November 28, 2013

जाडोमा स्वस्थ रहन के गर्ने? 

जाडो यामको सुरुवात भइसकेको छ । बिहान बेलुका निकै चिसो बढ्न थालिसकेको छ। चिसो बढेसँगै जाडोयाममा देखिने रोगहरू पनि देखिने समय सुरु भएको छ । जाडोयाममा विशेष गरि समस्या देखिने भनेको बूढा–बूढी र बालबालिकामा नै हो । बालबालिकामा पनि भर्खर शिशुहरूमा धेरै समस्या देखिने सम्भावना रहन्छ । तर, केही साधारण कुरामा मात्र ध्यान दिने हो भने पनि धेरै रोगहरूबाट सहजै बच्न सकिन्छ ।

जाडो याममा देखिने स्वस्थ्य समस्या

स्वासप्रस्वासको समस्या: विशेष गरि यो समस्या ६५ काटेका बूढाबूढीमा देखिन्छ । अझ प्राय गरेर पहिले देखि नै स्वासप्रस्वासको रोग भएका वृद्धवृद्धाका लागि जाडोयाम निकै कष्टकर समय हो । चिसोका कारण थोरै मात्र काम गर्दा पनि दम बढ्छ र यसले अन्य धेरै समस्याहरू पनि निम्त्याउँछ । धेरै दम बढेमा त्यसले मुटुमा पनि असर गर्छ र मुटुको समस्या पनि थपिन सक्छ । त्यसैले जाडो याममा बूढाबूढीलाई चिसोबाट जोगाउनु नै उत्तम हुन्छ ।

रुघाखोकी: जाडो यामको अर्को मुख्य समस्या भनेको रुघाखोकी हो । रुघाखोकी लाग्नुको मुख्य कारण भाइरल संक्रमण नै हो । भाइरल संक्रमणबाट बच्ने उपाय भनेको रुघाखोकी लागेको मानिससँग दुरी कायम गर्ने । उनीहरूलृ प्रयोग गरेको सामान सकेसम्म प्रयोग नगर्ने नै हो । शरिरलाई न्यानो राख्न सक्यो भने पनि भाइरल संक्रमणबाट बच्न सकिन्छ । त्यसैले समय समयमा तातो तरल पदार्थको सेवन निकै हितकर हुन्छ । जाडोयाममा पानी थोरै मात्र पिउने बानी धेरैमा हुन्छ, जुन अस्वस्थकर मानिन्छ ।

निमोनिया: यो धेरै जसो दुई वर्ष भन्दा कम उमेरका बच्चाहरू र बूढाबूढीमा देखिने रोग हो । यो एक प्रकारको छातीमा हुने संक्रमण हो । यो रोग पनि भाइरस, ब्याक्टेरिया, फंगसकै संक्रमणकै कारण हुन्छ । यो अन्य मौसममा पनि देखा पर्न सक्छ । तर, जाडोयाममा भने यसले अलिक धेरै उग्र रुप लिन्छ । किनभने यो स्वासप्रस्वास, रुघाखोकी सबैलाई साथै लिएर आउँछ र उपचारलाई झन् जटिल बनाइ दिन्छ ।

हाइपोथर्मिया: जाडोयाममा बाहिरको मौसमलाई बेवास्ता गरेर मनलागि गरे हाइपोथर्मिया हुने सम्भावना धेरै रहन्छ । हाइपोथर्मिया आफैँमा रोग भने होइन । तर, यसले विभिन्न प्रकारको स्वस्थ्य समस्या भने निम्त्याउन सक्छ । हाइपोथर्मिया भनेको आफ्नो शरिरले उत्पादन गर्न सक्ने ताप भन्दा छिटो त्यो ताप शरिरबाट बाहिरिनु हो । धेरै चिसो ठाउँमा पातलो लुगा लगाएर काम गर्दा वा चिसोको सम्पर्कमा धेरै समय रहँदा यो आपतकालिन समस्या उत्पन्न हुन । सक्छ । यदि यसको समयमा नै उपचार वा रोक थाम गरिएन भने ज्यान जाने खतरा सम्म रहन्छ ।

फस्र्टबाइट: यो समस्या भने विशेष गरेर हिँउ नै पर्ने ठाउँमा देखिन्छ । शरिरको कुनै पनि अंग धेरै लामो समयसम्म हिँउ वा चिसो पानीको सम्पर्कमा रहिरहे यो समस्या हुन सक्छ । त्यसैले शरिरलाई हिँउ वा चिसो वस्तुबाट जोाउनु नै राम्रो हुन्छ । यदि धेरै नै नराम्रो सँग फस्र्ट बाइट भएमा उक्त ठाउँलाई चिरेर नै फाल्नु पर्ने अवस्था पनि आउन सक्छ । यो खास गरि हिमाली क्षेत्रमा बस्ने मानिसको हात–गोडा देखिन्छ ।

