August 15, 2014

हाम्रा कर्म आफै बोल्नु पर्छ


केशब काफले

 

हामीहरु मध्ये धेरैलाई सेतो कपडामा रुचि हुदैन । किनकि सेतो कपडा मैलो हुन्छ । यस्तो रंगिन कपडा खोज्छौ हामीले जो मैलो नहोस । तर के रंगिन कपडा मैला हुदैनन त ? यस्तो कुरा कदापि होईन । मैला त रंगिन कपडा पनि हुन्छ । तर रंगिन कपडा मा मैला देखिदैन । सेतो कपडा आफै बोल्छ । म मैला   भए मलाई सफा गर मलाई धोउ भनेर बोल्छ तर रंगिन कपडा बोल्दैन । सेतो कपडाले आफनो दोष लुकाउदैन । तर रंगिन कपडाले दोष लुृकाउछ । त्यही कारणले गर्दा यो बोल्ने खालको सेतो कपडामा धेरैको रुचि हुदैन । धेरै बोल्नेलाई कस्ले रुचाउछ र ? तर बोल्ने को त हामी आभारी हुनुपर्छ । कमसे कम बोलेर हाम्रो दोष त देखाई दिन्छ । मनको स्वरुप बुझनका लागि कर्मको महत्वपूर्ण भूमिका हुन्छ । त्यस कारण कर्म बोल्नु पर्छ ।
जब दोष देखाई दिन्छ ,त्यस दोषलाई दुर गर्न पनि सकिन्छ । त्यस कारण कर्ममा दोष देखिनु पर्छ । कर्म आफै बोल्नु पर्छ यदि आफनो कर्मको दोष देखिदैन भने विकासको गति अवरुद्ध हुनछ । विकासको गतिलाई निरन्तरता दिनका लागि कर्म दोष देखिन जरुरी हुन्छ । दोष नदेखिए सम्म त हामीले कर्मलाई पूर्ण भएको ठानेर विश्राम दिन्छौ । जहाबाट विकास अवरुद्ध हुन जान्छ । त्यस कारण पनि चुप कर्म भन्दा बोल्नी कर्म श्रेय कर हुन्छ । मनुष्य स्वभावले आफनो दोष आफै देख्दैन । आफनो दोष सून्न पनि चाहदैन । त्यस कारणले दोष देखाउनेको पनि आभारी हुनु पर्छ । कर्मको दोष देखिए पछि मात्रै दोष दुर गर्ने योजना बन्छ । र दोष रहीत कर्मको मार्गमा अघि बढिन्छ ।दोष रहित कर्म हामीबाट हुदैन । कर्म गरेपछि कर्ममा केहिन केहि दोष त हुन्छ नै जब दोष थाहा हुन्छ तब मात्र दोष दुर गर्ने प्रयत्न गरिन्छ । अन्यथा उहीको उहीं । जब दोष रहित कर्म हुन्छ फेरि अन्यकुनै धर्मको आवश्यकता नै पर्दैन । कर्मद्धारा नै सबै धर्मको पालना भएको हुन्छ । दोषपूर्ण कार्म गर्दा अधर्म पनि भएको हुन सक्छ । तर दोष रहित कर्म हुन्छ धने अधर्म हुने प्रश्न उठदैन । तर हामीहरुमा कमी कहानिर छ भने हामीहरुले आफनो कर्ममा दोष देख्नै चहदैनौ । हामीलाई लागि रहन्छ कि हाम्रोकर्म शुद्ध छ । आफनो कर्मको दोष नखोजेर अरुले गरेको पाप पुण्यको लेखाजोखा खोज्दै हिंडछौ हामी । यसैको नाम कर्म दोष हो । जसले हाम्रो कर्म दोष देखाउछ त्यो शत्रु हुन जान्छ । बहुलाएको मान्छेले कपडा लगाएको छ या नाड्डै छ यसको फैसला एउटा सज्जन मान्छेले गर्नु पर्छ । बहुलाएको मान्छेलाई यसको भान हुदैन । त्यस्तै हाम्रा कर्म दोषि छन कि शुद्ध छन भन्ने ज्ञान हामीमा हुदैन । त्यस कारण कर्ममा दोष देखिनु पर्छ हाम्रा कर्म आफै बोल्नु पर्छ । सेता कपडा बोेलेझै ।

अब कर्म शुद्ध कसरी हुन्छ त ? यसका हजारौ लाखौ उदाहरण होलान । यसमा सबैले आआफना ढंगले व्याख्या र विवेचना गर्छन । तर तिनै मध्ये एउटा झिनो उदाहरण के त भने कर्म कर्तालाई आफुले गरेको कार्ममा आनन्द आउनुपर्छ । आफने कर्म प्रति तल्लीन आनन्द मग्न पूर्ण निष्ठावान हुनुपर्छ । महाभारत युद्धमा बेलका युद्ध विराम भएपछि सबैजना सन्ध्या बन्दना पश्चात खान पिन गरेर गफ गाफमा मस्त हुन्थे अरे । तर भगवान श्री कृष्ण चाही रथबाट घोडा फुकाएर घोडालाई पानी खुवाउने ,तिनलाई नुहाईदिने । घोडाको शरिर मालिस गर्ने,शरिर सुम्सुम्याईदिने , दिनभरी तिरले बनेका घाउमा औषधि लगाईदिने गर्थे अरे । यस दौरान भगवान कृष्णलाई अन्य कुनै किसिमको भान हुदैनथियो अरे । भगवानलाइ अति आनन्द आउथ्यो होला यिनी काममा हामीलाई पनि आफनो कर्ममा यस्तै आनन्द आउनुपर्छ । त्यही कर्म शुद्धिको मार्ग हो । घर धन्धा व्यापार जागिर पेशा करले होईन आनन्दले गर्नु पर्छ । आनन्द प्राप्त हुनुनै शुद्ध कर्मको प्रतिक हो । फेरि पनि कर्ममा दोष देखिन्छ भने  दुखि होईन कि आनन्दीत भएर नै दोष दुर गर्ने प्रयत्न गर्नु पर्छ ।

