May 12, 2014

सरकार भन्ने आखिर कुन चराको नाम हो ?


केशब काफ्ले

रुपन्देहीको भलबारी स्थित आयल निगमको सप्लाई डिपोको नजिकैबाट व्यवस्थित रुपमा वर्षौदेखि ठूलो परिमाणमा तेल चोरी गर्ने एउटा संगठित गिरोहको हालैमात्र रुपदेन्देही प्रहरीले पर्दाफास गरेको छ । तर त्यस तेल चोरी काण्डका मुख्य नाईकेहरु भने अजै पक्राउ पर्न सकेका छैनन् । केही भरियाहरुलाई र केही आयल निगमका कर्मचारीहरुलाई मात्रै पक्राउ गर्न सफल भएको छ प्रहरी प्रशासन । तेल चोरीमा  रुपन्देही क्षेत्रका   केही तथा कथित अति विशिष्ट इज्जतदार ठानिएका सफेदकोषहरुको संलग्नता रहेको रहस्य खुल्न आएको छ । उनीहरु विरुद्ध प्रहरी प्रशासनले वारेण्ट जारी गरेको छ । तर उनीहरु प्रहरी प्रशासनदेखि धेरै टाढा छन् । तर शासन कर्ताहरुका निकै नजिक रहेका छन । यद्यपि रुपन्देहीका प्रहरी प्रमुख विक्रम थापाले उनीहरु विरुद्ध कडा कर्वाही गरी छाडने प्रतिबद्धता प्रकट गर्नु भएको छ । उहा“प्रति जनता कृतज्ञ छन ,आस्वस्थ छन । उहा“प्रति जनतामा कुनै शंका छैन् । तर चोरका नाइके भनिएका  व्यक्तिहरु यति धेरै शक्तिशाली छन कि उनीहरुलाई पक्राउ गरेर    कानुनी कार्वाही गर्नु भनेको प्रहरी प्रशासनलाई उत्तिकै गाह्रो हुने छ , जति की पृथ्वीबाट हातले चन्द्रमा छुनु । उनीहरु राजनीतिक शक्ति केन्द्रका  यति नजिक छन मानौ जस्तै श्रीमान श्रीमती  । त्यसकारण यस तेल चोरी काण्डलाई प्रहरी प्रशासनले मात्रै कार्वाहीको दायरामा ल्याउन सक्दैन । यसमा व्यापक जनसहभागिता चाहिन्छ । विद्यार्थी वर्गको ठूलो सहयोग चाहिन्छ । यस चोरी काण्डलाई राजनीतिक स्तरबाटै ढिसमिस गर्ने पूरापूरा प्रयास हुने छ । जसमा प्रहरीको प्रयास व्यर्थ जाने छ । भरियाहरु र केही कर्मचारीहरुलाई मात्रै पक्राउ गर्नु भनेको एउटा विशाल वोटवृक्षबाट दुई चारवटा साना हा“गा काटेर झार्नु जस्तै हो । यस प्रकरणमा अख्तियारको पनि चासो रहेको हु“दा र रुपन्देहीका प्रहरी प्रमुखको पनि प्रतिवद्धता रहेको हु“दा केही आशा गर्ने ठाउ“ बा“की छ । तर कथमकाल चोरका नाईकेहरु पक्राउ परे भने पनि उनीहरुलाइ राजनीतिक स्तरबाटै मुक्तिकालागि सुरक्षित मार्ग दिईने छ । फेरि यो तेल चोरी जारी नै रहने छ । यस प्रकरणको चेन हु“दै लामो छ । यसको चेन प्रहरीले मात्रै काटन पक्कै पनि सक्दैन । यसका लागि राजनीतिक पार्टीहरु ईमान्दार हुनु जरुरी छ । राजनीतिक पार्टीहरु जनता प्रति उत्तरदायी हुुनपर्दछ । यदि राजनीतिक दबाब हुदैन भने नेपाल प्रहरीले चाहे जस्तो अपराध होस चाहे जस्तो अपराधी होस सजिलै नियन्त्रण गरेर कार्वाही गर्न सक्छ । नेपाल प्रहरीको नजरबाट कोही अपराधी बच्नै सक्दैन । अपराध अनुसन्धानका विषयमा नेपाल प्रहरी विश्वमा दुई नम्बरमा र एसियामा एक नम्बरमा पर्दछ । यो तथ्य सन १९९८ ताक दिल्लीमा भएको एउटा विश्व आन्तरिक सुरक्षा संगठनको