पाउन नसकेको अधुरो प्रेम कथा
कमल काफ्ले ‘राज’भन्छन् जीवन एक यात्रा हो । मेरो यात्रा पनि गतिशिल तरिकाले अगाडि बढ्दै थियो । मेरो घरमा आथिर्क समस्या तथा मेरो भाई र मलाई स्याहार गर्न नसकेकाले बुटवल आएर बस्नु प¥यो । बुटवलमा बसेर पनि म सानो तिनो काम गर्दै पढदै गरेको थिए । हाम्रो परिवार एक आर्काको मायामा चल्थ्यो । मलाई परिवारका सबैले माया गर्थे धेरै माया गर्थे । माया धेरै पाएर होला कसैले हप्कायो भने पनि मेरो आ“खाबाट आ“शुका धारा बग्न थाल्थ्यो । म धेरै रुन्चे थिए कसैको सानो कुराले पनि मेरा चित्त दुख्थ्यो र म रोइहाल्थे । सायद कसैको वचन नखाएर र मेरो बुवा र आमाको माया पाएर होला । दिनहरु आङ्खनै बेगमा बितिरहेको थियो । दिनहरु वितिरह“दा कÔा ६ मा पढ्दाखेरी बर्Èा नाम गरेकी केटी भर्ना भएकी थिईन । स्कुलमा छ“दा सबैसंग बोल्ने, खेल्ने गरिन्थ्यो साथिहरुले मलाई विशाल भनेर बोलाउथे । उनीसंग पनि एक दिन , दुईदिन गर्दा गर्दै उनीसंग पनि हा“स्ने,खेल्ने हुन थाल्यो । सा“च्चै नै उनी र म अरु भन्दा पनि मिल्ने साथी थियौं । उनी मलाई मायाले होला काले भनेर बोलाउने गर्थिन । मैले पनि उलाई छुच्चि भनेर बोलाउने गर्थे । खेल्ने तथा बोल्ने क्रममा म अरु केटी साथि संग बोल्यो भने उनी रिसाउ“थिन भने उनीसंग अरु कोही केटासाथीहरु बोलेमा म पनि रिसाउ थे । अनि दुईजना मात्र भेट भएको बेलामा आफैं कान समातेर हामी एकअर्कासित माफि माग्थ्यौ“ । कति रमाइलो थिए ति दिन । अहिले सम्झ्यो भने मन भतभति पोलेर आउछ । उनी एकदिन स्कुल आईनन् भने शंका , उपशंकाले मेरो मनमा डेरा जमाउथ्यो । अनि सोच्न थाल्थे, कतै उनलाई केही त भएको छैन रु भन्ने प्रश्न मेरो मनमा ठूलो ढुंगा बनी छाईरहन्थ्यो, त्यो दिन पढेको जस्तो पनि लाग्दैनथ्यो । अनि म स्कुल कारण्ँवश नजादा उनलाई पनि यस्तै हुदोरहेछ अनि अर्को दिन स्कुल गयो भने रुन्चे स्वरमा भन्थिन ‘हिजो किन नआएको रु तिमी नआउदा मलाई नरमाइलो लाग्छ भन्ने थाहा छैन । भोलिदेखि आएनौ भने मैले जानेको छु ।’’ यस्तै यस्तै भनेर गाली गथिनर्् अनि कान समातेर माफि माग्न लगाउथिन । बस् यहि कुरा सम्झन्छु,अनि कता कता रमाईलो अनुभूती हुन्छ । अनि कताकता त्यो पल फेरी फर्केको भए कति रमाइलो हुन्थ्यो होला । समय वित्ने क्रम जारी नै थियो । समयले आङ्खनो चक्र लगाईरहेको थियो । यस्तैमा हामी पनि ठूला भइसकेका थियौं । एकदिनको कुरो हो सायद हामी कÔा ७ कक्षमा पढ्थ्यौ । त्यतिबेला खेल्ने क्रममा डेस्कबाट लडेर ठूलो चोट लाग्यो र म हिड्न सकिन । मलाई अझै पनि याद छ त्यो पल, त्यो Ôण्ँ जब म हिड्न नसकेर पिडाले छटपटाएको बेला उनी कति रोएकी थिइन । उनको आ“खाबाट निस्केको आ“सु