केशब काफले
तरकारीमा अत्यधिक विषादी प्रयोग सम्बन्धी समाचारहरु प्रकाशनमा आउन थालेपछि यो विषय उपभोक्ताहरुका बीच गम्भीर चासोको विषय बनेको छ । र चासो हुनु पनि पर्छ । किनकि मुनष्य जीवनमा स्वास्थ्य भन्दा ठूलो सम्पत्ति अन्य केही पनि हु“दो रहेन छ । स्वास्थ्य नै धन हो भन्ने विषयको ज्ञान सबैमा नहुन सक्छ । तर त्यस्ता व्यक्तिहरु सं“गत्यस विषयको प्रयाप्त ज्ञान हुन्छ,जो व्यक्ति निरन्तर रोग व्याधिसं“ग संघर्ष गर्दै आईरहेका छन । यहा“ प्रश्न विषक्त हरियो तरकारीको मात्रै नभएर विषाक्त खाद्य पदार्थ हो । यस आलेखको मध्यमबाट खाद्य पदार्थमा पढ्दो विषादी प्रयोगका केही मुख्य कारणहरु प्रष्ट्याउने प्रयत्न गरिएको छ ।
हरिया तरकारीमा हुने गरेको विषादी प्रयोग सम्बन्धी सत्य तथ्यलाइ हेरेर अमल गर्ने हो भने आज कुनै पनि हरिया तरकारीहरु स्वास्थ्यका दृष्टिले खान योग्य हु“दैन । अझै त्यसैमा पनि हरिया साग पातहरु त झनै खानै ह“ुदैन । किनकि सागपात जन्य हरिया तरकारीहरुमा सबै भन्दा धेरै विषादी प्रयोग गरिएको हुन्छ र सागपात जन्य तरकारीहरुबाट हामी उपभोक्तहरुले प्रत्यक्ष्ँ रुपमा विषादी खाने गरेका छौं । किनकि हरिया सागपात फोकेर (छिल्का फालेर) खान मिल्दैन । त्यस कारण आज जुन सागसब्जीमा विषादीको छिडकाउ गरिन्छ भोलि पल्ट त्यही सागपात बजारमा आईपुग्छ । र त्यसबाट हामीले प्रत्यक्ष्ँ विषादी खाने गरेका छौं । त्यसै पनि अन्य हरिया तरकारीको तुलनामा सागजन्य तरकारीमा विषादीको प्रयोग धेरै हुने गर्दछ । हुन त व्यवसायी तरकारी खेतीमा हरिया तरकारीहर सबैमा विषादीको प्रयोग हुन्छ नै । त्यसैमा पनि सागपात जन्य तरकारीमा झनै उच्च मात्रामा विषादीको प्रयोग हुन्छ । तर जानजानै पनि उपभोक्ताहरु त्यस्ता विषादी युक्त तरकारीको उपभोग गर्न बाध्य छन । किनकि खुर्सानी बिना भान्सा चाहे नरोकिएला तर दाल तरकारी बिना भान्सा अवस्य नै रोकिन्छ । आखिरी यो अत्यधिक विषादी प्रयोग सम्बन्धी विषयको दोषी को हो त ?
