February 22, 2014

प्रिय तिमीलाई जन्मदिनको शुभकामना

कमल काफ्ले

तिमी हा“स्दा चम्किरहे, झिलिमिली ताराहरु
वरिपरि रसाइरहे, अमृतका धाराहरु
सधै“भरी फुलिरह्यो सुखद भावना,प्रिय तिमीलाई जन्मदिनको शुभकामना

 तिमी हि“ड्दा खुलिरह्यो,अहा बसन्त बहार
मेरो मनमा उर्लिरह्यो, तिम्रै स्नेह अपार
जुगजुग स्वास्थ्य र संपदाको चाहना, प्रिय तिमीलाई जन्मदिनको शुभकामना

खुसीका क्षणहरु,तिमीलाई अर्पण्ँ
तिम्रो मायाको आभाश नै, जीवनको दर्शन
भगवानस“ग तिम्रो दीर्घायुको प्रार्थना, प्रिय तिमीलाई जन्मदिनको शुभकामना

No comments:

Post a Comment