July 29, 2014

तरकारीमा विषादी आवश्यकता कि बाध्यता ?




केशब काफले


तरकारीमा अत्यधिक विषादी प्रयोग सम्बन्धी समाचारहरु प्रकाशनमा आउन थालेपछि यो विषय उपभोक्ताहरुका बीच गम्भीर चासोको विषय बनेको छ । र चासो हुनु पनि पर्छ । किनकि मुनष्य जीवनमा स्वास्थ्य भन्दा ठूलो सम्पत्ति अन्य केही पनि हु“दो रहेन छ । स्वास्थ्य नै धन हो भन्ने विषयको ज्ञान सबैमा नहुन सक्छ । तर त्यस्ता व्यक्तिहरु सं“गत्यस विषयको प्रयाप्त ज्ञान हुन्छ,जो व्यक्ति निरन्तर रोग व्याधिसं“ग संघर्ष गर्दै आईरहेका छन । यहा“ प्रश्न विषक्त हरियो तरकारीको मात्रै नभएर विषाक्त खाद्य पदार्थ हो । यस आलेखको मध्यमबाट खाद्य पदार्थमा पढ्दो विषादी प्रयोगका केही मुख्य कारणहरु प्रष्ट्याउने प्रयत्न गरिएको छ ।

हरिया तरकारीमा हुने गरेको विषादी प्रयोग सम्बन्धी सत्य तथ्यलाइ हेरेर अमल गर्ने हो भने आज कुनै पनि हरिया तरकारीहरु स्वास्थ्यका दृष्टिले खान योग्य हु“दैन । अझै त्यसैमा पनि हरिया साग पातहरु त झनै खानै ह“ुदैन ।  किनकि सागपात जन्य हरिया तरकारीहरुमा सबै भन्दा धेरै विषादी प्रयोग गरिएको हुन्छ र सागपात जन्य तरकारीहरुबाट हामी उपभोक्तहरुले प्रत्यक्ष्ँ रुपमा विषादी खाने गरेका छौं । किनकि हरिया सागपात फोकेर (छिल्का फालेर) खान मिल्दैन । त्यस कारण आज जुन सागसब्जीमा विषादीको छिडकाउ गरिन्छ भोलि पल्ट त्यही सागपात बजारमा आईपुग्छ । र त्यसबाट हामीले प्रत्यक्ष्ँ विषादी खाने गरेका छौं । त्यसै पनि अन्य हरिया तरकारीको तुलनामा सागजन्य तरकारीमा विषादीको प्रयोग धेरै हुने गर्दछ । हुन त व्यवसायी तरकारी खेतीमा हरिया तरकारीहर सबैमा विषादीको प्रयोग हुन्छ नै । त्यसैमा पनि सागपात जन्य तरकारीमा झनै उच्च मात्रामा विषादीको प्रयोग हुन्छ । तर जानजानै पनि उपभोक्ताहरु त्यस्ता विषादी युक्त तरकारीको उपभोग गर्न बाध्य छन । किनकि खुर्सानी बिना भान्सा चाहे नरोकिएला तर दाल तरकारी बिना भान्सा अवस्य नै रोकिन्छ । आखिरी यो अत्यधिक विषादी  प्रयोग सम्बन्धी विषयको दोषी को हो त ?

व्यवसायिक तरकारी खेतीगर्ने किसान । अथवा कृषि फारामहरुले विषादी प्रयोग नगरिकन तरकारी उत्पादन गरेर मुनाफा हु“दैन । जब कि व्यवसायको अर्थ नै मुनाफा कमाउनु हो । अर्को तर्फ व्यसायिक तरकारी खेती अथवा व्यवसायि कृषिको खेती युवाहरुका लागि बाध्यता बनेको छ भने अर्को तर्फ आवश्यकता पनि बनेको छ । समयको माग पनि बनेको छ । देशमा बढदो बेरोजगारको समस्यालाई केही हदसम्म भए पनि व्यावसायिक तरकारी खेती र व्यावसायिक कृषि खेतीले समाधान गर्ने गरेको छ ।

तरकारी अथवा कृषिको क्षेत्रमा विषादी प्रयोगको समस्या अकस्मात पैदा भएको होईन । यसका अनेक पाटाहरु छन । जसमा मानव आफैले गरेको गल्ति भनौ अथवा भुल भनौ को भुमिका नै मूख्य छ । तरकारीमा हुने गरेको विषादी प्रयोगमा हाल कृषि पेशमा लागेका किसान र कृषि फारामहरु मात्रै दोषी छैनन । यस विषयको जरो निकै गहिरो छ । जति गहिरो छ उत्तिकै डरलाग्दो पनि छ । विषादी प्रयोगमा एकातिर किसानको बाध्यता छ भने अर्का तिर आवश्यकता पनि उत्तिकै छ ।


व्यापारमा जतिजति लाभ ह“ुदै जान्छ व्यापारीको लोभ पनि    उत्तिकै बढदै जान्छ । आफनो मालको बजारमा खपत देखेर व्यवसायी र उत्पादन कर्ता उत्साहित हु“दै जान्छन । लोभ बढदै जान्छ । उत्पादनमा बृद्धि गर्दै जान्छन् । भन्ने गरिन्छ कि ‘जिमी प्रति लाभ लोभ अधिकाई’ यो व्यापार व्यवसायको सिद्धान्त नै हो । अब तरकारी खेतीमा उत्पादनमा  वृद्धि गर्ने विकल्प विषादी प्रयोग बाहेक अरु के छ र ? छिटो छरितो उत्पादनका लागि कृषकहरुले रसायनिक मल र अन्य विषादीहरुको अन्धा धुन्द प्रयोग गर्ने गरेका छन । उनीहरुले उत्पादन जसरी गरे पनि बजारमा निर्विरोध खपत भईरहेको छ । हेक्का राख्नु पर्ने ,विषय के हो भने युरिया आदि  रसायनिक खादहरु पनि विषादी नै हुन । तर जस्तो कि माथि उल्लेख गरिसकियो यसमा किसानमात्रै दोषी छैनन । विषादी प्रयोग किसानको बाध्यता बनेको छ भने मानव समाजको आवश्यकता बनेको छ । यस विषयमा समकालीन मानव समाजदेखि वर्तमान मानव समाज समान रुपमा दोषी देखिन्छन । किनकि मानव समाजले भोलिका दिनमा आइ पर्ने भयानक परिणामका बारेमा हिजो पनि विचार पु¥याउन सकेको थिएन र आज पनि त्यो विचार पु¥याउन सकेको छैन ।


