June 30, 2014

नेपालका चिकित्सक आफ्नै पेशा प्रति निष्ठावान छैनन्


केशव काफले

नेपाली जनताले ठूलो त्याग र तपस्याका पश्चात प्राप्त गरेको नेपालको गणतन्त्र आज जहा“ उनै जनताका लागि घा“टीमा अडकेको हड्डी बनेको छ । त्यही नेपालको राजनीतिक दलका नेताहरुका लागि भने माल पुवा बनेको छ । नेपालमा भित्र्याईएको गणतन्त्र पश्चात जहा“ नेपालका जनताको प्राण मुल्य घटेको छ त्यही नेपाली नेताहरुको प्राण मूल्य भने बढको छ । अर्थात गणतान्त्रिक नेपालमा नेताहरुको जीवन मुल्यवान बन्दै छ भने जनताहरुको जीवन मूल्यहीन ह“ुदैछ । यो सर्वस्वीकार्य तथ्य हो ।
मानौ गणतन्त्रको फलका भागी नेताहरु मात्रै हुन । मानौ गणतन्त्र प्राप्तिमा जनताको कुनै भूमिका नै थिएन ।  मानौ गणतन्त्र नायक नेपालका नेताहरु मात्रै हुन । यदी जनताको सहभागिता नरहेको भए यदि जनता नउर्लेको भएदेखि नेपालमा गणतन्त्र सम्भव थियो त ? फेरि गणतन्त्रको मीठास नेताहरुलाई मात्रै किन  ? यो कस्तो गणतन्त्र हो जसको फल टुप्पामा मात्रै फल्छ ? यो कस्तो गणतन्त्र हो जसको मीठो फलसम्म जनताको पहु“च हुनै सक्दैन । आखिरी यस गणतान्त्रिक देशमा नेताहरुको मात्रै जीवन यदि साह्रै मुल्यवान किन ? आखिरी देशका जनताको जीवन यदि साह्रै मुल्यहीन किन ? के राष्ट्रको ढुकुटी नेताहरुकै बिर्ता हो त ? के देशको सरकारी खजाना नेताहरुकै पेवा हो त? यस्तो लाग्छ मानौ यिनी नेताहरु मानौ ह“ुदैन । मानौ मृत्यु पनि यिनी नेताहरुकै अधिनमा छ  । मानौ यिनीहरुलाई कालले छुन दिनै हु“दैन । या यिनी नेताहरुलाइ कहिले मर्नै पर्दैन । मानौ यिनी नेताहरु मरे भने देश नेता शुन्य हुन्छ । मानँै देश नेतृत्वहीन हुन्छ । के पृथ्वीनारायण शाहको देशमा खडेरी परेको थियो  र ? के ज्ञानेन्द्र शाहदेखि दशमा अकाल परेको छ  र ? के वर्तमान समयका केही नेताहरुको मृत्यु भयो भने देशको नेतृत्व गर्ने कोही बा“की रहदैन र ? या फेरि यिनी नेताहरुलाई देशको सम्पत्ती सिध्याउदै उपचारकालागि विदेश लगेपछि यीनलाई कहीले पनि काल आउदैन र  यावत प्रश्नको उत्तर खोजिरहेका छन देशका जनताले ।

नेताहरुको टाउको दुख्यो कि सरकारी खर्चमा विदेशमा उपचार तर हजारौ जनता जो कि गम्भीर रोगबाट पीडित छन जसले अथवा जसका सन्तानले गणतन्त्र प्राप्तिमा प्राण हौमेका थिए । तिनी जनताले प्राथमिक उपचार पनि पाउदैनन । यही हो त गणतन्त्रको फल ? देशका ३० प्रतिशत जनतासंग खानका लागि आटो छैन ,टुस्स बस्नका लािग आफनो भन्ने माटो छैन , घामपानीबाट जोगिनका लागि छाना छैन । शरीर ढाक्न नाना छैन ,खान रोटी छैन । लाज ढाक्न धोती छैन,त्यसै देशका नेताहरुको विदेशमा उपचार गर्न गराउन वर्षेनी करोडौ रुपया सरकारी खजानाबाट खर्च गर्न पाइनी । आखिरी यो गणतन्त्रकै दुष्परिणाम हैन भने अरु के हो त ? जुन देशका महिलाहरु प्रशुती पीडामा पर्दा सामान्य उपचार नपाएर मर्ने गरेका छन जन्मेको हो आखिरी मर्ने पर्छ तरकसै कसैले सरकारी खजानाबाट उपचारमा करोडौ खर्च गर्न पाउने तर कसैकसैले उपचारै नपाएर दर्दनाक ढंगबाट मर्न पर्ने यो कस्तो गणतन्त्र हो ? कस्तो शुसासन हो ? जहाका हजारौ जनताले धनको अभावमा उपचार गर्न गराउन नसकेर असमयमै प्राण गुमाउछन जहा“ दुर्गम क्ष्ँेत्रका जनताले समयमै उपचार नपाएर ज्यान गुमाउछन । जहाका बालबालिका भयंकर रुपमा कुपोषणका शिकार भएका छन कुपोषणका कारण अप्लायुमै मर्ने गरेका छन कुपोषणका कारण नै अपाड्ड भएका छन मानसिक तथा शारीरिक रुपमा असक्षम भएका छन । तर त्यसै देशका नेताहरुलाई भने सरकारी खर्चमा उपचारका लागि बैंकक सिड्डापुर जापान,अमेरिका लग्न पर्ने यो प्राप्त गणतन्त्रकै दुष्परिणाम हैन भने अरु के हो त ? आजका नेताहरुमा कुन चाहि नेताले राष्ट्र नायकको हैसियत राख्छ  र ? नेपाल तथा नेपालका  जनता आजका नेताहरुमा कुन चाहि नेताको ऋणी हुनु पर्छ र ? कुन चाही नेता प्रति नेपाल र नेपाली जनता कृतज्ञ हुनु पर्छ र ? फेरि आफु मरेर भए पनि यिनी नेताहरुलाई बचाई राख्नु पर्ने कस्तो बाध्यता हो त नेपाली जनताको ? के यिनी नेताहरु नीजि तौर मा भिखारी छन र ? के यिनी नेताहरु कंगाल छन र ? के यिनी नेताहरुसंग आफनो धन खर्च गरेर उपचार गराउने सम्पत्ती छैन र ? यस विषयमा यिनी नेताहरु मात्रै दोषि छैनन ।
यस विषयमा नेपाली चिकित्सकहरु पनि उत्तिकै दोषि छन । नेपालमा चिकित्सक तथा चिकित्सालयहरु पनि आफनो पेशा प्रति निष्ठावान छैनन । चिकित्सकहरुले आपनो पेशा प्रति गद्दारी गरिरहेका छन । 

