February 25, 2014

शुसिल कोईराला एउटा कमजोर शाशक शिद्ध हुनेछन

शुसिल कोईराला एउटा कमजोर शाशक शिद्ध हुनेछन

केशब काफले

लामो समयको शंका उपशंका पछि नेपालले फेरीबाट जननिर्वाचीत प्रधानमन्त्री पाएको छ । यो हामी सबै देशबासीहरुका लागि एउटा खुसीको कुरा पनि हो  । तर देशका ३७ आंै तथा कोइराला परिवारका ४ औ प्रधानमन्त्री जननिर्वाचित हुदा हुदै पनि पूर्ण जनचाहाना अनुरुपका पक्कै पनि होईनन । शुशिल कोईलालाको सादा जिवन उच्च विचार शैलिलाई तथा अविवाहित जिवनलाई निक्कै महत्व दिईएको छ । तर सादा जिवन उच्च विचार सबै ठाउमा उपयुक्त र प्रभावि हुन सक्दैन । कमसेकम राजनीतिमा त प्रभावि हुनै सक्दैन । राजनीति भनेको आजका दिनमा समाज सेवा पक्कै पनि होईन । साद जिवन उच्च विचारको व्यक्ति समाज सेवाको क्ष्ँेत्रमा अधिक प्रभावशाली हुन्छ छ । राजनीतिमा त मिश्रीत जिवनशैलि उपयुक्त हुन्छ । अझै राजनीति पनि नेपालको । सादा जिवन उच्च विचार ईमान्दारीतालाई सफलताको सा“चो मान्नु गलत हो । सादा जिवन उच्च विचार आफनो निजी जिन्दगिमा एउटा आदर्श हुन सक्छ,तर राजनीतिमा अलि फरक शैलि पनि हुनुपर्दछ । उपाधि मात्रैले व्यक्ति सक्षम हुदैन । व्यक्ति कार्य कुशल पनि हुनुपर्दछ उपाधिले मात्रै हुने भए देखि डा बाबुराम भट्टराईले संविधान निर्माण गराईसक्ने थिए खोईत ? बाबुराम  भट्टराई , पुष्पकमल प्रचण्ड,झलनाथ खनालहरु जस्ताले नसकेको कार्य शुशिल कोईरालाले सफल गर्लान भन्नेमा धेरैलाई शंका छ । शुशिल कोईरालाको कमजोर कार्यक्षमता माथी उनकै पार्टीका अन्य नेता तथा कार्यकर्ताले
 पनि प्रश्न उठाएको पाइन्छ । उपाधि आफनौ ठाउमा हुन्छ जिवन शैलि आफनै ठाउमा हुनछ । तर कार्यकुशलताको एउटा विषेश स्थान र प्रभाव हुनछ । शुशिल कोईरालाको सादा जिवन उच्च विचारको जिवन शैलिले नेपालको वर्तमान अवस्था र समस्यामा प्रभावित रुपले पाईला चाल्छ भन्ने विषयमा शंका गर्नै पछर्् । यदी शुशिल कोइरालाले आफनो कार्यकालमा देशलाई संविधान दिन नसके उनि पनि  एक कमजोर शाशक शिद्ध हुनेछन । सबै ठाउमा सादा जिवन उच्च विचार प्रभावी हुन सक्दैन । समय अनुसार देश काल र परिस्थिती अनुसार आफु स्वएमले त्वारीत तथा कठोर निर्णय पनि गर्न सक्नुपर्दछ । तर त्यस्त निर्णायक क्षमतका धनी पक्कै पनि छैनन शुशिल कोईराला ।
नेपालको वर्तमान अवस्थालाई हेर्दा सादा जिवन उच्च विचारको व्यक्तिले खासै महत्वको भुमीका खेल्न सक्छ भन्नेमा शंका छ । सादा जिवन उच्च विचार भन्दा पनि कार्य कुशल स्वविवेकी तथा निर्णय भुमीका खेल्न सक्ने कार्यकारी प्रमुखको आवश्यकता छ आज नेपाललाई । राजनीतिक पार्टीहरु संग आआफनै बाध्यताहरु होलान तर आपना पार्टीगत बाध्यता हरु भन्दा पनि देश जुन बाध्यात्मक परिस्थितीमा छ त्यस तर्फ ध्यान केन्द्रीत गरेर मात्रै अघि बढन जरुरी देखिन्छ । शुशिल कोईराला कांग्रेसका नेता हुन र कांग्रेस त्यो पार्टी हो जसले व्यक्तिगत सत्ता सुखका लागि आफनै पार्टीको बहुमतको सरकारलाई पनि अल्पमतमा पारेर प्रधानमन्त्रीको कुर्चिमा बसेको पद च्यत गर्छ  । स्मरण रहोस कि गिरिजा प्रसाद कोईरालाले आफु प्रधानमन्त्री हुन नपाएको झोकमा कृष्ण प्रसाद भट्टराईलाई पद च्युत गरेका थिए । हुन त गुट बाजि सबै दलको पुरानै बिमारी हो । यसले के पनि सिद्ध हुन्छ भने कांग्रेस पार्टी तथा कोईराला परिवार सत्ता सुखका लागि कुनै हद सम्म पनि जान सक्छ ।  अहिले आएर त्यही कांग्रेसका सभापति शुशिल कोईराला प्रधानमन्त्री  बनेका छन । अहिलेको सत्ताँ समिकरणमा देशको दोश्रो ठूलो पार्टी एमाले निक्कै लचक देखियो । लचक मात्रै नभएर कमजोर पनि देखियो । यस्ता कमजोरीले एमालेको राजनीतिक भविष्यमा पनि नोक्सान हुने छ । अवसर गुमाउनु भनेको ठूलो भुल हो । देश कठिन दौर बाट गुजरी रहेको अवस्थामा एमालेको भुमीका ससक्त हुनुपर्ने थियो । तर उसलाई पनि गुट बाजिको बिमारीले ग्रस्त पार्दा त्यसको प्रत्यक्ष असर राष्ट्रिय समस्या समाधानमा परेको छ । एमाले पार्टीले देशको कार्यकारी प्रमुखको पद प्राप्त गर्नुमा भन्दा पनि आफनो उर्जा राष्ट्रपति को किचलोमा बर्बाद गरेको पाईयो । तर त्यसैमा पनि उसलाई पूर्ण सफलता पाएन । राष्ट्रपति कांग्रेसकै हुने भए पछि एमालेले प्रधानमन्त्रीको पद आफना लागि माग गर्नुपर्ने थियो । एमालेको यो