व्यवसायिक तरकारी खेतीगर्ने किसान । अथवा कृषि फारामहरुले विषादी प्रयोग नगरिकन तरकारी उत्पादन गरेर मुनाफा हु“दैन । जब कि व्यवसायको अर्थ नै मुनाफा कमाउनु हो । अर्को तर्फ व्यसायिक तरकारी खेती अथवा व्यवसायि कृषिको खेती युवाहरुका लागि बाध्यता बनेको छ भने अर्को तर्फ आवश्यकता पनि बनेको छ । समयको माग पनि बनेको छ । देशमा बढदो बेरोजगारको समस्यालाई केही हदसम्म भए पनि व्यावसायिक तरकारी खेती र व्यावसायिक कृषि खेतीले समाधान गर्ने गरेको छ ।
तरकारी अथवा कृषिको क्षेत्रमा विषादी प्रयोगको समस्या अकस्मात पैदा भएको होईन । यसका अनेक पाटाहरु छन । जसमा मानव आफैले गरेको गल्ति भनौ अथवा भुल भनौ को भुमिका नै मूख्य छ । तरकारीमा हुने गरेको विषादी प्रयोगमा हाल कृषि पेशमा लागेका किसान र कृषि फारामहरु मात्रै दोषी छैनन । यस विषयको जरो निकै गहिरो छ । जति गहिरो छ उत्तिकै डरलाग्दो पनि छ । विषादी प्रयोगमा एकातिर किसानको बाध्यता छ भने अर्का तिर आवश्यकता पनि उत्तिकै छ ।
व्यापारमा जतिजति लाभ ह“ुदै जान्छ व्यापारीको लोभ पनि उत्तिकै बढदै जान्छ । आफनो मालको बजारमा खपत देखेर व्यवसायी र उत्पादन कर्ता उत्साहित हु“दै जान्छन । लोभ बढदै जान्छ । उत्पादनमा बृद्धि गर्दै जान्छन् । भन्ने गरिन्छ कि ‘जिमी प्रति लाभ लोभ अधिकाई’ यो व्यापार व्यवसायको सिद्धान्त नै हो । अब तरकारी खेतीमा उत्पादनमा वृद्धि गर्ने विकल्प विषादी प्रयोग बाहेक अरु के छ र ? छिटो छरितो उत्पादनका लागि कृषकहरुले रसायनिक मल र अन्य विषादीहरुको अन्धा धुन्द प्रयोग गर्ने गरेका छन । उनीहरुले उत्पादन जसरी गरे पनि बजारमा निर्विरोध खपत भईरहेको छ । हेक्का राख्नु पर्ने ,विषय के हो भने युरिया आदि रसायनिक खादहरु पनि विषादी नै हुन । तर जस्तो कि माथि उल्लेख गरिसकियो यसमा किसानमात्रै दोषी छैनन । विषादी प्रयोग किसानको बाध्यता बनेको छ भने मानव समाजको आवश्यकता बनेको छ । यस विषयमा समकालीन मानव समाजदेखि वर्तमान मानव समाज समान रुपमा दोषी देखिन्छन । किनकि मानव समाजले भोलिका दिनमा आइ पर्ने भयानक परिणामका बारेमा हिजो पनि विचार पु¥याउन सकेको थिएन र आज पनि त्यो विचार पु¥याउन सकेको छैन ।
मानव समाज प्राणी जगतको सर्वश्रेष्ठ प्राणी हु“दा ह“ुदै पनि मानवले स्वयम मानव जातको हित र सम्पूर्ण प्राणी जगतको हितमा त्यो विवेकको प्रयोग गर्न सकेको छैन जो कि गर्नै पर्ने थियो । मनुष्यको विवेकहिनतको परिणाम स्वरुप आज हरिया तरकारी त के सम्पूर्ण खाद्य पदार्थमा विषादी को प्रयोग गर्न परिरहेको छ । जसको लाभ व्यवसायिक किसान र किटनाशक उत्पादन कर्ताहरुले उठाई रहेका छन ।
मनुष्यले आफनो विवेकद्वारा भविष्यमा आईपर्ने कठिनाई लाइ दृष्टिगत गरेर जनसंख्या नियन्त्रण गर्न सकेन । तीव्र रुपमा जनसंख्या बढदै गयो । वढदै गएको जनसंख्या अनुसार नै उत्पादनमा वृद्धि गर्नु पर्ने बाध्यता बढदै गयो । यहा“निर ध्यान दिनुपर्ने विषय के छ भने धर्ति सीमित छ जब कि जनसंख्या बढदो छ । सीमित धर्तिबाट नै बढदो जनसंख्याका लागि खाद्य पदार्थ सहित अन्य सबै भौतिक वस्तुको पूर्ति गर्ने हो । फेरि प्राकृतिक वस्तुको मागको पूर्ति हुन्छ त ?
