June 20, 2014

अटेर विद्यार्थी र आवेशी शिक्षक


केशब काफ्ले

हालैका दिनमा पाल्पा जिल्लामा मात्रै शिक्ष्ँकद्वारा विद्यार्थी कुटाईका दुइवटा घटना घटे । पहिलो घटना पाल्पा जिल्लाको खानीगा“उ गाविस स्थित खानीगाउ“ माविको हो । जहा“ गृहकार्य नगरेको निउमा शिक्ष्ँक रामप्रसाद गैरेद्धारा विद्यार्थी दिलिप विक पिटिए । लगत्तै पाल्पाको सदरमुकाम तानपा ११ सुन्दरगाउ“ स्थित सरस्वती माविमा सर्टको टा“क नलगाएको बाहानामा शिक्ष्ँक शंकर पौडेलद्धारा विद्यार्थी प्रकाश सुनार पिटिए । तर यिनी दुवै घटनामा स्थानीय समाज एक मत छैन । एक पक्ष्ँ शिक्ष्ँकलाई दोषि ठान्छ अर्को पक्ष्ँले विद्यार्थी पनि अनुशासनमा रहनुपर्छ भन्ने तर्क गर्छ ।
हुन त एक मत नहुनुको कारण केही हदसम्म राजनीतिक आस्था पनि हुन सक्छ । त्यसै पनि हाम्रँे देशमा शीघ्र अति शीघ्र विकसीत हुने विरुवाको नाउ हो प्रत्येक घटनाको  राजनीतिकरण । फेरि यहा“ त भविष्य निर्माता र भविष्यका कर्णधारहरुको मार पिट थियो । सो राजनीतिकरण नहुने कुरै भएन । सो भयो राजनीति । होला जा“च बुझ होला ,शिक्ष्ँक दण्डीत होलान,विद्यार्थी निष्काशित होलान आदि इन्यादि विषय आफनै ठाउ“मा छन । तर मुख्य विषय के त भने यस्ता घटनाको अन्त्य भने हुने छैन । किनकि यस्ता घटना परिवर्तित मानसिकता र अपरिवर्तित मानसिकताका उपज हुन । यहा“ नेर शिक्ष्ँकले आफनो मानसिकता परिवर्तन गर्नु पर्ने देखिन्छ । शिक्ष्ँकहरुले हेक्का राख्नुपर्ने विषय के त भने उनीहरुले मध्य युगका गुरुकुलका शिक्षक होइनन । जहा“ विद्यार्थीहरुलाइ कठोर अनुशासनमा बाधेर राखिन्थ्यो । २१ औं शताब्दिमा कम्प्युटर युगका शिक्ष्ँक हुन । उनले गुरुकुलको अनुशासन आज पनि कायम राख्न खोजेर हु“दैन ।
शिक्ष्ँकको यस मानसिकतामा परिवर्तन आवश्यक छ । यद्यपि शिक्ष्ँकको आफनो जिम्मेवारी हुन्छ आफनो भुमिका हुन्छ । तर जिम्मेवारी तथा भूमिकाबाट परे विद्यार्थी वर्गको परिवर्तित मानसिकता बुझन पनि आवश्यक छ । यदि विद्यार्थी र शिक्षक बीचको मानसिकतामा तालमेल हुन सकेन भने यस्ता घटना दोहोरी रहने छन । विद्यार्र्थी वर्गको मानसिकतामा परिवर्तन आएको छ । आज विद्यार्थीवर्ग शिक्ष्ँकलाई गुरु वर्ग मान्न तयार छैनन । आज विद्यार्थीले शिक्ष्ँकलाई एउटा व्यापारिको रुपमा लिने गरेका छन । मानौ विद्यालय कुनै पसल हो । र शिक्ष्ँक पसलको व्यापारी । तर सामान्य शिष्टाचार र अनुशासनको पालना त एउटा पसलमा पनि गर्नु पर्ने हुन्छ । फेरि विद्यालयमा अनुशासनको पालना नगर्ने विद्यार्थीलाई कसरी राम्रँे मान्न सकिन्छ र ? भनिन्छ अनुशासन विद्यार्र्थीको गहना हो । तर आजको विद्यार्थी वर्गले यस गहनालँई धारण गर्न चाह“दैनन । तर गहना फुकाल्नुको अर्थ नाड्डो हुनु