March 09, 2014

एमालेको आसन्न महाधिबेशनबाट गुटबन्दी अन्त्य होस्







केशब काफ्ले

नेपालमा योग्य व्यक्ति तथा क्षमतावान व्यक्तिले अवसर पाउ“दैनन् भन्ने विषय खासै नया“ होइन । अनेक प्रकारका संघर्ष गरेर आफुभित्र योग्यता र
क्ष्ँमताको विकास गरेर पनि क्षमता र योग्यताको उपयोग गर्ने अवसर र स्थान नपाएर जीवनदेखि नै हार खाई ओंठ मुख सुकाएर भौतारिंदै हिंडेका धेरैजना हामीले देखेका छौं । आफुसं“ग योग्यता र क्षमता हु“दा हु“दै पनि आफ्नो देशमा कुनै अवसर नपाएर विदेश तर्फ लाग्न बाध्य भएका युवायुवतीको संख्या ठूलै छ । यो नेपाल देश हो । यहा““ योग्यताको कदर ह“ुदैन । यहा““ योग्यताले मात्रै काम चल्दैन । यहा““ क्ष्ँमता र योग्यताको कुनै काम आउ“दैन । यहा““ योग्य व्यक्तिले अवसर पाउ“दैन । यहा“ अवसर पाउनको लागि योग्यता होइन की सोर्ष चाहिन्छ, फोर्स चाहिन्छ । दाम चाहिन्छ, गुट चाहिन्छ सोर्ष÷फोर्स या धन खर्च गर्न सके यहा“ अवसर पाउनको लागि योग्यता चाहिंदैन । योग्यताले काम पाइ“दैन । यो नेपालको शासन व्यवस्थादेखि सामाजिक व्यवस्थासम्म गहिरो जरो गाडेको असाद्धे रोग हो । यस रोगको कुनै औषधि पाइ“दैन । उपचार छैन । नेपालमा फैलिएको यस असाद्धे रोगले नेपालको राजनीति पनि अछुतो छैन । राजनीतिक पार्टीभित्र पनि यो रोग फैलिएर जरो गाडि सकेको रोग हो यो । के पञ्चायती व्यवस्था, के लोकतान्त्रिक व्यवस्था, के गणतान्त्रिक व्यवस्था कुनै फरक पर्दैन ।
राजनीतिक पार्टी भित्र पनि योग्य व्यक्तिले अवसर पाउ“दैनन् । जनतालाई केही गरेर देखाउने अवसर पाउ“दैनन् । योग्य व्यक्तिको राजनीतिक पार्टी भित्र पनि कदर हु“दैन । जनताको पिर मर्का बुझ्ने नेताको पार्टीले कदर गर्दैन । सिडिओ पिट्ने, एलडिओ चुट्ने, राहदानी बेच्ने, देशको भारी बोकेको बाकस फोर्ने जस्ताले बरु अवसर पाए भने आश्चर्य मान्नु नपर्ला  ।  देशलाई विद्युत् पीडा, पानी पीडा, ईन्धन पीडा, सडक पीडाबाट मुक्त पार्छु भन्ने व्यक्तिले अवसर पाए भने आश्चर्य मान्नु पर्छ । राजनीतिक पार्टी भित्र हुने गरेका चरम गुटबाजिका कारण योग्य तथा क्ष्ँमतावान् नेताले पनि अवसर पाउंदा रहेनछन् भन्ने प्रभाणित भैसकेको छ ।
आफ्नो छोटो कार्यकालमै जनमानसमा आफ्नो नाम अंकित गर्न सफल भएका गुल्मी क्ष्ँेत्र नं ३ का जनताका नेता तथा सबै विद्युत् पीडितका नेता अहिले ओझेलमा परेका छन् भन्दा अनर्थ नहोला । गुल्मी जिल्लाको क्ष्ँेत्र नंं ३ का जनताले जुन उद्देश्य पूर्तिका लागि योग्य व्यक्तिको चयन गरेका थिए  तिनी क्षमतावान ईच्छा शक्तिका धनी गोकर्ण विष्ट अहिले ओझेलमा परेको सबैले महशुस गरेका छन् । उनलाई के कति कारण ले ओझेलमा पारियो त्यो कारण जनताले जान्न चाहेका छन् । मलाई लाग्छ–अहिलेको सरकारमा विष्टलाई पठाइनु पर्दथ्यो । उनलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दि“दा के फरक पर्दथ्यो र ?  जनताले जुन आशा र उद्देश्य पुर्तिका लागि व्यक्ति चयन गरेका थिए त्यही व्यक्तिलाई अवसर नदिनु भनेको सरासर जनतासं“ग बेइमानी गर्नु हो । सरासर जनमतको अपमान हो । यसलाई नेपाली राजनीतिको विडम्बना पनि भन्न सकिन्छ । यस पंक्तिकारले पूर्व उर्जा मन्त्री विष्टलाई व्यक्तिगत रुपमा चिनेको छैन । नेपालका ९८ प्रतिशत जनताले पनि उनलाई चिनेका छैनन् । तर उनको नाम नेपालमा ९८ प्रतिशत जनतालाई आज पनि याद छ । यो कसरी सम्भव भयो ? भन्ने विषय यहा““ उल्लेख गर्नु नपर्ला । ९८ प्रतिशत जनताको मनमष्तिस्कमा आफ्नो छाप बसाल्न सफल भएका नेतालाई पुनः अवसर नदिएर जनतासं“ग बेइमानी गरिएको छ भन्ने मेरो व्यक्तिगत धारणा छ । यहा“ प्रश्न उठेको छ कि एमालेले गोकर्ण विष्टलाई मन्त्री पदमा सिफारीस किन गरेन ? प्रश्न यो होइन कि राधा ज्ञवालीलाई उर्जा मन्त्री किन दिईयो ? ज्ञवाली पक्कै पनि मन्त्रीका लागि योग्य व्यक्ति हुनुहुन्छ । नेतृ ज्ञवालीलाई मन्त्री बनाइएको प्रति मेरो आपत्ति होइन । मैले भन्न खोजेको त गोकर्ण विष्टलाई मन्त्री बनाएर उहा“ले सुरु गरेका कामलाई निरन्तरता दिएको भए हुन्थ्यो भन्ने हो । विष्टस“गै विद्युत् पीडित जनताले ठुलै आशा राखेका छन्, हुन सक्छ कि भोलिका दिनमा राधा ज्ञवालीले गोकर्ण विष्टले भन्दा पनि राम्रो गरेर देखाउनु होला । अहिले नै उहा“माथि शंका गर्ने ठाउ“ छैन । उहा“को इच्छा शक्ति योग्यता र कर्मठता हेर्न बा“की नै छ । तर गोकर्ण विष्टले त आफ्नो योग्यता र क्षमता जनता सामु सिद्ध गरिसकेका थिए । सा“च्चै भन्दा आज विद्युत्को पीडा भोगिरहेका जनताले उनलाई याद गरिरहेका छन् । एमाले सरकारमा जा“दा उर्जा मन्त्रालय विष्टलाई दिने कुरामा धेरै नेपाली आशावादी थिए । तर विडम्बना त्यस्तो भएन ।
नेपालको सबै क्ष्ँेत्र अस्तव्यस्त छन् । गोकर्ण विष्ट जस्ता ईच्छा शक्तिका धनी व्यक्तिलाई जुनै मन्त्रालय दिएको भए पनि जनताले राहतको अनुभुति अवश्य गर्ने थिए होलान् । यदी गोकर्ण विष्टले आफै मन्त्री पद लिन नचाहेको भने पनि यो विष्टको जनताप्रति विश्वासघात हो । यदी त्यस्तो होइन र एमालेले उनलाई फेरि अवसर नदिएको हो भने यो एमालेको जनताप्रति विश्वासघात हो । राजनीतिक पार्टीको आन्तरिक संघर्ष तथा गुटबाजिको सजाय जनतालाई दिनु भनेको जनद्रोह हो । जनताले चाहदा चाहदै पनि गोकर्ण विष्ट ओझेलमा परेका छन् । उनी के कति कारणले ओझेलमा परेका हुन् यो जन्न चाहिरेका छन् जनताले । किनकि उनले जनहित र राष्ट्रहितको केही कार्य गरेर देखाएका थिए । गुटबाजिकै कारणले गर्दा विष्ट ओझेमा परेका हुन् भने एमालेका नेताहरुले देशका जनतास“ंग ठूलै धोका गरेका छन् ।
जनद्रोही कार्य गर्ने पार्टीको हविगत कस्तो हुन्छ भनेर हेर्न धेरै टाढा जाुन पर्दैन । योग्य व्यक्तिहरुले अवसर नपाउने बिमारीले गर्दा नै आजसम्म नेपाल पुच्छारमै रहेको छ । देश र देशबासिहरुका लागि केही गर्छु भन्ने व्यक्तिले अवसर नपाउनु भनेको दुःखको कुरा हो । एमाले पार्टी भित्र चरम गुटबाजिकै कारण एउटा योग्य व्यक्तिलाई अवसर नदिएको हो भने जनताले एमालेलाई क्षमा गर्ने छैनन् । यो कुरा पार्टीले राम्रैस“ंग मनन् गरे हुन्छ । आखिरी के बाध्यता थियो ? आखिरी कस्को दबाब थियो ? आन्तरिक दबाब हो की, बाहिरी दबाब हो ? किन र कुन कारणले गर्दा योग्य व्यक्तिले अवसर पाएनन् ? यसको जवाफ दिनैपर्छ, एमाले पार्टीले । बाहिरी दबाब पनि हुन सक्छ किन कि लोडसेडिड्डबाट केही व्यक्ति वा समुहलाई फाईदा पनि हुने गर्दछ । तर जे होस् गोकर्ण विष्टलाई मन्त्री पद नदिएकोमा जनता निरास छन् । उनलाई जुनै मन्त्रालय दिएको भए पनि त्यसमा सुधार हुने थियो । र त्यस मन्त्रालय अन्तगर्तमा पर्ने कार्यमा जनताले राहत पाउने थिए । अपेक्ष्ाँ गरौं कि एमाले पार्टीले जनचाहनाको कदर गर्ने छ, भुल सुधार गर्ने छ, योग्यताको कदर गर्ने छ, योग्य व्यक्ति वा नेतालाई अवसर दिने छ, जनताद्वारा अनुमोदित व्यक्तिलाई अवसर दिने छ ।

No comments:

Post a Comment