January 09, 2014

बाबुराम प्रचण्ड ज्यु अलि धैर्यवान हुन सिक्नुस


केशब काफ्ले

धन्यवाद बाबुराम प्रचण्ड ज्यु तपाईहरुलाई धन्यवाद यस अर्थमा कि तपाईह्रुले आफनो पार्टीको सर्मनाक पराजय पश्चात अधैर्य भएर आवेगमा गरेको निर्णय सच्याउदै संविधान सभामा सम्मीलीत हुने निर्णय गर्नुभएको छ । तपाईहरुको अधैर्यता देखेर त स्वयम धैर्यताको पनि बांध फुटन सक्छ दिनभरी आमाको काखबाट दुर रहेको दुधेबालक बेलुका आमाको काखमा गएर आमाको स्तनपान गर्न अधैर्य भएझै अधैर्यहुन तपाईहरु जस्ता माहाना हस्तीलाई शोभा दिदैन  । हुन त तपाइहरु सत्ताका लागि अधैर्य भएर अतियार उठाउदा नै देशबासीहरुले दश वर्ष सम्म महान पिडा भोग्नु पर्ेको हो  । त्यो पिडाको ऐसास तपाईहरुलाई भोग्नु परेन । किन कि तपाइहरुले आफु आफना र आफन्त कोही गुमाउनु परेन । तपाईहरुको इच््छा पुर्ति गर्नको लागि पिडा भोग गर्न बाध्य भएका हजारौ पिडितहरुले पनि धैर्यता पुर्वक न्याय पर्खि बसेकै छन । तपाईहरुले सत्ता प्राप्तीका लागि धैर्य राखेर गोलिको भन्दा बोलीको बाटो लिईदिएको भए देशले र देशबासीहरुले १० वर्ष सम्म त्यो भयानक दर्दनाक पिडा भोग्नु पर्ने थिएन  । तिनि पिडायुक्त दिनहरु पनि तपाईहरुकै अधैर्यताको देन हो । धैर्यवान भएर गोलीको भन्दा बोलीको भाषामा आफनो पार्टीैको सिद्धान्त जनतालाई सम्झाउन सकेको भए देखि बैसालु दिदिबहिनीहरुको सिउंदोको सिन्दुर पुछिने थिएन । बुढेसकालका साहारा रुपि सन्तान गुमाउनु पर्ने पिडा पनि तपाईहरुलाई थाहा हुने कुरै भएन  । सत्ताको सिखरमा पुग्न तपाईहरु  अधैर्य भएर हतियारको भाषा बोल्दा धेरै बालबालीका टुहुरा भए् । तिनि टुहुराहरुले पनि धैर्य धारण गरेकै छन । धैर्य पुरुषको गहना हो । धैर्यता पूर्वक यात्रा गर्ने यात्रुले गन्तव्य अवस्य पाउछ । अधैर्य भएर सटकट  अपनाउदा कस्तो पिडा भोग गर्नुपर्छ भन्ने कुरा पिडित जनतालाई सोध्नुस । अधैर्यतामा दुर्घटनाको सम्भावना धेरै हुन्छ । प्रचण्ड ज्यु तपाई अधैर्य भएर  आफनो  ईच्छा पुर्ति गर्न चाहादा तपाईका चाहानामा धेरै चिहान बनेका छन । कृपया अब त  धेर्यवान बन्नुस । तपाइहरु जस्ता विद्धान तथा विख्यात व्यक्तिहरुले अधैर्य भएर जथाभावि बोल्दा धैर्यले पनि सर्म मानेको हुनुपर्छ । प्रचण्ड ज्युृ समयले एक पटक सबैलाई मौका दिन्छ । सो तपाईलाई पनि दिएकै हो । तर तपाई अधैर्य भएर रुकमागत कटुवाल रुपि विजुलीलाई झम्टन पुग्दा कटुवाल रुपि करेण्टले तपाईको मौका खोसि दियो । हुन