दुई नारी एउटै पीडा तर अवस्था फरक


केशब काफले

 

कर्मको फल भनौ या भाग्यको खेल २ जना मान्छेलाई एउटै प्रकारको पीडा भोग्नु पर्छ तर दुवै जनाको संसारीक अवस्थामा भने धर्ति अकाशको फरक हुन्छ । श्री कृष्ण श्रेष्ठलाई काल आयो,दिनेश अधिकारी चरीलाई काल लाग्यो दुवै जना संसारबाट विदा भए । तर उनीहरुले गरेका कर्मका फल उनका आफन्तहरुले पनि भोग्नु पर्छ । कोही पनि मान्छे आफुले गरेको कार्म फलको भोगि एक्लै हुदैन । कुनै पनि मान्छेले गरेको कर्म दुष्कर्म,वा सुकर्म आदिको फल यो समाज र यसै समाजमा रही रहेका उनका आफन्तहरुले पनि भोग्नै पर्छ । तर उनीहरुको पीडा भोग्ने अवस्था भने फरक रहेको हुन्छ । अहिले पनि त्यस्तै भएको छ । दिनेश अधिकारी चरी मारिए । श्री कृष्ण श्रेष्ठको मृत्यु भयो । उनीहरुले आआफना कर्मअनुसारको भोग भोग्न आफन्तहरुलाई छोडेर गए । विषेश त यो भोगाईको कुरा दुईटि नारीको हो । उनी मध्ये एउटी हुन  खुश्बु ओली र अर्कि हुन श्वेता खडका  । यिनी दुवैको पीडा एउटै हो । दुवैको ह्दय एउटै हो ,दुवैका आसु एउटै हुन  हेर्ने आखा दुवैका एउटै हुन । दुवैका ह्दय पीडित छन । तर अवस्थमा भने  धर्ती आकाशको फरक छ ।
यति बेला श्वेताको घाईते ह्दयमा सितल मलम लगाईदिने लाखौ छन । उनी प्रति समवेदना राख्ने लाखौ छन । उनका आसु एकाएक मोति झै मुल्यवान बनेका छन । श्वेताका आसु मूल्यवान बनेका छन तर खुश्बुका आसु पुछने कोही छैनन । उनलाई हेर्ने समाजको दृष्टिमा दयाको भाव देखिदैन,अपितु घृणा देखिन्छ । उनलाई सँन्त्वना दिने कोही छैन । श्वेताका आसु मोती झै मुल्यवान तर खुश्बुका आसु साउने भेल झै मुल्य हीन । जब कि आसु झार्ने दुवैका पीडा एउटै हुन । दुष्कर्मचरीले गरेका हुन खुश्बुले गरेकी होईनन । फेरि ह्दयमा  चोड परेको बेला उनी घृणाको पात्र किन त ? यदी उनका ठाउमा हामी मध्ये कोही भएको भए ,समाजको व्यवहार हामीले कसरी सहन्थेउ“ होला ? खुश्बुले भोग्दै गरेको पीडा चरीको दुष्कर्मको परिणाम हो । माया प्रेम भन्नेकुरा भावनाको खेल हो खुश्बुको भाव चरीमाथि आयो यसमा उनको के दोष ? दोष चरीको हो । सो चरी मरेर गए कुुरा खतम ।