ठूलो कमजोरी हो । देशको वर्तमान अवस्थामा कोईरालाको भन्दा केपि ओलीको भुमीका प्रभावकारी रहने कुरा निश्चित छ । मुख्य कुरा पद होईन । मुख्य कुरा देशको संविधान हो । संविधान निर्माण लगायत देशका अन्य जल्दा बल्दा समस्या समाधानका लागि सुशिल कोइराला उपयुक्त पात्र हुन्छन भन्नेमा शंका गर्नुपर्दछ । कांग्रेसले पनि त्यस तर्फ ध्यान दिनुपर्ने थियो । शुशिल कोईराला संग त्यस्तो सुझबुझ र नेतृत्व कौशल छैन । कुनै पार्टीको प्रमुख हुनुमा र देशको शाशक प्रमुख हुनुमा  धेरै फरक छ । कुनै पार्टीको ईतिहास हेरेर मात्रै हुदैन । सादा जिवन उच्च विचार अविवाहीत पक्ष्ँ माात्र हेरेर पनि हुदैन । अमुक पार्टीले काल खण्डमा देशलाई अमुख अमुख योगदान दिएको थियो भनेर मात्रै देशको वर्तमान समस्याको समाधान हुदैन । वर्तमान समयको समस्यालाई मध्यनजर राखेर व्यक्ति चयन हुनुपर्ने थियो । राष्ट्रपति कांग्रेसकै हुनेभएपछि एमालेले प्रधानमन्त्रीको पद आफुले लिनुपर्ने थियो । र अहिलेको अवस्थामा एमाले पार्र्टीका संसदीय दलका नेता केपि ओली उपयुक्त कार्यकारी प्रमुख हुन सक्थे । तर उसले राष्ट्रपति जस्तो रबर स्टम्प पदमा उर्जा खर्च ग¥यो । वर्तमान समयमा केपि ओली नै उपयुक्त प्रधानमन्त्री हुने थिए । तर यस बारे एमालेले अड्डी लिन सकेन हुन सक्छ एमालेको आन्तरीक कारणले होला तर राष्ट्रहीत सर्वोपरि हुन पर्दछ । ( कुनै पार्टीको इतिहास व्यक्तिको निजि जिवन शैलिले देशको वर्तमान समस्याको समाधान गर्न सक्दैन । ठीक समयमा ठोस निर्णय गर्न नसक्ने व्यक्तिले देशलाई नया दिशा दिन सक्दैन । बौद्धिक क्षमता कम भएको र निर्णायक भुमीका खेल्न नसक्ने व्यक्तिले उपयुक्त निर्णय गर्न सक्दैन । कोइरालाको सुस्त निति र गति लेपनि राष्ट्रिय हित गर्छ भन्नेमा शंका गर्ने ठाउ छ । नेपालका राजनीतिक पार्टीहरुमा गुटगत राजनीतिले गर्दा उच्च क्षमता भएका व्यक्तिले अवसर पाउदैनन । एमाले भित्र पनि चरम गुटबाजि छ । हुन सक्छ कि त्यही गुटबाजिका कारणले गर्दा एमाले पार्टीलाई धेरै लचकता देखाउनु प¥यो । राष्ट्रिय राजनीति तथा देश विकासका कार्यहरुमा राष्ट्रपतिको खासै निर्णयक भुमीका रहंदैन फेरी पनि एमाले राष्ट्रपतिको विषयमा अल्झीरहयो । नेपालको अहिलेको प्रमुख समस्या जनमुखी संविधान निर्माण गर्नुनै हो । संविधान निर्माण जस्तो अति महत्वपूर्ण कार्य काईराला जस्तो फिका व्यक्ति तत्व भएको व्यक्तिको अगुवाईमा सम्पन्न हुन्छ भन्नेमा धेरैले शंका गरेका छन । समग्र रुपमा विचारगर्दा दलहरु फेरी पनि संविधान निर्माणमा भन्दा पनि पदिय भागवण्डा मै अल्झीएको देखिन्छ । दलहरुमा संविधान निर्माण प्रति त्यो गंभिरता देखिंदैन जस्तो कि देखाउनुपर्ने हो ।
यीनि सबै विषयमा छलफल गर्दा सभाको तेश्रँे ठूलो दल एमाओवादीलाइ नजर अन्दाज गर्ने गल्ती गर्नु हुदैन । जे होस शुशिल कोइरालाको जिवन शैलि केलाएर हेर्दा उनि देशका लागि प्रभावकारी शाशक होलान जस्तो देखिंदैन । दलहरुको गुटबाजि र सत्ता संघर्षका कारणले गर्दा फेरी पनि देशले संविधान पाएन भने यो देशका लागि ठूलो दुर्भाग्य हुने
छ ।
एउटा विडम्बना के छ भने नेपालको राजनितिमा अविवाहित व्यक्तिलाई माहान त्यागिको रुपमा महिमा मण्डीत गर्ने चलन छ । तर अविवाहीत बस्नु नै सबै भन्दा ठूलो देश भक्ति हो भन्न सकिदैन । अविवाहित व्यक्तिलाई गैर जिम्मेवार पनि भन्न मिल्छ अविवाहीत व्यक्तिलाई जिम्मेदारीको ज्ञान हुदैन ।  अविवाहीत व्यक्ति संघर्षशिल हुुंदैन उसलाई कर्तव्यबोध र जिम्मेवारीको ज्ञान पनि हुदैन । अविवाहित व्यक्ति जिवनको यथार्थ संग पूर्ण परिचित पनि हुदैन । अविवाहित हुनुनै देश भक्तिको भराकाष्टा पक्कै पनि होईन । अविवाहित व्यक्तिलाई जिम्मेवारीबाट भागेको पनि भन्न सकिन्छ । जिम्मेवारी नबेहोरेको व्यक्ति संग जवाफ देहिता पनि हुदैन । अविवाहित बस्नु व्यक्तिको निजी पक्ष्ँ हो । राष्ट्रहित कै लागि अविवाहीत बसेको हो भने देखि कारण खुल्ला हुनुपर्दछ । संसारका सर्वाधीक व्यक्तिहरु विवाहित नै छन । शुशिल कोईरालालाई कुनै पनि लाभको पद प्रति निर्लिप्त भएको प्रचार पनि निक्कै गरिन्छ । तर यदी त्यसतै हो भने अहिले उनि किन निर्लिप्त हुन सकेनन । नेपालको राजनीतिमा पटक पटक कोइराला परिवारको पुनरावृद्धिले राष्ट्रिय राजनीतिमा बंश वादी परम्परालाई प्रसय दिएको कुरालाई पनि नकार्न मिल्दैन । सादा जिवन उच्च विचारका धनी श्री कोईरालाई यदी असफल भए ्भने उनको राजनीतिक जिवनमा पनि समय भन्दा पहिल्यै केपि भट्टराईको जस्तै राजनीतिक जिवनमा पूर्ण विराम लाग्न सक्छ । यस अर्थमा यति बेला नेपाललाई कुनै सुस्त शाशकको भन्दा पनि चुस्त दुरुस्त निर्णायक क्षमताको धनी शाशकको जरुरत छ ।