कार्बनमोनोअक्साइड पोइजनिङ : यो जाडोयाममा खास गरि आफ्नो लापरवाहीले गर्दा देखिने समस्या हो । चिसोको कारण झ्याल ढोका सबै ढाम्ढुम पारेर आगो ताप्नु हाम्रो वरपर सामान्य कुरा हो । तर, यसरी न्यानो हुने चाहमा कतैबाट हावै नछिर्ने गरि ढामढुम पारेर आगो वा हिटर ताप्दा कोठामा कार्बनडाइअक्साइड वा कार्बनमोनोअक्साइड भन्ने ग्याँसको मात्र बढ्न जान्छ र उक्त ग्याँस धेरै समयसम्म शरिरमा प्रवेश गर्दा विभिन्न प्रकारको समस्या देखिन सक्छ वा मृत्यु नै पनि हुन सक्छ । जाडो याममा ग्याँस गिजरका कारण मृत्यु हुने घटना पनि यसैले गर्दा हो । त्यसैले आगो वा हिटरको प्रयोग गर्दा राम्रोसँग हावा वारपार हुने ठाउँमा बसेर मात्र गर्नु राम्रो हुन्छ ।

जाडोमा स्वस्थ रहन
– जाडो याममा बिहानको चिसोमा सकेसम्म हिँड्डुल नगर्दा नै धेरै फाइदा हुन्छ । हिँड्डुल गर्नै पर्ने भए न्यानो लुगा, टोपी लगाएर बाहिर निस्किनु उचित हुन्छ ।

– बन्द कोठा भित्र बसेर आगो वा हिटर नताप्ने । राम्रोसँग हावा आवत जावत गर्ने कोठामा मात्र बसेर हिटर वा आगो ताप्ने ।

– तातो पानी सकेसम्म धेरै पिउने । चिसो कुराको सेवन नगर्ने ।

– भाइरल फ्लु लागेका मानिसहरूबाट दुरी कायम गर्ने ।

– मौसमी फलफुल विशेष गरेर भिटामीन सि युक्त फलफुलको सेवन धेरै गर्ने ।

– स्वासप्रस्वासका समस्या भएकाहरूले यो मौसममा विशेष सतर्कता अप्नाउने र समय समयमा चिकित्सकसँग परामर्श गरिरहने ।

– बालबालीकालाई धेरै बाक्लो लुगा लगाइदिएर गुम्साउनु हुँदैन । भित्र भित्रै तातो भएर पसिना आउँछ र त्यसैको चिसोले अन्य समस्या नित्याउँछ ।

– जाडो मौसममा तुँवालो लागेको बेला माक्सको प्रयोग गर्नाले पनि धेरै प्रकारका स्वासप्रस्वासका समस्याबाट जोगिन सकिन्छ ।

– हातगोडा र ओठ फुट्ने वा छाला फुस्रो हुने समस्या भएकाहरूले मोस्चुराइजर क्रिमको प्रयोग गर्ने । 

कसरी जोगाउने पेन ड्राइभ ? 

डाटा स्टोरका लागि हिजोआज पेन (फ्लास) ड्राइभको प्रयोग बढ्दो छ। डाटा स्टोरेज गर्ने यो सानो डिभाइसको मूल्य दिन दिनै सस्तो हुँदा प्रयोगकर्ता अझ बढ्दै छन्। सानो आकार भएका कारण बोकेर हिँड्न सजिलो हुने भएकाले पेन ड्राइभ विश्वमै लोकप्रिय छ। यसलाई राम्रोसँग हेरचाह गरे डाटा सुरक्षित राख्न र आयु लम्ब्याउन पनि सकिन्छ। धेरै क्षमताको पेन ड्राइभ किन्नु मात्र ठूलो कुरा होइन। यसलाई सावधानीपूर्वक चलाएर लामो समयसम्म टिकाउनु महत्वपूर्ण छ। पेन ड्राइभलाई लामो समयसम्म टिकाउन र डाटालाई सुरक्षित राख्न महत्वपूर्ण ७ टिप्स:

