केशब काफले

केही सामाजिक मान्यता र नारी तथा पुरुष बीचको घोर न्यायिक विभेदताका कारणले गर्दा आज पुरुषहरु आफना पिर पीडा लुकाएर बस्न बाध्य बनेका छन । देशको कानुनी व्यवस्थाले महिलाहरुलाई शक्तिशाली बनाएको छ भने पुरुष वर्गलाई लाचार पारेको छ । आज पुरुष बिवस बनेको छ । अगाडि कुवा पछाडि खाल्टो जता जा“दा पनि मृत्यु । आज पुरुष मुसा विरालोको सिकार बनेझै महिलाको सिकार बन्ने गरेको छ । यसको उदाहरण हो एक दुई वर्ष पहिलाको कुरा होला नेपालको एउटा अदालतले विषम अवस्थामा नाता प्रमाणित गर्ने वैज्ञानिक पद्धति डिएनएको प्रमाणिकतालाई पुरुषको पक्षमा मान्य गरेन । अन्ततः पुरुष निर्दोष हु“दा हु“दै पनि दण्ड सजाको भागेदा हुन पुग्यो । एक जना महिलाले मेरो काखमा खेल्दै गरेको बालक अमुक पुरुषको हो भन्दै गुजारा भत्ता क्षतिपुर्ति आदिको माग सहित अदालत पुगिन तर पुरुषले बच्चा मेरो हुनै सक्दैन भन्दै प्रतिवाद ग¥यो । पुरुषको भनाई थियो कि मेरो उनी महिलास“ंग केही समय सामान्य प्रेम सम्बन्ध रहे पनि उनीस“ंग यौन सम्पर्क कहिले पनि नभएको हु“दा बच्चा मेरो हुनै सक्दैन भन्दै प्रतिवाद गरे । प्रमाणिकता जा“चका लागि अदालतले आ“फै डिएनए परीक्ष्ँणको आदेश ग¥यो । परीक्ष्ँणमा बच्चा उनी पुरुषको नभएको प्रमाणित भयो । तर फेरि पनि फैसला उनी पुरुष विरुद्धमा आयो । अदालतले वैज्ञानिक प्रमाणिकतालाई भन्दा पनि महिलाको मौखिक बयानलाई बलियो मानेर फैसला सुनायो । यस्तो मा छ बा“की कही पुरुषले न्याय पाउने ठाउ“ ? केही सामाजिक लोभ लाप र महिला पुरुष बीचको मुद्दामा पुरुषको जित ह“ुदैन पुरुषले न्याय पाई“दैन भन्ने मानसिकता र अवस्थाले गर्दा आज अनेक पुरुषहरु पिर पीडा पिउने मृत जीवन जिउने गरेका छन ।
घर भित्र होस अथवा घर बाहिरको कार्य स्थल होस ,कार्यालय होस या सार्वजनिक स्थल होस । पुरुषमाथि महिलाद्वारा जति थिचो मिचो गरे पनि पुरुषले न्याय पाउने सम्भावना एकदमै क्षिण हुन्छ । मानौ पुरुष ह्दय सुन्य निर्जिव वस्तु हो । पुरुष विरोधी तर महिला पोषित कानुन र केही सामाजिक मान्यता तथा लोभलालचले गर्दा आज कैैयन पुरुषहरु भित्रभित्रै महिलाको अन्याय सहेर हुडन र पिर पीडा पिउ“दै ओठमा कृतिम मुस्कान छर्दै जिवित अवस्थामै मृत प्राय जीवन जिउने गरेका छन । उल्लेखित अवस्थाका पुरुषहरुको कमी छैन यस समाजभित्र तर नारीद्वारा पुरुषपीडित बनेका धेरै जसो घटना त प्रकाशमै आउ“दैन । किनकि पुरुष समाजमा एउटा पुरानो सामाजिक मान्यता भनौ या मानसिकता के छ भने स्वास्नीले जारेको र जुवामा हारेको कसैस“ंग नभन्नु अरे । अन्यथा आफनै जग हं“साई हुन्छ अरे । पुरुषको यस मानसिकताको भरपुर लाभ नारीले पाउने गरेका छन । तर यो सामाजिक मान्यता हो । यसलाई तोडन पनि सकिन्छ । तर पुरुषले कानुन रुपी बलियो बन्धनलाई कसरी तोडन सक्छ र ? बराबरको अपराध