January 29, 2014

यस्तो छ हाम्रो महान देशको दसा

केशव काफ्ले

मेरो नेपाल महान छ यहा“ अनेक महानता पाइन्छ । यहा
शिक्ष्ँकहरुमा कर्तव्यबोध पाइदैन, विद्यार्थीहरुमा अनुशासन पाइदैन यहा“ श्रमको सम्मान पाइदैन श्रम अनुसार ज्याला पाइदैन ठूलो कुरा श्रमको थलो पाइदैन । यहा“ योग्यताले जागिर पाइदैन ठूलो कुरा पह“ुच भय योग्यता चाहिदैन । एक थरीका सरीरमा कपडा पाइदैन ठूलो कुरा सरीर ढाक भन्न पाइदैन । सहरभरी धेरै घर छन तर कोठा पाइदैन कोठा पाए पनि पानी पाइदैन ठूलो कुरा कोठामा बोल्नै पाइदैन । शहरभरी मान्छे मात्रै तर कोही साथी पाइदैन । देशका नेताहरुलाई नदी खोला चाहिदैन तर जनताले पानी खान पाइदैन । यातायातका साधनमा बस्ने सिट पाइदैन यस्तो नगर भन्न पाइदैन ठूलो कुरा विद्यार्थी छुट पाइदैन । यो महान देश हो तर यहा“ मानवता पाइदैन ।  आहा हामी गुलाम भएनौ तर त्यहा विकास पाइदैन राष्ट्रसेवकहरुमा राष्ट्रियता पाइदैन । रष्ट्रियता भएकाले जागिर पाइदैन । त्यो शान्ति क्ष्ँेत्र हो ठूलो कुरा शान्ति पाइदैन । यहा“ मर्न पाइदैन यहा“ जिउन पाइदैन ।
यहा“ अनियमितता रोक्न पाइदैन ठूलो कुरा अनुगमन गर्न पाइदैन । यहा“ ५० वर्ष पुराना गाडी फाल्न पाइदैन पुराना सिलिन्डर फाल्न पाइदैन ठूलो कुरा इन्धननै पाइदैन । यहा“ खाद्य वस्तुमा गुणस्तर पाइदैन सुन चा“दीमा सुद्धता पाइदैन होटर रेष्टुरेण्टमा सफाई पाइदैन ठूलो कुरा यहा“ अनुगमन गर्न पाइदैन । यहा“ न्याय निसाफ पाइदैन कमजोरको पक्षमा बोल्ने वक्ता पाइदैन । यो महान संस्कृति बोकेको देश हो तर यहा“ मातृ भाषा पाइदैन यो महान सस्कारी नारीको देश हो तर नारीको सिउदोमा सिन्दुर पाइदैन हातमा चुरा पाइदैन ठूलो कुरा नारी हुनको नारीको पहिचान पाइदैन ।
शरीरमा कपडा, निधारमा टीका पाइदैन । यो बहुनवादी देश हो तर घाटीमा जनै पाइदैन, गायत्री मन्त्र पाइदैन । यहा“ छुवाछुत मुक्त समाज छ तर अन्तरजातीय विवाह गर्न पाइदैन । यो कृषि प्रधान देश हो तर यहा“ अन्न पाइदैन नेता अभिनेत ,अभिनेत्रीहरुका आ“खामा लज्जा पाइदैन परिवारस“ंग बसेर टिभी हेर्न पाइदैन ठूलो कुरा यो महान देश हो । यहा“ कुनै गरिबले गास पाइदैन कपास पाइदैन उपचार पाइदैन ठूलो कुरा कसैस“ग भन्न पाइदैन । यहा“ कसैको आ“खामा समी पाइदैन कसैको हृदयमा दया पाइदैन यहा“ राम्रो मिठो बोली पाइदैन । यहा“ अस्पतालमा डा.पाइदैन कार्यालयहरुमा कर्मचारी पाइदैनन ठूलो कुरा समयमा सेवा पाइदैन । यो छुवाछुत मुक्त देश हो तर मन्दिरमा जान पाइदैन धारामा जान पाइदैन दलित वर्गमा आत्मबल पाइदैन । राजनीतिक नेतामा योग्यता पाइदैन अयोग्य नेताको शोर्ष नभै जागिर पाइदैन । अन्तिममा मन्दिरमा इश्वर पाइदैन । पत्थरमा देवता पाइदैन । मन्दिरमा इश्वर खोज्नु र पत्थरमा देवता खोज्नु गोरु दुहुन खोज्नु जस्तै हो  ।

