February 22, 2014

वास्तविक धर्मका लागि सहयोग कि नाम कमाउनका लागि

वास्तविक धर्मका लागि सहयोग कि नाम कमाउनका लागि

कमल काफ्ले

भगवान को हो ? कसको नाम हो भगवान ? के तपाईहरुलाई थाहा छ ? भगवान को हो ? तपाईहरुले देख्नु भएको छ भगवानलाई ? पक्कै पनि देख्नु भएको छैन । न त मैले, न तपाईहरुले न त कुनै महान धर्म गुरुले नै भगवानलाई देखेका छन् । कसैले पनि भगवानलाई देखेका छैनन । यो त मनले मान्ने कुरा हो । एउटा चलि आएको विश्वास हो । संसारलाई टिकाई राख्ने एउटा धार हो । सार हो । मनको विश्वास हो । आस्था हो । परम्परा हो । रीतिरिवाज हो ।
के मन्दिरको एउटा मूर्तिको रुप दिएको ढु·ामा वास्तविक भगवान भेटिएला त ? के तपाईले भेटनु भएको छ कुनै मूर्तिमा भगवान ? पक्कै पनि भेटनु भएको छैन । तपाईले मन्दिरमा हरेक दिन ५—५ रुपिया“को दरले पैसा चढाउनु हुन्छ होला । के त्यो चढाएको पैसाले तपाईको मनमा सान्ति मिल्छ कि आज मैले भगवानलाई ५ रुपिया“ चढाएं भनेर ? मलाई त मिल्दैन । किन भने म भन्छु कि त्यो ढु·ामा भगवान भेटिदैनन । आखिरमा कहा“ भेटिन्छन त भगवान ?
भगवान हरेक मानिस भित्र हुन्छ । तपाईलाई विश्वास लाग्दैन होला तर तपाईले हरेक दिन मन्दिरमा चढाएको पैसा एक दिन कुनै खान नपाएको मनिसलाई दिएर हेर्नुहोस तपाईको मनले के भन्छ ? पक्कै पनि तपाईको मन खुशीले गदगद् भएको हुन्छ । ओहो आज मैले कुनै गरिवलाई सहयोग गरें कमसेकम त्यस व्यक्तिले खान पायो । कति दिन देखिको भोको हुदो हो भोकले तडपिरहेको हुदो हो आज मैले धेरै दिन नसके पनि मैले दिएको पैसाले केही खाने कुरा त अवश्य आउला र उसले किनेर खाला तपाईको मनले यती शान्तिको अनुभुति गर्छ कि तपाईले अरु बेला त्यस्तो अनुभुति गर्न सक्नु हुन्न जति बेला तपाईले कुनै गरिवलाई खाना खुवाउनु हुन्छ, कुनै असाहयको,दिन दुखीको, गरिबको अपा·को सहयोग गर्नुहुन्छ ।
हाम्रो नेपाली समाजमा अर्थात हिन्दु धर्ममा ढु·ालाई पूजा गर्ने, दूध खान दिने, प्रसाद खान दिने, पैसा चढाउने, निर्दोष जनावरको बली दिने परम्परा छ । के तपाईले कहिले पनि ढुं·ाले यो सबै कुरा खाएको देख्नु भएको छ । पक्कै पनि देख्नु भएको छैन । फेरी किन ढु·ामा दुध चढाउने, पैसा चढाउने, विचरा निर्दोष जनावरको बली दिने ?
कुरा केही दिन अघिको हो । पाल्पा जिल्लामा रहेको राम्दीघाट जहा“ हिन्दु धर्मावलम्बीहरुले मृत शरीर को दाहसंस्कार गर्ने गर्छन । उक्त ठाउ“मा रहेको मन्दिरमा हामीहरुले दूध पनि चढाउने गर्दछौं । उक्त ठाउ“मा केही महिलाहरु ले दूध चढाउनको लागि लाइनमा बसीरहेका थिए । कसैको भा“डोमा १ मानो दूध थियो भने कसैको भा“डोमा २ मानो म पनि त्यही गएर हेर्दै थिएं कि यो दूध पक्कै पनि भित्र मन्दिरमा चढाएर कसैलाई दिईनछ होला ? भनेर तर त्यसो नभएर त्यहा“ चढाएको सबै दुध बाहिर एउटा सानो कुलो बाट बगिरहेको थियो । त्यही मन्दिरको बाहिर एउटा बुढो मानिस खानको लागि प्रार्थना गर्दै थियो । तर त्यस बुढो मानिसलाई खाना दिने त्यहा“ कोही थिएनन । सबैले आफूले  बोेकेर ल्याएको त्यो दूध त्यस ढु·ामाथि पोख्न मै व्यस्त देखिन्थे । फलफुल पनि त्यही ढु·ालाई चढाउ“ंदै थिए ।