त तपाईहरुलाइ मिठो मसिनो खानेबानी बसीसकेको छ मिठो खाइसेकेकालाई नमिठो भोजन रुचिकर हुदैन । तर सधै भरी मिठो भोजन उपलब्ध नहुन पनि सक्छ् मिठो मिठो भोजको व्यवस्था गर्न समय पनि लाग्छ । समयको नाम धैर्य हो । तपाइहरुले आफनो ईच्छा पुर्ति गर्नको लागि पिडित पारिएका द्धन्द्ध पिडितहरुले पनि धैर्यता पूर्वक न्यायको पर्खाईमा बसीरहेका छन । धैर्यताको  केही अंश उनिहरु संग उधारो माग्न सर्म मान्न पर्दैन । आफु भन्दा तल्लो वर्गमा उधारो माग्न सर्म लागे आफनै समकक्ष्ँि राजनितिक प्र्रतिद्धन्दी माधव नेपाल , झलनाथ खनाल,सुसील कोइराला अदिबाट धैर्यता उधारो माग्नुस । उनिहरु संग धेरै धैर्यता छ । उनिहरुले पनि परायज झेलेकै हुन धैर्यता पुर्वक समय पर्खेकेै हुन , धैर्यताको फल मिठो हुन्छ , धैर्यता अर्थात समय पुगेर पाकेको फल रसिलो पोसीलो बलिष्ट हुन्छ । अनि बाबुराम जि तपाई त झन विश्व विख्यात विद्धान मान्छे,तपाईलाइ त सिकाड्डो,काम्ब्रीज आदी विश्व विद्यालयबाट व्याख्यान दिन बोलाउछन अरे । तपाईका प्रतिद्धन्दी पार्टीका नेताहरुलाई त नौतुनाको स्कुलले पनि बोलाउदैन अरे । फेरी तपाइ जस्तो विद्धान मान्छे पनि अधैर्य भएर आफना नेता संगै बसेर किन प्रलाब गर्नुहुन्छ ? कमसेकम तपाईले त म आफनो विधाबारिदीको उपाधिलाई लज्जीत नगर्नुस । तपाई जस्तो विद्धानले जथाभावि प्रलापन गर्दा हामी जस्ता बुद्धिहीन विवेकहिन,दुखि , गरिब पिडितको अधिकारको हनन हुन जान्छ । यीन धेरै कुरा विगतका हुन वर्तमान समयमा पनि तपाइहरु अधैर्य भएर पर्लापन गर्दै हुनुहुन्छ । हामीले भने जस्तो नभए हामी संविधान सभामा जादैनौ सविधान बन्न दिदैनौ २०५२ वियुंताईदिन्छौ कहिले भनि हिम्मत भए हामीलाई पकडेर देखाउ भन्नुहुन्छ ? बाबुराम जि पूर्व राजा ज्ञानेन्द्र शाहलाई पनि ठूलै अभिमान थियो होला ? तर समयले उनिलाइ पनि छोडेन । ध्यान राख्नुस समय बलियोहुन्छ भोली कस्ले पो देखेको छ र ? पालो सबैको आउछ । तर ज्ञानेन्द्र शाहले पनि धैर्य धारण गरेकै छन । अहिले जनताले तपाईहरुर्लाइ नपत्याउनुका कारण छ ,माग्न जादा झोली तुम्बा,खाली लिएर जानु पर्छ  । तर तपााइहरु टन्नै भरिएको झोलि तुम्बा लिएर वायु यानमा सभार भएर माग्न् जानुभयो । जनताले मनन गरे वायु यानमा सवार भएर माग्न आउने  भोकै नाड्डै हुनै सक्दैन वायु यानमा चढेर माग्न आउने भोको भनेर कस्ले पत्याउने  ? अब पार माग्न जादा झोलि खाली गरेर जानुहोला । हुन त काठमान्डौका दयालु जनताले भोको