January 21, 2014

सार्वजनिक यातायातमा देखावटी आरक्षण सिट

सार्वजनिक यातायातमा देखावटी आरक्षण सिट

महिला र अपाड्ड उभिएर यात्रा गर्न बाध्य

कमल काफ्ले

सार्वजनिक यातायातमा देखावटी आरक्षण सिट

सार्वजनिक यातायातमा देखावटी आरक्षण सिट

newskamalkafle@gmail.com

kamalkafle123.blogspot.com

kamal.kafle.7946.facebook.com

बुटवल, माघ ४ । बुटवलबाट सुनवल हु“दै बर्दघाट जाने एक माईक्रो बस भरीभराउ थियो । आ—आफ्नो गन्तव्यमा हिडेका यात्रुहरु बसमा भरिभराउ थिए भने बसमा अब एक जना पनि चढ्यो भने खुट्टा राख्ने ठाउ“सम्म थिएन । यात्रुहरु सिटमा बसको क्ष्ँमता अनुसार प्याक भैसकेका थिए भने कोही आफ्नो गन्तव्यसम्म पुग्नको लागि दुःख सहेरै भए पनि कोही डण्डी समाएर उभिएका थिए, कोही ढोकामा झुण्डिएका थिए अर्थात् उक्त माईक्रोबसमा यात्रुहरुको संख्या गाडीको क्षमताभन्दा धेरै थियो । बसको दाया“, बाया“ दुबैतिर दोस्रँे पंक्तिका सिटहरुको माथि रातो अक्षरले प्रष्ट रुमा लेखिएको थियो ‘महिला र अपाड्ड सिट’ लेखिएको थियो । यसको अर्थ ति सिटहरु महिला र अपाड्डका लागि भनेर छुट्याइएको थियो । तर अफसोच यसरी महिला र अपाड्डका लागि भनेर छुट्याइएको सिटमा भने पुरुष बसेका थिए । तिनै पुरुषहरुको अगाडि एकजना करिब ४५ वर्षकि बुढी महिला गाडीमा उभिएकि थिइन् । त्यसरी महिला र अपाड्डका नाममा छुट्याएको सिटमा भने करिब २५—२६ वर्षका दुईवटा जवानहरु बसेका थिए । यसरी कोही महिलाहरु आफ्ना बच्चा एकहातले र अर्को हातले बसको डण्डी समातेर यात्रा गर्न बाध्य थिए । प्रष्ट रुपमा रातो अक्षले ‘महिला र अपाड्ड’ लेखिएको सिटमा टुलुटुलु हेर्दै यात्रा गर्दै थिए महिला तथा वृद्धवृद्धाहरुले ।
पश्चिम नेपाल बस ब्यबसायी संघले सञ्चालन गरेको बुटवल सालझण्डी, बुटवल बर्दघाट र बुटवल भैरहवा चल्ने अधिकांश माइक्रोबसमा यस्तै प्रकारका अनौठा चर्तिकला देख्न सकिन्छ । गाडी चालक, गाडी मालिक, तथा गाडीका स्टाफहरुले महिला तथा अपाड्डता भएका व्यक्तिहरुलाई सम्मान गर्ने उनीहरुस“ंग नैतिक भाषा बोल्ने भनेर भने पनि बोलिमा केही सुधार आए पनि व्यवहारमा भने अझै पनि सुधार आउन सकेको छैन । यसले गर्दा सरोकारवालाहरुले प्रभावकारी ढंगले अनुगमन नगर्दा २०६८ बैशाखदेखि लागु भएको सार्वजनिक यातायात आचारसंहिता पालना भएको छैन ।
सरकारले सार्वजनिक यातायातहरुमा महिला, अपाड्ड र वृद्धवृद्धाका लागि भनेर अलग्गै सिट छुट्याउने व्यवस्था गरेको छ । त्यसै व्यवस्थालाई पालना गर्दै  यातायात व्यवसायीहरुले बसको दाया“ र बाया“ दुईवटा सिटको माथिपट्टी महिला र अपाड्ड लेखेर औपचारिकता मात्रै निभाएका छन् । बसमा यात्रा गर्ने महिला र अपाड्डहरुसमेत आफुहरुका लागि छुट्याएको सिटमा अरु नै बसेको देखेपनि कार्यान्वयनका लागि कसैले पनि आवाज नउठाउनाले बसमा यात्रा गर्दा टुलुटुलु हेर्नमात्र बाध्य छन् । जसका कारण सरकारले लागु गरेको आचारसंहिताको पालना हुन सकेको छैन । हुन त कतिपय महिला तथा अपाड्डहरुलाई यो आचारसंहिताको जानकारी नहुन पनि सक्छ तर आचारसंहिता थाहा भएका वा नभएका सो सुकै महिला तथा अपाड्डहरुलाई पनि आरक्षण सिटमा सम्मानजनक ढंगले बस्ने ब्यवस्था मिलाउने जिम्मा बस स्टाफहरुकै हुने भनेको छ । तर बस स्टाफहरु आरक्षण सिटमा महिला र अपाड्डलाई बस्ने व्यवस्था मिलाउने कुरालाई हल्का ढंगले लिन्छन् । वुटवलको एक विद्यँलयमा अध्यापन गराउ“दै आएकी अञ्जली काफलेले यस विषयमा बोलेर बस स्टाफको नमिठो बोली र कचकच सुन्नुभन्दा उभिएरै यात्रा गर्नु उचित मानेर यस्ता बिषयमा केही नबोल्ने गरेको उनले बताइन् । उनले महिला आरक्षणको सिटका बिषयमा आफुलाई जानकारी भएपनि यसरी यात्रा गर्ने कतिपय महिलाहरुलाई महिला आरक्ष्ँण सिटको बारेमा जानकारी नै नभएको बताइन् ।  उक्त बसका सहचालकका अनुसार पहिले नै बसिसकेका यात्रुलाई उठाएर अर्को यात्रु राख्ने कुरा गाह्रो विषय भएको र यदी श्रीमान श्रीमती भएर महिला सिटमा बसेको भए श्रीमानलाई उठाएर अर्कि उभिरहेकी महिलालाई राख्दा (श्रीमती) महिलाद्वारा नै विरोध  हुने र झगडा समेत हुने उनले बताए । अर्को कुरा छोटो यात्रामा बसाई मिलाउन समस्या हुने बताउ“दै उनले लामो दूरीका सवारीमा पनि यो कुरा लागु नहुने तर्क दिए । लामो दुरीमा पनि टिकट काट्दा टिकट काट्नेवालाले महिला तथा अपाड्ड सिट नभनी उक्त सिटमा पुरुषकै नाममा टिकट काटिदिन्छन् । उनले यो नियम लामो दुरीका बसमा पनि लागु गर्न सुझाव दिए । सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा महिलाहरुमाथि यौन  हिंसा हुने गरेको ब्यापकरुपमा आवाज उठ्न थालेपछि सरकारले सार्वजनिक यातायातमा यस्तो आचारसंहिता लागु गरेको हो ।
पश्चिम नेपाल बस ब्यवसायी संघका अध्यक्ष दधिराम खरेलले महिला र अपाड्डका लागि छुट्याइएका सिटमा महिला र अपाड्डलाई बस्ने व्यवस्था गर्न यातायात ब्यवसायीलाई निर्देशन दिइएको बताए । जुनसुकै सार्वजनिक यातायातमा यात्रा गर्दा यो कुराको पलना नभएको खण्डमा र अटेर गर्ने गाडी स्टाफका विरुद्ध ट्राफिक प्रहरी वा वस समितिमा उजुरी गरे कारवाही हुने कुरा उनले बताए ।