उनि सबै चिकित्सकहरु आफनो पेशा प्रति इमान्दार छैनन जुन जुन चिकित्सकहरुले नेताहरुलाई उपचारार्थ विदेश पठाउने सिफारीस गर्ने गरेका छन । चिकित्सकहरु आफुहरु नेताहरुको नजिक हुन नेताहरुको बफादार देखिनका लागि उनको उपचार विदेशमा सिफारीस गर्ने गरेका छन । आफनै देशमा सफलता पूर्वक हुन सक्ने उपचारका लागि पनि आफु नेताहरुको खसम खास बन्नका लागि आफनै पेशासंग गद्दारी गर्दै उनीहरुको उपचारका लागि विदेश तर्फ सिफारीस गर्ने गर्दा रहेछन नेपालका चिकित्सकहरुले । यसको ताजा उदाहरण हो केपि ओली को विदेशमा गरिएको उपचार । यदि सञ्चार माध्यमहरुलाइ प्रमाण मान्नेहो भने केपि ओलीको उपचार गर्दा नेपालमा नेपाली चिकित्सकहरुले जुन पद्धति र जुन औषधिको प्रयोग गरेका थिए ,विदेशमा लगेपछिपनि विदेशका चिकित्सकहरुद्धारा पनि त्यही औषधि र त्यही पद्धतिको प्रयोग गरेर उपचार गरे । यसले के पनि प्रष्ट हुन्छ भने नेपाली चिकित्सक र उनले अपनाउने गरेको चिकित्सा पद्धति नेताहरुको उपचार गर्नमा सक्ष्ँम छ ।
देश भित्रै उनको उपचार हुन सक्ने भए पछि उनी नेताहरुको उपचार विदेशमा किन सिफारीस गरिन्छ ? चिकित्सकहरु नेताहरुको नजिक हुनका लागि नै त हो नि ? एक प्रकारले यो विदेशी चिकित्सकहरुद्धारा नेपाली चिकित्सक र चिकित्सा पद्धतिलाई दिएको प्रमाण पत्र पनि हो । तर नेपालमा नेताहरुको चापलुसी गर्न रुचाउने चिकित्सकहरुको मुखमा थप्पड पनि हो । के यो चिकित्सकहरुद्धारा आफनै पेशा प्रति गद्दारी होईन र ? यस पक्तिकारको विचारमा देशका सम्पूर्ण चिकित्सा कर्मीहरु त्यस्ता चिकित्सहरुसंग सावधान रहनु पर्छ जुन जुन चिकित्सकहरुले आफुहरु उपचार गर्नमा सक्ष्ँम हु“दा हु“दै पनि नेताहरुको खसमखास बन्नका लागि उनको उपचारको सिफारीस विदेशमा गर्ने गरेका छन । किनकि उनीहरुको यस्ता कार्यले नेपाली चिकित्साको मान घटेको छ । र चिकित्सा प्रति शंका उब्जाउने गरको छ । यस विषयमा जति दोषि नेताहरु छन उत्तिकै दोषि उनी चिकित्सकहरु पनि छन जसले नेताहरुको उपचार विदेशमा गर्ने गराउने सिफारीस गर्ने गरेका छन । यो उनीहरुको आफनो पेशा प्रति मात्रै हैन कि सम्पूर्ण देशबासीहरु प्रति नै गद्दारी हो । देशका गरिब जनताहरु प्रति गद्दारी हो । चिकित्सकहरुको सिफारीसमा नै नेताहरु विदेशमा उपचार गराउन गएर गरिब देशको सरकारी ढुकुटी रित्याउने गरेका छन ।
आज नेपालको चिकित्सा विज्ञानले राम्रो प्रगति गरेको सुन्न पाइन्छ । आज सबै रोगको उपचार नेपालमा सम्भव भैरहेको पनि सून्न पाईन्छ । त्यस्तो अवस्थामा नेताहरुलाई सरकारी खर्चमा विदेश सिफारीस गर्न पर्ने  खासै देखिदैन । देशमा बन्दै गरेको संविधानमा यो विषय पनि अवश्य समेटिनुपर्छ । अनावश्यक रुपमा नेताहरुलाई विदेशमा उपचारको सुविधा नपाइने व्यवस्था गरिनु पर्छ । तर किनकि संविधानको निर्माण त यीनै नेताहरुले गर्ने हुन त्यसकारण यस्ता विषयहरुलाई उनीहरुले छुन पनि चाह“दैनन । सो त्यसका लागि व्यापक रुपमा जनस्तरबाटै दबाब दिनु पर्छ ।अन्यथा गरिबले उपचार नपाएर मर्ने र नेताहरुले वर्षेनी करोडौ रुपया“ विदेशमा उपचारका नाममा सिध्याउने कार्य भै रहंंंने छ ।

June 21, 2014

सामाजिक सञ्जाल बन्दै छ जीउको जञ्जाल


केशब काफले 

 