 मानव समाज प्राणी जगतको सर्वश्रेष्ठ प्राणी हु“दा ह“ुदै पनि मानवले स्वयम मानव जातको हित र सम्पूर्ण प्राणी जगतको हितमा त्यो विवेकको प्रयोग गर्न सकेको छैन जो कि गर्नै पर्ने थियो । मनुष्यको विवेकहिनतको परिणाम स्वरुप आज हरिया तरकारी त के सम्पूर्ण खाद्य पदार्थमा विषादी को प्रयोग गर्न परिरहेको छ । जसको लाभ व्यवसायिक किसान र किटनाशक उत्पादन कर्ताहरुले उठाई रहेका छन ।

 मनुष्यले आफनो विवेकद्वारा भविष्यमा आईपर्ने कठिनाई लाइ दृष्टिगत गरेर जनसंख्या नियन्त्रण गर्न सकेन । तीव्र रुपमा जनसंख्या बढदै गयो । वढदै गएको जनसंख्या अनुसार नै उत्पादनमा वृद्धि गर्नु पर्ने बाध्यता बढदै गयो । यहा“निर  ध्यान दिनुपर्ने विषय के छ भने धर्ति सीमित छ जब कि जनसंख्या बढदो छ । सीमित धर्तिबाट नै बढदो जनसंख्याका लागि खाद्य पदार्थ सहित अन्य सबै भौतिक वस्तुको पूर्ति गर्ने हो । फेरि प्राकृतिक वस्तुको मागको पूर्ति हुन्छ त ?

आज कुनै पनि खाद्य पदार्थ विषादी रहित छैनन । किनकि कुनै पनि खाद्य पदार्थ प्रकृतिक तथा पारम्पारिक पद्धतिद्वारा उत्पादित हु“दैनन । कृत्रिम तरिका अपनाएर उत्पादन गरिएको तरकारी अथवा खाद्य पदार्थमा रोग तथा किट पतं·को आक्रमण धेरै हुने गर्दछ । जसलाइ नियन्त्रण गर्न विषादीको प्रयोग गर्नु पर्दछ । त्यसैकारणले गर्दा हरिया तरकारीहरु त खान योग्य छैनन । त्यति मात्रै होईन आज गाई भैसीको दुध घिउ, अथाव दुग्ध जन्य पदार्थ पनि शुद्ध र विषादी रहित छैनन ।

 विषादीको मात्रा थोरै होला त्यो बेग्लै कुरा हो बढदो जनसंख्याको मागको पुर्ति गर्नको लागि हरिया तरकारी तथा अन्य खाद्य पदार्थमा विषादीको प्रयोग अनिवार्य नै बनेको छ । त्यसकारण यस विषयमा पुरा मानव समाजनै दोषी देखिन्छ । जनसंख्या वृद्धि जारी छ धर्ति सीमित छ । तराई क्षेत्रको उब्जाउ भूमि शहरी करणले गर्दा समाप्त ह“ुदैछ । उब्जाउ भूमि माथि धमाधम पलटि· गरेर भूमि मासिदै छ । हिजोका उब्जाउ भूूमिमा आज   ठूला ठूला कालोनिको निर्माण भईरहेको छ । विज्ञानले समुन्द्रमा खेतीगर्ने तरिका खोज्न सकेको छैन । मरुभूमि खेतीगर्न सकिएको छैन । फेरि मागको पूर्ति कसरी हुन्छ त ? तर यति सरल विषय पनि हामी महाबुद्धिमान मनुष्यले अझै बुझिसको छैनौ । २ छोरी जन्मिसके पछि पनि छोराको लोभमा अझै २ छोरी अथवा छोरा नै भए पनि १ छोराले भएन २ छोराको लोभमा जनसख्या वृद्धि गर्ने काम जारी नै छ । फेरि दोष कस्को ? कृषकको मात्रै हो र ? हाम्रा धार्मिक मन्यता पारम्पारिक सोंच आदि सबै दोषी छन ।

