August 15, 2014

दुई नारी एउटै पीडा तर अवस्था फरक


केशब काफले

 

कर्मको फल भनौ या भाग्यको खेल २ जना मान्छेलाई एउटै प्रकारको पीडा भोग्नु पर्छ तर दुवै जनाको संसारीक अवस्थामा भने धर्ति अकाशको फरक हुन्छ । श्री कृष्ण श्रेष्ठलाई काल आयो,दिनेश अधिकारी चरीलाई काल लाग्यो दुवै जना संसारबाट विदा भए । तर उनीहरुले गरेका कर्मका फल उनका आफन्तहरुले पनि भोग्नु पर्छ । कोही पनि मान्छे आफुले गरेको कार्म फलको भोगि एक्लै हुदैन । कुनै पनि मान्छेले गरेको कर्म दुष्कर्म,वा सुकर्म आदिको फल यो समाज र यसै समाजमा रही रहेका उनका आफन्तहरुले पनि भोग्नै पर्छ । तर उनीहरुको पीडा भोग्ने अवस्था भने फरक रहेको हुन्छ । अहिले पनि त्यस्तै भएको छ । दिनेश अधिकारी चरी मारिए । श्री कृष्ण श्रेष्ठको मृत्यु भयो । उनीहरुले आआफना कर्मअनुसारको भोग भोग्न आफन्तहरुलाई छोडेर गए । विषेश त यो भोगाईको कुरा दुईटि नारीको हो । उनी मध्ये एउटी हुन  खुश्बु ओली र अर्कि हुन श्वेता खडका  । यिनी दुवैको पीडा एउटै हो । दुवैको ह्दय एउटै हो ,दुवैका आसु एउटै हुन  हेर्ने आखा दुवैका एउटै हुन । दुवैका ह्दय पीडित छन । तर अवस्थमा भने  धर्ती आकाशको फरक छ ।
यति बेला श्वेताको घाईते ह्दयमा सितल मलम लगाईदिने लाखौ छन । उनी प्रति समवेदना राख्ने लाखौ छन । उनका आसु एकाएक मोति झै मुल्यवान बनेका छन । श्वेताका आसु मूल्यवान बनेका छन तर खुश्बुका आसु पुछने कोही छैनन । उनलाई हेर्ने समाजको दृष्टिमा दयाको भाव देखिदैन,अपितु घृणा देखिन्छ । उनलाई सँन्त्वना दिने कोही छैन । श्वेताका आसु मोती झै मुल्यवान तर खुश्बुका आसु साउने भेल झै मुल्य हीन । जब कि आसु झार्ने दुवैका पीडा एउटै हुन । दुष्कर्मचरीले गरेका हुन खुश्बुले गरेकी होईनन । फेरि ह्दयमा  चोड परेको बेला उनी घृणाको पात्र किन त ? यदी उनका ठाउमा हामी मध्ये कोही भएको भए ,समाजको व्यवहार हामीले कसरी सहन्थेउ“ होला ? खुश्बुले भोग्दै गरेको पीडा चरीको दुष्कर्मको परिणाम हो । माया प्रेम भन्नेकुरा भावनाको खेल हो खुश्बुको भाव चरीमाथि आयो यसमा उनको के दोष ? दोष चरीको हो । सो चरी मरेर गए कुुरा खतम ।



मान्छेको मृत्यु सगै सबै सत्रुता समाप्त हुनु पर्छ । चरी र श्री कृष्ण श्रेष्ठको मृत्युपछि उनका सबै भन्दा नजिकका खुश्बु र श्वेताको पीडाको बेला फरक अवस्थाले मान्छेलाई कर्म प्रति सचेत पनि गराउछ । मान्छेले आफुले गरेको कर्मद्धारा कसैले मलामि कमाउछ कसैले सलामि कमाउछ , तर कसैले आफन्हरुको  आसुको मूल्य पनि गुमाउछ । यसलाई चाहे कर्मको फल भनौ चाहे भाग्यको खेल । अहिले खुश्बुलाई पनि त्यस्तै परेको छ । मान्छेको सामाजिक दृष्किोण पनि स्वार्थ पूर्ण हुन्छ । जो संग केही पाउने गरेको हुन्छ अथवा पाउने आश गरेको हुन्छ समाजको भावना उसै संग धेरै नजिक भएको  हुन्छ ।उसै संग भावना जोडेको हुन्छ । प्राप्त नहुने र आफुले दिन पर्ने छ भने उसै संग टाढै रहन चाहन्छ समाज । तर जे होस आज  यो समाज  खुश्बु प्रति समबेदना हि नबनको छ  । चरीको मृत्यु पछि उनी एक्ली भएकी छन । तर हामीले नभुलौ कि त्यस्तो अवस्था हामी मध्ये धेरैलाई आउन सक्छ । उनी घृणाकी पात्र निश्चय पनि होईनन । उनमा पनि श्वेताको जस्तै कोमल ह्दय छ । उनी पनि साहनु भूतिकी पात्र हुन । उनलाई यो पीडा दिने पात्र ओझेल भैसकेको छ । यिनी दुवै नारीको अवस्था फरक भए पनि पीडा चाही एउटै हो । हामी पीडित ह्दयलाई अझै पीडित तुल्याउने संस्कारबाट बाहिर आउनु पर्छ । यस अवस्थाले कर्म प्रति सचेत हुनुपर्छ । मानवीय समवेदनाको अपमान गर्नु हुदैन । खुश्बुलाई पनि हेला गर्नु हुदैन । सामाजिक सञ्जाल मार्फत उनी प्रति घृणा युक्त शब्दको प्रयोग नगरौं । उनी पनि यही समाजको एउटा अंग हुन । उनलाई दुख्दा समाजलाई पनि दुख्नु पर्छ । उनलाई हिंसा गर्नु भनको आफुलाई हिसा गर्नु हो । चरीले गरेको दुष्कर्मको सजाय उनलाई नदिउ । मान्छेको अजय शत्रु काल नै हो । मृत्यु सास्वत सत्य हो । मान्छे मरेर जान्छ कर्म रही रहन्छ ईतिहासको रुपमा । कर्म प्रति सजक रहनु ,शब्द बाडले कसैको दुखित ह्दयलाई छिया छिया नपारौं । दुश्कर्मी संग प्रेम गर्नु भनेको दुश्कर्म गर्नु कदापि होईन । रावण जालान्धर,कंश,दु्रयोधन आदिका पत्नीहरु संग हाम्रो साहनु भुति रहेको हुन्छ । यिनी पात्रहूरु पनि त दुष्कर्मी थिए । फेरि खुश्बु प्रति घृणा किन ?
दुश्कर्मीहरुलाई राम ,कृष्णले दुश्कर्मी भनेर मारे तर उनका परिजनसंग घृणा गरेनन अपितु प्रेम गरे । हाम्रो धर्म संस्कृति सस्कार आदिले पनि हामीलाई घृणा सिकाउदैन । पीडित माथि प्रहार गर्नु आफैमा एउटा दुश्कर्म हो । सो खुश्बुको पीडा माथि प्रहार गरेर हामी आफै दुश्कर्मी नबनौ । दुखकोबेला नगरौ हेला , आफै पनि   परियला फेला,समय बलियो हुन्छ , तर गतिशील हुन्छ । खुश्बु वा श्वेताले असमयमै दुखद अवस्थाको समाना गर्नु परेको छ , खुश्बु र श्वेता प्रति मेरो बराबर समवेदना छ ।

August 09, 2014

उकाली ओराली: कालिगण्डकी डाईभर्सन आखिरी कस्का लागि हो ?

उकाली ओराली: कालिगण्डकी डाईभर्सन आखिरी कस्का लागि हो ?: केशब काफले हामीले एउटा कल्पना गरेर हरौंत यदि तिनाउ खोलामा कालिगण्डकी मिसाएर अहिले कालिगण्डकी बगेझै तिनाउ खोला निरन्तर बगी रहन्छ भन...

कालिगण्डकी डाईभर्सन आखिरी कस्का लागि हो ?


केशब काफले


हामीले एउटा कल्पना गरेर हरौंत यदि तिनाउ खोलामा कालिगण्डकी मिसाएर अहिले कालिगण्डकी बगेझै तिनाउ खोला निरन्तर बगी रहन्छ भने त्यो पानी अन्तत बगेर कहा“ जान्छ ? यहा“निर के ध्यान दिन जरुरी छ भने बुटवल नगरदेखि भारत र नेपालको सिमाना धेरै टाढा छैन । मात्रै २५,३० किलोमिटरको दुरीमा छ सिमाना । यति बेला कालिगण्डकी घुमाएर तिनाउ खोलमा मिसाएर तिनाउ खोलालाई निरन्तर बगी रहने नदीमा परिणत गर्ने भित्री कार्य भै रहेको समाचारहरु छानिएर प्रकाशमा आउने गरेका छन । रुपन्देही क्षेत्रका सभासद ज्यूहरु यस कार्यमा गम्भीरता पूर्वक लागि परेका छन भन्ने समाचारहरु पनि प्रकाशमा आएका छन । यदी तिनाउ खोला नदीमा परिणत भएर निरन्तर बगिरहन्छ भने यसको अधिकतम लाभ कस्ले उठाउला त ? भारतले कि नेपालले ? हेक्का रहोस नदी नाला खोला पानीको विषयमा नेपाल भारतबाट पटक पटक ठगिदै आएको कुरा सबै देश बासीहरु सामु प्रष्ट छ । अब कालिगण्डकी घुमाएर तिनाउमा मिसाएर तिनाउ खोलालाई नदीमा परिणत गर्ने विषयले जलश्रोतमा एक पटक फेरि नेपाललाई ठग्न खोजिएको हो कि भन्ने शंका उब्जिएको छ । बाहिरी दृष्टिले हेर्दा त्यस्तो केही देखिदैन तर पृष्ठ भूमिमा यस्तै चलखेल नभएको होला भन्न सकिदैन । केही बुद्धिजीवी तथा विश्लेषकहरुले त्यस्तो हुन भारतले नै दिदैन पनि भन्ने गरको छन । भारतसंग विगतमा भएका सम्झौता अनुसार भारतले नै कालिगण्डकी डाईभर्सन गर्न दिदैन भन्ने गरेका छन । तर ध्यान दिनु पर्ने कुरा के भने हात्तीका देखाउने दात बाहिर र खाने दात भित्र हून्छन । यदि कालिगण्डकीलाई  घुमाएर तिनाउ खोलामा मिसाएर तिनाउ खोलालाई नदीको रुप दिईन्छ भने यसबाट नेपाललाई कुनै लाभ होला या नहोला तर भारतलाई भरपुर लाभ हुने छ । यसमा कुनै शंका गर्नु पर्दैन । 

नेपालका जनतालाई त यस योजनाबाट खसै के पो लाभ लिन सक्लान र ? बुटवल नगरबासीहरुले बुटवल नगरदेखि ५—६ किमिको दुरिमा रहेको झुम्साको मीठो र स्वच्छ पानी त खान नसकेर पानी अडकलेर खाने गरेका छन । यस्तै लोतिमारा पाराले त यहा“का नगरबासीहरुले कालिगण्डकीको पानी के खालान र खै ? यति नै बेला बुटवल नगरको पूर्विक्षेत्रका नागरिक र नेता गणहरु विश्व वैकको पैसा कता लगाउने भन्ने विषयमा लुछा चुडि गर्दै छन । बुटवलनगरको पूर्विक्ष्ँेत्र पिय पानीको विषयमा पछि रहेको छ । तर यहा“ विष्या कालिगण्डकी डाइभर्सनको हो । यहा“निर मुख्य रुपमा ध्यान दिनुपर्ने विषय के देखिन्छ भने नवलपरासी जिल्लाको त्रिवेणी क्ष्ँेत्रबाट पूर्वमा बुटवल हुदै पश्चिममा राप्ती नदीमा नपुगुन्जेल यस बीचमा निरन्तर बगिरहने कुनै ठूला नदी छैनन । त्रिवेणीदेखि पश्चिम राप्ती सम्मको दुरी महेन्द्र राजमार्गको दुरी मापन अनुसार लगभग सवा २०० किमि होला । यिनी दुवै ठूला नदीको मध्य भागमा नेपालसंग सिमाना जोडिएको भारतको हजारौ हेक्टर उब्जाउ भूमि सिचाई सुविधाबाट बञ्चित छन । यो कुरा धेरैलाई थाहा नहुन सक्छ तर यो सत्य तथ्य हो । 
भारतको यस क्ष्ँेत्रमा खानेपानीको पनि अभाव छ । यस्तो अवस्थामा यदि तिनाउ खोलामा कालिगण्डकी सलल बग्छ भने भारतलाई कत्तिको लाभ होला अनुमान गर्न खासै गाह्रो हु“दैन । त्यसकारण भारत आफु पछाडि बसेर यस क्ष्ँेत्रका नेता वा जनतामा सुख सुविधाको भ्रम छरेर पानीको चलखेल गर्न खोजेको हो कि भन्ने शंका उब्जाएको
 छ । नवलपरासी,रुपन्देही,कपिलवस्तु जिल्लाहरुमा नेपालको जति भूमि सिचाईबाट बन्चित रहेका छन यिनी जिल्लाहरुसंग सिमाना जोडिएको भारतीय क्ष्ँेत्रमा पनि भूमि सिचाईको उचित व्यवस्था छैन । यो क्ष्ँेत्र भारतको कृषि उपजका दृष्टिले निकै महत्वपूर्ण क्ष्ँेत्र हो । तर नदीको पानीद्धारा सिचाई व्यवस्था नहु“दा भारतले यस क्षेत्रबाट कृषिको समुचित लाभ लिन सकिरहेको छैन । नेपालले पनि कालिगण्डकीको पानीद्धारा उल्लेखित जिल्लाहरुको सिचाई र विकासको कुरा उठाएको छ । त्यसकारण यदि कालिगण्डकी डाईभर्सन गरेर तिनाउमा मिसाएर तिनाउ खोलमा कालिगण्डकी बगाउन सके यसको लाभ भारतले पनि उठाउने छ । त्यसै कारणले गर्दा यस योजनामा भारतको मौन सहमति या भित्री चलखेल नहोला भन्न सक्ने अवस्था छैन । 
तिनाउ खोलमा हिउदे याममा पानी हु“दैन । बाढ गंगा नदीको पनि अवस्था उस्तै उस्तै हो । यिनी दुवै खोला बर्खे खोला हुन । आखिरी पानी बगेर भारतमै जाने हो । कालिगण्डकी उताबाट बगेर नारायणीमा मिसिन जान्छ । तर नारायणीबाट कालिगण्डकीलाई अलग गर्दा भारतको त्यस क्ष्ँेत्रलाई कुनै फरक पर्दैन भने कालिगण्डकी तिनाउमा मिसाउन सके रुपन्देही कपिलवस्तु क्षेत्रसंग सिमाना जोडिएको भारतीय क्ष्ँेत्रलाई निश्चित रुपमा लाभ हुने देखिन्छ । त्यसकारण पनि यस योजनाले शंका उब्जाएको छ । 
भारतका लागि रुपन्देही,नवलपरासी,कपिलवस्तु जिल्लाका सिमा क्ष्ँेत्रबाट नहर निर्माण गरेर आफनो क्ष्ँेत्रमा पानी लैजान के ठूलो कुरा हो र ? सम्झौताको नाममा नदी नाला बेच्ने काममा हाम्रा देशका नेतागण त्यसै पनि खप्पिस छन । देशमा विकास हुनै पर्छ । यसमा दुई मत हुनै सक्दैन । तर विकासको लाभ देशबासीहरुले नै पाउन पर्छ । बुटवलदेखि उत्तरको सिद्धार्थ राजमार्गको अवस्था जिर्ण बनेको छ । विषेश त बुटवल तानसेन सडक खण्डको अवस्था निकै खराब छ । बुटवल तानसेन सडक मार्गलाई सुरुड्ड मार्गद्धारा सुरक्ष्ँित बनाउने दुरी घटाउने भन्ने आवाज पनि सुन्नमा आएका थिए । तर यति नै बेला यो महत्वपूर्ण कुरा सेलाएर गएको छ । जबकी गण्डकी घुमाउने विषयले प्राथमिकता पाएको छ ।
 यति नै बेला कालिगण्डकी डाईभर्सनको विषयले प्राथमिकता पाउ“दा सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल—तानसेन सुरुड्ड मार्गको निर्माणको विषयलाई ओझेलमा पारेको छ । महत्वका दृष्टिले सुरुड्ड मार्ग निर्माण पनि कम महत्व छैन । यसका पनि विविध पक्ष्ँहरु छन । तर यिनी दुवै योजनाहरु मध्ये सुरुड्ड मार्ग निर्माणको योनजा अघि सारिनु उचित देखिन्छ किन कि यो प्रत्यक्षरुपमा जनताको सुरक्ष्ँित यात्रासंग जोडिएको विषय हो । तर कुन्नी किन हो यस क्ष्ँेत्रका सभासद ज्यूहरु यस विषयलाई यही कुरेर कालिगण्डकी मन्थन गर्न पुग्नुभएको छ । बुटवल—तानसेन यति धेरै जिर्ण छ कि यस मार्गबाट यात्रा गर्ने यात्रुहरुले पहिले लेन देन घरव्यवहार आदी सबैको विषयमा बसियत नामा लेखेर मात्रै यात्रामा जानु पर्ने अवस्था छ । तर अहिले यस्तो महत्वपूर्ण विषयलाई ओझेलमा पारेर तिनाउन खोलामा कालिगण्डकी सलल पार्ने योजना अघि सारिएको विषय प्रकाशमा आएको छ । जसको विरोध सुरु भैसकेको छ । जबकी सुरुड्ड मार्ग निर्माणमा कसैको विरोध छैन । यस विषयमा गुल्मी,अर्घाखाची,स्याड्डजा,पाल्पा रुपन्देही नवलपरासी सबै जिल्लाका जनताको समर्थन रहने छ । 
कालिगण्डकी डाईभरसनको विरोध स्वरुप राम्दीघाटमा महायज्ञको थालनी गरिएको छ कालिगण्डकीको धार्मिक तथा ऐतिहासिक विषयलाई यस क्ष्ँेत्रका सबै जनताले राम्रै संग बुझेका छन । यति मात्रै होईन यसरी प्रकृतिक रुप मै बगिरहेको नदीलाइ छिन्न भिन्न पार्दा क्ष्ँेत्रको पर्यावरण मौसमी वातावरण आदिमा गम्भीर असर पर्छ भन्ने कुरा उठाएका छन पाल्पा र स्याड्डजाका जनताले । यस पंक्तिकारका विचारमा कालिगण्डकीलाई आफनै मार्गबाट यथावत नै बग्न दिनुपर्छ । कथम काल देशको कुनै क्ष्ँेत्रको विकासका लागि नदी डाईभर्सन गर्न जरुरी पर्छ भने पहिले त्यसको एउटा वृतिष्ट खाका जनता सामु पस्कीनु पर्छ । देश भित्र प्राप्त हुने संसाधनको लाभ देशका सबै जनताले पाउनु पर्छ । तर कालिगण्डकी डईभर्सनका माध्यमबाट भारतको सिचाईबाट बन्चित रहेको भूमिलाई लाभ पु¥याउने चलखेल रहेछ भने त्यसको खोज गरेर त्यसको तहसम्म पुग्न जरुरी छ । यसबारे प्रष्ट हुनु जरुरी छ । तिनाउमा झरेको गण्डकीको पानी कहा“—कहा“, कति—कति कस कसले प्रयोग गर्ने ? कति वटा नहर बन्ने ? कति पानी कपिलवस्तु कति पानी नवलपरासी, कति रुपन्देहीमा बटवारा गर्ने ? कति खाने पानीमा खर्च गर्ने ? भन्ने बारे एउटा विस्तृत खाका सहित पूर्वाधार तयार गरिनु पर्छ । किनकि पहिला पूर्वाधार नै तयार नगरीकन कालिगण्डकीलाई तिनाउमा मिसाएर यस क्षेत्रमा भद्रगोल मात्रै हुने र कालिगण्डकी युक्त तिनाउ बग्दै भारतको सुख्खा क्षेत्रमा पुगेर भारतलाई मात्रै लाभ पुग्ने काम गर्न हुदैन । 
यस विषयमा रुपन्देही नवलपरासी, कपिलवस्तु, पाल्पा, स्याड्डजा आदि सबै जिल्लाका जनता सजग रहन आवश्यक देखिन्छ । वुटवल नगर भित्रै पनि ५०० मिटर सडक कालोपत्रे हुन १ वर्ष लाग्ने हाम्रँे देशमा यत्रो महत्वकांक्ष्ँी योजना भित्र भित्रै जसरी छिटो—छिटो अघि बढेको देखिन्छ त्यसले पनि यस योजनाको पृष्ठ भूमिमा अन्य कुनै बाहिरी चलखेल हु“दै छ कि भन्ने शंका उब्जनु स्वभाविक नै हो । जे होस देश विकासका लागि नै यो महत्वकांक्ष्ँी योजना ल्याईदै छ भने विरोध गर्न पर्ने पनि देखिदैन । तर देश विकासको नाममा हाम्रा नदी नालाले अन्य छिमेकी देशलाई लाभ  पु¥याउन खोजिएको हो भने यसको विरोध हुनैपर्छ । 