सम्झदा अझैपनि, अझैपनि मेरो मन पिरोलिन्छ । उनीसंगै भेट्न पाए हुन्थ्यो जस्तो अझै पनि हुन्छ । तर के गर्ने उनी अहिले मसंग नभएपछि । एक दिनको कुरा हो त्यसदिन मेरो खुट्टा मकिर्एको रहेछ । आथिर्क स्थिती कमजोर भएका कारण्ँले हामीले समान्य उपचार मात्र ग¥यौं । तरपनि धेरै दिन लाग्ने भयो र म स्कुल जान नपाउने भए । म धेरै दुखि थिए किनकी मैले उनलाई भेट्न पाउने थिइन । मैले मनमनै भगवानलाई पुकारे । भगवानले पनि मेरो कुरा सुनेर होला त्यहीबेला मेरो अगाडि बर्Èा पठाइदिएको रहेछ । उनी स्कुल जाने निहुमा मेरो घर आएकी थिइन ।वर्षाले मेरो बुवा , आमालाई आदर गथिर्न र मेरो बुवा र आमाले पनि राम्रो मान्नुहुन्थ्यो । ‘आमा विशाललाई कस्तो छ रु भनी मेरो कोठा तर्फ लागिन् । अनि मेरो छेउमा आएर आत्तिनु पर्दैन, काले ठिक हुन्छ भन्दै प्रेरणँ दिने गर्दथिन् । सधैंजसो उनी स्कुल नगएर मेरो घरमा आउने गथिर्न । हामी दिनभरी कुरा गरेर बस्थ्यौ जव स्कुल विदा हुने समय हुन्थ्यो अनि उनी घर जाने गर्दथिन्् । यस्तै आउने जाने भैरहदा एक दिन उनलाई भने ‘बर्Èा तिमी किन स्कुल नगएर म संग आएर बस्छौ, खुट्टा मालिस गदिन्छर्यौ । घर कतैबाट थाहा पाएभने तिम्रो मम्मी, ड्याडीले तिमीलाई त तिमीलाई भैहाल्यो, मलाई समेत बस्न खान दिनुहुनेछैन । त्यसैले तिमी जाऊ भनेर सम्झाउने गर्थे ।’’ अनि उनी भन्ने गथिर्न ‘अह“ म तिमीलाई ठिक नभएसम्म कहिकतै पनि जान्न चाहे जति सुकै वाधा अवरोध आओस तर तिमीलाई यस्तो अवस्थामा छाडेर जान्न ।’’ यो वचन सुनेर म निकै खुशि भए किनकी म पनि यही चाहान्थे की ऊ मसंगै बसिदिओस् । त्यसदिनदेखि मलाई कता कता अनौठो अनुभुती हुन थाल्यो । मेरो मुटुको कुनै ठाउमा उनी बसेझै भयो ।कहिले देखि उनलाई मैैले आङ्खनो जिन्दगी सम्झिन थालेछु मलाई पत्तै भएन । उनलाई नदेख्दा केही न केही विर्से झैं अनुभुती हुन्थ्यो भने उनी मसंगै मेरो साथमा हुदा सम्पूणर््ँ चिज नै भएको जस्तो लाग्थ्यो सायद प्रेम भएर नै होला । हामी एकले अर्कालाई नभने पनि हामीबीच एउटा प्रेमको मुना पलाइसकेको थियो । बस मात्र त्यसलाई उजागर गर्नुथियो । त्यो उजागर मैले गर्ने विचार गरे तर मलाई डर लाग्थ्यो कतै उनले मेरो प्रेम प्रस्तावलाई नकार्ने त होइनन् रु यत्रो बर्È देखिको मित्रता यही कारण्ँले फाट्ने त होइन रु भन्ने मेरो मानसपटलमा पुग्यो तर पनि मैले दृढ विश्वासका साथ र साहस बटुलेर उनी सामु मेरो प्रेम प्रकट गर्ने सोच गरे । त्यसरात म सुत्न पनि सकेन । कतिबेला उज्यालो होला र उनीसामु मेरो प्रेमकोे भावना प्रकट गर्न पाउला भनेर म आत्तिएकोे थिए । कति खेर मेरी छुच्चि आउलीन भन्दै बाटो कुरीरहेको थिए तर दुर्भाग्य ,त्यो दिन उनी