August 15, 2014

हाम्रा कर्म आफै बोल्नु पर्छ


केशब काफले

 

हामीहरु मध्ये धेरैलाई सेतो कपडामा रुचि हुदैन । किनकि सेतो कपडा मैलो हुन्छ । यस्तो रंगिन कपडा खोज्छौ हामीले जो मैलो नहोस । तर के रंगिन कपडा मैला हुदैनन त ? यस्तो कुरा कदापि होईन । मैला त रंगिन कपडा पनि हुन्छ । तर रंगिन कपडा मा मैला देखिदैन । सेतो कपडा आफै बोल्छ । म मैला   भए मलाई सफा गर मलाई धोउ भनेर बोल्छ तर रंगिन कपडा बोल्दैन । सेतो कपडाले आफनो दोष लुकाउदैन । तर रंगिन कपडाले दोष लुृकाउछ । त्यही कारणले गर्दा यो बोल्ने खालको सेतो कपडामा धेरैको रुचि हुदैन । धेरै बोल्नेलाई कस्ले रुचाउछ र ? तर बोल्ने को त हामी आभारी हुनुपर्छ । कमसे कम बोलेर हाम्रो दोष त देखाई दिन्छ । मनको स्वरुप बुझनका लागि कर्मको महत्वपूर्ण भूमिका हुन्छ । त्यस कारण कर्म बोल्नु पर्छ ।
जब दोष देखाई दिन्छ ,त्यस दोषलाई दुर गर्न पनि सकिन्छ । त्यस कारण कर्ममा दोष देखिनु पर्छ । कर्म आफै बोल्नु पर्छ यदि आफनो कर्मको दोष देखिदैन भने विकासको गति अवरुद्ध हुनछ । विकासको गतिलाई निरन्तरता दिनका लागि कर्म दोष देखिन जरुरी हुन्छ । दोष नदेखिए सम्म त हामीले कर्मलाई पूर्ण भएको ठानेर विश्राम दिन्छौ । जहाबाट विकास अवरुद्ध हुन जान्छ । त्यस कारण पनि चुप कर्म भन्दा बोल्नी कर्म श्रेय कर हुन्छ । मनुष्य स्वभावले आफनो दोष आफै देख्दैन । आफनो दोष सून्न पनि चाहदैन । त्यस कारणले दोष देखाउनेको पनि आभारी हुनु पर्छ । कर्मको दोष देखिए पछि मात्रै दोष दुर गर्ने योजना बन्छ । र दोष रहीत कर्मको मार्गमा अघि बढिन्छ ।दोष रहित कर्म हामीबाट हुदैन । कर्म गरेपछि कर्ममा केहिन केहि दोष त हुन्छ नै जब दोष थाहा हुन्छ तब मात्र दोष दुर गर्ने प्रयत्न गरिन्छ । अन्यथा उहीको उहीं । जब दोष रहित कर्म हुन्छ फेरि अन्यकुनै धर्मको आवश्यकता नै पर्दैन । कर्मद्धारा नै सबै धर्मको पालना भएको हुन्छ । दोषपूर्ण कार्म गर्दा अधर्म पनि भएको हुन सक्छ । तर दोष रहित कर्म हुन्छ धने अधर्म हुने प्रश्न उठदैन । तर हामीहरुमा कमी कहानिर छ भने हामीहरुले आफनो कर्ममा दोष देख्नै चहदैनौ । हामीलाई लागि रहन्छ कि हाम्रोकर्म शुद्ध छ । आफनो कर्मको दोष नखोजेर अरुले गरेको पाप पुण्यको लेखाजोखा खोज्दै हिंडछौ हामी । यसैको नाम कर्म दोष हो । जसले हाम्रो कर्म दोष देखाउछ त्यो शत्रु हुन जान्छ । बहुलाएको मान्छेले कपडा लगाएको छ या नाड्डै छ यसको फैसला एउटा सज्जन मान्छेले गर्नु पर्छ । बहुलाएको मान्छेलाई यसको भान हुदैन । त्यस्तै हाम्रा कर्म दोषि छन कि शुद्ध छन भन्ने ज्ञान हामीमा हुदैन । त्यस कारण कर्ममा दोष देखिनु पर्छ हाम्रा कर्म आफै बोल्नु पर्छ । सेता कपडा बोेलेझै ।