August 03, 2014

छिमेकी धनी भए सधै सजग रहनुपर्छ


केशब काफले


संसारमा गरिब भएर बा“च्नु भनेको आफैमा एउट पीडा दायक विषय हो । अझै त्यो पीडा त्यति बेला झनै दुखदायी हुन जान्छ जब कुनै धनी तथा पाखण्डि मान्छेको छिमेकी भएर बस्नु पर्छ । चाहे त्यो गाउघरको कुरा होस अथवा शहरमा कोठा भाडामा लिएर बस्दा होस धनी तथा हेपाहा छिमेकी छ भने बसाई निकै पीडादायी हुन्छ । यो पीडा हामीहरु मध्ये धेरैजसोले भोगेका छौं । कोठा भाडामा लिएर धनी छिमेकीको बराबर भाडा तिरेर बस्दा पनि धनी छिमेकीको मनमानी सहिरन बाध्य हुनुपर्छ । यो कुनै नया“ विषय होईन । धनी छिमेकीसं“ग दबेर बस्नुपर्ने बाध्यता पुरानै हो गरिबका लागि । हुन त धनीसं“ग गरिब हेपिएर बस्नुपर्ने बाध्यता पुरानै हो गरिबका लागि तर यहा“ कुरा छिमेकीको हो अर्थात धनी छिमेकी ।
धनी छिमेकीसं“ग गरिब सधै पीडित भएको हुन्छ । धनी छिमेकीसं“ग बस्नु भनेको ओल्तीरको प्वालमा सर्प र पल्तीरको प्वालमा मुसा बस्नु जस्तै हो । मौका पायो कि झय्याम । धनी मान्छे र गरिब मान्छेको बीचमा कहिले पनि मित्रता हुन सक्दैन । त्यस्तै धनी छिमेकी र गरिब छिमेकीको बीचमा पनि कहिले मित्रता र मित्रवत व्यवहार हुन सक्दैन । किनकि धनीलाई धनले उचालेकै हुन्छ । उसले तल हेर्न जान्दैन । जबकि गरिबलाई सतहमै रहनु पर्छ । यदि उनी धनी व्यक्ति वा धनी परिवारले गरिबसं“ग मित्रता देखाउछ भने त्यो स्वाग मात्र हो  । धनीले देखाएको मित्राताप प्रति अवश्यनै उसको पछाडि कुनै स्वार्थ छ भनेर गरिबले सजगता अपनाउनु जरुरी हुन्छ । किनकि धनी मान्छेले कुनै गरिब मान्छेसं“ग निश्वार्थ मित्रता कदापि गर्दैन । धनी र गरिबको बीचमा विना स्वार्थ मित्रता हुनै सक्दैन । यद्यपि  धनी छिमेकीस“ग गरिबको पनि केही अपेक्षा हुन सक्छ तर धनी छिमेकी ले आफनो स्वार्थविना गरिबको अपेक्ष्ाँको पूर्ति गर्र्दैन । यस विषमा अनेक इतिहास साक्ष्ँि छन । गरिबले धनीसं“ग केही अपेक्षा राखेको हुन्छ भने धनीको ठूलै स्वार्थ लुकेको हुन्छ । धनी गरिब बीचको मित्रताको त्यही नै आधार हो ।  अन्यथा धनीले गरिबसं“ग किन मित्रता गर्नु पर्छ र ? त्यसैकारण धनी छिमेकीसं“ग सधै सावधान र सजग रहनु पर्छ । यस विषयलाई माहान नितज्ञं चाणक्यले पनि समर्थन गरेका छन । धनी छिमेकीले सधै गरिब छिमेकीको लाचारीको फाईदा उठाउदै सुस्त सुस्त गरिबको आस्तित्व नै मेटाउन सक्छ । धनी छिमेकीले सधैव गरिब छिमेकीको गरिबी लाचारी बेबसी आदिको अनैतिक तरिकाले फाईदा उठाई रहेको हुन्छ । थोरै थोरै गरेर साधि मिच्ने,लुकिछिपि घुसपेठ गर्ने,बलमिचाई गर्ने,सामदाम दण्ड भेद जसरी हून्छ गरिब छिमेकीलाई सताएर गरिबको अस्तित्व समाप्त गरेर आफनो एकाधिकार गर्न सधैव उद्दत रहन्छ धनी छिमेकी । 
धनी छिमेकीको गरिब छिमेकी प्रति प्रत्येक क्रियामा उसको आफनो स्वार्थ लुकेको हुन्छ । यस विषयलाई सहजता पूर्वक सिद्ध गर्न सकिन्छ । गरिब बोल्न सक्दैन,बोले पनि उसको कुराले ठाउ“ पाउदैन ,गरिबको तार्किक तथा यथार्थ परक कुरा पनि कसैले सुनिदिन्न, गरिबको कही पहु“च ह“ुदैन , गरिब गरिबी नै पिल्सिएको हुन्छ जसको लाभ धनी छिमेकीले उठाइ राख्छ । त्यसकारण धनी छिमेकीसं“ग सधैव सावधान रहन जरुरी हुन्छ । त्यसैकारण मित्रता समान हैसियतमा मात्र फलदायी हुन्छ । राम्रा्े विचारको मानवतावादी,सुखदुखको साथी,मिलनसार,सुह्दई छिकेकी पाउनु आफैमा भाग्यको कुरा हो । तर त्यस्ता छिमेकी आफु जस्तै गरिब मात्रै हुन्छन । आफु भन्दा धनी छिमेकीमा कतिपय यस्ता हुन्छन,जसले सधै निधारमा टिका लगाउछन,कण्ठीमाला भिर्छन,भजन किर्तन गर्दै हिंडछन,अरुलाई नैतिकताको पाठ पढाउ“छन तर आफनो चिन्तनमा सधै छिमेकीको एकदुई मित्ता साध किल्ला मिचने , कहा“ कसरी हो छिमेकीको अहित गर्ने भन्ने चिन्तन रहेको हुन्छ । सास्त्रपढेका शाब्दीक ज्ञान भएका तर बौद्धिक दृष्टिले कंगाल छिमेकीसं“ग सधै सावधान रहनु पर्छ । छिमेकीको एकहात साध मिचेर छिमेकीको आत्मा  दुखाएर आत्म तृप्ती प्राप्त गर्ने पाखण्डी छिमेकीसं“ग सधै सजग रहनु पर्छ । चन्दन लगाउने रामराम जपने ह्दयमा छुरा राख्ने छिमेकीहरुसं“ग अत्यधिक सजग रहनु पर्छ । 

यो विषय कुनै दुई छिमेकी वा दुई व्यक्तिमा मात्रै लागु ह“ुदैन । यो विषय २ राष्ट्रबीचमा पनि बराबर लागुृ हुन्छ । धनी छिमेकी देशसं“ग गरिब छिमेकी देशलाई सधै दबेर रहनुपरेको हुन्छ । मानौ जस्तै भारत नेपाल र चिन बीचरा नेपाललाई दुई—दुई  धनी छिमेकी बीच च्यापिनु परेको छ । एउटाले उत्तर तान्छ अर्कोले दक्षिण तान्छ । नेपाल गरिब छ । उसका दुवै छिमेकी धनी छन । तिनी धनी छिमेकीहरुको आआफना स्वार्थ छन । यिनी धनी छिमेकीहरुले नेपालको विकासमा भन्दा पनि आ–आफना स्वार्थ पूर्तिका लागि मित्रता गर्ने गरेका छन । 
कुनै पनि  धनी छिमेकी देशले आफनो दिर्घकालीन स्वार्थ पूर्ति बिना गरिब देशमा आफनो ठूलो प“ूजी खर्च गर्दैन । नेपाल धनी छिमेकीहरुसं“ग पटक पटक ठगिदै आएको छ । कारण नेपाल सं“ग पू“जी छैन । नेपालसं“ग प्रयाप्त मात्रमा संमसाधन मौजुद छन यिनी संसाधनको दोहनका लागि धनी छिमेकीहरु सधै लालाइत रहन्छन । जो संसाधन नेपालसं“ग छ त्यो धनी छिमेकीहरुसं“ग छैन । उनीहरुले पनि लगाउन सक्छन हाम्रो संसाधनको दोहन गर्न सक्छन । तर दोहन गरेर प्राप्त गरेको लाभ भागवण्डामा नेपालले पनि बराबर पाउनु पर्छ । र हक अधिकारको साथमा पाउनु पर्छ । सानो बनेर हात तल पारेर होईन । बराबरीमा हात मिलाएर पाउनु पर्छ । यस्तो चाहना राख्छन नेपालका देश प्रेमी जनताले । 
यतिनै बेला धनी छिमेकी देश भारतका प्रधानमन्त्रीको आसन्न नेपाल भ्रमणले नेपाली सञ्चार माध्यमहरु र नेपालको कुटनीतिक वृत्तमा उत्साह जगाएको छ । नेपाल भारत बीच पू“जी लागनी उर्जा उत्पादन उर्जा वितरण आदीको विषयले नेपाली सञ्चारमा माध्यमहरुलाई प्रयाप्त खुराक दिएको छ । तर सावधान धनी छिमेकीले फेरि एक पटक झुक्याउन सक्छ । १९५० देखि नेपाल भारत बीच जति पनि सन्धी सम्झौता हु“दै आए तिनै सबै सन्धी सम्झौतामा भारत नेपाल माथि भारी पर्दै आएको छ । भारतले नेपालसं“ग खोज्ने प्रमुख स्वार्थ राजनीतिक कुटनीतिक तथा सुरक्ष्ाँको सम्बन्धमा आफु बलियो हुनु नै हो । यिनी स्वार्थ पूर्ति गर्न भारतले नेपालमा राजनीतिक अस्थिरता पनि पैदा गर्ने गरेको छ । नेपालको कमजोर पक्ष के रहेको छ भने भविष्यको मुल्यांकन नगरिकन तत्कालको फाईदा देखेपछि सम्झौता गरिहाल्ने अनि फेरि पछि पछुताई रहने । 
भारतले यति नै बेला पनि नेपालको ५४ स्थानमा सीमा अतिक्रमण गरेको तथ्यांक देखिन्छ । फेरि यस्ता मिचाहा छिमेकीले भसक्कै देलान र खाउ“ला भनेर ठूलो महत्वकांक्ष्ाँ पाल्न बेकार हुनेछ । उर्जाको क्ष्ँेत्रमा भारत आफै पनि नेपाल जत्तिकै पीडित छ । त्यसकारण भारतले नेपाललाई दृष्टिगत गरेर नेपालमा उर्जा उत्पादन गर्ने होइन,उसले त नेपालमा  उर्जा उत्पादन गरेर उर्जा कमीको पूर्ति गर्ने हो । त्यसकारण उर्जा उत्पादन र उर्जा सम्झौता गर्दा यो धनी र हेपाहा छिमेकीसं“ग अत्यधिक सावधान रहन जरुरी छ । विगतमा भएका कुनै पनि सम्झौता नेपालका हितमा छैनन । अब फेरि अति उत्साहमा गल्ती नदोहोरिओस भन्ने जनताको चाहना हो । यस विषयमा ध्यान पु¥याउन अति आवश्यक छ । 
धनी तथा बाठो छिमेकी पाहुना हुन आउदा ठूलो मान्छे गरिबको पाहुना हुन आयो भनेर फुरुड्ड हुनु भन्दा पनि उसको चासो र मनसाय बुझन जरुरी हुन्छ । पटक पटक धोका खान हु“दैन । बिरालोले पनि एक पटक तातो  दुधले डढेपछि सेतो पेय पदार्थ फुकि फुकि पिउने गर्छ अरे । हामीले पनि त्यो सीको सिक्नै पर्छ । संसारमा सीमाना अतिक्रमणका कारण नै दुई देशहरु बीच युद्ध भएका अनेकौ घटना छन । ल ठीक छ नेपालले भारतसं“ग युद्ध त गर्न सक्दैन । तर तिनी तमाम मिचिएका सिमानाका विषयमा कुरा उठाएर गम्भीर छलफल त गर्न सक्छ नि तर अभैmसम्म त्यस्तो भएको पाइदैन । नेपालमा हल्ला खल्ला ह“ुदैछ संचारका माध्यमहरु मोदीमय भएका छन किनकि मोदी नेपाल आउदैछन । तर के नेपाली पक्ष्ँले सीमा अतिक्रमण बारे गृहकार्य गरेर बसेर आफनो अडान लिन सक्ला त ? मुख्य हेर्ने विषय यही नै रहने छ ।
 नेपालले नचाहे भारतले कुनै पनि विषयमा आफुलाई घाटा हुने देशलाई नोक्सान पु¥याउने  सन्धी सम्झौता गर्न बाध्य गर्न सकदैन भारतले । दुर दृष्टि नभएका नेपाली शाकहरुको पनि उत्तिकै गल्ती छ यस विषयमा । हाम्रो देशको संसाधानको दोहन गरेर हामी माथि नै गुन लगाउने खण्डको सम्झौता नहोस अब भारतसं“ग । मोदी आउछन पाहुना हुन  सम्मान हुनुपर्छ । तर आफनो सम्मान गुमाएर होईन कि बराबरको हैसियतमा उभिएर । मोदीले भारतलाई घाटा हुने गरी या नेपाल गरिब छ भनेर नेपाल माथि दया गरेर केही दिने वाला छैनन । हुन त सबै कुरा नकारात्मक सोचेर मात्रै ह“ुदैन । आफ्नो अवस्था पनि हेर्नु पर्छ । तर धनी छिकेकीसं“ग मित्रता र सम्झौता आदि गर्दा सावधान र सजग रहन अति आवश्यक हुन्छ । 

July 29, 2014

तरकारीमा विषादी आवश्यकता कि बाध्यता ?




केशब काफले


तरकारीमा अत्यधिक विषादी प्रयोग सम्बन्धी समाचारहरु प्रकाशनमा आउन थालेपछि यो विषय उपभोक्ताहरुका बीच गम्भीर चासोको विषय बनेको छ । र चासो हुनु पनि पर्छ । किनकि मुनष्य जीवनमा स्वास्थ्य भन्दा ठूलो सम्पत्ति अन्य केही पनि हु“दो रहेन छ । स्वास्थ्य नै धन हो भन्ने विषयको ज्ञान सबैमा नहुन सक्छ । तर त्यस्ता व्यक्तिहरु सं“गत्यस विषयको प्रयाप्त ज्ञान हुन्छ,जो व्यक्ति निरन्तर रोग व्याधिसं“ग संघर्ष गर्दै आईरहेका छन । यहा“ प्रश्न विषक्त हरियो तरकारीको मात्रै नभएर विषाक्त खाद्य पदार्थ हो । यस आलेखको मध्यमबाट खाद्य पदार्थमा पढ्दो विषादी प्रयोगका केही मुख्य कारणहरु प्रष्ट्याउने प्रयत्न गरिएको छ ।

हरिया तरकारीमा हुने गरेको विषादी प्रयोग सम्बन्धी सत्य तथ्यलाइ हेरेर अमल गर्ने हो भने आज कुनै पनि हरिया तरकारीहरु स्वास्थ्यका दृष्टिले खान योग्य हु“दैन । अझै त्यसैमा पनि हरिया साग पातहरु त झनै खानै ह“ुदैन ।  किनकि सागपात जन्य हरिया तरकारीहरुमा सबै भन्दा धेरै विषादी प्रयोग गरिएको हुन्छ र सागपात जन्य तरकारीहरुबाट हामी उपभोक्तहरुले प्रत्यक्ष्ँ रुपमा विषादी खाने गरेका छौं । किनकि हरिया सागपात फोकेर (छिल्का फालेर) खान मिल्दैन । त्यस कारण आज जुन सागसब्जीमा विषादीको छिडकाउ गरिन्छ भोलि पल्ट त्यही सागपात बजारमा आईपुग्छ । र त्यसबाट हामीले प्रत्यक्ष्ँ विषादी खाने गरेका छौं । त्यसै पनि अन्य हरिया तरकारीको तुलनामा सागजन्य तरकारीमा विषादीको प्रयोग धेरै हुने गर्दछ । हुन त व्यवसायी तरकारी खेतीमा हरिया तरकारीहर सबैमा विषादीको प्रयोग हुन्छ नै । त्यसैमा पनि सागपात जन्य तरकारीमा झनै उच्च मात्रामा विषादीको प्रयोग हुन्छ । तर जानजानै पनि उपभोक्ताहरु त्यस्ता विषादी युक्त तरकारीको उपभोग गर्न बाध्य छन । किनकि खुर्सानी बिना भान्सा चाहे नरोकिएला तर दाल तरकारी बिना भान्सा अवस्य नै रोकिन्छ । आखिरी यो अत्यधिक विषादी  प्रयोग सम्बन्धी विषयको दोषी को हो त ?

