
केशब काफले
विश्वभरी प्रचलित धर्महरुका आ—आफ्नै विशेषताहरु हुन्छन र जसले जुन धर्मको पालना गरेको हुन्छ त्यसले त्यसै धर्मलाई श्रेष्ठ धर्मको मान्यता दिएको हुन्छ । उचित पनि हो । आफुले पालना गर्ने गरेको धर्मप्रति पूर्ण आस्तिक र समर्पित हुनै पर्छ । र आफ्नो धर्म प्रति शंका रहित हुनु पर्छ । विश्वमा प्रचलित अनेक धर्महरुका आ—आफनै विशेषता हुने गर्दछन । फेरि पनि जति विशेषता हिन्दु धर्ममा पाईन्छ त्यति विशेषता अन्य कुनै धर्ममा पाईदैन । यस पंक्तिकारको सबै धर्मप्रति समदृष्टि समभाव रहेको छ । लेखको उद्देश्य कुनै अन्य धर्मप्रति दुराभाव राख्नु वा अन्य धर्मवालम्बीहरुलाई ठेस पु¥याउनु पटक्कै होईन । जस्तो कि आजकल केही बुद्धिजीवी ठानिएका अतिवादी लेखक समीक्ष्ँकहरुले हिन्दु धर्मप्रति निकै आक्रामक रुपमा प्रस्तुत ह“ुदै अर्थलाई अनर्थ तर्फ तान्दै अबद्र भाषाको प्रयोग गर्दै लेख्ने गरेका छन । तर हिन्दु धर्मले त्यस्तो दुरा भाव कुुुुुनै धर्मप्रंति राख्दैन । कसैप्रति कटुता सिकाउ“दैन । वैरभाव राख्दैन । हिन्दु धर्मका अनेक विशेषताहरु छन । तर आज केही विरोधीहरुलेहिन्दु धर्मका तिनै विशेषताहरुलाई हिन्दु धर्मको कमजोरीको रुपमा अपव्याख्या गर्ने गरेका छन । हुन त यो पंक्तिकार आफै पनि धर्मप्रति अनभिज्ञ छ धर्मको मर्म यसपंक्तिकारले पनि बुझको छैन । तर यस पंक्तिकारको विचारमा त्यस्ता हिन्दु धर्मको विरोधी लेखक समीक्ष्ँकहरुले हिन्दु धर्मका मर्मलाई यसै पंक्तिकारले जति पनि नबुभिकिन केही नाम र दामका लागि मात्रै कलम चलाउने गर्दा रहेछन् । त्यस्ता विशेषज्ञ, लेखक, समीक्ष्ँकहरुले यस समाजलाई संगठित गर्नु भन्दा पनि विखण्डित गर्नुमा आफनो उर्जा खर्च गर्ने गरेका छन । हिन्दु धर्म नै एउटा यस्तो महान धर्म हो जसले पशु पक्षिको पनि पूजा गर्दछ । हिन्दु धर्म नै त्यो धर्म हो जसले सबै प्रति कृतज्ञता प्रकट गर्दछ । हिन्दु धर्मले सम्पूर्ण प्रकृतिको सम्मान गर्दछ । हिन्दु धर्मले सम्पूर्ण प्रकृति प्रद्धत्त सृष्टिको पूजा गर्ने गरेको छ । जस्तै आमाको पूजा,बाबुको पूजा,सुर्यको पूजा,चन्द्रको पूजा,पृथ्वीको पूजा,समुन्द्रको पूजा,अग्नी पूजा,प्रकाश पूजा,पानी पूजा,नाग,कुकुर,कौवा,गाई,गोरु यहा“ सम्मकि हृदय शुन्य पथ्थरको पनि पूजा गर्ने गरेको छ, हिन्दु धर्मले ।
यसरी गर्ने गरेका सबै पूजाका पछाडि उद्देश्यको पूष्टि गर्न सकिन्छ । तर लेखका त्यस्ता सबै खाले पूजाको सिद्ध गर्न सकिदैन । लेख अनावश्यक रुपमा लामो हु“दै जान्छ । केही धर्म ज्ञाताहरुले यस प्रकारको पूजालाई अन्धविश्वास पनि भन्ने गरेका छन । तर यस पंक्तिकारको विचारमा यो हिन्दु धर्मका महानता हो । उपकारको बदला हो ।