मान्छेको मृत्यु सगै सबै सत्रुता समाप्त हुनु पर्छ । चरी र श्री कृष्ण श्रेष्ठको मृत्युपछि उनका सबै भन्दा नजिकका खुश्बु र श्वेताको पीडाको बेला फरक अवस्थाले मान्छेलाई कर्म प्रति सचेत पनि गराउछ । मान्छेले आफुले गरेको कर्मद्धारा कसैले मलामि कमाउछ कसैले सलामि कमाउछ , तर कसैले आफन्हरुको  आसुको मूल्य पनि गुमाउछ । यसलाई चाहे कर्मको फल भनौ चाहे भाग्यको खेल । अहिले खुश्बुलाई पनि त्यस्तै परेको छ । मान्छेको सामाजिक दृष्किोण पनि स्वार्थ पूर्ण हुन्छ । जो संग केही पाउने गरेको हुन्छ अथवा पाउने आश गरेको हुन्छ समाजको भावना उसै संग धेरै नजिक भएको  हुन्छ ।उसै संग भावना जोडेको हुन्छ । प्राप्त नहुने र आफुले दिन पर्ने छ भने उसै संग टाढै रहन चाहन्छ समाज । तर जे होस आज  यो समाज  खुश्बु प्रति समबेदना हि नबनको छ  । चरीको मृत्यु पछि उनी एक्ली भएकी छन । तर हामीले नभुलौ कि त्यस्तो अवस्था हामी मध्ये धेरैलाई आउन सक्छ । उनी घृणाकी पात्र निश्चय पनि होईनन । उनमा पनि श्वेताको जस्तै कोमल ह्दय छ । उनी पनि साहनु भूतिकी पात्र हुन । उनलाई यो पीडा दिने पात्र ओझेल भैसकेको छ । यिनी दुवै नारीको अवस्था फरक भए पनि पीडा चाही एउटै हो । हामी पीडित ह्दयलाई अझै पीडित तुल्याउने संस्कारबाट बाहिर आउनु पर्छ । यस अवस्थाले कर्म प्रति सचेत हुनुपर्छ । मानवीय समवेदनाको अपमान गर्नु हुदैन । खुश्बुलाई पनि हेला गर्नु हुदैन । सामाजिक सञ्जाल मार्फत उनी प्रति घृणा युक्त शब्दको प्रयोग नगरौं । उनी पनि यही समाजको एउटा अंग हुन । उनलाई दुख्दा समाजलाई पनि दुख्नु पर्छ । उनलाई हिंसा गर्नु भनको आफुलाई हिसा गर्नु हो । चरीले गरेको दुष्कर्मको सजाय उनलाई नदिउ । मान्छेको अजय शत्रु काल नै हो । मृत्यु सास्वत सत्य हो । मान्छे मरेर जान्छ कर्म रही रहन्छ ईतिहासको रुपमा । कर्म प्रति सजक रहनु ,शब्द बाडले कसैको दुखित ह्दयलाई छिया छिया नपारौं । दुश्कर्मी संग प्रेम गर्नु भनेको दुश्कर्म गर्नु कदापि होईन । रावण जालान्धर,कंश,दु्रयोधन आदिका पत्नीहरु संग हाम्रो साहनु भुति रहेको हुन्छ । यिनी पात्रहूरु पनि त दुष्कर्मी थिए । फेरि खुश्बु प्रति घृणा किन ?
