केशव काफले
मनुष्य आमाको कोखबाट जन्मदाको घडिमा कुनै जात लिएर जन्मदैन । मान्छेले जन्म लिएपछि आफुलाई जन्म दिने आमाले जुन पुरुषलाई यो तेरो बाबु हो भनेर चिनाईदिन्छिन त्यसै पुरुषलाई जानेर र मानेर त्यसैका आधारमा जात कर्म गरेपछि मात्रै मुनुष्य जीवनमा जतीय पहिचान सुरु हुन्छ । जात कर्म हुनु भन्द अघि मनुष्यको कुनै पनि जात हु“दैन । जस्तै कि हिन्दु सम्प्रदायको बाहुन जातमा ब्रतबन्ध हुने गर्दछ । ब्रतबन्ध भएपछि मात्रै अमुक व्यक्ति ब्राहमण हो भन्ने पहिचान सुरु हुन्छ । त्यस्तै विभिन्न जातजातिमा आ—आफना रिति रिवाज अनुसार जात कर्म पश्चात मात्रै जाति पहिचान सुरु हुन्छ । उदाहरण जस्तै कि आमाले दुई चार महिनाको बालक बालिका काखमा लिएर अथवा गर्भ लिएर आफनो पति त्यागेर कुनै अन्य जातको पुरुषसंग नाता जोडन पुगेमा त्यही अन्य जातको पुरुषलाई बाबुको रुपमा चिनाईदिए पछि त्यस बालक वा बालिकाको जात त्यसै पुरुषसग जोडिएर त्यसै पुरुषको जात अनुसार जात कर्म भएपछि मात्रै जातीय पहिचान सुरु हुन्छ । यद्यपि यस विषयमा वैज्ञानिक तर्क गर्न सकिने ठाउ“ छ । तर त्यसमा टिकाउपन थोरै हुन्छ । यसरी जातीय पहिचान सुरु ह“ुदा पनि मनुष्यको जातियताले पूर्णता पाउ“दैन । किनकि यहा“सम्म आउदा पनि उसको संसारिक वृत्ति अझै आरम्भ भएको हु“दैन ।
संसारिक वृत्ति अर्थात कर्म किनकि संसार कर्म प्रधान छ । (कर्म प्रधान विश्व रचिराखा,जो जस करही सो तस फल चाख) संसारमा जात प्रधान ह“ुदैन कर्म प्रधान हुन्छ । यस विषयलाई वेद पुराण गीता रामायण आदि ्शाष्त्र द्धारानै सिद्ध गर्न सकिन्छ । ब्राहमण कुलमा जन्म लिएर मात्रै बा्रहमण हु“दैन । ब्राहमण कुलमा जन्म लिएर ब्राहमणोचित कर्म नगरेर शुद्रको कर्म गर्छ भने त्यो ब्राहमण ह“ुदैन । शुद्रको घरमा शुद्राणीको कोखबाट जन्मे पनि यदि उसको सम्पूर्ण कर्म ब्राहमणोचित हुन्छ भने त्यसलाई शुद्रमा राखेर ब्राहमणत्तोबाट टाढा राख्न मिल्दैन । यस विषयलाई पनि शाष्त्रद्धारा नै शिद्ध गर्न सकिन्छ । अर्थात भन्नुको मतलब यो हो कि मनुष्य जन्मदै कुनै जातको हु“दैन । संसार कर्म प्रधान फेरि पनि संसारमा जातीय विभेद जारी नै छ । एउटै सम्प्रदाय भित्रका विभिन्न जात जतिहरुको बीचमा पनि जातीय भेदभाव जारी छ । हाल इराकमा गहिरिदै गरेको संकटमा पनि जातीय भावना प्रवल रुपमा हावी छ । शिया सुन्नी दुुवै मुस्लिम समुदाय हुन । तर जातीय भेदभावका कारण यिनी दुवै समुदायमा संसार भरी टकराव जारी छ । आखिरी किन त ?
