April 26, 2014

मानवको विकास कार्य नै एक दिन पूर्ण विनाशको कारण बन्ने छ

मानवको विकास कार्य नै एक दिन पूर्ण विनाशको कारण बन्ने छ

केशब काफ्ले

आदी मानवदेखि पूर्ण मावनसम्मको यस महायात्रामा यस मनुष्य नाम गरेको प्राणीले आफ्नो जात र आफ्नो आवश्यकताको अकल्पनीय विकास गरेको छ । जुन विषय वस्तु मानवका लागि कल्पना गर्नसम्म पनि कठिन हुने गर्दथ्यो त्यसता विषय वस्तु आज मानव हात र मष्तिस्कका खेलौना बनेका छन् । प्रकृतिको देन भन्दा अगल हटेर नित्य नया“ खोज नया“ अनुसन्धान नया“ प्राप्ति फेरि पनि यो मानव अतृत्त छ । अझै तृत भएको देखिदैन यो मानव जात । मनुष्यको तृष्णा अब कहा“ पुगेर तृत हुने हो त्यसको कुनै ओर छोर देखिदैन ।यो मानव जातको प्राणी कहिले पनि प्रकृति प्रद्धत्त साधनबाट सन्तुष्ट हुन र रहन सकेन् । यदी सन्तुष्ट रहेको भए सम्भवत आज यो उचाई प्राप्त गर्ने पनि थिएन् होला यो मनुष्य जातले । यो मानव जातले विकाशको नय“ा नया“ उचाई प्रँप्त गर्दै जा“दा आफू सहित सम्पूर्ण सृष्टीलाई नै विनाशको मुहानमा पु¥याएको अनुभूती गर्न सकेको छैन् । पाषाण युगको जंगली मानवदेखि आधुनीका युगसम्मको महायात्रामा यस मानवले पैदल यात्रादेखि बयल गाडि मोटर वाहान रेलगाडि हवाईजहाज पानी जहाज हु“दै रकेट सम्मको यात्राले पनि अझै यो मानव सुखि र सन्तुष्ट हुन सकेको छैन । पृथ्वीको समुन्द्री महासागर  देखि अन्तरिक्ष तर्फ चन्द्र सुर्य मंगल शुक्र आदी नौ ग्रह सबेै आज यस मानवको मुठिमा कैद हुदा पनि यस मानवको लालच र इच्छाको अन्त देखिदैन । तर मानव जातिले आफुलाई सुखीर भौतिक सुखसाधन सम्पन्न गर्नका लागि गर्दै गरेको यही महाविकास नै अन्ततःमानव जात समेत यस पृथ्वीका सम्पूर्ण प्राणी जगतलाई नै नष्ट गर्ने छ । यस विषयमा थोरै पनि शंका गर्न पर्दैन । यस महा बुद्धिमा नै मनुष्यले गरेको यो महाविकास पूर्ण रुपमा विनाश मुखि छन भन्दा अनर्थ हुदैन । मावनको यस विकासको गतिले प्रकृतिलाई नै चुनौती दिएको छ । यहा“ सम्म की प्रकृति प्रद्धत्त सुष्टीलाई नै गम्भीर चुनौती दिएको छ । यो गम्भीर चिन्ताको विषय हो । मानवद्धारा गर्दै गरेको यस माहाविकासका विनासहरु अब देखिन थालेका छन । प्रकृतिले बेला बखत आफ्नो रौद्र रुप देखाउन थालेको छ । मानवको यस विकासले भुमण्डलको प्रयावरणीय वातावराण्लाई गम्भीर रुपमा आहात पारेको छ । फल स्वरुप खडेरीको मौसममा बाढि आउं“छ अटल हिमालय हिउ पहिरोको रुपमा पतन ह“ुदैछ  । जसले पटक पटक जनधनको क्षति गरेको छ । असमयमै अति वृष्टी, अनावृष्टी, असिना वृष्टि, अम्ल वृष्टी, भिषण आधि, तुफान, सुनामी, अत्याधीक उच्च तापाक्रम, अत्याधिक निम्न तापाक्रम, भु स्खलन यस्ता प्राकृतिक विपतामा मानवले गर्दै गरेको यस माहाविकासको मुख्य भूमीका रहेको कुरा विज्ञहरुले बताउ“दै आएका छन् । तर यो प्रणी जगतको सर्व श्रेष्ठ प्रँणी मनुष्य भनि चेतन तयार देखिदैन । मानवलागि परेको छ नया“ खोजमा । लागि परेको छ प्रकृति भित्र घुस्न । लागि परेको छ प्राकृतिक सुख भित्र अप्राकृतिक सुखको खोजिमा । सुखकै खोजिमा वस्तीहरु