केशब काफले

नेपालका दलहरु जसले जातिय भावना भडकाएर राजनीति गर्ने कोसिस गर्दैछन त्यस्ता दलहरुले भारतको भाजपा भन्ने पार्टी र तिनका नेताहरु संग केही सिक्नु पर्छ । यो भारतीय जनता पार्टी १९८० को दशकमा स्थानपना भएको पार्टी हो । यस पार्टीमा अनेक विद्धान व्यक्तित्वहरुको भरमार छ । तर पनि यस पार्टीले सफलता प्राप्त गर्नका लागि अन्ततःआफनो धार्मिक तथा जातिय कट्टरता त्याग्नै प¥यो । यहाबाट पनि नेपाली नेताहरुले केही सिक्नु पर्छ । यस पार्टीले आफनो स्थापनाको ३४ वर्ष सम्म पनि आफनो मूख्य प्रतिद्धन्द्धी पार्टी भारतीय कांग्रेस पार्टीलाई खासै ठूलो चुनौती दिन सकेको थिएन । तर यस पार्टीले अहिले आफनो कट्टर छवि त्यागेपछि भारतीय कांग्रेसको सफाया गरेको छ । यस पार्टीका गुजरात प्रँन्तका मुखिया नरेन्द्र मोदीले गुजरातमा गरेको विकास अहिलेको चुनावी मुद्दा बनेको थियो । श्री नरेन्द्र मोदीले वितेका १० वर्षमा गुजरात प्रान्तको प्रचुर विकास गरेका छन । अहिले त्यही विकासको पुरै भारतमा प्रचार गरेर गुजरात मोडल देखाएर तथा देशमा व्याप्त भ्रष्टाचार कालाबजारी आदीलाई मुद्दा बनाएर ५४३ मध्ये ३३५ सिट यस पार्टीको गठबन्धनले जित्न सफल भएको छ । यसले के पनि प्रष्ट हुन्छ भने जनताले जातिगत या धार्मिक आधारको राजनीति भन्दा विकास मुलक राजनीति मन पार्दछन । यहाबाट पनि नेपाली नेताहरुले केही सिक्नुपर्छ । अहिले भाजपा धार्मिक र जातिय स्तरको राजनीतिबाट विकास मुलक राजनीतिमा सक्रिय भएको छ ।जसको एथेष्ट फल पनि प्राप्त गरको छ । सो यहाबाट पनि नेपालमा जातिय राजनीति गर्ने पार्टीहरु र नेपालका नेताहरुले केही सिख लिनुपर्छ । किन कि नेपालका केही दलहरुले पनि जातिय राजनीति गर्ने गरेका छन । जातिय धुव्रीकरण गराएर एक जातको अर्को जात प्रति वैमन्ष्यता उत्पन्न गराएर विभिन्न जात जातिका बीच फाटो पारेर जाति विशेषलाई सडकमा ओरालेर उनीहरुको भावना संग खेलवाड गरेर राजनीति गर्ने पार्टीहरुले भाजपाले जस्तै आफुलाई पनि परिणत गर्नु पर्छ । भाजपाको राजनीतिक जीवन र हाल उसको परिवर्तित अवस्थाबाट सिख लिन जरुरी देखिन्छ नेपालका नेताहरुलाई । जातिय मुद्दा उठाएर पटक पटक निर्वाचनमा जादा नपाएको सफलता आज भाजपाले विकासको मुद्दामा लडेर पाएको छ । जातिय राजनीति गर्ने पार्टीहरुकालागि एउटा सबक हो भाजपाको जीत । अन्ततःआज भाजपा आफनो धार्मिक तथा जातिय विचार पूर्णत त्याग गर्न बाध्य बन्यो । र त्यसैले सफलता पनि पायो । एउटा ससक्त तथा सक्षम दल बन्नका लागि देशका सबै जात जाति भाषा भाषिको विश्वास प्राप्तगर्न सक्नुपर्छ । नेपालमा पनि जातिय आधारमा र धार्मिकताको आडमा राजनीति गर्ने पार्टीहरुले भारतमा भएको हालको निर्वाचनबाट धेरै कुरा सिन्नुपर्छ । अन्यथा जातिय राजनीति गर्ने दलहरुको एकदिन आस्तित्व नै संकटमा पर्ने निश्चित छ ।