ठानेर झोलि भरिदिएकै हुन । तर प्रचण्ड जि तपाई अधिर भएर जेपाई बोल्दै उनिहरुका सुकिला मुकिला लुगा खोस्न तिर लाग्नु भयो । देख्नु भयो त तपाईको बोलीका असर ? बुढा पाकाले भन्ने गर्दथे पहिला सोच पछि रोज पहिला तौल पछि  बोल तर तपाई पहिला बोल्नुहुन्छ पछि भेद खोल्नुहुन्छ । जनताहरुले पनि के गरुन ? एक पटक तपाइहरुलाई खोलो तारेकै हुन तर खोलो तरेपछि तपाईहरुले लौरो विर्सनु भयो । प्रचण्ड जि एकै पटकको पराजयले २०५२ वियुंताउछौ जंगल जन्छौ नभन्नुस । प्रचण्ड जि तपाई जय पराजय आत्तिनी तपाई  कस्तो प्रचण्ड पुरुष ? नाउको यथार्थ त कायम राख्नुुस । प्रचण्ड ज्यु मलाई पनि आफनी बुढीको साह्रै माया लाग्छ तर उ मोरी साह्रै रोगि  छ मैले सिड्डापुर जापान होईन आफनै जिल्लाको कुनै राम्रँे अस्पतालमा देखाउन सकेको छैन । म जस्तै हजारौ छन । मैले पनि धैर्य धारण गरेकै छु म जस्तै  ्हजारौ अरुले पनि धैर्य धारण गरेकै छन । तपाइ प्रचण्ड पुरुष अधैर्य किन ? प्रचण्ड ज्यु तपाईले कमसेकम आफनो नामको त अपमान नगर्नुस । हुन त नाउले पो के गर्छ र ? धनिको नाम गरिब दास ,  गरिबको नाम  धनिराम पनि हुने गर्दछ । तपाई नामको धनि भए पनि धैर्यताको गरिब हुनुहुदो रहेछ । धैर्यता आफैमा औषधि हो , धैर्य राख्नुस तपाईको घाउ निको हुदै जान्छ । घाउ लागेको बेलामा धेरै उर्फदा घाउ विग्रन सक्छ । ध्यान राख्नु पर्छ ।
जोसमा होस न गुमाउनु प्रतिकुल समयमा धैर्यता नगुमाउनु बस्नु पाउ भन्दैमा ठस्स नबस्नु , बोल्न पाए भन्दैमा प्याच्च नबोल्नु भन्थे बुढा पाकाले । तर तपाईले बुढा पाकाको संगत गर्न भ्याउनु भएन होला ? अहिले जनताले समय दिएका छन सदुपयोग गर्नुस प्रचण्ड ज्यु । निमको विरुवा रोपेर आप फल्दैन प्रचण्ड ज्यू अब आप रोप्नुस समय लाग्छ धैर्य राख्नु आफै फल्छ । बाबुराम जि तपाईको विद्धावारीधिको उपाधिले आज सम्म देश र देश बासीलाई केही दिन सकेको छैन तपाईले जहाबाट उपाधी लिनुभएको हो उहि काम लाग्छ की ? किन कि नेपालका जनताले त तपाईको विद्धताको परिक्षा लिईसकेका छन । यदी चुनावमा धाधली गरेर षडयन्त्र गरेर हराएको भए यत्रो यत्रो देशी विदेशी षणयन्त्रको गन्ध सुंघन सक्ने पुर्व अनुमान लगाउन नसक्ने तपाई कस्तो विद्धान ? आगो बोल्नु भन्दा पहिला धुवा अवस्य पनि निस्कन्छ त्यस कारण पर्लाब नगर्नुस सरकारमा सहयोगि बन्नुस फेरीबाट जनता नतर्साउनुस ,  धैर्यता राख्नुस,समय पर्खनुस,समय कसैको हुदैन पर्खि बस्नुस ।

No comments:

Post a Comment