केशब काफले
संसारमा गरिब भएर बा“च्नु भनेको आफैमा एउट पीडा दायक विषय हो । अझै त्यो पीडा त्यति बेला झनै दुखदायी हुन जान्छ जब कुनै धनी तथा पाखण्डि मान्छेको छिमेकी भएर बस्नु पर्छ । चाहे त्यो गाउघरको कुरा होस अथवा शहरमा कोठा भाडामा लिएर बस्दा होस धनी तथा हेपाहा छिमेकी छ भने बसाई निकै पीडादायी हुन्छ । यो पीडा हामीहरु मध्ये धेरैजसोले भोगेका छौं । कोठा भाडामा लिएर धनी छिमेकीको बराबर भाडा तिरेर बस्दा पनि धनी छिमेकीको मनमानी सहिरन बाध्य हुनुपर्छ । यो कुनै नया“ विषय होईन । धनी छिमेकीसं“ग दबेर बस्नुपर्ने बाध्यता पुरानै हो गरिबका लागि । हुन त धनीसं“ग गरिब हेपिएर बस्नुपर्ने बाध्यता पुरानै हो गरिबका लागि तर यहा“ कुरा छिमेकीको हो अर्थात धनी छिमेकी ।
धनी छिमेकीसं“ग गरिब सधै पीडित भएको हुन्छ । धनी छिमेकीसं“ग बस्नु भनेको ओल्तीरको प्वालमा सर्प र पल्तीरको प्वालमा मुसा बस्नु जस्तै हो । मौका पायो कि झय्याम । धनी मान्छे र गरिब मान्छेको बीचमा कहिले पनि मित्रता हुन सक्दैन । त्यस्तै धनी छिमेकी र गरिब छिमेकीको बीचमा पनि कहिले मित्रता र मित्रवत व्यवहार हुन सक्दैन । किनकि धनीलाई धनले उचालेकै हुन्छ । उसले तल हेर्न जान्दैन । जबकि गरिबलाई सतहमै रहनु पर्छ । यदि उनी धनी व्यक्ति वा धनी परिवारले गरिबसं“ग मित्रता देखाउछ भने त्यो स्वाग मात्र हो । धनीले देखाएको मित्राताप प्रति अवश्यनै उसको पछाडि कुनै स्वार्थ छ भनेर गरिबले सजगता अपनाउनु जरुरी हुन्छ । किनकि धनी मान्छेले कुनै गरिब मान्छेसं“ग निश्वार्थ मित्रता कदापि गर्दैन । धनी र गरिबको बीचमा विना स्वार्थ मित्रता हुनै सक्दैन । यद्यपि धनी छिमेकीस“ग गरिबको पनि केही अपेक्षा हुन सक्छ तर धनी छिमेकी ले आफनो स्वार्थविना गरिबको अपेक्ष्ाँको पूर्ति गर्र्दैन । यस विषमा अनेक इतिहास साक्ष्ँि छन । गरिबले धनीसं“ग केही अपेक्षा राखेको हुन्छ भने धनीको ठूलै स्वार्थ लुकेको हुन्छ । धनी गरिब बीचको मित्रताको त्यही नै आधार हो । अन्यथा धनीले गरिबसं“ग किन मित्रता गर्नु पर्छ र ? त्यसैकारण धनी छिमेकीसं“ग सधै सावधान र सजग रहनु पर्छ । यस विषयलाई माहान नितज्ञं चाणक्यले पनि समर्थन गरेका छन । धनी छिमेकीले सधै गरिब छिमेकीको लाचारीको फाईदा उठाउदै सुस्त सुस्त गरिबको आस्तित्व नै मेटाउन सक्छ । धनी छिमेकीले सधैव गरिब छिमेकीको गरिबी लाचारी बेबसी आदिको अनैतिक तरिकाले फाईदा उठाई रहेको हुन्छ । थोरै थोरै गरेर साधि मिच्ने,लुकिछिपि घुसपेठ गर्ने,बलमिचाई गर्ने,सामदाम दण्ड भेद जसरी हून्छ गरिब छिमेकीलाई सताएर गरिबको अस्तित्व समाप्त गरेर आफनो एकाधिकार गर्न सधैव उद्दत रहन्छ धनी छिमेकी ।
