नेपालमा हुदै गरेको चिकित्सा प्रगतिको लाभ
निर्धन वर्गले पाउने कि नपाउने ?
केशब काफ्ले
नेपालममा बितेको १ दशकमा चिकित्साको क्षेत्रका उल्लेखनिय प्रगति भएको छ । आज नेपालमा नेपाली चिकित्सकहरु द्धारा नै जटिल प्रकारका शल्यक्रियाहरु सफलता पूर्वक सम्पन्न गरिएका समाचारहरु प्रचारमा आउने गरेका छन । नेपालका प्राय ठूला शहरहरुमा आधुनीक उपकरण युक्त सुविधा सम्पन्न चिकित्सालयहरु खुल्ने क्रम पनि जारी छ । हिजोको तुलनामा आज नेपालले चिकित्सका क्षेत्रमा ठूलै फडको मारेको छ । तर चिकित्सा क्ष्ँेत्रमा यसरी उल्लेखनिय प्रगति भएता पनि यसको दायरा भने सिमित रहेको छ । चिकित्सालयहरु सर्वसुलभ हुदैजा“दा चिकित्सा भने सर्वसुलभ हुन सकेको छैन । यसरी शहरदर शहर खुल्दै गरेका निजि चिकित्सालयहरु सम्म गरिब सर्वसाधारहणहरुको पहु“च हु“दैन । चिकित्सालयहरु सर्वसुलभ हुदैजादा चिकिसा भने सिमित वर्गमा सिमित हुदै गएको अवस्थालाई कसैले नकार्न सक्दैन । नेपालले चिकित्सा क्ष्ँेत्रमा गरेको उल्लेखनिय प्रगतिको लाभ उच्च धनाठय वर्गमा मात्रै सिमित छ भन्दा अनर्थ नहोला । नेपालमा निजि क्ष्ँेत्रबाट खुल्दै गरेका चिकित्सालयहरु उच्च धनाठय वर्गलाई लक्ष्ति गरेर धन कमाउने उद्देश्यका साथ खोलीएका छन । भाषण वाजी र प्रचार प्रसारमा आफुहरुलाई ुसेवा मुखि बताउने चिकित्सालयहरु सरकारलाई थोरै कर तिर्ने, ठूला व्यापारीक प्रतिष्ठानहरु हुन भन्दा कति पनि फरक पर्दैन । नेपाल सरकारको स्वामित्वमा रहेका चिकित्सालहरु नै सेवा मुखि छैनन । चिकित्सालयमा कार्यरत चिकित्सक कर्मचारीहरु सेवा मुखि छैनन । फेरी निजि क्षेत्रबाट जनताले के आशा गर्नु ? नेपालले चिकित्सा क्ष्ँेत्रमा जति उन्नती प्रगति गरेपनि निम्न वर्गले त्यस प्रगतिको लाभ पाएका छैनन । यो एउट कटु सत्य हो । यदी कुनै निर्धन व्यक्तिले उपचार नपाएर मनुृ पर्छ भने नेपालमा हुदै गरेको चिकित्सा प्रगतिको के अर्थरहन्छ त ? यदी कुनै गरिब लाई कुनै जटिल रोग लागेमा उसले मृत्युको कामना गर्र्दै मृत्युको बाटो हेरे हुने अवस्था छ हाम्रो नेपालमा जटील रोगका त कुरै पर गए । यहा त चिकित्सकको भाषामा साधारण भनिएको रोगहरुको उपचारका पनि पहुच हुदैन निर्धन व्यक्तिको । निजि चिकित्सालयहरुका त कुरै नगरौं सरकारको स्वामित्वमा रहेका तथा चिकित्सा सुविधा उपलब्ध रहेका चिकित्सालयहरुमा पनि गरिबको दाल गल्दैन । तिनि चिकित्सालयहरुमा पनि पहुंचका आधारमा मात्रै उपचार हुने गर्दछ । पद तथा पहुचको बलमा गरिबको हक सरासर मारिएको आखाले देख्न पाईन्छ । नेपालका चिकित्सक तथा चिकित्सालयहरु कति सम्म समवेदना हिन छन भने , उनिहरुले लासको पनि व्यापार गर्नबाट पछि पर्र्दैनन । यका तिरको दुखाई एकातिको सेकाई , एकातिरको आधी एकातिरको झोलुंगो भनेझैं रोगको पहिचान नै नगरी कन वर्षेै सम्म महंगो दबाई खुवाई० रहेर अवस्था गम्भीर भएपछि मात्रै अनेत्र पठाई दिने चिकित्साल र चिकित्सकहरुको कमी छैन नेपालमा । शिक्ष्ाँ तथा स्वास्थ्य सबैले पाउनुपर्छ भन्ने विश्वव्यापि मान्यताको उपहास हुने गरेको छ नेपालमा । नेपालको स्वास्थ्य सेवा पद ,पहुंच र पैसाको दायरा भित्र खुम्चीएको छ । कौवालाई वेल पाकेर के को हर्ष हुनु फोर्न सक्दैन । नेपालमा चिकित्ुसाको क्रान्ति नै भएपनि के को हर्ष हुनु उपचार पाईदैन ।