व्यवसायिक तरकारी खेतीगर्ने किसान । अथवा कृषि फारामहरुले विषादी प्रयोग नगरिकन तरकारी उत्पादन गरेर मुनाफा हु“दैन । जब कि व्यवसायको अर्थ नै मुनाफा कमाउनु हो । अर्को तर्फ व्यसायिक तरकारी खेती अथवा व्यवसायि कृषिको खेती युवाहरुका लागि बाध्यता बनेको छ भने अर्को तर्फ आवश्यकता पनि बनेको छ । समयको माग पनि बनेको छ । देशमा बढदो बेरोजगारको समस्यालाई केही हदसम्म भए पनि व्यावसायिक तरकारी खेती र व्यावसायिक कृषि खेतीले समाधान गर्ने गरेको छ ।

तरकारी अथवा कृषिको क्षेत्रमा विषादी प्रयोगको समस्या अकस्मात पैदा भएको होईन । यसका अनेक पाटाहरु छन । जसमा मानव आफैले गरेको गल्ति भनौ अथवा भुल भनौ को भुमिका नै मूख्य छ । तरकारीमा हुने गरेको विषादी प्रयोगमा हाल कृषि पेशमा लागेका किसान र कृषि फारामहरु मात्रै दोषी छैनन । यस विषयको जरो निकै गहिरो छ । जति गहिरो छ उत्तिकै डरलाग्दो पनि छ । विषादी प्रयोगमा एकातिर किसानको बाध्यता छ भने अर्का तिर आवश्यकता पनि उत्तिकै छ ।


व्यापारमा जतिजति लाभ ह“ुदै जान्छ व्यापारीको लोभ पनि    उत्तिकै बढदै जान्छ । आफनो मालको बजारमा खपत देखेर व्यवसायी र उत्पादन कर्ता उत्साहित हु“दै जान्छन । लोभ बढदै जान्छ । उत्पादनमा बृद्धि गर्दै जान्छन् । भन्ने गरिन्छ कि ‘जिमी प्रति लाभ लोभ अधिकाई’ यो व्यापार व्यवसायको सिद्धान्त नै हो । अब तरकारी खेतीमा उत्पादनमा  वृद्धि गर्ने विकल्प विषादी प्रयोग बाहेक अरु के छ र ? छिटो छरितो उत्पादनका लागि कृषकहरुले रसायनिक मल र अन्य विषादीहरुको अन्धा धुन्द प्रयोग गर्ने गरेका छन । उनीहरुले उत्पादन जसरी गरे पनि बजारमा निर्विरोध खपत भईरहेको छ । हेक्का राख्नु पर्ने ,विषय के हो भने युरिया आदि  रसायनिक खादहरु पनि विषादी नै हुन । तर जस्तो कि माथि उल्लेख गरिसकियो यसमा किसानमात्रै दोषी छैनन । विषादी प्रयोग किसानको बाध्यता बनेको छ भने मानव समाजको आवश्यकता बनेको छ । यस विषयमा समकालीन मानव समाजदेखि वर्तमान मानव समाज समान रुपमा दोषी देखिन्छन । किनकि मानव समाजले भोलिका दिनमा आइ पर्ने भयानक परिणामका बारेमा हिजो पनि विचार पु¥याउन सकेको थिएन र आज पनि त्यो विचार पु¥याउन सकेको छैन ।


 मानव समाज प्राणी जगतको सर्वश्रेष्ठ प्राणी हु“दा ह“ुदै पनि मानवले स्वयम मानव जातको हित र सम्पूर्ण प्राणी जगतको हितमा त्यो विवेकको प्रयोग गर्न सकेको छैन जो कि गर्नै पर्ने थियो । मनुष्यको विवेकहिनतको परिणाम स्वरुप आज हरिया तरकारी त के सम्पूर्ण खाद्य पदार्थमा विषादी को प्रयोग गर्न परिरहेको छ । जसको लाभ व्यवसायिक किसान र किटनाशक उत्पादन कर्ताहरुले उठाई रहेका छन ।

 मनुष्यले आफनो विवेकद्वारा भविष्यमा आईपर्ने कठिनाई लाइ दृष्टिगत गरेर जनसंख्या नियन्त्रण गर्न सकेन । तीव्र रुपमा जनसंख्या बढदै गयो । वढदै गएको जनसंख्या अनुसार नै उत्पादनमा वृद्धि गर्नु पर्ने बाध्यता बढदै गयो । यहा“निर  ध्यान दिनुपर्ने विषय के छ भने धर्ति सीमित छ जब कि जनसंख्या बढदो छ । सीमित धर्तिबाट नै बढदो जनसंख्याका लागि खाद्य पदार्थ सहित अन्य सबै भौतिक वस्तुको पूर्ति गर्ने हो । फेरि प्राकृतिक वस्तुको मागको पूर्ति हुन्छ त ?

आज कुनै पनि खाद्य पदार्थ विषादी रहित छैनन । किनकि कुनै पनि खाद्य पदार्थ प्रकृतिक तथा पारम्पारिक पद्धतिद्वारा उत्पादित हु“दैनन । कृत्रिम तरिका अपनाएर उत्पादन गरिएको तरकारी अथवा खाद्य पदार्थमा रोग तथा किट पतं·को आक्रमण धेरै हुने गर्दछ । जसलाइ नियन्त्रण गर्न विषादीको प्रयोग गर्नु पर्दछ । त्यसैकारणले गर्दा हरिया तरकारीहरु त खान योग्य छैनन । त्यति मात्रै होईन आज गाई भैसीको दुध घिउ, अथाव दुग्ध जन्य पदार्थ पनि शुद्ध र विषादी रहित छैनन ।

 विषादीको मात्रा थोरै होला त्यो बेग्लै कुरा हो बढदो जनसंख्याको मागको पुर्ति गर्नको लागि हरिया तरकारी तथा अन्य खाद्य पदार्थमा विषादीको प्रयोग अनिवार्य नै बनेको छ । त्यसकारण यस विषयमा पुरा मानव समाजनै दोषी देखिन्छ । जनसंख्या वृद्धि जारी छ धर्ति सीमित छ । तराई क्षेत्रको उब्जाउ भूमि शहरी करणले गर्दा समाप्त ह“ुदैछ । उब्जाउ भूमि माथि धमाधम पलटि· गरेर भूमि मासिदै छ । हिजोका उब्जाउ भूूमिमा आज   ठूला ठूला कालोनिको निर्माण भईरहेको छ । विज्ञानले समुन्द्रमा खेतीगर्ने तरिका खोज्न सकेको छैन । मरुभूमि खेतीगर्न सकिएको छैन । फेरि मागको पूर्ति कसरी हुन्छ त ? तर यति सरल विषय पनि हामी महाबुद्धिमान मनुष्यले अझै बुझिसको छैनौ । २ छोरी जन्मिसके पछि पनि छोराको लोभमा अझै २ छोरी अथवा छोरा नै भए पनि १ छोराले भएन २ छोराको लोभमा जनसख्या वृद्धि गर्ने काम जारी नै छ । फेरि दोष कस्को ? कृषकको मात्रै हो र ? हाम्रा धार्मिक मन्यता पारम्पारिक सोंच आदि सबै दोषी छन ।

 परिवर्तनको नाममा अथवा आधुनिकताको नाममा छोट कपडा लगाउने अंग्रेजी घोलमोल गरेर बोल्ने सोचको विकास भए पनि तिनै आधुनिकता अपनाउनेहरुमा छोरा छोरी बराबर भन्ने सोचको  विकास अझै पनि हुन सकेको छैन । पढेलेखेका डाक्टर इन्जिनियर शिक्ष्ँक, अर्थात समाजको शिक्ष्ँित र बुद्धिजीवी वर्गमा पनि पारम्पारिक विचारको गुणगोहर बा“की नै छ । फेरि तरकारीको रुपमा मधुरो विष नखाएर के खाने त ? एउटा सोधको तथ्यांकको अनुसार संसारका सबै मनुष्यले मांशाहारको त्याग गरेर साकाहारी भोजन गर्न थालिन्छ भने अन्न उत्पादनमा तत्काल ३५ प्रतिशतका दरले वृद्धि गर्न जरुरी देखिन्छ  । यदि त्यस्तो हुन नसके ३५ प्रतिशत जनता भोकै बस्नु पर्ने हुन्छ । त्यति मात्रै होईन सबै मनुष्य शाकाहारी हुन्छन भने तरकारीहरुको उत्पादनमा आज नै यति सारै विषादीको प्रयोग भएको छ भने तब झन कति प्रयोग गर्न पर्ला त्यति मात्रै हाईन सबै शाकाहारी भएको खण्डमा आज बजारमा अरहरको दाल जे भाउ विक्री भईरहेको छ त्यसको मूल्य ३ दोब्बरले बढेर जान्छ । दाल मात्रै होईन हरिया तरकारी आदि सबै शाकाहारी खाद्य पदार्थको मूल्य पनि त्यसै पनि बढेर जान्छ । दाल अनुमानित ७—८ सय रुपैया“ बढेर जान्छ । फेरि उत्पादनको वृद्धि पनि त्यही अनुपातमा गर्नु पर्ने छ । त्यस अवस्थामा प्राकृतिक रुपमा गरिएको उत्पादन हात्तीको मुखमा जिरा भन्छन तर हात्तीको मुखमा जीरा नभएर जीरो हुने छ । आवश्यकताको पूर्तिका लागि  सबै प्रकारका   कृत्रिम तरिका अपनाउनु पर्ने हुन्छ । जसमा प्रमुख भूमिका विषादी नै रहने छ । जस्तो कि उल्लेख गरिसकियो विषादी प्रयोगलाई प्रोत्साहित गर्ने अनेक कारणहरु छन जस्तै कृषकको आर्थिक प्रलोभन,विषादी उत्पादन कम्पनीको आर्थिक प्रलोभन, विषादी प्रयोग गर्नु पर्ने बाध्यता ,  बजारमा मागको पूर्ति गर्नु पर्ने बाध्यता तर कारण र निचोड जनसंख्या वृद्धि नै हो ।

कसैले भन्छन विषादी प्रयोग गरे जनता मर्ने नगरे किसान मर्ने । तर कसरी मर्छ किसान ? एउटै झाल एउटै रुख,एउटै विरुवा बाट क्षमता भन्दा दोब्बर तेब्बर उत्पादनका लागि अत्यधिक मात्रामा रसायनिक मल र विषादी प्रयोग गर्ने किसान त दोषी छन नै तर हामी उपयोग गर्ने जनता पनि उत्तिकै दोषी छौं । चिकित्सकहरुले पनि अधिका—अधिक हरियो परियो खाने सल्लाह दिन्छन । हामीहरु पनि  हरियो सागपात अथवा  हरियो तरकारी भने पछि मरिहत्ये गर्दछौं । जति उत्पादन गरे पनि मागको पूर्ति हु“दैन खपत भएकै छ । उत्पादन कर्ताको लोभ बढदै जान्छ । तर आज जति धेरै हरियो परियो खायो उति धेरै विषादी खाईन्छ । यो विषय आफै चिकित्सकहरुलाई थाहा हु“दैन । किनकि उत्पादन गर्न चिकित्स खेतमा त जा“दैनन । रुखभरिको फलफूल एकै पटक टिपेर विषादीले एकै पटक पकाएर बजारभरी पयांलपुर गरिन्छ । तर यस विषयमा सरकारको तर्फबाट विषादी प्रयोग सम्बन्धी कुनै मापदण्ड,रोकतोक छैन ।

किसान मर्ने भन्दा पनि किसानमा लोभ बढी देखिन्छ । एउटै लौकाको झालमा १० देखि ३०—४० को हाराहारीमा लौका फल्छन । लौका अफ सिजनमा ६० देखि १०० रुपैया“ किलोसम्म विक्छ एउटै लौका १ देखि ३ केजीसम्म हुन्छ । आज यति नै बेला तब जबकी लौका,घिरौला,बोडि तरकारी आदिको सिजन हो र पनि यिनी तरकारी यति नै बेला पनि ३० देखि ५० रुपैया“ किलोसम्म विक्री हु“दैछ कसरी मर्छन त किसान ? कति लागत लाग्छ एउट लौकाको झालमा  घिरौलाको झालमा ? कति लाग्छ एउटा गरामा साग उमार्न , जबकी २०० ग्रामको सागको मुठा १० देखि ३० रुपैया“ सम्म विक्छ बजारमा । आज साग टिपेर प्रोटिन आदिको रुपमा विषादी छर्कने पर्सि फेरि उत्तिकै तयार हुन्छ । फेरि त्यही बजार पूग्छ । रहस्य धेरै छन यसमा । कमाईको कुरा गरेर ह“ुदैन कसैले बसी बसी एकै दिनमा लाखौ कमाउ“छ,कसैले दिनभरी पसिना बगाएर पनि १०० रुपैया“ मात्रै कमाउ“छ । त्यो देखेर ह“ुदैन ।

मावनको स्वास्थ्यस“ंग गम्भीर खेलवाड भईरहेको छ । तर दोषी हामी पनि छौ कृषक मात्रै होईन । हामीहरुले प्रोसाहित गरेका छौ । हामीलाई दालले मात्रै हु“दैन तरकारी चाहियो, चटनी पनि चाहियो, अधुवा, जुवानो, टिमुर, ज्याम्मु, लसुनको झोल भोलले ह“ुदैन हामीलाई । मीठै चाहियो स्वादीलो चाहियो । चाहे त्यो स्लो पैजन नै किन नहोस  । दोषीका क्ष्ँेत्र खोज्दै जाने हो भने धेरै छन । तर मुख्य जनसंख्या वृद्धि नै हो । आज लोभ लाग्दा हरिया तरकारी खाएर शरीरले  भिटामिन पाउ“दैन प्रोटिन पाउ“दैन पाउ“छ त के ग्याष्टिक पाउ“छ,अस्लस पाउ“छ,प्यारालाईसीस पाउछ,आ“खाको दृष्टिकम आ“खाबाट आ“सु आउने,आदि आदि पाईन्छ । तर अझै पनि जनसंख्यामा दिन प्रतिदिन वृद्धि भईरहेको छ । समुन्द्रमा खेती हु“दैन रेगिस्तानमा खेती ह“ुदैन । पृथ्वीको आकारमा वृद्धि हु“दैन । तर आवादीको वृद्धि रोकिदैन । उत्पादनको वृद्धि गर्नै पर्छ विषादीका प्रयोग गर्नै पर्छ । र त्यही विषादी युक्त तरकारी अथवा अन्य खाद्य पदार्थको उपभोग जनताले गर्नैै पर्छ ।

आज भन्दा १५ –२० वर्ष पहिला जुन खेतमा १० मुरी धानको उत्पादन हुन्थ्यो त्यसै खेतमा आज ५०–६० मुरी धान उत्पादन हुन्छ । जुन बारीमा त्यति बेला ५ मुरी मकै फल्थ्यो आज त्यही बारीमा २० मुरी मकै उत्पदन हुन्छ । कसरी उत्पादन हुन्छ त विना विषादी प्रयोग नगरी हुन्छ त ? फेरि पनि खाद्य पदार्थको पूर्ति हु“दैन । माग बढदै जान्छ । कारण जनसंख्या वृद्धि नै हो । फेरि यस श्रेष्ठ प्राणीले कुरा किन बुझदैन त ? छोरी जन्मिएर छोरा जन्मने आशमा जनसंख्या वृद्धि, छोरा जन्मिए एउटी छोरी त हुनै पर्छ नत्र छोराहरु तिहारमा अलपत्र हुन्छन । यस्तै विचार र मान्यताले गर्दा विषादी प्रयोग अनिवार्य बन्दै गएको छ ।

आज भारतमा १ सेकेन्डमा ५ वटा बच्चा जन्मन्छन । र १ सकेन्डमा २ जना मान्छे मर्छन । अर्थात तिनको संख्या वृद्धि हुन्छ । नेपालमा पनि जन्मदर र मृत्यु दरमा ठूलो अन्तर छ । अब यस अन्तरलाई सन्तुलित गर्न मृत्युदर बढाउने कुरा तार्किक ह“ुदैन । तर जन्मदर कम गरेर जन्मदर र मृत्यु दरलाई सन्तुलित गर्न नसकिने होईन । जम्मा सरकार ईमान्दार र जिम्मेदार हुनुपर्छ । तर समस्याको समाधान सरकारको् प्रयासले मात्रै ह“ुदैन जनताले आफनो विवेकको प्रयोग गर्नु पनि जरुरी छ । उत्पादन गर्ने किसान देखि उपभोग गर्ने आम जनता सम्मा विषादीको प्रयोग र उपयोगले स्वास्थ्यमा पर्ने असर बारे सचेत हुनु जरुरी छ जन्मदर र मृत्यु दरमा कसरी सामन्जस्य बसालेर यसैलाई सन्तुलित गर्ने भन्ने तर्फ सरकार सरोकार वाला सबै लाग्नु पर्छ । अन्यथा परिणाम भयानक हुने छ । समस्याको जरो पहिल्याउन पर्छ । समस्याले महामारीको रुप नलिदै रोकथाममा ध्यान दिनु पर्छ । खेती योग्य जमिन मासिनु ह“ुदैन । आधुनिकता शहरमा मात्रै हु“दैन शहर पसेर मात्रै आधुनिक भईदैन तीव्र सहरीकरण मथ्थर गर्नुपर्छ । आधुनिकता शहरमा होईन विचारमा ल्याउनु पर्छ ।

July 19, 2014

उकाली ओराली: गरिब देशको धनी बजेट तर निराशाजनक

उकाली ओराली: गरिब देशको धनी बजेट तर निराशाजनक: केशब काफले   यति नै बेला एक दृष्टिले हेर्दा देशमा पूर्ण बहुमतको सरकार छ । र त्यही पूर्ण बहुमतको सरकारले आर्थिक वर्ष २०७१।०७२को आयव्य...