धनी छिमेकीको गरिब छिमेकी प्रति प्रत्येक क्रियामा उसको आफनो स्वार्थ लुकेको हुन्छ । यस विषयलाई सहजता पूर्वक सिद्ध गर्न सकिन्छ । गरिब बोल्न सक्दैन,बोले पनि उसको कुराले ठाउ“ पाउदैन ,गरिबको तार्किक तथा यथार्थ परक कुरा पनि कसैले सुनिदिन्न, गरिबको कही पहु“च ह“ुदैन , गरिब गरिबी नै पिल्सिएको हुन्छ जसको लाभ धनी छिमेकीले उठाइ राख्छ । त्यसकारण धनी छिमेकीसं“ग सधैव सावधान रहन जरुरी हुन्छ । त्यसैकारण मित्रता समान हैसियतमा मात्र फलदायी हुन्छ । राम्रा्े विचारको मानवतावादी,सुखदुखको साथी,मिलनसार,सुह्दई छिकेकी पाउनु आफैमा भाग्यको कुरा हो । तर त्यस्ता छिमेकी आफु जस्तै गरिब मात्रै हुन्छन । आफु भन्दा धनी छिमेकीमा कतिपय यस्ता हुन्छन,जसले सधै निधारमा टिका लगाउछन,कण्ठीमाला भिर्छन,भजन किर्तन गर्दै हिंडछन,अरुलाई नैतिकताको पाठ पढाउ“छन तर आफनो चिन्तनमा सधै छिमेकीको एकदुई मित्ता साध किल्ला मिचने , कहा“ कसरी हो छिमेकीको अहित गर्ने भन्ने चिन्तन रहेको हुन्छ । सास्त्रपढेका शाब्दीक ज्ञान भएका तर बौद्धिक दृष्टिले कंगाल छिमेकीसं“ग सधै सावधान रहनु पर्छ । छिमेकीको एकहात साध मिचेर छिमेकीको आत्मा दुखाएर आत्म तृप्ती प्राप्त गर्ने पाखण्डी छिमेकीसं“ग सधै सजग रहनु पर्छ । चन्दन लगाउने रामराम जपने ह्दयमा छुरा राख्ने छिमेकीहरुसं“ग अत्यधिक सजग रहनु पर्छ ।
यो विषय कुनै दुई छिमेकी वा दुई व्यक्तिमा मात्रै लागु ह“ुदैन । यो विषय २ राष्ट्रबीचमा पनि बराबर लागुृ हुन्छ । धनी छिमेकी देशसं“ग गरिब छिमेकी देशलाई सधै दबेर रहनुपरेको हुन्छ । मानौ जस्तै भारत नेपाल र चिन बीचरा नेपाललाई दुई—दुई धनी छिमेकी बीच च्यापिनु परेको छ । एउटाले उत्तर तान्छ अर्कोले दक्षिण तान्छ । नेपाल गरिब छ । उसका दुवै छिमेकी धनी छन । तिनी धनी छिमेकीहरुको आआफना स्वार्थ छन । यिनी धनी छिमेकीहरुले नेपालको विकासमा भन्दा पनि आ–आफना स्वार्थ पूर्तिका लागि मित्रता गर्ने गरेका छन ।
कुनै पनि धनी छिमेकी देशले आफनो दिर्घकालीन स्वार्थ पूर्ति बिना गरिब देशमा आफनो ठूलो प“ूजी खर्च गर्दैन । नेपाल धनी छिमेकीहरुसं“ग पटक पटक ठगिदै आएको छ । कारण नेपाल सं“ग पू“जी छैन । नेपालसं“ग प्रयाप्त मात्रमा संमसाधन मौजुद छन यिनी संसाधनको दोहनका लागि धनी छिमेकीहरु सधै लालाइत रहन्छन । जो संसाधन नेपालसं“ग छ त्यो धनी छिमेकीहरुसं“ग छैन । उनीहरुले पनि लगाउन सक्छन हाम्रो संसाधनको दोहन गर्न सक्छन । तर दोहन गरेर प्राप्त गरेको लाभ भागवण्डामा नेपालले पनि बराबर पाउनु पर्छ । र हक अधिकारको साथमा पाउनु पर्छ । सानो बनेर हात तल पारेर होईन । बराबरीमा हात मिलाएर पाउनु पर्छ । यस्तो चाहना राख्छन नेपालका देश प्रेमी जनताले ।