 परिवर्तनको नाममा अथवा आधुनिकताको नाममा छोट कपडा लगाउने अंग्रेजी घोलमोल गरेर बोल्ने सोचको विकास भए पनि तिनै आधुनिकता अपनाउनेहरुमा छोरा छोरी बराबर भन्ने सोचको  विकास अझै पनि हुन सकेको छैन । पढेलेखेका डाक्टर इन्जिनियर शिक्ष्ँक, अर्थात समाजको शिक्ष्ँित र बुद्धिजीवी वर्गमा पनि पारम्पारिक विचारको गुणगोहर बा“की नै छ । फेरि तरकारीको रुपमा मधुरो विष नखाएर के खाने त ? एउटा सोधको तथ्यांकको अनुसार संसारका सबै मनुष्यले मांशाहारको त्याग गरेर साकाहारी भोजन गर्न थालिन्छ भने अन्न उत्पादनमा तत्काल ३५ प्रतिशतका दरले वृद्धि गर्न जरुरी देखिन्छ  । यदि त्यस्तो हुन नसके ३५ प्रतिशत जनता भोकै बस्नु पर्ने हुन्छ । त्यति मात्रै होईन सबै मनुष्य शाकाहारी हुन्छन भने तरकारीहरुको उत्पादनमा आज नै यति सारै विषादीको प्रयोग भएको छ भने तब झन कति प्रयोग गर्न पर्ला त्यति मात्रै हाईन सबै शाकाहारी भएको खण्डमा आज बजारमा अरहरको दाल जे भाउ विक्री भईरहेको छ त्यसको मूल्य ३ दोब्बरले बढेर जान्छ । दाल मात्रै होईन हरिया तरकारी आदि सबै शाकाहारी खाद्य पदार्थको मूल्य पनि त्यसै पनि बढेर जान्छ । दाल अनुमानित ७—८ सय रुपैया“ बढेर जान्छ । फेरि उत्पादनको वृद्धि पनि त्यही अनुपातमा गर्नु पर्ने छ । त्यस अवस्थामा प्राकृतिक रुपमा गरिएको उत्पादन हात्तीको मुखमा जिरा भन्छन तर हात्तीको मुखमा जीरा नभएर जीरो हुने छ । आवश्यकताको पूर्तिका लागि  सबै प्रकारका   कृत्रिम तरिका अपनाउनु पर्ने हुन्छ । जसमा प्रमुख भूमिका विषादी नै रहने छ । जस्तो कि उल्लेख गरिसकियो विषादी प्रयोगलाई प्रोत्साहित गर्ने अनेक कारणहरु छन जस्तै कृषकको आर्थिक प्रलोभन,विषादी उत्पादन कम्पनीको आर्थिक प्रलोभन, विषादी प्रयोग गर्नु पर्ने बाध्यता ,  बजारमा मागको पूर्ति गर्नु पर्ने बाध्यता तर कारण र निचोड जनसंख्या वृद्धि नै हो ।

कसैले भन्छन विषादी प्रयोग गरे जनता मर्ने नगरे किसान मर्ने । तर कसरी मर्छ किसान ? एउटै झाल एउटै रुख,एउटै विरुवा बाट क्षमता भन्दा दोब्बर तेब्बर उत्पादनका लागि अत्यधिक मात्रामा रसायनिक मल र विषादी प्रयोग गर्ने किसान त दोषी छन नै तर हामी उपयोग गर्ने जनता पनि उत्तिकै दोषी छौं । चिकित्सकहरुले पनि अधिका—अधिक हरियो परियो खाने सल्लाह दिन्छन । हामीहरु पनि  हरियो सागपात अथवा  हरियो तरकारी भने पछि मरिहत्ये गर्दछौं । जति उत्पादन गरे पनि मागको पूर्ति हु“दैन खपत भएकै छ । उत्पादन कर्ताको लोभ बढदै जान्छ । तर आज जति धेरै हरियो परियो खायो उति धेरै विषादी खाईन्छ । यो विषय आफै चिकित्सकहरुलाई थाहा हु“दैन । किनकि उत्पादन गर्न चिकित्स खेतमा त जा“दैनन । रुखभरिको फलफूल एकै पटक टिपेर विषादीले एकै पटक पकाएर बजारभरी पयांलपुर गरिन्छ । तर यस विषयमा सरकारको तर्फबाट विषादी प्रयोग सम्बन्धी कुनै मापदण्ड,रोकतोक छैन ।

किसान मर्ने भन्दा पनि किसानमा लोभ बढी देखिन्छ । एउटै लौकाको झालमा १० देखि ३०—४० को हाराहारीमा लौका फल्छन । लौका अफ सिजनमा ६० देखि १०० रुपैया“ किलोसम्म विक्छ एउटै लौका १ देखि ३ केजीसम्म हुन्छ । आज यति नै बेला तब जबकी लौका,घिरौला,बोडि तरकारी आदिको सिजन हो र पनि यिनी तरकारी यति नै बेला पनि ३० देखि ५० रुपैया“ किलोसम्म विक्री हु“दैछ कसरी मर्छन त किसान ? कति लागत लाग्छ एउट लौकाको झालमा  घिरौलाको झालमा ? कति लाग्छ एउटा गरामा साग उमार्न , जबकी २०० ग्रामको सागको मुठा १० देखि ३० रुपैया“ सम्म विक्छ बजारमा । आज साग टिपेर प्रोटिन आदिको रुपमा विषादी छर्कने पर्सि फेरि उत्तिकै तयार हुन्छ । फेरि त्यही बजार पूग्छ । रहस्य धेरै छन यसमा । कमाईको कुरा गरेर ह“ुदैन कसैले बसी बसी एकै दिनमा लाखौ कमाउ“छ,कसैले दिनभरी पसिना बगाएर पनि १०० रुपैया“ मात्रै कमाउ“छ । त्यो देखेर ह“ुदैन ।

मावनको स्वास्थ्यस“ंग गम्भीर खेलवाड भईरहेको छ । तर दोषी हामी पनि छौ कृषक मात्रै होईन । हामीहरुले प्रोसाहित गरेका छौ । हामीलाई दालले मात्रै हु“दैन तरकारी चाहियो, चटनी पनि चाहियो, अधुवा, जुवानो, टिमुर, ज्याम्मु, लसुनको झोल भोलले ह“ुदैन हामीलाई । मीठै चाहियो स्वादीलो चाहियो । चाहे त्यो स्लो पैजन नै किन नहोस  । दोषीका क्ष्ँेत्र खोज्दै जाने हो भने धेरै छन । तर मुख्य जनसंख्या वृद्धि नै हो । आज लोभ लाग्दा हरिया तरकारी खाएर शरीरले  भिटामिन पाउ“दैन प्रोटिन पाउ“दैन पाउ“छ त के ग्याष्टिक पाउ“छ,अस्लस पाउ“छ,प्यारालाईसीस पाउछ,आ“खाको दृष्टिकम आ“खाबाट आ“सु आउने,आदि आदि पाईन्छ । तर अझै पनि जनसंख्यामा दिन प्रतिदिन वृद्धि भईरहेको छ । समुन्द्रमा खेती हु“दैन रेगिस्तानमा खेती ह“ुदैन । पृथ्वीको आकारमा वृद्धि हु“दैन । तर आवादीको वृद्धि रोकिदैन । उत्पादनको वृद्धि गर्नै पर्छ विषादीका प्रयोग गर्नै पर्छ । र त्यही विषादी युक्त तरकारी अथवा अन्य खाद्य पदार्थको उपभोग जनताले गर्नैै पर्छ ।