आईनन् । म निकै दुखि भए भर्खर भर्खर प्रेमको मुना पलाएको बेला बोटनैै सुकेर गए झैं लाग्यो । तै पनि कुनै समस्या भए र नआएको होला भन्ठानेर म भोलीपल्ट सकिनसकि हतारहतार स्कुल प्रस्थान गरे । त्यहा मेरी छुच्चि आएकी थिइनन् । उनको साथी संजिताले मेरो सामु आएर भनीन् ‘विशाल अब बर्Èा यो स्कुलमा पढ्दिनन् ,उनी उतै बोर्डस गरेर तानसेन स्कुलमा पढ्छिन रे यति भन्दिनु भन्दै थिइन ।’’ त्यो पल म छांगाबाट खसेको झैं भए, मेरो प्रेमको दुध बालुवामा पोखे जस्तै भयो, मेरो आशा जति सबै विलिन भएको झै भयो तै पनि साहस गरेर उनलाई सोधे किन रहेछ उनी अचानक पढ्न तानसेन स्कुलमा गएको रु भन्दै प्रश्न गरे संजिता भन्दैथिइन् ‘स्कुल नगएर तिम्रो घरमा गएको थाहा पाएपछि उनका ड्याडीले झुत्रेझात्रेको घरमा किन जान्छेस् भन्दै गालि गर्दै उनलाई तानसेन भर्ना गरिदिने भएका हुन् ।’’ भन्दै संजीताले भनिन् । मेरो आ“खाबाट आ“शुका थोपा खस्न थाल्यो । मेरो यात्रामा का“डा नै का“डा छरेको अनुभव भयो । दिनमै ग्रहण लागेको झैं भयो । मैले आकाशमा हेरेर भगवानलाई सम्झदै एक मनले गालि गरे भने अर्को मनले फेरी पनि पुकारी रहेको थिए । ‘हे भगवान मेरो अगाडी मेरी वर्षा ल्याईदेउ ’ । यस्तै यस्तै विलौना गरेर भगवान पुकारी रहे“ । त्यसदिन म स्कुल पनि नपढी घर फकिए । हो त्यस दिन म पागल झैं भएको थिए । जसरी एउटा ड्रगिष्ट आङ्खनो डोज पाएन भने पागल झैं हुन्छ त्यसरी नै म पनि पागल झैं भएको थिए । म पनि एउटा ड्रगिष्ट नै थिए उनको प्रेममा । मेरो मनमा मात्र एउटा कुरा खेल्न थाल्यो कसरी उनलाई भेट्ने र आङ्खनो पागलपनलाई हटाउने ।
त्यस्तै गर्दा गर्दै मेरो पढाईतिर पनि ध्यान जान सकेन् । तै पनि मनलाई सम्हालेर उनकै यादमा दिनहरु विताउदै जबरजस्ती किताब समाएर पढने गर्थें । उनको यादले होला कि एक दुई महिना सम्म त म किताबमा पनि अक्षर देखेको थिईन । फेरी आफनो मनलाई सम्हाल्दै फकाई फकाई अगाडि बढने कोसिस गरे । हेर्दा हेर्दै ३ वर्ष वितिसकेको थियो मै अझै पनि उनलाई विर्सन सकेको थिईन । एकदिन उनी बाबा आमालाई भेट्न घर आउने कुरा मलाई घर नजीकैको बर्Èाको साथीेले बताईन् । यो सुन्ना साथ मेरो मन खुसीले पागल भयो म रोए“ कराए“ अनि खुसीले फेरी पनि भगवानलाई गालि गरें । मेरो मन आफैमा हÈिर्त भइरहेको थियो भने कता कता डर, लाज लागिरहेको थियो ।