भाइरस सार्ने ठूलो माध्यम
पेन ड्राइभ डाटा स्टोरका लागि विश्वभरि नै लोकप्रिय छ। तर पेन ड्राइभ विश्वमै अफलाइनबाट भाइरस सार्ने चल्तीको माध्यम पनि हो। कम्प्युटरको सफ्टवेयर र हार्डवेयरलाई ध्वस्त पार्ने मुख्य सत्रु भाइरस हो। तपाइँ पेन ड्राइभ प्रयोगकर्ता हुनुहुन्छ भने आफ्नो डिभाइस भाइरसमुक्त भएको कुरामा पहिला ढुक्क हुनुपर्दछ। यदि पेन ड्राइभ भाइरस इन्फेक्टेड छ भने यो स्वत कम्प्युटरमा सर्छ। कम्प्युटरमा प्रयोग गर्नु अगाडि पेन ड्राइभलाई भाइरस स्क्यान गर्नैपर्छ। कुनै कम्प्युटरमा पेन ड्राइभ अटो स्क्यान गर्ने एन्टिभाइरस सफ्टवेयर पनि राखिएको हुन्छ। त्यसले नयाँ हार्डवेयर इन्स्टल गर्ने बित्तिकै स्वत भाइरस स्क्यान गर्न थाल्छ। यो पेन ड्राइभलाई भाइरसमुक्त राख्ने सबैभन्दा सुरक्षित उपाय हो। तर ख्याल गर्नुपर्ने कुरा के हो भने कम्प्युटरको एन्टीभाइरस सफ्टवेयर सधैँ अपडेटेड हुनुपर्दछ। नयाँ भाइरसले पुरानो एन्टिभाइरस सफ्टवेयरलाई पहिचान गर्न र स्क्यान गर्न सक्दैन।

धुलो र पानी मुख्य शत्रु
पेन ड्राइभ आफैँमा सम्वेदनशील डिभाइस भएकाले यसलाई सवाधानीपूर्वक चलाउनुपर्छ। यो सानो डिभाइस बोकेर हिँड्दा सावधानी अपनाउनुहोस्। खाने कुरा र तरल पदार्थमा खस्नबाट जोगाउनुहोस्। पानी र धुलोबाट यसलाई सधैँ टाढै राख्नुहोस्। यी कुराहरुले डाटा हराउने खतरासँगै पेन ड्राइभ कामै नलाग्ने गरी बिग्रन सक्छ। तपाइँमा सामानलाई सावधानीपूर्वक चलाउने बानी छ भने जस्तो पेन ड्राइभ किने पनि फरक पर्दैन। तर तपाइँको ह्यान्डलिङ रफ छ भने पानी, धुलो, तापक्रम र करेन्ट प्रतिरोधात्मक पेन ड्राइभ किन्नु उपयुक्त हुन्छ। अहिले बजारमा यस्ता पेन ड्राइभ पनि पाइन्छन्।

स्पार्कबाट जोगाउनुहोस्
पेन ड्राइभलाई कम्प्युटरमा छिराउनु अघि आफूलाई कुनै धातुसँग छुवाउनुहोस्। यसले मान्छेको शरीरको इलेक्ट्रोस्टेटिक डिस्चार्जलाई सोस्ने काम गर्छ। यदि यसो नगरेमा कहिले कहीँ तपाइँ र कम्प्युटरबीचको इलेक्ट्रोस्टेटिक डिस्चार्जले हार्डवेयर अथवा पेन ड्राइभलाई फेरि कहिलै नबन्ने गरी क्षति पु¥याउन सक्छ।

घाँटीमा झुन्ड्याउनुहोस्
पेन ड्राइभ खसेमा यसमा भएको डाटा हराउने वा ड्यामेज हुन सक्छ। पेन ड्राइभलाई खस्नबाट जोगाउन धेरै उपायहरु अपनाउन सकिन्छ। मालाको रुपमा घाँटीमा झुन्ड्याउन अथवा ब्याकप्याकमा अट्याच्ड गरेर यसलाई सुरक्षित पार्नसकिन्छ। पेन ड्राइभलाई कि रिङमा राखेर पनि खस्नबाट जोगाउन सकिन्छ। याद गर्नुहोस् बजारमा पाइने अन्य कि रिङभन्दा युएसबी कि रिङ प्रयोग गर्नु उत्तम उपाय हो। यो युएसबी कि रिङमा अरु चाबी नराखी हल्काफुल्कै राख्नुपर्छ। कि रिङ धेरै भारी भएमा कम्प्युटरमा कनेक्ट गर्ने बेलामा पेन ड्राइभ र युएसबी पोर्ट दुवैमा त्यसको भार पर्न जान्छ। जसले गर्दा पोर्ट र पेन ड्राइभ क्षति हुने खतरा बढी हुन्छ।

हेड लक नहराउनुहोस्
पेन ड्राइभलाई प्रयोग गरिसकेपछि त्यसको हेड लक वा बिर्को बन्द गर्न नर्बिसिनुहोस्। यो पेन ड्राइभ प्रयोगकर्ताले ध्यानमा राख्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा हो। यही एउटा टिप्स मान्नु भयो भने पनि तपाइँले आफ्नो पेन ड्राइभको आयु उल्लेख्य लम्ब्याउन सक्नुहुन्छ। बिर्को खुलै राखेमा पेन ड्राइभमा धुलो पसेर त्यसको कार्य क्षमता घटाइदिन्छ। त्यसैले काम सकिएपछि पेन ड्राइभलाई बिर्को लगाएर सुरक्षित पार्नुहोस्। हिजोआज डिभाइसको भित्री भागमै हेड लक भएका पेन ड्राइभ पनि बजारमा पाइन्छ। बढी क्षमता भन्दा लामो समयसम्म टिकाउका लागि राम्रो फिचर भएका पेन ड्राइभ किन्नु बुद्धिमानी हुन्छ।

