केशब काफले
हामीले एउटा कल्पना गरेर हरौंत यदि तिनाउ खोलामा कालिगण्डकी मिसाएर अहिले कालिगण्डकी बगेझै तिनाउ खोला निरन्तर बगी रहन्छ भने त्यो पानी अन्तत बगेर कहा“ जान्छ ? यहा“निर के ध्यान दिन जरुरी छ भने बुटवल नगरदेखि भारत र नेपालको सिमाना धेरै टाढा छैन । मात्रै २५,३० किलोमिटरको दुरीमा छ सिमाना । यति बेला कालिगण्डकी घुमाएर तिनाउ खोलमा मिसाएर तिनाउ खोलालाई निरन्तर बगी रहने नदीमा परिणत गर्ने भित्री कार्य भै रहेको समाचारहरु छानिएर प्रकाशमा आउने गरेका छन । रुपन्देही क्षेत्रका सभासद ज्यूहरु यस कार्यमा गम्भीरता पूर्वक लागि परेका छन भन्ने समाचारहरु पनि प्रकाशमा आएका छन । यदी तिनाउ खोला नदीमा परिणत भएर निरन्तर बगिरहन्छ भने यसको अधिकतम लाभ कस्ले उठाउला त ? भारतले कि नेपालले ? हेक्का रहोस नदी नाला खोला पानीको विषयमा नेपाल भारतबाट पटक पटक ठगिदै आएको कुरा सबै देश बासीहरु सामु प्रष्ट छ । अब कालिगण्डकी घुमाएर तिनाउमा मिसाएर तिनाउ खोलालाई नदीमा परिणत गर्ने विषयले जलश्रोतमा एक पटक फेरि नेपाललाई ठग्न खोजिएको हो कि भन्ने शंका उब्जिएको छ । बाहिरी दृष्टिले हेर्दा त्यस्तो केही देखिदैन तर पृष्ठ भूमिमा यस्तै चलखेल नभएको होला भन्न सकिदैन । केही बुद्धिजीवी तथा विश्लेषकहरुले त्यस्तो हुन भारतले नै दिदैन पनि भन्ने गरको छन । भारतसंग विगतमा भएका सम्झौता अनुसार भारतले नै कालिगण्डकी डाईभर्सन गर्न दिदैन भन्ने गरेका छन । तर ध्यान दिनु पर्ने कुरा के भने हात्तीका देखाउने दात बाहिर र खाने दात भित्र हून्छन । यदि कालिगण्डकीलाई घुमाएर तिनाउ खोलामा मिसाएर तिनाउ खोलालाई नदीको रुप दिईन्छ भने यसबाट नेपाललाई कुनै लाभ होला या नहोला तर भारतलाई भरपुर लाभ हुने छ । यसमा कुनै शंका गर्नु पर्दैन ।
नेपालका जनतालाई त यस योजनाबाट खसै के पो लाभ लिन सक्लान र ? बुटवल नगरबासीहरुले बुटवल नगरदेखि ५—६ किमिको दुरिमा रहेको झुम्साको मीठो र स्वच्छ पानी त खान नसकेर पानी अडकलेर खाने गरेका छन । यस्तै लोतिमारा पाराले त यहा“का नगरबासीहरुले कालिगण्डकीको पानी के खालान र खै ? यति नै बेला बुटवल नगरको पूर्विक्षेत्रका नागरिक र नेता गणहरु विश्व वैकको पैसा कता लगाउने भन्ने विषयमा लुछा चुडि गर्दै छन । बुटवलनगरको पूर्विक्ष्ँेत्र पिय पानीको विषयमा पछि रहेको छ । तर यहा“ विष्या कालिगण्डकी डाइभर्सनको हो । यहा“निर मुख्य रुपमा ध्यान दिनुपर्ने विषय के देखिन्छ भने नवलपरासी जिल्लाको त्रिवेणी क्ष्ँेत्रबाट पूर्वमा बुटवल हुदै पश्चिममा राप्ती नदीमा नपुगुन्जेल यस बीचमा निरन्तर बगिरहने कुनै ठूला नदी छैनन । त्रिवेणीदेखि पश्चिम राप्ती सम्मको दुरी महेन्द्र राजमार्गको दुरी मापन अनुसार लगभग सवा २०० किमि होला । यिनी दुवै ठूला नदीको मध्य भागमा नेपालसंग सिमाना जोडिएको भारतको हजारौ हेक्टर उब्जाउ भूमि सिचाई सुविधाबाट बञ्चित छन । यो कुरा धेरैलाई थाहा नहुन सक्छ तर यो सत्य तथ्य हो ।