तर त्यो ढु·ाले भने त्यो दूध पिउं्रदै पिउंदैन, फलफुल खा“दै खा“दैन मैले मनमनमा भनेको थिए कि यत्रो दूध छ फलफुलहरु छ त्यो ढु·ाले किन नखाएको होला ? मलाई रिस उठ्यो र मैले आफूले ल्याएको सबै फलफुलहरु त्यहा“ माग्न बसेको बुढालाई दिए । ढुङगालाई भने नमाग्दा पनि जबरजस्ती दिने तर त्यहा“ बसेको त्यो बुढो व्यक्ति जसले बिहानदेखि कराई राखेको छ । त्यसलाई भने नदिने ? मैले जब त्यो फलफुल त्यो बुढालाई दिए बुढो रु“दै खान थाल्यो र भन्यो जय हो राम जि कि । त्यस बेला सम्म मलाई मनमा केही भएको थिएन तर जब मैले त्यो बुढालाई त्यो फलफुल दिए तब मेरो मनमा एक अनौठो शान्ति छायो । आनन्दको अनुभुति भयो, आफैमा हर्षले गदगद भयो त्यसको खुशी देखेर आ“खामा आ“सु आयो तर ति खुशी रुपी आ“शु भने मैले पुच्छन सकिन, केही भन्न सकिन केही बोल्न सकिन, मात्र एक आनन्द मेरो मनमा छायो जुन आज सम्म पनि मैले अनुभव गर्न सकेको थिइन ।
हाम्रो समाजमा केही त्यसता व्यक्तिहरु पनि छन जो कि धर्मको नाममा कुनै मन्दिरलाई करोडौंको दान गर्छन । मलाइ लाग्छ उनिहरुले त्यो पैसा, अथवा मन्दिरको नाममा सहयोग धर्म कमाउनको लागि होईन आफनो नाम कमाउनको लागि गरेका हुन । कि मन्दिर बनेपछि मन्दिरको भित्तामा ठूला ठूला अक्षरमा आफनो नाम लेखियोस, तर त्यसमा क्षणिक आनन्दको अनुभुती अवश्य हुन्छ स्थायी आनन्दको अनुभुति भने ह“ुदैन । यदी त्यो पैसा घर नभएको कुनै गरिब, दीन दुखीलाई घर बनाई दिएको भए अथवा कुनै असायह व्यक्तिलाई सहारा दिएको भए, कुनै अपा·लाई सहयोग गरेको भए  अवश्य पनि मनले स्थाई आनन्दको अनुभति गर्ने थियो ।
आज कल हाम्रो समाजमा एउटा अति नराम्रो अति नराम्रो पराम्परा देखिएको छ कि मनिसले छोरा पाउको लागि भगवानलाई भाकल गर्छन कि हे भगवान मलाई एउटा छोरा दिनुहोस म तपाईलाई एउटा पाठो चढाई दिन्छु । जब सा“च्ची नै उसको छोरा जन्मन्छ तब उसले आफनो घरमा आफनो छोरा जस्तै गरी पालेको भर्खर जन्मेको १ हप्ताको पाठो होस उसले विचरा त्यो निर्दोष जनावरलाई आफनै आमाको अगाडिबाट लगेर भगवानलाई भन्दै त्यो निर्जिव, अचल, ढु·ामाथी रगत चुहाउंछ र भन्छ हे भगवान मैले तपाईलाई भनेको कुरा दिए । के यो परम्परा परम्परा ठीक हो ? के यसले भगवान खुशी हुन्छन होला त ?
अब आफै सोच्नुहोस कि कुनै व्यक्तिले तपाईको छोरालाई लगेर त्यस्तै गरी काटेर त्यो ढु·ामा रगत चढाईदियो भने तपाई के गर्नु हुन्छ ? विचरा त्यो पाठोको आमाको मन पनि त त्यस्तै गरी रोएको होला ? के यस बारेमा सोंच्नु भएको छ ? भगवानलाई भाकल गर्ने बेलमा हे भगवान मलाई एउटा छोरो दिनुहोस मैले १० जना गरिब, असाहय,अपा·लाई सहयोग गर्ने छु भनेर त्यसमा भगवान खुशी हुन्थे होला । हुनलाई यो हाम्रो चलिआएको चलन रीतिरिवाज परम्परा हो यो मान्नु पर्छ ।
यसलाई छोडनु हु“दैन किन भने यसैमा संसार अडिएको छ । तर धर्मका नाममा देखिएका यस्ता कुविचारहरुलाई तपाई हामीले नै हटाउन पर्छ, छोडदै जानु पर्छ र कसैको भलाईमा नै सहयोगमा नै धर्म हुन्छ भन्ने विचारलाई अगाडि सार्नु पर्छ ।
आफूस“ंग भएको  सर्वस्व मन्दिरमा रहेको त्यो ढु·लाई सुम्पिनु पनि धर्म होईन । जो आफनोे क्र्तव्य च्युत भएर कुमार्गमा भट्कि रहेका छन् तिनीहरुलाई माथि उठाउ“नु,बाटो देखाउ“नु, गरिब असाहय,दीन दुखीहरुलाई सहयोग सेवा गर्नु नै वास्तविक धर्म हो । धर्म कुनै व्यक्ति विशेÈ, जाति विशेÈ वा समप्रदाय विशेÈको प्यवा तत्व हैन जसमा जो सुकै पनि अवलम्बन गर्न सक्छ,्र तर त्यसको मर्मलाई बुझेपछि पाइने आनन्दको महत्व भिन्दै हुन्छ ।

No comments:

Post a Comment