यस्ता पूजाद्वारा कृतज्ञता प्रकट गर्ने गरेको छ हिन्दु धर्मले । उपकार गर्ने प्रति कृतज्ञता प्रकट गर्नु न अन्धविश्वास हो,न अतिवाद हो । न अफिमको लत हो । यो हिन्दु धर्मको विशेषता हो । यस्तो विशेषता अन्य कुनै धर्ममा पाईदैन । मनुष्य शरीरका दाताका रुपमा आमा बाबुको पूजा गरिन्छ भने के गलत हुन्छ र ? हिन्द धर्मले आमा बाबुको ईश्वर जत्तिकै पूजा गर्नु पर्छ भनेको छ भने त्यसमा केही गलत छैन । हामीले ईश्वरलाई देखेका छैनौ तर हाम्रँे यस शरीरको निर्माणमा बाबु आमाको भूमिका छ यो कुरा सहजै बुझन सक्छौं । फेरि शरीर दाता प्रति कृतज्ञता प्रकट गर्नु के गलत हो त ? गाई गोरुको पूजा गर्नु पनि उनीहरु प्रति कृतज्ञता प्रकट गर्नु नै हो । गाई नभए गोरु कहा“बाट आउ“ंछ ? गोरु नभए पृथ्वी जोतेर खेती कसरी हुन्छ ? गाईले गोबर मात्रै हैन कि पौष्टिकताले भरपूर्ण दुध पनि दिन्छ । त्यही दुधले हामी र हाम्रँ सन्तान रुष्ट पुष्ट निरोगी हुन्छौं ।गाई गोरुको मल मुत्रले उत्तम प्रकारको खादको उत्पादन हुन्छ । त्यसका खादको खेतीमा प्रयोग गरेर भर पुर अन्न उब्जाईन्छ । यो मानव समाज प्रति उनीहरुको उपकार हो । तर यस उपकार प्रति कृतज्ञता प्रकट गर्ने हिन्दु धर्म मात्रै हो । पृथ्वी अन्नदाता हुन । उनको पूजा गरेर कृतज्ञता प्रकट गर्नु पक्कै पनि गलत होईन । हावा र पानी विना जीवन सम्भव हुदैन । सो वायु पूजा,पानी पूजा,पनि उनीहरु प्रति कृतज्ञता प्रकट गर्नु नै हो । उपकारी प्रति कृतज्ञ हुनु नै पर्छ भन्ने यस पंक्तिकारको धारणा हो । कुनै एउटा चिकित्सकले हाम्रो शरीरमा लागेको रोगको उपचार गरेर रोग निको पार्छ,बदलामा लाखौ रुपया“ लिन्छ ,फेरि पनि हामी जीवन भरी त्यस चिकित्सकको उपकार भुल्दैनौं । फेरि यस प्रकृतिले त हामीहरुलाई अनेकौं उपहार निशुल्क प्रदान गर्ने गरेको छ । यो उपकार त हो नि प्रकृतिको हामी माथि । फेरि उपकारी प्रति कृतज्ञता प्रकट गर्नु कसरी गलत सिद्ध हुन्छ र ? हिन्दु धर्मवालम्बीहरुले अपनाउने गरेका पूजा पाठका पद्धतिहरुका पछाडि वैज्ञानिक तथ्यहरु लुकेका छन,जसलाई तर्कद्धारा सिद्ध गर्न सकिन्छ । के चन्द्र सुर्य विना पृथ्वीका जीवन सम्भव छ त ? के हावा पानी बिना जीवन सम्भव छ त ? के प्रकाश विना जीवन सम्भव छ त ? यस्ता प्रकृति प्रद्धत साधनहरुले हामीहरु माथि उपकार त गरिरहेका छन नि । र उपकारको पैंचो तिर्न जानेको छ हिन्दु धर्मले उनको पूजा गरेर । पिपलको वृक्ष पूजा गर्नुमा धार्मिक आस्था त छ“दै छ वैज्ञानिक तथ्यको पनि पृष्टि गर्न सकिन्छ । गाई पूजाको पनि धार्मिक वा वैज्ञानिक दुवै तथ्यको पुष्टि गर्न सकिन्छ । हिन्दु धर्म अन्तरगत गरिने प्रत्येक अनुष्ठानको वैज्ञानिक औचित्य सिद्ध गर्न सकिन्छ । जो विशेषता र महानता हिन्दु धर्ममा पाईन्छ , अन्य कुनै धर्ममा पाईदैन । तर आज केही स्वार्थी तत्वहरुले यस धर्मस“ग खेलवाड गरिरहेका छन । केही लेखक ठानिएका व्यक्तिहरुले बारम्बार हिन्दु धर्मप्रति कटाक्ष गर्दै लेख लेख्ने गरेका छन । हिन्दु धर्म प्रति केही स्वार्थी तत्व सक्रिय रुपमा लागि परेको आभाश ह“ुदै छ । नेपालको गरिबी अशिक्षा तथा यहा“का सिधासाधा जनतालाइ ऐन केन प्रकरण अपनाएर धर्म परिवर्तन गर्न उक्साउने पनि गरेको पाईन्छ । गरिबलाई धन दिउ“ला । रोगीलाई उपचार दिउ“ला । बेरोजगारलाई रोजगार दिउ“ला