दुश्कर्मीहरुलाई राम ,कृष्णले दुश्कर्मी भनेर मारे तर उनका परिजनसंग घृणा गरेनन अपितु प्रेम गरे । हाम्रो धर्म संस्कृति सस्कार आदिले पनि हामीलाई घृणा सिकाउदैन । पीडित माथि प्रहार गर्नु आफैमा एउटा दुश्कर्म हो । सो खुश्बुको पीडा माथि प्रहार गरेर हामी आफै दुश्कर्मी नबनौ । दुखकोबेला नगरौ हेला , आफै पनि   परियला फेला,समय बलियो हुन्छ , तर गतिशील हुन्छ । खुश्बु वा श्वेताले असमयमै दुखद अवस्थाको समाना गर्नु परेको छ , खुश्बु र श्वेता प्रति मेरो बराबर समवेदना छ ।

August 09, 2014

उकाली ओराली: कालिगण्डकी डाईभर्सन आखिरी कस्का लागि हो ?

उकाली ओराली: कालिगण्डकी डाईभर्सन आखिरी कस्का लागि हो ?: केशब काफले हामीले एउटा कल्पना गरेर हरौंत यदि तिनाउ खोलामा कालिगण्डकी मिसाएर अहिले कालिगण्डकी बगेझै तिनाउ खोला निरन्तर बगी रहन्छ भन...

कालिगण्डकी डाईभर्सन आखिरी कस्का लागि हो ?


केशब काफले


हामीले एउटा कल्पना गरेर हरौंत यदि तिनाउ खोलामा कालिगण्डकी मिसाएर अहिले कालिगण्डकी बगेझै तिनाउ खोला निरन्तर बगी रहन्छ भने त्यो पानी अन्तत बगेर कहा“ जान्छ ? यहा“निर के ध्यान दिन जरुरी छ भने बुटवल नगरदेखि भारत र नेपालको सिमाना धेरै टाढा छैन । मात्रै २५,३० किलोमिटरको दुरीमा छ सिमाना । यति बेला कालिगण्डकी घुमाएर तिनाउ खोलमा मिसाएर तिनाउ खोलालाई निरन्तर बगी रहने नदीमा परिणत गर्ने भित्री कार्य भै रहेको समाचारहरु छानिएर प्रकाशमा आउने गरेका छन । रुपन्देही क्षेत्रका सभासद ज्यूहरु यस कार्यमा गम्भीरता पूर्वक लागि परेका छन भन्ने समाचारहरु पनि प्रकाशमा आएका छन । यदी तिनाउ खोला नदीमा परिणत भएर निरन्तर बगिरहन्छ भने यसको अधिकतम लाभ कस्ले उठाउला त ? भारतले कि नेपालले ? हेक्का रहोस नदी नाला खोला पानीको विषयमा नेपाल भारतबाट पटक पटक ठगिदै आएको कुरा सबै देश बासीहरु सामु प्रष्ट छ । अब कालिगण्डकी घुमाएर तिनाउमा मिसाएर तिनाउ खोलालाई नदीमा परिणत गर्ने विषयले जलश्रोतमा एक पटक फेरि नेपाललाई ठग्न खोजिएको हो कि भन्ने शंका उब्जिएको छ । बाहिरी दृष्टिले हेर्दा त्यस्तो केही देखिदैन तर पृष्ठ भूमिमा यस्तै चलखेल नभएको होला भन्न सकिदैन । केही बुद्धिजीवी तथा विश्लेषकहरुले त्यस्तो हुन भारतले नै दिदैन पनि भन्ने गरको छन । भारतसंग विगतमा भएका सम्झौता अनुसार भारतले नै कालिगण्डकी डाईभर्सन गर्न दिदैन भन्ने गरेका छन । तर ध्यान दिनु पर्ने कुरा के भने हात्तीका देखाउने दात बाहिर र खाने दात भित्र हून्छन । यदि कालिगण्डकीलाई  घुमाएर तिनाउ खोलामा मिसाएर तिनाउ खोलालाई नदीको रुप दिईन्छ भने यसबाट नेपाललाई कुनै लाभ होला या नहोला तर भारतलाई भरपुर लाभ हुने छ । यसमा कुनै शंका गर्नु पर्दैन । 