बारम्बार डिफ्र्याग्मेन्ट नगर्नुहोस्
क्षमता बढ्छ भनेर बारम्बार डिफ्र्याग्मेन्ट गर्ने बानी धेरैको हुन्छ। यसले पेन ड्राइभलाई अनावश्यक तनाब मात्रै दिन्छ। किनभने डिफ्र्याग्मेन्ट गर्नाले पेन ड्राइभको क्षमता बढ्दैन।

सेफ्ली रिमुभ गर्नुहोस्
धेरै प्रयोगकर्तामा पेन ड्राइभ प्रयोग गरिसकेपछि त्यसलाई सेफ रिमुभल नगरी कम्प्युटरबाट तान्ने बानी हुन्छ। यसो गर्नाले पेन ड्राइको डाटा हराउने र डिभाइसको कार्य क्षमता घट्ने हुन्छ। त्यसैले काम सकिएपछि रिमुभ सेफली अप्सन प्रयोग गर्नुपर्छ। कम्प्युटरबाट पेन ड्राइभ झिक्नु
अघि सेफली रिमुभ हार्डवेयरले काम गरे नगरेको ख्याल राख्नुपर्छ। काम गरिरहेको अवस्थामा पेन ड्राइभमा सानो बत्ती बलिरहेको हुन्छ। बत्ती बलिरहेको अवस्थामा कम्प्युटरबाट पेन ड्राइभ नतान्नुहोस। बत्ती निभेपछि मात्रै पेन ड्राइभ झिक्नुहोस्।

ढिलो बाबु बन्दा सन्तान रोगी हुने खतरा

युवा पुस्तामा पछिल्लो दिनमा ढिलो विवाह गर्ने र बाबु आमा बन्ने क्रम बढेको छ । तर, धेरै ढिला बाबुबन्दा बच्चामा मानसिक स्थास्थ्यसम्वन्धी विरामीको खतरा हुने एक अध्ययनले देखाएको छ ।

अमेरिका र स्वीडेनका वैज्ञानिकले गरेको अध्ययनमा ४५ वर्ष उमेरपछि बाबु बन्नेको सन्तानमा मानसिक रोगको खतरा बढी रहने देखिएको हो । वैज्ञानिकहरुले स्वीडेनमा सन् १९७३ देखि २००१ सम्म जन्मिएका २६ लाख व्यक्तिको शिक्षा, स्वास्थ्य र पारिवारिक अवस्थाबारे विश्लेषण गरेका थिए ।

अध्ययनमा २० देखि २६ वर्ष र ४५ भन्दा बढी उमेरमा बाबु बन्नेहरुको सन्तानबारे विश्लेषण गरिएको थियो । अधिक उमेरका बाबु बन्नेहरुको सन्तानमा आल्टिजम, स्किट्सोफ्रिनिया, आत्महत्या र मानसिक कमजोरीजस्ता समस्या बढी देखिएको थियो ।

अमेरिकी मेडिकल एसोसिएशनको जर्नल जेएएमएमको अनलाइन संस्करणमा प्रकाशित रिपोर्टमा अमेरिकन मेडिकल एशोसियसनका प्रोफेसर एवं अध्ययन प्रमुख ब्रायन डिओफ्रिनिया ढिलो विवाह र प्रजनन् समस्याको रुपमा आएको बताएका छन् ।

उनी भन्छन्, मानिसहरु मलाई बाबु बन्ने सही उमेर कुन हो भनेर सोध्छन्, तर यसको कुनै निश्चित उत्तर छैन । यस्तो कुनै उमेर छैन, जुन समयमा बाबु बन्नु उत्तम हुन्छ ।’

यद्यपि अध्ययनका क्रममा २४ वर्षसम्मको उमेरमा बाबु बनेकाहरुको सन्तानमा भन्दा ४५ वर्षभन्दा बढी उमेरमा बाबु भनेकाहरुको बच्चामा अल्टिजमको आशंका तीन गुणा बढी थियो । उनीहरुमा आत्महत्याको प्रवृत्ति पनि बढि पाइएको छ
(