भन्ने आशा देखाउ“दै धर्म परिवर्तन गर्न विवश गरि“दै छ नेपालमा । नेपालको विसम स्थितिको लाभ उठाउ“दै विश्वका केही धनी राष्ट्रहरुले नेपाललाई धर्म परिवर्तनको थलोको रुपमा प्रयोग गर्दै छन र यस कार्यमा नेपालका केही स्वार्थी तत्वहरुको ठूलो भूमिका रहेको देखिन्छ । त्यस्ता स्वार्थी तत्वहरुले यसै विषयलाई धन कमाउने माध्यम बनाई रहेका छन । आफना बाबु आमाको मृत्यु हु“दा उनको शवलाई दाईने हातको मुक्का देखाउने जस्ता नेताहरुले त्यस्ता स्वार्थी तत्वहरुलाई नैतिक समर्थन दिएको आभाष हुन्छ । समय अनुसार हिन्दु धर्ममा अथवा हिन्दुवादी परम्परामा समय अनुसार परिवर्तन र परिमार्जनको आवश्यकता त हुन सक्छ । तर सम्पूणर््ा परम्परालाई खतरामा पार्न सकिदैन । हाम्रो धार्मिक परम्परालाई समाप्त गर्ने उद्देश्यले सञ्चालन हुने गरेका क्रियाकलाप प्रति सजग हुन जरुरी देखिन्छ । धर्म निरपेक्षताले देश विकासको केही ग्यारेण्टी दिदैन । धर्म सापेक्षताले देश विकासमा अवरोध गर्दैन । उदाहरणका लागि विकसित ईश्लामीक राष्ट्रहरु हेर्दा पुग्छ । भाषण गर्दा धर्म निरपेक्ष्ँताको वकालत गर्ने आमा बाबुको मृत देहलाई अजै खोजिस भन्दै मुक्का देखाउने , तर हिन्दु राष्ट्रका पक्षधरले आयोजना गरेको महायज्ञमा चन्दन लेप र प्रसादका लागि भनौ अथवा भोटका लागि भनौ लाम लागेर प्रतिक्ष्ाँ गर्ने नेताहरुसं“ग सतर्क रहन पनि जरुरी देखिन्छ । केही व्द्विानहरुले हिन्दुहरुका आरध्य देवहरु शिव शंकर,रामकृष्ण,सितापार्वती ,राधा आदिको पूजालाई शक्तिको पूजा ,सामन्तवादको पूजा भन्ने गरेका छन । यस्ता पूजालाई आलोचना पनि गर्ने गरेका छन । त्यस्ता विद्वानहरुलाई चुनौती दिन चाहन्छ यस पंक्तिकारले कि शक्तिको पूजा कहिले कुन युगमा कस्ले पो गर्दैन र ? या गरेको छैन र ? शक्तिको पूजा हिजो पनि हुने गर्दथ्यो,आज पनि भएकै छ र भोलि पनि हुने नै छ यसमा कुनै सन्देह छैन । शक्ति केन्द्र धाउने,शक्तिको चाकरी गर्ने,फेरि शक्तिहरुद्धारा आफना जायज नाजाय कार्यहरु सिद्ध गर्ने गराउने प्रवृत्ति हिजो पनि थियो आज पनि छ । भोलि पनि रहने छ । जम्मा शक्ति केन्द्र सम्म पूग्ने समथ्र्य आफूस“ंग हुनु प¥यो । हिजोका शक्ति केन्द्र शिवशंकर रामकृष्ण,राधा सिता पार्वती थिए भने,आजका शक्ति केन्द्र बाबुराम प्रचण्ड,राम चन्द्र,केपी ओली ,माधव नेपाल,शुशील कोईराला यिनी आजका शक्ति केन्द्र हुन । हिजो उनीहरुको पूजा हुन्थ्यो आज यिनीहरुको पूजा हुने गरेको छ । हिजो उनीहरुको अघिपछि लाम लाग्ने गर्दथ्यो आज यिनीहरुको अघिपछि लाम लाग्ने गरेको छ । जनता हिजो उनीहरुका अघि पछि घुम्थे जनता आज यिनीहरुका अघिपछि घुम्ने गरेका छन । हिजोका शक्ति केन्द्र उनीहरु थिए ,आजका शक्तिकेन्द्र यिनीहरु हुन । शक्ति केन्द्रलाई खुसी नपारी किन कुने काम सिद्ध हुन सक्दैन ? हिजोका सामन्ती यदी उनीहरु हुन भने आजका सामन्ती यिनीहरु होईनन र ? परिवर्तन केही छैन । भ्रम मात्रै हो । मुर्ति परिवर्तन भएका छन । पूजित र पूजा पद्धतिमा परिवर्तन भएता पनि परिवृत्ति उही हो । फेरि हिन्दु धर्मको आलोचना गरिरहनु को के अर्थ हो त ?