नेपालका जनतालाई त यस योजनाबाट खसै के पो लाभ लिन सक्लान र ? बुटवल नगरबासीहरुले बुटवल नगरदेखि ५—६ किमिको दुरिमा रहेको झुम्साको मीठो र स्वच्छ पानी त खान नसकेर पानी अडकलेर खाने गरेका छन । यस्तै लोतिमारा पाराले त यहा“का नगरबासीहरुले कालिगण्डकीको पानी के खालान र खै ? यति नै बेला बुटवल नगरको पूर्विक्षेत्रका नागरिक र नेता गणहरु विश्व वैकको पैसा कता लगाउने भन्ने विषयमा लुछा चुडि गर्दै छन । बुटवलनगरको पूर्विक्ष्ँेत्र पिय पानीको विषयमा पछि रहेको छ । तर यहा“ विष्या कालिगण्डकी डाइभर्सनको हो । यहा“निर मुख्य रुपमा ध्यान दिनुपर्ने विषय के देखिन्छ भने नवलपरासी जिल्लाको त्रिवेणी क्ष्ँेत्रबाट पूर्वमा बुटवल हुदै पश्चिममा राप्ती नदीमा नपुगुन्जेल यस बीचमा निरन्तर बगिरहने कुनै ठूला नदी छैनन । त्रिवेणीदेखि पश्चिम राप्ती सम्मको दुरी महेन्द्र राजमार्गको दुरी मापन अनुसार लगभग सवा २०० किमि होला । यिनी दुवै ठूला नदीको मध्य भागमा नेपालसंग सिमाना जोडिएको भारतको हजारौ हेक्टर उब्जाउ भूमि सिचाई सुविधाबाट बञ्चित छन । यो कुरा धेरैलाई थाहा नहुन सक्छ तर यो सत्य तथ्य हो । 
भारतको यस क्ष्ँेत्रमा खानेपानीको पनि अभाव छ । यस्तो अवस्थामा यदि तिनाउ खोलामा कालिगण्डकी सलल बग्छ भने भारतलाई कत्तिको लाभ होला अनुमान गर्न खासै गाह्रो हु“दैन । त्यसकारण भारत आफु पछाडि बसेर यस क्ष्ँेत्रका नेता वा जनतामा सुख सुविधाको भ्रम छरेर पानीको चलखेल गर्न खोजेको हो कि भन्ने शंका उब्जाएको
 छ । नवलपरासी,रुपन्देही,कपिलवस्तु जिल्लाहरुमा नेपालको जति भूमि सिचाईबाट बन्चित रहेका छन यिनी जिल्लाहरुसंग सिमाना जोडिएको भारतीय क्ष्ँेत्रमा पनि भूमि सिचाईको उचित व्यवस्था छैन । यो क्ष्ँेत्र भारतको कृषि उपजका दृष्टिले निकै महत्वपूर्ण क्ष्ँेत्र हो । तर नदीको पानीद्धारा सिचाई व्यवस्था नहु“दा भारतले यस क्षेत्रबाट कृषिको समुचित लाभ लिन सकिरहेको छैन । नेपालले पनि कालिगण्डकीको पानीद्धारा उल्लेखित जिल्लाहरुको सिचाई र विकासको कुरा उठाएको छ । त्यसकारण यदि कालिगण्डकी डाईभर्सन गरेर तिनाउमा मिसाएर तिनाउ खोलमा कालिगण्डकी बगाउन सके यसको लाभ भारतले पनि उठाउने छ । त्यसै कारणले गर्दा यस योजनामा भारतको मौन सहमति या भित्री चलखेल नहोला भन्न सक्ने अवस्था छैन । 
तिनाउ खोलमा हिउदे याममा पानी हु“दैन । बाढ गंगा नदीको पनि अवस्था उस्तै उस्तै हो । यिनी दुवै खोला बर्खे खोला हुन । आखिरी पानी बगेर भारतमै जाने हो । कालिगण्डकी उताबाट बगेर नारायणीमा मिसिन जान्छ । तर नारायणीबाट कालिगण्डकीलाई अलग गर्दा भारतको त्यस क्ष्ँेत्रलाई कुनै फरक पर्दैन भने कालिगण्डकी तिनाउमा मिसाउन सके रुपन्देही कपिलवस्तु क्षेत्रसंग सिमाना जोडिएको भारतीय क्ष्ँेत्रलाई निश्चित रुपमा लाभ हुने देखिन्छ । त्यसकारण पनि यस योजनाले शंका उब्जाएको छ । 
भारतका लागि रुपन्देही,नवलपरासी,कपिलवस्तु जिल्लाका सिमा क्ष्ँेत्रबाट नहर निर्माण गरेर आफनो क्ष्ँेत्रमा पानी लैजान के ठूलो कुरा हो र ? सम्झौताको नाममा नदी नाला बेच्ने काममा हाम्रा देशका नेतागण त्यसै पनि खप्पिस छन । देशमा विकास हुनै पर्छ । यसमा दुई मत हुनै सक्दैन । तर विकासको लाभ देशबासीहरुले नै पाउन पर्छ । बुटवलदेखि उत्तरको सिद्धार्थ राजमार्गको अवस्था जिर्ण बनेको छ । विषेश त बुटवल तानसेन सडक खण्डको अवस्था निकै खराब छ । बुटवल तानसेन सडक मार्गलाई सुरुड्ड मार्गद्धारा सुरक्ष्ँित बनाउने दुरी घटाउने भन्ने आवाज पनि सुन्नमा आएका थिए । तर यति नै बेला यो महत्वपूर्ण कुरा सेलाएर गएको छ । जबकी गण्डकी घुमाउने विषयले प्राथमिकता पाएको छ ।
