेयरलाई ध्वस्त पार्ने मुख्य सत्रु भाइरस हो। तपाइँ पेन ड्राइभ प्रयोगकर्ता हुनुहुन्छ भने आफ्नो डिभाइस भाइरसमुक्त भएको कुरामा पहिला ढुक्क हुनुपर्दछ। यदि पेन ड्राइभ भाइरस इन्फेक्टेड छ भने यो स्वत कम्प्युटरमा सर्छ। कम्प्युटरमा प्रयोग गर्नु अगाडि पेन ड्राइभलाई भाइरस स्क्यान गर्नैपर्छ। कुनै कम्प्युटरमा पेन ड्राइभ अटो स्क्यान गर्ने एन्टिभाइरस सफ्टवेयर पनि राखिएको हुन्छ। त्यसले नयाँ हार्डवेयर इन्स्टल गर्ने बित्तिकै स्वत भाइरस स्क्यान गर्न थाल्छ। यो पेन ड्राइभलाई भाइरसमुक्त राख्ने सबैभन्दा सुरक्षित उपाय हो। तर ख्याल गर्नुपर्ने कुरा के हो भने कम्प्युटरको एन्टीभाइरस सफ्टवेयर सधैँ अपडेटेड हुनुपर्दछ। नयाँ भाइरसले पुरानो एन्टिभाइरस सफ्टवेयरलाई पहिचान गर्न र स्क्यान गर्न सक्दैन।

धुलो र पानी मुख्य शत्रु
पेन ड्राइभ आफैँमा सम्वेदनशील डिभाइस भएकाले यसलाई सवाधानीपूर्वक चलाउनुपर्छ। यो सानो डिभाइस बोकेर हिँड्दा सावधानी अपनाउनुहोस्। खाने कुरा र तरल पदार्थमा खस्नबाट जोगाउनुहोस्। पानी र धुलोबाट यसलाई सधैँ टाढै राख्नुहोस्। यी कुराहरुले डाटा हराउने खतरासँगै पेन ड्राइभ कामै नलाग्ने गरी बिग्रन सक्छ। तपाइँमा सामानलाई सावधानीपूर्वक चलाउने बानी छ भने जस्तो पेन ड्राइभ किने पनि फरक पर्दैन। तर तपाइँको ह्यान्डलिङ रफ छ भने पानी, धुलो, तापक्रम र करेन्ट प्रतिरोधात्मक पेन ड्राइभ किन्नु उपयुक्त हुन्छ। अहिले बजारमा यस्ता पेन ड्राइभ पनि पाइन्छन्।

स्पार्कबाट जोगाउनुहोस्
पेन ड्राइभलाई कम्प्युटरमा छिराउनु अघि आफूलाई कुनै धातुसँग छुवाउनुहोस्। यसले मान्छेको शरीरको इलेक्ट्रोस्टेटिक डिस्चार्जलाई सोस्ने काम गर्छ। यदि यसो नगरेमा कहिले कहीँ तपाइँ र कम्प्युटरबीचको इलेक्ट्रोस्टेटिक डिस्चार्जले हार्डवेयर अथवा पेन ड्राइभलाई फेरि कहिलै नबन्ने गरी क्षति पु¥याउन सक्छ।

घाँटीमा झुन्ड्याउनुहोस्
पेन ड्राइभ खसेमा यसमा भएको डाटा हराउने वा ड्यामेज हुन सक्छ। पेन ड्राइभलाई खस्नबाट जोगाउन धेरै उपायहरु अपनाउन सकिन्छ। मालाको रुपमा घाँटीमा झुन्ड्याउन अथवा ब्याकप्याकमा अट्याच्ड गरेर यसलाई सुरक्षित पार्नसकिन्छ। पेन ड्राइभलाई कि रिङमा राखेर पनि खस्नबाट जोगाउन सकिन्छ। याद गर्नुहोस् बजारमा पाइने अन्य कि रिङभन्दा युएसबी कि रिङ प्रयोग गर्नु उत्तम उपाय हो। यो युएसबी कि रिङमा अरु चाबी नराखी हल्काफुल्कै राख्नुपर्छ। कि रिङ धेरै भारी भएमा कम्प्युटरमा कनेक्ट गर्ने बेलामा पेन ड्राइभ र युएसबी पोर्ट दुवैमा त्यसको भार पर्न जान्छ। जसले गर्दा पोर्ट र पेन ड्राइभ क्षति हुने खतरा बढी हुन्छ।