आज भन्दा १५ –२० वर्ष पहिला जुन खेतमा १० मुरी धानको उत्पादन हुन्थ्यो त्यसै खेतमा आज ५०–६० मुरी धान उत्पादन हुन्छ । जुन बारीमा त्यति बेला ५ मुरी मकै फल्थ्यो आज त्यही बारीमा २० मुरी मकै उत्पदन हुन्छ । कसरी उत्पादन हुन्छ त विना विषादी प्रयोग नगरी हुन्छ त ? फेरि पनि खाद्य पदार्थको पूर्ति हु“दैन । माग बढदै जान्छ । कारण जनसंख्या वृद्धि नै हो । फेरि यस श्रेष्ठ प्राणीले कुरा किन बुझदैन त ? छोरी जन्मिएर छोरा जन्मने आशमा जनसंख्या वृद्धि, छोरा जन्मिए एउटी छोरी त हुनै पर्छ नत्र छोराहरु तिहारमा अलपत्र हुन्छन । यस्तै विचार र मान्यताले गर्दा विषादी प्रयोग अनिवार्य बन्दै गएको छ ।

आज भारतमा १ सेकेन्डमा ५ वटा बच्चा जन्मन्छन । र १ सकेन्डमा २ जना मान्छे मर्छन । अर्थात तिनको संख्या वृद्धि हुन्छ । नेपालमा पनि जन्मदर र मृत्यु दरमा ठूलो अन्तर छ । अब यस अन्तरलाई सन्तुलित गर्न मृत्युदर बढाउने कुरा तार्किक ह“ुदैन । तर जन्मदर कम गरेर जन्मदर र मृत्यु दरलाई सन्तुलित गर्न नसकिने होईन । जम्मा सरकार ईमान्दार र जिम्मेदार हुनुपर्छ । तर समस्याको समाधान सरकारको् प्रयासले मात्रै ह“ुदैन जनताले आफनो विवेकको प्रयोग गर्नु पनि जरुरी छ । उत्पादन गर्ने किसान देखि उपभोग गर्ने आम जनता सम्मा विषादीको प्रयोग र उपयोगले स्वास्थ्यमा पर्ने असर बारे सचेत हुनु जरुरी छ जन्मदर र मृत्यु दरमा कसरी सामन्जस्य बसालेर यसैलाई सन्तुलित गर्ने भन्ने तर्फ सरकार सरोकार वाला सबै लाग्नु पर्छ । अन्यथा परिणाम भयानक हुने छ । समस्याको जरो पहिल्याउन पर्छ । समस्याले महामारीको रुप नलिदै रोकथाममा ध्यान दिनु पर्छ । खेती योग्य जमिन मासिनु ह“ुदैन । आधुनिकता शहरमा मात्रै हु“दैन शहर पसेर मात्रै आधुनिक भईदैन तीव्र सहरीकरण मथ्थर गर्नुपर्छ । आधुनिकता शहरमा होईन विचारमा ल्याउनु पर्छ ।

July 19, 2014

उकाली ओराली: गरिब देशको धनी बजेट तर निराशाजनक

उकाली ओराली: गरिब देशको धनी बजेट तर निराशाजनक: केशब काफले   यति नै बेला एक दृष्टिले हेर्दा देशमा पूर्ण बहुमतको सरकार छ । र त्यही पूर्ण बहुमतको सरकारले आर्थिक वर्ष २०७१।०७२को आयव्य...

गरिब देशको धनी बजेट तर निराशाजनक


केशब काफले

 

यति नै बेला एक दृष्टिले हेर्दा देशमा पूर्ण बहुमतको सरकार छ । र त्यही पूर्ण बहुमतको सरकारले आर्थिक वर्ष २०७१।०७२को आयव्यय जनता समक्ष्ँ प्रस्तुत गरिसकेको छ । सरकारद्धारा प्रस्तुत गरिएको यस बजेटलाई निजी क्षेत्रले सकारात्मक रुपमा लिएको देखिन्छ । किनकि यस बजेटमा निजी क्ष्ँेत्रलाई आकर्षित गर्न खोजेको देखिन्छ । यस बजेटले आशिंक रुपमा मध्यम वर्गलाई पनि समेटेको देखिन्छ । तर सदाको झैं यस पटकको बजेटले पनि गरिब वर्ग र गरिबीको रेखामुनि रहेको वर्गलाई पटक्कै छोएको छैन । पूर्ण रुपमा नजरअन्दाज गरिएको छ निम्न वर्गको तर्फबाट । सरकारी कारिन्दाहरुको तहअनुसार दुई देखि ९हजारसम्म तलबवृद्धि गरिएको छ । जसको फलस्वरुप २—४ दिन भित्रै बजारमा १५ प्रतिशत देखि २५ प्रतिशत सम्म महगी आउने निश्चित छ । यस महंगीको मार निम्न वर्गले नै झेल्ने हो । तर यस महगीबाट निप्टने खोज अर्थ मन्त्रीले गर्न सकेको छैनन । सबै क्षेत्र सबै वर्गलाई समेटको छु भनेका अर्थ मन्त्रीले निम्न वर्गतर्फ दृष्टिपात गर्न पनि भ्यएका छैनन । सबै वर्गलाई समेटने कोसिस गर्दा गर्दै हो वा जानाजानै हो निम्न वर्गलाई समेटन त के कुरा हेर्न पनि चाहेका छैननन् अर्थ मन्त्रीले ।

