जाडोमा स्वस्थ रहन के गर्ने?
जाडो यामको सुरुवात भइसकेको छ । बिहान बेलुका निकै चिसो बढ्न थालिसकेको छ।
चिसो बढेसँगै जाडोयाममा देखिने रोगहरू पनि देखिने समय सुरु भएको छ ।
जाडोयाममा विशेष गरि समस्या देखिने भनेको बूढा–बूढी र बालबालिकामा नै हो ।
बालबालिकामा पनि भर्खर शिशुहरूमा धेरै समस्या देखिने सम्भावना रहन्छ । तर,
केही साधारण कुरामा मात्र ध्यान दिने हो भने पनि धेरै रोगहरूबाट सहजै बच्न
सकिन्छ ।
जाडो याममा देखिने स्वस्थ्य समस्या
स्वासप्रस्वासको
समस्या: विशेष गरि यो समस्या ६५ काटेका बूढाबूढीमा देखिन्छ । अझ
प्राय गरेर पहिले देखि नै स्वासप्रस्वासको रोग भएका वृद्धवृद्धाका लागि
जाडोयाम निकै कष्टकर समय हो । चिसोका कारण थोरै मात्र काम गर्दा पनि दम
बढ्छ र यसले अन्य धेरै समस्याहरू पनि निम्त्याउँछ । धेरै दम बढेमा त्यसले
मुटुमा पनि असर गर्छ र मुटुको समस्या पनि थपिन सक्छ । त्यसैले जाडो याममा
बूढाबूढीलाई चिसोबाट जोगाउनु नै उत्तम हुन्छ ।
रुघाखोकी:
जाडो यामको अर्को मुख्य समस्या भनेको रुघाखोकी हो । रुघाखोकी लाग्नुको
मुख्य कारण भाइरल संक्रमण नै हो । भाइरल संक्रमणबाट बच्ने उपाय भनेको
रुघाखोकी लागेको मानिससँग दुरी कायम गर्ने । उनीहरूलृ प्रयोग गरेको सामान
सकेसम्म प्रयोग नगर्ने नै हो । शरिरलाई न्यानो राख्न सक्यो भने पनि भाइरल
संक्रमणबाट बच्न सकिन्छ । त्यसैले समय समयमा तातो तरल पदार्थको सेवन निकै
हितकर हुन्छ । जाडोयाममा पानी थोरै मात्र पिउने बानी धेरैमा हुन्छ, जुन
अस्वस्थकर मानिन्छ ।
निमोनिया: यो धेरै जसो दुई
वर्ष भन्दा कम उमेरका बच्चाहरू र बूढाबूढीमा देखिने रोग हो । यो एक
प्रकारको छातीमा हुने संक्रमण हो । यो रोग पनि भाइरस, ब्याक्टेरिया, फंगसकै
संक्रमणकै कारण हुन्छ । यो अन्य मौसममा पनि देखा पर्न सक्छ । तर,
जाडोयाममा भने यसले अलिक धेरै उग्र रुप लिन्छ । किनभने यो स्वासप्रस्वास,
रुघाखोकी सबैलाई साथै लिएर आउँछ र उपचारलाई झन् जटिल बनाइ दिन्छ ।
हाइपोथर्मिया:
जाडोयाममा बाहिरको मौसमलाई बेवास्ता गरेर मनलागि गरे हाइपोथर्मिया हुने
सम्भावना धेरै रहन्छ । हाइपोथर्मिया आफैँमा रोग भने होइन । तर, यसले
विभिन्न प्रकारको स्वस्थ्य समस्या भने निम्त्याउन सक्छ । हाइपोथर्मिया
भनेको आफ्नो शरिरले उत्पादन गर्न सक्ने ताप भन्दा छिटो त्यो ताप शरिरबाट
बाहिरिनु हो । धेरै चिसो ठाउँमा पातलो लुगा लगाएर काम गर्दा वा चिसोको
सम्पर्कमा धेरै समय रहँदा यो आपतकालिन समस्या उत्पन्न हुन । सक्छ । यदि