हिन्दु सम्प्रदाय भित्र पनि अनेक जातजाति पर्दछन । त्यस्ता जात जातिहरुलाइ यो वा त्यो कारण देखाएर उनीहरुको जातीय भावनालाई आफनो निजी औजार बनाएर देशका राजनीतिक पार्टीहरुले आफनो निजी हित साधने गरेका छन । नेपाल होस या भारत इराक होस या इज्रायल श्रीलंका होस या सिरीया सबै देशमा विषेश गरी दक्षिण एसियामा यो जातियताको विषले गर्दा नेता उकालो लाग्ने र जनता ओरालो लाग्ने क्रम जारी छ ।
यति नै बेला भारतका एकजना हिन्दु धर्मका ठेकेदारले निकै चर्चा कमाएका छन । उनी हुन ‘द्धारीका पिठका शंकाराचार्य स्वामी स्वरुपा नन्द सरस्वती’ । उनले साई बाबालाई पुजनी भक्तहरुलाई गंगा स्नान गर्ने अधिकारबाट बन्चित गर्न चाहि रहेका छन । उनले एउटा विवादास्पद बयान जारी गर्दै साई बाबामाथि आस्था राख्नेहरुले गंगा स्नान गर्न नहुने साई बाबाको मन्दिर बनाउन नहुने भन्दै बक्तव्य जारी गरेका छन ।
साईबाबाका भक्तहरुले भने उनको यस वक्तव्यको जोडदार विरोध गरेका छन । साई बाबाका विरोधी र साईबाबाका भक्तहरुबीच टकरावको स्थिति उत्पन्न भएको छ यति बेला भारतमा । यदि यो दुई समुहमा टकराव भयो भने र कुनै अनुहुनी घटना घटयो भने त्यसका जिम्मेदार स्वामी स्वरुपा नन्द नै हुने छन । किनकि असमयमा यो अनावश्यक विषय उठाएर समाजमा उद्देव फैलाउने काम उनैले गरेका छन । स्वामी स्वरुपा नन्दका अनुसार हिन्दुहरुले साईबाबामा आस्था राख्नु हु“दैन । उनको मत अनुसार साई बाबा जन्मले मुस्लिम हुन । त्यस कारण साई बाबाका अनुयायीहरुले गंगा स्नान गर्न नहुने भन्दै वक्तव्य जारी गरेका छन । जबकि साई बाबाको जन्म कुन जातमा भएको हो भन्ने ठोस प्रमाण इतिहासमा कही पनि पाईदैन । ज्ञात रहोस कि साई बाबाका लाखौ हिन्दु भक्तहरु छन ।
नेपालमा पनि हजारौका संख्यामा साई बाबाका भक्तहरु छन । देश विदेशमा रहेका लाखौ साई बाबाका विश्वासीहरुका निजी आस्थामाथी प्रतिबन्ध लगाउने अन्दाजमा जारी गरिएको यस वक्तव्यले यति नै बेला हिन्दु समाजलाई नै दुई फ्याक पारेको छ । तर यहा प्रश्न यो हैन कि साईबाबाका कुन जातमा जन्मिए । प्रश्न यो पनि होईन कि उनी ईश्वरका अवतार थिए या साधारण मानव । प्रश्न यो हो कि साई बाबाका मानव जात यहा“सम्म कि प्राणी मात्रका हितैसी थिए कि थिएनन ? प्रश्न यो पनि हो कि के सा“च्चिकै मानवतावादी हुनका लागि कुनै जाति विषेशमा नै जन्म लिन जरुरी हुन्छ र ? साई बाबाले आफनो जीवन कालमा कुनै धर्म प्रति भेदभाव गरेको पाईदैन । उनले कुनै धर्म विषेशलाई मात्रै काखा र अन्य धर्मलाई पाखा गरेको पनि पाईदैन । उनी त प्राणी मात्रका पुजारी थिए । उनी सबै जात जाति भन्दा माथि उठेका एउटा माहान मानव थिए । फेरि यतिनै बेला उनी र उनका भक्तहरु विरुद्ध अनावश्यक रुपमा विवादित वयान दिएर शंकारा चार्य जिले के सिद्ध गर्न चाहेका छन त ? हेक्का रहोस साधु सन्त अथाव सन्त समाजले समाज तोडनेकाम गदापि गर्नु हुदैन ।
समाजलाई जोडने काम गर्नु पर्छ । यदि कुनै साधु सन्त अथाव सन्त समाजले यो वा त्यो कारण देखाउदै सौहार्द पूर्ण वातावरणमा मिलिजुली बसेको समाजलाई खण्डित गर्ने कार्य गर्छ भने त्यो साधु तथा त्यो सन्त समाज मानव जातको सत्रु हो मानवताको दुश्मन हो । चाहे त्यो कुनै पिठाधिस होस , मठाधिस होस,अथवा शंकाराचार्य ।
साई बाबाले आफुलाई कहिले पनि इश्वरका अवतार भनेका थिएनन तर यदि उनका भक्तहरुले उनमा आस्था राखेर उनलाई अवतार मानेर पुजा गर्छन भने उनको के दोष छ त यसमा ? शंकाराचार्यको पदवि पनि शंकर अवतार हो भन्ने केही ग्यारेण्टी हु“दैन । कुनै मुनुष्य विश्व गुरु ह“ुदैमा मानव जातको मुक्ति दाता हुन सक्दैन । मुक्तिका लागि मनुष्यले आफै प्रयत्न गर्नुपर्छ । आफनो कल्याणका लागि आफै प्रयत्नशील हुनुपर्छ । ज्ञान प्राप्ति मुक्ति प्राप्ति आदि जस्ता विषय मुनष्यको आफनो निजी प्रयास र आफनो निजी क्षमतामा भर पर्ने विषय हुन । यसमा कसैको जोर जबरजस्ती चल्दैन ।