भारतको यस क्ष्ँेत्रमा खानेपानीको पनि अभाव छ । यस्तो अवस्थामा यदि तिनाउ खोलामा कालिगण्डकी सलल बग्छ भने भारतलाई कत्तिको लाभ होला अनुमान गर्न खासै गाह्रो हु“दैन । त्यसकारण भारत आफु पछाडि बसेर यस क्ष्ँेत्रका नेता वा जनतामा सुख सुविधाको भ्रम छरेर पानीको चलखेल गर्न खोजेको हो कि भन्ने शंका उब्जाएको
छ । नवलपरासी,रुपन्देही,कपिलवस्तु जिल्लाहरुमा नेपालको जति भूमि सिचाईबाट बन्चित रहेका छन यिनी जिल्लाहरुसंग सिमाना जोडिएको भारतीय क्ष्ँेत्रमा पनि भूमि सिचाईको उचित व्यवस्था छैन । यो क्ष्ँेत्र भारतको कृषि उपजका दृष्टिले निकै महत्वपूर्ण क्ष्ँेत्र हो । तर नदीको पानीद्धारा सिचाई व्यवस्था नहु“दा भारतले यस क्षेत्रबाट कृषिको समुचित लाभ लिन सकिरहेको छैन । नेपालले पनि कालिगण्डकीको पानीद्धारा उल्लेखित जिल्लाहरुको सिचाई र विकासको कुरा उठाएको छ । त्यसकारण यदि कालिगण्डकी डाईभर्सन गरेर तिनाउमा मिसाएर तिनाउ खोलमा कालिगण्डकी बगाउन सके यसको लाभ भारतले पनि उठाउने छ । त्यसै कारणले गर्दा यस योजनामा भारतको मौन सहमति या भित्री चलखेल नहोला भन्न सक्ने अवस्था छैन ।
तिनाउ खोलमा हिउदे याममा पानी हु“दैन । बाढ गंगा नदीको पनि अवस्था उस्तै उस्तै हो । यिनी दुवै खोला बर्खे खोला हुन । आखिरी पानी बगेर भारतमै जाने हो । कालिगण्डकी उताबाट बगेर नारायणीमा मिसिन जान्छ । तर नारायणीबाट कालिगण्डकीलाई अलग गर्दा भारतको त्यस क्ष्ँेत्रलाई कुनै फरक पर्दैन भने कालिगण्डकी तिनाउमा मिसाउन सके रुपन्देही कपिलवस्तु क्षेत्रसंग सिमाना जोडिएको भारतीय क्ष्ँेत्रलाई निश्चित रुपमा लाभ हुने देखिन्छ । त्यसकारण पनि यस योजनाले शंका उब्जाएको छ ।
भारतका लागि रुपन्देही,नवलपरासी,कपिलवस्तु जिल्लाका सिमा क्ष्ँेत्रबाट नहर निर्माण गरेर आफनो क्ष्ँेत्रमा पानी लैजान के ठूलो कुरा हो र ? सम्झौताको नाममा नदी नाला बेच्ने काममा हाम्रा देशका नेतागण त्यसै पनि खप्पिस छन । देशमा विकास हुनै पर्छ । यसमा दुई मत हुनै सक्दैन । तर विकासको लाभ देशबासीहरुले नै पाउन पर्छ । बुटवलदेखि उत्तरको सिद्धार्थ राजमार्गको अवस्था जिर्ण बनेको छ । विषेश त बुटवल तानसेन सडक खण्डको अवस्था निकै खराब छ । बुटवल तानसेन सडक मार्गलाई सुरुड्ड मार्गद्धारा सुरक्ष्ँित बनाउने दुरी घटाउने भन्ने आवाज पनि सुन्नमा आएका थिए । तर यति नै बेला यो महत्वपूर्ण कुरा सेलाएर गएको छ । जबकी गण्डकी घुमाउने विषयले प्राथमिकता पाएको छ ।
यति नै बेला कालिगण्डकी डाईभर्सनको विषयले प्राथमिकता पाउ“दा सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल—तानसेन सुरुड्ड मार्गको निर्माणको विषयलाई ओझेलमा पारेको छ । महत्वका दृष्टिले सुरुड्ड मार्ग निर्माण पनि कम महत्व छैन । यसका पनि विविध पक्ष्ँहरु छन । तर यिनी दुवै योजनाहरु मध्ये सुरुड्ड मार्ग निर्माणको योनजा अघि सारिनु उचित देखिन्छ किन कि यो प्रत्यक्षरुपमा जनताको सुरक्ष्ँित