प्रविधिले निकै ठूलो फडको मारेको छ । हाम्रो देशमा पनि हिजको तुलनामा आज सूचना प्रविधिको क्ष्ँेत्रले क्रान्ति नै गरेको मान्नु पर्छ । विश्व सा“घुरिदै छ । तीव्र गतिसगै ह“ुदै गरेको प्रविधिको विकासले आज पुरा विश्वलाई एउटा मान्छेको मुठिमा कैद गराएको छ । मनुष्यद्वारा गरिने प्रत्येक आविष्कारका दुई पक्ष्ँ हुने गर्दछन । एउटा राम्रो पक्ष्ँ र अर्को नराम्रो पक्ष्ँ । राम्रो पक्षलाई भन्दा नराम्रो पक्षलाई मनुष्य स्वभावले छिटो अंगिकार गर्दछ । यो भनाई एउटा भारतीय सन्त रामकृष्ण परमहंशको हो । प्रविधिले गरेको यस तीव्र विकाससगै विकार पनि उत्तिकै भित्रिएको छ । पाल्पा जिल्ला तेल्घा गाविस ८ का श्री केदार पन्थी अहिले आफनो कान्छा छोरा नौ कलासमा फेल हुुनुमा यसै प्रविधिलाई दोषि ठन्छन । श्री केदार पन्थीका अनुसार उनको कान्छो छोराको ध्याउन्न पढाईमा भन्दा कही धेरै मोबाईलमा नेट चलाउनमा जाने गरेको छ । मोबाईलमा नेट चलाउन बन्द गरेर स्कुल अनि स्कुलबाट फर्के पछि किताबको व्याग एकातिर राखेर हातमा मोबाईल । छोराले स्कुलबाट फर्के पछि नास्ता खाएर व्यागबाट किताब निकालेर पढाई गर्ला भन्दा छोराको हातमा मोबाईल हुने गरेको बताउछन श्री केदार पन्थी । अब आज भोलि मोबाईलमा के के हुन्छ के के गरिन्छ यो त मोबाईल चलाउने र मोबाईलमा नेट चलाउनेलाई थाहा भएकै कुरा हो । आफनो कमजोर आर्थिक अवस्थाको कारणले गर्दा गाउ“ घरमा बसेर आफना छोराहरुलाइ क्ीऋ सम्म पनि पढाउन नसक्ने अवस्थाका श्री केदार पन्थी केही वर्ष पहिला कमसेकम क्ीऋ सम्म भए पनि सन्तानलाई पढाउन भन्दै बुटवल झरेका थिए । तर अहिले यही प्रविधिका कारणले गर्दा श्री केदार पन्थीको सपना तुहिने खतरा बढेको छ । यद्यपि उनका दूईभाई छोराले १२ कक्ष्ाँ पास गरेर अब सानो तिनो जागिर पेशा गरेर आफुलाई सहयोग गरेको बताउछन तर कान्छो छोरालाई नेट चलाउदा र साथी भाईस“ग घुमफिर गर्दा पढाईमा फुर्सद ह“ुदैन । कि त नेट कि त टिभि या फेरि घुमफिर उनी भन्छन आखिरी के हु“दो रहेछ त त्यो मोबाईलमा ? देख्दा त सानै देख्छु त्यो मोबाईल । के के अटाउ“दो रहेछ त्यसमा  ? यो नेट भनेको आखिरी कति नशालु हुदो रहेछ ? यो नेटको लत त कुनै लागु पदार्थको लत भन्दा पनि जब्बर हुदो रहेछ नेटको लत । सधै राम्रो अंक प्राप्त गरेर पास हुदै आएको छोरो पोहोर देखि हातमा नेट चल्ने मोबाईल परेपछि उसको ध्यान पढाईमा भन्दा नेट चलाउन र मोबाईलको माध्यमबाट साथी भाई बनाउनमा गएको अनुभव सुनाउछन केदार पन्थीले । 