कदापि होईन । विद्यालयमा कायम गरिएको नियम कुनै एउटा विद्यार्थीका लागि मात्रै होईन । अनुशासन भड्ड गर्ने विद्यार्थीमाथि कर्वाही हुनुपर्छ । तर कार्वाहीको माध्यम मार पिट गर्नु विद्यार्थीमा त्रास फैलाएर हैकम कायम गर्नु कदापि होईन । अनुशासनहीन विद्यार्थीलाई दण्डित गर्नै पर्छ । तर दण्डित गर्ने माध्यक कुटपिट होईन । विद्यार्थी पिटने अधिकार छैन शिक्ष्ँकलाई ।
शिक्ष्ँक समाजको एउटा बुद्धिजीवीवर्ग हो । उनीहरुलाई यस्ता विषय बुझाउनु पर्ने हुदैन होला  । माथि उल्लेख गरिसकियो कि आज विद्यार्थी र शिक्ष्ँकको बीचमा गुरु चेलाको जस्तो सम्बन्ध रहेन । विद्यार्थीले पनि विद्या धन दिएर पैसा खर्च गरेर ठूलो मेहनत गरेर प्राप्त गर्ने हो । त्यसकारण पनि विद्यार्थीले शिक्ष्ँकको अनावश्यक हस्तक्षेप सहन गर्दैनन । तर यहा“ नेर समाजले विर्सन नहुने कुरा के छ भने विद्यालय भित्र अनुशासन कायम राख्ने जिम्मा पनि शिक्षककै हो । जब कुनै विद्यार्थीले पटक पटक अनुशासन भड्ड गर्छ विद्यँलय भित्र दादागिरी गर्छ, नेता गिरी गर्छ, पटक पटक अटेर गर्छ, उसका क्रियाकलापले अन्य विद्यार्थीको पढाई प्रभावित हुन थाल्छ, तब के गर्ने शिक्षकले उसको मनमानी चल्नदिने स्कुलमा उसको हैकम कायम हुन दिने  अन्य विद्यार्थी माथि ? शिक्षकलाई माईनस गर्ने ? पटक पटक विद्यालयका नियम उल्लङ्घन गर्दा शिक्ष्ँकहरुलाई पनि आक्रोस उत्पन्न हुने आवेश पैदा हुनु स्वभाविक हो । तर यहा“ नेर शिक्षकहरुले अधिकतम संयमता अपनाउनु पर्छ । संयमता पूवर्क उदण्ड विद्यँर्थीलाई दण्डित गर्ने मार पिट बाहेक अन्य मार्गको अवलम्बन गर्नु पर्छ । दोष शिक्ष्ँकको मात्र हाईन ।
दोषि विद्यार्थी मात्रै पनि होईन । दोषि यो समाज र यस समाजका हामी उत्तिकै छौं । किनकि हाम्रो चाहनामा के रहन्छ भने हाम्रँे सन्तानले अनुशासन कायम गरिएको विद्यालयमा पढोस् । राम्रो अंक ल्याएर पास होस् । विद्यालय भित्र कुनै प्रकारको अवाञ्छित कार्य नहोस आदि इत्यादि यो हाम्रँे इच्छा हो । त्यसका लागि विद्यालयमा अनुसाशन हुनै पर्छ । राम्रो अंक ल्याएर पास हुनका लागि शिक्ष्ँकले दिएको गृहकार्य पनि पुरा गर्नेैै पर्छ । यिनी सबै कार्यका लागि  त्यसका लागि विद्यालयमा कायम अनुशासनको पालन गर्नै पर्छ । र अनुशासनको पालना गराउन खोज्दा विद्यार्थी शिक्ष्ँक माथि नै जाई  लाग्छ भने त्यस अवस्थामा के गर्ने शिक्षकले यस्ता विषय केलाउदा एकतर्फी रुपमा शिक्ष्ँकलाई मात्रै दोषि ठहर गरेर उनको मनोबल तोडन पनि त्यति उचित देखिदैन । सन्तान पास भैदिए हुन्थ्यो भन्ने आशा राख्ने अभिभावकले गृहकार्य गर्न दबाद दिने शिक्ष्ँकलाई किन दोषि देख्ने ? विद्यार्थीले गृह कार्य गर्दैन विद्यालयमा अनुशासनको पालना गर्दैन, शिक्ष्ँकले भनेको मान्दैन , शिक्ष्ँकलाई नै आ“खा देखाउ“छ , जनतन नक्कल गरेर जा“च दिन्छ पास भए स्याब्बास नानी बाबु हो फेल भए त्यो स्कुलमा त त्यस्तै हो पढाई नै ह“ुदैन, मास्टरहरुले पढाउदैनन, त्यो स्कुलमा त अनुशासन नै छैन यस प्रकारको भावना हुन्छ हाम्रो ।