गरिब देशको धनी बजेट तर निराशाजनक


केशब काफले

 

यति नै बेला एक दृष्टिले हेर्दा देशमा पूर्ण बहुमतको सरकार छ । र त्यही पूर्ण बहुमतको सरकारले आर्थिक वर्ष २०७१।०७२को आयव्यय जनता समक्ष्ँ प्रस्तुत गरिसकेको छ । सरकारद्धारा प्रस्तुत गरिएको यस बजेटलाई निजी क्षेत्रले सकारात्मक रुपमा लिएको देखिन्छ । किनकि यस बजेटमा निजी क्ष्ँेत्रलाई आकर्षित गर्न खोजेको देखिन्छ । यस बजेटले आशिंक रुपमा मध्यम वर्गलाई पनि समेटेको देखिन्छ । तर सदाको झैं यस पटकको बजेटले पनि गरिब वर्ग र गरिबीको रेखामुनि रहेको वर्गलाई पटक्कै छोएको छैन । पूर्ण रुपमा नजरअन्दाज गरिएको छ निम्न वर्गको तर्फबाट । सरकारी कारिन्दाहरुको तहअनुसार दुई देखि ९हजारसम्म तलबवृद्धि गरिएको छ । जसको फलस्वरुप २—४ दिन भित्रै बजारमा १५ प्रतिशत देखि २५ प्रतिशत सम्म महगी आउने निश्चित छ । यस महंगीको मार निम्न वर्गले नै झेल्ने हो । तर यस महगीबाट निप्टने खोज अर्थ मन्त्रीले गर्न सकेको छैनन । सबै क्षेत्र सबै वर्गलाई समेटको छु भनेका अर्थ मन्त्रीले निम्न वर्गतर्फ दृष्टिपात गर्न पनि भ्यएका छैनन । सबै वर्गलाई समेटने कोसिस गर्दा गर्दै हो वा जानाजानै हो निम्न वर्गलाई समेटन त के कुरा हेर्न पनि चाहेका छैननन् अर्थ मन्त्रीले ।

विषेशतः यति नै बेला जनस्तरबाट उठिरहेका माग तथा विषय बस्तुहरुलाई कहिबाट पनि सम्बोधन गरिएको देखिदैन । नया“ सरकार संग आम जनताले केही नया“ पनको अपेक्ष्ाँ गरेका हुन्छन । तर प्रस्तुत बजेटमा केही नया“पन र भरस लाग्दो विषय कही पाईदैन । वर्तमान समयमा विकराल समस्याको रुपमा रहेको बेरोजगारीलाई कसरी समाधान गर्ने भन्ने तर्फ सरकारको ध्यान पटक्कै गएको छैन बजेट मार्फत । नया“ योजनाको सुरुवात गरेर कसरी नया“ रोजगारको सृजनागर्ने र बेरोजगारी दुर गर्ने भन्नेतर्फ बजेटमा कही उल्लेख छैन । महंगीको मारमा परेर त्रस्त बनेको निम्न वर्र्गलाई कसरी राहत दिने भन्ने तर्फबाट सरकार र सरकारी बजेट पूर्ण त चुप लागेको छ । निम्न वर्गलँई तत्काल राहत दिने जस्ता कुनै योजना छैनन बजेटमा फेरि यस बजेटलाई कसरी सन्तुलीत भन्न सकिन्छ र ? कर्मचारीहरुको तलब वृद्धि सगै बजारमा महगी निश्चित रुपमा आउछ । यसमा सन्देह गर्नु पर्दैन । तर त्यस महगाईलाई कसरी समायोजित गर्ने कसरी महंगि नियन्त्रण गर्ने , कसरी बजारलाई सन्तुलीत गर्ने र कसरी बजार व्यवस्थापन गर्ने भन्ने कुनै ठोस योजना देखिदैन बजेटमा ।
महंगी नियन्त्रण बजार व्यवस्थापन बजारमा वस्तुको सुलभता आदि जस्ता जनचासोका मुख्य विषय हुन । तर यस्ता विषयलार्य बजेटले छुन पनि सकेको छैन । बजेटमा अनिवार्य रुपमा समेटिनु पर्ने विषयहरुलाई भन्दा जनचासोदेखि पर रहेका विषयहरुलाई प्राथमिकता दिएको पाईन्छ । गरिबीलाई मध्यन नजर रख्दै बजारमा सन्तुलन ल्याउने तर्फ पटक्कै दृष्टिपात गरिएको छैन बजेटमा सम्भव त अर्थ मन्त्रीज्यूलाई निम्न वर्गदेखि एलर्जी नै रहेछ । त्यसैकारणले गर्दा होला यस पटक पनि सधा झै निम्न वर्गका लागि बजेटले घोर निरासानै ल्याएको छ । बजेटमा नया रोजगारको सृजना गरेर युवा युवतीहरुलाई स्वदेशमै रोजगारी उपलब्ध गराएर जनशक्ति विदेश पलायन हुनबाट रोक्ने खण्डको एउटा पनि योजना देखिदैन । अनेक कारणहरु छन जसले गर्दा यस बजेटलाई एउटा सन्तुलीत बजेट भन्न मिल्दैन ।
अर्थ मन्त्रीले समेटिनु पर्ने  धेरै क्ष्ँेत्रलाई छोडेका छन । भ्रष्टचारले पीडित भएर थलामा परिसकेको देशमा बजेट प्रस्तुत गर्दा भ्रष्टाचार कसरी नियन्त्रण गरेर कसरी राजश्व वृद्धि गर्ने भन्ने तर्फबाट अर्थ मन्त्रीले आ“खा चिम्लेका छन । भ्रष्टाचार,जमाखोरी,कालाबजारी,राजश्व चोरी आदि जस्ता विषय अर्थ मन्त्रीज्यूलाई गौण विषय बनेको देखियो । यस बजेटले निजी क्षेत्रका कर्मचारीहरुलाई पनि साथ दिएको देखिदैन । अझै भन्नु पर्दा अनौपचारिक क्षेत्रका कर्मचारीहरु त यस बजेट देखि लाखौ मिल टाढा देखिन्छन । अर्थ मन्त्री ज्यूले औपचारिक तथा अनौपचारिक क्ष्ँेत्रका कामदारहरुले पनि अन्न खान पर्छ कपडा लगाउन पर्छ भन्ने थाहा पाएका रहेनछन क्यारे । यस बजेटले वर्ग विभाजनको कार्यलाई निरन्तरता दिईरहने छ । समग्रमा यो बजेट पनि सधा झै वर्ग विषेशलाई मात्रै लाभाम्बित गर्ने बजेट हो भन्दा अन्यथा हु“दैन । आय श्रोतका नया“ मुल नखोजिकन व्यय गर्ने थलोलाई प्रोत्साहित गरेका छन अर्थ मन्त्रीले ।
आय श्रँेत नखोजिकन व्यय गर्दा नै त होनी घाटाको बजेट प्रस्तुत गर्न पर्ने ।  बजेट ठूलो आकारको छ । पैसा छरिएको छ । तर बजेटमा उत्साह छैन । निरासाजनक छ बजेट । विषेशत गरिब वर्गका लागि त बजेटमा उत्साह छंदै छैन । नया“ निर्वाचित तथा बहुमतमा रहेको सरकार सत्तामा हुदा यस सरकारसंग निम्न वर्गले केही आशा राखेको थियो । तर यस वर्गलाई त जुनै जोगि आए पनि कानै चिरेको भन्ने उखानले साथ छोडने छाट देखिदैन । निम्न वर्गले ठूला तथा दिर्घकालीन योजनाहरुमा भन्दा पनि तत्काल राहतको विषयमा धेरै चासो राखेको हुन्छ । तर निम्न वर्गले राहत पाउने विषय त परै जावस थप महंगीको मारमा यही वर्ग पिसीने निश्चित छ । अर्थ मन्त्री महोद्य जी ले गरिब तथा माध्यम वर्गलाई वैदेशिक रोजगारबाट फर्कदा ३२ ईन्चको टिभीमा भन्सार नलाग्ने जस्ता हास्यास्पद विषयले थुम्थुम्याउन खोजेका छन । जो कि आ“खामा छारो हाल्ने काम हो । बजेटमा वस्तुको आयात निर्यात जस्तो महत्वपूर्ण विषयलाई छोईएको पनि छैन । जबकी आयात निर्यात भनेको एउटा महत्वपूर्ण पक्ष हो । वार्षिक बजेटमा अनुमानित रुपमा भए पनि आयात निर्यातको विषय अनिवार्य रुपमा समेटिनु पर्दथ्यो । योबजेट कहीबाट पनि उत्पादन मुलक देखिदैन । र जब सम्म स्वदेशी उत्पादनमा देश आत्म निर्भर हुदैन तब समम देश कसरी विकासका मार्गमा अघि बढछ र ? अर्थ मन्त्रीले २०२२ सम्मा देशलाई विकाशील देशको पंक्तिमा उभ्याउने उल्लेख गरेका छन । तर जुन प्रकारको बजेट प्रस्तुत गरिएको छ त्यस्तै प्रकारका बजेटका हिसाबले त २०२२ होईन कि २०५२ सम्ममा पनि देश विकाशील देशको पंक्तिमा पुग्दैन । देशमा भरपुर कृषि उत्पादन नभएसम्म देशलाई अघि बढाउन सकिदैन । तर बजेटमा वैज्ञानिक तबरमा कृषि उत्पादनको कुनै ठोस नीति प्रस्तुत गरिएको छैन ।
बजेटको आकार मात्रै ठूलो भएर हु“दैन । बजेटको ठीक ठीक प्रयोग हुन सकोस भन्ने तर्फ अर्थ मन्त्रीको ध्यान पुगेको छैन । बजेट  ठूलै आकारको बनाएर पैसा छर्ने तर त्यसलाई ठीक प्रकारले कार्यान्वयन नगर्ने विमारी पुरानै हो हाम्रो देशमा । जुन क्षेत्रलाई बजेट विनियोजन गरिएको हो त्यस क्ष्ँेत्रमा बजेटको ठीक ठीक प्रयोग भयो वा भएन भन्ने अनुगामन हुन अति आवश्यक छ किनकि हाम्रो देशमा भ्रष्टाचारको महामारीनै फैलिएको छ । जसलाई नियन्त्रण गर्ने तर्फ अर्थ मन्त्रीले दृष्टिपात गर्न भ्याएनन । चाहे जे होस बजेटमा निम्न वर्गका लागि निराशा बाहेक अरु केही छैन । अन्य क्षेत्रलाई पनि यस बजेटले खासै खुृसी दिन सक्दैन । समग्र रुपमा यो बजेट सधाको झै माध्यम खालको बजेट हो भन्न सकिन्छ ।

July 14, 2014

गेरुवा वस्त्रले मात्रै मानिस ज्ञानी हुदैन


केशव काफले

 


मनुष्य आमाको कोखबाट जन्मदाको घडिमा कुनै जात लिएर जन्मदैन । मान्छेले जन्म लिएपछि आफुलाई जन्म दिने आमाले जुन पुरुषलाई यो तेरो बाबु हो भनेर चिनाईदिन्छिन त्यसै पुरुषलाई जानेर र मानेर त्यसैका आधारमा जात कर्म गरेपछि मात्रै मुनुष्य जीवनमा जतीय पहिचान सुरु हुन्छ । जात कर्म हुनु भन्द अघि मनुष्यको कुनै पनि जात हु“दैन । जस्तै कि हिन्दु सम्प्रदायको बाहुन जातमा ब्रतबन्ध हुने गर्दछ । ब्रतबन्ध भएपछि मात्रै अमुक व्यक्ति ब्राहमण हो भन्ने पहिचान सुरु हुन्छ । त्यस्तै विभिन्न जातजातिमा आ—आफना रिति रिवाज अनुसार जात कर्म पश्चात मात्रै जाति पहिचान सुरु हुन्छ । उदाहरण जस्तै कि आमाले दुई चार महिनाको बालक बालिका काखमा लिएर अथवा गर्भ लिएर आफनो पति त्यागेर कुनै अन्य जातको पुरुषसंग नाता जोडन पुगेमा त्यही अन्य जातको पुरुषलाई बाबुको रुपमा चिनाईदिए पछि त्यस बालक वा बालिकाको जात त्यसै पुरुषसग जोडिएर त्यसै पुरुषको जात अनुसार जात कर्म भएपछि मात्रै जातीय पहिचान सुरु हुन्छ । यद्यपि यस विषयमा वैज्ञानिक तर्क गर्न सकिने ठाउ“ छ । तर त्यसमा टिकाउपन थोरै हुन्छ । यसरी जातीय पहिचान सुरु ह“ुदा पनि मनुष्यको जातियताले पूर्णता पाउ“दैन । किनकि यहा“सम्म आउदा पनि उसको संसारिक वृत्ति अझै आरम्भ भएको हु“दैन ।

संसारिक वृत्ति अर्थात कर्म किनकि संसार कर्म प्रधान छ । (कर्म प्रधान विश्व रचिराखा,जो जस करही सो तस फल चाख) संसारमा जात प्रधान  ह“ुदैन कर्म प्रधान हुन्छ । यस विषयलाई वेद पुराण गीता रामायण आदि ्शाष्त्र द्धारानै सिद्ध गर्न सकिन्छ । ब्राहमण कुलमा जन्म लिएर मात्रै बा्रहमण हु“दैन । ब्राहमण कुलमा जन्म लिएर ब्राहमणोचित कर्म नगरेर शुद्रको कर्म गर्छ भने त्यो ब्राहमण ह“ुदैन । शुद्रको घरमा शुद्राणीको कोखबाट जन्मे पनि यदि उसको सम्पूर्ण कर्म ब्राहमणोचित हुन्छ भने त्यसलाई शुद्रमा राखेर ब्राहमणत्तोबाट टाढा राख्न मिल्दैन । यस विषयलाई पनि शाष्त्रद्धारा नै शिद्ध गर्न सकिन्छ । अर्थात भन्नुको मतलब यो हो कि मनुष्य जन्मदै कुनै जातको हु“दैन । संसार कर्म प्रधान फेरि पनि संसारमा जातीय विभेद जारी नै छ । एउटै सम्प्रदाय भित्रका विभिन्न जात जतिहरुको बीचमा पनि जातीय भेदभाव जारी छ । हाल इराकमा गहिरिदै गरेको संकटमा पनि जातीय भावना प्रवल रुपमा हावी छ । शिया सुन्नी दुुवै मुस्लिम समुदाय हुन । तर जातीय भेदभावका कारण यिनी दुवै समुदायमा संसार भरी टकराव जारी छ । आखिरी किन त ?

हिन्दु सम्प्रदाय भित्र पनि अनेक जातजाति पर्दछन । त्यस्ता जात जातिहरुलाइ यो वा  त्यो कारण देखाएर उनीहरुको जातीय भावनालाई आफनो निजी औजार बनाएर देशका राजनीतिक पार्टीहरुले आफनो निजी हित साधने गरेका छन । नेपाल होस या भारत इराक होस या इज्रायल श्रीलंका होस या सिरीया सबै देशमा विषेश गरी दक्षिण एसियामा यो जातियताको विषले गर्दा नेता उकालो लाग्ने र जनता ओरालो लाग्ने क्रम जारी छ ।

यति नै बेला भारतका एकजना हिन्दु धर्मका ठेकेदारले निकै चर्चा कमाएका छन । उनी हुन ‘द्धारीका पिठका शंकाराचार्य स्वामी स्वरुपा नन्द सरस्वती’ । उनले साई बाबालाई पुजनी भक्तहरुलाई गंगा स्नान गर्ने अधिकारबाट बन्चित गर्न चाहि रहेका छन । उनले एउटा विवादास्पद बयान जारी गर्दै साई बाबामाथि आस्था राख्नेहरुले गंगा स्नान गर्न नहुने साई बाबाको मन्दिर बनाउन नहुने भन्दै  बक्तव्य जारी गरेका छन ।

साईबाबाका भक्तहरुले भने उनको यस वक्तव्यको जोडदार विरोध गरेका  छन । साई बाबाका विरोधी र साईबाबाका भक्तहरुबीच टकरावको स्थिति उत्पन्न भएको छ यति बेला भारतमा  । यदि यो दुई समुहमा टकराव भयो भने र कुनै अनुहुनी घटना घटयो भने त्यसका जिम्मेदार स्वामी स्वरुपा नन्द नै हुने छन । किनकि असमयमा यो अनावश्यक विषय उठाएर समाजमा उद्देव फैलाउने काम उनैले गरेका छन । स्वामी स्वरुपा नन्दका अनुसार हिन्दुहरुले साईबाबामा आस्था राख्नु हु“दैन । उनको मत अनुसार साई बाबा जन्मले मुस्लिम हुन । त्यस कारण साई बाबाका अनुयायीहरुले गंगा स्नान गर्न नहुने भन्दै वक्तव्य जारी गरेका छन । जबकि साई बाबाको जन्म कुन जातमा भएको हो भन्ने ठोस प्रमाण इतिहासमा कही पनि पाईदैन । ज्ञात रहोस कि साई बाबाका लाखौ हिन्दु भक्तहरु छन ।

नेपालमा पनि हजारौका संख्यामा साई बाबाका भक्तहरु छन । देश विदेशमा रहेका लाखौ साई बाबाका विश्वासीहरुका निजी आस्थामाथी प्रतिबन्ध लगाउने अन्दाजमा जारी गरिएको यस वक्तव्यले यति नै बेला हिन्दु समाजलाई नै दुई फ्याक पारेको छ । तर यहा प्रश्न यो हैन कि साईबाबाका कुन जातमा जन्मिए । प्रश्न यो पनि होईन कि उनी ईश्वरका अवतार थिए या साधारण मानव । प्रश्न यो हो कि साई बाबाका मानव जात यहा“सम्म कि प्राणी मात्रका हितैसी थिए कि थिएनन ? प्रश्न यो पनि हो कि के सा“च्चिकै मानवतावादी हुनका लागि कुनै जाति विषेशमा नै जन्म लिन जरुरी हुन्छ र ? साई बाबाले आफनो जीवन कालमा कुनै धर्म प्रति भेदभाव गरेको पाईदैन । उनले कुनै धर्म विषेशलाई मात्रै काखा र अन्य धर्मलाई पाखा गरेको पनि पाईदैन । उनी त प्राणी मात्रका पुजारी थिए । उनी सबै जात जाति भन्दा माथि उठेका एउटा माहान मानव थिए । फेरि यतिनै बेला उनी र उनका भक्तहरु विरुद्ध अनावश्यक रुपमा विवादित वयान दिएर शंकारा चार्य जिले के सिद्ध गर्न चाहेका छन त ? हेक्का रहोस साधु सन्त अथाव सन्त समाजले समाज तोडनेकाम गदापि गर्नु हुदैन ।

समाजलाई जोडने काम गर्नु पर्छ । यदि कुनै साधु सन्त अथाव सन्त समाजले यो वा त्यो कारण देखाउदै सौहार्द पूर्ण वातावरणमा मिलिजुली बसेको समाजलाई खण्डित गर्ने कार्य गर्छ भने त्यो साधु तथा त्यो सन्त समाज मानव जातको सत्रु हो मानवताको दुश्मन हो । चाहे त्यो कुनै पिठाधिस होस , मठाधिस होस,अथवा शंकाराचार्य ।