January 17, 2014

फोहोर व्यवस्थापन र बुनपाको योजना


फोहोर व्यवस्थापन र बुनपाको योजना
कमल काफ्ले
कमल काफ्ले
सभ्य समाज सधैं सफा रहन्छ । अर्थात् कुनै शहर सफा देखियो भने बाहिरबाट घुम्न आउने मान्छेको मुखबाट स्वत ःस्फुर्त यस्ता उद्गार सुन्न पाइन्छ( आहा  यो शहरको मान्छेहरु कस्ता सभ्य रहेछन । तर आज हाम्रा शहरहरु सबै फोहर छन् । फोहर मैला व्यवस्थापन हाम्रो लागि चुनौती नै भएको छ । फोहरको थुप्रोले हाम्रो त मन खिन्न मुडअफ हुन्छ भने विकसित राष्टूहरुबाट आएका विदेशीहरुको लागि टाउको दु ःखाइ नहुने कुरै भएन । उनीहरुको अगाडि हामीलाई त्यसै पनि आत्माग्लानि भइहाल्छ । विकसित राष्ट्रहरुले फोहर मैला व्यवस्थापन चुस्त दुरुस्त गरेको देख्दा हामीलाई अचम्म लाग्छ । कहिलेकाहीं हाम्रो मनमा यस्तो तरङग आउछ( यिनीहरुले फोहर नै गर्दैनन् कि कसो फोहर त आवश्य  पनि गर्छन ्। तर, फोहर व्यवस्थापन चुस्त ढङगले गर्छन ।  
फोहर मैलाको पहिलो सिद्धान्त त फोहर नै नगर्नु हो । हामीले फोहर नै गरेनौं भने फोहर मैला व्यवस्थापन त्यसै पनि सरल भएर जान्छ । फोहर नै नगर्नु त सम्भव छैन । तर, चेतनाको स्तर अभिवृछि भएको छ भने फोहर व्यवस्थापन सहज हुन जान्छ । कुनै पार्टी अथवा पिकनिकमा हामीले खान सक्ने परिमाण्ँको खाना मात्र लियौं भने पनि हामीले फोहर मैला व्यवस्थापनलाई सहयोग नै गरेको ठहछ । कारण्ँ, हामीले फया“केको खानाले फोहर मैला व्यवस्थापनको चुनौतीलाई झन चुनौतीपूणर््ँ बनाइदिन्छ । त्यस्तै, कुनै सामान खरिद गर्दा हामीले पोलिथिनको थैलीसहित सामान लिएनौं भने पनि हामीले फोहर मैला व्यवस्थापनलाई सहयोग गरेको ठहर्छ। कुनै पनि सामान प्रयोग गर्दा वेस्टेज नगर्ने, गर्नै परे पनि न्यूनतम प्रयोग गर्ने, वेस्टेज सामानलाई सकेसम्म पुन ः प्रयोग गर्न कोशिश गर्ने वा पुन ः प्रशोधन गरी केही उपयोगी सामान बनाई प्रयोगमा ल्याउने ग¥यौं भने यसबाट हाम्रो घर, गाउ“रसमाज, शहर, बाटो र राष्ट्रमा नै फोहर मैला व्यवस्थापनलाई सहयोग त पुग्न जान्छ नै, र थोरै मात्रामा भएपनि आथिर्क बचत तथा आर्जनसमेत हुन्छ । फोहर मैला व्यवस्थापनमा अनुशासन तथा संस्कारको पनि भूमिका रहन्छ । जेसुकै फोहर जतासुकै फा्क्ने हाम्रो संस्कार छ । यस्तो कार्य व्यक्तिगत लगायत सार्वजनिक हितका निम्ति पनि एकदम नै आपत्तिजनक हो । पान, सुर्ती, खैनी, गुट्खा खाएर फा्याक्ने, थुक र माटोमा नगल्ने प्रकारको त्यसको प्लास्टिक खोल, सिगरेट (चुरोट) को ठुटा, कागजको टुक्रा, सुर्ती, खैनी, गुट्खाको व्यापार, खकार, सि“गान आदि मात्र पनि निदिष्र्ट ठाउ“मा फया“के फोहर मैला व्यवस्थापनमा ठूलो सहयोग पुग्न जान्छ ।
नेपालका ५८ वटा नगरपालीकाहरु मध्ये बुटवलनगरपालीका पनि हरियाली,सफा,पर्यटकीय र व्यवसायीक रुपले चिनीन्छ । बुटवल नगरपालीका नेपालका अन्य नगरपालीकाहरु मध्येकै उत्कृष्ट नगरपालीका पनि हो । बुटवल नगरपालीका सरसफाई,बातावरणीय रुपमा पनि उत्कृष्ट नै छ । पहिले पहिले फोहोर व्यवस्थापन चुनौतीको रुपमा देखिएको थियो । जताहेरे पनि बुटवल फोहोर मैलामा डुबेको हुन्थ्यो । चोकचोकमा फोहोरका थुप्रा देखिन्थे । तर अहिले आएकर बुटवल त्यस्तो छैन । बुटवलनगरको रुपनै फेरीएको छ । बुुटवल नगरमा चुनौतीका रुपमा हरेको फोहोर मैला अहिले धरै हदसम्म व्यवस्थापन भएको छ । अर्थात अहिले हामीले बुटवललाई नेपालका अन्यशहरहरु जस्तै सफा देख्न सकिन्छ ।
यो नगरको फोहोर मैला व्यवस्थापन गर्न बुटवलनगरपालीकाले विभिन्न उपाय तथा नितिहरु अपनाएर यो फोहोर मैला व्यवस्थापन गरेको छ । यो चुनौतीका रुपमा देखिएको फोहोर मैला व्यवस्थापनलाई बुटवलनगरपालीकाले कसरी समाधान गरेको छ त ? बुटवल नगरपालीका बातावरण तथा सामाजिक सररफाई शाखाका अधिकृत ठगिश्वर पोखरेल संग गरिएको कुराकानी ।
१.बुटवल नगरपालीकाले बुटवल नगरबाट निश्कने फोहोरलाई कति भागमा विभाजित गरेर यसको व्यवस्थापन गर्ने गरेको छ ?
उत्तरः बुटवल नगरबाट निश्कने सबै फोहोरलाई अहिले तत्कालै पुरै यति भागमा भनेर विभाजित त गरिएको छैन  । तर बुटवलनगरभित्रका केहि वडाहरुमा भने फोहोरलाई ३ भागमा विभाजन गरिएको छ । (क) कुहिने फोहोर (ख) नकुहिने फोहोर (ग) पुन प्रयोग गर्न मिल्ने फोहोर गरेर तिनभागमा विभाजन गरिएका छन । यसको प्रयोग हामीले बुटवलको वडा नं १२ मा गरिएको छ ।
२.फोहोर प्रकृति अनुसार व्यस्थापन भएको छ त ?
 बुटवलको १२ नं वडामा करिब ५०० घरधुरीमा फोहोरको प्रकृति अनुसार यसरी व्यवस्थापन गरिएको हो । त्यस स्थानमा कुहिने फोहोरलाई कुहाएर कम्पोष्ट मल बनाइएको छ । किसानहरुलाई पनि यसबारेमा जानकारी दिदै कुहीने फोहोरलाई मल बनाएर आफ्ने घरको करेसाबारीमा यसको प्रयोग गर्न प्रत्साहन गरिएको छ । नकुहीने फोहोरलाई बातावरणमैत्रि रुपमा यसलाई नष्ट गरिएको छ । र पुन प्रयोग गर्न मिल्नेखालका फोहोरलाई पुन प्रयोग गर्ने स्थानमा पठाईएको छ । धेरै फोहोरलाई बुटवलको पवित्र नगरमा रहेको डम्पिड्ड भएको छ ।