यतिनै बेला धनी छिमेकी देश भारतका प्रधानमन्त्रीको आसन्न नेपाल भ्रमणले नेपाली सञ्चार माध्यमहरु र नेपालको कुटनीतिक वृत्तमा उत्साह जगाएको छ । नेपाल भारत बीच पू“जी लागनी उर्जा उत्पादन उर्जा वितरण आदीको विषयले नेपाली सञ्चारमा माध्यमहरुलाई प्रयाप्त खुराक दिएको छ । तर सावधान धनी छिमेकीले फेरि एक पटक झुक्याउन सक्छ । १९५० देखि नेपाल भारत बीच जति पनि सन्धी सम्झौता हु“दै आए तिनै सबै सन्धी सम्झौतामा भारत नेपाल माथि भारी पर्दै आएको छ । भारतले नेपालसं“ग खोज्ने प्रमुख स्वार्थ राजनीतिक कुटनीतिक तथा सुरक्ष्ाँको सम्बन्धमा आफु बलियो हुनु नै हो । यिनी स्वार्थ पूर्ति गर्न भारतले नेपालमा राजनीतिक अस्थिरता पनि पैदा गर्ने गरेको छ । नेपालको कमजोर पक्ष के रहेको छ भने भविष्यको मुल्यांकन नगरिकन तत्कालको फाईदा देखेपछि सम्झौता गरिहाल्ने अनि फेरि पछि पछुताई रहने ।
भारतले यति नै बेला पनि नेपालको ५४ स्थानमा सीमा अतिक्रमण गरेको तथ्यांक देखिन्छ । फेरि यस्ता मिचाहा छिमेकीले भसक्कै देलान र खाउ“ला भनेर ठूलो महत्वकांक्ष्ाँ पाल्न बेकार हुनेछ । उर्जाको क्ष्ँेत्रमा भारत आफै पनि नेपाल जत्तिकै पीडित छ । त्यसकारण भारतले नेपाललाई दृष्टिगत गरेर नेपालमा उर्जा उत्पादन गर्ने होइन,उसले त नेपालमा उर्जा उत्पादन गरेर उर्जा कमीको पूर्ति गर्ने हो । त्यसकारण उर्जा उत्पादन र उर्जा सम्झौता गर्दा यो धनी र हेपाहा छिमेकीसं“ग अत्यधिक सावधान रहन जरुरी छ । विगतमा भएका कुनै पनि सम्झौता नेपालका हितमा छैनन । अब फेरि अति उत्साहमा गल्ती नदोहोरिओस भन्ने जनताको चाहना हो । यस विषयमा ध्यान पु¥याउन अति आवश्यक छ ।
धनी तथा बाठो छिमेकी पाहुना हुन आउदा ठूलो मान्छे गरिबको पाहुना हुन आयो भनेर फुरुड्ड हुनु भन्दा पनि उसको चासो र मनसाय बुझन जरुरी हुन्छ । पटक पटक धोका खान हु“दैन । बिरालोले पनि एक पटक तातो दुधले डढेपछि सेतो पेय पदार्थ फुकि फुकि पिउने गर्छ अरे । हामीले पनि त्यो सीको सिक्नै पर्छ । संसारमा सीमाना अतिक्रमणका कारण नै दुई देशहरु बीच युद्ध भएका अनेकौ घटना छन । ल ठीक छ नेपालले भारतसं“ग युद्ध त गर्न सक्दैन । तर तिनी तमाम मिचिएका सिमानाका विषयमा कुरा उठाएर गम्भीर छलफल त गर्न सक्छ नि तर अभैmसम्म त्यस्तो भएको पाइदैन । नेपालमा हल्ला खल्ला ह“ुदैछ संचारका माध्यमहरु मोदीमय भएका छन किनकि मोदी नेपाल आउदैछन । तर के नेपाली पक्ष्ँले सीमा अतिक्रमण बारे गृहकार्य गरेर बसेर आफनो अडान लिन सक्ला त ? मुख्य हेर्ने विषय यही नै रहने छ ।
नेपालले नचाहे भारतले कुनै पनि विषयमा आफुलाई घाटा हुने देशलाई नोक्सान पु¥याउने सन्धी सम्झौता गर्न बाध्य गर्न सकदैन भारतले । दुर दृष्टि नभएका नेपाली शाकहरुको पनि उत्तिकै गल्ती छ यस विषयमा । हाम्रो देशको संसाधानको दोहन गरेर हामी माथि नै गुन लगाउने खण्डको सम्झौता नहोस अब भारतसं“ग । मोदी आउछन पाहुना हुन सम्मान हुनुपर्छ । तर आफनो सम्मान गुमाएर होईन कि बराबरको हैसियतमा उभिएर । मोदीले भारतलाई घाटा हुने गरी या नेपाल गरिब छ भनेर नेपाल माथि दया गरेर केही दिने वाला छैनन । हुन त सबै कुरा नकारात्मक सोचेर मात्रै ह“ुदैन । आफ्नो अवस्था पनि हेर्नु पर्छ । तर धनी छिकेकीसं“ग मित्रता र सम्झौता आदि गर्दा सावधान र सजग रहन अति आवश्यक हुन्छ ।