April 01, 2014

निजीकरणको बाटो हुदै शिखर सम्म पुग्न सकिन्छ

निजीकरणको बाटो हुदै शिखर सम्म पुग्न सकिन्छ

केशब काफले

भारतीय प्रधानमन्त्री पिवि नरसिंह रावले निजीकरण तथा आर्थिक उदारी करणको निति लिंदा त्यस बेला उनको व्यापक निन्दा भएको थियो । तर कालान्तरमा उनको त्यो निति ठिक रहेछ भन्ने प्रमाणीत भयो । र उनि पछिका सबै शासकहरुले पनि त्यस नितिलाई निरन्तरता दिंदै गएर आज भारतको उन्नतीको मार्गमा निरन्तर अग्रसर भएको छ । तर नेपालमा भने निजिकरणको नाम मात्रैले कर्मचारी तन्त्रमा खैला बैला मच्चाउने गर्दछ । विश्का प्राय विकशित तथा विकासील देशहरुले निजिकरणमा विशेष उदारता देखाएका छन । त्यस्ता देशहरुलाइ आशा अनुरुप लाभ पनि भएको छ । त्यस्ता देशहरुलाई पूर्ण ज्ञान भैसकेको छ कि निजीकरण नै देश विकास तथा आर्थिक उन्नतीको सहज तथा उपयुक्त बाटो हो । निजिकरण देशमा निजिकरण पश्चात राजश्वमा भारी वृद्धि भएको कुरा स्वीकारछन त्यहाका अर्थविदहरुले । नेपालमा भने सरकारका स्वामीत्वमा रहेका ठूला ठूला प्रतिष्ठानहरु या त बन्दभएका छन याफेरी भारी घाटामा मृत प्राय अवस्थामा रहेका छन । सरकार द्धारा सञ्चालीत कयौ प्रतिष्ठानहरु भारी घाटामा चल्ने गरेका छन । नेपाल सरकारले पनि विश्व व्यापि मान्यता अपनाउंदै निजिकरणलाइ पूर्ण मान्ता दिएको भए आज नेपाल पनि माथिल्लो ठाउमा देखिने थियो । अर्थिक उदार नितिका साथमा व्यापक निजिकरणको बाटो नलिए सम्म नेपालको अवस्थामा सुधार आउंदैन यो धु्रव सत्य हो । सरकारका स्वामीत्वमा रहेका घाटा मुलक प्रतिष्ठानहरु तत्काल निजी क्षेत्रलाई सुम्पीनु पर्छ । सरकार संग लगानी गर्ने पुंजि छैन, जुन प्रतिष्ठानहरुमा सरकारी लगानी लागको छ, तिनले त्यसै प्रतिष्ठानका कर्मचारी पाल्दा ठिक्कै भएको छ । कतिपय प्रतिष्ठानहरुले त आफनै कर्मचारीहरु पनि पाल्न सकिरहेका छैनन । फेरी पनि नेपाल सरकारको प्रतिष्ठान भनेर लेखिरहनुको के अर्थ छ त ? सरकारले आर्थिक उदारीकरणको निति अवलम्बन गरेर निजिकरण तर्फ ध्यान दिनै पर्छ । नेपालका औद्यँेगिक घरानाहरु ंसंग पूजिको कमी भए विदेशी लगानी कर्ताहरुलाई आकर्षित गर्नुपर्छ । उनिहरुलाइ उद्यँेग धन्दा सञ्चालन गर्न उचित वातावरण तयार गरिदीनु पर्छ । यदि लगानी कर्तालाइ लगानीको उचित वातावरण र शान्ति सुरक्ष्ाँको ग्यारेण्टी हुन्छ भने, नेपालको उन्नतीमा समय लाग्दैन ।
ठोस निति र इच्छा शक्ति बिना प्रगति हुनै सक्तैन । केही बुद्धि जिवीहरुको भनाईमा निजिकरण पुजिवादको बाटो हो । तर त्यो पूर्ण सत्य होईन । यहा प्रश्न पूजिवादको होइन प्रश्न देश विकासको हो । प्रश्न उन्नतीको हो । प्रश्न रोजगार वा स्वरोजगारको हो । निजीकरण र वैदेशीक लगानी मात्रै रोजगारीका अवसर दिन सक्छ । सरकार तथा सरकारी कर्मचारीका भरमा त आगामी दशकौ वर्ष सम्म पनि अवस्था यस्तै रही रहन्छ । सरकारका स्वामीत्वमा रहेका प्रतिष्ठानहरु र त्यहाका कर्मचारीहरुले कति सम्मभ लुट मच्चाएका छन भन्नी प्रमाण खोज्न अन्त कही जाने पर्दैन , र निजीकरणले कति छिटो प्रगती हुन्छ  भन्ने प्रमाण खोज्न पनि टाढा जानु पर्दैन । एउटै समयमा स्थापना भएका सरकारी स्कुल,सरकारी क्याम्पस,अस्पतालहरु र निजि क्षेत्रका स्कुल क्यामपस, अस्पतालहरुको अवस्था हेरे