February 22, 2014

प्रिय तिमीलाई जन्मदिनको शुभकामना

कमल काफ्ले

तिमी हा“स्दा चम्किरहे, झिलिमिली ताराहरु
वरिपरि रसाइरहे, अमृतका धाराहरु
सधै“भरी फुलिरह्यो सुखद भावना,प्रिय तिमीलाई जन्मदिनको शुभकामना

 तिमी हि“ड्दा खुलिरह्यो,अहा बसन्त बहार
मेरो मनमा उर्लिरह्यो, तिम्रै स्नेह अपार
जुगजुग स्वास्थ्य र संपदाको चाहना, प्रिय तिमीलाई जन्मदिनको शुभकामना

खुसीका क्षणहरु,तिमीलाई अर्पण्ँ
तिम्रो मायाको आभाश नै, जीवनको दर्शन
भगवानस“ग तिम्रो दीर्घायुको प्रार्थना, प्रिय तिमीलाई जन्मदिनको शुभकामना

वास्तविक धर्मका लागि सहयोग कि नाम कमाउनका लागि

वास्तविक धर्मका लागि सहयोग कि नाम कमाउनका लागि

कमल काफ्ले

भगवान को हो ? कसको नाम हो भगवान ? के तपाईहरुलाई थाहा छ ? भगवान को हो ? तपाईहरुले देख्नु भएको छ भगवानलाई ? पक्कै पनि देख्नु भएको छैन । न त मैले, न तपाईहरुले न त कुनै महान धर्म गुरुले नै भगवानलाई देखेका छन् । कसैले पनि भगवानलाई देखेका छैनन । यो त मनले मान्ने कुरा हो । एउटा चलि आएको विश्वास हो । संसारलाई टिकाई राख्ने एउटा धार हो । सार हो । मनको विश्वास हो । आस्था हो । परम्परा हो । रीतिरिवाज हो ।
के मन्दिरको एउटा मूर्तिको रुप दिएको ढु·ामा वास्तविक भगवान भेटिएला त ? के तपाईले भेटनु भएको छ कुनै मूर्तिमा भगवान ? पक्कै पनि भेटनु भएको छैन । तपाईले मन्दिरमा हरेक दिन ५—५ रुपिया“को दरले पैसा चढाउनु हुन्छ होला । के त्यो चढाएको पैसाले तपाईको मनमा सान्ति मिल्छ कि आज मैले भगवानलाई ५ रुपिया“ चढाएं भनेर ? मलाई त मिल्दैन । किन भने म भन्छु कि त्यो ढु·ामा भगवान भेटिदैनन । आखिरमा कहा“ भेटिन्छन त भगवान ?
भगवान हरेक मानिस भित्र हुन्छ । तपाईलाई विश्वास लाग्दैन होला तर तपाईले हरेक दिन मन्दिरमा चढाएको पैसा एक दिन कुनै खान नपाएको मनिसलाई दिएर हेर्नुहोस तपाईको मनले के भन्छ ? पक्कै पनि तपाईको मन खुशीले गदगद् भएको हुन्छ । ओहो आज मैले कुनै गरिवलाई सहयोग गरें कमसेकम त्यस व्यक्तिले खान पायो । कति दिन देखिको भोको हुदो हो भोकले तडपिरहेको हुदो हो आज मैले धेरै दिन नसके पनि मैले दिएको पैसाले केही खाने कुरा त अवश्य आउला र उसले किनेर खाला तपाईको मनले यती शान्तिको अनुभुति गर्छ कि तपाईले अरु बेला त्यस्तो अनुभुति गर्न सक्नु हुन्न जति बेला तपाईले कुनै गरिवलाई खाना खुवाउनु हुन्छ, कुनै असाहयको,दिन दुखीको, गरिबको अपा·को सहयोग गर्नुहुन्छ ।
हाम्रो नेपाली समाजमा अर्थात हिन्दु धर्ममा ढु·ालाई पूजा गर्ने, दूध खान दिने, प्रसाद खान दिने, पैसा चढाउने, निर्दोष जनावरको बली दिने परम्परा छ । के तपाईले कहिले पनि ढुं·ाले यो सबै कुरा खाएको देख्नु भएको छ । पक्कै पनि देख्नु भएको छैन । फेरी किन ढु·ामा दुध चढाउने, पैसा चढाउने, विचरा निर्दोष जनावरको बली दिने ?
कुरा केही दिन अघिको हो । पाल्पा जिल्लामा रहेको राम्दीघाट जहा“ हिन्दु धर्मावलम्बीहरुले मृत शरीर को दाहसंस्कार गर्ने गर्छन । उक्त ठाउ“मा रहेको मन्दिरमा हामीहरुले दूध पनि चढाउने गर्दछौं । उक्त ठाउ“मा केही महिलाहरु ले दूध चढाउनको लागि लाइनमा बसीरहेका थिए । कसैको भा“डोमा १ मानो दूध थियो भने कसैको भा“डोमा २ मानो म पनि त्यही गएर हेर्दै थिएं कि यो दूध पक्कै पनि भित्र मन्दिरमा चढाएर कसैलाई दिईनछ होला ? भनेर तर त्यसो नभएर त्यहा“ चढाएको सबै दुध बाहिर एउटा सानो कुलो बाट बगिरहेको थियो । त्यही मन्दिरको बाहिर एउटा बुढो मानिस खानको लागि प्रार्थना गर्दै थियो । तर त्यस बुढो मानिसलाई खाना दिने त्यहा“ कोही थिएनन । सबैले आफूले  बोेकेर ल्याएको त्यो दूध त्यस ढु·ामाथि पोख्न मै व्यस्त देखिन्थे । फलफुल पनि त्यही ढु·ालाई चढाउ“ंदै थिए ।
