April 08, 2014

आमालाई मारेर खाईदिए पछि बादरको छोरा सित खेल्दै सिंह ।









विरुवा लगाउने मात्र होइन संरक्षण पनि गरिनुपर्छ


कमल काफले्
सडक विस्तारमा पार्किङ स्थल छुट्याइएको छैन । साइकल लेनको अभाव देखिन्छ । बुटवलमा सार्वजनिक शौचालयको उचित व्यवस्था छैन । भएका शौचालय प्रयोग गर्न नसकिने फोहोर र दुर्गन्धित छन् । वृÔरोपण्ँको योजना कतै देखिन्न । बरु भएका रुख काटिएका छन् । सार्वजनिक सवारीसाधन रोक्ने निर्दिष्ट ठाउ“हरु छैनन् । जथाभावी रोकिने गाडीले ट्राफिक अस्तव्यस्त हुन पुग्छ ।
विस्तार गर्न लागिएको वुटवल—बेलहिया खण्डमा पर्ने रुखहरु धमाधम कटान भैरहेका छन् । सडक विस्तारका क्रममा बीचमा पर्ने रुखहरु काट्नु स्वाभाविक  भए पनि त्यसरी काटिएका रुखको सट्टा कतिवटा नया“ बिरुवा रोप्ने यकिन हुनुपर्छ । कस्ता विरुवा, कहा“ र कसरी रोप्ने पहिल्यै तय गरिनुपर्छ । तर त्यस्तो कुनै योजना देखिन्न ।
बुटवल—वेलहिया सडक निर्माणका क्रममा बुटवल सडक डिभिजन कार्यालयले अहिलेसम्म सयौं रुख काटिसकेको छ । कति रुखहरु काटिने क्रममा छन् । वातावरण्ँ संरÔण्ँ नियमावली २०५४ को नियम ३ मा कुनै पनि राजमार्ग र शाखा सडकहरुको स्तरोन्नति, सुधार र पुनःनिर्माण्ँअघि प्रारम्भिक वातावरण्ँीय प्रभाव मूल्याङ्कन गरिनुपर्ने उल्लेख छ । यसको अर्थ काटिएको रुखको सट्टा नया“ विरुवा रोप्नु र हुर्काउनु हो । अहिले निर्माण गर्न लागिएको सडकको बिचमा ३ मिटर डिभाईडर र दुवै साईटमा १०÷१० मिटरको वान वे नाली निर्माण गरिएको छ । बिचमा बनाईएको डिभाईडरमा ४ मिटर सम्मको वृक्ष रोपण गर्ने योजना भएको छ ।
बुटवलको सन्दर्भमा डिभाइडर बनिसकेपछि वायोपलुसन नामक एनजिओले डिभाईडरमा वृक्षरोपण गरेको थियो । उक्त एनजिओले करिब ६५ वटा विरुवा लगायो । केही समयपछि त्यो एनजिओले विरुवाको संरक्षण नगरेपछि  वर्गर पेन्टले राजमार्ग चौराहादेखि बसपार्कसम्म आफूले थप वृक्ष्ाँरोपण गर्ने र लगाइएको विरुवाको रेखदेख गर्ने भन्दै आफ्नो प्रचार सामाग्री राखेको थियो । वर्गरको प्रचार सामाग्रीको विरोध भएपछि त्यो पनि पछि हट्यो । अहिले लगाइएको विरुवाको रेखदेख हुन सकेको छैन ।
सडक डिभिजन कार्यालयले डिभाइडरमा वृक्षारोपण गर्नको लागि आफूहरुलाई धेरै व्यवसायीक प्रतिष्ठानबाट प्रस्ताव आएको तर त्यस्ता व्यवसायीक प्रतिष्ठानहरुले आफनो प्रचारप्रसारका लागि होडिड्डबोर्डहरु राख्ने भएकाले पनि त्यस्ता व्यवसायीक प्रतिष्ठानहरुलाई दिने वा नदीने भन्ने विषयमा छलफल गरेर मात्र निर्णय लिइने जनाएको छ । जसले तोकेको सिमीत स्थानमा मात्र होर्डीड्डबोर्ड राख्छ र वृक्षारोपण गरेपछि त्यसको निरन्तर संरक्षण गर्छ त्यस्ता संघसस्थालाई मात्रै वृक्षारोपण गर्न दिने सडक डिभिजन कार्यालयका इञ्जिनियर धनिराम चौधरीले बताए । उनले अहिले गुप्ता नर्सरीबाट प्रस्ताव आएको बताए । 
