June 21, 2014

सामाजिक सञ्जाल बन्दै छ जीउको जञ्जाल


केशब काफले 

 

प्रविधिले निकै ठूलो फडको मारेको छ । हाम्रो देशमा पनि हिजको तुलनामा आज सूचना प्रविधिको क्ष्ँेत्रले क्रान्ति नै गरेको मान्नु पर्छ । विश्व सा“घुरिदै छ । तीव्र गतिसगै ह“ुदै गरेको प्रविधिको विकासले आज पुरा विश्वलाई एउटा मान्छेको मुठिमा कैद गराएको छ । मनुष्यद्वारा गरिने प्रत्येक आविष्कारका दुई पक्ष्ँ हुने गर्दछन । एउटा राम्रो पक्ष्ँ र अर्को नराम्रो पक्ष्ँ । राम्रो पक्षलाई भन्दा नराम्रो पक्षलाई मनुष्य स्वभावले छिटो अंगिकार गर्दछ । यो भनाई एउटा भारतीय सन्त रामकृष्ण परमहंशको हो । प्रविधिले गरेको यस तीव्र विकाससगै विकार पनि उत्तिकै भित्रिएको छ । पाल्पा जिल्ला तेल्घा गाविस ८ का श्री केदार पन्थी अहिले आफनो कान्छा छोरा नौ कलासमा फेल हुुनुमा यसै प्रविधिलाई दोषि ठन्छन । श्री केदार पन्थीका अनुसार उनको कान्छो छोराको ध्याउन्न पढाईमा भन्दा कही धेरै मोबाईलमा नेट चलाउनमा जाने गरेको छ । मोबाईलमा नेट चलाउन बन्द गरेर स्कुल अनि स्कुलबाट फर्के पछि किताबको व्याग एकातिर राखेर हातमा मोबाईल । छोराले स्कुलबाट फर्के पछि नास्ता खाएर व्यागबाट किताब निकालेर पढाई गर्ला भन्दा छोराको हातमा मोबाईल हुने गरेको बताउछन श्री केदार पन्थी । अब आज भोलि मोबाईलमा के के हुन्छ के के गरिन्छ यो त मोबाईल चलाउने र मोबाईलमा नेट चलाउनेलाई थाहा भएकै कुरा हो । आफनो कमजोर आर्थिक अवस्थाको कारणले गर्दा गाउ“ घरमा बसेर आफना छोराहरुलाइ क्ीऋ सम्म पनि पढाउन नसक्ने अवस्थाका श्री केदार पन्थी केही वर्ष पहिला कमसेकम क्ीऋ सम्म भए पनि सन्तानलाई पढाउन भन्दै बुटवल झरेका थिए । तर अहिले यही प्रविधिका कारणले गर्दा श्री केदार पन्थीको सपना तुहिने खतरा बढेको छ । यद्यपि उनका दूईभाई छोराले १२ कक्ष्ाँ पास गरेर अब सानो तिनो जागिर पेशा गरेर आफुलाई सहयोग गरेको बताउछन तर कान्छो छोरालाई नेट चलाउदा र साथी भाईस“ग घुमफिर गर्दा पढाईमा फुर्सद ह“ुदैन । कि त नेट कि त टिभि या फेरि घुमफिर उनी भन्छन आखिरी के हु“दो रहेछ त त्यो मोबाईलमा ? देख्दा त सानै देख्छु त्यो मोबाईल । के के अटाउ“दो रहेछ त्यसमा  ? यो नेट भनेको आखिरी कति नशालु हुदो रहेछ ? यो नेटको लत त कुनै लागु पदार्थको लत भन्दा पनि जब्बर हुदो रहेछ नेटको लत । सधै राम्रो अंक प्राप्त गरेर पास हुदै आएको छोरो पोहोर देखि हातमा नेट चल्ने मोबाईल परेपछि उसको ध्यान पढाईमा भन्दा नेट चलाउन र मोबाईलको माध्यमबाट साथी भाई बनाउनमा गएको अनुभव सुनाउछन केदार पन्थीले । 

