कमल काफले्
सडक विस्तारमा पार्किङ स्थल छुट्याइएको छैन । साइकल लेनको अभाव देखिन्छ । बुटवलमा सार्वजनिक शौचालयको उचित व्यवस्था छैन । भएका शौचालय प्रयोग गर्न नसकिने फोहोर र दुर्गन्धित छन् । वृÔरोपण्ँको योजना कतै देखिन्न । बरु भएका रुख काटिएका छन् । सार्वजनिक सवारीसाधन रोक्ने निर्दिष्ट ठाउ“हरु छैनन् । जथाभावी रोकिने गाडीले ट्राफिक अस्तव्यस्त हुन पुग्छ ।
विस्तार गर्न लागिएको वुटवल—बेलहिया खण्डमा पर्ने रुखहरु धमाधम कटान भैरहेका छन् । सडक विस्तारका क्रममा बीचमा पर्ने रुखहरु काट्नु स्वाभाविक भए पनि त्यसरी काटिएका रुखको सट्टा कतिवटा नया“ बिरुवा रोप्ने यकिन हुनुपर्छ । कस्ता विरुवा, कहा“ र कसरी रोप्ने पहिल्यै तय गरिनुपर्छ । तर त्यस्तो कुनै योजना देखिन्न ।
बुटवल—वेलहिया सडक निर्माणका क्रममा बुटवल सडक डिभिजन कार्यालयले अहिलेसम्म सयौं रुख काटिसकेको छ । कति रुखहरु काटिने क्रममा छन् । वातावरण्ँ संरÔण्ँ नियमावली २०५४ को नियम ३ मा कुनै पनि राजमार्ग र शाखा सडकहरुको स्तरोन्नति, सुधार र पुनःनिर्माण्ँअघि प्रारम्भिक वातावरण्ँीय प्रभाव मूल्याङ्कन गरिनुपर्ने उल्लेख छ । यसको अर्थ काटिएको रुखको सट्टा नया“ विरुवा रोप्नु र हुर्काउनु हो । अहिले निर्माण गर्न लागिएको सडकको बिचमा ३ मिटर डिभाईडर र दुवै साईटमा १०÷१० मिटरको वान वे नाली निर्माण गरिएको छ । बिचमा बनाईएको डिभाईडरमा ४ मिटर सम्मको वृक्ष रोपण गर्ने योजना भएको छ ।
बुटवलको सन्दर्भमा डिभाइडर बनिसकेपछि वायोपलुसन नामक एनजिओले डिभाईडरमा वृक्षरोपण गरेको थियो । उक्त एनजिओले करिब ६५ वटा विरुवा लगायो । केही समयपछि त्यो एनजिओले विरुवाको संरक्षण नगरेपछि वर्गर पेन्टले राजमार्ग चौराहादेखि बसपार्कसम्म आफूले थप वृक्ष्ाँरोपण गर्ने र लगाइएको विरुवाको रेखदेख गर्ने भन्दै आफ्नो प्रचार सामाग्री राखेको थियो । वर्गरको प्रचार सामाग्रीको विरोध भएपछि त्यो पनि पछि हट्यो । अहिले लगाइएको विरुवाको रेखदेख हुन सकेको छैन ।
सडक डिभिजन कार्यालयले डिभाइडरमा वृक्षारोपण गर्नको लागि आफूहरुलाई धेरै व्यवसायीक प्रतिष्ठानबाट प्रस्ताव आएको तर त्यस्ता व्यवसायीक प्रतिष्ठानहरुले आफनो प्रचारप्रसारका लागि होडिड्डबोर्डहरु राख्ने भएकाले पनि त्यस्ता व्यवसायीक प्रतिष्ठानहरुलाई दिने वा नदीने भन्ने विषयमा छलफल गरेर मात्र निर्णय लिइने जनाएको छ । जसले तोकेको सिमीत स्थानमा मात्र होर्डीड्डबोर्ड राख्छ र वृक्षारोपण गरेपछि त्यसको निरन्तर संरक्षण गर्छ त्यस्ता संघसस्थालाई मात्रै वृक्षारोपण गर्न दिने सडक डिभिजन कार्यालयका इञ्जिनियर धनिराम चौधरीले बताए । उनले अहिले गुप्ता नर्सरीबाट प्रस्ताव आएको बताए ।
चौधरीका अनुसार अब सडक विस्तारको बा“कीको काम सकिएपछि मात्र उक्त ठाउहरुमा विरुवा रोपिने छ । अहिले उक्त डिभाईडरमा रोपिएका आधा जती विरुवा मरिसकेका छन् । विरुवाको रेखदेख र संरक्षणको पहल कतै बाट पनि भएको पाइएको छैन । विरुवा संरक्षणको लागि राखिएका बारहरुपनि केही हावाले उडाएको छ भने कोही चोरी भएको छ । वास्तवमा यसको संरक्षण गर्न सके हामीलाई नै फाईदा हुने थियो । हाम्रौ शहर हरियाली हुने थियो ।
वातावरण्ँविद्हरुका अनुसार धु“वा, धुलो र ध्वनी प्रदुÈण्ँ नियन्त्रण्ँ गर्न रुखको भूमिका महत्तवपूणर््ँ हुन्छ । रुखका पातहरुमा सवारी साधनले फाल्ने हानिकारक धु“वा र सडकबाट निस्किने धुलो संचित भएर बस्छ । रुखले यी पदार्थलाई बस्तीहरुमा जानबाट रोक्छ । यसले खुला रुपमा बस्ती र घरहरुसम्म पुग्ने ध्वनी पनि नियन्त्रण्ँ गर्छ, अत्यधिक ध्वनी प्रदुÈण्ँबाट मानव स्वास्थ्यमा हुने हानी पनि कम गर्छ ।
No comments:
Post a Comment