२. के गर्दा फोहोर व्यवस्थापन प्रभाकारी हुन सक्छ ?
बुटवल नगरपालीकालाई अझ उत्कृष्ट र व्यवस्थीत बनाउनको लागि यहा“को सरसफाई अझ ध्यान दिनपर्ने जोड दिन्छन यहा“का स्थानीयबासी तथा आन्तरिक पर्यटकहरु पनि । बुटवल नगरपालीकाले यस बुटवल नगरको फोहोर व्यवस्थापनको लागि के((के कार्य गरेको छ त ?
३.के गर्दा फोहोर व्यवस्थापनका काम प्रभावकारी हुन सक्छ ?
फोरोर व्यवस्थापनको लागि सबै भन्दा पहिला त फोहोर नै नगर्नु हो । त्यसपछि घरबाट निश्कने फोहोरलाई प्रकृति अनुसार फोहोर छुट्याउने जस्तै कुहिने,नकुहिने,रिसाईकिलिङ गर्ने आदी गर्न सकिन्छ । कुहिने फोहोर जतिलाई मल बनाएर घर मै प्रयोग गर्ने गर्दा धेरै राम्रँे हुन्छ । रिसाईकिलिङ हुने फोहोरलाई बेच्चेर आर्थिक आम्दानि पनि गर्न सकिन्छ । कतिपय फोहोर यस्ता हुन्छन कि तिनको प्रयोग प्रश्चात तिनिफोहोर हरुलाई घर मै पनि पुन प्रयोग गर्न सकिन्छ । जस्तै डब्बाहरु , प्लाष्टिकका थैलिहरु आदी । अनि अर्को तर्फ टोलटोलमा निश्कने फोहोरहरुलाई त्यही टोल टोलमै व्यवस्थापन गर्न सकिन्छ । वडावडा मा व्यवस्थापन गर्न सकिन्छ ।
४.फोहोर व्यवस्थापनमा बजेको अभाव हो कि ? जनचेतनाको ?
मुख्य फोहोर व्यवस्थापनमा बजेटको अभाव भन्दा पनि ठूलो कुरा जग्गाको अभाव हो । अहिले फोहोर व्यवस्थापनगर्न जग्गाको अभावले गर्दा फोहोर व्यवस्थापन ठूलो चुनौतिको विषय बनेको छ । ल्याण्डफील्डको लागि पनि जग्गाको नै अभाव भएको छ । भने अर्को तर्फ फोहोरमा काम गर्ने मानिस अथवा कर्मचारीहरुको पनि निकै अभाव रहेको छ । फोहोर उठाउनको लागि मानिस नभेटिनाले पनि फोहोर व्यवस्थापनमा एउटा चुनौती बनेको छ । यस्ता मानिस जहापायो त्यहा नभेटिने र भेटिए पनि केहीले काम नगर्ने , कोही एक दुई दिन गरेपछि छोडेर हिंडने र कसैले धेरै नशा गरेर बस्ने गरेकाले पनि यस्ता कर्मचारीको कमीले गर्दा फोहोर व्यवस्थापन चुनौतीको रुपमा देखा परेको छ ।
अर्को तर्फ जनचेतनाको पनि कमी छ । जनचेताको कमीले गर्दा मानिसहरुले जहापायो त्यहा फोहोर फ्याक्ने , फोहोरको प्रकृति छुट्याउन नसक्ने,त्यसलाई व्यवस्थापन गर्ने आईडिया नहुदा पनि यो फोहोर व्यवस्थापन थोरै कठिन बनेको छ ।
५.ल्याण्डफिल्डको कुरा कहां पुगेको छ  ?
ल्याण्डफिल्डको कुरा पक्रिया चलिरहेको छ । सर्वप्रथम यसलाई वातावरणीय मैत्रि बनाउने पक्रिया चलिरहेको छ । त्यस ठा“उमा फोहोर फाल्न भन्दा पहिला त्यसलाई वातावरण मै्त्री बनाउनु पर्ने हुन्छ । यदी यसो गरिएन भने त्यस ठाउमा धेरै दुर्गन्ध फैलन सक्ने सम्भावना हुन्छ । जसले गर्दा भयानग रोगहरु फैलन सक्छ । अर्को तर्फ स्थानियको विरोध पनि हुनसक्छ । त्यसकारणले गर्दा त्यस ठाउमा फोहोर फाय्क्न भन्दा पहिला त्यसलाई दुर्गन्ध रहित बनाउने , बातावरणमैत्री बनाउने , र अघि भने जस्तै त्यही ठाउमा नै फोहोर को प्रकृति छुट्याउने व्यवस्था पनि हुदै छ । यदी वातावरण मैत्री (भ्क्ष्) भयो भने र त्यसठाउका स्थानियको सहमति भयो भने मात्र ल्याण्डफिल्ड तयार हुन्छ ।
त्यसैले अहिले ल्याण्डफिल्डको कार्य चलिरहेको छ । यसलाई हामीले सन २०१५ को म्भ्ऋभ्ःद्यभ्च् सम्मा सिध्याउने तयारी भैरहको छ । र सन २०१६को पहिले महिना देखि नै त्यस ठाउमा हामीले फोहोर लैजाने तयारी गरिरहेका छौं ।
६.खास ज्वालन समस्या के छन त ?
यस ल्याण्डफिल्डको खास ज्वालन समस्या भनेको त्यस ठाउमा र त्यसका वरीपरिका क्षेत्रमा बसोबास गर्ने स्थानियको विरोध नै प्रमुख ज्वालन समस्या हो । यो समस्या समाधानका लागि हामीले अघि भने जस्तै स्थानियहरुलाई त्यस ठाउमा लगिएको फोहोरले असर नगर्ने गरी बातावरण मैत्री बनाउने तयारी भै रहेको छ । त्यस ठाउमा जाने फोहोरहरुलाई हामीहरुले औषधी राखेर र अनि नकुहीने फोहोरहरुलाई धुवां रहित तरिकाले जलाउने कार्य पनि हुदै छ ।
त्यसमा पनि स्थानियहरुको विरोध नै रहेको हुदा स्थानियको सहमतिबाट मात्रै हामीले ल्याण्डफिल्डसाईड खोल्ने तयारी गरिरहेका छौं ।
७.फोहोर व्यवस्थापनमा यस बुनपाको आगामी योजना के छ त ?
आगामि योजना भनेको अहिले बुनपा यस ल्याण्डफिल्ड बनाउने तयारी मै लागेको छ । यो बनाउंदा हामीले बुनपाबाट निश्कने सबै फोहोरलाई ३ भागमा विभाजन गरेर कुहीने,पुनप्रयोग गर्न मिल्ने , र नष्ट गर्नु पर्ने खालको फोहोरहरुलाई छुट्याईने छ । त्यसै गरि कुहीने फोहोरहरुलाई कम्पोष्ट मल बनाएर मलको रुपमा बेच्ने र त्यसबाट भएको आम्दानिलाइ त्यही फोहोर व्यवस्थापन कार्य मै लगाउने तयारी भएको छ । अनि पुन प्रयोग गर्न मिल्ने खालको फोहोरहरुलाई पुन प्रयोग केन्द्रमा लगि विक्रि गर्ने योजना पनि रहेको छ । त्यसैगरि बातावरण मैत्री बनाउनको लागि प्रविधिक सेक्टरको सम्झौताको तयारी पनि  भैरहको छ । यी सबै योजना साथसाथै हामीले बुनपामा फोहोर व्यवस्थापन सम्बन्धी तालिमहरु पनि दिने र यसको फोहोर व्यस्थापन गर्दा हुने फाइदा र नगर्दा हुने बेफाईदाको बारेमा तालिमहरु पनि दिने योजना बनाईरहेका छौ ।