विद्यार्थी पिटने शिक्षक निश्चित पनि दोषि हुन यसमा कुनै दुई राय हुन सक्दैन । विद्यार्थी पढाए बापत शिक्षकले भरपुर सेवा सुविधा पाउने गरेका छन । उनीहरुले केही गुन गरेका छैनन विद्यार्थी पढाउनु आफुहरुकोसंग भएको ज्ञान विद्यार्थीमा सञ्चार गर्नु उनीहरुको जागिरको हिस्सा हो । त्यसकारण विद्यार्थी पढाएर विद्यार्थी तथा अभिभावक माथि उनीहरुले गुन लगाउनु पर्ने हु“दैन । तर पैसा दिएर वस्तु किन्ने ठाउ“मा पनि सामान्य शिष्टाचार देखि कडा  अनुशासनसम्मको पालना गर्नु पर्ने हुन्छ । विद्यार्र्थीले विद्यालयमा नियमको पालना गर्ने कि नगर्ने ? नियम मिच्नु भनेको अनुशासन भड्ड गर्नु भनेको पनि ठूलो नहोला तर अपराध नै हो ।
फिल्मको  टिकट काटन लाईनमा बस्नु पर्छ प्रशासनिक काम कार्वाहीमा पनि लाइनमा बसेर कार्य सम्पन्न गराउनु पर्छ । जागिरका लागि अन्तरवार्ता दिन जा“दा सर्टको टाक खोलेर लाईन मिच्दै दादागिरी गर्दै अघि गएर जागिर पक्का पाईएला त ? यिनी  विषय दुवै पक्ष्ँले गम्भीरतापूर्वक सोच्नु पर्छ । अनुशासन जीवनको प्रत्येक क्ष्ँेत्रमा अनिवार्य हुन्छ । विद्यार्थीलाई अनुशासनमा राख्न चाहने शिक्ष्ँकलाइ गलत भन्नै मिल्दैन । तर अटेर विद्यार्थी  उदण्ड विद्यार्थीलाई सुधार गर्ने नाममा मार पिट गर्ने अधिकार शिक्ष्ँकलाई पनि छैन । सुधारको अन्य मार्ग खोजिनु पर्छ । हुन त अनुशासन पनि शिक्षाको एउटा अंग हो । विद्यार्थीले त्यस अंगलाई निश्क्रिय गर्नु हु“दैन ।
यदि दुवै पक्ष्ँले आआफनो भूमिकालाई ठीक ठीक तरिकाले अन्जाम दिने हो भने यस्ता घटना हुनबाट जोगिन सकिन्छ । चाहे जे होस शिक्ष्ँकले यस विषयमा अधिकतम संयमता अपनाउन जरुरी देखिन्छ । यदि अन्धाले आ“खा चाह“दैन भने के मरिहत्ते गर्नु ? यदि भोकाले भोजन खा“दैन भने कति घिचाउनु ,यदि रोगिले उपचार चाह“दैन भने कस्को के लाग्छ र ? यस विषयमा देशको सञ्चार माध्यम पनि पूर्ण निष्पक्ष्ँ देखिदैन । सञ्चार माध्यमहरुले पनि विद्यार्थीको आचरणको विश्लेषण गरेको पाईदैन । सञ्चार माध्यमहरु यस विषयमा निष्पक्ष्ँ हुनुपर्छ । एकतर्फी रुपमा शिक्षकलाई मात्रै दोषि ठहर गर्नु उचित हुदैन । दुवै पक्ष बराबर केलाउनु पर्छ । आखिरी आजका विद्यार्थी भोलिका देशका भविष्य हुन । उनको आचरण अनुशासन आदि बाट नै देशको भविष्य सुनिश्चित हुने हो । त्यसैले यस विषयमा सबैले विचार पु¥याउनु आवश्यक हुन्छ ।

No comments:

Post a Comment