March 22, 2014

kamal kafle



यस्तै छु माफ गर



मैले देखेको नजिक र तिमीले देखेको टाढा

भोले बाबाको प्रसाद ग्रहण नगरदैमा नास्तिक

फूलको कोमल्ता ढुङ्गामा खोज्नु

अनी गल्ती भो भन्दै माफि माग्नु

यस्तै बसेको छ हाम्रो सस्कार



आवश्यक्ता

न तिमीलाई मेरो छ

न मलाई तिम्रो

बिचमा के पर्छ पर्छ

श्वास रहुन्जेल

न तोड्न सक्छु

न सुमधुर जोड्न जानेको छु



तिम्रो हँ मा हँ लगाउदा

मेरो स्वाविमान गुम्छ

आलोचना गर्दा तिमीलाई ठेस पुग्छ

त्यसैले मौन छु

तिमी शंखा गर्छौ

यस्तै छु माफ गर

जे देख्छु,जे सुन्छु अनी जे भोग्छु

त्यो फ्याटै भनी दिन्छु



आफ्नो लागि त आँफै काफी छु नि

तिमी पनि छौ र त

सोच्न वाध्य छु

पटक पटक गल्ती दोहोराउँदै

त्यसैले माफि मागी रहन्छु

कि सत्य बोल्न देऊ

कि सँगत छोड

अधुरो भावना

अधुरो भावना

 

 

 

 

लक्ष्मी थापॉ मुुस्कान’


 




मन्दीर हेरेर पुजा नगर देवता सबैको एउटै हुन्छ । 
मान्छे हेरेर घृणा नगर मुटु सबैको एउटै हुन्छ ।।
पहाडको हावा स्वच्छ हुन्छ भनेर शहरमा बस्नेलाई के था ।
गरिबको भुपडी स्वच्छ र शान्त हुन्छ भनेर महलमा बस्ते धनीलाई के था ।।

फुल भई फुल्न चाहेपछि असिनाको चोट पनि सहन सक्नुपर्छ ।
गुल्मी
प्रेम गरेर धोका दिए पछि विष खुवाएर मार्न सक्नु पनि पर्छ  ।।
प्रेम के हो नसोध मलाई प्रेममा पागल हुनेलाई सोध ।
चोखो माया के हो नसोध मलाई प्रेममा रमाउनेलाई सोध

लेखेकि छु म तिमीलाई यो मनको अधुरो भावना ।
दिएकी छु म तिमीलाइ सफलताको शुभकामना ।।

किन हामी आज पनि पराधिन छौं ?

किन हामी आज पनि पराधिन छौं ?