तर त्यो ढु·ाले भने त्यो दूध पिउं्रदै पिउंदैन, फलफुल खा“दै खा“दैन मैले मनमनमा भनेको थिए कि यत्रो दूध छ फलफुलहरु छ त्यो ढु·ाले किन नखाएको होला ? मलाई रिस उठ्यो र मैले आफूले ल्याएको सबै फलफुलहरु त्यहा“ माग्न बसेको बुढालाई दिए । ढुङगालाई भने नमाग्दा पनि जबरजस्ती दिने तर त्यहा“ बसेको त्यो बुढो व्यक्ति जसले बिहानदेखि कराई राखेको छ । त्यसलाई भने नदिने ? मैले जब त्यो फलफुल त्यो बुढालाई दिए बुढो रु“दै खान थाल्यो र भन्यो जय हो राम जि कि । त्यस बेला सम्म मलाई मनमा केही भएको थिएन तर जब मैले त्यो बुढालाई त्यो फलफुल दिए तब मेरो मनमा एक अनौठो शान्ति छायो । आनन्दको अनुभुति भयो, आफैमा हर्षले गदगद भयो त्यसको खुशी देखेर आ“खामा आ“सु आयो तर ति खुशी रुपी आ“शु भने मैले पुच्छन सकिन, केही भन्न सकिन केही बोल्न सकिन, मात्र एक आनन्द मेरो मनमा छायो जुन आज सम्म पनि मैले अनुभव गर्न सकेको थिइन ।
हाम्रो समाजमा केही त्यसता व्यक्तिहरु पनि छन जो कि धर्मको नाममा कुनै मन्दिरलाई करोडौंको दान गर्छन । मलाइ लाग्छ उनिहरुले त्यो पैसा, अथवा मन्दिरको नाममा सहयोग धर्म कमाउनको लागि होईन आफनो नाम कमाउनको लागि गरेका हुन । कि मन्दिर बनेपछि मन्दिरको भित्तामा ठूला ठूला अक्षरमा आफनो नाम लेखियोस, तर त्यसमा क्षणिक आनन्दको अनुभुती अवश्य हुन्छ स्थायी आनन्दको अनुभुति भने ह“ुदैन । यदी त्यो पैसा घर नभएको कुनै गरिब, दीन दुखीलाई घर बनाई दिएको भए अथवा कुनै असायह व्यक्तिलाई सहारा दिएको भए, कुनै अपा·लाई सहयोग गरेको भए  अवश्य पनि मनले स्थाई आनन्दको अनुभति गर्ने थियो ।
आज कल हाम्रो समाजमा एउटा अति नराम्रो अति नराम्रो पराम्परा देखिएको छ कि मनिसले छोरा पाउको लागि भगवानलाई भाकल गर्छन कि हे भगवान मलाई एउटा छोरा दिनुहोस म तपाईलाई एउटा पाठो चढाई दिन्छु । जब सा“च्ची नै उसको छोरा जन्मन्छ तब उसले आफनो घरमा आफनो छोरा जस्तै गरी पालेको भर्खर जन्मेको १ हप्ताको पाठो होस उसले विचरा त्यो निर्दोष जनावरलाई आफनै आमाको अगाडिबाट लगेर भगवानलाई भन्दै त्यो निर्जिव, अचल, ढु·ामाथी रगत चुहाउंछ र भन्छ हे भगवान मैले तपाईलाई भनेको कुरा दिए । के यो परम्परा परम्परा ठीक हो ? के यसले भगवान खुशी हुन्छन होला त ?
अब आफै सोच्नुहोस कि कुनै व्यक्तिले तपाईको छोरालाई लगेर त्यस्तै गरी काटेर त्यो ढु·ामा रगत चढाईदियो भने तपाई के गर्नु हुन्छ ? विचरा त्यो पाठोको आमाको मन पनि त त्यस्तै गरी रोएको होला ? के यस बारेमा सोंच्नु भएको छ ? भगवानलाई भाकल गर्ने बेलमा हे भगवान मलाई एउटा छोरो दिनुहोस मैले १० जना गरिब, असाहय,अपा·लाई सहयोग गर्ने छु भनेर त्यसमा भगवान खुशी हुन्थे होला । हुनलाई यो हाम्रो चलिआएको चलन रीतिरिवाज परम्परा हो यो मान्नु पर्छ ।
यसलाई छोडनु हु“दैन किन भने यसैमा संसार अडिएको छ । तर धर्मका नाममा देखिएका यस्ता कुविचारहरुलाई तपाई हामीले नै हटाउन पर्छ, छोडदै जानु पर्छ र कसैको भलाईमा नै सहयोगमा नै धर्म हुन्छ भन्ने विचारलाई अगाडि सार्नु पर्छ ।
आफूस“ंग भएको  सर्वस्व मन्दिरमा रहेको त्यो ढु·लाई सुम्पिनु पनि धर्म होईन । जो आफनोे क्र्तव्य च्युत भएर कुमार्गमा भट्कि रहेका छन् तिनीहरुलाई माथि उठाउ“नु,बाटो देखाउ“नु, गरिब असाहय,दीन दुखीहरुलाई सहयोग सेवा गर्नु नै वास्तविक धर्म हो । धर्म कुनै व्यक्ति विशेÈ, जाति विशेÈ वा समप्रदाय विशेÈको प्यवा तत्व हैन जसमा जो सुकै पनि अवलम्बन गर्न सक्छ,्र तर त्यसको मर्मलाई बुझेपछि पाइने आनन्दको महत्व भिन्दै हुन्छ ।