अब कर्म शुद्ध कसरी हुन्छ त ? यसका हजारौ लाखौ उदाहरण होलान । यसमा सबैले आआफना ढंगले व्याख्या र विवेचना गर्छन । तर तिनै मध्ये एउटा झिनो उदाहरण के त भने कर्म कर्तालाई आफुले गरेको कार्ममा आनन्द आउनुपर्छ । आफने कर्म प्रति तल्लीन आनन्द मग्न पूर्ण निष्ठावान हुनुपर्छ । महाभारत युद्धमा बेलका युद्ध विराम भएपछि सबैजना सन्ध्या बन्दना पश्चात खान पिन गरेर गफ गाफमा मस्त हुन्थे अरे । तर भगवान श्री कृष्ण चाही रथबाट घोडा फुकाएर घोडालाई पानी खुवाउने ,तिनलाई नुहाईदिने । घोडाको शरिर मालिस गर्ने,शरिर सुम्सुम्याईदिने , दिनभरी तिरले बनेका घाउमा औषधि लगाईदिने गर्थे अरे । यस दौरान भगवान कृष्णलाई अन्य कुनै किसिमको भान हुदैनथियो अरे । भगवानलाइ अति आनन्द आउथ्यो होला यिनी काममा हामीलाई पनि आफनो कर्ममा यस्तै आनन्द आउनुपर्छ । त्यही कर्म शुद्धिको मार्ग हो । घर धन्धा व्यापार जागिर पेशा करले होईन आनन्दले गर्नु पर्छ । आनन्द प्राप्त हुनुनै शुद्ध कर्मको प्रतिक हो । फेरि पनि कर्ममा दोष देखिन्छ भने  दुखि होईन कि आनन्दीत भएर नै दोष दुर गर्ने प्रयत्न गर्नु पर्छ ।

दुई नारी एउटै पीडा तर अवस्था फरक


केशब काफले

 

कर्मको फल भनौ या भाग्यको खेल २ जना मान्छेलाई एउटै प्रकारको पीडा भोग्नु पर्छ तर दुवै जनाको संसारीक अवस्थामा भने धर्ति अकाशको फरक हुन्छ । श्री कृष्ण श्रेष्ठलाई काल आयो,दिनेश अधिकारी चरीलाई काल लाग्यो दुवै जना संसारबाट विदा भए । तर उनीहरुले गरेका कर्मका फल उनका आफन्तहरुले पनि भोग्नु पर्छ । कोही पनि मान्छे आफुले गरेको कार्म फलको भोगि एक्लै हुदैन । कुनै पनि मान्छेले गरेको कर्म दुष्कर्म,वा सुकर्म आदिको फल यो समाज र यसै समाजमा रही रहेका उनका आफन्तहरुले पनि भोग्नै पर्छ । तर उनीहरुको पीडा भोग्ने अवस्था भने फरक रहेको हुन्छ । अहिले पनि त्यस्तै भएको छ । दिनेश अधिकारी चरी मारिए । श्री कृष्ण श्रेष्ठको मृत्यु भयो । उनीहरुले आआफना कर्मअनुसारको भोग भोग्न आफन्तहरुलाई छोडेर गए । विषेश त यो भोगाईको कुरा दुईटि नारीको हो । उनी मध्ये एउटी हुन  खुश्बु ओली र अर्कि हुन श्वेता खडका  । यिनी दुवैको पीडा एउटै हो । दुवैको ह्दय एउटै हो ,दुवैका आसु एउटै हुन  हेर्ने आखा दुवैका एउटै हुन । दुवैका ह्दय पीडित छन । तर अवस्थमा भने  धर्ती आकाशको फरक छ ।
यति बेला श्वेताको घाईते ह्दयमा सितल मलम लगाईदिने लाखौ छन । उनी प्रति समवेदना राख्ने लाखौ छन । उनका आसु एकाएक मोति झै मुल्यवान बनेका छन । श्वेताका आसु मूल्यवान बनेका छन तर खुश्बुका आसु पुछने कोही छैनन । उनलाई हेर्ने समाजको दृष्टिमा दयाको भाव देखिदैन,अपितु घृणा देखिन्छ । उनलाई सँन्त्वना दिने कोही छैन । श्वेताका आसु मोती झै मुल्यवान तर खुश्बुका आसु साउने भेल झै मुल्य हीन । जब कि आसु झार्ने दुवैका पीडा एउटै हुन । दुष्कर्मचरीले गरेका हुन खुश्बुले गरेकी होईनन । फेरि ह्दयमा  चोड परेको बेला उनी घृणाको पात्र किन त ? यदी उनका ठाउमा हामी मध्ये कोही भएको भए ,समाजको व्यवहार हामीले कसरी सहन्थेउ“ होला ? खुश्बुले भोग्दै गरेको पीडा चरीको दुष्कर्मको परिणाम हो । माया प्रेम भन्नेकुरा भावनाको खेल हो खुश्बुको भाव चरीमाथि आयो यसमा उनको के दोष ? दोष चरीको हो । सो चरी मरेर गए कुुरा खतम ।