विषेशतः यति नै बेला जनस्तरबाट उठिरहेका माग तथा विषय बस्तुहरुलाई कहिबाट पनि सम्बोधन गरिएको देखिदैन । नया“ सरकार संग आम जनताले केही नया“ पनको अपेक्ष्ाँ गरेका हुन्छन । तर प्रस्तुत बजेटमा केही नया“पन र भरस लाग्दो विषय कही पाईदैन । वर्तमान समयमा विकराल समस्याको रुपमा रहेको बेरोजगारीलाई कसरी समाधान गर्ने भन्ने तर्फ सरकारको ध्यान पटक्कै गएको छैन बजेट मार्फत । नया“ योजनाको सुरुवात गरेर कसरी नया“ रोजगारको सृजनागर्ने र बेरोजगारी दुर गर्ने भन्नेतर्फ बजेटमा कही उल्लेख छैन । महंगीको मारमा परेर त्रस्त बनेको निम्न वर्र्गलाई कसरी राहत दिने भन्ने तर्फबाट सरकार र सरकारी बजेट पूर्ण त चुप लागेको छ । निम्न वर्गलँई तत्काल राहत दिने जस्ता कुनै योजना छैनन बजेटमा फेरि यस बजेटलाई कसरी सन्तुलीत भन्न सकिन्छ र ? कर्मचारीहरुको तलब वृद्धि सगै बजारमा महगी निश्चित रुपमा आउछ । यसमा सन्देह गर्नु पर्दैन । तर त्यस महगाईलाई कसरी समायोजित गर्ने कसरी महंगि नियन्त्रण गर्ने , कसरी बजारलाई सन्तुलीत गर्ने र कसरी बजार व्यवस्थापन गर्ने भन्ने कुनै ठोस योजना देखिदैन बजेटमा ।
महंगी नियन्त्रण बजार व्यवस्थापन बजारमा वस्तुको सुलभता आदि जस्ता जनचासोका मुख्य विषय हुन । तर यस्ता विषयलार्य बजेटले छुन पनि सकेको छैन । बजेटमा अनिवार्य रुपमा समेटिनु पर्ने विषयहरुलाई भन्दा जनचासोदेखि पर रहेका विषयहरुलाई प्राथमिकता दिएको पाईन्छ । गरिबीलाई मध्यन नजर रख्दै बजारमा सन्तुलन ल्याउने तर्फ पटक्कै दृष्टिपात गरिएको छैन बजेटमा सम्भव त अर्थ मन्त्रीज्यूलाई निम्न वर्गदेखि एलर्जी नै रहेछ । त्यसैकारणले गर्दा होला यस पटक पनि सधा झै निम्न वर्गका लागि बजेटले घोर निरासानै ल्याएको छ । बजेटमा नया रोजगारको सृजना गरेर युवा युवतीहरुलाई स्वदेशमै रोजगारी उपलब्ध गराएर जनशक्ति विदेश पलायन हुनबाट रोक्ने खण्डको एउटा पनि योजना देखिदैन । अनेक कारणहरु छन जसले गर्दा यस बजेटलाई एउटा सन्तुलीत बजेट भन्न मिल्दैन ।
अर्थ मन्त्रीले समेटिनु पर्ने  धेरै क्ष्ँेत्रलाई छोडेका छन । भ्रष्टचारले पीडित भएर थलामा परिसकेको देशमा बजेट प्रस्तुत गर्दा भ्रष्टाचार कसरी नियन्त्रण गरेर कसरी राजश्व वृद्धि गर्ने भन्ने तर्फबाट अर्थ मन्त्रीले आ“खा चिम्लेका छन । भ्रष्टाचार,जमाखोरी,कालाबजारी,राजश्व चोरी आदि जस्ता विषय अर्थ मन्त्रीज्यूलाई गौण विषय बनेको देखियो । यस बजेटले निजी क्षेत्रका कर्मचारीहरुलाई पनि साथ दिएको देखिदैन । अझै भन्नु पर्दा अनौपचारिक क्षेत्रका कर्मचारीहरु त यस बजेट देखि लाखौ मिल टाढा देखिन्छन । अर्थ मन्त्री ज्यूले औपचारिक तथा अनौपचारिक क्ष्ँेत्रका कामदारहरुले पनि अन्न खान पर्छ कपडा लगाउन पर्छ भन्ने थाहा पाएका रहेनछन क्यारे । यस बजेटले वर्ग विभाजनको कार्यलाई निरन्तरता दिईरहने छ । समग्रमा यो बजेट पनि सधा झै वर्ग विषेशलाई मात्रै लाभाम्बित गर्ने बजेट हो भन्दा अन्यथा हु“दैन । आय श्रोतका नया“ मुल नखोजिकन व्यय गर्ने थलोलाई प्रोत्साहित गरेका छन अर्थ मन्त्रीले ।
आय श्रँेत नखोजिकन व्यय गर्दा नै त होनी घाटाको बजेट प्रस्तुत गर्न पर्ने ।  बजेट ठूलो आकारको छ । पैसा छरिएको छ । तर बजेटमा उत्साह छैन । निरासाजनक छ बजेट । विषेशत गरिब वर्गका लागि त बजेटमा उत्साह छंदै छैन । नया“ निर्वाचित तथा बहुमतमा रहेको सरकार सत्तामा हुदा यस सरकारसंग निम्न वर्गले केही आशा राखेको थियो । तर यस वर्गलाई त जुनै जोगि आए पनि कानै चिरेको भन्ने उखानले साथ छोडने छाट देखिदैन । निम्न वर्गले ठूला तथा दिर्घकालीन योजनाहरुमा भन्दा पनि तत्काल राहतको विषयमा धेरै चासो राखेको हुन्छ । तर निम्न वर्गले राहत पाउने विषय त परै जावस थप महंगीको मारमा यही वर्ग पिसीने निश्चित छ । अर्थ मन्त्री महोद्य जी ले गरिब तथा माध्यम वर्गलाई वैदेशिक रोजगारबाट फर्कदा ३२ ईन्चको टिभीमा भन्सार नलाग्ने जस्ता हास्यास्पद विषयले थुम्थुम्याउन खोजेका छन । जो कि आ“खामा छारो हाल्ने काम हो । बजेटमा वस्तुको आयात निर्यात जस्तो महत्वपूर्ण विषयलाई छोईएको पनि छैन । जबकी आयात निर्यात भनेको एउटा महत्वपूर्ण पक्ष हो । वार्षिक बजेटमा अनुमानित रुपमा भए पनि आयात निर्यातको विषय अनिवार्य रुपमा समेटिनु पर्दथ्यो । योबजेट कहीबाट पनि उत्पादन मुलक देखिदैन । र जब सम्म स्वदेशी उत्पादनमा देश आत्म निर्भर हुदैन तब समम देश कसरी विकासका मार्गमा अघि बढछ र ? अर्थ मन्त्रीले २०२२ सम्मा देशलाई विकाशील देशको पंक्तिमा उभ्याउने उल्लेख गरेका छन । तर जुन प्रकारको बजेट प्रस्तुत गरिएको छ त्यस्तै प्रकारका बजेटका हिसाबले त २०२२ होईन कि २०५२ सम्ममा पनि देश विकाशील देशको पंक्तिमा पुग्दैन । देशमा भरपुर कृषि उत्पादन नभएसम्म देशलाई अघि बढाउन सकिदैन । तर बजेटमा वैज्ञानिक तबरमा कृषि उत्पादनको कुनै ठोस नीति प्रस्तुत गरिएको छैन ।
बजेटको आकार मात्रै ठूलो भएर हु“दैन । बजेटको ठीक ठीक प्रयोग हुन सकोस भन्ने तर्फ अर्थ मन्त्रीको ध्यान पुगेको छैन । बजेट  ठूलै आकारको बनाएर पैसा छर्ने तर त्यसलाई ठीक प्रकारले कार्यान्वयन नगर्ने विमारी पुरानै हो हाम्रो देशमा । जुन क्षेत्रलाई बजेट विनियोजन गरिएको हो त्यस क्ष्ँेत्रमा बजेटको ठीक ठीक प्रयोग भयो वा भएन भन्ने अनुगामन हुन अति आवश्यक छ किनकि हाम्रो देशमा भ्रष्टाचारको महामारीनै फैलिएको छ । जसलाई नियन्त्रण गर्ने तर्फ अर्थ मन्त्रीले दृष्टिपात गर्न भ्याएनन । चाहे जे होस बजेटमा निम्न वर्गका लागि निराशा बाहेक अरु केही छैन । अन्य क्षेत्रलाई पनि यस बजेटले खासै खुृसी दिन सक्दैन । समग्र रुपमा यो बजेट सधाको झै माध्यम खालको बजेट हो भन्न सकिन्छ ।