वर्षेनि करोडौं करोड कमाउने गरेका निजि चिकित्सालयहरुले वर्षमा एक नजा पनि गरिबको उपचार निशुल्क अथवा सहुलीयतमा गदैनन । सरकारको स्वामीत्वमा रहेका चिकित्सालयहरुको ध्यान जनतालाई सेवामुखि स्वास्थ्य प्रदान गनुृमा भन्दा भ्रष्टचार अनियमितता गर्नुमा गएको हुन्छ । गरिबकालागि भनेर सरकारले विनियोजित गरेको व्यवस्थाको लाभ पनि पद र पहुंचको बलमा उच्च वर्गले नै लिएके हुन्छ । अब गरिबले कहाबाट ल्याउने पहुच कसको पदको उपयोग गर्नु ? पहुच भए त गरिब गरिबनै हुदैन नि ? फेरी देश भित्र हुने गरेको यस चिकित्सा प्रगतिको के अर्थ छ त ? नेपालका चिकित्सालयहरु तथा चिकित्सकहरुको दृष्टीमा गरीब वर्गको जिवनको कुनै मूल्य छैन । उनका लागि धन सम्पत्ति नै सर्वोपरी रहेको हुन्छ । नेपालका चिकित्सकहरुमा मानवीय समवेदना पाईदैन । उनिहरुका लागि रोग लागेर चिकित्सालयहरुमा पुग्ने व्यक्ति मानौ सुनको अण्डा दिने कुखुरा जस्तै हो । यो नेपालको चिकित्सा क्ष्ँेत्रको तितो सत्य हो । मानविय जिवनको मूल्य गरिबको पनि उत्तिकै हुन्छ । जिउने अधिकार पनि उत्तिकै हुन्छ । तर चिकित्सक र चिकित्सालयहरु खोलेर बसेका सञ्चालकहरुका दृष्टिमा जिउने अधिकार उच्च धनाठय वर्गलाई मात्रै छ । यस्तो अवस्था आखिर कहिले सम्म ? गरिबको पहुं्रच चिकित्सालय सम्म पुगेर हुदैन । चिकित्सा सम्म पहुंच हुनुपर्दछ । औषधि उपचार सम्म पहुच हुनु पर्छ । तर आज नेपालका निर्धन व्यक्तिलाई रोग लागेको ज्ञान हुदा हुदै पनि उपचार गर्न गराउन नसकेर मृत्यु वरण गर्न पर्ने अवस्था बाकी नै छ । विष खाएर मर्नु पासो लागेर मर्नुृ,आत्म हत्या हो भने , रोगको उपचार गर्न गराउन नसकेर जानजानै मर्न पर्नि अवस्थालाई कुन हत्याको श्रेणीमा राख्न पर्छ ? कुन अपराधको श्रेणीमा राख्न पर्छ ? प्रश्न छ सरकार तथा चिकित्सा जगत संग ।
यही समाजको एउटा अंगले चिकित्सा रुपि व्यापार गरेर करोडौं करोड काउने र यही समाजको अर्को अंगले उपचार नपाएर मर्नु के यही हो मानवता ? के यही हो मानव अधिकार ? नेपालको चिकित्सा जगतको वास्तवीकता भुक्त भोगि व्यक्तिलाई थाहा हुने गरेको छ । कुनै पनि चिकित्सालयहरुमा निम्न वर्गको सहज पहुंच भएको र उपचार भएको पाइदैन । शिक्षा तथा स्वास्थ्य सर्वसुलभ हुनुपर्दछ , औषधि उपचार नपाएर कोही नमरुन, शिक्षा भन्दा पनि अझै स्वास्थ्यलाई प्राथमीकता दिईयोस देशमा संविधान निर्माणको कार्य जारी छ । बन्दै गरेको संविधानमा सवै तहका जनताले आवश्यक स्वस्थ्य सुविधा पाउने व्यवस्था गरियोस । गरिब जनताको ह्दयमा पनि चिकित्सकहरुको मान यथावत रहोस । चिकित्सक तथा चिकित्सालय प्रति गरिबका ह्दयमा घृणा उत्पन्न हुने अवस्था नआवस । देशका नेताहरु तथा चिकित्सा क्षेत्रका सम्पूर्ण पेशा कर्मीहरुको ध्यान यस तर्फ पुगोस ।

No comments:
Post a Comment