आज कुनै पनि खाद्य पदार्थ विषादी रहित छैनन । किनकि कुनै पनि खाद्य पदार्थ प्रकृतिक तथा पारम्पारिक पद्धतिद्वारा उत्पादित हु“दैनन । कृत्रिम तरिका अपनाएर उत्पादन गरिएको तरकारी अथवा खाद्य पदार्थमा रोग तथा किट पतं·को आक्रमण धेरै हुने गर्दछ । जसलाइ नियन्त्रण गर्न विषादीको प्रयोग गर्नु पर्दछ । त्यसैकारणले गर्दा हरिया तरकारीहरु त खान योग्य छैनन । त्यति मात्रै होईन आज गाई भैसीको दुध घिउ, अथाव दुग्ध जन्य पदार्थ पनि शुद्ध र विषादी रहित छैनन ।
विषादीको मात्रा थोरै होला त्यो बेग्लै कुरा हो बढदो जनसंख्याको मागको पुर्ति गर्नको लागि हरिया तरकारी तथा अन्य खाद्य पदार्थमा विषादीको प्रयोग अनिवार्य नै बनेको छ । त्यसकारण यस विषयमा पुरा मानव समाजनै दोषी देखिन्छ । जनसंख्या वृद्धि जारी छ धर्ति सीमित छ । तराई क्षेत्रको उब्जाउ भूमि शहरी करणले गर्दा समाप्त ह“ुदैछ । उब्जाउ भूमि माथि धमाधम पलटि· गरेर भूमि मासिदै छ । हिजोका उब्जाउ भूूमिमा आज ठूला ठूला कालोनिको निर्माण भईरहेको छ । विज्ञानले समुन्द्रमा खेतीगर्ने तरिका खोज्न सकेको छैन । मरुभूमि खेतीगर्न सकिएको छैन । फेरि मागको पूर्ति कसरी हुन्छ त ? तर यति सरल विषय पनि हामी महाबुद्धिमान मनुष्यले अझै बुझिसको छैनौ । २ छोरी जन्मिसके पछि पनि छोराको लोभमा अझै २ छोरी अथवा छोरा नै भए पनि १ छोराले भएन २ छोराको लोभमा जनसख्या वृद्धि गर्ने काम जारी नै छ । फेरि दोष कस्को ? कृषकको मात्रै हो र ? हाम्रा धार्मिक मन्यता पारम्पारिक सोंच आदि सबै दोषी छन ।
परिवर्तनको नाममा अथवा आधुनिकताको नाममा छोट कपडा लगाउने अंग्रेजी घोलमोल गरेर बोल्ने सोचको विकास भए पनि तिनै आधुनिकता अपनाउनेहरुमा छोरा छोरी बराबर भन्ने सोचको विकास अझै पनि हुन सकेको छैन । पढेलेखेका डाक्टर इन्जिनियर शिक्ष्ँक, अर्थात समाजको शिक्ष्ँित र बुद्धिजीवी वर्गमा पनि पारम्पारिक विचारको गुणगोहर बा“की नै छ । फेरि तरकारीको रुपमा मधुरो विष नखाएर के खाने त ? एउटा सोधको तथ्यांकको अनुसार संसारका सबै मनुष्यले मांशाहारको त्याग गरेर साकाहारी भोजन गर्न थालिन्छ भने अन्न उत्पादनमा तत्काल ३५ प्रतिशतका दरले वृद्धि गर्न जरुरी देखिन्छ । यदि त्यस्तो हुन नसके ३५ प्रतिशत जनता भोकै बस्नु पर्ने हुन्छ । त्यति मात्रै होईन सबै मनुष्य शाकाहारी हुन्छन भने तरकारीहरुको उत्पादनमा आज नै यति सारै विषादीको प्रयोग भएको छ भने तब झन कति प्रयोग गर्न पर्ला त्यति मात्रै हाईन सबै शाकाहारी भएको खण्डमा आज बजारमा अरहरको दाल जे भाउ विक्री भईरहेको छ त्यसको मूल्य ३ दोब्बरले बढेर जान्छ । दाल मात्रै होईन हरिया तरकारी आदि सबै