गरेबापत लिड्डका आधारमा गरिएको कानुनी भेदभाव र केही सामाजिक लोभलाजले गर्दा आज पीडित पुरुषहरु चुप चाप मनको व्यथा मनमै थन्काएर ओठमा कृतिम मुस्कानका साथ पीडा युक्त जीवन जिउने गरेका छन । व्यवस्थापिका,कार्यपालिका,न्यायपालिका कुनै अंगले पनि पुरुषको यस अवस्थालाई जान्ने बुझने कोशिस गर्दैनन । अझै पनि महिलावादी संगठनहरुले तथा केही लेखक लेखिकाहरुले पुरुष विरुद्ध अझै काडा कानुन बनाउनु पर्छ भन्ने माग गरिरहेका हुन्छन । यस देशको कानुनी व्यवस्था नै गलत छ नारी पुरुषका विषयमा । जस्तै कि लिड्डका आधारमा भेदभाव गर्न नपाईने व्यवस्था छ भने फेरि लिड्डकै आधारमा नारी पुरुषको बीचमा यो कानुनी भेदभाव किन ? प्रश्न छ समाजका विद्वानहरुस“ंग ? के पुरुषको पूरा आयु जिउने अधिकार छैन र ? पीडित पुरुषका ओठमा खेल्दै गरेका कृतिम मुस्कानका पछाडि लुकेको पीडास“ंग घरकै सदस्यहरु पनि परिचित हु“दैनन । यस अवस्थाले केही पीडित परेका पुरुषहरुको आयु पनि क्ष्ँिण हुने गरेको छ यो एउटा सर्वेक्षणले देखाएको तथ्य हो ।
पुरुषको त ह्दय खोलेर पीडा पोख्ने ठाउ“ पनि ह“ुदैन । किनकि आज भोलि संयुक्त परिवारको परिवेश रहेन विवाह पश्चात श्रीमतीलाई सुख कटाउनका लागि बाबुआमा,दाजुभाई,घर परिवार त्याग गरेका पुरुषहरुको दुख विसाउने थलो बा“की रह“दैन । सामान्य घरायसी झगडालाई पनि नारी हिंसाको रुप दिएर पुरुषलाई थन्को लगाउन सकिन्छ त्यसकरण पुरुषको बोल्ने अवस्था बा“की रहेन । पुरुष जति पीडित ह“ुदा पनि डिभोर्सको बारेमा सोच्न पनि सक्दैन । किनकि पुरुषले चाहेर त डिभोर्स नै पाउ“दैन ।कथमकाल पायो भने पनि त्यो भोको नांगो हुने निश्चित छ । प्रथम त पूरुषले डिभोर्स खोज्ने बाटोमा कानुन रुपी यति धेरै का“डा रोपिएको हुन्छ कि तिनी का“डाको का“ट छा“ट गर्दागर्दै पुरुष रगाताम्य हुनपुग्छ । जबकी केही मार्ग नारीका लागि अति सुगम बनाएको छ कानुनले । यदि सम्पत्तिको स्वामीत्व नारीको रहेछ भने डिभोर्सको अवस्थामा पुरुषकंगाल हुने निश्चित छ । पुरुषको पक्ष्ँमा वैज्ञानिक प्रमाण पनि साक्ष्ँमानेको छैन कानुनले भने अर्को तर्फ महिलाको मौखिक बयानलाई नै प्रमाणिक आधार मान्ने गरेको छ कानुनले ।
कानुनको यस भेदभावले सृष्टिका यी दुई मुख्य नायक नायिकालाई अलग पार्ने काम गरेको छ । सामाजिक रुपमा पुरुष सरह हक अधिकार महिलाहरुले पाउनै पर्छ यसमा कुनै दुई मत छैन । तर महिला भएकै कारण कानुनमा पनि उनीहरुलाई भारी डिस्काउण्ट दिनु भनेको सरासर पुरुष हिंसा हो । पुरुष हिंसाका कानुनी छुट हो यो लिड्डका आधारमा गरिएको भेदभाव हो । कानुनले नै लिड्डका आधारमा भेदभाव गर्छ भने सामाजिक रुपमा भेदभाव नहुने कुरै भएन । तसर्थ यस भेदभावलाई समाप्त गर्नुपर्छ । पितृसत्ता समाप्त गर्ने निहु“मा मातृ सत्तँ लादेर समाजमा नया“ विकृति जन्माउनु निश्चय पनि गलत हो ।