आजको जमानामा पनि मोबाईल छैन भनेर साथीभाइ सामु आफुमा हिनताबोध गर्ला भनेर मोबालई दिईयो तर यसले त विन्दासै पारेको छ भन्दै गुनासो गर्ने केदार पन्थी त एउटा प्रतिनिधि पात्र मात्रै हुन । यस प्रविधिको विकासले कति जना अभिभावकको सपना चकनाचुर पार्ने हो अनुमान गर्न गह्रो पर्छ । हुन त यसै प्रविधिको माध्यमबाट आफ्नो भविष्य खोज्ने आफ्नो सपना साकार पार्नेहरु पनि थुप्रै छन । हुन त यस प्रविधिलाई संसारले आ आफनै सुविधा र अवसर अनुसार प्रयोग गरेका छन । यस प्रविधिको माध्यमबाट कति जनाले विवाहको खर्चबाट जोगिदै घरजम गरेका छन । कति ले गर्दै होलान । बाबुआमालाई छोराछोरीको विवाह गर्न वर बधु खोज्नै नपर्ने भएको छ । कति अभिभावक विवाहको खर्चबाट जोगिएकोमा प्रविधिलाई धन्यवाद पनि दिदै होलान । तर  कति अभिभावक जसले आफनो सन्तानको विवाह धुमधामसंग नौमति घन्काएर गर्ने रहर पालेका थिए त्यस्ता अभिभावकका सपना भने यस प्रविधिले तुहाउने गरेको छ । हुन त विवाहमा धन खर्च गर्न नचाहने अभिभावकहरुलाई यो प्रविधि ईश्वरकै वरदान सावित भएको छ । यसले खर्च घटाएको पनि छ र खर्च बढाएको पनि छ । यसले जहा“ सहज तरिकाले घरजम गराउने गरेको छ त्यही अनेक सुखी परिवार माथि बज्रपात पनि गराउने गरेको छ । जति खंख्यामा घर जम गराएको छ उत्तिकै सं्रख्यामा जमि जमाई घरजमलाई उठिबास पनि गराएको छ । श्रीमान विदेशमा कमाउने , श्रीमति यहा“ अर्कै संग रमाउने,श्रीमति विदेशमा घाम खाने श्रीमान यहा“ अर्कैको काखमा रमाउने । कमाई एउटाको मज्जा अर्कैको । जोडी बनाएर दिन्छ प्रविधिले डेटिड्डको सेटिड्डलाई कोठाबाट बाहिर निक्लनै नपर्ने,कतिका घरजम गरायो, कतिलाई उठिबास लगायो, कतिलाई पास गरायो कतिलाई फेल गरायो, कतिलाई जागिरे बनायो, कतिलाई जागिरबाट बेजागिरे बनायो, यसको महिमा अनौठो रहेछ । जसले यस प्रविधिलाई आफनो अनुकुलबनाएर प्रयोग ग¥यो उसका लागि यो दुधको तर जस्तै रहेछ जसले आफनो प्रतिकुलमा प्रयोग ग¥यो उसका लागि सिस्नो सावित भएको छ प्रविधि ।
हालै रुपन्देही जिल्लाको एउटा सुखी परिवार धन्नै धन्नै बर्बाद हुनबाट जोगियो । युवा युवतीहरुमा आज भोलि पश्चिमी तर्जमा बैसको बेला मोज गरेर भुलौ भन्ने मानषिकताले घर बनाएको छ । जोसको बेला होस पाउदैनन सावधानी अपनाउदैनन । सतर्कता अपनाउदैनन । फलस्वरुप विवाह पूर्वक गरेको मौज प्रविधिको सहयोगमा विवाह पश्चात दुखदायी बनेर अगाडि आउछ । दुई वर्ष पहिला विवाह बन्धनमा बाधिएकी रुपन्देहीकी एक पारिवारिक महिलाको मोबाईल सेटमा उनले कलेज लाईफमा मोज गरौ अनि भुलौ भन्ने उद्देश्यका साथ गरेका गल्तीका फोटा एमएमएसद्धारा आउन थाले । केटा साथीसंग अन्तरगत क्षणका फोटा एमएमएसका माध्यमबाट आउन थालेपछि उनी अतालिईन । एउटा सन्तानकी आमा समेत बनेकी उनी छागाबाट खसेजस्तै भईन । अस्लिल चित्र अस्लिल भाषा धम्कीका साथ ब्ल्याक मेलमा फेरिबाट उनको शरीर र धनको माग गरिएको रहेछ । तर महिलाले बुद्धि पु¥याईन लुकाएर ब्ल्याक मेल भएर शरीर र धन उसलाई सुम्पिनु भन्दा र मानसिक शारीरिक आर्थिक शोषणमा पर्नु भन्दा उनले आफनो विवाह पूर्वको यथार्थ आफनो श्रीमानलाई बताईन । सबै वृतान्त सुनेपछि उनका श्रीमानलाई पनि उनको स्पष्टोरोक्ती स्वीकृति आदि मनप¥यो । स्व उनले विगतका कुरालाई महत्व नदिदै कलेज लाईफमा तिमी मेरी थिईनौ तिम्रो विगतले मलाई वास्ता छैन , त्यति बेला तिमीले के ग¥यौ मलाई मतलब छैन तर आज तिमी मेरी हौ,चिन्ता नगर भन्दै माफी दिएपछि एउटा घरका साथै एउटा दुधे बालकको भविष्य बर्बाद हुनबाट जोगियो । तर हेक्का रहोस सबै उनी महिलाका श्रीमान जस्तै गौ हुदैनन । हामीहरुले बढदो प्रविधिको विकासलाई चुनौती दिन सकिदैन । तर यसबाट उत्पन्न हुने खतराबाट सावधान रहन त सकिन्छ ।  किनकि यो प्रविधि आज हाम्रँे जीवन रेखा बनेको छ । यसबाट टाढा हामी कदापि भाग्न सक्दैनौ । तर यसबाट आफुलाई आवश्यक पर्ने तत्वमात्रै अपनाउदै अनावश्यक तत्वदेखि टाढा रहन जरुरी छ । आज बढदो प्रविधिको विकासकतिका लागि दुधको तर बनेको छ भनेकतिका लागि जिउको जन्जाल पनि बनेको छ । सानो असावधानिले ठूलो जन्जाल पनि बन्ने गरेको छ यो प्रविधि ।
स्व हामीहरुले यस सामाजिक सञ्जाललाई जिउको जञ्जाल बनाउनु ह“ुदैन । यसबाट हामीले जीवनउपयोगी तत्वमात्रै ग्रहण गर्नुपर्छ । जीउको जन्जालहुनबाट जोगिनुपर्छ । विषेशत युवा युवती किशोर किशोरीहरुले यस प्रति अधिका अधिक सतर्कता अपनाउनु जरुरी छ । विद्यार्थी जीवन कलेज लाईफका केटाकेटीलाई यस प्रविधिले धेरै प्रभावित गरेको छ । उनीहरुलाई अफनो लक्ष्यबाट भ्रमित गर्ने गरेको छ । विद्यार्थीहरुको लक्ष्य आफु र आफनो परिवारको उज्जवल भविष्य हुनुपर्छ । वितेको समय फर्केर आउदैन । भविष्य सुरक्ष्ँित गरिसकेपछि पनि प्रविधि कही भाग्दैन । आज सामाजिक सञ्जालमा धन र समय बर्बाद गर्दा भविष्यनै बर्बाद हुनछ कि यस तर्फ ध्यान पु¥याउन जरुरी छ ।