साई बाबाले आफुलाई कहिले पनि इश्वरका अवतार भनेका थिएनन तर यदि उनका भक्तहरुले उनमा आस्था राखेर उनलाई अवतार मानेर पुजा गर्छन भने उनको के दोष छ त यसमा ? शंकाराचार्यको पदवि पनि शंकर अवतार हो भन्ने केही ग्यारेण्टी हु“दैन । कुनै मुनुष्य विश्व गुरु ह“ुदैमा मानव जातको मुक्ति दाता हुन सक्दैन । मुक्तिका लागि मनुष्यले आफै प्रयत्न गर्नुपर्छ  । आफनो कल्याणका लागि आफै प्रयत्नशील हुनुपर्छ । ज्ञान प्राप्ति मुक्ति प्राप्ति  आदि जस्ता विषय मुनष्यको आफनो निजी प्रयास र आफनो निजी क्षमतामा भर पर्ने विषय हुन । यसमा कसैको जोर जबरजस्ती चल्दैन ।

अब भोलिका दिनमा शंकाराचार्य महोदय जी ले भन्लान कि साई बाबामा आस्था राख्नेहरुले गंगाको पानीले सिंचाई गरेर कृषि कार्य गर्न पाईदैन । या मुस्लिम समाजले गंगाको पानी प्रयोग गर्न पाईदैन । फेरि के होला यो समाजमा ? यस बारेमा विचार गरेका छन शंकाराचार्यले ? काशी बनारस,ज्ञानको उदगम स्थान मानिन्छ । काशी विद्व परिषदले ज्ञान तथा ज्ञानी हुनुको प्रमाण पत्र जारी गर्छ । त्यसैका आधारमा विश्व गुरु शंकाराचार्य आदि कहलिन्छन तर केका आधारमा शास्त्ररार्थका आधारमा । शास्त्ररार्थ अर्थात तर्क तर्क का आधारमा धार्मिक विषयमा जसले जति ठोस तथा ओज पूर्ण तर्क गर्न सक्यो त्यही विश्व गुरु मानिन्छ । त्यहा“ मानव समाजको कल्याणका विषयमा तर्क हु“दैन । धर्मका विषयमा तर्क हुन्छ । धर्मका विषयमा जसको जति ठोस तर्क हुन्छ त्यही जगत गुरु मानिन्छन । त के तिनी ईश्वरका अवतार हुन त ? हुन भने ठोस आधार के त ? होईन भने साई बाबाको विषयमा विवाद किन त ? साई बाबाका दृष्टिमा सबै ईश्वर अंश जिव अविनाशी थिए । फेरि उनको नाममा यस समाजलाई तोडने काम किन गरिदै छ ? यिनी विभिन्न पद पदवि लिएर बसेका पहेला वस्त्र धारक आ—आफना संगठनका नेता होलान । केही हदसम्म पनि धर्मका पनि ठेकेदार होलान तर यिनैलाई ज्ञानका ठेकेदार मुक्तिदाता मानि रहन सकिदैन ।

कसैको निजी भावना र निजी आस्थाका ठेकेदार यिनी होईनन । किनकि ज्ञानी मनुष्यहरुले यस्ता विवादित विषयहरु उठाएर समाजमा उत्तेजनाको सृजना गर्दैनन । शरीरमा  गेरुवा वस्त्र, हातमा त्रिशुल, निधारमा चन्दन लेप लगाउदैमा ज्ञानको पनि ठेकेदार भइदैन । यदि साई बाबा कुनै धर्मका पक्ष्ँपाती थिए भने उनले  हिन्दु धर्म र हिन्दु समाजको अहित किन गरेनन ? फेरि शंकाराचार्य महोदय जी ले कुन ज्ञानको आधारामा उनलाई अक्ष्ँुत शिद्धगर्दै छन त ? गंगा स्नान गर्न पनि अब शंकाराचार्य जीसंग  अनुमति लिनुपर्ने हो त? यो त सरासर गंगाको नै अपमान हो । किनकि उनले गंगासंग गंगाको निजी अधिकार पनि खोस्दै छन । किनकि गंगा माताले त कुन समाजले उनीमा डुबुल्की लागाउन पाउने र कुन समाजले नपाउने भनेर व्याख्या गरेको कही पनि पाईदैन । शास्त्र अनुसार गंगाको अवतरण मनुष्यमात्रको कल्याणका लागिमात्र भएको हो तर आज आएर केही धर्मका ठेकेदारले उनलाई आफनो निजी पेवा  बनाउन खोजिरहेका छन ।

पापी,पतित,कोरि तथा सबै जातको हितका लागि गंगा प्रतिबद्ध छन,भनेर लेखिएका प्रयाप्त प्रमाण शास्त्रमा देखाउन सकिन्छ । साई बाबा जोगि भन्दा माथि उठेका थिए । उनी जोगि होईनन योगि थिए । हेक्का रहोस जोगि त जो पनि  बन्न सक्छ तर योगि लाखौमा एक मात्र हुन सक्छ । जोगि बन्न सजिलो छ तर योगि बन्न निकै कठिन छ । फेरि पनि जोगि र योगि जुन जातको भए पनि सम्मानित हुन्छ, र हुनुपर्छ । तर्ककै आधारमा पद पदवि पाएका मात्रै सम्मानित हुनुपर्छ भन्ने केही छैन । यस्ता धार्मिक विषयलाई उठाएर सामाजिक सदभावमा खलल पु¥याउने मनुष्यलाई गेरुवा वस्त्र र चन्दन लेपको भरमा ज्ञानी मानेर उनको हुकुमको पालना गर्नुपर्छ भन्ने मत यसको पंक्तिकारको छैन । मेरो विचारमा त त्यस्ता ज्ञानीहरुले धर्मको मर्म अझै बुझन बा“की छ । गीताको सार अझै बुझनुपर्छ । पिठेश्वर,पिठाधिस,महामण्डलेश्वर,शंकाराचार्य आदि नामाकरणले मात्रै ज्ञानको द्वार खुल्दैन । तर यो यस पंक्तिकारको आन्तरिक बुझाई हो ।

June 30, 2014

नेपालका चिकित्सक आफ्नै पेशा प्रति निष्ठावान छैनन्


केशव काफले

नेपाली जनताले ठूलो त्याग र तपस्याका पश्चात प्राप्त गरेको नेपालको गणतन्त्र आज जहा“ उनै जनताका लागि घा“टीमा अडकेको हड्डी बनेको छ । त्यही नेपालको राजनीतिक दलका नेताहरुका लागि भने माल पुवा बनेको छ । नेपालमा भित्र्याईएको गणतन्त्र पश्चात जहा“ नेपालका जनताको प्राण मुल्य घटेको छ त्यही नेपाली नेताहरुको प्राण मूल्य भने बढको छ । अर्थात गणतान्त्रिक नेपालमा नेताहरुको जीवन मुल्यवान बन्दै छ भने जनताहरुको जीवन मूल्यहीन ह“ुदैछ । यो सर्वस्वीकार्य तथ्य हो ।
मानौ गणतन्त्रको फलका भागी नेताहरु मात्रै हुन । मानौ गणतन्त्र प्राप्तिमा जनताको कुनै भूमिका नै थिएन ।  मानौ गणतन्त्र नायक नेपालका नेताहरु मात्रै हुन । यदी जनताको सहभागिता नरहेको भए यदि जनता नउर्लेको भएदेखि नेपालमा गणतन्त्र सम्भव थियो त ? फेरि गणतन्त्रको मीठास नेताहरुलाई मात्रै किन  ? यो कस्तो गणतन्त्र हो जसको फल टुप्पामा मात्रै फल्छ ? यो कस्तो गणतन्त्र हो जसको मीठो फलसम्म जनताको पहु“च हुनै सक्दैन । आखिरी यस गणतान्त्रिक देशमा नेताहरुको मात्रै जीवन यदि साह्रै मुल्यवान किन ? आखिरी देशका जनताको जीवन यदि साह्रै मुल्यहीन किन ? के राष्ट्रको ढुकुटी नेताहरुकै बिर्ता हो त ? के देशको सरकारी खजाना नेताहरुकै पेवा हो त? यस्तो लाग्छ मानौ यिनी नेताहरु मानौ ह“ुदैन । मानौ मृत्यु पनि यिनी नेताहरुकै अधिनमा छ  । मानौ यिनीहरुलाई कालले छुन दिनै हु“दैन । या यिनी नेताहरुलाइ कहिले मर्नै पर्दैन । मानौ यिनी नेताहरु मरे भने देश नेता शुन्य हुन्छ । मानँै देश नेतृत्वहीन हुन्छ । के पृथ्वीनारायण शाहको देशमा खडेरी परेको थियो  र ? के ज्ञानेन्द्र शाहदेखि दशमा अकाल परेको छ  र ? के वर्तमान समयका केही नेताहरुको मृत्यु भयो भने देशको नेतृत्व गर्ने कोही बा“की रहदैन र ? या फेरि यिनी नेताहरुलाई देशको सम्पत्ती सिध्याउदै उपचारकालागि विदेश लगेपछि यीनलाई कहीले पनि काल आउदैन र  यावत प्रश्नको उत्तर खोजिरहेका छन देशका जनताले ।

नेताहरुको टाउको दुख्यो कि सरकारी खर्चमा विदेशमा उपचार तर हजारौ जनता जो कि गम्भीर रोगबाट पीडित छन जसले अथवा जसका सन्तानले गणतन्त्र प्राप्तिमा प्राण हौमेका थिए । तिनी जनताले प्राथमिक उपचार पनि पाउदैनन । यही हो त गणतन्त्रको फल ? देशका ३० प्रतिशत जनतासंग खानका लागि आटो छैन ,टुस्स बस्नका लािग आफनो भन्ने माटो छैन , घामपानीबाट जोगिनका लागि छाना छैन । शरीर ढाक्न नाना छैन ,खान रोटी छैन । लाज ढाक्न धोती छैन,त्यसै देशका नेताहरुको विदेशमा उपचार गर्न गराउन वर्षेनी करोडौ रुपया सरकारी खजानाबाट खर्च गर्न पाइनी । आखिरी यो गणतन्त्रकै दुष्परिणाम हैन भने अरु के हो त ? जुन देशका महिलाहरु प्रशुती पीडामा पर्दा सामान्य उपचार नपाएर मर्ने गरेका छन जन्मेको हो आखिरी मर्ने पर्छ तरकसै कसैले सरकारी खजानाबाट उपचारमा करोडौ खर्च गर्न पाउने तर कसैकसैले उपचारै नपाएर दर्दनाक ढंगबाट मर्न पर्ने यो कस्तो गणतन्त्र हो ? कस्तो शुसासन हो ? जहाका हजारौ जनताले धनको अभावमा उपचार गर्न गराउन नसकेर असमयमै प्राण गुमाउछन जहा“ दुर्गम क्ष्ँेत्रका जनताले समयमै उपचार नपाएर ज्यान गुमाउछन । जहाका बालबालिका भयंकर रुपमा कुपोषणका शिकार भएका छन कुपोषणका कारण अप्लायुमै मर्ने गरेका छन कुपोषणका कारण नै अपाड्ड भएका छन मानसिक तथा शारीरिक रुपमा असक्षम भएका छन । तर त्यसै देशका नेताहरुलाई भने सरकारी खर्चमा उपचारका लागि बैंकक सिड्डापुर जापान,अमेरिका लग्न पर्ने यो प्राप्त गणतन्त्रकै दुष्परिणाम हैन भने अरु के हो त ? आजका नेताहरुमा कुन चाहि नेताले राष्ट्र नायकको हैसियत राख्छ  र ? नेपाल तथा नेपालका  जनता आजका नेताहरुमा कुन चाहि नेताको ऋणी हुनु पर्छ र ? कुन चाही नेता प्रति नेपाल र नेपाली जनता कृतज्ञ हुनु पर्छ र ? फेरि आफु मरेर भए पनि यिनी नेताहरुलाई बचाई राख्नु पर्ने कस्तो बाध्यता हो त नेपाली जनताको ? के यिनी नेताहरु नीजि तौर मा भिखारी छन र ? के यिनी नेताहरु कंगाल छन र ? के यिनी नेताहरुसंग आफनो धन खर्च गरेर उपचार गराउने सम्पत्ती छैन र ? यस विषयमा यिनी नेताहरु मात्रै दोषि छैनन ।
यस विषयमा नेपाली चिकित्सकहरु पनि उत्तिकै दोषि छन । नेपालमा चिकित्सक तथा चिकित्सालयहरु पनि आफनो पेशा प्रति निष्ठावान छैनन । चिकित्सकहरुले आपनो पेशा प्रति गद्दारी गरिरहेका छन । 

उनि सबै चिकित्सकहरु आफनो पेशा प्रति इमान्दार छैनन जुन जुन चिकित्सकहरुले नेताहरुलाई उपचारार्थ विदेश पठाउने सिफारीस गर्ने गरेका छन । चिकित्सकहरु आफुहरु नेताहरुको नजिक हुन नेताहरुको बफादार देखिनका लागि उनको उपचार विदेशमा सिफारीस गर्ने गरेका छन । आफनै देशमा सफलता पूर्वक हुन सक्ने उपचारका लागि पनि आफु नेताहरुको खसम खास बन्नका लागि आफनै पेशासंग गद्दारी गर्दै उनीहरुको उपचारका लागि विदेश तर्फ सिफारीस गर्ने गर्दा रहेछन नेपालका चिकित्सकहरुले । यसको ताजा उदाहरण हो केपि ओली को विदेशमा गरिएको उपचार । यदि सञ्चार माध्यमहरुलाइ प्रमाण मान्नेहो भने केपि ओलीको उपचार गर्दा नेपालमा नेपाली चिकित्सकहरुले जुन पद्धति र जुन औषधिको प्रयोग गरेका थिए ,विदेशमा लगेपछिपनि विदेशका चिकित्सकहरुद्धारा पनि त्यही औषधि र त्यही पद्धतिको प्रयोग गरेर उपचार गरे । यसले के पनि प्रष्ट हुन्छ भने नेपाली चिकित्सक र उनले अपनाउने गरेको चिकित्सा पद्धति नेताहरुको उपचार गर्नमा सक्ष्ँम छ ।
देश भित्रै उनको उपचार हुन सक्ने भए पछि उनी नेताहरुको उपचार विदेशमा किन सिफारीस गरिन्छ ? चिकित्सकहरु नेताहरुको नजिक हुनका लागि नै त हो नि ? एक प्रकारले यो विदेशी चिकित्सकहरुद्धारा नेपाली चिकित्सक र चिकित्सा पद्धतिलाई दिएको प्रमाण पत्र पनि हो । तर नेपालमा नेताहरुको चापलुसी गर्न रुचाउने चिकित्सकहरुको मुखमा थप्पड पनि हो । के यो चिकित्सकहरुद्धारा आफनै पेशा प्रति गद्दारी होईन र ? यस पक्तिकारको विचारमा देशका सम्पूर्ण चिकित्सा कर्मीहरु त्यस्ता चिकित्सहरुसंग सावधान रहनु पर्छ जुन जुन चिकित्सकहरुले आफुहरु उपचार गर्नमा सक्ष्ँम हु“दा हु“दै पनि नेताहरुको खसमखास बन्नका लागि उनको उपचारको सिफारीस विदेशमा गर्ने गरेका छन । किनकि उनीहरुको यस्ता कार्यले नेपाली चिकित्साको मान घटेको छ । र चिकित्सा प्रति शंका उब्जाउने गरको छ । यस विषयमा जति दोषि नेताहरु छन उत्तिकै दोषि उनी चिकित्सकहरु पनि छन जसले नेताहरुको उपचार विदेशमा गर्ने गराउने सिफारीस गर्ने गरेका छन । यो उनीहरुको आफनो पेशा प्रति मात्रै हैन कि सम्पूर्ण देशबासीहरु प्रति नै गद्दारी हो । देशका गरिब जनताहरु प्रति गद्दारी हो । चिकित्सकहरुको सिफारीसमा नै नेताहरु विदेशमा उपचार गराउन गएर गरिब देशको सरकारी ढुकुटी रित्याउने गरेका छन ।
आज नेपालको चिकित्सा विज्ञानले राम्रो प्रगति गरेको सुन्न पाइन्छ । आज सबै रोगको उपचार नेपालमा सम्भव भैरहेको पनि सून्न पाईन्छ । त्यस्तो अवस्थामा नेताहरुलाई सरकारी खर्चमा विदेश सिफारीस गर्न पर्ने  खासै देखिदैन । देशमा बन्दै गरेको संविधानमा यो विषय पनि अवश्य समेटिनुपर्छ । अनावश्यक रुपमा नेताहरुलाई विदेशमा उपचारको सुविधा नपाइने व्यवस्था गरिनु पर्छ । तर किनकि संविधानको निर्माण त यीनै नेताहरुले गर्ने हुन त्यसकारण यस्ता विषयहरुलाई उनीहरुले छुन पनि चाह“दैनन । सो त्यसका लागि व्यापक रुपमा जनस्तरबाटै दबाब दिनु पर्छ ।अन्यथा गरिबले उपचार नपाएर मर्ने र नेताहरुले वर्षेनी करोडौ रुपया“ विदेशमा उपचारका नाममा सिध्याउने कार्य भै रहंंंने छ ।

June 21, 2014

सामाजिक सञ्जाल बन्दै छ जीउको जञ्जाल


केशब काफले 

 