८.यस बुनपामा फोहोर व्यवस्थापन गर्नको लागि कति कर्मचारीहरु खटाईएका छन त ?
फोहोर व्यवस्थापनको लागि करिब ८० जना कर्मचारीहरु खटिएका छन । नगर गाडि र निजिगाडिहरु गरेर १० वटा गाडिहरु पनि खटाइएको छ । टोलटोलमा फोहोर उठाउनको लागि भनेर १० वटा रिक्साहरु पनि परिचालन गरिएको छ ।
९.बुनपा भित्र फोहोर व्यवस्थापनका प्रमुख चुनौतीहरु के हुन त ?
प्रमुख चुनौती भने पनि समस्या भने पनि ठाउंको नै समस्या हो । अहिले आधुनिकता सगै र जनसंख्या वृद्धि भए संगै फोहोरको मात्रा पनि बढेको छ । मानिसहरु गाउ बाट सहर केन्द्रित हुदै गईरहेका छन । भर्खर गाउबाट झर्ने मानिसहरुको प्रमुख सहर भनेको यहि बुटवल बनेको छ । त्यसैले भर्खर यो नगरमा झरेका गाउले बासिहरुले फोहोरको व्यवस्थापन सम्बन्धि ज्ञान नहुदा जहा पायो त्यहा फोहोर गर्ने गरेको पाईएको छ । अझ प्रमुख समस्या त अहिले अस्पतालको फोहोरहरु चुनौतीको विषय बनेको छ । बढदो सहरीजिवन सगै अस्पतालहरु पनि धेरै नै खुलेको हुदा अस्पतालबाट निस्कने फोहोरहरु लाई विषेश रुपले व्यवस्थापन गर्नु पर्ने हुदा यस्ता अस्पतालबाट निश्कने फोहोरहरु प्रमुख चुनौतीको विषय देखापरेको छ ।
यो बुटवल नगरपालीकाको समस्या,चुनौती र योजनाहरु थिए । फोहर मैला व्यवस्थापनमा प्रविधिभन्दा व्यवस्थापन पÔ हावी जस्तो लाग्छ । वास्तवमै यदी हामीले हाम्रो घर,टोलछिमेक,गाउ“ठाउ“ र शहर सफा राख्नु छ भने सडकको नालामा नबग्ने, नकुहिने जस्ता फोहर जथाभावी फ्या“क्नु हु“दैन भन्ने कुरा सबैलाई थाहा छ, तर सबैले फ्या“किरहेका छन् । वर्Èापूर्व ढल र नाला सफा गर्नु र गराउनुपर्छ भन्ने कुरा सबैलाई थाहा छ । तर न कसैले यस्तो काम गर्छ न गराउन कुनै पहल गर्छ । पोलिथिनरप्लास्टिकका टुक्राटाक्रि आदिले नाला थुन्छ, यो गलेर जा“दैन भन्ने कुरा पनि सबैलाई थाहा छ । प्रत्येक जिम्मेवार जनमानसमा यस्ता कुरा थाहा भएर पनि यी सबै गर्न नहुने कामहरु भइरहेको र हुने गरेकोले प्रविधिभन्दा व्यवस्थापन पÔ हावी भएको भनिएको हो । जसको कारण्ँ हामी आफैंले गर्दा सडकमा हिंड्दा या शहर बजार जा“दा दुर्गन्धले नाक खुम्च्याएर, मुख छोपेर हिंडिरहेका हुन्छौ ं। दुर्गन्धले गर्दा हिड्दा हिंड्दै वा बसिरहेकै ठाउ“मा थुकेर थप फोहर दुर्गन्ध गरिरहेका हुन्छौ ं। यस्तो कुराको कसैले याद गरिरहेको हु“दैन । यी सबै जनचेतना र सुशासनको अभावकै कारण्ँ भएको मान्न सकिन्छ । कुहिएर जाने अर्गानिक फोहरलाई कम्पोस्ट मल बनाई मोहर (आम्दानीको श्रोत) बनाउने प्रविधि विकसित भएको नै छ । साथै, कुहिएर नजाने, तर पुन ः प्रयोग गर्न सकिने फोहर जस्तो(पोलिथिन, प्लास्टिक, रबर, शीशा, टिन, फलामका टुक्राहरु आदि कच्चा पदार्थको रुपमा तह लगाउन सकिन्छ । केही सिप नलाग तथा   पुन प्रयोग हुन नसकने फोहोरहरुलाई ुइन्सीनेरेटरु जस्तो प्रविधि प्रयोग गरी उच्च तापक्रममा पगाल्न पनि सकिन्छ । शहरको मान, मर्यादा तथा शानको लागि पनि फोहर मैला व्यवस्थापन गर्नै पर्छ । साथै, जनताको स्वास्थ्यको लागि पनि फोहर मैला व्यवस्थापन गर्नैपर्छ । फोहरको कारण्ँले आउ“, हैजाजस्तो सङक्रमित रोग फैलियो भने जनमानसलाई त हैरान पार्छ नै, देश हा“क्ने सरकारलाई समेत अस्तव्यस्त पार्न पछि पर्दैन । तसर्थ फोहर मैला व्यवस्थापन सही ढङगबाट गर्न सरकारले विभिन्न सरकारी वा गैरसरकारी सङघरसंस्थालाई आवश्यकता बमोजिम कानुनी बल, आथिर्क सहयोग र प्रविधि उपलब्ध गराएर भएपनि प्रोत्साहित गर्दै तालिम सहितको जनचेतना अभिवृद्धि गराउनु र सुशासन कायम गर्नु आजको आवश्यकता बनेको छ ।
सर्वप्रथम त फोहोर संकलन गर्दा प्रत्येक समुदायमा नै जैविक अजैविक फोहोर छुट्टाछुट्टै कन्टेनरमा थुपार्ने गर्नुपर्छ । जथाभावी थुपार्दा दु्ुर्गन्ध फैलिन्छ । यसरी नै कुनै निश्चित ठाउ“मा संकलित अजैविक फोहोरबाट पुनः प्रयोग हुनसक्ने र प्रशोधन गर्न सकिने, बोतल, प्लास्टिक र धातुका सामग्री छुयाउनु पर्दछ । फेरि जैविक वस्तुलाई पनि समुदायमा गडयौला प्रविधि वा अन्य विधिबाट कम्पोष्ट मल बनाउने र सो मल बगैंचा वा तरकारी बारीमा उपयोगमा ल्याउने तथा बढी भएको कम्पोष्ट मल बजारमा बिक्रिमेत गर्न सकिन्छ । विकसित देशहरुमा फोहोरमैला बालेर, फोहोरमैला बल्दा निस्कने तापशक्तिलाई विद्युती शक्तिमा परिण्ँत गरिन्छ । भने फोहोरलाई वैज्ञानिक तवरले तह लगाइन्छ । नगरÔेत्रको वातावरण्ँ प्रतिकुल प्रभाव पार्नेमात्र होइन, नदीकिनारमा थुप्िरएको फोहोरले नगर नजिकै रहेका नदीनालासमेत प्रभावित भइरहेको सन्र्दभमा अनि नगरोन्मुख गाविसमा समेत देखिन लागेको फोहोरमैलाका समस्या समस्या बेलैमा समाधान गर्न समुदायस्तरदेखि नै अभियान थाल्नुपर्दछ ।