July 14, 2014

गेरुवा वस्त्रले मात्रै मानिस ज्ञानी हुदैन


केशव काफले

 


मनुष्य आमाको कोखबाट जन्मदाको घडिमा कुनै जात लिएर जन्मदैन । मान्छेले जन्म लिएपछि आफुलाई जन्म दिने आमाले जुन पुरुषलाई यो तेरो बाबु हो भनेर चिनाईदिन्छिन त्यसै पुरुषलाई जानेर र मानेर त्यसैका आधारमा जात कर्म गरेपछि मात्रै मुनुष्य जीवनमा जतीय पहिचान सुरु हुन्छ । जात कर्म हुनु भन्द अघि मनुष्यको कुनै पनि जात हु“दैन । जस्तै कि हिन्दु सम्प्रदायको बाहुन जातमा ब्रतबन्ध हुने गर्दछ । ब्रतबन्ध भएपछि मात्रै अमुक व्यक्ति ब्राहमण हो भन्ने पहिचान सुरु हुन्छ । त्यस्तै विभिन्न जातजातिमा आ—आफना रिति रिवाज अनुसार जात कर्म पश्चात मात्रै जाति पहिचान सुरु हुन्छ । उदाहरण जस्तै कि आमाले दुई चार महिनाको बालक बालिका काखमा लिएर अथवा गर्भ लिएर आफनो पति त्यागेर कुनै अन्य जातको पुरुषसंग नाता जोडन पुगेमा त्यही अन्य जातको पुरुषलाई बाबुको रुपमा चिनाईदिए पछि त्यस बालक वा बालिकाको जात त्यसै पुरुषसग जोडिएर त्यसै पुरुषको जात अनुसार जात कर्म भएपछि मात्रै जातीय पहिचान सुरु हुन्छ । यद्यपि यस विषयमा वैज्ञानिक तर्क गर्न सकिने ठाउ“ छ । तर त्यसमा टिकाउपन थोरै हुन्छ । यसरी जातीय पहिचान सुरु ह“ुदा पनि मनुष्यको जातियताले पूर्णता पाउ“दैन । किनकि यहा“सम्म आउदा पनि उसको संसारिक वृत्ति अझै आरम्भ भएको हु“दैन ।

संसारिक वृत्ति अर्थात कर्म किनकि संसार कर्म प्रधान छ । (कर्म प्रधान विश्व रचिराखा,जो जस करही सो तस फल चाख) संसारमा जात प्रधान  ह“ुदैन कर्म प्रधान हुन्छ । यस विषयलाई वेद पुराण गीता रामायण आदि ्शाष्त्र द्धारानै सिद्ध गर्न सकिन्छ । ब्राहमण कुलमा जन्म लिएर मात्रै बा्रहमण हु“दैन । ब्राहमण कुलमा जन्म लिएर ब्राहमणोचित कर्म नगरेर शुद्रको कर्म गर्छ भने त्यो ब्राहमण ह“ुदैन । शुद्रको घरमा शुद्राणीको कोखबाट जन्मे पनि यदि उसको सम्पूर्ण कर्म ब्राहमणोचित हुन्छ भने त्यसलाई शुद्रमा राखेर ब्राहमणत्तोबाट टाढा राख्न मिल्दैन । यस विषयलाई पनि शाष्त्रद्धारा नै शिद्ध गर्न सकिन्छ । अर्थात भन्नुको मतलब यो हो कि मनुष्य जन्मदै कुनै जातको हु“दैन । संसार कर्म प्रधान फेरि पनि संसारमा जातीय विभेद जारी नै छ । एउटै सम्प्रदाय भित्रका विभिन्न जात जतिहरुको बीचमा पनि जातीय भेदभाव जारी छ । हाल इराकमा गहिरिदै गरेको संकटमा पनि जातीय भावना प्रवल रुपमा हावी छ । शिया सुन्नी दुुवै मुस्लिम समुदाय हुन । तर जातीय भेदभावका कारण यिनी दुवै समुदायमा संसार भरी टकराव जारी छ । आखिरी किन त ?