 यति नै बेला कालिगण्डकी डाईभर्सनको विषयले प्राथमिकता पाउ“दा सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल—तानसेन सुरुड्ड मार्गको निर्माणको विषयलाई ओझेलमा पारेको छ । महत्वका दृष्टिले सुरुड्ड मार्ग निर्माण पनि कम महत्व छैन । यसका पनि विविध पक्ष्ँहरु छन । तर यिनी दुवै योजनाहरु मध्ये सुरुड्ड मार्ग निर्माणको योनजा अघि सारिनु उचित देखिन्छ किन कि यो प्रत्यक्षरुपमा जनताको सुरक्ष्ँित यात्रासंग जोडिएको विषय हो । तर कुन्नी किन हो यस क्ष्ँेत्रका सभासद ज्यूहरु यस विषयलाई यही कुरेर कालिगण्डकी मन्थन गर्न पुग्नुभएको छ । बुटवल—तानसेन यति धेरै जिर्ण छ कि यस मार्गबाट यात्रा गर्ने यात्रुहरुले पहिले लेन देन घरव्यवहार आदी सबैको विषयमा बसियत नामा लेखेर मात्रै यात्रामा जानु पर्ने अवस्था छ । तर अहिले यस्तो महत्वपूर्ण विषयलाई ओझेलमा पारेर तिनाउन खोलामा कालिगण्डकी सलल पार्ने योजना अघि सारिएको विषय प्रकाशमा आएको छ । जसको विरोध सुरु भैसकेको छ । जबकी सुरुड्ड मार्ग निर्माणमा कसैको विरोध छैन । यस विषयमा गुल्मी,अर्घाखाची,स्याड्डजा,पाल्पा रुपन्देही नवलपरासी सबै जिल्लाका जनताको समर्थन रहने छ । 
कालिगण्डकी डाईभरसनको विरोध स्वरुप राम्दीघाटमा महायज्ञको थालनी गरिएको छ कालिगण्डकीको धार्मिक तथा ऐतिहासिक विषयलाई यस क्ष्ँेत्रका सबै जनताले राम्रै संग बुझेका छन । यति मात्रै होईन यसरी प्रकृतिक रुप मै बगिरहेको नदीलाइ छिन्न भिन्न पार्दा क्ष्ँेत्रको पर्यावरण मौसमी वातावरण आदिमा गम्भीर असर पर्छ भन्ने कुरा उठाएका छन पाल्पा र स्याड्डजाका जनताले । यस पंक्तिकारका विचारमा कालिगण्डकीलाई आफनै मार्गबाट यथावत नै बग्न दिनुपर्छ । कथम काल देशको कुनै क्ष्ँेत्रको विकासका लागि नदी डाईभर्सन गर्न जरुरी पर्छ भने पहिले त्यसको एउटा वृतिष्ट खाका जनता सामु पस्कीनु पर्छ । देश भित्र प्राप्त हुने संसाधनको लाभ देशका सबै जनताले पाउनु पर्छ । तर कालिगण्डकी डईभर्सनका माध्यमबाट भारतको सिचाईबाट बन्चित रहेको भूमिलाई लाभ पु¥याउने चलखेल रहेछ भने त्यसको खोज गरेर त्यसको तहसम्म पुग्न जरुरी छ । यसबारे प्रष्ट हुनु जरुरी छ । तिनाउमा झरेको गण्डकीको पानी कहा“—कहा“, कति—कति कस कसले प्रयोग गर्ने ? कति वटा नहर बन्ने ? कति पानी कपिलवस्तु कति पानी नवलपरासी, कति रुपन्देहीमा बटवारा गर्ने ? कति खाने पानीमा खर्च गर्ने ? भन्ने बारे एउटा विस्तृत खाका सहित पूर्वाधार तयार गरिनु पर्छ । किनकि पहिला पूर्वाधार नै तयार नगरीकन कालिगण्डकीलाई तिनाउमा मिसाएर यस क्षेत्रमा भद्रगोल मात्रै हुने र कालिगण्डकी युक्त तिनाउ बग्दै भारतको सुख्खा क्षेत्रमा पुगेर भारतलाई मात्रै लाभ पुग्ने काम गर्न हुदैन । 
यस विषयमा रुपन्देही नवलपरासी, कपिलवस्तु, पाल्पा, स्याड्डजा आदि सबै जिल्लाका जनता सजग रहन आवश्यक देखिन्छ । वुटवल नगर भित्रै पनि ५०० मिटर सडक कालोपत्रे हुन १ वर्ष लाग्ने हाम्रँे देशमा यत्रो महत्वकांक्ष्ँी योजना भित्र भित्रै जसरी छिटो—छिटो अघि बढेको देखिन्छ त्यसले पनि यस योजनाको पृष्ठ भूमिमा अन्य कुनै बाहिरी चलखेल हु“दै छ कि भन्ने शंका उब्जनु स्वभाविक नै हो । जे होस देश विकासका लागि नै यो महत्वकांक्ष्ँी योजना ल्याईदै छ भने विरोध गर्न पर्ने पनि देखिदैन । तर देश विकासको नाममा हाम्रा नदी नालाले अन्य छिमेकी देशलाई लाभ  पु¥याउन खोजिएको हो भने यसको विरोध हुनैपर्छ । 

