मैले देखेको नजिक र तिमीले देखेको टाढा
भोले बाबाको प्रसाद ग्रहण नगरदैमा नास्तिक
फूलको कोमल्ता ढुङ्गामा खोज्नु
अनी गल्ती भो भन्दै माफि माग्नु
यस्तै बसेको छ हाम्रो सस्कार
आवश्यक्ता
न तिमीलाई मेरो छ
न मलाई तिम्रो
बिचमा के पर्छ पर्छ
श्वास रहुन्जेल
न तोड्न सक्छु
न सुमधुर जोड्न जानेको छु
तिम्रो हँ मा हँ लगाउदा
मेरो स्वाविमान गुम्छ
आलोचना गर्दा तिमीलाई ठेस पुग्छ
त्यसैले मौन छु
तिमी शंखा गर्छौ
यस्तै छु माफ गर
जे देख्छु,जे सुन्छु अनी जे भोग्छु
त्यो फ्याटै भनी दिन्छु
आफ्नो लागि त आँफै काफी छु नि
तिमी पनि छौ र त
सोच्न वाध्य छु
पटक पटक गल्ती दोहोराउँदै
त्यसैले माफि मागी रहन्छु
कि सत्य बोल्न देऊ
कि सँगत छोड
No comments:
Post a Comment