February 15, 2014

स्वस्थानी ब्रत कथा आस्था र निन्दा

स्वस्थानी ब्रत कथा आस्था र निन्दा

केशब काफ्ले

संसारभरिका हिन्दु धर्मावलम्वीहरुका लागि धार्मिक दृष्टिले महत्वपूर्ण मानिएको माघ महिनाको अन्त्य हुनासाथै स्वस्थानी ब्रतकथाको पनि समापन हु“दैछ । स्वस्थानी ब्रतको आरम्भ भएपछि ब्रतकथाको उद्देश्य प्रति देशका छापा सञ्चार माध्यममा बुद्धिजिवी महिला वर्गहरुले निकै टिकाटिप्णी तथा विचारहरु प्रवाहित गरिरहेका छन् । उनीहरुद्वारा यस ब्रतकथाप्रति र यसको वाचन श्रवणप्रति बारम्बार प्रश्न उठाइएको छ । यस ब्रतकथाप्रति विरोधी भावनाले मुखर हुने लेखकहरुमा महिला वर्गको वर्चश्व देखिन्छ । तर यहा“निर के कुरा प्रष्ट पार्न जरुरी छ भने स्वस्थानी ब्रतकथाप्रति महिलाजगत जति आस्तिक छ त्यति आस्तिक पुरुष हिजो पनि थिएन, आज पनि छैन, भोलि पनि हु“दैन । यसबारे यस पंक्तिकारले चुनौती दिन चाहन्छ । यो स्वस्थानी ब्रतकथाको आयु महिलाहरुकै आस्थाका कारणले गर्दा लम्बिदै गइरहेको छ भन्नेबारे पनि कसैको दुईराय हु“दैन ।