सम्मेलनमा खुलस्त भएको थियो । तर नेपाल प्रहरीलाई राजनीतिक दबाबमा काम गर्नु पर्छ । अन्यथा कस्तै अपराधी पनि बा“की रह“दैनन नेपाल प्रहरीको फन्दाबाट । तर त्यस चोरी प्रकरणमा पनि अन्ततः प्रहरी विवश र लाचार सिद्ध हुने छ । अपराधी मुक्त हुने छन तेल चोरी जारी रहने छ । यो तेल  चोरी साधारण चोरी होइन । सिधासिधा  राष्ट्र चोरी हो,नेपाल चोरी हो । यसलाइ तेलचोरीको रुपमा लिनु भनेको महा मूर्खता हो । आयल निगम मात्रै सिध्याउने चोरी होइन यो । यो त पूरै राष्ट्र सिध्याउने चोरी हो । यस चोरीको तस्बीर अत्यन्त भयावह छ । यसको परिणाम घातक छ । यहा“ नेर रोचक तथा डरलाग्दो कुरा त के छ भने उल्टै चोरहरुले नेै आफनो शक्ति प्रदर्शन गर्दै प्रहरी प्रशासनलाई नै ब्ल्याकमेल गर्दैछन । यो कस्तो अराजकता हो ? महाभारत काव्य ग्रन्थको एक स्थानमा भिष्म पितामहले उपदेश ंिददै भनेका छन कि देश भित्र अराजकता फैलिनु भनेको अन्ततः राष्ट्रको मृत्यु हुनु हो । अराजकताले राष्ट्रको मृत्यु निम्त्याउं“छ । यसमा कुनै सन्देह छैन भनेर युधिष्टीरले भनेका छन । यस कुरालाई महान नीतिज्ञ चाणक्यले अनुमोदन गरेका छन । त्यसकारण राज्य सञ्चालकले अराजकतालाई शिर उठाउन दिनु हु“दैन । तर रुपन्देहीको तेल चोरीको प्रकरण पछि चोरका नाईकेहरुले अराजकताको पराकाष्ट नाघेर जसरी आफ्नो शक्ति प्रदर्शन गर्दै तेल ढुवानी बन्द गरेर जनतालाई दुख दिएर जुन अराजकताको पद्रर्शन गरे त्यसले नेपाल सरकारलाई सिधा सिधा गम्भीर चुनौती दिएको छ । आखिरी कहा“ छ खै सरकार ? कहा“ छ खै नेपाल सरकार यो नेपाल सरकार हो कि व्यापार सरकार हो ? आखिरी सरकार कुन चराको नाम हो ? चिन्न चाहन्छन जनताले । न देखिन्छ न अनुभूति हुन्छ ? के नेपालमा जन्म लिनु नै केही अपराध अभिषाप नेै हो त ? यस तेल चोरी प्रकरणका मुख्य नाईकेहरु अजैसम्म पनि पक्राउ नपर्नाले कानुन भनेको गरिब असाहय , अशक्तहरुलाई मात्रै होइछ भन्ने कुरा थप प्रष्ट भएको छ । शक्तिशाली व्यक्ति र शक्ति केन्द्रका निकट रहेका व्यक्तिहरुलाई जस्तै अपराध गरे पनि कानुृनले छुन पनि सक्दैन । कानुन उनीहरुका लागि रबरको गुडिया जस्तै हो भन्ने कुरा प्रष्ट भएको छ । हेक्का रहोस आयल निगम घाटामा जानु निगम डुब्नुमा एक मात्र कारण तेल चोरी मात्रै हो । अन्य कुनै कारण हुनै सक्दैन । किनकि यस चोरीबाट आयल निगमलाई प्रतिदिन एकदमै थोरै भनेको पनि २६ लाखको घाटा हुन्छ । प्रति महिना ७ करोड ८० लाखको घाटा हुन्छ । प्रतिवर्ष ९४ करोडको घाटा हुन्छ । यो सबै रकम चोरहरुले खान्छन । अनि आयल निगम डुब्छ ।