November 26, 2013

फेसबुक छोड्न थाले किशोर-किशोरीले
kamal kafle
फेसबुक नेटवर्कमा सबैभन्दा बढी जनसंख्या टिनएजर्स (किशोर—किशोरी) को छ। भनिन्छ नि किशोरावस्थामा छिन्मै प्रेमपर्छ छिनमै छुट्टिन्छ। टिनएजर्सले विश्वको सबैभन्दा ठूलो सोसल साइटलाई 'बाइबाइ' भन्न थालेका छन्। कस्तो छिटो ! टिनएजर्स निस्क्रिय हुन थालेकोप्रति फेसबुकका प्रमुख वित्तिय अधिकृत डेभिड इर्बसाम चिन्तित छन्। 'वास्तवमै टिनएजर्स दिनानु दिन घट्दै गएको अनुभव हामीले गरेका छौं', इर्बसामले स्वीकार गरेका छन्। यसलाई बजार अनुसन्धान संस्था ग्लोबल वेब इन्डेक्सले पनि पुष्टि गरेको छ।
२०१३ को अप्रिल यता प्रयोगकर्ताको संख्या विश्लेषण गर्दा अमेरिकी इन्टरनेट कम्पनी साँच्चिकै गम्भीर हुनु पर्ने स्थितिमा पुगेको छ। ३० देशका टिनएचर्सले फेसबुकिङमा कम चासो दिन थालेको रिपोर्टले देखाएको छ। वर्षको पहिलो चार महिनामा सक्रिय टिनएजर्सको प्रतिशत ७६ रहेकोमा दोस्रो चौमासिकमा घटेर ५६ प्रतिशतमा झरेको छ। फेसबुकले लाइक गर्नेलाई मात्र सक्रिय प्रयोगकर्ता मान्दैन। स्ट्याट्स लेख्ने, कमेन्ट गर्ने, फोटो— भिडियो अपलोड गर्ने, ट्याग गर्ने, कमेन्ट रिप्लाइ गर्ने टिनएजर्समा कमी आएको हो।

सबैभन्दा बढी नेरल्यान्डका टिनएजर्सले फेसबुकिङ छाडेका छन्। त्यहाँ फेसबुकमा सक्रिय हुने टिनएजर्समा ५२ प्रतिशतले गिरावट आएको छ। फेसबुक मुख्यालय रहेको अमेरिकामा १६ प्रतिशतले यस्तो गिरावट आएको छ। आखिर फेसबुक छोडेर किशोर किशोरी कता जाँदैछन् ? वीच्याट जस्ता मोबाइल च्याट एवं फोटो सेयरिङ एपहरु स्नापच्याट र इन्स्टाग्राममा उनीहरु भुल्न थालेका छन्।

November 24, 2013

महिलाले पुरुषबाट चाहने तीन महत्वपूर्ण कुराहरु

what-women-want-in-men 
(एजेन्सी)– के तपाईं सोच्नुहुन्छ कि महिलालाई बुझ्न गाह्रो हुन्छ ? के तपाईं महिलाहरुलाई रहस्यमयी ठान्नुहुन्छ ? के तपाईं उनले के सोचिरहेकी छिन् वा के गर्न चाहन्छिन् भन्ने कुरा पत्ता लगाउन चाहनुहुन्छ ? चिन्ता नलिनुस्, यस्तो कुराहरु सोच्ने तपाईं मात्र एक्लो पुरुष होइन ।
कुनै पनि महिलाले आफ्नो मौनतामा नै धेरैथोक भनिरहेकी हुनसक्छिन्, जब कि पुरुषले घण्टौँ बोले पनि केही नबोलेसमान हुने गर्दछ । तपाईंले निकै ध्यानपूर्वक सुन्न जरुरी छ कि तपाईंकी साथीले के भन्दैछिन् । यो कुनै विज्ञान होइन तरपनि तपाईं उनीप्रति संवेदनशील हुन जरुरी छ । तल केहि कुराहरु दिइएका छन्, जुन कुनै पनि महिलाले आफ्नो पुरुषमा खोज्ने गर्छिन् । के थाहा, यसपछि तपाईं पनि आफ्नी प्रमिकालाई अझै राम्रोसँग बुझ्न सक्नुहुन्छ कि ?
१. विश्वसनीय र भरपर्दोः
कुनै पनि महिलाको लागि विश्वास निकै महत्वपूर्ण वस्तु हो । तपाईंले झुठ कुरा बोल्न निकै साहस देखाउनु पर्नेहुन्छ । यदि केही गरेर उनले तपाईंको झुठ समातेमा उनले तपाईंलाई सजिलैसँग माफी नदिन सक्छिन । तर यदि तपाईंले गल्ती गर्नुभयो र सो गल्तीमा पछुताउनुभयो भने तपाईंले माफी पाउने सम्भावना हुनसक्छ । उनलाई तपाईंले कुनै शंकाबिना पूर्णरुपमा विश्वास दिलाउन सक्नुपर्छ र यो उनको लागि निकै महत्वपूर्ण विषय हो । कुनै पनि महिलाले त्यस्तो साथीको साथ खोज्छिन् जसमा उनी भर पर्न सक्छिन् ।
२. कुरा सुन्ने बानी बसाल्नुहोस्ः
इदि तपाईं महिला साथीसँग लामो सम्बन्ध चाहनुहुन्छ भने तपाईंले उनको कुरा सुन्ने बानीको विकास गर्नुपर्छ । उनको कुरा सुने मात्र पनि पुग्छ, जहिल्यै समस्याको हल खोज्नु जरुरी छैन । उनी जहिल्यै उत्तरको खोजीमा हुँदैनन् । कहिलेकाँही उनीहरुलाई त्यस्तो व्यक्तिको आवश्यकता हुन्छ, जसले उनको कुराबिना कुनै सुझाव सुनोस् । यस्तो क्रियाकलापले उनीसँग तपाईंको सम्बन्ध थप मजबुत हुन्छ ।
३. परिपक्क हुनुहोस्ः
हामी सबैलाई थाहा छ पुरुषभन्दा महिलाहरु चाडैँ परिपक्क हुन्छन् । तर महिलाले सधैँ आफ्नो पुरुषलाई आमासमान सम्झाउने, बुझाउने र सम्हाल्न चाहँदैनन् । उनलाई पनि कसैले सम्हालोस् र सम्झाओस् भनेर चाहन्छिन् । महिलाले आफ्नो पुरुष बुझ्क्कड, शान्त, समझदार र विवेकशील होस् भनेर चाहन्छिन् । उनलाई देखाउनुहोस् कि तपाईं आफ्नो समस्या वा डरसँग जुध्न सक्नुहुन्छ र आफ्नो समस्यासँग भाग्नुहुन्छ । समस्यासँग कहिलेकाँही निराश हुनु स्वभाविक हुनसक्छ तर हरेश भने खानुहुँदैन । महिलाले आफ्नो पुरुषमाथि विश्वास गरेर भर गर्न मन पराउँछन् ।
 