मेरो मानसपटलमा प्रश्नहरु एकपछि अर्को गर्दै तेर्सिरहेको थियो । कतै उनले विर्सिसके कि त छैनन रु नविर्से पनि मैले उनलाई प्रेमप्रस्ताव राख्दा उनी रिसाउने पो हुन किरु भन्ने कुराहरुले मलाई डराइराखेका थिए । तै पनि जे पर्ला पर्ला भन्ने भयो । उनी पनि आईन कार चढेर अनि उनलाई देख्ने बित्ति कै उनको कार पछि पछि दौडिए । ‘बर्Èा बर्Èा ’’भन्दै बोलाउदै थिए । तर गाडिको अगाडि मेरो बलबुता नै चलेन । उनी अगाडि अगाडि म पछि पछि दौडीदै थिए । उनको घरमा पुग्दा मन निकै खुशी भएको थियो । किनकी आज मेरी हृदयकी रानीलाई भेट्न पाउदैछु । तर, त्यहा नसोचेको कुरा भयो । मलाई गेट पालेले नै छिर्न दिएन । गाडि भित्र गएर रोकीयो अनि मेरी छुच्चि गाडिबाट झरीन कति राम्री भएकी थिईन मोडल जस्तो देखिए कि थिईन । मेरो छुच्चो मनले नराम्रो सोचि हाल्यो कतै उनले मलाई नचिन्ने त होइनन रु म यस्तो झुत्रो झात्रो कपडामा आएको छु अनि तिनी भने ∕ तै पनि मनलाई चुप गराएर मनमा आ“ट जगाएर म चिच्याए ‘बर्Èा बर्Èा’’ उनी पछाडि फकिर्एर मेरो नाम लिदै दौड्दै आईन । तर उनको मम्मीले तानेर भित्र लैजानु भयो । तर म यस कुरामा भने निक्कै खुसि भए कि ३ वर्ष सम्म भेटघाट नहुदा पनि मेरी वर्षाले मलाई नविर्सीएकी छुच्चि कति राम्री भएकि अनि कति ठुली पनि मनले सोचें अनि फेरी उनलाई भेटन नपाएकोमा म निराश भएर घर फकिर्न लागेको थिए । उताबाट बर्Èाको ड्याडिले मलाई बाबु भनेर बोलाउनुभयो । मायालु स्वरमा भन्नु भयो ‘बाबु तिमि मेरो छोरी बर्Èालाई धेरै माया गर्छू हगि रु’’ मैले सहमतिमा टाउको हल्लाईदिए । उनको ड्याडिले मेरो गालामा एक थप्पड हान्दै ‘झुप्रामा बस्नेले मेरो छोरी ताक्ने रु’’े भन्दै मलाई गलत्याएर निकालिदिनुभयो । ठूलो भइसकेकोले गर्दा होला । मैले त्यो पिडा सहन सकिन् ।
मैले एउटा ढुङगा उठाएर घरको झ्यालमा हानेर झ्यालको सिसा फोडिदिए र त्यहाबाट म आङ्खनो बाटो लागे । आउदा आउदै मेरो मन धुरुधुरु रुन थाल्यो । आङ्खनो भाग्यलाई धिक्कार्न थाले । एक मनले भन्थ्यो विशाल छोडदे वर्षाको लागि सजाएका ति सबै सपना तेरो मनबाट निकाली दे । हेर तेरो र उसको स्तर मिल्दैन के गर्छस । उनि धनी छिन आफैमा समपन्न छिन त यस्तो झुत्रेझात्रे सा“झ विहान छाक टार्न समेत गाह्रो हुने घरमा त्यस्तो महलमा मनमर्जि सग बसेकि केटिलाई लगे के खुवाउछस कसरी पाल्छस आवश्यकका सामान कसरी कस्को पैसाले किनी दिन्छस रु अनि अर्को मनले भन्थ्यो कि नछोड हेर ३ वर्ष सम्म टाढा हुदा पनि त“लाई त्यसले विर्सन सकेकि रहिनछ सायद त“ लाई पनि उस्ले तैंले जत्ती कै माया गर्छे तेरो लागि पनि उसले आफनो सपनाको संसारमा कति सुनौला र सुखमय सपनाहरु सजाएर राखेकि होली । जे भए पनि एक पटक उसको मनलाई बुझनै पर्छ । आखिरी ३ वर्ष सम्म कुरेको माया हो उसको यादमा तैले कति दिन भात खाईनस आफै सोच विशाल जे भए पनि एक पटक तैले वर्षालाई भेट नै पर्छ । यस्तै सोच्दै आफु गरिब भएको मा धिकार्दै उनलाई भेट्न नपाएको भन्दै आङ्खनो खप्पडलाई दोÈ दिदै घर फकिर्ए ।
