December 07, 2013

समाजिक विकासमा बाल क्लबहरु सक्रिय

समाजिक विकासमा बाल क्लबहरु सक्रिय
कमल काफ्ले
बुटवल, मंसिर २१ । आजका बालबालिका भोलिका कर्णधार हुन् । देश विकासमा बालबालिकाहरुको पनि भुमिका हुन्छ । बालबालिका भनेका का“चो माटो हुन् । उनीहरुलाई जस्तो बनायो त्यस्तै हुन्छन् । त्यसैले बालबालिकाहरुलाई सानै उमेरदेखि उचित शिक्षादिक्ष्ाँ दिनु जरुरी हुन्छ । बालबालिकाहरुको पहिलो पाठशाला भनेको उनीहरुको घर हो र पहिलो शिक्षक शिक्ष्ँिका भनेको उनीहरुका बाबुआमा नै हुन् । त्यसैले बच्चालाई भविष्यमा कस्तो बनाउने भन्ने कुरा उनीहरुको घरबाटै थालनी हुुनु जरुरी छ ।
त्यस्तैगरी बालबालिकाहरुको दोस्रँे पाठशाला भनेको विद्यालय हो । अर्थात् विद्यालय यस्तो पाठशाला हो जहा“ उनीहरुले आफ्नो भविष्य साथसथै भविष्यमा गर्ने कार्यको पनि सहि र गलत छुट्याउन सक्ने हुन्छन् । विद्यालय घर पछिको पाठशाला भएकाले बालबालिका भविष्यमा गएर कस्तो कार्य गर्ने भन्नेमा बाटो देखाउन विद्यालयको महत्वपूर्ण भुमिका हुन्छ । त्यसैले विद्यालयमा बालबालिकालाई उचित एवं नैतिक शिक्षा दिनु जरुरी हुन्छ । विद्यालयमा बालबालिकाहरुलाई उनीहरुको आफ्नो भविष्यको बारेमा, समाजविकासका बारेमा साथसाथै देशविकासको बारेमा पनि उचित शिक्ष्ाँ दिनु जरुरी हुन्छ ।
समाजविकासमा पनि बालबालिकाहरुको महत्वपूर्ण भुमिका रहेको हुन्छ । के गर्दा समाजिक विकास गर्न सकिन्छ र उनीहरुको तर्फबाट के कुराको सम्भव छ भन्ने जानकारी दिएमा पक्कै पनि बालबालिकाहरुले समाजिक विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्छन् । त्यसको लागि उनीहरुलाई विद्यालयहरुमा यसबारे विभिन्न तालिमहरु दिने, शैक्षिक परामर्स दिने, यसको भविष्यको फाईदा र उपलब्धिकोबारेमा ज्ञान दिने गर्नुपर्छ । साथै विद्यालयस्तरमा विभिन्न बालक्लबहरुको गठन गर्न लगाउने । जुन क्लबहरुबाट उनीहरु विकासका कार्य गर्न सकुन्, गरिब, देशलाई हितकारी सिद्ध हुने कार्य गर्न सकुन् ।
अहिले रुपन्देही जिल्लाभरिमा रहेका निजी तथा सरकारी विद्यालयमा गरी बालमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत जम्मा ५७ वटा बालक्लबहरु गठन भएको बालमैत्री सम्पर्क व्यक्तिको रुपमा कारर्यरत भरत काउचाले जानकारी दिए । निमावि र मावि गरेर ३८ वटा बालक्लबहरु गठन भैसकेको पनि उनले बताए । जसमा सरकारीमा १९ र निमाविहरुमा १९ गरेर जम्मा ३८ वटा बालक्लबहरु गठन भएका हुन् । गठन भएका ३८ वटै बालक्लबहरुमा कुल ५२ प्रतिशत छात्र र ४८ प्रतिशत छात्राहरुको संख्या रहेका छन् । यि क्लबहरुले आफुहरुको तर्फबाट समाज विकासमा महत्वपूर्ण योगदान दिने बालमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत विस्तारै प्रत्येक नगरमा विकासको काममा बालबालिकाहरुको पहुं“च गराउने विद्यालयलाई बालमैत्री बनाउने उद्देश्यले क्लब गठन गरिएको पनि उनले बताए । यस्ता क्लबहरुलाई प्रोत्साहनस्वरुप विभिन्न कार्यक्रममा नगरपालिकाले पनि सहयोग गर्दै आइरहेको पनि उनले बताए । यस्ता बालक्लबहरुलाई अझ प्रत्येक विद्यालयमा अनिवार्यरुपमा गठन गराई उनीहरुलाई तालिमको समेत व्यवस्था गर्ने उद्देश्य रहेको पनि जानकारी दिए ।
यि बालक्लबका अध्यक्ष तथा सचिवहरुलाई अब बालबिकास, समाजविकास र देशविकासमा बालबालिकाको भुमिका भन्ने कार्यक्रममा सहभागी बनाएर तालिम दिने र उनीहरुद्वारा क्लबमा रहेका अन्य सदस्यहरुलाई पनि यसबारे तालिम दिने उद्देश्य रहेको उनले बताए । जसले गर्दा समाजमा हुने बालहिंसालाई रोक्न बालबालिकाहरु आफै पनि सक्षम हुने उनले बताए ।
बढ्दो शहरीकरण र आधुनिकतासं“गै समाजमा हुने विभिन्न खाले नैतिक, अनैतिक परिवर्तनहरुले बालबालिकाहरुको भविष्यलाई निश्चय पनि प्रभाव त पार्छ नै । समाजमा हुने यस्ताखाले परिवर्तनबाट कति बालबालिकाहरु पीडित हुन्छन् । बालबालिकामा हुने यो खाले हिंसा रोक्न विद्यालयस्तरमा तथा सामाजिक स्तरमा बालक्लबहरु गठन गर्नु पनि उचित नै हो । यस्ता बालक्लबहरुले बालबालिकामा हुने हिंसा रोक्न र समाज विकास गर्न पक्कै पनि आफै सक्षम हुने छन् तथा विद्यालय र सामजिक स्तरमा बालक्लबहरु गठन गर्नु पनि जरुरी छ ।

No comments:

Post a Comment