November 22, 2013

सूचना प्रविधि र विद्यालयमा यसको प्रयोग

सूचना प्रविधि र विद्यालयमा यसको प्रयो
कमल काफले
पछिल्लो समय सूचना–प्रविधि Ôेत्रको आक्रामक विकासले जो–कोही पनि टाढा रहन सकेको छैन । धनी र विकसित मुलुकहरुमा यसको प्रयोग फरक रुपमा हुन थालिसकेको छ, जहा“ उनिहरुकोे व्यवसाय सञ्चालनदेखि घरायसी कामकाजमा पनि सूचना–प्रविधिको प्रयोगमा निर्भर हुन थालिसकेका छन् । नेपालमा पछिल्लो पुस्ता पछिल्लो दशकमा सूचना–प्रविधिका सामाग्रिको प्रयोग यसरी बढाइरहेका छन्, जुन पुस्तालाई उक्त प्रविधिबिनाको समय फरक र कल्पनाभन्दा बाहिरको कुरा भइसकेको छ । नेपालमा त्यस्ता सामाग्रीको व्यापार–व्यवसाय गर्नेको संख्यमा पनि उल्लेख्य रुपमा वृद्धि गराइरहेको छ, जसका कारण्ँ हरेक दिन नया“–नया“ मोबाइल, ल्यापटपलगायत सूचना–प्रविधिका सामाग्री विक्रिका लागि व्यवसायीहरुले ल्याउने गरेका छन् । अझ त्यसको व्यापार पनि काइदाको हुने देखेर नेपालका प्रतिष्ठित व्यापारिक घरानाहरुले पनि त्यस्ता सामाग्रिको बिक्रि बढाइरहेका छन् । सूचना–प्रविधिका सामाग्रिहरुलार्ई खासै चासो नदिने र फुर्सदिला मानिसले प्रयोग गर्ने हो भनेर नया“–नया“ प्रविधिको प्रयोगबाट बाहिर रहने नेपालका उद्योगी–व्यवसायीहरु पनि आजभोलि बजारमा निस्किएका उच्च प्रविधिका सामाग्रिको प्रयोग बढाउन थालेका छन । आफूले पहिले समान्य मोबाइलको मात्र प्रयोग गर्ने गरेको भए पनि पछिल्लो समयमा भने आइफोन फोर एसको प्रयोग गर्ने गरेका बताउ“छन् आवर बुक्स एण्ड स्टेसनर्स का सञ्चालक सुशिल न्यौपाने ।   दैनिकी एकदेखि दुई घन्टासम्म कम्प्युटरमा बसेर इन्टरनेटमा बिताउने न्यौपाने इन्टरनेटले काम गर्न धेरै सहज हुने बताउ“छन ।  सूचना–प्रविधिको प्रयोगबिनाको व्यापार बिजनेस कल्पनाभन्दा बाहिर भइसकेको बताउने न्यौपाने आफू २४ घन्टा अनलाइनमा बस्ने र एक–दुई घन्टा कम्प्युटरमा इन्टरनेट चलाउने गरेको जानकारी दिए । पछिल्लो समय त सुरÔाका कुरासमेत सूचना–प्रविधिमा आइसकेकाले त्यसभन्दा बाहिर कोही पनि हुन सक्दैन,   उनले भने । जहा“ भए पनि प्रविधिको प्रयोगले नजिकै पु¥याउने र काम गर्न सजिलो बनाउने गरेकाले प्रविधिको प्रयोगले आफूलाई सहज भएको बताए । यी त उदाहरण्ँ पात्र मात्र हुन् । खासमा भन्ने हो भने हाल व्यावसायिक Ôेत्रका व्यक्तित्वहरु बजारमा आएका उच्च र अत्याधुनिक प्रविधिका मोबाइल र ल्यापटप प्रयोग गर्ने गरेका छन् । नेपालमा पछिल्लो समय उपभोक्ताको माग बढी नै भएकाले हरेक दिन दर्जनौं मोडलका मोबाइल, ल्यापटप, कम्प्युटरहरु सार्वजनिक हुने गरेका छन्, जसका कारण्ँ व्यावसायिक Ôेत्रमा पनि उच्च प्रतिस्पर्धा भइरहेको छ ।
त्यस्तै सूचना प्रविधिको अत्यन्तै तथा अनिवार्य आवश्यकता विद्यालयहरुमा पनि छ । विद्यार्थीको सिकाई प्रक्रिया, शिÔकको Ôमता विकास प्रक्रिया र विद्यालयकोे व्यवस्थापन प्रक्रिया मा सूचना प्रविधिको अहम् भूमिका रहेको हुन्छ । सूचना प्रविधि भन्नाले केवल कÔामा कम्प्यूटरको प्रयोग र सिकाईलाई मात्र बुझ्नु अपुणर््ँ हुनेछ । यस क्रममामा रेडियो, टेलिभिजन, टेलिफोन, प्रोजेक्टर, डिजिटल क्यामेरा वा कम्प्युटर जस्ता सूचना तथा सञ्चार प्रविधिका उपकरण्ँहरु शिÔण्ँ सामाग्री रुपमा परंपरागत सामाग्रि भन्दा अझ सान्दभिर्क, उपयुक्त, दÔ र प्रभावकारी रुपमा प्रयोग गर्न सकिन्छ ।
