December 02, 2013

जातीय नाराका कारण एमाओवादीको हार
केशब काफ्ले
नेपालका अर्धविकसीत जनताका विचमा अति विद्धानमानिएका कम्युनिष्ट नेता श्री बाबुराम भट्टराई तथा छापामार युद्धका कुशल नेतृत्व कर्ता पुष्पकमल दाहाल प्रचण्ड दुवै जना यतिबेला मणिहराएको सर्प झै व्याकुल भएका  छन । विद्धान मानिएका डा  बाबुराम भट्टराईको सम्पुर्ण विद्धता एकपटक फेरी विफल भएको छ । उनको विदेशमा गएर प्राप्त गरेको विद्यावारीदिको उपाधि नेपालमा भने सफल हुन सकेको छैन । विद्धान भट्टराईका विज्ञ आखाले र उनको विद्यताले नेपाली जनताको मनभाव बुझन सकेन । तसर्थ उनको विद्यता एकपटक फेरी फेल खाएको छ । व्यक्ति विद्धान नहुनु खासै दुखको कुरा होईन तर विद्धान भएर पनि पटक पटक विद्यता फेल हुनुभनेको दुखको कुरा हो । बाबुराम भट्टराईको साथमा पनि यहि भईरहेको छ ।
एमाओवादीका अर्का नेता प्रचण्ड जोकि एमाओवादीका छापामार युद्ध देखि आज सम्म पनि कमाण्डर नै छन । उनले पनि १० वर्ष सम्म गोलीको नेतृत्व कुशलता पुर्वक ग्रेका थिए । तर जनताको माझमा बोलीको नेतृत्व गर्न सकेनन । अर्थात बुलेटको नेतृत्व बुझेका भए पनि व्यालेटको नेतृत्व गर्न सकेनन । तसर्थ दुवै नेता चारो खाने चित भएका छन । यहा निर दुखको कुरा के छभने यिनी दुवै नेतामा अझै पनि होस पसेको छैन । हामीले कहानिर के गल्ती ग¥यौ जनताले हामीलाई किन यो हालमा पु¥याए,भनेर आत्म चिन्तन गर्ने बेलामा उनिहरुले अनेक प्रकारका प्रलाभ गर्दै छन , आफनो सर्मनाक हाकरका लागि नेपाल सरकार नेपाली जनता तथा विपक्षीहरुलाई जिम्मेवार ठहराएर आफुहरु पानीमाथि ओभानो बन्नी कोसीस गरिरहेका छन । यो सरासर नेपाली जनताको र उनले दिएको भोटको घोर अपमान हो । बाबुराम भट्टराई तथा प्रचण्डको बिचारमा जातियताको आधारमा जातिय धुव्रीयकरण भएर भोटको पनि धु्रविकरण हुदै आफुहरुको बहुमत आउनुपर्नि थियो । यस कुरामा उनिहरु निश्चित थिए । तर यही निर उनिहरुको विचारले फेल खायो । पहिलो संविधानसभा भंग हुनुभन्दा केही दिन पहिला प्रचण्डले सडकमा उतारेका आदिवास्ी जनताको उपस्थिती देख्दा प्रच्ण्ड मण्डलिहरुको विचारमा जातिय राजनितिले बहुमत ल्याउन पर्ने थियो । तर आदिवासी जनजाति जनतापनि ध्ेरै सचेत भैसकेका छन । उनिहरु पनि संसार संगै २१औ सताब्धिमा नै आफुहरुलाई स्थापित गरिसकेका छन । आज उनिहरुलाई बेबकुफ बनाएर भुसमा सुताउन त्यति सजिलो छैन । उनिहरुमा विषेश त आदिवासी जनजातिको युवा वर्गमा शिक्ष्ाँको राम्रो पकड भैसकेको छ । उनिहरुले नेताहरुको कुटील चालबाजि बुझिसकेका छन । उनिहरु आफनो हक अधिकार प्रति पनि सचेत बनिसकेका छन । । त्यसकारण उनिहरुलाई समाज बाट एक्लाएर राख्न अब सकिदैन । उनिहरुले माओवादीहरुको जातिय फुट हालेर सामाजिक सदभावनामा खलबल पारेर आफुहरुले राज गर्ने निति बुझिसकेका छन । त्यसैको प्रमाण हो अहिलेको चुनावी नतिजा ।
सदिऔ देखि सबै जात जाति संग सदभावना र सौहार्द पूर्ण वातावरणमा ढाल्दै आएका आदिवासी जनजातिलाइ एमाओवादीले एक्ल्याउन खोजेको थियो तर उनिहरुले माओवादीको यो