चौधरीका अनुसार अब सडक विस्तारको बा“कीको  काम सकिएपछि मात्र उक्त ठाउहरुमा विरुवा रोपिने छ । अहिले उक्त डिभाईडरमा रोपिएका आधा जती विरुवा मरिसकेका छन् । विरुवाको रेखदेख र संरक्षणको पहल कतै बाट पनि भएको पाइएको छैन । विरुवा संरक्षणको लागि राखिएका बारहरुपनि केही हावाले उडाएको छ भने कोही चोरी भएको छ । वास्तवमा यसको संरक्षण गर्न सके हामीलाई नै फाईदा हुने थियो । हाम्रौ शहर हरियाली हुने थियो । 
वातावरण्ँविद्हरुका अनुसार धु“वा, धुलो र ध्वनी प्रदुÈण्ँ नियन्त्रण्ँ गर्न रुखको भूमिका महत्तवपूणर््ँ हुन्छ । रुखका पातहरुमा सवारी साधनले फाल्ने हानिकारक धु“वा र सडकबाट निस्किने धुलो संचित भएर बस्छ । रुखले यी पदार्थलाई बस्तीहरुमा जानबाट रोक्छ । यसले खुला रुपमा बस्ती र घरहरुसम्म पुग्ने ध्वनी पनि नियन्त्रण्ँ गर्छ, अत्यधिक ध्वनी प्रदुÈण्ँबाट मानव स्वास्थ्यमा हुने हानी पनि कम गर्छ ।

बालअधिकार एउटा अपूर्ण विषय बनेको छ नेपालमा


केशब काफले


नेपालका अनेक अपूर्ण विषयहरु मध्ये बालअधिकारको विषयमा पनि एउटा अपूर्ण विषय बनेको छ । बालअधिकारको विषय अपूर्ण यस मानेमा छ कि नेपालको अवस्था र व्यवस्था बालअधिकारको रक्षा गर्न सक्ने खण्डको छं“दै छैन । जग बलियो नभए घर बलियो हुंदैन यो निश्चित कुरा हो । नेपालमा बालअधिकारका विषयमा कुरा धेरै गर्ने गरिन्छ । तर सुधार थोरै गरिन्छ । थोरै काम गरेर धेरै प्रचार गर्ने प्रविधि पनि पनि कायमै छ नेपालमा । नेपालका निम्न वर्गमा जनता  जो स“ग आफ्नो बास छैन गास छैन कपास छैन रोग लागेमा उपचार छैन जसलाई दुई छाक पेट भरी खान १८ घण्टा सम्म कडा परिश्रम गर्नु पर्छ, जसले श्रतु अनुसार कपडा लगाउन पाउं“दैन, जसका लागि छ औं  रितु एक समान हुन्छन, जसको जिन्दगी भोलि के खाउ“ भन्ने चिन्तामै वितेको हुन्छ । त्यस्ता अवस्थाका अभिभावकका बालबालीकाहरुले कहा“को बालअधिकार पाउं“छन त ? के उल्लेखित स्थिति अभिभावकसं“ग बालअधिकारको अपेक्षा गर्नु उचित हुन्छ त ? सरकारी तथा गैर सरकारी संघ संस्था जसले बालअधिकारका क्षेत्रमा आफुहरुले निकै प्रगति गरेको प्रचार गर्दछन, वर्षमा एक दिन बालदिवसको अवसर पारेर अस्पतालमा भर्ना भएका बालबच्चाहरुबीच दुइचार किलो फलफूल वितरण गर्दछन,मिठाई वितरण गर्दछन, धनी वर्गका सन्तानहरुसं“ग उनीहरुले लगाएर फालेका केही जोर कपडा सडक बालबालिकाहरुमा वितरण गरेर सञ्चार माध्यमलाई उपयोग गरेर प्रचार गर्नेहरु सम्भवत नेपालको वास्तविक अवस्थाबाट अपरीचित  अवश्य पनि छैनन होला ? हो बालबालिका भोलिका कर्णधार हुन , उनीहरुको  आज  उचित स्याहार हुनुपर्छ । शारीरिक तथा मानसिक रुपमा सक्ष्ँम हुनुपर्छ । शारीरिक तथा मानसिक रुपमा सक्ष्ँम हुनका लागि पौष्टिक आहार