June 20, 2014

अटेर विद्यार्थी र आवेशी शिक्षक


केशब काफ्ले

हालैका दिनमा पाल्पा जिल्लामा मात्रै शिक्ष्ँकद्वारा विद्यार्थी कुटाईका दुइवटा घटना घटे । पहिलो घटना पाल्पा जिल्लाको खानीगा“उ गाविस स्थित खानीगाउ“ माविको हो । जहा“ गृहकार्य नगरेको निउमा शिक्ष्ँक रामप्रसाद गैरेद्धारा विद्यार्थी दिलिप विक पिटिए । लगत्तै पाल्पाको सदरमुकाम तानपा ११ सुन्दरगाउ“ स्थित सरस्वती माविमा सर्टको टा“क नलगाएको बाहानामा शिक्ष्ँक शंकर पौडेलद्धारा विद्यार्थी प्रकाश सुनार पिटिए । तर यिनी दुवै घटनामा स्थानीय समाज एक मत छैन । एक पक्ष्ँ शिक्ष्ँकलाई दोषि ठान्छ अर्को पक्ष्ँले विद्यार्थी पनि अनुशासनमा रहनुपर्छ भन्ने तर्क गर्छ ।
हुन त एक मत नहुनुको कारण केही हदसम्म राजनीतिक आस्था पनि हुन सक्छ । त्यसै पनि हाम्रँे देशमा शीघ्र अति शीघ्र विकसीत हुने विरुवाको नाउ हो प्रत्येक घटनाको  राजनीतिकरण । फेरि यहा“ त भविष्य निर्माता र भविष्यका कर्णधारहरुको मार पिट थियो । सो राजनीतिकरण नहुने कुरै भएन । सो भयो राजनीति । होला जा“च बुझ होला ,शिक्ष्ँक दण्डीत होलान,विद्यार्थी निष्काशित होलान आदि इन्यादि विषय आफनै ठाउ“मा छन । तर मुख्य विषय के त भने यस्ता घटनाको अन्त्य भने हुने छैन । किनकि यस्ता घटना परिवर्तित मानसिकता र अपरिवर्तित मानसिकताका उपज हुन । यहा“ नेर शिक्ष्ँकले आफनो मानसिकता परिवर्तन गर्नु पर्ने देखिन्छ । शिक्ष्ँकहरुले हेक्का राख्नुपर्ने विषय के त भने उनीहरुले मध्य युगका गुरुकुलका शिक्षक होइनन । जहा“ विद्यार्थीहरुलाइ कठोर अनुशासनमा बाधेर राखिन्थ्यो । २१ औं शताब्दिमा कम्प्युटर युगका शिक्ष्ँक हुन । उनले गुरुकुलको अनुशासन आज पनि कायम राख्न खोजेर हु“दैन ।
शिक्ष्ँकको यस मानसिकतामा परिवर्तन आवश्यक छ । यद्यपि शिक्ष्ँकको आफनो जिम्मेवारी हुन्छ आफनो भुमिका हुन्छ । तर जिम्मेवारी तथा भूमिकाबाट परे विद्यार्थी वर्गको परिवर्तित मानसिकता बुझन पनि आवश्यक छ । यदि विद्यार्थी र शिक्षक बीचको मानसिकतामा तालमेल हुन सकेन भने यस्ता घटना दोहोरी रहने छन । विद्यार्र्थी वर्गको मानसिकतामा परिवर्तन आएको छ । आज विद्यार्थीवर्ग शिक्ष्ँकलाई गुरु वर्ग मान्न तयार छैनन । आज विद्यार्थीले शिक्ष्ँकलाई एउटा व्यापारिको रुपमा लिने गरेका छन । मानौ विद्यालय कुनै पसल हो । र शिक्ष्ँक पसलको व्यापारी । तर सामान्य शिष्टाचार र अनुशासनको पालना त एउटा पसलमा पनि गर्नु पर्ने हुन्छ । फेरि विद्यालयमा अनुशासनको पालना नगर्ने विद्यार्थीलाई कसरी राम्रँे मान्न सकिन्छ र ? भनिन्छ अनुशासन विद्यार्र्थीको गहना हो । तर आजको विद्यार्थी वर्गले यस गहनालँई धारण गर्न चाह“दैनन । तर गहना फुकाल्नुको अर्थ नाड्डो हुनु कदापि होईन । विद्यालयमा कायम गरिएको नियम कुनै एउटा विद्यार्थीका लागि मात्रै होईन । अनुशासन भड्ड गर्ने विद्यार्थीमाथि कर्वाही हुनुपर्छ । तर कार्वाहीको माध्यम मार पिट गर्नु विद्यार्थीमा त्रास फैलाएर हैकम कायम गर्नु कदापि होईन । अनुशासनहीन विद्यार्थीलाई दण्डित गर्नै पर्छ । तर दण्डित गर्ने माध्यक कुटपिट होईन । विद्यार्थी पिटने अधिकार छैन शिक्ष्ँकलाई ।
शिक्ष्ँक समाजको एउटा बुद्धिजीवीवर्ग हो । उनीहरुलाई यस्ता विषय बुझाउनु पर्ने हुदैन होला  । माथि उल्लेख गरिसकियो कि आज विद्यार्थी र शिक्ष्ँकको बीचमा गुरु चेलाको जस्तो सम्बन्ध रहेन । विद्यार्थीले पनि विद्या धन दिएर पैसा खर्च गरेर ठूलो मेहनत गरेर प्राप्त गर्ने हो । त्यसकारण पनि विद्यार्थीले शिक्ष्ँकको अनावश्यक हस्तक्षेप सहन गर्दैनन । तर यहा“ नेर समाजले विर्सन नहुने कुरा के छ भने विद्यालय भित्र अनुशासन कायम राख्ने जिम्मा पनि शिक्षककै हो । जब कुनै विद्यार्थीले पटक पटक अनुशासन भड्ड गर्छ विद्यँलय भित्र दादागिरी गर्छ, नेता गिरी गर्छ, पटक पटक अटेर गर्छ, उसका क्रियाकलापले अन्य विद्यार्थीको पढाई प्रभावित हुन थाल्छ, तब के गर्ने शिक्षकले उसको मनमानी चल्नदिने स्कुलमा उसको हैकम कायम हुन दिने  अन्य विद्यार्थी माथि ? शिक्षकलाई माईनस गर्ने ? पटक पटक विद्यालयका नियम उल्लङ्घन गर्दा शिक्ष्ँकहरुलाई पनि आक्रोस उत्पन्न हुने आवेश पैदा हुनु स्वभाविक हो । तर यहा“ नेर शिक्षकहरुले अधिकतम संयमता अपनाउनु पर्छ । संयमता पूवर्क उदण्ड विद्यँर्थीलाई दण्डित गर्ने मार पिट बाहेक अन्य मार्गको अवलम्बन गर्नु पर्छ । दोष शिक्ष्ँकको मात्र हाईन ।