यसको परम्परालाई महिलाहरुले नै अघि तान्दैछन् । यहा“सम्म कि पुरुष वर्गमा खासगरी सहरिया पुरुषहरुलाई त स्वस्थानी कथा कहिलेदेखि आरम्भ हुने र कहिले समापन हुने भन्नेबारे पनि खासै चासो रहंदैन । पुरुषहरु आफ्नै काममा व्यस्त रहेका हुन्छन् । जबकी महिला वर्गमा यसबारे पूर्ण उत्सुकताका साथ सम्पूर्ण लेखाजोखा तयार रहन्छ । अझै आश्चर्यको कुरा त के छ भने पूर्ण रुपमा शिक्षित मानिएका तथा आधुनिक युगका अगुवा ठानिएका महिलाहरु पनि स्वस्थानीको वर्तकथा श्रवण गर्नमा व्रत राख्नमा लालायित रहेको पाइन्छ  । स्वस्थानी व्रतकथाको दौरान घरघरमा कथा वाचन र कथा श्रवण गर्नेहरुमा महिलाहरुकै अधिकता पाइन्छ । कहिं कहिं त कथा वाचक र श्रोता पूर्ण रुपमा महिलाहरु नै पाइन्छ । यस ब्रतकथाप्रति प्रश्न उठाउ“दै विभिन्न खाले टिका टिप्णी गर्ने लेखक लेखिकाहरुको विषेश त लेखिकाहरुको तर्क छ कि गुनासो छ कि यस कथामा पुरुषलाई प्रधानता दिइएको छ । स्वस्थानी व्रतकथा पुरुष प्रधान छ, यद्यपि गुनासा अरु पनि छन् । तर मुखर विरोध पूरुष प्रधानतालाई नै गरेको पाइन्छ । ध्यान दिनुस्, यो ब्रत गर्ने कथा सुन्ने सुनाउने एउटी अर्कि महिलालाई यो ब्रत राख्न कथा सुन्न प्रेरित गर्ने सबै महिला नै हुन् ।
अब मेरो प्रश्न छ महिला लेखिका ज्युहरुसं“ग कि यस पुरुष प्रधान परम्परालाई महिलाहरुले किन बोकेर हिंडेका छन् त ? के पुरुषहरुले यो ब्रत राख्न महिलाहरुलाई बाध्य गरेका छन् ? कथाप्रति निकै आस्तिक पनि महिला ब्रत राख्ने पनि महिला, ब्रतको अनुसरण गर्ने पनि महिला, आफुले ब्रत राख्ने, कथा सुन्ने तर छिमेकी अर्कि महिलाले ब्रत राखिन कथा सुनिन कथा सुन्न आईन भनेर निन्दा गर्ने पनि महिला । पुरुषहरुलाई समेत ब्रत राख्न प्रेरित गर्ने कथा वाचन गर्न पुरुषलाई बाध्य पार्ने पनि महिला तर विरोधको निसानामा पुरुष र पुरुषप्रधानता कथा यस्तो किन ? के पुरुष समाजले महिलाहरुलाई यो ब्रत गर्न या कथा सुन्न बाध्य पारेको छ र ? महिलाले ब्रत राख्दा पुरुषको नियमित खानपानमा व्यवधान पर्न गएर ब्रत नगर भनेर भन्दा घरमा तनाव सृजना भएका घटनाहरु बरु सुन्न पाइन्छ । तर कुनै पुरुषले ब्रत नराखेको निहुमा महिलासं“ग झगडा गरेको पाईदैन । फेरि पुरुष प्रधान भनेर स्वस्थानी कथाको निन्दा वा विरोध गर्नुको के अर्थ हो त ? तीजमा ब्रत राखेर शिव लिंगमा जलार्पण गर्न दिनभरी लाम बस्न पुरुषले बाध्य पारेको भनेर सुन्न पाईदैन ।
स्वस्थानी व्रत गर्न पुरुषले विवस गरेको पनि पाईदैन । आफै ब्रत राख्ने आफै कथा सुन्ने, फेरि पुरुषलाई किन दोषि मानिदै छ त ? आजको जागरुक समाजमा कुनै पनि पुरुषले महिलाहरुलाई कुनै ईश्वर देवता आदिको आराधना गर्न, ब्रत बस्न, कथा सून्न बाध्य गर्न सक्दैन र उनीहरु महिलाले चाहेका खण्डमा महिलाहरुलाई पुरुषले त्यस्ता अनुष्ठान ब्रत आदि गर्नबाट रोक्नपनि सक्दैन । यस विषयमा पुरुष विचरा आफै विवस हुन्छ । महिलाहरुकै