December 08, 2013

एमाले तथा कां“ग्रेसका सामु अवसर र चुनौती


केशब काफ्ले
नेपलाका सचेत मतदाताहरुले एकपटक फेरि आफ्ना अमुल्य मत प्रकट गरिसकेका छन् । आफ्ना अमुल्य मतद्वारा मतदाताहरुले लोकतान्त्रिक पद्धतिमा अभ्यास गरिसकेका दुई पार्टी नेपाली का“ग्रेस तथा  एमालेलाई संविधान निर्माणको जिम्मा सुम्पेका छन् । विगतको संविधान सभामा यिनी दुई लाकतान्त्रिक पार्टी कमजोर अवस्थामा रहेका थिए । त्यसै कमजोर अवस्थाको एमाओवादीले फाईदा उठाउन खोज्दा संविधान सभाको अवसान भएको जनताले बुझेका छन् । तर आज यिनी दुवै पार्टीलाई मतदाताहरुले आफ्नो विश्वास सुम्पेका छन् । आजको अवस्थामा यिनि दुई पार्टीलाई एउटा ठूलो अवसर प्राप्त भएको छ । तर यो एउटा अवसर मात्र नभएर ठूलो चुनौती पनि हो । यद्यपि एमाले र कां“ग्रसको विगततर्फ फर्केर हेर्ने हो भने दुवै पार्टीमा विषेश भाइचारा रहेको पाईदैन ।  किनकि यी दुई विचारधाराका पार्टी हुन् । यिनका विचारधारा अनुसार पनि यिनिहरु दुई धुर्व हुन् उत्तरी र दक्षिणी तर समयले यिनिहरुलाई एकै ठाउ“मा उभ्याएको छ । अव यिनि दुवै पार्टीले विगतका कुराहरुलाई विगतमै पुरेर अहिले पाएको अवसरको सदुपयोग गर्दै मिलेर जानुको विकल्प छैन । सर्वप्रथम एमाले तथा कां“ग्रेसका नेताहरुले दुई विषयमा गहन विचार गर्नुपर्ने छ । त्यो के हो त भने अहिलेको जनादेश सत्ताका लागि नभएर संविधान निर्माणका लागि हो । सत्ता महत्वपूर्ण हो कि देशको संविधान महत्वपूर्ण हो  भन्ने विषयमा गम्भीर हुन अति आवश्यक छ दुवै दललाई ।
सत्तका लागि मरिहत्ते गर्नतर्फ लाग्ने हो भने यिनि दुवै दलले प्राप्त भएको सुवर्ण अवसर गुमाएर भविष्यमा आफुहरु पनि गुम हुने छन् । हेक्का रहोस् कि अहिलेको निर्वाचन सत्ताका लागि होईन संविधान निर्माणका लागि हो । देशका केहीप्रतिशत जनताले यस निर्वाचनलाई जुन रुपमा बुझेको भए पनि नेताहरुले यस निर्वाचलाई सत्तामुखी सम्झने गल्ती गर्न ह“ुदैन । संविधान निर्माणलाई भन्दा सत्तालाई र पदलाई महत्व दिईयो भने फेरि पनि संविधान बन्न सक्दैन । जसका दोषी यिनै दुवै दल हुने छन् । त्यसकारण यिनी दुवै दलका नेताहरु अति समझदारीका साथ अघि बढ्न जरुरी देखिन्छ ।
अर्कातर्फ सर्वअधिकार सम्पन्न प्रधानमन्त्री तथा मन्त्रीमण्डलको निर्णय नै मान्य हुने देशमा राष्ट्रपति तथा उराष्ट्रपतिको विषेश भुमिका रहं“दैन । त्यो एउटा गरिमामय पद मात्रै हो । त्यसकारण राष्ट्रपति तथा उपराष्ट्रपति पदका लागि मरिहत्ते गरेर यिनै विषयलाई आफ्नो पार्टीको प्रतिष्ठाको विषय बनाएर अल्झिन पर्ने देखिदैन । एउटा अति नै महत्वको कुरा के भने विना अनुमोदन फेरि अर्को कार्यकाल पनि पुरानै राष्ट्रपति उपराष्ट्रपतिलाई निरन्तरता दिने कुरा पनि त्यति सान्दर्भिक देखिदैन । त्यसकारण उहा“हरु दुवैजनाले स्वतः पद त्याग गरेर संविधान निर्माणमा सहयोग गर्नुपर्ने देखिन्छ  । संविधान निर्माणका लागि कुनै पद वाधक हुनुुहु“दैन । उहा“हरु दुवै राष्ट्रका प्रथम अभिभावक हुनुहुन्छ । उहा“हरुका कारणले गर्दा पारिवारिक किचलो हुन्छ भने उहा“हरुले आफ्नो भुमिका त्याग दिनु पर्छ । त्यागको सुरुवात अभिभावकबाटै हुनुपर्छ ।
संविधान निर्माणलाई सर्वोपरी राख्ने हो भने पदीय आकांक्षा गौण हुन जान्छ । संविधान निर्माणमा गम्भीर भएर लाग्ने हो भने पदीय लालचमा कुनै पनि दल फस्न हु“दैन । देशका जनताले संविधान निर्माणका लागि मतदान गरेका हुन् । नकि पदीय लुछाचुंडि गर्न । प्रधानमन्त्री, मन्त्री बनेर विभिन्न ठूलाठूला पदहरु ओगटेर दाम कमाउनका लागि त भविष्यमा संसदीय निर्वाचन त हुनेनै छ ? यिनि कुरा चुनिएर गएका प्रतिनिधिहरुले पनि बुझ्न आवश्यक छ । अहिलेको अवश्यकता भनेको संविधान हो, सत्ता होईन । तर सुरुवाती अवस्था हेर्दा दुवै दल सत्ताका लागि पूणर््ा ललायित देखिन्छन् । जो कि यिनकालागि घातक हुने छ  । एमाले तथा कां“ग्रेसका सामुन्ने अर्को एउटा ठूलो चुनौतीको रुपमा एमाओवादी र माओवादी उभिएका छन् । साथमा अन्य साना दलहरु पनि छन् । यिनि दुवै पार्टीलाई सहमतिमा नल्याईकन संविधान निर्माण हुन गाह्रो पर्छ । त्यसकारण कां“ग्रस र एमाले जसलाई जनताले ठूलो जिम्मेवारी सुम्पेका छन् आपसमै सत्ता संघर्ष गर्नु भन्दा पनि हठ धर्मिकतामा उभिएको एमाओवादी तथा माओवादीलाई संविधान निर्माणमा कसरी सहमतिमा ल्याउने भन्ने तर्फ लाग्नुपर्ने देखिन्छ ।
यद्यपि एमाले का“ंग्रेसको मत गणनाले गर्दा यिनि दुई पार्टी दुई तिहाईका नजिक पुगेका छन् तर एमाओवादी र माओवादीको स्पष्ट उपस्थितिमा यिनलाई पाखा लगाएर जबरजस्ती गर्न उचित देखिदैन । हो यदि एमाओवादी र माओवादी पार्टीले आफ्नो हठ त्याग्दैनन् भने दुई तिहाईले संविधान घोषणा गर्ने अन्तिम विकल्प हुन सक्छ । तर त्यस्तो अवस्था आउनु भन्दा उनीहरुलाई पनि सहमतिमा लिएर संविधान निर्माण गर्नु नै प्रथम विकल्प हो । अहिलेको अवस्थमा एमाले तथा कां“गे्रस दुवै पार्टी एउटै धारामा बग्न बाध्य भएका छन् । समयले पनि यिनिहरुलँई नजिक आउने अवसर दिएको छ । संविधान निर्माणका क्रममा यिनि दुई पार्टीले आ–आफ्ना पार्टीगत सिद्धान्तलाई पनि एकै छिनका लागि भए पनि लचिलोपन दिनुपर्ने देखिन्छ । जसले कि यिनिहरुलाई संविधान निर्माण गर्न सहज होस् र समयमै संविधान बनोस् ।