राजनीतिक पार्टीहरुले जातियतामा होईन की चौमुखि विकासमा ध्यान दिनुपर्छ । जसले सबै जातजातिको भलो गर्दछ र पार्टीहरुले राजनीतिक लाभ पनि पाउने छन । जातिगत तथा धार्मिक कट्टरवादीसोचको राजनीति पूर्ण सफल हुदो रहेन छ भन्ने उदाहरण पनि हो हालमा सम्पन्न भारतिय चुनाव । भारतमा भएको निर्वाचनमा भारीतय काग्रेसपार्टीको आस्तित्व मात्रै बाकी छ । तर त्यस पार्टीका नेताहरु हतास र उत्तेजित छैनन । आफनो पार्टीको अप्रत्यासित हार पश्चात कांगे्रस पार्टीकी अध्यक्ष्ँ श्रीमती सोनिया गांधि तथा उपाध्यक्ष राहुला गान्धी दुवैले सालिनता तूर्वक हार स्वीकार गरेका छन । हारको नैतिक जिम्मेवारी पनि आफुहरुले लिएका छन । उनीहरुले जनमतको स्वागत गर्दै भनेका छन की ठीकै छ जनमतको कदर गर्नुपर्छ हामीसंग जनता रिसाएका रहेछन यस पटक जनताले हामीलाई पत्याएनन,तर जनताको फैसला सिरोधार्य गर्छै भन्दै विजयी पार्टीहरुलाई बधाई तथा शुभकामना पनि दिएका छन । के यस्तो सालिनता यस्तो नैतिकता छ नेपालका दलहरुमा र तिनका नेतामा ? हार सहनी जीत पचाउनी क्षमता छ नेपाली नेताहरुमा ? सिक्नु पर्छ नेपालका नेताहरुले छिमेकीहरु संग । सोनिया गान्धी तथा राहुल गान्धीले आफुहरुलाई भोट नदिएर हराएका जनतालाई पनि धन्यवाद दिएका छन । उनीहरको सालिनता र नैतिकता देखेर त नेपाली नेताहरु सर्मैसर्मले मर्न पर्ने थियो । तर यहाका नेतामा सर्म र नैतिकता कहा छ र ? यहा त भोट नदिने जनतालाई चेतावनी दिईन्छ , रगतको खोलो बगाइदिने धम्की दिईन्छ । गाउ निकाला गर्नेधम्की दिईन्छ । सिक्नै पर्छ नेपाली नेता तथा दलहरुले छिमेकीहरु संगकेही गुण । नैतिकता सालिनता,धैर्यता भन्नेकुरा त परैजावस यहा त आफुले जिते निश्पक्ष्ँ निर्वाचन हारे देखि देशि विदेशी शषणन्त्र देख्छन यहाका नेताहरुले । यहा जीतेकाहरुले हारेका हरुलाई विभिन्न नामाकरण गर्दै अवद्र भाष प्रयोग गर्दैहरुवा क्षरुवा,नामर्द,लाजपचेका भन्छन । हारे भने हारमा देशिविदेशी षडयन्त्र देख्छन । जनता धम्काउछन यहा त न हार सैर्य छ न जीत पाच्य छ । सिक्न पर्छ यहाका नेताहरुले भाजपाका अध्यक्ष्ँतथा अन्य वरिष्ठ नेताहरुले आफनो पार्टीको आशा अनुरुप जित पश्चात कमेन्ट गर्दै पत्रकार सम्मेलन मार्फत आफना कार्यकर्तालाई सम्बोधन गर्र्दै भनेका थिए कि सैयम राख्नुस जीतको अतिउत्साहमा हारका पार्टी तथा उनका नेताहरु प्रति कुनै अनुचित शब्द प्रयोग नगर्नुस । अशब्द प्रयोग नर्गुस,कसैलाई पनि कटाक्ष्ँ नगर्नुस उत्तेजीत नार नलगाउनुस जो हुनी चुनाव प्रचारमा भयो अब परिणाम पश्चात कसैलाई शब्द वाण प्रहार नगर्नुस सालिनाता पूर्वक खुशी मनाउनुभन्दै निर्देशन दिएका थिए । उनीहरुको यस्तो विचारले उनीहरुको माहनता दर्साउछ । तर यहा त जीतेकाहरुले केही वदशीहरुको नाम लिएर जीन्दावाद मुर्दाबादका नारा लगाउछन । हारे भने जनता रन्काउछन,धम्काउछन । शिख नेपाली नेता हो केही सिख सालीनता धैर्यता मर्यादा आदी सिख । सिख्नै पर्छ यहाका नेताहरुले केही गुण आफना छिमेकी देशका नेताहरु संग ।