आजको जमानामा पनि मोबाईल छैन भनेर साथीभाइ सामु आफुमा हिनताबोध गर्ला भनेर मोबालई दिईयो तर यसले त विन्दासै पारेको छ भन्दै गुनासो गर्ने केदार पन्थी त एउटा प्रतिनिधि पात्र मात्रै हुन । यस प्रविधिको विकासले कति जना अभिभावकको सपना चकनाचुर पार्ने हो अनुमान गर्न गह्रो पर्छ । हुन त यसै प्रविधिको माध्यमबाट आफ्नो भविष्य खोज्ने आफ्नो सपना साकार पार्नेहरु पनि थुप्रै छन । हुन त यस प्रविधिलाई संसारले आ आफनै सुविधा र अवसर अनुसार प्रयोग गरेका छन । यस प्रविधिको माध्यमबाट कति जनाले विवाहको खर्चबाट जोगिदै घरजम गरेका छन । कति ले गर्दै होलान । बाबुआमालाई छोराछोरीको विवाह गर्न वर बधु खोज्नै नपर्ने भएको छ । कति अभिभावक विवाहको खर्चबाट जोगिएकोमा प्रविधिलाई धन्यवाद पनि दिदै होलान । तर  कति अभिभावक जसले आफनो सन्तानको विवाह धुमधामसंग नौमति घन्काएर गर्ने रहर पालेका थिए त्यस्ता अभिभावकका सपना भने यस प्रविधिले तुहाउने गरेको छ । हुन त विवाहमा धन खर्च गर्न नचाहने अभिभावकहरुलाई यो प्रविधि ईश्वरकै वरदान सावित भएको छ । यसले खर्च घटाएको पनि छ र खर्च बढाएको पनि छ । यसले जहा“ सहज तरिकाले घरजम गराउने गरेको छ त्यही अनेक सुखी परिवार माथि बज्रपात पनि गराउने गरेको छ । जति खंख्यामा घर जम गराएको छ उत्तिकै सं्रख्यामा जमि जमाई घरजमलाई उठिबास पनि गराएको छ । श्रीमान विदेशमा कमाउने , श्रीमति यहा“ अर्कै संग रमाउने,श्रीमति विदेशमा घाम खाने श्रीमान यहा“ अर्कैको काखमा रमाउने । कमाई एउटाको मज्जा अर्कैको । जोडी बनाएर दिन्छ प्रविधिले डेटिड्डको सेटिड्डलाई कोठाबाट बाहिर निक्लनै नपर्ने,कतिका घरजम गरायो, कतिलाई उठिबास लगायो, कतिलाई पास गरायो कतिलाई फेल गरायो, कतिलाई जागिरे बनायो, कतिलाई जागिरबाट बेजागिरे बनायो, यसको महिमा अनौठो रहेछ । जसले यस प्रविधिलाई आफनो अनुकुलबनाएर प्रयोग ग¥यो उसका लागि यो दुधको तर जस्तै रहेछ जसले आफनो प्रतिकुलमा प्रयोग ग¥यो उसका लागि सिस्नो सावित भएको छ प्रविधि ।
हालै रुपन्देही जिल्लाको एउटा सुखी परिवार धन्नै धन्नै बर्बाद हुनबाट जोगियो । युवा युवतीहरुमा आज भोलि पश्चिमी तर्जमा बैसको बेला मोज गरेर भुलौ भन्ने मानषिकताले घर बनाएको छ । जोसको बेला होस पाउदैनन सावधानी अपनाउदैनन । सतर्कता अपनाउदैनन । फलस्वरुप विवाह पूर्वक गरेको मौज प्रविधिको सहयोगमा विवाह पश्चात दुखदायी बनेर अगाडि आउछ । दुई वर्ष पहिला