शाकाहारी खाद्य पदार्थको मूल्य पनि त्यसै पनि बढेर जान्छ । दाल अनुमानित ७—८ सय रुपैया“ बढेर जान्छ । फेरि उत्पादनको वृद्धि पनि त्यही अनुपातमा गर्नु पर्ने छ । त्यस अवस्थामा प्राकृतिक रुपमा गरिएको उत्पादन हात्तीको मुखमा जिरा भन्छन तर हात्तीको मुखमा जीरा नभएर जीरो हुने छ । आवश्यकताको पूर्तिका लागि सबै प्रकारका कृत्रिम तरिका अपनाउनु पर्ने हुन्छ । जसमा प्रमुख भूमिका विषादी नै रहने छ । जस्तो कि उल्लेख गरिसकियो विषादी प्रयोगलाई प्रोत्साहित गर्ने अनेक कारणहरु छन जस्तै कृषकको आर्थिक प्रलोभन,विषादी उत्पादन कम्पनीको आर्थिक प्रलोभन, विषादी प्रयोग गर्नु पर्ने बाध्यता , बजारमा मागको पूर्ति गर्नु पर्ने बाध्यता तर कारण र निचोड जनसंख्या वृद्धि नै हो ।
कसैले भन्छन विषादी प्रयोग गरे जनता मर्ने नगरे किसान मर्ने । तर कसरी मर्छ किसान ? एउटै झाल एउटै रुख,एउटै विरुवा बाट क्षमता भन्दा दोब्बर तेब्बर उत्पादनका लागि अत्यधिक मात्रामा रसायनिक मल र विषादी प्रयोग गर्ने किसान त दोषी छन नै तर हामी उपयोग गर्ने जनता पनि उत्तिकै दोषी छौं । चिकित्सकहरुले पनि अधिका—अधिक हरियो परियो खाने सल्लाह दिन्छन । हामीहरु पनि हरियो सागपात अथवा हरियो तरकारी भने पछि मरिहत्ये गर्दछौं । जति उत्पादन गरे पनि मागको पूर्ति हु“दैन खपत भएकै छ । उत्पादन कर्ताको लोभ बढदै जान्छ । तर आज जति धेरै हरियो परियो खायो उति धेरै विषादी खाईन्छ । यो विषय आफै चिकित्सकहरुलाई थाहा हु“दैन । किनकि उत्पादन गर्न चिकित्स खेतमा त जा“दैनन । रुखभरिको फलफूल एकै पटक टिपेर विषादीले एकै पटक पकाएर बजारभरी पयांलपुर गरिन्छ । तर यस विषयमा सरकारको तर्फबाट विषादी प्रयोग सम्बन्धी कुनै मापदण्ड,रोकतोक छैन ।
किसान मर्ने भन्दा पनि किसानमा लोभ बढी देखिन्छ । एउटै लौकाको झालमा १० देखि ३०—४० को हाराहारीमा लौका फल्छन । लौका अफ सिजनमा ६० देखि १०० रुपैया“ किलोसम्म विक्छ एउटै लौका १ देखि ३ केजीसम्म हुन्छ । आज यति नै बेला तब जबकी लौका,घिरौला,बोडि तरकारी आदिको सिजन हो र पनि यिनी तरकारी यति नै बेला पनि ३० देखि ५० रुपैया“ किलोसम्म विक्री हु“दैछ कसरी मर्छन त किसान ? कति लागत लाग्छ एउट लौकाको झालमा घिरौलाको झालमा ? कति लाग्छ एउटा गरामा साग उमार्न , जबकी २०० ग्रामको सागको मुठा १० देखि ३० रुपैया“ सम्म विक्छ बजारमा । आज साग टिपेर प्रोटिन आदिको रुपमा विषादी छर्कने पर्सि फेरि उत्तिकै तयार हुन्छ । फेरि त्यही बजार पूग्छ । रहस्य धेरै छन यसमा । कमाईको कुरा गरेर ह“ुदैन कसैले बसी बसी एकै दिनमा लाखौ कमाउ“छ,कसैले दिनभरी पसिना बगाएर पनि १०० रुपैया“ मात्रै कमाउ“छ । त्यो देखेर ह“ुदैन ।