विद्यालयहरुमा सूचनाप्रविधिको विÈयगत पढाईको शुरुवात केहि वर्Èदेखि हु“दै आएको छ । विशेÈगरि प्राईभेट बोडिंर्ग स्कूलहरुमा यस प्रविधिहरुको प्रयोग अधिकतम रुपमा गरेको पाईन्छ । सरकारी विद्यालयहरुमा पनि सूचनाप्रविधिको पढाई एवं प्रयोग विस्तार हु“दै गएतापनि भौतिक पूर्वाधार एवं लगानी अभावका कारण्ँ अधिकांश विद्यँलय, विद्यँर्थीहरु यसबाट बन्चीत हु“दै आएका छन् । फेरिपनि विश्वमा बढ्दै गएको सूचना प्रविधिको विस्तार विकासको प्रभावले नया“ पुस्ताहरुको आकर्Èण्ँ यसप्रति बढ्दै गईरहेको पाईन्छ । अविभावकहरु पनि आप्mना सन्तानहरुलाई सकेसम्म यस प्रविधिबाट लाभान्वित गराउन चाहन्छन् । विÈयगत स“गस“गै व्यवहारिक रुपमा पनि सूचनाप्रविधिको प्रयोग विद्यालय एवं विद्यँर्थीहरुमा बढ्दै गएको पाईन्छ । सूचनाप्रविधिका सामानहरुको नियमित मूल्य गिरावट एवं नया“ प्रविधिको व्यापक विकासले यसमा पहु“चको अवसरलाई धेरै सहज बनाईदिएको छ । विद्यँलयमा कम्प्यूटर, टेलिभिजन, डिभिडि, डिजिटल क्यामेरा, ह्वाईटबोर्ड, ईन्टरनेट, अडियो भिडियो रेकर्डर, सिडि जस्ता प्रविधिको प्रयोग अनिवार्य जस्तै भईसकेको छ र शिÔा Ôेत्र वास्तवमा नै लाभान्वित हु“दै आईरहेको पाईन्छ ।
सूचना प्रविधिको माध्यमद्धारा उपलब्ध सूचनाहरुको संकलन, विश्लेÈण्ँ, भण्डारण्ँ एवं पुनःउपयोग छिटो छरितो र विश्वशनीय माध्यमबाट हुनेहु“दा वर्तमान विश्वमा सूचना प्रविधिको महत्व अग्रपंक्तिमा रहेको पाईन्छ । विश्वलाई नै एकैठाउ“मा बा“ध्न सफल यस प्रविधिको सहयोगले विकासका एवं सम्भावनाका अनेकों ढोकाहरु खुल्दै गईरहेका छन् । शिÔामा पनि आधुनिक सूचना प्रविधिहरुको समुचित र व्यवस्थित प्रयोगले शिÔाको गुण्ँस्तरलाई नया“ आयाम दिने तथ्यलाई जति छिटो आत्मसात गर्न सकिन्छ त्यति नै शिÔाको दायरा फराकिलो हुनुका साथै शिÔाको सामथ्र्यलाई अझ बढि उर्जा प्रदान गर्दछ । सूचना प्रविधीको र्दुत विकास, तिनको वढ्दो प्रसार र उपलव्धता, तिनमा निहित विÈयवस्तुको प्रकृति र घट्दो मूल्यका कारण्ँ सिकाई प्रकृयामा यसको प्रयोग अर्थपूणर््ँ हुनसक्छ ।
सूचनाप्रविधिका सकारात्मक पÔहरु
बारम्बार दोहोर्याएर प्रयोग गर्न सकिन्छ ।
सूचनाहरु दीर्घकालसम्म सुरÔित राख्न सकिन्छ ।
एकै पटकमा एकै साथ ठूलो समूहमाझ पुग्न सकिन्छ ।
 छिटो, छरितो एवं विश्वशनीयरुपमा सूचना प्रवाह गर्न सकिन्छ ।
  विद्यार्थी केन्द्रीत प्रण्ाँली हुनाले विद्यार्थीहरुको रुचीलाई कायम राख्न सकिन्छ ।
सूचनाप्रविधिबाट सचेत रहनुपर्ने पÔहरु
सूचनाप्रविधिस“ग सम्बन्धित सामागी्र बढि मूल्यवान हुन्छन् । धेरै लगानि लाग्ने हुनाले सबैको पहु“चमा पुर्याउन कठिन हुन्छ ।
भौतिकपूर्वाधारहरु महंगा हुनुका साथै निर्माण्ँ कार्य सहज हु“दैनन् ।
प्रविधिस“ग सम्बन्धित सामाग्रीहरु कम वातावरण्ँमैत्री हुन्छन् ।
दÔ जनशक्ति उपलब्धता न्यून हुन्छ ।
सामाग्रिहरुलाई भाईरस, धुलोमैलो, टुटफुट एवं चोरिबाट सुरÔित राखिरहनुपर्छ ।
सूचनाप्रविधिस“ग सम्बन्धित सामाग्रीहरु
रेडियो, टेलिभिजन, डिभिडि, कम्प्यूटर, ईन्टरनेट, डिजिटल क्यामेरा, प्रोजेक्टर, ह्वाईट वोर्ड, प्िरन्टर, स्क्यानर, पेन ड्राईभ, सिडि, ईबुकरिडर, मोवाईल फोन आदी

