केशब काफले
कर्मको फल भनौ या भाग्यको खेल २ जना मान्छेलाई एउटै प्रकारको पीडा भोग्नु पर्छ तर दुवै जनाको संसारीक अवस्थामा भने धर्ति अकाशको फरक हुन्छ । श्री कृष्ण श्रेष्ठलाई काल आयो,दिनेश अधिकारी चरीलाई काल लाग्यो दुवै जना संसारबाट विदा भए । तर उनीहरुले गरेका कर्मका फल उनका आफन्तहरुले पनि भोग्नु पर्छ । कोही पनि मान्छे आफुले गरेको कार्म फलको भोगि एक्लै हुदैन । कुनै पनि मान्छेले गरेको कर्म दुष्कर्म,वा सुकर्म आदिको फल यो समाज र यसै समाजमा रही रहेका उनका आफन्तहरुले पनि भोग्नै पर्छ । तर उनीहरुको पीडा भोग्ने अवस्था भने फरक रहेको हुन्छ । अहिले पनि त्यस्तै भएको छ । दिनेश अधिकारी चरी मारिए । श्री कृष्ण श्रेष्ठको मृत्यु भयो । उनीहरुले आआफना कर्मअनुसारको भोग भोग्न आफन्तहरुलाई छोडेर गए । विषेश त यो भोगाईको कुरा दुईटि नारीको हो । उनी मध्ये एउटी हुन खुश्बु ओली र अर्कि हुन श्वेता खडका । यिनी दुवैको पीडा एउटै हो । दुवैको ह्दय एउटै हो ,दुवैका आसु एउटै हुन हेर्ने आखा दुवैका एउटै हुन । दुवैका ह्दय पीडित छन । तर अवस्थमा भने धर्ती आकाशको फरक छ ।
यति बेला श्वेताको घाईते ह्दयमा सितल मलम लगाईदिने लाखौ छन । उनी प्रति समवेदना राख्ने लाखौ छन । उनका आसु एकाएक मोति झै मुल्यवान बनेका छन । श्वेताका आसु मूल्यवान बनेका छन तर खुश्बुका आसु पुछने कोही छैनन । उनलाई हेर्ने समाजको दृष्टिमा दयाको भाव देखिदैन,अपितु घृणा देखिन्छ । उनलाई सँन्त्वना दिने कोही छैन । श्वेताका आसु मोती झै मुल्यवान तर खुश्बुका आसु साउने भेल झै मुल्य हीन । जब कि आसु झार्ने दुवैका पीडा एउटै हुन । दुष्कर्मचरीले गरेका हुन खुश्बुले गरेकी होईनन । फेरि ह्दयमा चोड परेको बेला उनी घृणाको पात्र किन त ? यदी उनका ठाउमा हामी मध्ये कोही भएको भए ,समाजको व्यवहार हामीले कसरी सहन्थेउ“ होला ? खुश्बुले भोग्दै गरेको पीडा चरीको दुष्कर्मको परिणाम हो । माया प्रेम भन्नेकुरा भावनाको खेल हो खुश्बुको भाव चरीमाथि आयो यसमा उनको के दोष ? दोष चरीको हो । सो चरी मरेर गए कुुरा खतम ।

मान्छेको मृत्यु सगै सबै सत्रुता समाप्त हुनु पर्छ । चरी र श्री कृष्ण श्रेष्ठको मृत्युपछि उनका सबै भन्दा नजिकका खुश्बु र श्वेताको पीडाको बेला फरक अवस्थाले मान्छेलाई कर्म प्रति सचेत पनि गराउछ । मान्छेले आफुले गरेको कर्मद्धारा कसैले मलामि कमाउछ कसैले सलामि कमाउछ , तर कसैले आफन्हरुको आसुको मूल्य पनि गुमाउछ । यसलाई चाहे कर्मको फल भनौ चाहे भाग्यको खेल । अहिले खुश्बुलाई पनि त्यस्तै परेको छ । मान्छेको सामाजिक दृष्किोण पनि स्वार्थ पूर्ण हुन्छ । जो संग केही पाउने गरेको हुन्छ अथवा पाउने आश गरेको हुन्छ समाजको भावना उसै संग धेरै नजिक भएको हुन्छ ।उसै संग भावना जोडेको हुन्छ । प्राप्त नहुने र आफुले दिन पर्ने छ भने उसै संग टाढै रहन चाहन्छ समाज । तर जे होस आज यो समाज खुश्बु प्रति समबेदना हि नबनको छ । चरीको मृत्यु पछि उनी एक्ली भएकी छन । तर हामीले नभुलौ कि त्यस्तो अवस्था हामी मध्ये धेरैलाई आउन सक्छ । उनी घृणाकी पात्र निश्चय पनि होईनन । उनमा पनि श्वेताको जस्तै कोमल ह्दय छ । उनी पनि साहनु भूतिकी पात्र हुन । उनलाई यो पीडा दिने पात्र ओझेल भैसकेको छ । यिनी दुवै नारीको अवस्था फरक भए पनि पीडा चाही एउटै हो । हामी पीडित ह्दयलाई अझै पीडित तुल्याउने संस्कारबाट बाहिर आउनु पर्छ । यस अवस्थाले कर्म प्रति सचेत हुनुपर्छ । मानवीय समवेदनाको अपमान गर्नु हुदैन । खुश्बुलाई पनि हेला गर्नु हुदैन । सामाजिक सञ्जाल मार्फत उनी प्रति घृणा युक्त शब्दको प्रयोग नगरौं । उनी पनि यही समाजको एउटा अंग हुन । उनलाई दुख्दा समाजलाई पनि दुख्नु पर्छ । उनलाई हिंसा गर्नु भनको आफुलाई हिसा गर्नु हो । चरीले गरेको दुष्कर्मको सजाय उनलाई नदिउ । मान्छेको अजय शत्रु काल नै हो । मृत्यु सास्वत सत्य हो । मान्छे मरेर जान्छ कर्म रही रहन्छ ईतिहासको रुपमा । कर्म प्रति सजक रहनु ,शब्द बाडले कसैको दुखित ह्दयलाई छिया छिया नपारौं । दुश्कर्मी संग प्रेम गर्नु भनेको दुश्कर्म गर्नु कदापि होईन । रावण जालान्धर,कंश,दु्रयोधन आदिका पत्नीहरु संग हाम्रो साहनु भुति रहेको हुन्छ । यिनी पात्रहूरु पनि त दुष्कर्मी थिए । फेरि खुश्बु प्रति घृणा किन ?
दुश्कर्मीहरुलाई राम ,कृष्णले दुश्कर्मी भनेर मारे तर उनका परिजनसंग घृणा गरेनन अपितु प्रेम गरे । हाम्रो धर्म संस्कृति सस्कार आदिले पनि हामीलाई घृणा सिकाउदैन । पीडित माथि प्रहार गर्नु आफैमा एउटा दुश्कर्म हो । सो खुश्बुको पीडा माथि प्रहार गरेर हामी आफै दुश्कर्मी नबनौ । दुखकोबेला नगरौ हेला , आफै पनि परियला फेला,समय बलियो हुन्छ , तर गतिशील हुन्छ । खुश्बु वा श्वेताले असमयमै दुखद अवस्थाको समाना गर्नु परेको छ , खुश्बु र श्वेता प्रति मेरो बराबर समवेदना छ ।
No comments:
Post a Comment