पुग्छ । निजी क्ष्ँेत्र कहा पुगेका छन, र सरकारी क्ष्ँेत्र कहा छन ? निजी क्ष्ँेत्रहरुले तिनै प्रतिष्ठानका आम्दानीले आफना प्रतिष्ठानहरुलाई शिखरमा पु¥याएका छन । तर सरकारी प्रतिष्ठानहरुले भने बित्ता भर उन्नती गर्न सकेका छैनन । विश्का विकसीत तथा विकाससील देशहरुले निजीकरणको माध्यमबाटै प्रगति गरीरहेका छन । वैदेशीक लगानी र व्यापक निजीकरण नभए सम्म प्रचुर रोजगारीको सृजना हुनै सक्दैन । नेपालमा वैदेशीक लगानी भित्राउन कुनै कठीन समस्या होइन , नेपालको हावा पानी यहाको प्राकृतीक छटा तथा सस्तो श्रमबजार सबैलै वैदेशीक लगानी कर्तालाई आकर्षित गर्दछन । त्यस कारण नेपालमा पनि वर्षेनी घाटा देखाएर आफूहरुले बोनस बांड्ने सरकारी प्रतिष्ठानहरुलाइ कर्मचारीहरुको विरोधको प्रवाह नगरीकन तत्काल निजी क्ष्ँेत्रलाई  सुम्पीनु पर्दछ । अन्यथा धेरै अबेर भैसक्ने छ । आफना प्रतिष्ठानहरुलाई सधै घाटामा रहन बाध्य पार्ने सरकारी कर्मचारीहरुको बोझा आखिरी कहिले सम्म निर्धन तथा बेरोजगार जनतालाई बोकाई रहने ? सरकारका स्वामीत्वमा रहेका घाटा मुलक प्रतिष्ठानहरु कित तुरुन्त बन्द गरिनुपर्दछ, कि त निजी क्ष्ँेत्रलाई सुम्पीनु पर्दछ । आइपरेको प्रण संकट देखेर उडन पर्नेमा आखा चिम्लने परेवाको जस्तो कार्यले देशमा परिवर्तन आउनै सक्दैन । जती क्रान्ति सम्पन्न भए पनि क्रान्तिको उद्देश्य प्राप्त हुदैन । देश विकास र नया रोजगारको सृजना गर्नको लागि ओद्यँेगिक क्रान्ति हुुनुपर्दछ । औद्योगीक क्रान्तिका लागि सरल निजिकरणको निति अपनाउनु पर्दछ । आज नेपाल विश्वमा सर्वाधिक श्रम निर्यात गर्ने देशको रुपमा चिनिन्छ । यदी नेपाललाई श्रम निर्यात होइन की श्रम आयात गर्ने देशमा परिणत गर्नु छ भने, माध्यम निजिकरण र वैदेशीक लगानी मात्रै हो । अन्यथा देश सधै भरी युवा तथा श्रम शक्ति निर्यातक बनिरहेने छ ।
यस पंक्तिकारको निजि विचारमा त स्कुल देखी अस्पताल सरक देखी सडक तेल देखी जेल सम्मको पनि निजी करण हुनुपर्दछ । सरकारी कर्मचारी र सरकारी बाटो को माध्यमबाट त शिखर त के एक ठिस्कुलो पनि चढन सकिंदैन । किन की सरकारका कर्मचारीले देश हितमा भन्दा समाहितमा भन्दा निजि हित मा ध्यान दिने गर्दछन । निजी हित नै उनिहरुको राष्ट्रसेवा हो । ‘सरकारी काम कमाउनु पर्छ दाम ’ सरकारी काम कहिले जाला घामजाला त सरकारको आउला त परिवारको यो विषेशता हो सरकारी कर्मचारीहरुको । के यस्ता विषेशताका साथ शिखर चढन सकिन्छ त ? आयल निगम तथा आन्य त्यस्तै भ्रष्टचारका नमुना बनीरहेका प्रतिष्ठानहरु जसले प्रतिवर्ष करोडौ रुपयाको घाटा देखाउंदै मूल्य वृद्धि गरेर गरिब जनताको ढाड सेक्ने गरेका छन । त्यस्ता प्रतिष्ठानहरु पनि पूर्ण निजीकरणको नितिका साथ निजी क्ष्ँेत्रलाई सुम्मीपुन पर्दछ । प्रतिष्ठान बोझामा बोनस गोजामा गर्ने गरेर शिखर चढींदैन । निजी क्ष्ँेत्रको बजारु मुल्य पतिसप्रधा नै उपभोक्ता बीच स्थीर मूल्यको आधार हो । उदार आर्थीक निति निजी उद्यमीलाइ प्रत्सान निजीकरण तथा वैदेशीक लगानीको बाटो हुंदै शिखर चढन सकिन्छ । र तब मात्रै स्वीजरल्याण्को सपना साकार हुन सक्छ । नेपाल सरकारले अभिलम्ब निजीकरण तर्फ ध्यान पु¥याउनु पर्छ अन्यथा अबेर भैसक्ने छ ।

No comments:

Post a Comment