भिडियो सेन्टरमा प्रहरीको विशेष निगरानी
कमल काफ्ले
बुटवल, माघ १८ । प्रतिलिपी ऐन विपरित गीत तथा चलचित्रहरु डाउनलोड तथा कपी गरेर बिक्रीवितरण हुन थालेपछि यस क्षेत्रका मोबाईल तथा भिडियो सेन्टरहरुमा प्रहरीले निगरानी बढाएको छ । प्रचलित ऐनअनुसार सम्बन्धित निकाय वा व्यक्तिको सहमतिविना कुनै पनि गीत, भिडियो तथा चलचित्रको कपी गरेर बिक्रीवितरण गर्न पाइ“दैन ।
केही दिन अघि ईलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरले बुटवलका विभिन्न मोबाईल पसलमा खानतलासी गर्दा प्रतिलिपी ऐन विपरित गीतहरु डाउनलोड गरी बिक्रीवितरण गरेको पाइएको थियो । यसपछि प्रहरीले सवै मोबाईल पसलहरुमा कडा निगरानी गर्न थालेको हो । प्रहरीले प्रलिलिपी ऐन विपरीत काम गर्नेहरुलाई कारवाही प्रक्रिया अघि बढाइएको वडा प्रहरी कार्यालय रामनगरका निरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । प्रहरीले त्यस्ता मोबाइल पसलबाट कम्प्युटरका सिपियु समेत बरामद गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार उक्त सिपियु काठमाडौं पठाइएको छ । प्रलिलिपी ऐन विपरीति कार्य गर्नेलाई १० हजार जरिवाना, ६ महिना कैद हुने व्यवस्था छ । प्रचलित ऐनमा कुनै पनि गीत तथा भिडियो व्यवसायिक प्रयोजनका लागि अनुमतिविना डाउनलोड वा कपी गर्न पाइ“दैन ।
तर व्यक्तिगत रुपमा प्रयोग गर्न भने डाउनलोड गर्न पाइन्छ । कलाकारहरुले मूल्य चुकाएर गीत तथा भिडियो तयार गर्छन् तर यसरी बनाइएका गीत तथा फिल्महरु डाउनलोड गरेर त्यसलाई कपि गरी अनधिकृत रुपमा बेचविखन गर्दा कलाकार मर्कामा पर्ने भएकाले प्रहरीले कपी गर्ने प्रवृत्तिलाई हटाउन लागेको हो ।