हिन्दु सम्प्रदाय भित्र पनि अनेक जातजाति पर्दछन । त्यस्ता जात जातिहरुलाइ यो वा  त्यो कारण देखाएर उनीहरुको जातीय भावनालाई आफनो निजी औजार बनाएर देशका राजनीतिक पार्टीहरुले आफनो निजी हित साधने गरेका छन । नेपाल होस या भारत इराक होस या इज्रायल श्रीलंका होस या सिरीया सबै देशमा विषेश गरी दक्षिण एसियामा यो जातियताको विषले गर्दा नेता उकालो लाग्ने र जनता ओरालो लाग्ने क्रम जारी छ ।

यति नै बेला भारतका एकजना हिन्दु धर्मका ठेकेदारले निकै चर्चा कमाएका छन । उनी हुन ‘द्धारीका पिठका शंकाराचार्य स्वामी स्वरुपा नन्द सरस्वती’ । उनले साई बाबालाई पुजनी भक्तहरुलाई गंगा स्नान गर्ने अधिकारबाट बन्चित गर्न चाहि रहेका छन । उनले एउटा विवादास्पद बयान जारी गर्दै साई बाबामाथि आस्था राख्नेहरुले गंगा स्नान गर्न नहुने साई बाबाको मन्दिर बनाउन नहुने भन्दै  बक्तव्य जारी गरेका छन ।

साईबाबाका भक्तहरुले भने उनको यस वक्तव्यको जोडदार विरोध गरेका  छन । साई बाबाका विरोधी र साईबाबाका भक्तहरुबीच टकरावको स्थिति उत्पन्न भएको छ यति बेला भारतमा  । यदि यो दुई समुहमा टकराव भयो भने र कुनै अनुहुनी घटना घटयो भने त्यसका जिम्मेदार स्वामी स्वरुपा नन्द नै हुने छन । किनकि असमयमा यो अनावश्यक विषय उठाएर समाजमा उद्देव फैलाउने काम उनैले गरेका छन । स्वामी स्वरुपा नन्दका अनुसार हिन्दुहरुले साईबाबामा आस्था राख्नु हु“दैन । उनको मत अनुसार साई बाबा जन्मले मुस्लिम हुन । त्यस कारण साई बाबाका अनुयायीहरुले गंगा स्नान गर्न नहुने भन्दै वक्तव्य जारी गरेका छन । जबकि साई बाबाको जन्म कुन जातमा भएको हो भन्ने ठोस प्रमाण इतिहासमा कही पनि पाईदैन । ज्ञात रहोस कि साई बाबाका लाखौ हिन्दु भक्तहरु छन ।

नेपालमा पनि हजारौका संख्यामा साई बाबाका भक्तहरु छन । देश विदेशमा रहेका लाखौ साई बाबाका विश्वासीहरुका निजी आस्थामाथी प्रतिबन्ध लगाउने अन्दाजमा जारी गरिएको यस वक्तव्यले यति नै बेला हिन्दु समाजलाई नै दुई फ्याक पारेको छ । तर यहा प्रश्न यो हैन कि साईबाबाका कुन जातमा जन्मिए । प्रश्न यो पनि होईन कि उनी ईश्वरका अवतार थिए या साधारण मानव । प्रश्न यो हो कि साई बाबाका मानव जात यहा“सम्म कि प्राणी मात्रका हितैसी थिए कि थिएनन ? प्रश्न यो पनि हो कि के सा“च्चिकै मानवतावादी हुनका लागि कुनै जाति विषेशमा नै जन्म लिन जरुरी हुन्छ र ? साई बाबाले आफनो जीवन कालमा कुनै धर्म प्रति भेदभाव गरेको पाईदैन । उनले कुनै धर्म विषेशलाई मात्रै काखा र अन्य धर्मलाई पाखा गरेको पनि पाईदैन । उनी त प्राणी मात्रका पुजारी थिए । उनी सबै जात जाति भन्दा माथि उठेका एउटा माहान मानव थिए । फेरि यतिनै बेला उनी र उनका भक्तहरु विरुद्ध अनावश्यक रुपमा विवादित वयान दिएर शंकारा चार्य जिले के सिद्ध गर्न चाहेका छन त ? हेक्का रहोस साधु सन्त अथाव सन्त समाजले समाज तोडनेकाम गदापि गर्नु हुदैन ।

समाजलाई जोडने काम गर्नु पर्छ । यदि कुनै साधु सन्त अथाव सन्त समाजले यो वा त्यो कारण देखाउदै सौहार्द पूर्ण वातावरणमा मिलिजुली बसेको समाजलाई खण्डित गर्ने कार्य गर्छ भने त्यो साधु तथा त्यो सन्त समाज मानव जातको सत्रु हो मानवताको दुश्मन हो । चाहे त्यो कुनै पिठाधिस होस , मठाधिस होस,अथवा शंकाराचार्य ।