पाउनु पर्छ । उचित प्रकारको शिक्षा पाउनु पर्छ, खेलकुदमा सहभागी हुन पाउनु पर्छ, तर पाउनु पर्छ भन्दैमा नेपालमा यिनी सबै विषय सम्भव छन त ? बालश्रम नेपालको एउटा प्रमु्ख समस्या मात्रै हैन कि एक अभिषाप नै बनेको छ । तर बालबालिकालाई श्रम गर्न पर्ने अवस्था किन छ त ? किन कि जग नै कमजोर छ । जग कमजोर हुनुको जिम्मेवार को छ  त ? निश्चित रुपमा नेपालको व्यवस्था नै हो । नेपालको गरिबी नै हो । नेपालमा बालअधिकार हननको जिम्मेवार को छ त ? निश्चित  रुपमा   आफै बालबालिका त होईनन । उनका बाबुआमा पनि होइनन । यस पंक्तिकारका विचारमा कुनै पनि सन्तानका अभिभावक बालअधिकार प्रति अञ्जान छैनन । तर पालना गर्नमा पनि  सक्ष्ँम छैनन् । कुन बाबुआमाले चाहेको हुन्छ र ? मेरा बालबालिकाले कल कलाउं“दो कलिलो उमेरमै कडा परिश्रम गरुन भनेर कुन बाबुआमाले चाहां“दैन र ? मेरा  बालबालीकाले पनि  पौष्टिक आहार खान पाउन भनेर ? कुन बाबुआमाले चाहदैन र मेरा सन्तानले पनि  राम्रो स्कुलमा शिक्ष्ाँ पाउन भनेर ? तर चाहार्न र पूर्ति गर्न सक्नुमा फरक हुन्छ । नेपालमा आफना बाबुआमाको गरिबीका कारणले गर्दा नै पा“च, छ वर्षको उमेर  देखि नै बालबालिका श्रम गर्न बँध्य बनेका छन् । यस्ता तथ्य अधिकारकर्मीहरु स“ंग लुकेका छैनन् । उनि अभिभावकहरु जो कि आफै पनि पाउनु् पर्ने मानव अधिकारको आधारभूत सुविधाबाट पनि बञ्चित छन् । त्यस्ता अभिभावकहरुबाट कसरी बालअधिकारको पालना हुन सक्छ र ? कसरी बालअधिकारको रक्ष्ाँ गर्न सक्छन र ? जग कमजोर त घर  कमजोर नेपालका ४५ प्रतिशत घरपरिवार यस्ता छन् जसले आफना सन्तान पा“च छ वर्षका भए पछि उनलाई स्कुल पठाउनु भन्दा श्रम गर्न पठाउन बाध्य छन् । तर यो उनिहरुको रहर होइन बाध्यता हो । दोष उनिहरुको होईन दोष व्यवस्थाको हो । जहा“का बालबालिकालाई कठोर श्रम नगरी कन दुई छाक मोटो अनाज भाग्यमा ह“ुदैन तिनले पौष्टिक आधार कहा“बाट पाउने ? जहा“का बालबालिकाले आठ दश वर्षको उमेर सम्म नया“ कपडा देख्दैनन , तिनीहरुले कहा“बाट पाउनु श्रतु अनुसार कपडा ? बालअधिकारका कुरा गर्ने संघ सस्थाहरुलाई थाहा हुनुपर्छ नेपालको सतही यथार्थ । बास्तवमा भन्ने हो भने बालअधिकारका विषयमा भाषण गर्ने नेता वा संघ सस्था पनि बालअधिकार प्रति त्यति इमान्दार छैनन् । नेपालमा बालअधिकारको विषय पनि केही व्यक्ति तथा केही संघ सस्थाहरुका लागि पैसा  कमाउने माध्यम बनेको छ । नेपालमा बालबालिका तथा उनका अभिभावकहरुको दुरदसा विदेशमा देखाएर बातानुकुलित कोठाहरुमा बसेर पैसाको खेती गर्ने माध्यम बनेको छ । त्यसै कारणले गर्दा यस समस्याको निराकणमा भन्दा प्रचारमा ध्यान दिने गरिन्छ । धनी वर्गका सन्तानले उतारेर फालेका कपडा सडक बालबालिकाहरुलाई बा“ंडने , अस्पतालमा दुईचार किलो दुध मिठाई बा“ड्ने र