November 17, 2013

नुनको कृत्रिम अभाव

नुनको कृत्रिम अभाव
 कमल काफ्ले
बुटवल, कार्तिक १ । व्यापारीहरुले बजारमा नुनको कृत्रिम अभाव गराएका छन् । भारतमा नुन अभाव भएको हल्ला चलेस“गै रुपन्देहीमा पनि कृत्रिम अभाव सिर्जना गरिएको छ । शनिबार बुटवलका केही पसलहरुमा नुन लिने ग्राहकहरुको भिड लागेको थियो ।
भारतीय एक दैनिक पत्रिकाले नुन अभाव भएको समाचार प्रकाशित गरेपछि त्यसको प्रभाव नेपालमा पनि परेको हो ।
 त्यहा“ प्रतिकेजी १ सय रुपैया“सम्ममा विक्री भएको खबर वाहिर आएपछि सीमावर्ती बजारमा नुनको अभाव देखिएको छ । हल्लास“गै बजारमा व्यापारीहरुले नुन लुकाएका छन् । यहा“का धेरै पसलमा शनिबार नुन नै किन्न नपाइएको बुटवल १२ कालिकानगरका तेजेन्द्र बानियाले बताए ।
भारतमा नुनको मुल्यमा अझ बढी बृद्धि हुन सक्ने खबर पाएपछि व्यापारीहरुले नुन लुकाउन थालेको उनको भनाइ छ ।
तर उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीले भने हल्लै हल्लाले यस्तो भएको बताएको छ ।
बजारमा नुन पाइन्छ, यदी कुनै व्यापारीले आ“फु खुशि नुनको मल्य तोकेर बेचेको पाइएमा अनुगमन गरेर कडा भन्दा कडा कारवाही गर्ने र अनुगमन गरेर व्यापारीको पसलै बन्द गरिदिने समेत बताएको छ ।

No comments:

Post a Comment