केशब काफ्ले

‘पर अधिन सपनेहु सुखनाही अर्थात् अर्काको अधिनमा रहेको व्यक्तिले सपनामा पनि सुख पाउ“दैन’ यो भनाई एक जना प्रसिद्ध भारतीय विद्वानको हो । गुलामीका विभिन्न रुपहरु हुन्छन । ति रुपहरु मध्ये आर्थिक गुलामी पनि पर्न जान्छ । हामी नेपाली जनताले मानौं या नमानौं, तर यो एउटा तितो सत्य हो कि हामी नेपाली आज पनि पराधिन छौं । गुलामीको सिक्रिबाट मुक्त भएका छैनौं हामी नेपाली । तत्कालीन बेलायती साम्राज्यका बेलामा गुलाम हुन परेको भएदेखि नेपाल र नेपाली जनता सम्भव त बेलायतको मात्रै गुलाम हुने थियौं होला ।
तर त्यति बेला गुलामीबाट मुक्त रहनुको मुल्य आज पुरै विश्वको गुलामी गरेर चुक्ता गर्नुपरेको छ, नेपालीलाई । ‘सत्य तितो हुन्छ’ भन्छन् । प्रस्तुत विषय पनि कसै कसैलाई तितो लाग्न सक्छ तर तितो औषधि खानका डरले रोग उजागर नगर्नु र उपचार नगर्नु आफैमा आत्म घात गर्नु जस्तो हो । नेपाली जनताहरुले चाहे तत्कालीन बेलायती साम्राज्यबाद गुलामी गर्नु परेन । तर वास्तवमा गुलामीबाट हामी नेपाली जनता आज पनि मुक्त भएका छैनौं  । हामी नेपाली आज पनि पराधिन नै छौं पर अधिनताको रुप फेरीए पनि अधिनता एथावतै छ । अर्थात आर्थिक अधिनता । हामी आर्थिक रुपमा पुरै विश्वका गुलाम बनेका छौं ।
देलान र खाउ“ला भन्ने अवस्था बा“की नै छ हामी नेपालीहरुको । यथार्थमा हामी नेपाली आज पनि पूर्ण रुपमा परधीन छौं भन्दा अनर्थ नहोला । हाम्रो देशको वार्षिक बजेट वैदेशीक सहयोगमा मात्रै तयार हुने गरेको तितो सत्यलाई कसैले नकार्न सक्दैन । अब विचार गरेर हेरौं त जुन देशको वार्षिक बजेट वैदेशिक सहयोगमा मात्रै निर्भर हुन्छ त्यहा“का जनताको जिवन स्तर कस्तो होला ? हामी आर्थिक रुपमा पुरै विश्वका भनौ अथवा विश्वका धनी राष्ट्रहरुका भनौ तर गुलाम बनेका छौं । राजतन्त्र देखि गणतन्त्र नेपाल सम्म आईपुग्दा विपि देखि शुशिल सम्म आईपुग्दा कसैले पनि कुनै नेताले पनि यस आर्थिक दासता आर्थिक पराधिनताबाट मुक्तिको बाटो खोजी गरेको पाईदैन । आखिर नेपालीहरुले कहिलेसम्म अरुसंग मागेर खाने हो ? आखिर कहिले सम्म दुनियाको गुलामी गरेर  खानी हो ? आखिर कहिले सम्म छिमेकीको भरमा आफनो घरको चुल्हो बाल्ने हो ? बास्तवमा हाम्रा देशका नेताहरुले आफ संगै जनतालाई पनि मागी खाने बनाएका छन भन्दा फरक पर्दैन । आखिर नेपालले कहिले सम्म विदेशी सहयोग रुपी भिखको आधारमा आफनो अर्थ व्यवस्था चलाउने हो ? कहिले सम्म विदेशी सहयोगको भरमा आफनो बजेट बनाई रहने हो ? हामी नेपाली आर्थिक दास्ताको सिक्रीमा बांधिएका छौं र नेपालका नेताहरुले यस आर्थिक पराधिनताबाट जनतालाई मुक्त गराउन चाहदैनन ।
यसमा उनीहरुको आफनो स्वार्थ लुकेको हुने गर्छ । सत्ता परिवर्तनसंगै कसका पालामा विदेशमा गएर धेरै झोली थापियो, कुन कुन नेता विदेशमा गएर धेरै माग्न सफल भयो भन्ने कुरामा चर्चा हुने गर्दछ । नेताहरुको चासो आन्तरिक निर्भतरता भन्दा वैदेशिक सहयोग भित्राउन मा रहने गर्दछ । वास्तवमा नेताले नेपाललाई स्वावलम्बी,आत्मनिर्भर, आर्थिक निर्भरता हुन दिन चाहदैनन । विदेशी सहयोगलाई हिनामिना गर्ने अनि आफना महल ठड्याउने गर्न बानि परेको नेताको ध्यान आफनो देशको आर्थिक विकास तर्पm जादैन । देशमा रोजगार नपाएर जिवन यापन गर्नका लागि विदेश जानु पर्ने अवस्था पनि गुलामी कै प्रतिक त हो नि ? आखिर यस आर्थिक दासताबाट मुक्तिको प्रयास किन गरिंदैन ? कसको जवाफ देहिता छ यसमा ? यो गम्भीर समस्या हो । यस समस्याको बाटो खोजिनु पर्छ । यस आर्थिक गुलामीबाट मुक्तिको मार्ग खोजिनु पर्छ । जबसम्म मागेर खाने बानी छोडिंदैन तब सम्म गरेर खाने बानी बस्दैन । जबसम्म एउटा बाटो छोडिंदैन तब सम्म अर्को बाटो खोजिदैन । त्यस कारण अब मागी खाने बाटो छोडेर आफै गरी खाने बाटो खोज्न तर्फ तत्काल लाग्नुपर्छ । अन्यथा यस आर्थिक पराधिनताबाट हामी नेपाली जनताको मुक्ति कहिल्यै हुदैन र जबसम्म आर्थिक दास्ताबाट मुक्ति हुदैन तबसम्म नेपाली जनताको जिवन स्तरमा कुनै परिवर्तन आउदैन । अब आर्थिक निर्भरताको बाटो खोजिनु पर्छ । आफनो देशको अर्थ व्यवस्था आफै धान्न सक्ने हुनुपर्छ ।
कृषिको क्षेत्रमा क्रान्ति गरेर कृषिमा आत्म निर्भर हुन सके आर्थिक उन्नति गर्न समय लाग्दैन । त्यसकारण सर्वप्रथम कृषि क्रान्ति गर्न जरुरी देखिन्छ । कृषि क्रान्ति औद्योगिक क्रान्ति फेरि आर्थिक क्रान्ति तर उल्लेखित क्रान्ति गर्नका लागि सर्वप्रथम उर्जा क्रान्ति हुन आवश्यक छ । सम्बन्धित मन्त्रालयका मन्त्रीहरुमा ईच्छा शक्ति भए आर्थिक क्रान्तिमा समय लाग्दैन । नेपालका नेताहरुले विदेशमा गएर नेपालको दीनता प्रकट गरेर भिख मागिरहनु भन्दा आफनै देशको श्रँेत तथा साधनको उचित प्रकारले दोहन गरेर आत्म निर्भर हुनु तर्फ लाग्नु पर्दछ ।