खुशिका लागि मात्रै मन्दिर जाने, महिलाहरुकै खुशीका लागि ब्रत राख्ने, महिलाहरुकै खुशीका लागि कथा वाचन गर्ने, महिलाहरुकै लागि कथा श्रवण गर्ने, पुरुषहरु सयमा ९० जना पर्दछन् यस समाजमा । आमाले भनेको मानेर आमाको मन राख्नहोस् वा श्रीमतीको मान गर्नुहोस् । आफ्नो ईच्छा होस् या नहोस्, तर महिलाहरुको खुशीका लागि पुरुषहरु धार्मिक कार्यमा अग्रसर हुनुपर्दछ । धर्मिक विषयमा सधै महिला अघि अघि र पुरुष पछि पछि हुने गर्दछन् । फेरि शास्त्रको के दोष छ ? पुस्तकको के दोष छ ? के आजका महिलाहरुले शास्त्रको अनुसरण गरेका छन् र ? या गर्न बाध्य गरिएको छ र ? या फेरि त्यस्तो गर्न सम्भव हुन्छ र ? कथा हो कथा । इतिहास हो । इतिहास पढ्दैमा सुन्दैमा कुनै अपराध हुन्छ र ? प्रश्न छ विरोधीहरुस“ंग । स्वस्थानीको कथा जसले जतिपटक बाचन गरे पनि जति पटक श्रवण गरेपनि त्यस अनुरुप आचरण हुनै सक्दैन आजको युगमा । एक प्रतिशत पनि भएको छैन । हुनपरेको पनि छैन । काल्पनिक उपन्यास पढ्न हुने काल्पनिक धाराबाहिक हेर्न हुने पाठ्य पुस्तकहरुमा समेत इतिहास पढ्नै पर्ने बाध्यता हुने तर स्वस्थानी ब्रत कथालाई पढ्दा पुरुष प्रधानतालाई प्रश्रय दिइएको आरोप लागिरहनु कतिको उचित छ त ? लेखक लेखिका महोदय ज्युहरु ? गीताको आचरण कस्ले गरेको छ र आज ? रामायणको अनुसरण कसले गरेको छ र आज ? पतीलाई परमेश्वर मानेको छ र आज ? कसले पो पत्नी वियोगमा पागलपन देखाउ“छ र आज ? फेरि एकसय प्रश्नको एउटै उत्तर यो हो कि यस स्वस्थानी ब्रत कथा को परम्परालाई यस पुरुष प्रधान इतिहासलाई महिलाहरुले नै निरन्तरता दिएका छन् । यस्तो किन ? महिलाहरुले यस परम्परालाई निरन्तरता दिईरहुन् भन्ने चाहना पुरुषमा छैन त्यसकारण पुस्तकको कथालाई आधार बनाएर पुरुष वर्गलाई लक्षित गरेर गाली गरिरहनुको कुनै अर्थ देखिदैन ।
पुराणको कथा बाचन र श्रवण गर्दैमा पुरुष प्रधानता हुने कुरै ह“ुदैन र कथामा लेखे जस्तै आचरण गर्न पर्छ भन्ने पनि  छैन । त्यस्तो आचरण गरिसाध्य पनि छैन । ईच्छा नारी जगतको हो यस विषयमा कुनै करकाप त छैन नि ? तर्क गर्ने धेरै ठाउ“ छन् । कथा कि पात्र जालन्धर पत्नी व्रिन्दालाई पीडित र बलात्कृत दर्साएर विरोध गर्नुभन्दा उसलाई महान त्यागी बलीदानी दर्शाउन पनि मिल्छ । जसको त्याग र बलिदानले अन्य हजारौं नारी बलात्कृत हुनबाट जोगिन्छन् । यद्यपि समय अनुसार हाम्रँ धार्मिक अनुष्ठानहरुमा परिवर्तन हुन आवश्यक छ । कतिपय बुद्धिजिवीहरुले समाजका धर्मभिरुहरुलाई बेवकुफ बनाएर आफुले धन कमाउने माध्यम पनि बनाएका छन् । जे होस् कथालाई  नै रहन दिए उत्तम हुनेछ । इतिहास पनि कथा जस्तै हो । स्वस्थानीलाई पनि इतिहास पढेझंै पढ्नुस् र त्यही ठाउ“मा छोडिदिनुस् । इतिहासको पनि हामीले पालना गर्दैनौ स्वस्थानीको पालना गर्नुपर्छ भन्ने पनि केही छैन, ईच्छा आफ्नो आफ्नो यसमा पुरुषको कुनै दबाब छैन । पुरुषको विरोधको पनि कुनै अर्थ छैन ।