साई बाबाले आफुलाई कहिले पनि इश्वरका अवतार भनेका थिएनन तर यदि उनका भक्तहरुले उनमा आस्था राखेर उनलाई अवतार मानेर पुजा गर्छन भने उनको के दोष छ त यसमा ? शंकाराचार्यको पदवि पनि शंकर अवतार हो भन्ने केही ग्यारेण्टी हु“दैन । कुनै मुनुष्य विश्व गुरु ह“ुदैमा मानव जातको मुक्ति दाता हुन सक्दैन । मुक्तिका लागि मनुष्यले आफै प्रयत्न गर्नुपर्छ  । आफनो कल्याणका लागि आफै प्रयत्नशील हुनुपर्छ । ज्ञान प्राप्ति मुक्ति प्राप्ति  आदि जस्ता विषय मुनष्यको आफनो निजी प्रयास र आफनो निजी क्षमतामा भर पर्ने विषय हुन । यसमा कसैको जोर जबरजस्ती चल्दैन ।

अब भोलिका दिनमा शंकाराचार्य महोदय जी ले भन्लान कि साई बाबामा आस्था राख्नेहरुले गंगाको पानीले सिंचाई गरेर कृषि कार्य गर्न पाईदैन । या मुस्लिम समाजले गंगाको पानी प्रयोग गर्न पाईदैन । फेरि के होला यो समाजमा ? यस बारेमा विचार गरेका छन शंकाराचार्यले ? काशी बनारस,ज्ञानको उदगम स्थान मानिन्छ । काशी विद्व परिषदले ज्ञान तथा ज्ञानी हुनुको प्रमाण पत्र जारी गर्छ । त्यसैका आधारमा विश्व गुरु शंकाराचार्य आदि कहलिन्छन तर केका आधारमा शास्त्ररार्थका आधारमा । शास्त्ररार्थ अर्थात तर्क तर्क का आधारमा धार्मिक विषयमा जसले जति ठोस तथा ओज पूर्ण तर्क गर्न सक्यो त्यही विश्व गुरु मानिन्छ । त्यहा“ मानव समाजको कल्याणका विषयमा तर्क हु“दैन । धर्मका विषयमा तर्क हुन्छ । धर्मका विषयमा जसको जति ठोस तर्क हुन्छ त्यही जगत गुरु मानिन्छन । त के तिनी ईश्वरका अवतार हुन त ? हुन भने ठोस आधार के त ? होईन भने साई बाबाको विषयमा विवाद किन त ? साई बाबाका दृष्टिमा सबै ईश्वर अंश जिव अविनाशी थिए । फेरि उनको नाममा यस समाजलाई तोडने काम किन गरिदै छ ? यिनी विभिन्न पद पदवि लिएर बसेका पहेला वस्त्र धारक आ—आफना संगठनका नेता होलान । केही हदसम्म पनि धर्मका पनि ठेकेदार होलान तर यिनैलाई ज्ञानका ठेकेदार मुक्तिदाता मानि रहन सकिदैन ।

कसैको निजी भावना र निजी आस्थाका ठेकेदार यिनी होईनन । किनकि ज्ञानी मनुष्यहरुले यस्ता विवादित विषयहरु उठाएर समाजमा उत्तेजनाको सृजना गर्दैनन । शरीरमा  गेरुवा वस्त्र, हातमा त्रिशुल, निधारमा चन्दन लेप लगाउदैमा ज्ञानको पनि ठेकेदार भइदैन । यदि साई बाबा कुनै धर्मका पक्ष्ँपाती थिए भने उनले  हिन्दु धर्म र हिन्दु समाजको अहित किन गरेनन ? फेरि शंकाराचार्य महोदय जी ले कुन ज्ञानको आधारामा उनलाई अक्ष्ँुत शिद्धगर्दै छन त ? गंगा स्नान गर्न पनि अब शंकाराचार्य जीसंग  अनुमति लिनुपर्ने हो त? यो त सरासर गंगाको नै अपमान हो । किनकि उनले गंगासंग गंगाको निजी अधिकार पनि खोस्दै छन । किनकि गंगा माताले त कुन समाजले उनीमा डुबुल्की लागाउन पाउने र कुन समाजले नपाउने भनेर व्याख्या गरेको कही पनि पाईदैन । शास्त्र अनुसार गंगाको अवतरण मनुष्यमात्रको कल्याणका लागिमात्र भएको हो तर आज आएर केही धर्मका ठेकेदारले उनलाई आफनो निजी पेवा  बनाउन खोजिरहेका छन ।

पापी,पतित,कोरि तथा सबै जातको हितका लागि गंगा प्रतिबद्ध छन,भनेर लेखिएका प्रयाप्त प्रमाण शास्त्रमा देखाउन सकिन्छ । साई बाबा जोगि भन्दा माथि उठेका थिए । उनी जोगि होईनन योगि थिए । हेक्का रहोस जोगि त जो पनि  बन्न सक्छ तर योगि लाखौमा एक मात्र हुन सक्छ । जोगि बन्न सजिलो छ तर योगि बन्न निकै कठिन छ । फेरि पनि जोगि र योगि जुन जातको भए पनि सम्मानित हुन्छ, र हुनुपर्छ । तर्ककै आधारमा पद पदवि पाएका मात्रै सम्मानित हुनुपर्छ भन्ने केही छैन । यस्ता धार्मिक विषयलाई उठाएर सामाजिक सदभावमा खलल पु¥याउने मनुष्यलाई गेरुवा वस्त्र र चन्दन लेपको भरमा ज्ञानी मानेर उनको हुकुमको पालना गर्नुपर्छ भन्ने मत यसको पंक्तिकारको छैन । मेरो विचारमा त त्यस्ता ज्ञानीहरुले धर्मको मर्म अझै बुझन बा“की छ । गीताको सार अझै बुझनुपर्छ । पिठेश्वर,पिठाधिस,महामण्डलेश्वर,शंकाराचार्य आदि नामाकरणले मात्रै ज्ञानको द्वार खुल्दैन । तर यो यस पंक्तिकारको आन्तरिक बुझाई हो ।