मान्छेको मृत्यु सगै सबै सत्रुता समाप्त हुनु पर्छ । चरी र श्री कृष्ण श्रेष्ठको मृत्युपछि उनका सबै भन्दा नजिकका खुश्बु र श्वेताको पीडाको बेला फरक अवस्थाले मान्छेलाई कर्म प्रति सचेत पनि गराउछ । मान्छेले आफुले गरेको कर्मद्धारा कसैले मलामि कमाउछ कसैले सलामि कमाउछ , तर कसैले आफन्हरुको  आसुको मूल्य पनि गुमाउछ । यसलाई चाहे कर्मको फल भनौ चाहे भाग्यको खेल । अहिले खुश्बुलाई पनि त्यस्तै परेको छ । मान्छेको सामाजिक दृष्किोण पनि स्वार्थ पूर्ण हुन्छ । जो संग केही पाउने गरेको हुन्छ अथवा पाउने आश गरेको हुन्छ समाजको भावना उसै संग धेरै नजिक भएको  हुन्छ ।उसै संग भावना जोडेको हुन्छ । प्राप्त नहुने र आफुले दिन पर्ने छ भने उसै संग टाढै रहन चाहन्छ समाज । तर जे होस आज  यो समाज  खुश्बु प्रति समबेदना हि नबनको छ  । चरीको मृत्यु पछि उनी एक्ली भएकी छन । तर हामीले नभुलौ कि त्यस्तो अवस्था हामी मध्ये धेरैलाई आउन सक्छ । उनी घृणाकी पात्र निश्चय पनि होईनन । उनमा पनि श्वेताको जस्तै कोमल ह्दय छ । उनी पनि साहनु भूतिकी पात्र हुन । उनलाई यो पीडा दिने पात्र ओझेल भैसकेको छ । यिनी दुवै नारीको अवस्था फरक भए पनि पीडा चाही एउटै हो । हामी पीडित ह्दयलाई अझै पीडित तुल्याउने संस्कारबाट बाहिर आउनु पर्छ । यस अवस्थाले कर्म प्रति सचेत हुनुपर्छ । मानवीय समवेदनाको अपमान गर्नु हुदैन । खुश्बुलाई पनि हेला गर्नु हुदैन । सामाजिक सञ्जाल मार्फत उनी प्रति घृणा युक्त शब्दको प्रयोग नगरौं । उनी पनि यही समाजको एउटा अंग हुन । उनलाई दुख्दा समाजलाई पनि दुख्नु पर्छ । उनलाई हिंसा गर्नु भनको आफुलाई हिसा गर्नु हो । चरीले गरेको दुष्कर्मको सजाय उनलाई नदिउ । मान्छेको अजय शत्रु काल नै हो । मृत्यु सास्वत सत्य हो । मान्छे मरेर जान्छ कर्म रही रहन्छ ईतिहासको रुपमा । कर्म प्रति सजक रहनु ,शब्द बाडले कसैको दुखित ह्दयलाई छिया छिया नपारौं । दुश्कर्मी संग प्रेम गर्नु भनेको दुश्कर्म गर्नु कदापि होईन । रावण जालान्धर,कंश,दु्रयोधन आदिका पत्नीहरु संग हाम्रो साहनु भुति रहेको हुन्छ । यिनी पात्रहूरु पनि त दुष्कर्मी थिए । फेरि खुश्बु प्रति घृणा किन ?
दुश्कर्मीहरुलाई राम ,कृष्णले दुश्कर्मी भनेर मारे तर उनका परिजनसंग घृणा गरेनन अपितु प्रेम गरे । हाम्रो धर्म संस्कृति सस्कार आदिले पनि हामीलाई घृणा सिकाउदैन । पीडित माथि प्रहार गर्नु आफैमा एउटा दुश्कर्म हो । सो खुश्बुको पीडा माथि प्रहार गरेर हामी आफै दुश्कर्मी नबनौ । दुखकोबेला नगरौ हेला , आफै पनि   परियला फेला,समय बलियो हुन्छ , तर गतिशील हुन्छ । खुश्बु वा श्वेताले असमयमै दुखद अवस्थाको समाना गर्नु परेको छ , खुश्बु र श्वेता प्रति मेरो बराबर समवेदना छ ।