दोषि विद्यार्थी मात्रै पनि होईन । दोषि यो समाज र यस समाजका हामी उत्तिकै छौं । किनकि हाम्रो चाहनामा के रहन्छ भने हाम्रँे सन्तानले अनुशासन कायम गरिएको विद्यालयमा पढोस् । राम्रो अंक ल्याएर पास होस् । विद्यालय भित्र कुनै प्रकारको अवाञ्छित कार्य नहोस आदि इत्यादि यो हाम्रँे इच्छा हो । त्यसका लागि विद्यालयमा अनुसाशन हुनै पर्छ । राम्रो अंक ल्याएर पास हुनका लागि शिक्ष्ँकले दिएको गृहकार्य पनि पुरा गर्नेैै पर्छ । यिनी सबै कार्यका लागि  त्यसका लागि विद्यालयमा कायम अनुशासनको पालन गर्नै पर्छ । र अनुशासनको पालना गराउन खोज्दा विद्यार्थी शिक्ष्ँक माथि नै जाई  लाग्छ भने त्यस अवस्थामा के गर्ने शिक्षकले यस्ता विषय केलाउदा एकतर्फी रुपमा शिक्ष्ँकलाई मात्रै दोषि ठहर गरेर उनको मनोबल तोडन पनि त्यति उचित देखिदैन । सन्तान पास भैदिए हुन्थ्यो भन्ने आशा राख्ने अभिभावकले गृहकार्य गर्न दबाद दिने शिक्ष्ँकलाई किन दोषि देख्ने ? विद्यार्थीले गृह कार्य गर्दैन विद्यालयमा अनुशासनको पालना गर्दैन, शिक्ष्ँकले भनेको मान्दैन , शिक्ष्ँकलाई नै आ“खा देखाउ“छ , जनतन नक्कल गरेर जा“च दिन्छ पास भए स्याब्बास नानी बाबु हो फेल भए त्यो स्कुलमा त त्यस्तै हो पढाई नै ह“ुदैन, मास्टरहरुले पढाउदैनन, त्यो स्कुलमा त अनुशासन नै छैन यस प्रकारको भावना हुन्छ हाम्रो ।
विद्यार्थी पिटने शिक्षक निश्चित पनि दोषि हुन यसमा कुनै दुई राय हुन सक्दैन । विद्यार्थी पढाए बापत शिक्षकले भरपुर सेवा सुविधा पाउने गरेका छन । उनीहरुले केही गुन गरेका छैनन विद्यार्थी पढाउनु आफुहरुकोसंग भएको ज्ञान विद्यार्थीमा सञ्चार गर्नु उनीहरुको जागिरको हिस्सा हो । त्यसकारण विद्यार्थी पढाएर विद्यार्थी तथा अभिभावक माथि उनीहरुले गुन लगाउनु पर्ने हु“दैन । तर पैसा दिएर वस्तु किन्ने ठाउ“मा पनि सामान्य शिष्टाचार देखि कडा  अनुशासनसम्मको पालना गर्नु पर्ने हुन्छ । विद्यार्र्थीले विद्यालयमा नियमको पालना गर्ने कि नगर्ने ? नियम मिच्नु भनेको अनुशासन भड्ड गर्नु भनेको पनि ठूलो नहोला तर अपराध नै हो ।
फिल्मको  टिकट काटन लाईनमा बस्नु पर्छ प्रशासनिक काम कार्वाहीमा पनि लाइनमा बसेर कार्य सम्पन्न गराउनु पर्छ । जागिरका लागि अन्तरवार्ता दिन जा“दा सर्टको टाक खोलेर लाईन मिच्दै दादागिरी गर्दै अघि गएर जागिर पक्का पाईएला त ? यिनी  विषय दुवै पक्ष्ँले गम्भीरतापूर्वक सोच्नु पर्छ । अनुशासन जीवनको प्रत्येक क्ष्ँेत्रमा अनिवार्य हुन्छ । विद्यार्थीलाई अनुशासनमा राख्न चाहने शिक्ष्ँकलाइ गलत भन्नै मिल्दैन । तर अटेर विद्यार्थी  उदण्ड विद्यार्थीलाई सुधार गर्ने नाममा मार पिट गर्ने अधिकार शिक्ष्ँकलाई पनि छैन । सुधारको अन्य मार्ग खोजिनु पर्छ । हुन त अनुशासन पनि शिक्षाको एउटा अंग हो । विद्यार्थीले त्यस अंगलाई निश्क्रिय गर्नु हु“दैन ।
यदि दुवै पक्ष्ँले आआफनो भूमिकालाई ठीक ठीक तरिकाले अन्जाम दिने हो भने यस्ता घटना हुनबाट जोगिन सकिन्छ । चाहे जे होस शिक्ष्ँकले यस विषयमा अधिकतम संयमता अपनाउन जरुरी देखिन्छ । यदि अन्धाले आ“खा चाह“दैन भने के मरिहत्ते गर्नु ? यदि भोकाले भोजन खा“दैन भने कति घिचाउनु ,यदि रोगिले उपचार चाह“दैन भने कस्को के लाग्छ र ? यस विषयमा देशको सञ्चार माध्यम पनि पूर्ण निष्पक्ष्ँ देखिदैन । सञ्चार माध्यमहरुले पनि विद्यार्थीको आचरणको विश्लेषण गरेको पाईदैन । सञ्चार माध्यमहरु यस विषयमा निष्पक्ष्ँ हुनुपर्छ । एकतर्फी रुपमा शिक्षकलाई मात्रै दोषि ठहर गर्नु उचित हुदैन । दुवै पक्ष बराबर केलाउनु पर्छ । आखिरी आजका विद्यार्थी भोलिका देशका भविष्य हुन । उनको आचरण अनुशासन आदि बाट नै देशको भविष्य सुनिश्चित हुने हो । त्यसैले यस विषयमा सबैले विचार पु¥याउनु आवश्यक हुन्छ ।