यात्रासंग जोडिएको विषय हो । तर कुन्नी किन हो यस क्ष्ँेत्रका सभासद ज्यूहरु यस विषयलाई यही कुरेर कालिगण्डकी मन्थन गर्न पुग्नुभएको छ । बुटवल—तानसेन यति धेरै जिर्ण छ कि यस मार्गबाट यात्रा गर्ने यात्रुहरुले पहिले लेन देन घरव्यवहार आदी सबैको विषयमा बसियत नामा लेखेर मात्रै यात्रामा जानु पर्ने अवस्था छ । तर अहिले यस्तो महत्वपूर्ण विषयलाई ओझेलमा पारेर तिनाउन खोलामा कालिगण्डकी सलल पार्ने योजना अघि सारिएको विषय प्रकाशमा आएको छ । जसको विरोध सुरु भैसकेको छ । जबकी सुरुड्ड मार्ग निर्माणमा कसैको विरोध छैन । यस विषयमा गुल्मी,अर्घाखाची,स्याड्डजा,पाल्पा रुपन्देही नवलपरासी सबै जिल्लाका जनताको समर्थन रहने छ ।
कालिगण्डकी डाईभरसनको विरोध स्वरुप राम्दीघाटमा महायज्ञको थालनी गरिएको छ कालिगण्डकीको धार्मिक तथा ऐतिहासिक विषयलाई यस क्ष्ँेत्रका सबै जनताले राम्रै संग बुझेका छन । यति मात्रै होईन यसरी प्रकृतिक रुप मै बगिरहेको नदीलाइ छिन्न भिन्न पार्दा क्ष्ँेत्रको पर्यावरण मौसमी वातावरण आदिमा गम्भीर असर पर्छ भन्ने कुरा उठाएका छन पाल्पा र स्याड्डजाका जनताले । यस पंक्तिकारका विचारमा कालिगण्डकीलाई आफनै मार्गबाट यथावत नै बग्न दिनुपर्छ । कथम काल देशको कुनै क्ष्ँेत्रको विकासका लागि नदी डाईभर्सन गर्न जरुरी पर्छ भने पहिले त्यसको एउटा वृतिष्ट खाका जनता सामु पस्कीनु पर्छ । देश भित्र प्राप्त हुने संसाधनको लाभ देशका सबै जनताले पाउनु पर्छ । तर कालिगण्डकी डईभर्सनका माध्यमबाट भारतको सिचाईबाट बन्चित रहेको भूमिलाई लाभ पु¥याउने चलखेल रहेछ भने त्यसको खोज गरेर त्यसको तहसम्म पुग्न जरुरी छ । यसबारे प्रष्ट हुनु जरुरी छ । तिनाउमा झरेको गण्डकीको पानी कहा“—कहा“, कति—कति कस कसले प्रयोग गर्ने ? कति वटा नहर बन्ने ? कति पानी कपिलवस्तु कति पानी नवलपरासी, कति रुपन्देहीमा बटवारा गर्ने ? कति खाने पानीमा खर्च गर्ने ? भन्ने बारे एउटा विस्तृत खाका सहित पूर्वाधार तयार गरिनु पर्छ । किनकि पहिला पूर्वाधार नै तयार नगरीकन कालिगण्डकीलाई तिनाउमा मिसाएर यस क्षेत्रमा भद्रगोल मात्रै हुने र कालिगण्डकी युक्त तिनाउ बग्दै भारतको सुख्खा क्षेत्रमा पुगेर भारतलाई मात्रै लाभ पुग्ने काम गर्न हुदैन ।
यस विषयमा रुपन्देही नवलपरासी, कपिलवस्तु, पाल्पा, स्याड्डजा आदि सबै जिल्लाका जनता सजग रहन आवश्यक देखिन्छ । वुटवल नगर भित्रै पनि ५०० मिटर सडक कालोपत्रे हुन १ वर्ष लाग्ने हाम्रँे देशमा यत्रो महत्वकांक्ष्ँी योजना भित्र भित्रै जसरी छिटो—छिटो अघि बढेको देखिन्छ त्यसले पनि यस योजनाको पृष्ठ भूमिमा अन्य कुनै बाहिरी चलखेल हु“दै छ कि भन्ने शंका उब्जनु स्वभाविक नै हो । जे होस देश विकासका लागि नै यो महत्वकांक्ष्ँी योजना ल्याईदै छ भने विरोध गर्न पर्ने पनि देखिदैन । तर देश विकासको नाममा हाम्रा नदी नालाले अन्य छिमेकी देशलाई लाभ पु¥याउन खोजिएको हो भने यसको विरोध हुनैपर्छ ।