शहर केन्द्रित हुदै गएका छन । तिव्र रुपमा शहरी करण बढि रहेको छ । हरियालीको विनाश, खेति योग्य भूमीको नाश, ठूला ठूला पक्की भवनहरुको निर्माण, पक्की सडकको विस्तार, पानी प्रदुषण, वायु प्रदुषण, वायुमण्डल २४ सै घण्टा धुलो, र धुवाले भरीभराउ, रात दिन एक नास भारी कोलहाल फलस्वरुप सवारी दुर्घटना बढदै गरेका, असाध्य रोगहरु अल्सर, क्यान्सर, एडस आदी आदी यस्तो पो छ मानवको विकास क्रम । मानवको यस विकासको गतिले यो सम्पूर्ण पृथ्वी आक्रान्त बनेको छ । फेरि पनि यो मानव अझै सन्तुष्टि छैन । विकास र खोजी कार्य जारी छ । जसको अन्त देखिदैन । आवश्यकता नै आविष्कारको जननी हो भन्ने तर्कका पूर्ण सत्यता छैन । किन कि मनुष्यमा आवश्यकता भन्दा हजार गुण बढी इच्छा प्रबल हुन्छ । र इच्छाको कुनै अन्त्य हुदैन । अन्त्य हीन ईच्छानै एक दिन विनाशको कारण बन्न जान्छ । मनुष्यको आवश्यकता यो मुनष्य आज आफै सृष्टी कर्ता बनेर सृष्टीलाई नै बारम्बार चुनौती दिइरहेको छ । मानवले गरेको यस विकासले प्राप्ति मात्रै गरेको छैन आफनै दिमागको तयारी पनि गरिरहेको छ । आफनो जात सहित सम्पूर्ण प्राणी जगतलाई नै विनाश तर्फ धकेली रहेको यस मानवजातलाई कसरी सर्वाधीक बुद्धिमानी प्राणी मान्नु र खै ? आज सम्पूर्ण प्रकृति मानवले गरेको विकास रुपीवाणले रगताम्य बनेको छ । फेरि पनि नया“ नया“ सुखको खोजी जारी छ । गुलेलीले सिकार गरेर पेट भर्ने युगमा पनि मावन सुखपूर्वक जिवीतै थियो तर आज कम्प्युटर र एटमी युग सम्म आईपूग्दा सम्म पनि मानव पूर्ण सुखि पूर्ण सन्तुष्ट हुन सकेको छैन । आखिरी कहिले कसरी कुन उपलब्धि पश्चात सन्तुष्ट हुन्छ र यो मानव ? ठूला ठूला विश्व विनाशक हतियार गोला, बारुत, बम, एटम बम, रकेट यो पूरा विश्व एउटा बारुतको थुप्रोमा बसेको छ । मात्र एउटा भिल्को गलत ठाउ“मा पर्न पर्छ , अनि यो सम्पूर्ण सृष्टी क्ष्ँण भरमा नष्ट हुन्छ । फेरि पनि गोलाबारुतको उत्पादन जारी छ । नया“ खोज जारी छ । एक तथ्यांक अनुसार एउटा अमेरिकास“ंग मात्रै यस सम्पूर्ण विश्वलाई बिस पटक सम्म नष्ट पार्न पुग्ने गोला बारुत र आणविक हतियारको भण्डार छ । त्यसै अनुपातमा अन्य २०,२५ देशहरुस“ग त्यस्तै हतियारहरुको भण्डार छन । यिनी सबै विनाशकै रुप त हुन नि ? हालैमा सगरमाथाको आधार सिविरमा हिंउ पहिरो जा“ंदा १६ जनाको मृत्यु भयो  । हिंउ पहिरोको कारणको पछाडि मानव विकासको हात देखिन्छ । विज्ञहरुका अनुसार बढदो तापाक्रम र हिमालय क्ष्ँेत्रमा बढ्दो मानव हलचल नै त्यस पहिरोको कारण थियो । यस्तो पो छ त मानवको महाविकास । मानवद्धारा दिनप्रतिदिन गर्दै गरेको यो विकास निरन्तर विनाशतर्फ उन्मुख छन । मानवले निरन्तर नया“ सुखको खोजी गर्दा प्राणी जगत नै खतरामा परेको छ । हालका ४।६वर्ष भित्र विकासका नाममा लाखौलाख ठूला ठूला बोट वृक्ष्ँहरुको नाश गरिएको छ । शहरी क्ष्ँेत्रको हरियाली प्राय समाप्त भएको छ । अब शाब्दिक ज्ञान र भाषणले मात्र हुदैन । आवश्यकता छ गहन चिन्तनको । कही अबेर भैसक्छ की ? सचेत हुन जरुरी छ ।


No comments:

Post a Comment