November 17, 2013

नुनको कृत्रिम अभाव

नुनको कृत्रिम अभाव
 कमल काफ्ले
बुटवल, कार्तिक १ । व्यापारीहरुले बजारमा नुनको कृत्रिम अभाव गराएका छन् । भारतमा नुन अभाव भएको हल्ला चलेस“गै रुपन्देहीमा पनि कृत्रिम अभाव सिर्जना गरिएको छ । शनिबार बुटवलका केही पसलहरुमा नुन लिने ग्राहकहरुको भिड लागेको थियो ।
भारतीय एक दैनिक पत्रिकाले नुन अभाव भएको समाचार प्रकाशित गरेपछि त्यसको प्रभाव नेपालमा पनि परेको हो ।
 त्यहा“ प्रतिकेजी १ सय रुपैया“सम्ममा विक्री भएको खबर वाहिर आएपछि सीमावर्ती बजारमा नुनको अभाव देखिएको छ । हल्लास“गै बजारमा व्यापारीहरुले नुन लुकाएका छन् । यहा“का धेरै पसलमा शनिबार नुन नै किन्न नपाइएको बुटवल १२ कालिकानगरका तेजेन्द्र बानियाले बताए ।
भारतमा नुनको मुल्यमा अझ बढी बृद्धि हुन सक्ने खबर पाएपछि व्यापारीहरुले नुन लुकाउन थालेको उनको भनाइ छ ।
तर उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीले भने हल्लै हल्लाले यस्तो भएको बताएको छ ।
बजारमा नुन पाइन्छ, यदी कुनै व्यापारीले आ“फु खुशि नुनको मल्य तोकेर बेचेको पाइएमा अनुगमन गरेर कडा भन्दा कडा कारवाही गर्ने र अनुगमन गरेर व्यापारीको पसलै बन्द गरिदिने समेत बताएको छ ।