यो आकडा एकदम तल्लो तहको हो । अधिकतममा यो आकडा तीन गुण बढी पनि हुन सक्छ । त्यस हिसाबले प्रतिवर्ष ३ अर्ब जतिको तेल चोरी चुहावट हुन्छ । यसरी आयल निगम विक्ला कि एकदिन नेपाल नै नबिक्ला र ? एउटा ट्यांकर चालकका मासिक आम्दानी हवाईजहाजको पाईलटको मासिक आम्दानी भन्दा धेरै हुन्छ । यसमा शंका छैन । ट्यांकर चालकको नै यत्रो आम्दानी हुन्छ भने चोरका मुल नाईकेहरुको आम्दानी कति होला ? यस पंक्तिकारले केही समय तेलको क्षेत्रमा काम गरेको अनुभवको आधारमा यो आंकडा प्रस्तुत गरेको हो । हेक्का रहोस जुन जुन पेट्रोल पम्पका मालिकहरुस“ंग तेल ढुवानी गर्न आफना निजी ट्यांकर हु“दैनन् त्यस्ता पेट्रोल पम्पका मालिकहरुलाई १२ हजार लिटर पेट्रोल बेचेर सिध्याउ“दा सिधा सिधा १ लाख ४ हजार रुपया“को शुद्ध घाटा हुन्छ । त्यसकारण उनीहरु पनि सचेत रहन जरुरी हुन्छ ।हेक्का रहोस यहा“ पनि आ“कडा निम्न हो । हजार लिटर भन्दा माथिको चोरी आयल निगमका कर्मचारी चालक र ट्यांकर मालिकको मिलीभगत बिना हुने सक्दैन । जब कि एउटै ट्यांकरबाट ५ हजार लिटर सम्मको चोरी गर्ने गर्दछन । यद्यपि कहिले काही ट्यांकर मालिक  र चालकको मिली भगतमा बन्दुक भन्ने प्रविधि प्रयोग गरेर आयल निगमका कर्मचारीलाई पनि धोका दिन सक्छन । तर स्टक मिलाउ“दा चोरी लुकाउन मिल्दैन । त्यसकारण मिली भगत गर्न जरुरी हुन्छ । ५हजार लिटर पेट्रोलको बजार मूल्य अहिले ६५ लाख बराबर हुन्छ । जबकि ५ हजार लिटर बराबरको चोरी एउटै ट्यांकरबाट मात्रै हुने गर्दछ । यदि  आयल निगममा प्रतिदिन ५० ट्यांकर तेल अनलोड हुन्छ भने , एकदिन आयल निगम मात्रै विक्ला र ? नेपाल बा“की रहला र ? चोरी गर्ने अनेक तरिका छन जो यहा“ लेखी साध्य ह“ुदैन । तोप,बन्दुक,पट्टा कसी अनेक अनेक  । चालक र सहचालकले मात्रै हजार लिटरसम्म चोरी गर्न सक्छन । जो कि सिधै पम्म मालिकलाई घाटा हो । तेल चोरीको पैसाबाट ७५ प्रतिशत चालकको, २५ प्रतिशत सहचालकको हुने गर्दछ । पाइप लाईनको सिल तोडन र जोडन चालक र सहचालक दुवै दक्ष्ँ हुन्छन । पेट्रोल पम्पका सबै मालिकहरुसंग आफ्ना ट्यांकर हुन्छन  भने उनीहरुलाई मासिक लाखौ नाफा हुन्छ । यदि आयल निगममा तेल चोरी हु“दैन भने आयल निगमलाई वार्षिक २ अर्ब जति नाफा हुन्छ यसमा कुनै सन्देह छैन । यस्तो अवस्थामा पनि विद्यार्थी संगठनहरुले ठूलो अन्दोलन गर्न सकेका छैनन् । जनताले सरकार माथि ठूलो दबाब सृजना गर्न सकेका छैनन् । कहिले कहिले राम्रो उद्देश्य प्राप्तिका लागि नराम्रो बाटो  अख्तियार पनि गर्नु पर्छ । एउटा कुखुरा मर्दा पनि सहिद घोषणा गर्नु पर्छ भन्दै माग गर्ने, चक्का जाम गर्ने विद्यार्थी संगठनहरु र नेताहरुको आव्हानमा सडक तताउने जनता आखिरी चुप किन छन । जन दबाब जरुरी छ । विद्यार्थी तात्न जरुरी छ । हेक्का रहोस यो चोरी जनघात मात्रै होईन सिधा सिधा राष्ट्र घात हो । यस पंक्तिकारले बारम्बार निजीकरणको पक्षमा कलम चलाउ“दै आएको छ । अब यस तेल चोरीको घटना पछि आयल निगमलाई तत्काल रुपमा निजी क्षेत्रलाई सुम्पिनु जरुरी देखिएको छ । अन्यथा यस्ता चोरहरुले एक दिन सम्पूर्ण नेपाललाई नै बेचेर खाने छन ।

No comments:

Post a Comment