अब भोलिका दिनमा शंकाराचार्य महोदय जी ले भन्लान कि साई बाबामा आस्था राख्नेहरुले गंगाको पानीले सिंचाई गरेर कृषि कार्य गर्न पाईदैन । या मुस्लिम समाजले गंगाको पानी प्रयोग गर्न पाईदैन । फेरि के होला यो समाजमा ? यस बारेमा विचार गरेका छन शंकाराचार्यले ? काशी बनारस,ज्ञानको उदगम स्थान मानिन्छ । काशी विद्व परिषदले ज्ञान तथा ज्ञानी हुनुको प्रमाण पत्र जारी गर्छ । त्यसैका आधारमा विश्व गुरु शंकाराचार्य आदि कहलिन्छन तर केका आधारमा शास्त्ररार्थका आधारमा । शास्त्ररार्थ अर्थात तर्क तर्क का आधारमा धार्मिक विषयमा जसले जति ठोस तथा ओज पूर्ण तर्क गर्न सक्यो त्यही विश्व गुरु मानिन्छ । त्यहा“ मानव समाजको कल्याणका विषयमा तर्क हु“दैन । धर्मका विषयमा तर्क हुन्छ । धर्मका विषयमा जसको जति ठोस तर्क हुन्छ त्यही जगत गुरु मानिन्छन । त के तिनी ईश्वरका अवतार हुन त ? हुन भने ठोस आधार के त ? होईन भने साई बाबाको विषयमा विवाद किन त ? साई बाबाका दृष्टिमा सबै ईश्वर अंश जिव अविनाशी थिए । फेरि उनको नाममा यस समाजलाई तोडने काम किन गरिदै छ ? यिनी विभिन्न पद पदवि लिएर बसेका पहेला वस्त्र धारक आ—आफना संगठनका नेता होलान । केही हदसम्म पनि धर्मका पनि ठेकेदार होलान तर यिनैलाई ज्ञानका ठेकेदार मुक्तिदाता मानि रहन सकिदैन ।
कसैको निजी भावना र निजी आस्थाका ठेकेदार यिनी होईनन । किनकि ज्ञानी मनुष्यहरुले यस्ता विवादित विषयहरु उठाएर समाजमा उत्तेजनाको सृजना गर्दैनन । शरीरमा गेरुवा वस्त्र, हातमा त्रिशुल, निधारमा चन्दन लेप लगाउदैमा ज्ञानको पनि ठेकेदार भइदैन । यदि साई बाबा कुनै धर्मका पक्ष्ँपाती थिए भने उनले हिन्दु धर्म र हिन्दु समाजको अहित किन गरेनन ? फेरि शंकाराचार्य महोदय जी ले कुन ज्ञानको आधारामा उनलाई अक्ष्ँुत शिद्धगर्दै छन त ? गंगा स्नान गर्न पनि अब शंकाराचार्य जीसंग अनुमति लिनुपर्ने हो त? यो त सरासर गंगाको नै अपमान हो । किनकि उनले गंगासंग गंगाको निजी अधिकार पनि खोस्दै छन । किनकि गंगा माताले त कुन समाजले उनीमा डुबुल्की लागाउन पाउने र कुन समाजले नपाउने भनेर व्याख्या गरेको कही पनि पाईदैन । शास्त्र अनुसार गंगाको अवतरण मनुष्यमात्रको कल्याणका लागिमात्र भएको हो तर आज आएर केही धर्मका ठेकेदारले उनलाई आफनो निजी पेवा बनाउन खोजिरहेका छन ।
पापी,पतित,कोरि तथा सबै जातको हितका लागि गंगा प्रतिबद्ध छन,भनेर लेखिएका प्रयाप्त प्रमाण शास्त्रमा देखाउन सकिन्छ । साई बाबा जोगि भन्दा माथि उठेका थिए । उनी जोगि होईनन योगि थिए । हेक्का रहोस जोगि त जो पनि बन्न सक्छ तर योगि लाखौमा एक मात्र हुन सक्छ । जोगि बन्न सजिलो छ तर योगि बन्न निकै कठिन छ । फेरि पनि जोगि र योगि जुन जातको भए पनि सम्मानित हुन्छ, र हुनुपर्छ । तर्ककै आधारमा पद पदवि पाएका मात्रै सम्मानित हुनुपर्छ भन्ने केही छैन । यस्ता धार्मिक विषयलाई उठाएर सामाजिक सदभावमा खलल पु¥याउने मनुष्यलाई गेरुवा वस्त्र र चन्दन लेपको भरमा ज्ञानी मानेर उनको हुकुमको पालना गर्नुपर्छ भन्ने मत यसको पंक्तिकारको छैन । मेरो विचारमा त त्यस्ता ज्ञानीहरुले धर्मको मर्म अझै बुझन बा“की छ । गीताको सार अझै बुझनुपर्छ । पिठेश्वर,पिठाधिस,महामण्डलेश्वर,शंकाराचार्य आदि नामाकरणले मात्रै ज्ञानको द्वार खुल्दैन । तर यो यस पंक्तिकारको आन्तरिक बुझाई हो ।
No comments:
Post a Comment