मेरो मनमा एउटै कुरा चलिरहेको थियो उनी सामु कहा रु ,कसरी, कुन अवस्थामा हुन्छ उनलाई भेट्ने तर कुनै उपाय नै निस्कीरहेको थिएन । यस्तै सोच्ने क्रममा त्यो रात त्यत्तिकै वित्यो भोलिपल्ट के गर्ने,के नगर्ने भैराखेको थियो । मैले सोच्न पनि सकेको थिएन ,कसरी उनलाई भेट्ने र आफनोे मनको कुरा उनीसामु पोख्ने ।
सायद उनलाई पनि यसै भएको थियो होला । उनी पनि मेरो मायालाई बिर्सन नसकेर होला भोली पल्ट उनी पसल जाने बाहानाले मेरो घरमा आईन् । उनलाई मेरो आ“खाको नयनले देख्दा खेरी सपना जस्तो लागेको थियो मैले एक पल्ट मेरो टाउकोमा हात ले हाने कतै यो सपना त होइन रुतर त्यो विपना नै रहेछ । उनलाई देख्दा म यति खुशि भए की मेरो खुशीको वणर््ँन पनि गर्न सक्तिन । किनकि मेरो जीन्दगी, मेरो प्राण्ँ जे भने पनि उनी नै थिइन् । मेरो आखाबाट आफसेआफ मैन पग्ले झैं आ“शु पग्लन थालिरहेको थियो । उनको पनि आखामा आशु टिलपिल गरिरहेका थिए । सायद धेरै पछि हाम्रो भेट भएर होला ।
उनी मलाई देखेर केही पनि बोल्नै सकिनन् सिधैं मेरो अ“गालोमा समाहित भईन् । सायद हाम्रो जिन्दगीमा एकअर्कालाई थाहा नै नभई प्रेमको पालुवा पलाईसकेको थियो । मैले पनि उनलाई आफनो अगालोमा बेस्करी कसेर बाधे त्यसैबखत मेरो मुखबाट एउटा आवज निस्कियो ‘आई लभ यू बर्Èा, आई लभ यू म तिमीबिना बा“च्न सक्दिन ।’’ उनले अ“गालोबाट पर हट्दै भनिन् – के भन्यौ’’ म झस्किए रु र फेरी साहस गरेर उनलाई भने –‘बर्Èा म तिमीविना बा“च्न सक्दिन तिमी नै मेरो सबथोक हौ, तिमी छैनौ त म पनि रहन सक्दिन जसरी पानी विना माछा जिउन सक्दैन त्यसरी नै मेरो यो जिन्दगी मरेतुल्य हुनेछ ।’ उनी ठट्टा गर्दैभनीन् ‘लाटा यि सबै कुराहरु पनि भनिरहनुपर्छ त रु म तिम्रै त हु“ नी ।’ अनि भन्छिन ‘म पनि तिमीविनाको जिवन सोच्न पनि सक्दिन ।’’ यस्तै कुरा गर्दै थियौं । उनले मलाई घर गाली गर्छन्’ भनेर उनी आङ्खनो घरतर्फ प्रस्थान गरीन् ।
त्यसदिन मेरो बर्Èौ देखिको सपना पुरा भएझैं लागेको थियो । मेरो मन आफै आफै प्रफुल्लित भइरहेको थियो । मेरो मनको बगैंचामा एउटा सुन्दर फुल फुलेभंmै लाग्यो । जुन फुललाई मैले राम्रो संग गोडमेल गरेर हुर्काउनुपर्छ भन्ने भान ममा थियो ।
त्यसपछिका दिनहरुमा हाम्रो कहिलेकांही भएपनि भेट भइरहन्थ्यो । म दिनमा दुई चार चोटि केही न केही बाहानामा उनको घरको अगाडिबाट हिंडथें । उनि पनि झ्यालबाट मलाई चिहाउंथिन र हाम्रँे आ“खै आ“खामा कुरा हुन्थ्यो । अनि उनि र म सधै भेट्ने ठाउ“मा भेट्थ्यौ र एक अर्काको अंगालोमा बाधिएर हामी एकअर्काको मनमा लागेका कुराहरु आफुसमÔ प्रस्तुत गथ्र्योै । त्यस्तै समयले आङ्खनो गति लिइरहने क्रममा कुरा २०६३ साल तिरको हो । त्यसदिन मेरो पुरानो रोग बल्झिएको कारण्ँले मलाई तानसेन मिशन अस्पताल लगियोे । मेरो रोग बल्झिएको थाहा पाएर उनी पनि मलाई भेट्न अस्पताल आईन । आफुले मन पराएको मान्छे आउदा कसलाई पो खुशी लाग्दैन र, उनी मेरो सामु आएर मलाई सोध्न थालिन् के कस्तो छ, अनी एसएलसीको तयारी कस्तो चल्दैछ त रु’ मैले त्यस प्रश्नको प्रतिउत्तरमा ’ठिकठिकै छ अनि तिमीलाई कस्तो छरु‘ तिम्रो पढाई पो कस्तो चलिरहेको छ रु ।’ यस्तै यस्तै कुराहरु गर्दै त्यस दिन हामी अस्पतालमा दिनभरी नै कुरा गरेर बस्यौं ।
डाक्टरले भने अनुसार मेरो खुट्टा अप्रेशन गर्नुपर्ने भयो, त्यसको लागि करिब बाह्र पन्ध्र हजार जम्मा गर्नुपर्छ भनेर डाक्टर साहेबले भन्दै हुनुहुन्थ्यो । हाम्रो लागि त्यो पैसा भनेको निकै ठूलो रकम थियो । हामी त्यत्रो पैसा जम्मा गर्ने स्थितिमा नै थिएनौ । मेरो बुवाले जग्गा बेच्ने कुरा गर्नुभयो मेरो उपचारको लागि । तर बर्Èाले भने ‘अह जग्गा बेच्नुपर्दैन म स“ग मैले अलि अलि जम्मा गरेको पैसा र अन्य गरेर आठ हजार जति छ त्यही पैसाले काम चलाउनुस् भनेर उनले भनीन् मैले भने लिन मानिरहेको थिएन उनको त्यो भनााईले लिन बाध्य तुल्यायो । उनले भनेकी थिइन –‘यदि तिमीले यो पैसा लिएनौ भने हाम्रो नाता पनि टुट्न सक्छ र तिम्रो हुनु र मेरो हुनु कुरो त एउटै त हो नी होइन र रु’’ यही भनेकी थिइन त्यही मेरो बोली ठा“उको ठा“उ रोकिन बाध्य भयो ।
केही पैसा थपथाप गरेर मेरो खुट्टाको अप्रेशन भयो र मेरो खुट्टा पूणर््ँ रुपमा निको भइसकेको थियो ।
एसएलसीको परिÔा पनि करिब करिब आउन लागिसकेको थियो । एसएलसी दिनुभन्दा एकदुईमहिना अगाडि डेरा लिएर तानसेन ट्युशन पर्न आउनुपथ्र्यो । हाम्रो दैनिक जसो सधैकोे ठाउमा भेट भएर स“गै जान्थ्यौं । कहिले कता, कहिले कता जान्थ्यौं , प्रेमका रमाईला रसिला कुरा गर्दै दिन विताउथ्यौं । हाम्रो प्रेम पहिले भन्दा पनि गाढा भइसकेको थियो । हामी एक अर्काबाट एकपलका लागि छुटिन नसक्ने भइसकेको थियौं । यसैगरी हामीले एसएलसीको परिÔा पनि दिइयो । पढ्ने क्रम जारी रहदा हामीले कÔा १२ को परिÔा पनि दिइसकेका थियौं ।
्कुरा २०६६ साल तिरको हो । उनले हामी सधैं भेट्ने नर्सरीमा बोलाईन । सधैंको जसो चमक उनको अनुहारमा थिएन । उनी मेरो सामु आएर मलाई अंगालो हाल्दै रुन थालिन् ।‘हैन तिमीलाई के भयो भन न किन भन्दिनौं के भयो तिमीलाई रु’ भन्ने प्रश्नमा रुदैं भन्न थालिन ‘मेरो घर परिवारले मेरो विवाहको कुरा अन्तै चलाईसक्नु भएको रहेछ । मलाई कसरी हुन्छ बचाऊ,म तिमीबाट एकपल पनि छुटिन चाहान्न ।’ ‘नरोउ केही हुदैन तिमी मेरी नै हौ । तिमीलाई मबाट छुटाउन कसैले पनि सक्दैन’ भनेर सम्झाउदै थिए । तर पनि मेरो मनमा भयले वास गरिसकेको थियो । के गर्ने होला, कसो गर्ने होला कसरी उनीसंगै आङ्खनो जीवन समर्पण्ँ गर्ने होला मैले केही पनि सोच्नै सकिरहेको थिएन । त्यसैबेला उनले गोजीबाट एउटा बट्टा निकाल्दै भनिन् ‘तिम्रो र मेरो प्रेम यिनीहरुले सफल हुन दिने छैनन् ।जसरी भएपनि आज मलाई यो दलदलबाट मुक्त गरिदेऊ ।’ उनको कुरा भूइमा झर्न नपाउदै सोधे ‘के हो यो रु’ उनले बट्टा देखाईन त्यसपछि म झस्किए । किनकी त्यस बट्टामा महिलाले लगाउने सिन्दुर थियो । त्यतिखेर नै मेरो मनमा अनेक कुरा खेल्न थाले । उनले भनीन्–‘आजदेखि मलाई सदा सदाको लागि आङ्खनो बनाऊ’ । म मात्र तिम्रो हुन चाहान्छु ।’ मैले उनलाई सम्झएं तर उनी भने मेरो कुनैपनि कुरा सुन्नीवाला थिईन्न । सुनुन पनि कसरी किन ्भने उनले मलाई निश्चल मनलेमाया गर्थिन । उनी म बाहेक अरु कसैलाई पनि सोच्न सक्दिनथिईन । धेरै कुरा सम्झए पछि उनि केहि कुरा बुझेझै गरेर चुप लागिन त्योदिन उनि विहान ८ बजेदेखि सा“झ ५ बजे सम्म मेरो काखमा नै सुतेर बसिरहिन । सा“झपख उनि केहि जवाफ नदिईकिन घरतिर लागिन । म पनि आफनो घर तिर लागे । अर्कोदिन मलाई भेटेर ‘विशाल म ममी ड्याडी संग पढनको लागि अब ईन्डिया जादै छु ।’ यो वाक्य उनको मुखबाट के सुनेको थिए म छा“गा बाट खसेजस्तो भए । मलाई दिउसै रात परेजस्तो भयो । अनि भने ‘कतै तिमी हिजोको कुराले त म संग रिसाएकि होईनौ रु ’उनले प्रतिउत्तरमा भनिन ‘होइन विशाल म रिसाएकि छैन । म तिमिलाई मेरो शरिरमा एक मुठि सास रहुन्जेल माया गर्ने छु ।’ उनले अरु केके कुरा भन्दै थिईन खै मलाई त थाहा पनि भएन छ । आफनो कुरा सकेपछि उनले अंगालो हालिन । बल्ल म झस्याङग भए । र आफुलाई सम्हाले । र भने ‘वर्षा हुन्छ वर्षा म गरिबले अरु के नै गर्न सक्छु र रु सायद म गरिब भएर होला भगवानले पनि मलाई ‘‘’ मैले यहा भन्दा अरु केहि बोल्न सकिन । र उनले ईन्डिया गएपछि आफनो फोन नम्बर दिने बाचा गरिन र उनि पनि रुदै रुदै आफनो घर तिर लागिन । पछि उनले हिंडने बेलामा मलाई लास्ट चोटि सधै भेट्ने ठाउमा भेटिन र सान्तोना दिईन म भने केहि पनि बोल्न सकिन र उनलाई बिदा गरे । उनि पर पुग्दा सम्म हात हल्लाई रहे उनि पनि हात हल्लाउदै मलाई बिदा गरिन । यसरी उनले म संग खाएका बाचा कसम अझै पनि मेरो मानसपटलमा गुञ्जिरहन्छ ।
साच्चै मलाई उनि यति माया गर्थिन कि मेरो लागि आङ्खनो घरको प्रवाह समेत गरिनन् हो मलाई उनले दिलोज्यान दिएर माया गरेकी थिइन । सायद त्यो मायाको अगाडि मेरो माया पनि कम नै हुन्थ्यो । सोच्थे हाम्रो माया जति गाढा कसैको माया छैन यस्तो स्वच्छ, निश्छल, पवित्र साथै सा“चो मायाको बार कोही पनि बन्न सक्दैन ।
No comments:
Post a Comment