August 15, 2014

हाम्रा कर्म आफै बोल्नु पर्छ


केशब काफले

 

हामीहरु मध्ये धेरैलाई सेतो कपडामा रुचि हुदैन । किनकि सेतो कपडा मैलो हुन्छ । यस्तो रंगिन कपडा खोज्छौ हामीले जो मैलो नहोस । तर के रंगिन कपडा मैला हुदैनन त ? यस्तो कुरा कदापि होईन । मैला त रंगिन कपडा पनि हुन्छ । तर रंगिन कपडा मा मैला देखिदैन । सेतो कपडा आफै बोल्छ । म मैला   भए मलाई सफा गर मलाई धोउ भनेर बोल्छ तर रंगिन कपडा बोल्दैन । सेतो कपडाले आफनो दोष लुकाउदैन । तर रंगिन कपडाले दोष लुृकाउछ । त्यही कारणले गर्दा यो बोल्ने खालको सेतो कपडामा धेरैको रुचि हुदैन । धेरै बोल्नेलाई कस्ले रुचाउछ र ? तर बोल्ने को त हामी आभारी हुनुपर्छ । कमसे कम बोलेर हाम्रो दोष त देखाई दिन्छ । मनको स्वरुप बुझनका लागि कर्मको महत्वपूर्ण भूमिका हुन्छ । त्यस कारण कर्म बोल्नु पर्छ ।
जब दोष देखाई दिन्छ ,त्यस दोषलाई दुर गर्न पनि सकिन्छ । त्यस कारण कर्ममा दोष देखिनु पर्छ । कर्म आफै बोल्नु पर्छ यदि आफनो कर्मको दोष देखिदैन भने विकासको गति अवरुद्ध हुनछ । विकासको गतिलाई निरन्तरता दिनका लागि कर्म दोष देखिन जरुरी हुन्छ । दोष नदेखिए सम्म त हामीले कर्मलाई पूर्ण भएको ठानेर विश्राम दिन्छौ । जहाबाट विकास अवरुद्ध हुन जान्छ । त्यस कारण पनि चुप कर्म भन्दा बोल्नी कर्म श्रेय कर हुन्छ । मनुष्य स्वभावले आफनो दोष आफै देख्दैन । आफनो दोष सून्न पनि चाहदैन । त्यस कारणले दोष देखाउनेको पनि आभारी हुनु पर्छ । कर्मको दोष देखिए पछि मात्रै दोष दुर गर्ने योजना बन्छ । र दोष रहीत कर्मको मार्गमा अघि बढिन्छ ।दोष रहित कर्म हामीबाट हुदैन । कर्म गरेपछि कर्ममा केहिन केहि दोष त हुन्छ नै जब दोष थाहा हुन्छ तब मात्र दोष दुर गर्ने प्रयत्न गरिन्छ । अन्यथा उहीको उहीं । जब दोष रहित कर्म हुन्छ फेरि अन्यकुनै धर्मको आवश्यकता नै पर्दैन । कर्मद्धारा नै सबै धर्मको पालना भएको हुन्छ । दोषपूर्ण कार्म गर्दा अधर्म पनि भएको हुन सक्छ । तर दोष रहित कर्म हुन्छ धने अधर्म हुने प्रश्न उठदैन । तर हामीहरुमा कमी कहानिर छ भने हामीहरुले आफनो कर्ममा दोष देख्नै चहदैनौ । हामीलाई लागि रहन्छ कि हाम्रोकर्म शुद्ध छ । आफनो कर्मको दोष नखोजेर अरुले गरेको पाप पुण्यको लेखाजोखा खोज्दै हिंडछौ हामी । यसैको नाम कर्म दोष हो । जसले हाम्रो कर्म दोष देखाउछ त्यो शत्रु हुन जान्छ । बहुलाएको मान्छेले कपडा लगाएको छ या नाड्डै छ यसको फैसला एउटा सज्जन मान्छेले गर्नु पर्छ । बहुलाएको मान्छेलाई यसको भान हुदैन । त्यस्तै हाम्रा कर्म दोषि छन कि शुद्ध छन भन्ने ज्ञान हामीमा हुदैन । त्यस कारण कर्ममा दोष देखिनु पर्छ हाम्रा कर्म आफै बोल्नु पर्छ । सेता कपडा बोेलेझै ।

अब कर्म शुद्ध कसरी हुन्छ त ? यसका हजारौ लाखौ उदाहरण होलान । यसमा सबैले आआफना ढंगले व्याख्या र विवेचना गर्छन । तर तिनै मध्ये एउटा झिनो उदाहरण के त भने कर्म कर्तालाई आफुले गरेको कार्ममा आनन्द आउनुपर्छ । आफने कर्म प्रति तल्लीन आनन्द मग्न पूर्ण निष्ठावान हुनुपर्छ । महाभारत युद्धमा बेलका युद्ध विराम भएपछि सबैजना सन्ध्या बन्दना पश्चात खान पिन गरेर गफ गाफमा मस्त हुन्थे अरे । तर भगवान श्री कृष्ण चाही रथबाट घोडा फुकाएर घोडालाई पानी खुवाउने ,तिनलाई नुहाईदिने । घोडाको शरिर मालिस गर्ने,शरिर सुम्सुम्याईदिने , दिनभरी तिरले बनेका घाउमा औषधि लगाईदिने गर्थे अरे । यस दौरान भगवान कृष्णलाई अन्य कुनै किसिमको भान हुदैनथियो अरे । भगवानलाइ अति आनन्द आउथ्यो होला यिनी काममा हामीलाई पनि आफनो कर्ममा यस्तै आनन्द आउनुपर्छ । त्यही कर्म शुद्धिको मार्ग हो । घर धन्धा व्यापार जागिर पेशा करले होईन आनन्दले गर्नु पर्छ । आनन्द प्राप्त हुनुनै शुद्ध कर्मको प्रतिक हो । फेरि पनि कर्ममा दोष देखिन्छ भने  दुखि होईन कि आनन्दीत भएर नै दोष दुर गर्ने प्रयत्न गर्नु पर्छ ।

No comments:

Post a Comment