यसको समयमा नै उपचार वा रोक थाम गरिएन भने ज्यान जाने खतरा सम्म रहन्छ ।
फस्र्टबाइट:
यो समस्या भने विशेष गरेर हिँउ नै पर्ने ठाउँमा देखिन्छ । शरिरको कुनै पनि
अंग धेरै लामो समयसम्म हिँउ वा चिसो पानीको सम्पर्कमा रहिरहे यो समस्या
हुन सक्छ । त्यसैले शरिरलाई हिँउ वा चिसो वस्तुबाट जोाउनु नै राम्रो हुन्छ ।
यदि धेरै नै नराम्रो सँग फस्र्ट बाइट भएमा उक्त ठाउँलाई चिरेर नै फाल्नु
पर्ने अवस्था पनि आउन सक्छ । यो खास गरि हिमाली क्षेत्रमा बस्ने मानिसको
हात–गोडा देखिन्छ ।
कार्बनमोनोअक्साइड पोइजनिङ : यो
जाडोयाममा खास गरि आफ्नो लापरवाहीले गर्दा देखिने समस्या हो । चिसोको कारण
झ्याल ढोका सबै ढाम्ढुम पारेर आगो ताप्नु हाम्रो वरपर सामान्य कुरा हो ।
तर, यसरी न्यानो हुने चाहमा कतैबाट हावै नछिर्ने गरि ढामढुम पारेर आगो वा
हिटर ताप्दा कोठामा कार्बनडाइअक्साइड वा कार्बनमोनोअक्साइड भन्ने ग्याँसको
मात्र बढ्न जान्छ र उक्त ग्याँस धेरै समयसम्म शरिरमा प्रवेश गर्दा विभिन्न
प्रकारको समस्या देखिन सक्छ वा मृत्यु नै पनि हुन सक्छ । जाडो याममा ग्याँस
गिजरका कारण मृत्यु हुने घटना पनि यसैले गर्दा हो । त्यसैले आगो वा हिटरको
प्रयोग गर्दा राम्रोसँग हावा वारपार हुने ठाउँमा बसेर मात्र गर्नु राम्रो
हुन्छ ।
जाडोमा स्वस्थ रहन
– जाडो याममा
बिहानको चिसोमा सकेसम्म हिँड्डुल नगर्दा नै धेरै फाइदा हुन्छ । हिँड्डुल
गर्नै पर्ने भए न्यानो लुगा, टोपी लगाएर बाहिर निस्किनु उचित हुन्छ ।
–
बन्द कोठा भित्र बसेर आगो वा हिटर नताप्ने । राम्रोसँग हावा आवत जावत
गर्ने कोठामा मात्र बसेर हिटर वा आगो ताप्ने ।
– तातो पानी सकेसम्म
धेरै पिउने । चिसो कुराको सेवन नगर्ने ।
– भाइरल फ्लु लागेका
मानिसहरूबाट दुरी कायम गर्ने ।
– मौसमी फलफुल विशेष गरेर भिटामीन सि
युक्त फलफुलको सेवन धेरै गर्ने ।
– स्वासप्रस्वासका समस्या
भएकाहरूले यो मौसममा विशेष सतर्कता अप्नाउने र समय समयमा चिकित्सकसँग
परामर्श गरिरहने ।
– बालबालीकालाई धेरै बाक्लो लुगा लगाइदिएर
गुम्साउनु हुँदैन । भित्र भित्रै तातो भएर पसिना आउँछ र त्यसैको चिसोले
अन्य समस्या नित्याउँछ ।
– जाडो मौसममा तुँवालो लागेको बेला माक्सको
प्रयोग गर्नाले पनि धेरै प्रकारका स्वासप्रस्वासका समस्याबाट जोगिन सकिन्छ
।
– हातगोडा र ओठ फुट्ने वा छाला फुस्रो हुने समस्या भएकाहरूले
मोस्चुराइजर क्रिमको प्रयोग गर्ने ।
No comments:
Post a Comment