विवाह बन्धनमा बाधिएकी रुपन्देहीकी एक पारिवारिक महिलाको मोबाईल सेटमा उनले कलेज लाईफमा मोज गरौ अनि भुलौ भन्ने उद्देश्यका साथ गरेका गल्तीका फोटा एमएमएसद्धारा आउन थाले । केटा साथीसंग अन्तरगत क्षणका फोटा एमएमएसका माध्यमबाट आउन थालेपछि उनी अतालिईन । एउटा सन्तानकी आमा समेत बनेकी उनी छागाबाट खसेजस्तै भईन । अस्लिल चित्र अस्लिल भाषा धम्कीका साथ ब्ल्याक मेलमा फेरिबाट उनको शरीर र धनको माग गरिएको रहेछ । तर महिलाले बुद्धि पु¥याईन लुकाएर ब्ल्याक मेल भएर शरीर र धन उसलाई सुम्पिनु भन्दा र मानसिक शारीरिक आर्थिक शोषणमा पर्नु भन्दा उनले आफनो विवाह पूर्वको यथार्थ आफनो श्रीमानलाई बताईन । सबै वृतान्त सुनेपछि उनका श्रीमानलाई पनि उनको स्पष्टोरोक्ती स्वीकृति आदि मनप¥यो । स्व उनले विगतका कुरालाई महत्व नदिदै कलेज लाईफमा तिमी मेरी थिईनौ तिम्रो विगतले मलाई वास्ता छैन , त्यति बेला तिमीले के ग¥यौ मलाई मतलब छैन तर आज तिमी मेरी हौ,चिन्ता नगर भन्दै माफी दिएपछि एउटा घरका साथै एउटा दुधे बालकको भविष्य बर्बाद हुनबाट जोगियो । तर हेक्का रहोस सबै उनी महिलाका श्रीमान जस्तै गौ हुदैनन । हामीहरुले बढदो प्रविधिको विकासलाई चुनौती दिन सकिदैन । तर यसबाट उत्पन्न हुने खतराबाट सावधान रहन त सकिन्छ ।  किनकि यो प्रविधि आज हाम्रँे जीवन रेखा बनेको छ । यसबाट टाढा हामी कदापि भाग्न सक्दैनौ । तर यसबाट आफुलाई आवश्यक पर्ने तत्वमात्रै अपनाउदै अनावश्यक तत्वदेखि टाढा रहन जरुरी छ । आज बढदो प्रविधिको विकासकतिका लागि दुधको तर बनेको छ भनेकतिका लागि जिउको जन्जाल पनि बनेको छ । सानो असावधानिले ठूलो जन्जाल पनि बन्ने गरेको छ यो प्रविधि ।
स्व हामीहरुले यस सामाजिक सञ्जाललाई जिउको जञ्जाल बनाउनु ह“ुदैन । यसबाट हामीले जीवनउपयोगी तत्वमात्रै ग्रहण गर्नुपर्छ । जीउको जन्जालहुनबाट जोगिनुपर्छ । विषेशत युवा युवती किशोर किशोरीहरुले यस प्रति अधिका अधिक सतर्कता अपनाउनु जरुरी छ । विद्यार्थी जीवन कलेज लाईफका केटाकेटीलाई यस प्रविधिले धेरै प्रभावित गरेको छ । उनीहरुलाई अफनो लक्ष्यबाट भ्रमित गर्ने गरेको छ । विद्यार्थीहरुको लक्ष्य आफु र आफनो परिवारको उज्जवल भविष्य हुनुपर्छ । वितेको समय फर्केर आउदैन । भविष्य सुरक्ष्ँित गरिसकेपछि पनि प्रविधि कही भाग्दैन । आज सामाजिक सञ्जालमा धन र समय बर्बाद गर्दा भविष्यनै बर्बाद हुनछ कि यस तर्फ ध्यान पु¥याउन जरुरी छ ।