June 06, 2014

संसारकै उत्कृष्ठ बाउ




















सिख्रो रुखको रुप हो नेपाली गणतन्त्र


केशब काफ्ले

आफुले जीवन भरी खाई नखाई दुख कष्ट सहेर कमाएको धन सम्पत्तिको चोरी हदा डाकाले लुटेर लगि दिदा,आगो पानीले बार्बाद पारिदिदा, मान्छेको ह्दयमा जो पीडा हुन्छ ,त्यो भन्दा कही धेरै पीडा  भएको छ आज नेपाली जनताको ह्दयमा । नेपालमा गणतन्त्र ल्याउन नेपाली जनताले जुन भूमिका खेले जुन प्रकारले आफना प्राणको बलिदान गरे,मर्ने मरेर गए, बाचेकाले जो दुख कष्ट सहे यो विषय उठाइरहनु पर्ने विषय होईन । किनकि तिनी घटना र विषय नेपालमा मात्र होईन कि विश्व इतिहासमा दर्जा भएर अमर बनिसकेका छन । तर उल्लेख गर्न परिरहने विषय के बा“की रहयो भने जनताले त्यो त्याग र बलिदान पश्चात जुन गणतन्त्रको आशा गरेका थिए त्यस अनुरुप छ त नेपालको गणतन्त्र ? के यस्तै गणतन्त्रको लागि हो त नेपाली जनताले संघर्ष गरेको ? के नेपाली जनताले गणतन्त्रको अनुभूति गरेका छन त ? त्यत्रो संघर्ष त्यत्रो बलिदान पश्चात आखिरी के पाए त जनताले ? कस्का लागि गरेका रहेछन त जनताले त्यो संघर्ष त्यो बलिदान ? आफना लागि त पक्कै पनि होईन रहेछ । किनकि आम जनताको अवस्था त  अस्ती भन्दा हिजो खराब , हिजो भन्दा आज खराब देखिन्छ । बास्तमा नेपालको गणतन्त्र नेपालका राजनीतिक दल र उनका नेताहरुलाई मात्रै रहेछ भन्ने आज बुझदै छन जनताले । नेपालका आम जनताले आज आफुहरु पूर्ण रुपमा लुटिएको अनुभूति गरेका छन ।
वास्तवमा आज नेपाली जनताले ह्दय देखि नै अनुभव गरेको विषय के हो भने राजाको तन्त्रमा एउटै राजा हु“दो रहेछ तर गणको तन्त्र भनेको शासन विधिमा हजारांै राजा हु“दा रहेछन । एउटा राजा फालेर हजारौं राजा जन्माएकोमा आज कता कता जनताले अपराध पनि गरिरहेको हुुनपर्दछ । निमको रुखलाई नाम परिवर्तन गरेर आ“प भनेर बोलाउ“दैमा निमको रुखमा आ“पको फल कदापि लाग्दैन । निमको रुख ढालेर आ“पको रुख हुर्काउनु पर्छ र मात्रै आ“पको फल प्राप्त हुन्छ । गरिब मान्छेको नाम, धनपति राख्दैमा त्यो मान्छे धनवान हु“दैन । यस सत्यलाई नेपालका राजनीतिक दलका साथ साथै नेपाली जनताले पनि बुझन पर्दछ । तर नेपाली राजनीतिक दलहरुले यस सत्यलाई अंगिकार गर्दैनन । किनकि फल्दो फुल्दो
 नेपालका दलहरु र नेताहरुका लागि फलदायी ह“ुदैन । उनीहरुका लागि यहि पात झरेको सिख्रो गणतन्त्र फलदायी रही रहने छ । तर आम जनताका लागि नेपालको नाम मात्रै को यो गणतन्त्र पात झरको सिख्रो रुख जस्तै नै हो । जसले आम जनतालाई घाममा  छाया“ दिन सक्दैन । एकतहरो पानी ओत्न सक्दैन । पंक्ष्ँी जगतलाई एकरातको बास दिन सक्दैन । जहा“ बसेर चरा चुरुड्डी चचहाउन पाउ“दैनन । यस्तो सिख्रो पात झरेको रुखको रुप बनेको छ नेपाली गणतन्त्र । हेक्का हुनुपर्ने कुरा के त भनी बोल्न पाउने अधिकार मात्रै होइन गणतन्त्र कुसाशन विरुद्ध कुरिति विरुद्ध आफनो प्रतिद्वन्द्वी विरुद्ध नेताविरुद्ध बोल्न पाउने अधिकार मात्रै होइन गणतन्त्र । गणतन्त्रका विविध पक्षहरु हुन्छन । सुशासन समृद्धि,नागरिक समानता,स्वास्थ्य,शिक्षा व्यवस्थामा जताको सहज पहुंच जस्ता कुनै विषयमा पनि नेपाली गणतन्त्रले प्रवेश पाएको छैन । बोल्ने अधिकारको नाम होईन गणतन्त्र । बोलेर मात्रै पेट भरिदैन । भाषणले मात्रै समाज परिवर्तन हु“दैन । अझै भन्ने हो भने यहा“ त सत्य बोल्न पनि पाईदैन । नेपालमा विकास नहुनुमा राजतन्त्रलाई मुख्य कारण मान्ने राजतन्त्रले जनताको हक मारेको छ भन्ने गणतन्त्र नै विकासको मुख्य सुत्र हो भन्ने गरेका नाथेहरुले खै त विकास गरेको ? विकास त गरे तर कस्तो विकास गरे लोडसेडिड्ड नै नहुने देशमा लोडसेडिड्डको विकास गरे,एकै वर्षमा अरबौंको तेल चोर्ने विकास गरे,गरिब जनताले उपचार नपाउने विकास गरे,वर्ग विभाजनको विकास गरे ,वर्ग संघर्षको विकास गरे , जातीय धुव्रीकरणको विकास गरे,यस्तो पो रहेछ गणको तन्त्र भनेको त । राजतन्त्र नै विकासको बाधक थियो भने आज राजतन्त्र ढलेको पनि १ दशक हुनै लागेको छ यस एक दशकमा यस्ता कुनै दशवटा विकास देखाउन सक्छन गणतन्त्रवादीहरुले ? जसले जनतामा गणतन्त्रको अनुभूति गरायो ।