August 03, 2014

छिमेकी धनी भए सधै सजग रहनुपर्छ


केशब काफले


संसारमा गरिब भएर बा“च्नु भनेको आफैमा एउट पीडा दायक विषय हो । अझै त्यो पीडा त्यति बेला झनै दुखदायी हुन जान्छ जब कुनै धनी तथा पाखण्डि मान्छेको छिमेकी भएर बस्नु पर्छ । चाहे त्यो गाउघरको कुरा होस अथवा शहरमा कोठा भाडामा लिएर बस्दा होस धनी तथा हेपाहा छिमेकी छ भने बसाई निकै पीडादायी हुन्छ । यो पीडा हामीहरु मध्ये धेरैजसोले भोगेका छौं । कोठा भाडामा लिएर धनी छिमेकीको बराबर भाडा तिरेर बस्दा पनि धनी छिमेकीको मनमानी सहिरन बाध्य हुनुपर्छ । यो कुनै नया“ विषय होईन । धनी छिमेकीसं“ग दबेर बस्नुपर्ने बाध्यता पुरानै हो गरिबका लागि । हुन त धनीसं“ग गरिब हेपिएर बस्नुपर्ने बाध्यता पुरानै हो गरिबका लागि तर यहा“ कुरा छिमेकीको हो अर्थात धनी छिमेकी ।
धनी छिमेकीसं“ग गरिब सधै पीडित भएको हुन्छ । धनी छिमेकीसं“ग बस्नु भनेको ओल्तीरको प्वालमा सर्प र पल्तीरको प्वालमा मुसा बस्नु जस्तै हो । मौका पायो कि झय्याम । धनी मान्छे र गरिब मान्छेको बीचमा कहिले पनि मित्रता हुन सक्दैन । त्यस्तै धनी छिमेकी र गरिब छिमेकीको बीचमा पनि कहिले मित्रता र मित्रवत व्यवहार हुन सक्दैन । किनकि धनीलाई धनले उचालेकै हुन्छ । उसले तल हेर्न जान्दैन । जबकि गरिबलाई सतहमै रहनु पर्छ । यदि उनी धनी व्यक्ति वा धनी परिवारले गरिबसं“ग मित्रता देखाउछ भने त्यो स्वाग मात्र हो  । धनीले देखाएको मित्राताप प्रति अवश्यनै उसको पछाडि कुनै स्वार्थ छ भनेर गरिबले सजगता अपनाउनु जरुरी हुन्छ । किनकि धनी मान्छेले कुनै गरिब मान्छेसं“ग निश्वार्थ मित्रता कदापि गर्दैन । धनी र गरिबको बीचमा विना स्वार्थ मित्रता हुनै सक्दैन । यद्यपि  धनी छिमेकीस“ग गरिबको पनि केही अपेक्षा हुन सक्छ तर धनी छिमेकी ले आफनो स्वार्थविना गरिबको अपेक्ष्ाँको पूर्ति गर्र्दैन । यस विषमा अनेक इतिहास साक्ष्ँि छन । गरिबले धनीसं“ग केही अपेक्षा राखेको हुन्छ भने धनीको ठूलै स्वार्थ लुकेको हुन्छ । धनी गरिब बीचको मित्रताको त्यही नै आधार हो ।  अन्यथा धनीले गरिबसं“ग किन मित्रता गर्नु पर्छ र ? त्यसैकारण धनी छिमेकीसं“ग सधै सावधान र सजग रहनु पर्छ । यस विषयलाई माहान नितज्ञं चाणक्यले पनि समर्थन गरेका छन । धनी छिमेकीले सधै गरिब छिमेकीको लाचारीको फाईदा उठाउदै सुस्त सुस्त गरिबको आस्तित्व नै मेटाउन सक्छ । धनी छिमेकीले सधैव गरिब छिमेकीको गरिबी लाचारी बेबसी आदिको अनैतिक तरिकाले फाईदा उठाई रहेको हुन्छ । थोरै थोरै गरेर साधि मिच्ने,लुकिछिपि घुसपेठ गर्ने,बलमिचाई गर्ने,सामदाम दण्ड भेद जसरी हून्छ गरिब छिमेकीलाई सताएर गरिबको अस्तित्व समाप्त गरेर आफनो एकाधिकार गर्न सधैव उद्दत रहन्छ धनी छिमेकी । 
धनी छिमेकीको गरिब छिमेकी प्रति प्रत्येक क्रियामा उसको आफनो स्वार्थ लुकेको हुन्छ । यस विषयलाई सहजता पूर्वक सिद्ध गर्न सकिन्छ । गरिब बोल्न सक्दैन,बोले पनि उसको कुराले ठाउ“ पाउदैन ,गरिबको तार्किक तथा यथार्थ परक कुरा पनि कसैले सुनिदिन्न, गरिबको कही पहु“च ह“ुदैन , गरिब गरिबी नै पिल्सिएको हुन्छ जसको लाभ धनी छिमेकीले उठाइ राख्छ । त्यसकारण धनी छिमेकीसं“ग सधैव सावधान रहन जरुरी हुन्छ । त्यसैकारण मित्रता समान हैसियतमा मात्र फलदायी हुन्छ । राम्रा्े विचारको मानवतावादी,सुखदुखको साथी,मिलनसार,सुह्दई छिकेकी पाउनु आफैमा भाग्यको कुरा हो । तर त्यस्ता छिमेकी आफु जस्तै गरिब मात्रै हुन्छन । आफु भन्दा धनी छिमेकीमा कतिपय यस्ता हुन्छन,जसले सधै निधारमा टिका लगाउछन,कण्ठीमाला भिर्छन,भजन किर्तन गर्दै हिंडछन,अरुलाई नैतिकताको पाठ पढाउ“छन तर आफनो चिन्तनमा सधै छिमेकीको एकदुई मित्ता साध किल्ला मिचने , कहा“ कसरी हो छिमेकीको अहित गर्ने भन्ने चिन्तन रहेको हुन्छ । सास्त्रपढेका शाब्दीक ज्ञान भएका तर बौद्धिक दृष्टिले कंगाल छिमेकीसं“ग सधै सावधान रहनु पर्छ । छिमेकीको एकहात साध मिचेर छिमेकीको आत्मा  दुखाएर आत्म तृप्ती प्राप्त गर्ने पाखण्डी छिमेकीसं“ग सधै सजग रहनु पर्छ । चन्दन लगाउने रामराम जपने ह्दयमा छुरा राख्ने छिमेकीहरुसं“ग अत्यधिक सजग रहनु पर्छ । 