चाल कुशलता पुर्वक नकार दिएका छन । यसले के पनि प्रमाणित हुन्छ भने नेताहरुले चाहदैमा नेपाली जनता आपसमा फुटन तयार छैनन । यो सबै दलका नेताहरुलाई एउटा कडा चेतावली पनि हो । जातियताको भावनालाई हतियारको रुपमा प्रयोग गरेर आफनो राजनितिक स्वार्थ पूर्ति गर्ने राजनितिक दलहरुका लागि थप्पड हो अहिलेको चुनावी परीणाम । साथै विविधतामा एकताको सन्देस पनि हो । तर विद्धान ठानिएका नेता  भट्टराई तथा प्रचण्डले जनताको भावनालाई बुझन सकेनन । दश दश वर्ष सम्म भिषण गृहयुद्ध बाट पिडित बनेका जनताले फेरी जातियताको राजनिति गरेर जातिय द्धन्द्ध निम्त्याएर पिडा भोग्न तयार छैनन नेपाली जनता ।
जातिय नारा घन्काएर आपसी भाईचारा सामाजिक सदभावलाई चोट पु¥याएर राज गर्ने सपना विफल पारेका छन नेपाली जनताले ।
त्यसकारण एमाओवादीका नेतृत्व कर्ताहरुले आफना एजेण्डाहरुमा आफनो पार्टीभित्र गम्भिर भएर छलफल गर्न पर्नी देखिन्छ । आफनो हारको जिम्मा अरुमाथि थोपर्न भन्दा पनि आफनो कमीकमजोरी केलाउन जरुरी भएको छ एमाओवादीलाइ । आफना बुहमत आएमात्रै संविधान निर्माण गर्नि अन्यथा संविधान निर्माणमा भागै नलिनी या एन केन प्रकरणबाट संविधान निर्माणमा व्यवधान उत्पन्न गर्निखालका नितिले एमाओवादीलाइ भविष्यमा अझै तल झार्ने छ । विद्धान ठानिएका नेता भट्टराईले आफुहरुले भनेजस्तो भनए फेरीबाट २०५२ निम्त्याउने धम्की पनि दिएका छन । तर हेक्का रहोस वितेको समय फ्र्केर आउदैन । समय मुल्यवान छ । आज अवस्था २०५२को जस्तो छैन जनताको दिमागमा २०४७ पनि छैन , ०५२ पनि छैन । हामीधेरै अगाडि बढिसकेका छौ । अर्को तर्पm कांग्रेस तथा एमालेका नेताहरुले पनि आफना पार्टी भोट दिएर जिताएकोमा मख्ख पर्न पर्नि अवस्था छैन चुनौतीहरुको भरमार छ उनिहरुका समुन्ने । कांग्रेस तथा एमालेले जुन एजेण्डा लिएर जनता सामु भोट माग्न गएका थिए संविधान निर्माणका दौरान तिनिएजेण्डालाइ सम्बोधन गर्न सक्नु पर्छ । जनताले जुन चाहाना र जुनभावले उनिहरुलाई जताएका छन त्यसभावनाको कदर हुृनुपर्दछ । चुनावी घोषणापत्रमा जिकीर गरेका नारा अनुसार जनताको भावना बुझेर अघि बढन र संविधानमा तिनि एजेण्डा र भावना समेटिनु जरुरी छ ।
अब नेपालमा जातिय उत्थानका कुरा गरेर दिर्घकालीन राजनिति हुन सक्दैन । धनि गरिब,शिक्षित,अशिक्ष्ँित, रोगि,निरोगि , उच्च, निम्न सबै जातमा बराबर छन । त्यसकारण जातिय उत्थानमा होईन की वर्गिय उत्थानमा ध्यान दिनु जरुरी छ राजनितिक पार्टीहरुलाई । अन्यथा अरु राजनितिक पार्टीहरुको पनि आगामि दिनहरुमा अहिले माओवादीको जुनहाल भयो त्यही हाल हुन सक्छ । यदी माओवादी नेताहरुले जातिय उत्थानका कुरा उठाएर समाजमा विचलन उत्पन्न गर्नु भन्दा वर्गिय उत्थानको नारा घन्काएको भए एमाओवादी आज सम्भवत बहुमतमा आउने
थियो होला । जाति विषेशका आधारमा राजनिति गर्नेपार्टीको हालत यस्तै हुने छ भन्ने प्रमाण हो अहिलेको चुनावी परिणाम ।
त्यसकारण एमाओवादीको नेतृत्व तहले गम्भिर चिन्तन , मन्थन गर्न जरुरी देखिन्छ । आफनो विद्धता साबित गर्न नसकेका भट्टराईले अझै पनि भन्दै छन कि हाम्रँे एजेण्डा हारेको छैन ।
कहिले हार्छ त उनको एजेण्ड तब जब माओवादीको नाम लिने वाला पनि कोही हुने छैनन नेपालामा ? उनको भाषाले त त्यस्तै लाग्छ । नेपालका  धेरै दुखित पिडित जनताहरुको आशाको केन्द्र विन्दु बनेको थियो एमाओवादी पार्टी तर कालात्तरमा पुग्दा जनताका आशा भरोसा तोडेर एक्लो लिकमा दगुर्नि कोशिस गर्दा दर्घटनामा परेको हो एमाओवादी । एउटा लिकमा रेल हुईकिन सक्दैन । जसले एक्लो लिकमा रेल हुईकाउने कोशिस गर्छ त्यो ठूलो दुर्घटनामा पर्छ भन्ने कुरा निश्चित छ ।

No comments:

Post a Comment