January 12, 2014


https://www.facebook.com/#!/kamal.kafle.7946
http://newskamalkafle.blog.com/wp-admin/themes.php?page=functions.php&saved=true
http://newskamalkafle.blog.com/
https://www.facebook.com/#!/kamal.kafle.7946

January 09, 2014

बाबुराम प्रचण्ड ज्यु अलि धैर्यवान हुन सिक्नुस


केशब काफ्ले

धन्यवाद बाबुराम प्रचण्ड ज्यु तपाईहरुलाई धन्यवाद यस अर्थमा कि तपाईह्रुले आफनो पार्टीको सर्मनाक पराजय पश्चात अधैर्य भएर आवेगमा गरेको निर्णय सच्याउदै संविधान सभामा सम्मीलीत हुने निर्णय गर्नुभएको छ । तपाईहरुको अधैर्यता देखेर त स्वयम धैर्यताको पनि बांध फुटन सक्छ दिनभरी आमाको काखबाट दुर रहेको दुधेबालक बेलुका आमाको काखमा गएर आमाको स्तनपान गर्न अधैर्य भएझै अधैर्यहुन तपाईहरु जस्ता माहाना हस्तीलाई शोभा दिदैन  । हुन त तपाइहरु सत्ताका लागि अधैर्य भएर अतियार उठाउदा नै देशबासीहरुले दश वर्ष सम्म महान पिडा भोग्नु पर्ेको हो  । त्यो पिडाको ऐसास तपाईहरुलाई भोग्नु परेन । किन कि तपाइहरुले आफु आफना र आफन्त कोही गुमाउनु परेन । तपाईहरुको इच््छा पुर्ति गर्नको लागि पिडा भोग गर्न बाध्य भएका हजारौ पिडितहरुले पनि धैर्यता पुर्वक न्याय पर्खि बसेकै छन । तपाईहरुले सत्ता प्राप्तीका लागि धैर्य राखेर गोलिको भन्दा बोलीको बाटो लिईदिएको भए देशले र देशबासीहरुले १० वर्ष सम्म त्यो भयानक दर्दनाक पिडा भोग्नु पर्ने थिएन  । तिनि पिडायुक्त दिनहरु पनि तपाईहरुकै अधैर्यताको देन हो । धैर्यवान भएर गोलीको भन्दा बोलीको भाषामा आफनो पार्टीैको सिद्धान्त जनतालाई सम्झाउन सकेको भए देखि बैसालु दिदिबहिनीहरुको सिउंदोको सिन्दुर पुछिने थिएन । बुढेसकालका साहारा रुपि सन्तान गुमाउनु पर्ने पिडा पनि तपाईहरुलाई थाहा हुने कुरै भएन  । सत्ताको सिखरमा पुग्न तपाईहरु  अधैर्य भएर हतियारको भाषा बोल्दा धेरै बालबालीका टुहुरा भए् । तिनि टुहुराहरुले पनि धैर्य धारण गरेकै छन । धैर्य पुरुषको गहना हो । धैर्यता पूर्वक यात्रा गर्ने यात्रुले गन्तव्य अवस्य पाउछ । अधैर्य भएर सटकट  अपनाउदा कस्तो पिडा भोग गर्नुपर्छ भन्ने कुरा पिडित जनतालाई सोध्नुस । अधैर्यतामा दुर्घटनाको सम्भावना धेरै हुन्छ । प्रचण्ड ज्यु तपाई अधैर्य भएर  आफनो  ईच्छा पुर्ति गर्न चाहादा तपाईका चाहानामा धेरै चिहान बनेका छन । कृपया अब त  धेर्यवान बन्नुस । तपाइहरु जस्ता विद्धान तथा विख्यात व्यक्तिहरुले अधैर्य भएर जथाभावि बोल्दा धैर्यले पनि सर्म मानेको हुनुपर्छ । प्रचण्ड ज्युृ समयले एक पटक सबैलाई मौका दिन्छ । सो तपाईलाई पनि दिएकै हो । तर तपाई अधैर्य भएर रुकमागत कटुवाल रुपि विजुलीलाई झम्टन पुग्दा कटुवाल रुपि करेण्टले तपाईको मौका खोसि दियो । हुन त तपाईहरुलाइ मिठो मसिनो खानेबानी बसीसकेको छ मिठो खाइसेकेकालाई नमिठो भोजन रुचिकर हुदैन । तर सधै भरी मिठो भोजन उपलब्ध नहुन पनि सक्छ् मिठो मिठो भोजको व्यवस्था गर्न समय पनि लाग्छ । समयको नाम धैर्य हो । तपाइहरुले आफनो ईच्छा पुर्ति गर्नको लागि पिडित पारिएका द्धन्द्ध पिडितहरुले पनि धैर्यता पूर्वक न्यायको पर्खाईमा बसीरहेका छन । धैर्यताको  केही अंश उनिहरु संग उधारो माग्न सर्म मान्न पर्दैन । आफु भन्दा तल्लो वर्गमा उधारो माग्न सर्म लागे आफनै समकक्ष्ँि राजनितिक प्र्रतिद्धन्दी माधव नेपाल , झलनाथ खनाल,सुसील कोइराला अदिबाट धैर्यता उधारो माग्नुस । उनिहरु संग धेरै धैर्यता छ । उनिहरुले पनि परायज झेलेकै हुन धैर्यता पुर्वक समय पर्खेकेै हुन , धैर्यताको फल मिठो हुन्छ , धैर्यता अर्थात समय पुगेर पाकेको फल रसिलो पोसीलो बलिष्ट हुन्छ । अनि बाबुराम जि तपाई त झन विश्व विख्यात विद्धान मान्छे,तपाईलाइ त सिकाड्डो,काम्ब्रीज आदी विश्व विद्यालयबाट व्याख्यान दिन बोलाउछन अरे । तपाईका प्रतिद्धन्दी पार्टीका