प्रविधिले निकै ठूलो फडको मारेको छ । हाम्रो देशमा पनि हिजको तुलनामा आज सूचना प्रविधिको क्ष्ँेत्रले क्रान्ति नै गरेको मान्नु पर्छ । विश्व सा“घुरिदै छ । तीव्र गतिसगै ह“ुदै गरेको प्रविधिको विकासले आज पुरा विश्वलाई एउटा मान्छेको मुठिमा कैद गराएको छ । मनुष्यद्वारा गरिने प्रत्येक आविष्कारका दुई पक्ष्ँ हुने गर्दछन । एउटा राम्रो पक्ष्ँ र अर्को नराम्रो पक्ष्ँ । राम्रो पक्षलाई भन्दा नराम्रो पक्षलाई मनुष्य स्वभावले छिटो अंगिकार गर्दछ । यो भनाई एउटा भारतीय सन्त रामकृष्ण परमहंशको हो । प्रविधिले गरेको यस तीव्र विकाससगै विकार पनि उत्तिकै भित्रिएको छ । पाल्पा जिल्ला तेल्घा गाविस ८ का श्री केदार पन्थी अहिले आफनो कान्छा छोरा नौ कलासमा फेल हुुनुमा यसै प्रविधिलाई दोषि ठन्छन । श्री केदार पन्थीका अनुसार उनको कान्छो छोराको ध्याउन्न पढाईमा भन्दा कही धेरै मोबाईलमा नेट चलाउनमा जाने गरेको छ । मोबाईलमा नेट चलाउन बन्द गरेर स्कुल अनि स्कुलबाट फर्के पछि किताबको व्याग एकातिर राखेर हातमा मोबाईल । छोराले स्कुलबाट फर्के पछि नास्ता खाएर व्यागबाट किताब निकालेर पढाई गर्ला भन्दा छोराको हातमा मोबाईल हुने गरेको बताउछन श्री केदार पन्थी । अब आज भोलि मोबाईलमा के के हुन्छ के के गरिन्छ यो त मोबाईल चलाउने र मोबाईलमा नेट चलाउनेलाई थाहा भएकै कुरा हो । आफनो कमजोर आर्थिक अवस्थाको कारणले गर्दा गाउ“ घरमा बसेर आफना छोराहरुलाइ क्ीऋ सम्म पनि पढाउन नसक्ने अवस्थाका श्री केदार पन्थी केही वर्ष पहिला कमसेकम क्ीऋ सम्म भए पनि सन्तानलाई पढाउन भन्दै बुटवल झरेका थिए । तर अहिले यही प्रविधिका कारणले गर्दा श्री केदार पन्थीको सपना तुहिने खतरा बढेको छ । यद्यपि उनका दूईभाई छोराले १२ कक्ष्ाँ पास गरेर अब सानो तिनो जागिर पेशा गरेर आफुलाई सहयोग गरेको बताउछन तर कान्छो छोरालाई नेट चलाउदा र साथी भाईस“ग घुमफिर गर्दा पढाईमा फुर्सद ह“ुदैन । कि त नेट कि त टिभि या फेरि घुमफिर उनी भन्छन आखिरी के हु“दो रहेछ त त्यो मोबाईलमा ? देख्दा त सानै देख्छु त्यो मोबाईल । के के अटाउ“दो रहेछ त्यसमा  ? यो नेट भनेको आखिरी कति नशालु हुदो रहेछ ? यो नेटको लत त कुनै लागु पदार्थको लत भन्दा पनि जब्बर हुदो रहेछ नेटको लत । सधै राम्रो अंक प्राप्त गरेर पास हुदै आएको छोरो पोहोर देखि हातमा नेट चल्ने मोबाईल परेपछि उसको ध्यान पढाईमा भन्दा नेट चलाउन र मोबाईलको माध्यमबाट साथी भाई बनाउनमा गएको अनुभव सुनाउछन केदार पन्थीले । 

आजको जमानामा पनि मोबाईल छैन भनेर साथीभाइ सामु आफुमा हिनताबोध गर्ला भनेर मोबालई दिईयो तर यसले त विन्दासै पारेको छ भन्दै गुनासो गर्ने केदार पन्थी त एउटा प्रतिनिधि पात्र मात्रै हुन । यस प्रविधिको विकासले कति जना अभिभावकको सपना चकनाचुर पार्ने हो अनुमान गर्न गह्रो पर्छ । हुन त यसै प्रविधिको माध्यमबाट आफ्नो भविष्य खोज्ने आफ्नो सपना साकार पार्नेहरु पनि थुप्रै छन । हुन त यस प्रविधिलाई संसारले आ आफनै सुविधा र अवसर अनुसार प्रयोग गरेका छन । यस प्रविधिको माध्यमबाट कति जनाले विवाहको खर्चबाट जोगिदै घरजम गरेका छन । कति ले गर्दै होलान । बाबुआमालाई छोराछोरीको विवाह गर्न वर बधु खोज्नै नपर्ने भएको छ । कति अभिभावक विवाहको खर्चबाट जोगिएकोमा प्रविधिलाई धन्यवाद पनि दिदै होलान । तर  कति अभिभावक जसले आफनो सन्तानको विवाह धुमधामसंग नौमति घन्काएर गर्ने रहर पालेका थिए त्यस्ता अभिभावकका सपना भने यस प्रविधिले तुहाउने गरेको छ । हुन त विवाहमा धन खर्च गर्न नचाहने अभिभावकहरुलाई यो प्रविधि ईश्वरकै वरदान सावित भएको छ । यसले खर्च घटाएको पनि छ र खर्च बढाएको पनि छ । यसले जहा“ सहज तरिकाले घरजम गराउने गरेको छ त्यही अनेक सुखी परिवार माथि बज्रपात पनि गराउने गरेको छ । जति खंख्यामा घर जम गराएको छ उत्तिकै सं्रख्यामा जमि जमाई घरजमलाई उठिबास पनि गराएको छ । श्रीमान विदेशमा कमाउने , श्रीमति यहा“ अर्कै संग रमाउने,श्रीमति विदेशमा घाम खाने श्रीमान यहा“ अर्कैको काखमा रमाउने । कमाई एउटाको मज्जा अर्कैको । जोडी बनाएर दिन्छ प्रविधिले डेटिड्डको सेटिड्डलाई कोठाबाट बाहिर निक्लनै नपर्ने,कतिका घरजम गरायो, कतिलाई उठिबास लगायो, कतिलाई पास गरायो कतिलाई फेल गरायो, कतिलाई जागिरे बनायो, कतिलाई जागिरबाट बेजागिरे बनायो, यसको महिमा अनौठो रहेछ । जसले यस प्रविधिलाई आफनो अनुकुलबनाएर प्रयोग ग¥यो उसका लागि यो दुधको तर जस्तै रहेछ जसले आफनो प्रतिकुलमा प्रयोग ग¥यो उसका लागि सिस्नो सावित भएको छ प्रविधि ।
हालै रुपन्देही जिल्लाको एउटा सुखी परिवार धन्नै धन्नै बर्बाद हुनबाट जोगियो । युवा युवतीहरुमा आज भोलि पश्चिमी तर्जमा बैसको बेला मोज गरेर भुलौ भन्ने मानषिकताले घर बनाएको छ । जोसको बेला होस पाउदैनन सावधानी अपनाउदैनन । सतर्कता अपनाउदैनन । फलस्वरुप विवाह पूर्वक गरेको मौज प्रविधिको सहयोगमा विवाह पश्चात दुखदायी बनेर अगाडि आउछ । दुई वर्ष पहिला विवाह बन्धनमा बाधिएकी रुपन्देहीकी एक पारिवारिक महिलाको मोबाईल सेटमा उनले कलेज लाईफमा मोज गरौ अनि भुलौ भन्ने उद्देश्यका साथ गरेका गल्तीका फोटा एमएमएसद्धारा आउन थाले । केटा साथीसंग अन्तरगत क्षणका फोटा एमएमएसका माध्यमबाट आउन थालेपछि उनी अतालिईन । एउटा सन्तानकी आमा समेत बनेकी उनी छागाबाट खसेजस्तै भईन । अस्लिल चित्र अस्लिल भाषा धम्कीका साथ ब्ल्याक मेलमा फेरिबाट उनको शरीर र धनको माग गरिएको रहेछ । तर महिलाले बुद्धि पु¥याईन लुकाएर ब्ल्याक मेल भएर शरीर र धन उसलाई सुम्पिनु भन्दा र मानसिक शारीरिक आर्थिक शोषणमा पर्नु भन्दा उनले आफनो विवाह पूर्वको यथार्थ आफनो श्रीमानलाई बताईन । सबै वृतान्त सुनेपछि उनका श्रीमानलाई पनि उनको स्पष्टोरोक्ती स्वीकृति आदि मनप¥यो । स्व उनले विगतका कुरालाई महत्व नदिदै कलेज लाईफमा तिमी मेरी थिईनौ तिम्रो विगतले मलाई वास्ता छैन , त्यति बेला तिमीले के ग¥यौ मलाई मतलब छैन तर आज तिमी मेरी हौ,चिन्ता नगर भन्दै माफी दिएपछि एउटा घरका साथै एउटा दुधे बालकको भविष्य बर्बाद हुनबाट जोगियो । तर हेक्का रहोस सबै उनी महिलाका श्रीमान जस्तै गौ हुदैनन । हामीहरुले बढदो प्रविधिको विकासलाई चुनौती दिन सकिदैन । तर यसबाट उत्पन्न हुने खतराबाट सावधान रहन त सकिन्छ ।  किनकि यो प्रविधि आज हाम्रँे जीवन रेखा बनेको छ । यसबाट टाढा हामी कदापि भाग्न सक्दैनौ । तर यसबाट आफुलाई आवश्यक पर्ने तत्वमात्रै अपनाउदै अनावश्यक तत्वदेखि टाढा रहन जरुरी छ । आज बढदो प्रविधिको विकासकतिका लागि दुधको तर बनेको छ भनेकतिका लागि जिउको जन्जाल पनि बनेको छ । सानो असावधानिले ठूलो जन्जाल पनि बन्ने गरेको छ यो प्रविधि ।
स्व हामीहरुले यस सामाजिक सञ्जाललाई जिउको जञ्जाल बनाउनु ह“ुदैन । यसबाट हामीले जीवनउपयोगी तत्वमात्रै ग्रहण गर्नुपर्छ । जीउको जन्जालहुनबाट जोगिनुपर्छ । विषेशत युवा युवती किशोर किशोरीहरुले यस प्रति अधिका अधिक सतर्कता अपनाउनु जरुरी छ । विद्यार्थी जीवन कलेज लाईफका केटाकेटीलाई यस प्रविधिले धेरै प्रभावित गरेको छ । उनीहरुलाई अफनो लक्ष्यबाट भ्रमित गर्ने गरेको छ । विद्यार्थीहरुको लक्ष्य आफु र आफनो परिवारको उज्जवल भविष्य हुनुपर्छ । वितेको समय फर्केर आउदैन । भविष्य सुरक्ष्ँित गरिसकेपछि पनि प्रविधि कही भाग्दैन । आज सामाजिक सञ्जालमा धन र समय बर्बाद गर्दा भविष्यनै बर्बाद हुनछ कि यस तर्फ ध्यान पु¥याउन जरुरी छ ।

June 20, 2014

अटेर विद्यार्थी र आवेशी शिक्षक


केशब काफ्ले

हालैका दिनमा पाल्पा जिल्लामा मात्रै शिक्ष्ँकद्वारा विद्यार्थी कुटाईका दुइवटा घटना घटे । पहिलो घटना पाल्पा जिल्लाको खानीगा“उ गाविस स्थित खानीगाउ“ माविको हो । जहा“ गृहकार्य नगरेको निउमा शिक्ष्ँक रामप्रसाद गैरेद्धारा विद्यार्थी दिलिप विक पिटिए । लगत्तै पाल्पाको सदरमुकाम तानपा ११ सुन्दरगाउ“ स्थित सरस्वती माविमा सर्टको टा“क नलगाएको बाहानामा शिक्ष्ँक शंकर पौडेलद्धारा विद्यार्थी प्रकाश सुनार पिटिए । तर यिनी दुवै घटनामा स्थानीय समाज एक मत छैन । एक पक्ष्ँ शिक्ष्ँकलाई दोषि ठान्छ अर्को पक्ष्ँले विद्यार्थी पनि अनुशासनमा रहनुपर्छ भन्ने तर्क गर्छ ।
हुन त एक मत नहुनुको कारण केही हदसम्म राजनीतिक आस्था पनि हुन सक्छ । त्यसै पनि हाम्रँे देशमा शीघ्र अति शीघ्र विकसीत हुने विरुवाको नाउ हो प्रत्येक घटनाको  राजनीतिकरण । फेरि यहा“ त भविष्य निर्माता र भविष्यका कर्णधारहरुको मार पिट थियो । सो राजनीतिकरण नहुने कुरै भएन । सो भयो राजनीति । होला जा“च बुझ होला ,शिक्ष्ँक दण्डीत होलान,विद्यार्थी निष्काशित होलान आदि इन्यादि विषय आफनै ठाउ“मा छन । तर मुख्य विषय के त भने यस्ता घटनाको अन्त्य भने हुने छैन । किनकि यस्ता घटना परिवर्तित मानसिकता र अपरिवर्तित मानसिकताका उपज हुन । यहा“ नेर शिक्ष्ँकले आफनो मानसिकता परिवर्तन गर्नु पर्ने देखिन्छ । शिक्ष्ँकहरुले हेक्का राख्नुपर्ने विषय के त भने उनीहरुले मध्य युगका गुरुकुलका शिक्षक होइनन । जहा“ विद्यार्थीहरुलाइ कठोर अनुशासनमा बाधेर राखिन्थ्यो । २१ औं शताब्दिमा कम्प्युटर युगका शिक्ष्ँक हुन । उनले गुरुकुलको अनुशासन आज पनि कायम राख्न खोजेर हु“दैन ।
शिक्ष्ँकको यस मानसिकतामा परिवर्तन आवश्यक छ । यद्यपि शिक्ष्ँकको आफनो जिम्मेवारी हुन्छ आफनो भुमिका हुन्छ । तर जिम्मेवारी तथा भूमिकाबाट परे विद्यार्थी वर्गको परिवर्तित मानसिकता बुझन पनि आवश्यक छ । यदि विद्यार्थी र शिक्षक बीचको मानसिकतामा तालमेल हुन सकेन भने यस्ता घटना दोहोरी रहने छन । विद्यार्र्थी वर्गको मानसिकतामा परिवर्तन आएको छ । आज विद्यार्थीवर्ग शिक्ष्ँकलाई गुरु वर्ग मान्न तयार छैनन । आज विद्यार्थीले शिक्ष्ँकलाई एउटा व्यापारिको रुपमा लिने गरेका छन । मानौ विद्यालय कुनै पसल हो । र शिक्ष्ँक पसलको व्यापारी । तर सामान्य शिष्टाचार र अनुशासनको पालना त एउटा पसलमा पनि गर्नु पर्ने हुन्छ । फेरि विद्यालयमा अनुशासनको पालना नगर्ने विद्यार्थीलाई कसरी राम्रँे मान्न सकिन्छ र ? भनिन्छ अनुशासन विद्यार्र्थीको गहना हो । तर आजको विद्यार्थी वर्गले यस गहनालँई धारण गर्न चाह“दैनन । तर गहना फुकाल्नुको अर्थ नाड्डो हुनु कदापि होईन । विद्यालयमा कायम गरिएको नियम कुनै एउटा विद्यार्थीका लागि मात्रै होईन । अनुशासन भड्ड गर्ने विद्यार्थीमाथि कर्वाही हुनुपर्छ । तर कार्वाहीको माध्यम मार पिट गर्नु विद्यार्थीमा त्रास फैलाएर हैकम कायम गर्नु कदापि होईन । अनुशासनहीन विद्यार्थीलाई दण्डित गर्नै पर्छ । तर दण्डित गर्ने माध्यक कुटपिट होईन । विद्यार्थी पिटने अधिकार छैन शिक्ष्ँकलाई ।
शिक्ष्ँक समाजको एउटा बुद्धिजीवीवर्ग हो । उनीहरुलाई यस्ता विषय बुझाउनु पर्ने हुदैन होला  । माथि उल्लेख गरिसकियो कि आज विद्यार्थी र शिक्ष्ँकको बीचमा गुरु चेलाको जस्तो सम्बन्ध रहेन । विद्यार्थीले पनि विद्या धन दिएर पैसा खर्च गरेर ठूलो मेहनत गरेर प्राप्त गर्ने हो । त्यसकारण पनि विद्यार्थीले शिक्ष्ँकको अनावश्यक हस्तक्षेप सहन गर्दैनन । तर यहा“ नेर समाजले विर्सन नहुने कुरा के छ भने विद्यालय भित्र अनुशासन कायम राख्ने जिम्मा पनि शिक्षककै हो । जब कुनै विद्यार्थीले पटक पटक अनुशासन भड्ड गर्छ विद्यँलय भित्र दादागिरी गर्छ, नेता गिरी गर्छ, पटक पटक अटेर गर्छ, उसका क्रियाकलापले अन्य विद्यार्थीको पढाई प्रभावित हुन थाल्छ, तब के गर्ने शिक्षकले उसको मनमानी चल्नदिने स्कुलमा उसको हैकम कायम हुन दिने  अन्य विद्यार्थी माथि ? शिक्षकलाई माईनस गर्ने ? पटक पटक विद्यालयका नियम उल्लङ्घन गर्दा शिक्ष्ँकहरुलाई पनि आक्रोस उत्पन्न हुने आवेश पैदा हुनु स्वभाविक हो । तर यहा“ नेर शिक्षकहरुले अधिकतम संयमता अपनाउनु पर्छ । संयमता पूवर्क उदण्ड विद्यँर्थीलाई दण्डित गर्ने मार पिट बाहेक अन्य मार्गको अवलम्बन गर्नु पर्छ । दोष शिक्ष्ँकको मात्र हाईन ।
दोषि विद्यार्थी मात्रै पनि होईन । दोषि यो समाज र यस समाजका हामी उत्तिकै छौं । किनकि हाम्रो चाहनामा के रहन्छ भने हाम्रँे सन्तानले अनुशासन कायम गरिएको विद्यालयमा पढोस् । राम्रो अंक ल्याएर पास होस् । विद्यालय भित्र कुनै प्रकारको अवाञ्छित कार्य नहोस आदि इत्यादि यो हाम्रँे इच्छा हो । त्यसका लागि विद्यालयमा अनुसाशन हुनै पर्छ । राम्रो अंक ल्याएर पास हुनका लागि शिक्ष्ँकले दिएको गृहकार्य पनि पुरा गर्नेैै पर्छ । यिनी सबै कार्यका लागि  त्यसका लागि विद्यालयमा कायम अनुशासनको पालन गर्नै पर्छ । र अनुशासनको पालना गराउन खोज्दा विद्यार्थी शिक्ष्ँक माथि नै जाई  लाग्छ भने त्यस अवस्थामा के गर्ने शिक्षकले यस्ता विषय केलाउदा एकतर्फी रुपमा शिक्ष्ँकलाई मात्रै दोषि ठहर गरेर उनको मनोबल तोडन पनि त्यति उचित देखिदैन । सन्तान पास भैदिए हुन्थ्यो भन्ने आशा राख्ने अभिभावकले गृहकार्य गर्न दबाद दिने शिक्ष्ँकलाई किन दोषि देख्ने ? विद्यार्थीले गृह कार्य गर्दैन विद्यालयमा अनुशासनको पालना गर्दैन, शिक्ष्ँकले भनेको मान्दैन , शिक्ष्ँकलाई नै आ“खा देखाउ“छ , जनतन नक्कल गरेर जा“च दिन्छ पास भए स्याब्बास नानी बाबु हो फेल भए त्यो स्कुलमा त त्यस्तै हो पढाई नै ह“ुदैन, मास्टरहरुले पढाउदैनन, त्यो स्कुलमा त अनुशासन नै छैन यस प्रकारको भावना हुन्छ हाम्रो ।
विद्यार्थी पिटने शिक्षक निश्चित पनि दोषि हुन यसमा कुनै दुई राय हुन सक्दैन । विद्यार्थी पढाए बापत शिक्षकले भरपुर सेवा सुविधा पाउने गरेका छन । उनीहरुले केही गुन गरेका छैनन विद्यार्थी पढाउनु आफुहरुकोसंग भएको ज्ञान विद्यार्थीमा सञ्चार गर्नु उनीहरुको जागिरको हिस्सा हो । त्यसकारण विद्यार्थी पढाएर विद्यार्थी तथा अभिभावक माथि उनीहरुले गुन लगाउनु पर्ने हु“दैन । तर पैसा दिएर वस्तु किन्ने ठाउ“मा पनि सामान्य शिष्टाचार देखि कडा  अनुशासनसम्मको पालना गर्नु पर्ने हुन्छ । विद्यार्र्थीले विद्यालयमा नियमको पालना गर्ने कि नगर्ने ? नियम मिच्नु भनेको अनुशासन भड्ड गर्नु भनेको पनि ठूलो नहोला तर अपराध नै हो ।
फिल्मको  टिकट काटन लाईनमा बस्नु पर्छ प्रशासनिक काम कार्वाहीमा पनि लाइनमा बसेर कार्य सम्पन्न गराउनु पर्छ । जागिरका लागि अन्तरवार्ता दिन जा“दा सर्टको टाक खोलेर लाईन मिच्दै दादागिरी गर्दै अघि गएर जागिर पक्का पाईएला त ? यिनी  विषय दुवै पक्ष्ँले गम्भीरतापूर्वक सोच्नु पर्छ । अनुशासन जीवनको प्रत्येक क्ष्ँेत्रमा अनिवार्य हुन्छ । विद्यार्थीलाई अनुशासनमा राख्न चाहने शिक्ष्ँकलाइ गलत भन्नै मिल्दैन । तर अटेर विद्यार्थी  उदण्ड विद्यार्थीलाई सुधार गर्ने नाममा मार पिट गर्ने अधिकार शिक्ष्ँकलाई पनि छैन । सुधारको अन्य मार्ग खोजिनु पर्छ । हुन त अनुशासन पनि शिक्षाको एउटा अंग हो । विद्यार्थीले त्यस अंगलाई निश्क्रिय गर्नु हु“दैन ।
यदि दुवै पक्ष्ँले आआफनो भूमिकालाई ठीक ठीक तरिकाले अन्जाम दिने हो भने यस्ता घटना हुनबाट जोगिन सकिन्छ । चाहे जे होस शिक्ष्ँकले यस विषयमा अधिकतम संयमता अपनाउन जरुरी देखिन्छ । यदि अन्धाले आ“खा चाह“दैन भने के मरिहत्ते गर्नु ? यदि भोकाले भोजन खा“दैन भने कति घिचाउनु ,यदि रोगिले उपचार चाह“दैन भने कस्को के लाग्छ र ? यस विषयमा देशको सञ्चार माध्यम पनि पूर्ण निष्पक्ष्ँ देखिदैन । सञ्चार माध्यमहरुले पनि विद्यार्थीको आचरणको विश्लेषण गरेको पाईदैन । सञ्चार माध्यमहरु यस विषयमा निष्पक्ष्ँ हुनुपर्छ । एकतर्फी रुपमा शिक्षकलाई मात्रै दोषि ठहर गर्नु उचित हुदैन । दुवै पक्ष बराबर केलाउनु पर्छ । आखिरी आजका विद्यार्थी भोलिका देशका भविष्य हुन । उनको आचरण अनुशासन आदि बाट नै देशको भविष्य सुनिश्चित हुने हो । त्यसैले यस विषयमा सबैले विचार पु¥याउनु आवश्यक हुन्छ ।