February 02, 2014

भिडियो सेन्टरमा प्रहरीको विशेष निगरानी

भिडियो सेन्टरमा प्रहरीको विशेष निगरानी

कमल काफ्ले

बुटवल, माघ १८ । प्रतिलिपी ऐन विपरित गीत तथा चलचित्रहरु डाउनलोड तथा कपी गरेर बिक्रीवितरण हुन थालेपछि यस क्षेत्रका मोबाईल तथा भिडियो सेन्टरहरुमा प्रहरीले निगरानी बढाएको छ । प्रचलित ऐनअनुसार सम्बन्धित निकाय वा व्यक्तिको सहमतिविना कुनै पनि गीत, भिडियो तथा चलचित्रको कपी गरेर बिक्रीवितरण गर्न पाइ“दैन ।
केही दिन अघि ईलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरले बुटवलका विभिन्न मोबाईल पसलमा खानतलासी गर्दा प्रतिलिपी ऐन विपरित गीतहरु डाउनलोड गरी बिक्रीवितरण गरेको पाइएको थियो । यसपछि प्रहरीले सवै मोबाईल पसलहरुमा कडा निगरानी गर्न थालेको हो । प्रहरीले प्रलिलिपी ऐन विपरीत काम गर्नेहरुलाई कारवाही प्रक्रिया अघि बढाइएको वडा प्रहरी कार्यालय रामनगरका निरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । प्रहरीले त्यस्ता मोबाइल पसलबाट कम्प्युटरका सिपियु समेत बरामद गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार उक्त सिपियु काठमाडौं पठाइएको छ । प्रलिलिपी ऐन विपरीति कार्य गर्नेलाई १० हजार जरिवाना, ६ महिना कैद हुने व्यवस्था छ । प्रचलित ऐनमा कुनै पनि गीत तथा भिडियो व्यवसायिक प्रयोजनका लागि अनुमतिविना डाउनलोड वा कपी गर्न पाइ“दैन ।
तर व्यक्तिगत रुपमा प्रयोग गर्न भने डाउनलोड गर्न पाइन्छ । कलाकारहरुले मूल्य चुकाएर गीत तथा भिडियो तयार गर्छन् तर यसरी बनाइएका गीत तथा फिल्महरु डाउनलोड गरेर त्यसलाई कपि गरी अनधिकृत रुपमा बेचविखन गर्दा कलाकार मर्कामा पर्ने भएकाले प्रहरीले कपी गर्ने प्रवृत्तिलाई हटाउन लागेको हो ।