नेताहरुलाई त नौतुनाको स्कुलले पनि बोलाउदैन अरे । फेरी तपाइ जस्तो विद्धान मान्छे पनि अधैर्य भएर आफना नेता संगै बसेर किन प्रलाब गर्नुहुन्छ ? कमसेकम तपाईले त म आफनो विधाबारिदीको उपाधिलाई लज्जीत नगर्नुस । तपाई जस्तो विद्धानले जथाभावि प्रलापन गर्दा हामी जस्ता बुद्धिहीन विवेकहिन,दुखि , गरिब पिडितको अधिकारको हनन हुन जान्छ । यीन धेरै कुरा विगतका हुन वर्तमान समयमा पनि तपाइहरु अधैर्य भएर पर्लापन गर्दै हुनुहुन्छ । हामीले भने जस्तो नभए हामी संविधान सभामा जादैनौ सविधान बन्न दिदैनौ २०५२ वियुंताईदिन्छौ कहिले भनि हिम्मत भए हामीलाई पकडेर देखाउ भन्नुहुन्छ ? बाबुराम जि पूर्व राजा ज्ञानेन्द्र शाहलाई पनि ठूलै अभिमान थियो होला ? तर समयले उनिलाइ पनि छोडेन । ध्यान राख्नुस समय बलियोहुन्छ भोली कस्ले पो देखेको छ र ? पालो सबैको आउछ । तर ज्ञानेन्द्र शाहले पनि धैर्य धारण गरेकै छन । अहिले जनताले तपाईहरुर्लाइ नपत्याउनुका कारण छ ,माग्न जादा झोली तुम्बा,खाली लिएर जानु पर्छ  । तर तपााइहरु टन्नै भरिएको झोलि तुम्बा लिएर वायु यानमा सभार भएर माग्न् जानुभयो । जनताले मनन गरे वायु यानमा सवार भएर माग्न आउने  भोकै नाड्डै हुनै सक्दैन वायु यानमा चढेर माग्न आउने भोको भनेर कस्ले पत्याउने  ? अब पार माग्न जादा झोलि खाली गरेर जानुहोला । हुन त काठमान्डौका दयालु जनताले भोको ठानेर झोलि भरिदिएकै हुन । तर प्रचण्ड जि तपाई अधिर भएर जेपाई बोल्दै उनिहरुका सुकिला मुकिला लुगा खोस्न तिर लाग्नु भयो । देख्नु भयो त तपाईको बोलीका असर ? बुढा पाकाले भन्ने गर्दथे पहिला सोच पछि रोज पहिला तौल पछि  बोल तर तपाई पहिला बोल्नुहुन्छ पछि भेद खोल्नुहुन्छ । जनताहरुले पनि के गरुन ? एक पटक तपाइहरुलाई खोलो तारेकै हुन तर खोलो तरेपछि तपाईहरुले लौरो विर्सनु भयो । प्रचण्ड जि एकै पटकको पराजयले २०५२ वियुंताउछौ जंगल जन्छौ नभन्नुस । प्रचण्ड जि तपाई जय पराजय आत्तिनी तपाई  कस्तो प्रचण्ड पुरुष ? नाउको यथार्थ त कायम राख्नुुस । प्रचण्ड ज्यु मलाई पनि आफनी बुढीको साह्रै माया लाग्छ तर उ मोरी साह्रै रोगि  छ मैले सिड्डापुर जापान होईन आफनै जिल्लाको कुनै राम्रँे अस्पतालमा देखाउन सकेको छैन । म जस्तै हजारौ छन । मैले पनि धैर्य धारण गरेकै छु म जस्तै  ्हजारौ अरुले पनि धैर्य धारण गरेकै छन । तपाइ प्रचण्ड पुरुष अधैर्य किन ? प्रचण्ड ज्यु तपाईले कमसेकम आफनो नामको त अपमान नगर्नुस । हुन त नाउले पो के गर्छ र ? धनिको नाम गरिब दास ,  गरिबको नाम  धनिराम पनि हुने गर्दछ । तपाई नामको धनि भए पनि धैर्यताको गरिब हुनुहुदो रहेछ । धैर्यता आफैमा औषधि हो , धैर्य राख्नुस तपाईको घाउ निको हुदै जान्छ । घाउ लागेको बेलामा धेरै उर्फदा घाउ विग्रन सक्छ । ध्यान राख्नु पर्छ ।
जोसमा होस न गुमाउनु प्रतिकुल समयमा धैर्यता नगुमाउनु बस्नु पाउ भन्दैमा ठस्स नबस्नु , बोल्न पाए भन्दैमा प्याच्च नबोल्नु भन्थे बुढा पाकाले । तर तपाईले बुढा पाकाको संगत गर्न भ्याउनु भएन होला ? अहिले जनताले समय दिएका छन सदुपयोग गर्नुस प्रचण्ड ज्यु । निमको विरुवा रोपेर आप फल्दैन प्रचण्ड ज्यू अब आप रोप्नुस समय लाग्छ धैर्य राख्नु आफै फल्छ । बाबुराम जि तपाईको विद्धावारीधिको उपाधिले आज सम्म देश र देश बासीलाई केही दिन सकेको छैन तपाईले जहाबाट उपाधी लिनुभएको हो उहि काम लाग्छ की ? किन कि नेपालका जनताले त तपाईको विद्धताको परिक्षा लिईसकेका छन । यदी चुनावमा धाधली गरेर षडयन्त्र गरेर हराएको भए यत्रो यत्रो देशी विदेशी षणयन्त्रको गन्ध सुंघन सक्ने पुर्व अनुमान लगाउन नसक्ने तपाई कस्तो विद्धान ? आगो बोल्नु भन्दा पहिला धुवा अवस्य पनि निस्कन्छ त्यस कारण पर्लाब नगर्नुस सरकारमा सहयोगि बन्नुस फेरीबाट जनता नतर्साउनुस ,  धैर्यता राख्नुस,समय पर्खनुस,समय कसैको हुदैन पर्खि बस्नुस ।