June 06, 2014

संसारकै उत्कृष्ठ बाउ




















सिख्रो रुखको रुप हो नेपाली गणतन्त्र


केशब काफ्ले

आफुले जीवन भरी खाई नखाई दुख कष्ट सहेर कमाएको धन सम्पत्तिको चोरी हदा डाकाले लुटेर लगि दिदा,आगो पानीले बार्बाद पारिदिदा, मान्छेको ह्दयमा जो पीडा हुन्छ ,त्यो भन्दा कही धेरै पीडा  भएको छ आज नेपाली जनताको ह्दयमा । नेपालमा गणतन्त्र ल्याउन नेपाली जनताले जुन भूमिका खेले जुन प्रकारले आफना प्राणको बलिदान गरे,मर्ने मरेर गए, बाचेकाले जो दुख कष्ट सहे यो विषय उठाइरहनु पर्ने विषय होईन । किनकि तिनी घटना र विषय नेपालमा मात्र होईन कि विश्व इतिहासमा दर्जा भएर अमर बनिसकेका छन । तर उल्लेख गर्न परिरहने विषय के बा“की रहयो भने जनताले त्यो त्याग र बलिदान पश्चात जुन गणतन्त्रको आशा गरेका थिए त्यस अनुरुप छ त नेपालको गणतन्त्र ? के यस्तै गणतन्त्रको लागि हो त नेपाली जनताले संघर्ष गरेको ? के नेपाली जनताले गणतन्त्रको अनुभूति गरेका छन त ? त्यत्रो संघर्ष त्यत्रो बलिदान पश्चात आखिरी के पाए त जनताले ? कस्का लागि गरेका रहेछन त जनताले त्यो संघर्ष त्यो बलिदान ? आफना लागि त पक्कै पनि होईन रहेछ । किनकि आम जनताको अवस्था त  अस्ती भन्दा हिजो खराब , हिजो भन्दा आज खराब देखिन्छ । बास्तमा नेपालको गणतन्त्र नेपालका राजनीतिक दल र उनका नेताहरुलाई मात्रै रहेछ भन्ने आज बुझदै छन जनताले । नेपालका आम जनताले आज आफुहरु पूर्ण रुपमा लुटिएको अनुभूति गरेका छन ।
वास्तवमा आज नेपाली जनताले ह्दय देखि नै अनुभव गरेको विषय के हो भने राजाको तन्त्रमा एउटै राजा हु“दो रहेछ तर गणको तन्त्र भनेको शासन विधिमा हजारांै राजा हु“दा रहेछन । एउटा राजा फालेर हजारौं राजा जन्माएकोमा आज कता कता जनताले अपराध पनि गरिरहेको हुुनपर्दछ । निमको रुखलाई नाम परिवर्तन गरेर आ“प भनेर बोलाउ“दैमा निमको रुखमा आ“पको फल कदापि लाग्दैन । निमको रुख ढालेर आ“पको रुख हुर्काउनु पर्छ र मात्रै आ“पको फल प्राप्त हुन्छ । गरिब मान्छेको नाम, धनपति राख्दैमा त्यो मान्छे धनवान हु“दैन । यस सत्यलाई नेपालका राजनीतिक दलका साथ साथै नेपाली जनताले पनि बुझन पर्दछ । तर नेपाली राजनीतिक दलहरुले यस सत्यलाई अंगिकार गर्दैनन । किनकि फल्दो फुल्दो
 नेपालका दलहरु र नेताहरुका लागि फलदायी ह“ुदैन । उनीहरुका लागि यहि पात झरेको सिख्रो गणतन्त्र फलदायी रही रहने छ । तर आम जनताका लागि नेपालको नाम मात्रै को यो गणतन्त्र पात झरको सिख्रो रुख जस्तै नै हो । जसले आम जनतालाई घाममा  छाया“ दिन सक्दैन । एकतहरो पानी ओत्न सक्दैन । पंक्ष्ँी जगतलाई एकरातको बास दिन सक्दैन । जहा“ बसेर चरा चुरुड्डी चचहाउन पाउ“दैनन । यस्तो सिख्रो पात झरेको रुखको रुप बनेको छ नेपाली गणतन्त्र । हेक्का हुनुपर्ने कुरा के त भनी बोल्न पाउने अधिकार मात्रै होइन गणतन्त्र कुसाशन विरुद्ध कुरिति विरुद्ध आफनो प्रतिद्वन्द्वी विरुद्ध नेताविरुद्ध बोल्न पाउने अधिकार मात्रै होइन गणतन्त्र । गणतन्त्रका विविध पक्षहरु हुन्छन । सुशासन समृद्धि,नागरिक समानता,स्वास्थ्य,शिक्षा व्यवस्थामा जताको सहज पहुंच जस्ता कुनै विषयमा पनि नेपाली गणतन्त्रले प्रवेश पाएको छैन । बोल्ने अधिकारको नाम होईन गणतन्त्र । बोलेर मात्रै पेट भरिदैन । भाषणले मात्रै समाज परिवर्तन हु“दैन । अझै भन्ने हो भने यहा“ त सत्य बोल्न पनि पाईदैन । नेपालमा विकास नहुनुमा राजतन्त्रलाई मुख्य कारण मान्ने राजतन्त्रले जनताको हक मारेको छ भन्ने गणतन्त्र नै विकासको मुख्य सुत्र हो भन्ने गरेका नाथेहरुले खै त विकास गरेको ? विकास त गरे तर कस्तो विकास गरे लोडसेडिड्ड नै नहुने देशमा लोडसेडिड्डको विकास गरे,एकै वर्षमा अरबौंको तेल चोर्ने विकास गरे,गरिब जनताले उपचार नपाउने विकास गरे,वर्ग विभाजनको विकास गरे ,वर्ग संघर्षको विकास गरे , जातीय धुव्रीकरणको विकास गरे,यस्तो पो रहेछ गणको तन्त्र भनेको त । राजतन्त्र नै विकासको बाधक थियो भने आज राजतन्त्र ढलेको पनि १ दशक हुनै लागेको छ यस एक दशकमा यस्ता कुनै दशवटा विकास देखाउन सक्छन गणतन्त्रवादीहरुले ? जसले जनतामा गणतन्त्रको अनुभूति गरायो ।
बास्तमा भन्ने हो भने कुनै पनि शासन व्यवस्थाले विकासमा अवरोध गर्दैन बाधा गर्दैन । कुनै पनि शासन व्यवस्थाले विकासमा गतिरोध पैदा गर्दैन । यदि राजतन्त्रमा विकास हुन नसक्ने भए डेनमार्क,नर्वे,बेलायत जस्ता देश आज संसारका सबै भन्दा सुखी र समृद्ध कसरी भए त ? ज्ञात रहोस उल्लेखित देशहरुमा राजतन्त्र कायमै छ । जबकि विशाल क्ष्ँेत्रफल विशाल जनसंख्या आन्नबालीमा आत्मनिर्भर विविधताले परिपूर्ण भएको देश भारत र हाम्रो देशको अवस्थामा त्यति धेरै अन्तर छैन । हेक्का रहोस भारत पनि गणतन्त्र हो । फेरि पनि भारतमा जरा सितको गणतन्त्र छ । जब कि हामीकहा“ जरा विनाको गणतन्त्र छ । जरा सितको रुखले हा“गा हाल्छ । विना जराको रुख सुक्दै जान्छ । सो भारतको गणतन्त्र फेरि पनि फल्दै छ फुल्दै छ हा“गा हाल्दै छ । जब कि नेपालमा गणतन्त्र ओइलाउदै छ । दोष शासन विधिमा हुदैन विचारमा हुन्छ । जस्तै कि फुलको विरुवा विधि हो भने त्यसलाई बनाउने हुर्काउने माली विचार हो । विरुवालाई कस्तो बनाउने हो भन्ने मालिमा निर्भर हुन्छ । राष्ट्रबाद उग्र नारामा ह“ुदैन ,व्यवहारमा हुन्छ । जो राष्ट्रवाद स्वर्गिय राजा विरेन्द्रमा थियो त्यस्तो राष्ट्रवाद आज कुनै नेतामा पाईदैन । तर उनको राष्ट्रवाद तथाकथित गणतन्त्रवादीहरु माथि अंकुस बनेको थियो । त्यसै कारणले त उनी सैह्य भएन नेताहरुलाई । गणतन्त्र पश्चात हामी यसरी लुटिम्ला यसरी पिटीम्ला भन्ने चेतना यदि जनतामा हुन्थ्यो भने सम्भत त गणतन्त्र प्रँप्त गर्न भन्दै प्राण न्यौछावर गर्ने थिएनन । नेपालको गणतन्त्र यहा“का नेताहरुलाई फापेको छ ।नेता निकट कार्यकर्तालाई फापेको छ । यहा“ को नोकर साहीलाई फलिफुत भएको छ । पु“जी पति वर्गलाई फस्टाएको छ । तर आम जनताको अवस्था हिजो पनि उही आज पनि उही अझै भन्नु पर्दा हिजोको भन्दा दुईचार कदम पछि सर्न बाध्य पारेको छ आम जनतालाई नेपालको पात विहीन गणतन्त्रले ।
वास्तवमा नेपाली जनताले अब गणतन्त्रको पनि विकल्प खोज्ने बेला आउ“दै छ  । छाया“ विनाको गणतन्त्रले अतालिएका जनता जब तातेर रन्किन्छन त्यति बेला गणतन्त्रका हजारौ राजा फेरिबाट धोति न टोपी भए भने आश्चर्य मान्नुपर्ने छैन । किन कि नेपाली गणतन्त्र अनउत्पादित रुख बनेको छ । अनउत्पादित रुखको रुपमा रहेको राजतन्त्र फालेपछि उत्पादित वृक्ष्ँ रोप्नुपर्ने थियो  तर त्यस्तो हुन सकेन । राजतन्त्रको रुपमा ज्ञानेन्द्र शाहको शासनकाललाई कदापि राम्रो मान्न सकिदैन तर विकल्पको रुपमा भित्राइएको गणतन्त्रले पनि आम जनतालाई कुनै मीठास दिन सकेको छैन । नेपाली गणतन्त्रमा सकारात्मक भन्दा नकारात्मक पक्ष्ँ धेरै देखा परेका छन । तर नकारात्मक पक्ष्ँको दोषी गणतन्त्र कदापि होईन । दोषी उनी तत्वहरु हुन जसले गणतन्त्रलाई आफनो खल्तीमा राखेर आफ्नो अनुकुन बनाएर प्रयोग गरेका छन । जस्तो कि भनिसकियो कुनै पनि तन्त्र दोषी ह“ुदैन । दोषी हुन्छ तन्त्र धारक । बास्तवमा नेपाली जनतासंग विकल्पको कमी छ । शासन कर्ताहरुले एक पछि अर्को विकल्प पाउ“दै गए । राणा शासनको विकल्पमा राजतन्त्र , राजतन्त्रको विकल्पमा लोकतन्त्र,फेरि लोकतन्त्रको विकल्पमा गणतन्त्र तर शासन कर्ताहरुले प्रत्येक विकल्प आफनै अधिन गरेर राखे । जनताले आफनो  अनुकुल बलियो विकल्प अझै पाउन सकेका छैनन । यहि दुखद विषय बनेको छ नेपाली जनतालाई ।