यो विषय कुनै दुई छिमेकी वा दुई व्यक्तिमा मात्रै लागु ह“ुदैन । यो विषय २ राष्ट्रबीचमा पनि बराबर लागुृ हुन्छ । धनी छिमेकी देशसं“ग गरिब छिमेकी देशलाई सधै दबेर रहनुपरेको हुन्छ । मानौ जस्तै भारत नेपाल र चिन बीचरा नेपाललाई दुई—दुई  धनी छिमेकी बीच च्यापिनु परेको छ । एउटाले उत्तर तान्छ अर्कोले दक्षिण तान्छ । नेपाल गरिब छ । उसका दुवै छिमेकी धनी छन । तिनी धनी छिमेकीहरुको आआफना स्वार्थ छन । यिनी धनी छिमेकीहरुले नेपालको विकासमा भन्दा पनि आ–आफना स्वार्थ पूर्तिका लागि मित्रता गर्ने गरेका छन । 
कुनै पनि  धनी छिमेकी देशले आफनो दिर्घकालीन स्वार्थ पूर्ति बिना गरिब देशमा आफनो ठूलो प“ूजी खर्च गर्दैन । नेपाल धनी छिमेकीहरुसं“ग पटक पटक ठगिदै आएको छ । कारण नेपाल सं“ग पू“जी छैन । नेपालसं“ग प्रयाप्त मात्रमा संमसाधन मौजुद छन यिनी संसाधनको दोहनका लागि धनी छिमेकीहरु सधै लालाइत रहन्छन । जो संसाधन नेपालसं“ग छ त्यो धनी छिमेकीहरुसं“ग छैन । उनीहरुले पनि लगाउन सक्छन हाम्रो संसाधनको दोहन गर्न सक्छन । तर दोहन गरेर प्राप्त गरेको लाभ भागवण्डामा नेपालले पनि बराबर पाउनु पर्छ । र हक अधिकारको साथमा पाउनु पर्छ । सानो बनेर हात तल पारेर होईन । बराबरीमा हात मिलाएर पाउनु पर्छ । यस्तो चाहना राख्छन नेपालका देश प्रेमी जनताले । 
यतिनै बेला धनी छिमेकी देश भारतका प्रधानमन्त्रीको आसन्न नेपाल भ्रमणले नेपाली सञ्चार माध्यमहरु र नेपालको कुटनीतिक वृत्तमा उत्साह जगाएको छ । नेपाल भारत बीच पू“जी लागनी उर्जा उत्पादन उर्जा वितरण आदीको विषयले नेपाली सञ्चारमा माध्यमहरुलाई प्रयाप्त खुराक दिएको छ । तर सावधान धनी छिमेकीले फेरि एक पटक झुक्याउन सक्छ । १९५० देखि नेपाल भारत बीच जति पनि सन्धी सम्झौता हु“दै आए तिनै सबै सन्धी सम्झौतामा भारत नेपाल माथि भारी पर्दै आएको छ । भारतले नेपालसं“ग खोज्ने प्रमुख स्वार्थ राजनीतिक कुटनीतिक तथा सुरक्ष्ाँको सम्बन्धमा आफु बलियो हुनु नै हो । यिनी स्वार्थ पूर्ति गर्न भारतले नेपालमा राजनीतिक अस्थिरता पनि पैदा गर्ने गरेको छ । नेपालको कमजोर पक्ष के रहेको छ भने भविष्यको मुल्यांकन नगरिकन तत्कालको फाईदा देखेपछि सम्झौता गरिहाल्ने अनि फेरि पछि पछुताई रहने । 
भारतले यति नै बेला पनि नेपालको ५४ स्थानमा सीमा अतिक्रमण गरेको तथ्यांक देखिन्छ । फेरि यस्ता मिचाहा छिमेकीले भसक्कै देलान र खाउ“ला भनेर ठूलो महत्वकांक्ष्ाँ पाल्न बेकार हुनेछ । उर्जाको क्ष्ँेत्रमा भारत आफै पनि नेपाल जत्तिकै पीडित छ । त्यसकारण भारतले नेपाललाई दृष्टिगत गरेर नेपालमा उर्जा उत्पादन गर्ने होइन,उसले त नेपालमा  उर्जा उत्पादन गरेर उर्जा कमीको पूर्ति गर्ने हो । त्यसकारण उर्जा उत्पादन र उर्जा सम्झौता गर्दा यो धनी र हेपाहा छिमेकीसं“ग अत्यधिक सावधान रहन जरुरी छ । विगतमा भएका कुनै पनि सम्झौता नेपालका हितमा छैनन । अब फेरि अति उत्साहमा गल्ती नदोहोरिओस भन्ने जनताको चाहना हो । यस विषयमा ध्यान पु¥याउन अति आवश्यक छ । 
धनी तथा बाठो छिमेकी पाहुना हुन आउदा ठूलो मान्छे गरिबको पाहुना हुन आयो भनेर फुरुड्ड हुनु भन्दा पनि उसको चासो र मनसाय बुझन जरुरी हुन्छ । पटक पटक धोका खान हु“दैन । बिरालोले पनि एक पटक तातो  दुधले डढेपछि सेतो पेय पदार्थ फुकि फुकि पिउने गर्छ अरे । हामीले पनि त्यो सीको सिक्नै पर्छ । संसारमा सीमाना अतिक्रमणका कारण नै दुई देशहरु बीच युद्ध भएका अनेकौ घटना छन । ल ठीक छ नेपालले भारतसं“ग युद्ध त गर्न सक्दैन । तर तिनी तमाम मिचिएका सिमानाका विषयमा कुरा उठाएर गम्भीर छलफल त गर्न सक्छ नि तर अभैmसम्म त्यस्तो भएको पाइदैन । नेपालमा हल्ला खल्ला ह“ुदैछ संचारका माध्यमहरु मोदीमय भएका छन किनकि मोदी नेपाल आउदैछन । तर के नेपाली पक्ष्ँले सीमा अतिक्रमण बारे गृहकार्य गरेर बसेर आफनो अडान लिन सक्ला त ? मुख्य हेर्ने विषय यही नै रहने छ ।
 नेपालले नचाहे भारतले कुनै पनि विषयमा आफुलाई घाटा हुने देशलाई नोक्सान पु¥याउने  सन्धी सम्झौता गर्न बाध्य गर्न सकदैन भारतले । दुर दृष्टि नभएका नेपाली शाकहरुको पनि उत्तिकै गल्ती छ यस विषयमा । हाम्रो देशको संसाधानको दोहन गरेर हामी माथि नै गुन लगाउने खण्डको सम्झौता नहोस अब भारतसं“ग । मोदी आउछन पाहुना हुन  सम्मान हुनुपर्छ । तर आफनो सम्मान गुमाएर होईन कि बराबरको हैसियतमा उभिएर । मोदीले भारतलाई घाटा हुने गरी या नेपाल गरिब छ भनेर नेपाल माथि दया गरेर केही दिने वाला छैनन । हुन त सबै कुरा नकारात्मक सोचेर मात्रै ह“ुदैन । आफ्नो अवस्था पनि हेर्नु पर्छ । तर धनी छिकेकीसं“ग मित्रता र सम्झौता आदि गर्दा सावधान र सजग रहन अति आवश्यक हुन्छ ।