नाम र दाम कमाउने माध्यम बनेको छ नेपालको बालअधिकारको विषय भन्दा कति पनि अनुचित हु“दैन । समस्याको जरो पहिल्यायर जरा मै प्रहार गर्नुपर्छ । हा“गा विगा“को कटाई गरेर पुग्दैन । काटेका हा“गा फेरि पलाउ“छन । हा“गा कटने प्रयास अपूर्ण प्रयास हो । नेपालको आर्थिक अवस्थामा सुधार आउनु पर्छ । प्रति व्यक्ति आय वृद्धि हुनुपर्छ । नेपालको गरिबी हटनु पर्छ । त्यसपछि मात्रै बालअधिकारका कुरा गर्न सुहाउ“छ । नेपालको अवस्था कस्तो छ भने, बालबालिकाले श्रम गरेर आफना अभिभावकलाई पाल्नु पर्ने अथवा सहयोगिको भूमिका नर्वाह गर्न पर्ने अवस्था छ । बालश्रमकै कारणले गर्दा कयौ बालबालिका यौन शोषण  बलात्कार, आदिका शिकार बनेका छन । बालबालिकाले श्रम गर्ने थलो सुरक्ष्ँित छैनन । तर फेरि पनि श्रम गर्न बाध्य छन । फेरि कुरा गरिन्छ बालअधिकारका ? बालदिवस पारेर अस्पतालमा भर्ना भएका दुइ चार बालबालिकालाई दुईचार किलो दुध मिठाई बाडदैमा धनीका सन्तानले उतारेका कपडा सडक बालबालिकालाई बाडेर प्रचारमा आएर दातृ निकायलाई आकर्षित गर्दैमा समस्याको समाधान हुदैन । विदेशी दान दाताहरुलाई बोलायर पंचतारे होटरहरुमा चिया कफिको चुस्की सगै गरेका गोष्ठिहरुले समस्याको हल हुदैन । बालअधिकारको तालिम दिने नाउमा गोष्डि गरेर धन खर्च गरेर मात्रै भत्ता खाएर मात्रै समस्यको हल हुदैन । समस्याको जरो खोजिनु पर्छ । अन्यथा बालअधिकारका कुरा गरेर अभिभावकहरुको भावना संग खेलवाड गर्नु बेकार छ । यदी बालबालिका अभिभावक सक्षम र सवल छन भने बालअधिकार स्वत प्रभावित हुन जान्छ । किनकि आज २१ औ शताब्दि अभिभावकहरुलाई सम्झाउन पर्ने अवस्था छैन । तर उनी अभिभावकहरु जो आफै रोग शोक र भोकले पीडित छन उनीहरुले जानेर के गर्ने ? बुझेर के गर्ने ? नेपालको बालअधिकार हनन,बालश्रम,बालयौन उत्पिडन आदिमा नेपालको गरिबी जति जिम्मेवार छ उत्तिकै जिम्मेवार छ नेपालको व्यवस्था । बालबालिकालाई श्रम नगरे के गर्ने श्रम नगरी खानै पाइदैन ? पेट नभरी कन पढाई लेखाई पनि हुदैन । फेरी पेट भर्नका लागि श्रम गर्ने कि भविष्य बनाउन स्कुलमा गएर शिक्षित हुने ? जब सम्म मुल समस्यको समाधान हुदैन बालअधिकारको रक्षा पनि हुनै सक्दैन नेपालमा । नेपालको यो तितो सत्य हो ।
नेपालको बालअधिकार हननमा नेपालको दोष पूर्ण तथा असमान शिक्षा नीति पनि उत्तिकै जिम्मेवार छ । जब सम्म नेपालका अभिभावक आर्थिक रुपमा  सवल र सक्षम हुदैनन तव सम्म अवस्थमा सुधार आउदैन । जव सम्म दोषपूर्ण तथा असमान शिक्षा नीतिलाई समान शिक्षा नीतिमा परिवर्तन गरिदैन तव सम्म समस्याको समाधान हुदैन । जस सम्म नेपालमा बालअधिकारको रक्ष्ाँ गर्न सक्ने शक्तिको उत्पानद हुदैन यो विषय अपूर्ण रहने छ । र केही व्यक्ति केही नेता तथ केही संस्थाहरुको कमाई खाने विषय बनिरहने छ ।