बास्तमा भन्ने हो भने कुनै पनि शासन व्यवस्थाले विकासमा अवरोध गर्दैन बाधा गर्दैन । कुनै पनि शासन व्यवस्थाले विकासमा गतिरोध पैदा गर्दैन । यदि राजतन्त्रमा विकास हुन नसक्ने भए डेनमार्क,नर्वे,बेलायत जस्ता देश आज संसारका सबै भन्दा सुखी र समृद्ध कसरी भए त ? ज्ञात रहोस उल्लेखित देशहरुमा राजतन्त्र कायमै छ । जबकि विशाल क्ष्ँेत्रफल विशाल जनसंख्या आन्नबालीमा आत्मनिर्भर विविधताले परिपूर्ण भएको देश भारत र हाम्रो देशको अवस्थामा त्यति धेरै अन्तर छैन । हेक्का रहोस भारत पनि गणतन्त्र हो । फेरि पनि भारतमा जरा सितको गणतन्त्र छ । जब कि हामीकहा“ जरा विनाको गणतन्त्र छ । जरा सितको रुखले हा“गा हाल्छ । विना जराको रुख सुक्दै जान्छ । सो भारतको गणतन्त्र फेरि पनि फल्दै छ फुल्दै छ हा“गा हाल्दै छ । जब कि नेपालमा गणतन्त्र ओइलाउदै छ । दोष शासन विधिमा हुदैन विचारमा हुन्छ । जस्तै कि फुलको विरुवा विधि हो भने त्यसलाई बनाउने हुर्काउने माली विचार हो । विरुवालाई कस्तो बनाउने हो भन्ने मालिमा निर्भर हुन्छ । राष्ट्रबाद उग्र नारामा ह“ुदैन ,व्यवहारमा हुन्छ । जो राष्ट्रवाद स्वर्गिय राजा विरेन्द्रमा थियो त्यस्तो राष्ट्रवाद आज कुनै नेतामा पाईदैन । तर उनको राष्ट्रवाद तथाकथित गणतन्त्रवादीहरु माथि अंकुस बनेको थियो । त्यसै कारणले त उनी सैह्य भएन नेताहरुलाई । गणतन्त्र पश्चात हामी यसरी लुटिम्ला यसरी पिटीम्ला भन्ने चेतना यदि जनतामा हुन्थ्यो भने सम्भत त गणतन्त्र प्रँप्त गर्न भन्दै प्राण न्यौछावर गर्ने थिएनन । नेपालको गणतन्त्र यहा“का नेताहरुलाई फापेको छ ।नेता निकट कार्यकर्तालाई फापेको छ । यहा“ को नोकर साहीलाई फलिफुत भएको छ । पु“जी पति वर्गलाई फस्टाएको छ । तर आम जनताको अवस्था हिजो पनि उही आज पनि उही अझै भन्नु पर्दा हिजोको भन्दा दुईचार कदम पछि सर्न बाध्य पारेको छ आम जनतालाई नेपालको पात विहीन गणतन्त्रले ।
वास्तवमा नेपाली जनताले अब गणतन्त्रको पनि विकल्प खोज्ने बेला आउ“दै छ  । छाया“ विनाको गणतन्त्रले अतालिएका जनता जब तातेर रन्किन्छन त्यति बेला गणतन्त्रका हजारौ राजा फेरिबाट धोति न टोपी भए भने आश्चर्य मान्नुपर्ने छैन । किन कि नेपाली गणतन्त्र अनउत्पादित रुख बनेको छ । अनउत्पादित रुखको रुपमा रहेको राजतन्त्र फालेपछि उत्पादित वृक्ष्ँ रोप्नुपर्ने थियो  तर त्यस्तो हुन सकेन । राजतन्त्रको रुपमा ज्ञानेन्द्र शाहको शासनकाललाई कदापि राम्रो मान्न सकिदैन तर विकल्पको रुपमा भित्राइएको गणतन्त्रले पनि आम जनतालाई कुनै मीठास दिन सकेको छैन । नेपाली गणतन्त्रमा सकारात्मक भन्दा नकारात्मक पक्ष्ँ धेरै देखा परेका छन । तर नकारात्मक पक्ष्ँको दोषी गणतन्त्र कदापि होईन । दोषी उनी तत्वहरु हुन जसले गणतन्त्रलाई आफनो खल्तीमा राखेर आफ्नो अनुकुन बनाएर प्रयोग गरेका छन । जस्तो कि भनिसकियो कुनै पनि तन्त्र दोषी ह“ुदैन । दोषी हुन्छ तन्त्र धारक । बास्तवमा नेपाली जनतासंग विकल्पको कमी छ । शासन कर्ताहरुले एक पछि अर्को विकल्प पाउ“दै गए । राणा शासनको विकल्पमा राजतन्त्र , राजतन्त्रको विकल्पमा लोकतन्त्र,फेरि लोकतन्त्रको विकल्पमा गणतन्त्र तर शासन कर्ताहरुले प्रत्येक विकल्प आफनै अधिन गरेर राखे । जनताले आफनो  अनुकुल बलियो विकल्प अझै पाउन सकेका छैनन । यहि दुखद विषय बनेको छ नेपाली जनतालाई ।