का“ग्रेस तथा एमाले दुवै पार्टीले प्राप्त भएको यस अवसरको सदुपयोग गरेर वास्तवमा हामी नै प्रजातान्त्रिक पार्टी हौं भन्ने सन्देश जनतामा पु¥याउन सक्छन् । यिनि दुवै पार्टीले सत्ता र पदका लागि मरिहत्ते गरेर समय बर्वाद गरे भने र सत्ता केन्द्रीत राजनीतितिर लागेर फेरि पनि संविधान बन्न सकेन भने भविष्यले यिनिहरुलाई कठोर दण्ड दिने छ । एमाले तथा का“ंग्रेस दुवै
पार्टीमा अन्तरसंघर्ष र गुटबाजी मँैजुद छ । तर त्यस गुटबन्दीको छाया“ अब बन्ने सरकारमा पनि पर्न दिनुहु“दैन । दुवै पार्टीले विगतका कटुतालाई विगतमै राखेर जनताले दिएको मतको सदुपयोग गरेर आफुहरुलाई औवलसिद्ध गर्ने अवसर छ । यिनि दुवैपार्टीस“ग यतिबेला जनचाहना अनुसारको संविधान निर्माण गरेर ।
कुनै पनि पदलाई कसैले पनि आफ्नो प्रतिष्ठाको विषय नबनाएर सम्पूर्ण ध्यान संविधान निर्माणमा नै लगाउन आवश्यक छ । अन्यथा एमाले कां“ग्रेस दुवै पार्टीले प्राप्त भएको एउटा माहान अवसर गुमाउने छन् र यिनिहरुलाई इतिहासले माफ गर्ने छैन ।

No comments:

Post a Comment