नारी हिंसामा नारीहरु कै भुमीका प्रमुख रहेका हुन्छन


केशब काफ्ले

नारी हिंसा भन्ने बित्तिकै सबैको दिमागमा एउटा निर्दयी तथा कुर्र पुरुषको छवि उत्रने गर्दछ । त्यसैमाथि केही आफुहरुलाई प्रगतिशिल ठानेका शब्दहरुमै भए पनि नारी उत्थानका कुरा गर्नेहरु त्यस्तै आफुहरुले घरमा एक कप चिया पकाएर खान पनि नसक्ने,श्रीमति बिमार भए होटलबाट खाना मगाएर खानेहरु श्रीमतिको घाममा सुकाएको पेटीकोट उठाउन लाज मान्ने वा पेटीकोट छोए नर्क गइन्छ भन्ने विचार राख्नेहरु जस्ता केही लेखक तथा विचारकहरुले पुरुषको छवी  एउटा महिला विरोधी वर्गको रुपमा उचाली रहेका छन । त्यस्तै आफुहरुलाई विद्धान ठानेका लेखक तथा विचारकहरुले  महिला हिंसाका प्रमुखकारणहरु नपहिल्याई कन जरो नपहिलाई कन हागा विगा मात्रै काट छाट गरेका हुन्छन जरो पहिल्याए उत्पन्न कारणको समुल नष्ट गर्नतर्फ कलम रुपि बन्चरो चलाएको पाईदैन । यो दुखको कुरा हो । एकहोरो पीतृत्रुु सतात्मक सोच र पुरुष समाजलाई मात्रै दोषि देखाएर त्यस्ता विद्धान लेखक तथा विचारकहरुले महिला तथा पुरुष समाजमा विभाजन उत्पन्न गरीरहेका छन । तर एउटा अकाट्य सत्य कुरा के छ भनि नारी हिंसाका घटनाका जन्मदाता हरुमा पुरुष भन्दा महिलाहरुनै अघि हुन्छन । तर विद्धान लेखक लेखिकाहरुले त्यस्ता भित्री पुष्ट पल्टाएर  तथ्य उजागर गर्न सकेका छैनन । हुन सक्छ त्यस्ता विद्धानका विचारमा नारी द्धारा नारीकै जरो खनिनु उचित होला । अथवा त्यस्ता विद्धान लेखक लेखीका तथा विचारकहरु लगातार एक पक्ष्ँिय रुपमा प्रस्तुत भएर आफु नारीवादी भएको या नारीहरुको दृष्टिमा माहान हुन चाहेका पो हुन की ? तत्र भनि उनिहरुको समाजमा किन आउदै की सहयोगिको रुपमा महिला नै नउभ्याई कन महिला हिंसा हुनै सक्दैन । बलात्कार र यौन शोषण तथा महिला हत्यालाई मात्रै महिला हिंसा भन्न मिल्दैन । महिला हिंसा नारी पीडा का अनेक रुपहरु छन । तिनि रुपहरु मध्ये बलात्कार र यौन शोषणमा पुरुष वर्ग पूर्ण रुपमा जिम्मेदार रहेपनि महिला हिंसा नरी पिडाका अन्य रुपहरुमा पूरुष भन्दा महिलाहरुनै धेरै आक्रामक हुन्छन । एउटा घर जहा महिलाहरुको बहुमत रहेको हुन्छ तर त्यसै घरमा विभिन्न कारणबाट महिला माथि अत्याचार भएको हुन्छ । एउटा सस्था वा कार्यालय जहा महिलाहरुकै र्वचश्व रहेको हुन्छ , जहा की प्रमुख पनि महिला नै रहेकी हुन्छीन त्यहा पनि महिला द्धारा महिला माथि अन्याय अत्याचार भएको हुन्छ । सस्थाकी प्रमुख पनि महिला ,कर्मचारीहरु पनि सबै  महिला तर त्यहा पनि विभिन्न कारण देखाउदै अलि कमजोर महिला माथि अन्याय भएको हुन्छ । कर्मचारीहरु मध्ये जो अलि धनि छ , जो अलि आधुनिक छ ,कार्यालय आउदा पनि महगा गरगहनामा आउछ,वार्तालापमा अलि चतुरछ ,पढाइमा अलि माथि छ  त्यस्तै महिलाहरुकै हालि मुहाली रहने गर्दछ र कार्यालय प्रमुखको झुकाब पनि तिने तर्फ रहेको पाईन्छ । अर्थात कार्यालय प्रमुृख त्यस्तै आधुनिक प्रकारका कर्मचारीहरुको प्रभावमा रहेको पाईन्छ । त्यस कारण उनिहरुले गरेको गल्ती प्रमुखले देख्दैनन । प्रमुख पनि उनिहरु सं्रगै बसेर गफिएको
पाईन्छ । धनि महिला द्धारा गरीब महिला हेपिनु आधुनिक महिलाद्धारा पारम्पारीक पद्धतीमा विश्वास गर्ने महिला हेपिनु,शिक्ष्ँित द्धारा अशिक्ष्ँित महिला हेपिनु , आपसी रिस डाह,ईश्र्या,आदि महिला वर्गमा धेरै पाईन्छ । गरीब चोर,तथा कुरुप भए बोक्सी भन्ने भावना पनि महिलामा प्रसस्तै पाइन्छ । घरमा नया दुलही भित्राउदा दाईजोको खोजविन गर्ने शासु नन्द,जेठानि,अमाजु पनि महिला नै हुन । जेठिबुहारी ले जति दाईजो नल्याए कान्छीलाई ताना सुनाउने , हेला गर्ने , धेरै काम गर्न लगाउने,वा दाईजो माग्नका लागि छोरालाई उक््साउने जस्ता सासु,नन्द,जेठानि,देउरानी,अमाजु के यीनि महिला हैनन र ? दाईजोका लागि छोरालाई उक्साउदा महिल प्रति महिला हिंसा हुन्छ कि हुदैन ? महिला नै प्रमुख रहेको कार्यालय वा सस्थामा धनि गरीब,आधुनीक,पारम्पारीक जस्ता विषयलाई आधार बनाएर फरक व्यवहार गर्ने महिलाले कुन जात माथी अन्या गरेका छन त ? के यो सोचनीय विषय होइन र ? विद्धान लेखकहरुको ध्यान यस तर्फ किन जादैन ? के जुन कार्यालयमा महिला प्रमुख हुन्छन ,र महिला नै कर्मचारीरहेका हुन्छन त्यहा पनि पीतृत्र सतात्मक सोचले काम गरेको हुन्छ ? तिजको मेला होस या पिकनिकको रमझम ,स्कुलको प्राङगढ होस वा कलेजको कोठा,कार्यालयको कार्यास्थल होस वा छरछिमेकको वातावरण सबै ठाउमा आर्थिक रुपले सम्पन्न महिलाद्धारा निम्न वर्गकी महिला हेपिएकि हुन्छन । के यीनी महिला हिंसाका रुप होईनन र ? यद्यपि यो विषय पुरुष वर्गमा पनि लागु हुन्छ । तर महिला जगतमा अत्याधीक चर्को हुन्छ । अर्को भाषामा यो त वर्ग सघर्ष हो पनि भन्न सकिन्छ । तर सजातिय उत्थान अर्थात महिला उत्थानमा महिला—महिल विचको वर्ग संघर्षले निम्न वर्गका महिला अशिक्षित महिला पारम्पारीक पद्धतिमा विश्वास गर्ने महिलाहरुलाई निकै पिडित पारेको छ । अनौपचारीक क्ष्ँेत्रमा कार्यरत महिला्हरु यस रोगबाट अधिक पिडित छन । झराभुट्ट गहना लगाएका आधुनिक पहिरन भएका कर्मचारीहरु प्रति कार्यालय प्रमुख धेरै लचक हुन्छन । तर पारम्पारीक पहिरन गर्ने र अलि सोझा साझा गरीब,जो धेरै गफिन जान्दैनन त्यस्ता महिला कर्मचारी महिला हाकिमहरु द्धारा नै हेपिएका हुन्छन । अलि धनि तथा आधुनिक प्रकारका कर्मचारीलाई खानदानी हुन भन्दै उनिहरुले गरेको अनियमिततालाइ प्रमुख द्धारा अनदेखि गरीन्छ । कमजोर वा पारम्पारीक पद्धती अपनाउनेलाई दोष दिईन्छ । घर भित्र होसा वा कार्यालयमा उल्लेखित विषय बाक्लै पाईन्छ । यस्तो व्यवहार महिला हिंसामा पर्छ कि पर्र्दैन ? प्रश्न छ विद्धान लेखकहरु संग ? महिलाको सहयोग विना महिला हिंसा हुनै सक्दैन । महिल ह्रिंसाका प्रत्येक घटनामा एउटी अर्की महिलाको भुमीका छ वा छैन कहि त्यो घटना महिला का कारणले नै घटेको त होईन ? भन्ने जस्ता विषय नकोट्टाई जरो नपहिल्याई एकहोरो पितृत्रु सतात्मक विचार भनेर पुरुष जगतलाई मात्रै दोषि देखाएर महिला हिंसाको अन्त्य हुनै सक्दैन । महिलाले नै महिलाको पिडा बुझदैन भने दोष कसको हुन्छ त ? आजको बढदो महंगिमा कार्यगरेर जिवन यापन गर्नु र घरबाट बाहिर निक्लन महिलाहरुका लागि पनि आवश्यक भएको छ । तर ठाउठाउमा विभिन्न कारण देखाउदै महिला द्धारा महिला ने हेपिनु सजातिय हिंसा हो  । साडी ब्लाउज लगाउने , साधारण चप्पल गलाउने,पाखे,उचा हिल लगाउने,सांघुरो जिन्स लगाउने,मिनिस्कट लगाउने,आधुनीक यही सोच छ समाजमा ।
आज मिनि स्कट लगाएका र जिन्स लगाएका पाका पुर्खाले धोती ब्लाउज लगाएका थिएन्न र ? आमा भन्ने पाखे,बाबा भन्ने पाखे,सासुलाई ढोग्नी,जेठाजुलाइ मान गर्नि देवरलाई बाबु भनेर सम्बोधन गर्नी जस्ता महिलालाई महिलाहरुले नै पाखे भनेर हेप्छन । जानि नजानि आयातित भाषा प्रयोग गर्नि जति आधुनिक भनेर सम्मान गर्नी चल्ती महिलाहरुमा धेरै छ। तर  हाम्रा विद्धान विचारक महिला हिंसाको मुल जराहरु नखोजिकन जरोमा प्रहार नगरीकन पुरुषवर्गलाई मात्रै महिला हिंसाको दोषि देखाएर आफनो विद्धता देखाएका हुन्छन । नाम र दामका लागि मात्रै कलम चलाउने विद्धान लेखक लेखिका हरुले यस तर्फ ध्यान पु¥याउनुपर्दैन र ? बास्तबमा ईमान्दारी पूर्वक महिला उत्थानमा लाग्नु छ भनि महिला हिंसाका सबै प्रमुख मुलहरुमाथी समान प्रहार गर्न जरुरी हुन्छ ।