May 25, 2014

नेपाली नेताहरुले भारतिय नेताहरुसंग राजनीतिक गुण सिक्नु पर्छ


केशब काफले

हाम्रो दक्षिणी छिमेकि देश भारतमा लोकसभाको निर्वाचन सम्पन्न भैसकेको छ। भारतमा सम्पन्न भएको यस निर्वाचनले नेपाली मिडियाहरुलाई पनि प्रयाप्त मात्रामा खुराक दिईरहेको छ । यस निर्वाचनको प्राप्त मत परिणाम अनुसार कुनै बेला धार्मिक कट्टरबादी मात्रै नभएर बाहुन क्षेत्री तथा बानियाको पार्टीको रुपमा परिचय प्राप्त गरेको जतिय पार्टी भारतीय जनतापार्टी (भाजपा) तथा उसको गठबन्धन एनडिएले आवश्यक बहुमत भन्दा ६३ सिट धेरै जितेर विजय प्राप्त गरेको छ । एक्लै भाजपाले पूर्ण  बहुमतभन्दा ११ सिट धेरै जितेको छ भने गठबन्धनले लोकसभाका ५४३ मध्ये ३३५ सिट प्रप्त गरको छ । कुनै बेला भाजपा कट्टर हिन्दुवादी पार्टीको रुपमा  चिनिथ्यो । यस पार्टीका अनेक चरमपन्थी नारा थिए । जस्तै कि हिन्दी हिन्दु,हिन्दुस्तान हमारा है । देशकी रक्षा धर्मकी रक्ष्ाँ यही हमारा नारा हैआदी । तर ६५ प्रतिशत हिन्दुहरु भएको देशमा त्यस्तो हिन्दुवादी छवि  बोकेको पार्टीले कहिले पनि आशान्तित सफलता प्रँप्त गर्न सकेन । यस पार्टीको मार्गमा क्षत्रिय पार्टीहरु पनि रोडा बन्ने गरेका थिए । हिन्दुहरुको बाहुल्यता रहेको देशमा त्यतो कट्टर हिन्दुवादी पार्टीको असफलतालाई जातिय राजनितिको असफलताको रुपमा लिईन्थ्यो । फेरि यस पार्टीले २००४ पछि आफनो कट्टर छविमा सुधार गर्दै आफुलाई विकासवादी ,विकास प्रेमी पार्टीको रुपमा परिणत गर्दै गयो । जनताले उसको यो परिर्तित रुप रुचाउदै गए । हालैमा सम्पन्न निर्वाचनमा पनि यस पार्टीले विकासलाई नै मूख्य मुद्दा बनाएको थियो । धार्मिक र जातिय मुद्दाले दिन नसकेको सफलता अहिले यस पार्टीलाइ विकासका मुद्दाले दिएको छ । जबकी जातिगत राजनीति गर्ने केही क्ष्ँत्रीय पार्टीहरुलाई आफनो आस्तित्व कयम राख्न पनि कठिन परेको छ ।भारतमा देखिएको अहिलेको यस परिदृष्यले के पनि प्रष्ट भएको छ कि धार्मिकताका आधारमा जातियताका आधारमा राजनीति गर्ने दलहरुको कहिले उत्थान हुदैन । जातिगत राजनीति कहिले सफल हुदैन ।
नेपालका दलहरु जसले जातिय भावना भडकाएर राजनीति गर्ने कोसिस गर्दैछन त्यस्ता दलहरुले भारतको भाजपा भन्ने पार्टी र तिनका नेताहरु संग केही सिक्नु पर्छ । यो भारतीय जनता पार्टी १९८० को दशकमा स्थानपना भएको पार्टी हो । यस पार्टीमा अनेक विद्धान व्यक्तित्वहरुको भरमार छ  । तर पनि यस पार्टीले सफलता प्राप्त गर्नका लागि अन्ततःआफनो धार्मिक तथा जातिय कट्टरता त्याग्नै प¥यो । यहाबाट पनि नेपाली नेताहरुले केही सिक्नु पर्छ । यस पार्टीले आफनो स्थापनाको ३४ वर्ष सम्म पनि आफनो मूख्य प्रतिद्धन्द्धी पार्टी भारतीय कांग्रेस पार्टीलाई खासै ठूलो चुनौती दिन सकेको थिएन । तर यस पार्टीले अहिले आफनो कट्टर छवि त्यागेपछि भारतीय कांग्रेसको सफाया  गरेको छ । यस पार्टीका गुजरात प्रँन्तका मुखिया नरेन्द्र मोदीले गुजरातमा गरेको विकास अहिलेको चुनावी मुद्दा बनेको थियो । श्री नरेन्द्र मोदीले वितेका १० वर्षमा गुजरात प्रान्तको प्रचुर विकास गरेका छन । अहिले त्यही विकासको पुरै भारतमा प्रचार गरेर गुजरात मोडल देखाएर तथा देशमा व्याप्त भ्रष्टाचार कालाबजारी आदीलाई मुद्दा बनाएर ५४३ मध्ये ३३५ सिट यस पार्टीको गठबन्धनले जित्न सफल भएको छ । यसले के पनि प्रष्ट हुन्छ भने जनताले जातिगत या धार्मिक आधारको राजनीति भन्दा विकास मुलक राजनीति मन पार्दछन । यहाबाट पनि नेपाली नेताहरुले केही सिक्नुपर्छ । अहिले भाजपा धार्मिक र जातिय स्तरको राजनीतिबाट विकास मुलक राजनीतिमा सक्रिय भएको छ ।जसको एथेष्ट फल पनि प्राप्त गरको छ । सो यहाबाट पनि नेपालमा जातिय राजनीति गर्ने पार्टीहरु र नेपालका नेताहरुले केही सिख लिनुपर्छ । किन कि नेपालका केही दलहरुले पनि जातिय राजनीति गर्ने गरेका छन  ।  जातिय धुव्रीकरण गराएर एक जातको अर्को जात प्रति वैमन्ष्यता उत्पन्न गराएर विभिन्न जात जातिका बीच फाटो पारेर जाति विशेषलाई सडकमा ओरालेर उनीहरुको भावना संग खेलवाड गरेर राजनीति गर्ने पार्टीहरुले भाजपाले जस्तै आफुलाई पनि परिणत गर्नु पर्छ । भाजपाको राजनीतिक जीवन र हाल उसको परिवर्तित अवस्थाबाट सिख लिन जरुरी देखिन्छ नेपालका नेताहरुलाई । जातिय मुद्दा उठाएर पटक पटक निर्वाचनमा जादा नपाएको सफलता आज भाजपाले विकासको मुद्दामा लडेर पाएको छ । जातिय राजनीति गर्ने पार्टीहरुकालागि एउटा सबक हो भाजपाको जीत । अन्ततःआज भाजपा आफनो धार्मिक तथा जातिय विचार पूर्णत त्याग गर्न बाध्य बन्यो । र त्यसैले सफलता पनि पायो । एउटा ससक्त तथा सक्षम दल बन्नका लागि देशका सबै जात जाति भाषा भाषिको विश्वास प्राप्तगर्न सक्नुपर्छ । नेपालमा पनि जातिय आधारमा र धार्मिकताको आडमा राजनीति गर्ने पार्टीहरुले भारतमा भएको हालको निर्वाचनबाट धेरै कुरा सिन्नुपर्छ । अन्यथा जातिय राजनीति गर्ने दलहरुको एकदिन आस्तित्व नै संकटमा पर्ने  निश्चित छ ।
राजनीतिक पार्टीहरुले जातियतामा होईन की चौमुखि विकासमा ध्यान दिनुपर्छ । जसले सबै जातजातिको भलो गर्दछ र पार्टीहरुले राजनीतिक लाभ पनि पाउने छन । जातिगत तथा धार्मिक कट्टरवादीसोचको राजनीति पूर्ण सफल हुदो रहेन छ भन्ने उदाहरण पनि हो हालमा सम्पन्न भारतिय चुनाव । भारतमा भएको निर्वाचनमा भारीतय काग्रेसपार्टीको आस्तित्व मात्रै बाकी छ । तर त्यस पार्टीका नेताहरु हतास र उत्तेजित छैनन । आफनो पार्टीको अप्रत्यासित हार पश्चात कांगे्रस पार्टीकी अध्यक्ष्ँ श्रीमती सोनिया गांधि तथा उपाध्यक्ष राहुला गान्धी दुवैले सालिनता तूर्वक हार स्वीकार गरेका छन । हारको नैतिक जिम्मेवारी पनि आफुहरुले लिएका छन । उनीहरुले जनमतको स्वागत गर्दै भनेका छन की ठीकै छ जनमतको कदर गर्नुपर्छ हामीसंग जनता रिसाएका रहेछन यस पटक जनताले हामीलाई पत्याएनन,तर जनताको फैसला सिरोधार्य गर्छै भन्दै विजयी पार्टीहरुलाई बधाई तथा शुभकामना पनि दिएका छन । के यस्तो सालिनता यस्तो नैतिकता छ नेपालका दलहरुमा र तिनका नेतामा ? हार सहनी जीत पचाउनी क्षमता छ नेपाली नेताहरुमा ? सिक्नु पर्छ नेपालका नेताहरुले छिमेकीहरु संग । सोनिया गान्धी तथा राहुल गान्धीले आफुहरुलाई भोट नदिएर हराएका जनतालाई पनि धन्यवाद दिएका छन । उनीहरको सालिनता र नैतिकता देखेर त नेपाली नेताहरु सर्मैसर्मले मर्न पर्ने थियो । तर यहाका नेतामा सर्म र नैतिकता कहा छ र ? यहा त भोट नदिने जनतालाई चेतावनी दिईन्छ , रगतको खोलो बगाइदिने धम्की दिईन्छ । गाउ निकाला गर्नेधम्की दिईन्छ । सिक्नै पर्छ नेपाली नेता तथा दलहरुले छिमेकीहरु संगकेही गुण । नैतिकता सालिनता,धैर्यता भन्नेकुरा त परैजावस यहा त आफुले जिते निश्पक्ष्ँ निर्वाचन हारे देखि देशि विदेशी शषणन्त्र देख्छन यहाका नेताहरुले । यहा जीतेकाहरुले हारेका हरुलाई विभिन्न नामाकरण गर्दै अवद्र भाष प्रयोग गर्दैहरुवा क्षरुवा,नामर्द,लाजपचेका भन्छन । हारे भने हारमा देशिविदेशी षडयन्त्र देख्छन । जनता धम्काउछन यहा त न हार सैर्य छ न जीत पाच्य छ । सिक्न पर्छ यहाका नेताहरुले भाजपाका अध्यक्ष्ँतथा अन्य वरिष्ठ नेताहरुले आफनो पार्टीको आशा अनुरुप जित पश्चात कमेन्ट गर्दै पत्रकार सम्मेलन मार्फत आफना कार्यकर्तालाई सम्बोधन गर्र्दै भनेका थिए कि सैयम राख्नुस जीतको अतिउत्साहमा हारका पार्टी तथा उनका नेताहरु प्रति कुनै अनुचित शब्द प्रयोग नगर्नुस । अशब्द प्रयोग नर्गुस,कसैलाई पनि कटाक्ष्ँ नगर्नुस उत्तेजीत नार नलगाउनुस जो हुनी चुनाव प्रचारमा भयो  अब परिणाम पश्चात कसैलाई शब्द वाण प्रहार नगर्नुस सालिनाता पूर्वक खुशी मनाउनुभन्दै निर्देशन दिएका थिए । उनीहरुको यस्तो विचारले उनीहरुको माहनता दर्साउछ । तर यहा त जीतेकाहरुले केही वदशीहरुको नाम लिएर जीन्दावाद मुर्दाबादका नारा लगाउछन । हारे भने जनता रन्काउछन,धम्काउछन । शिख नेपाली नेता हो केही सिख सालीनता धैर्यता मर्यादा आदी सिख । सिख्नै पर्छ यहाका नेताहरुले केही गुण आफना छिमेकी देशका नेताहरु संग ।

May 21, 2014

तस्बिर पनि कस्ता कस्ता






पीर पीडा पिउने, मृत जीवन जिउने












केशब काफले

नारी तथा पुरुष दुवै यस सृष्टि रुपी नाटय मञ्चका नायक नायिका हुन । यिनी दुवै नायक नायिकाको आपसी तालमेल यति गहिरो हुन्छ कि यिनलाई अलग गर्न सम्भव हु“दैन । नारी पुरुष दुवैको पूर्ण सहभागिता बीना श्रृष्टिको यो नाट्य मञ्चन असम्भव छ । तर आज सृष्टिका यिनी दुई नायक नायिकालाई कानुन रुपी तलबारले चिरेर दुई फ्याक पारि“दै छ  । लेखको उद्देश्य महिला हक अधिकारको विरोध गर्नु कदापि होईन,बरु यथार्थ प्रष्ट्याउनु हो । समाजमा कुनै एक पक्ष्ँले अनपेक्ष्ँित र अनावश्यक शक्ति प्राप्त गरेर शक्तिशाली हुन्छ भने उ निश्चित रुपमा निरंकुश हुन्छ । निरंकुशको अर्थ हो छाडा हुनु । शक्ति सम्पन्न वर्गले कमजोर वर्गको शोषण गर्छ । शक्तिशाली वर्गले नैतिक अनैतिक भन्ने विषयलाई महत्व दि“दैन तर यहा“ विषय नारी पुरुषको हो । लिड्डका आधारमा भेदभाव गर्न पाईदैन भन्ने कानुन भएको देशमा लिड्डकै आधारमा पुरुष विरोधी कानुन मौजुद  छ । कानुनी व्याख्यामै विरोधाभाष देखिन्छ,यो कस्तो व्याख्या हो ? एकतर्फ लैड्डिक भेदभाव गर्न पाईदैन रे फेरि लिड्डकै आधारमा एक पक्ष्ँलाई छुट दिइएको छ । महिला वर्गलाई दिइएको यस कानुनी आरक्ष्ँणले पुरुषवर्गको पूर्ण आयु जिउने अधिकार पनि खोसेको छ । यहा“ त विडम्बना कस्तो छ भने व्यक्ति हत्यालाई पनि महिला हिंसाको रुपमा व्याख्या गरेर पुरुषलाई दोषि ठहर गरिन्छ । तर कुनै नारीले आफनो प्रेमीस“ंग मिलेर आफनै पतिको हत्या गर्दा पनि त्यसलाई पुरुष हिंसाको दृष्टिले हेरि“दैन । यस्तो भेदभाव किन? नारीले हत्या गरे व्यक्ति हत्या हुने ? पुरुषले नारीको हत्या गरे महिला हिंसा ? कानुनी व्याख्या पुरुष विरुद्ध ? सामाजिक व्याख्या पुरुष विरुद्ध आखिरी पुरुष विचरा कहा“ जाने ? महिलाद्वारा पुरुष हिंसा हुनै सक्दैन पत्निद्वारा पति पीडित हुनै सक्दैन भन्ने मानसिकताले गर्दा आज पुरुष समाज निकै पीडित बन्न पुगेको छ ।
केही सामाजिक मान्यता र नारी तथा पुरुष बीचको घोर न्यायिक विभेदताका कारणले गर्दा आज पुरुषहरु आफना पिर पीडा लुकाएर बस्न बाध्य बनेका छन । देशको कानुनी व्यवस्थाले महिलाहरुलाई शक्तिशाली बनाएको छ भने पुरुष वर्गलाई लाचार  पारेको छ । आज पुरुष बिवस बनेको छ । अगाडि कुवा पछाडि खाल्टो जता जा“दा पनि मृत्यु । आज पुरुष मुसा विरालोको सिकार बनेझै महिलाको सिकार बन्ने गरेको छ । यसको उदाहरण हो एक  दुई वर्ष पहिलाको कुरा होला नेपालको एउटा अदालतले विषम अवस्थामा नाता प्रमाणित गर्ने वैज्ञानिक पद्धति डिएनएको प्रमाणिकतालाई पुरुषको पक्षमा मान्य गरेन । अन्ततः पुरुष निर्दोष हु“दा हु“दै पनि दण्ड सजाको भागेदा हुन पुग्यो । एक जना महिलाले मेरो काखमा खेल्दै गरेको बालक अमुक पुरुषको हो भन्दै गुजारा भत्ता क्षतिपुर्ति आदिको माग सहित अदालत पुगिन तर पुरुषले बच्चा मेरो  हुनै सक्दैन भन्दै प्रतिवाद ग¥यो । पुरुषको भनाई थियो कि मेरो उनी महिलास“ंग केही समय सामान्य प्रेम सम्बन्ध रहे पनि उनीस“ंग यौन सम्पर्क कहिले पनि नभएको हु“दा बच्चा मेरो हुनै सक्दैन भन्दै प्रतिवाद गरे । प्रमाणिकता जा“चका लागि अदालतले आ“फै डिएनए परीक्ष्ँणको आदेश ग¥यो । परीक्ष्ँणमा बच्चा उनी पुरुषको नभएको प्रमाणित भयो । तर फेरि पनि फैसला उनी पुरुष विरुद्धमा आयो । अदालतले वैज्ञानिक प्रमाणिकतालाई भन्दा पनि महिलाको मौखिक बयानलाई बलियो मानेर फैसला सुनायो । यस्तो मा छ बा“की कही पुरुषले न्याय पाउने ठाउ“ ? केही  सामाजिक लोभ लाप र महिला पुरुष बीचको मुद्दामा पुरुषको जित ह“ुदैन पुरुषले न्याय पाई“दैन भन्ने मानसिकता र अवस्थाले गर्दा आज अनेक पुरुषहरु पिर पीडा पिउने मृत जीवन जिउने गरेका छन ।
घर भित्र होस अथवा घर बाहिरको कार्य स्थल होस ,कार्यालय होस या सार्वजनिक स्थल होस । पुरुषमाथि महिलाद्वारा जति थिचो मिचो गरे पनि पुरुषले न्याय पाउने सम्भावना एकदमै क्षिण हुन्छ । मानौ पुरुष ह्दय सुन्य निर्जिव वस्तु हो । पुरुष विरोधी तर महिला पोषित कानुन र केही सामाजिक मान्यता तथा लोभलालचले गर्दा आज कैैयन पुरुषहरु भित्रभित्रै महिलाको अन्याय सहेर हुडन र पिर पीडा पिउ“दै ओठमा कृतिम मुस्कान छर्दै जिवित अवस्थामै मृत प्राय जीवन जिउने गरेका छन । उल्लेखित अवस्थाका पुरुषहरुको कमी छैन यस समाजभित्र तर नारीद्वारा पुरुषपीडित बनेका धेरै जसो घटना त प्रकाशमै आउ“दैन । किनकि पुरुष समाजमा एउटा पुरानो सामाजिक मान्यता भनौ या मानसिकता के छ भने स्वास्नीले जारेको  र जुवामा हारेको कसैस“ंग नभन्नु अरे । अन्यथा आफनै जग हं“साई हुन्छ अरे । पुरुषको यस मानसिकताको भरपुर लाभ नारीले पाउने गरेका छन । तर यो सामाजिक मान्यता हो । यसलाई तोडन पनि सकिन्छ । तर पुरुषले कानुन रुपी बलियो बन्धनलाई कसरी तोडन सक्छ र ? बराबरको अपराध गरेबापत लिड्डका आधारमा गरिएको कानुनी भेदभाव र केही सामाजिक लोभलाजले गर्दा आज पीडित पुरुषहरु चुप चाप मनको व्यथा मनमै थन्काएर ओठमा कृतिम मुस्कानका साथ पीडा युक्त जीवन जिउने गरेका छन । व्यवस्थापिका,कार्यपालिका,न्यायपालिका कुनै अंगले पनि पुरुषको यस अवस्थालाई जान्ने बुझने कोशिस गर्दैनन । अझै पनि महिलावादी संगठनहरुले तथा केही लेखक लेखिकाहरुले पुरुष विरुद्ध अझै काडा कानुन बनाउनु पर्छ भन्ने माग गरिरहेका हुन्छन । यस देशको कानुनी व्यवस्था नै गलत छ नारी पुरुषका विषयमा । जस्तै कि लिड्डका आधारमा भेदभाव गर्न नपाईने व्यवस्था छ भने फेरि लिड्डकै आधारमा नारी पुरुषको बीचमा यो कानुनी भेदभाव किन ? प्रश्न छ समाजका विद्वानहरुस“ंग ? के पुरुषको पूरा आयु जिउने अधिकार छैन र ? पीडित पुरुषका ओठमा खेल्दै गरेका कृतिम मुस्कानका पछाडि लुकेको पीडास“ंग घरकै सदस्यहरु पनि परिचित हु“दैनन । यस अवस्थाले केही पीडित परेका पुरुषहरुको आयु पनि क्ष्ँिण हुने गरेको छ यो एउटा सर्वेक्षणले देखाएको तथ्य हो ।
पुरुषको त ह्दय खोलेर पीडा पोख्ने ठाउ“ पनि ह“ुदैन । किनकि आज भोलि संयुक्त परिवारको परिवेश रहेन विवाह पश्चात श्रीमतीलाई सुख कटाउनका लागि बाबुआमा,दाजुभाई,घर परिवार त्याग गरेका पुरुषहरुको दुख विसाउने थलो बा“की रह“दैन । सामान्य घरायसी झगडालाई पनि नारी हिंसाको रुप दिएर पुरुषलाई थन्को लगाउन सकिन्छ त्यसकरण पुरुषको बोल्ने अवस्था बा“की रहेन । पुरुष जति पीडित ह“ुदा पनि डिभोर्सको बारेमा सोच्न पनि सक्दैन । किनकि पुरुषले चाहेर त डिभोर्स नै पाउ“दैन ।कथमकाल पायो भने पनि त्यो भोको नांगो हुने निश्चित छ । प्रथम त पूरुषले डिभोर्स खोज्ने बाटोमा कानुन रुपी यति धेरै का“डा रोपिएको हुन्छ कि तिनी का“डाको का“ट छा“ट गर्दागर्दै पुरुष रगाताम्य हुनपुग्छ । जबकी केही मार्ग नारीका लागि अति सुगम बनाएको छ कानुनले । यदि सम्पत्तिको स्वामीत्व नारीको रहेछ भने डिभोर्सको अवस्थामा पुरुषकंगाल हुने निश्चित छ । पुरुषको पक्ष्ँमा वैज्ञानिक प्रमाण पनि साक्ष्ँमानेको छैन कानुनले भने अर्को तर्फ महिलाको मौखिक बयानलाई नै प्रमाणिक आधार मान्ने गरेको छ कानुनले  ।
कानुनको यस भेदभावले सृष्टिका यी दुई मुख्य नायक नायिकालाई अलग पार्ने काम गरेको छ । सामाजिक रुपमा पुरुष सरह हक अधिकार महिलाहरुले पाउनै पर्छ यसमा कुनै दुई मत छैन । तर महिला भएकै कारण कानुनमा पनि उनीहरुलाई भारी डिस्काउण्ट दिनु भनेको सरासर पुरुष हिंसा हो । पुरुष हिंसाका कानुनी छुट हो यो लिड्डका आधारमा गरिएको भेदभाव हो । कानुनले नै लिड्डका आधारमा भेदभाव गर्छ भने सामाजिक रुपमा भेदभाव नहुने कुरै भएन । तसर्थ यस भेदभावलाई समाप्त गर्नुपर्छ । पितृसत्ता समाप्त गर्ने निहु“मा मातृ सत्तँ लादेर समाजमा नया“ विकृति जन्माउनु निश्चय पनि गलत हो ।