हेड लक नहराउनुहोस्
पेन ड्राइभलाई प्रयोग गरिसकेपछि त्यसको हेड लक वा बिर्को बन्द गर्न नर्बिसिनुहोस्। यो पेन ड्राइभ प्रयोगकर्ताले ध्यानमा राख्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा हो। यही एउटा टिप्स मान्नु भयो भने पनि तपाइँले आफ्नो पेन ड्राइभको आयु उल्लेख्य लम्ब्याउन सक्नुहुन्छ। बिर्को खुलै राखेमा पेन ड्राइभमा धुलो पसेर त्यसको कार्य क्षमता घटाइदिन्छ। त्यसैले काम सकिएपछि पेन ड्राइभलाई बिर्को लगाएर सुरक्षित पार्नुहोस्। हिजोआज डिभाइसको भित्री भागमै हेड लक भएका पेन ड्राइभ पनि बजारमा पाइन्छ। बढी क्षमता भन्दा लामो समयसम्म टिकाउका लागि राम्रो फिचर भएका पेन ड्राइभ किन्नु बुद्धिमानी हुन्छ।

बारम्बार डिफ्र्याग्मेन्ट नगर्नुहोस्
क्षमता बढ्छ भनेर बारम्बार डिफ्र्याग्मेन्ट गर्ने बानी धेरैको हुन्छ। यसले पेन ड्राइभलाई अनावश्यक तनाब मात्रै दिन्छ। किनभने डिफ्र्याग्मेन्ट गर्नाले पेन ड्राइभको क्षमता बढ्दैन।

सेफ्ली रिमुभ गर्नुहोस्
धेरै प्रयोगकर्तामा पेन ड्राइभ प्रयोग गरिसकेपछि त्यसलाई सेफ रिमुभल नगरी कम्प्युटरबाट तान्ने बानी हुन्छ। यसो गर्नाले पेन ड्राइको डाटा हराउने र डिभाइसको कार्य क्षमता घट्ने हुन्छ। त्यसैले काम सकिएपछि रिमुभ सेफली अप्सन प्रयोग गर्नुपर्छ। कम्प्युटरबाट पेन ड्राइभ झिक्नु
अघि सेफली रिमुभ हार्डवेयरले काम गरे नगरेको ख्याल राख्नुपर्छ। काम गरिरहेको अवस्थामा पेन ड्राइभमा सानो बत्ती बलिरहेको हुन्छ। बत्ती बलिरहेको अवस्थामा कम्प्युटरबाट पेन ड्राइभ नतान्नुहोस। बत्ती निभेपछि मात्रै पेन ड्राइभ झिक्नुहोस्।

 

ढिलो बाबु बन्दा सन्तान रोगी हुने खतरा


युवा पुस्तामा पछिल्लो दिनमा ढिलो विवाह गर्ने र बाबु आमा बन्ने क्रम बढेको छ । तर, धेरै ढिला बाबुबन्दा बच्चामा मानसिक स्थास्थ्यसम्वन्धी विरामीको खतरा हुने एक अध्ययनले देखाएको छ ।

अमेरिका र स्वीडेनका वैज्ञानिकले गरेको अध्ययनमा ४५ वर्ष उमेरपछि बाबु बन्नेको सन्तानमा मानसिक रोगको खतरा बढी रहने देखिएको हो । वैज्ञानिकहरुले स्वीडेनमा सन् १९७३ देखि २००१ सम्म जन्मिएका २६ लाख व्यक्तिको शिक्षा, स्वास्थ्य र पारिवारिक अवस्थाबारे विश्लेषण गरेका थिए ।

अध्ययनमा २० देखि २६ वर्ष र ४५ भन्दा बढी उमेरमा बाबु बन्नेहरुको सन्तानबारे विश्लेषण गरिएको थियो । अधिक उमेरका बाबु बन्नेहरुको सन्तानमा आल्टिजम, स्किट्सोफ्रिनिया, आत्महत्या र मानसिक कमजोरीजस्ता समस्या बढी देखिएको थियो ।

अमेरिकी मेडिकल एसोसिएशनको जर्नल जेएएमएमको अनलाइन संस्करणमा प्रकाशित रिपोर्टमा अमेरिकन मेडिकल एशोसियसनका प्रोफेसर एवं अध्ययन प्रमुख ब्रायन डिओफ्रिनिया ढिलो विवाह र प्रजनन् समस्याको रुपमा आएको बताएका छन् ।

उनी भन्छन्, मानिसहरु मलाई बाबु बन्ने सही उमेर कुन हो भनेर सोध्छन्, तर यसको कुनै निश्चित उत्तर छैन । यस्तो कुनै उमेर छैन, जुन समयमा बाबु बन्नु उत्तम हुन्छ ।’

यद्यपि अध्ययनका क्रममा २४ वर्षसम्मको उमेरमा बाबु बनेकाहरुको सन्तानमा भन्दा ४५ वर्षभन्दा बढी उमेरमा बाबु भनेकाहरुको बच्चामा अल्टिजमको आशंका तीन गुणा बढी थियो । उनीहरुमा आत्महत्याको प्रवृत्ति पनि बढि पाइएको छ
(