मावनको स्वास्थ्यस“ंग गम्भीर खेलवाड भईरहेको छ । तर दोषी हामी पनि छौ कृषक मात्रै होईन । हामीहरुले प्रोसाहित गरेका छौ । हामीलाई दालले मात्रै हु“दैन तरकारी चाहियो, चटनी पनि चाहियो, अधुवा, जुवानो, टिमुर, ज्याम्मु, लसुनको झोल भोलले ह“ुदैन हामीलाई । मीठै चाहियो स्वादीलो चाहियो । चाहे त्यो स्लो पैजन नै किन नहोस । दोषीका क्ष्ँेत्र खोज्दै जाने हो भने धेरै छन । तर मुख्य जनसंख्या वृद्धि नै हो । आज लोभ लाग्दा हरिया तरकारी खाएर शरीरले भिटामिन पाउ“दैन प्रोटिन पाउ“दैन पाउ“छ त के ग्याष्टिक पाउ“छ,अस्लस पाउ“छ,प्यारालाईसीस पाउछ,आ“खाको दृष्टिकम आ“खाबाट आ“सु आउने,आदि आदि पाईन्छ । तर अझै पनि जनसंख्यामा दिन प्रतिदिन वृद्धि भईरहेको छ । समुन्द्रमा खेती हु“दैन रेगिस्तानमा खेती ह“ुदैन । पृथ्वीको आकारमा वृद्धि हु“दैन । तर आवादीको वृद्धि रोकिदैन । उत्पादनको वृद्धि गर्नै पर्छ विषादीका प्रयोग गर्नै पर्छ । र त्यही विषादी युक्त तरकारी अथवा अन्य खाद्य पदार्थको उपभोग जनताले गर्नैै पर्छ ।
आज भन्दा १५ –२० वर्ष पहिला जुन खेतमा १० मुरी धानको उत्पादन हुन्थ्यो त्यसै खेतमा आज ५०–६० मुरी धान उत्पादन हुन्छ । जुन बारीमा त्यति बेला ५ मुरी मकै फल्थ्यो आज त्यही बारीमा २० मुरी मकै उत्पदन हुन्छ । कसरी उत्पादन हुन्छ त विना विषादी प्रयोग नगरी हुन्छ त ? फेरि पनि खाद्य पदार्थको पूर्ति हु“दैन । माग बढदै जान्छ । कारण जनसंख्या वृद्धि नै हो । फेरि यस श्रेष्ठ प्राणीले कुरा किन बुझदैन त ? छोरी जन्मिएर छोरा जन्मने आशमा जनसंख्या वृद्धि, छोरा जन्मिए एउटी छोरी त हुनै पर्छ नत्र छोराहरु तिहारमा अलपत्र हुन्छन । यस्तै विचार र मान्यताले गर्दा विषादी प्रयोग अनिवार्य बन्दै गएको छ ।
आज भारतमा १ सेकेन्डमा ५ वटा बच्चा जन्मन्छन । र १ सकेन्डमा २ जना मान्छे मर्छन । अर्थात तिनको संख्या वृद्धि हुन्छ । नेपालमा पनि जन्मदर र मृत्यु दरमा ठूलो अन्तर छ । अब यस अन्तरलाई सन्तुलित गर्न मृत्युदर बढाउने कुरा तार्किक ह“ुदैन । तर जन्मदर कम गरेर जन्मदर र मृत्यु दरलाई सन्तुलित गर्न नसकिने होईन । जम्मा सरकार ईमान्दार र जिम्मेदार हुनुपर्छ । तर समस्याको समाधान सरकारको् प्रयासले मात्रै ह“ुदैन जनताले आफनो विवेकको प्रयोग गर्नु पनि जरुरी छ । उत्पादन गर्ने किसान देखि उपभोग गर्ने आम जनता सम्मा विषादीको प्रयोग र उपयोगले स्वास्थ्यमा पर्ने असर बारे सचेत हुनु जरुरी छ जन्मदर र मृत्यु दरमा कसरी सामन्जस्य बसालेर यसैलाई सन्तुलित गर्ने भन्ने तर्फ सरकार सरोकार वाला सबै लाग्नु पर्छ । अन्यथा परिणाम भयानक हुने छ । समस्याको जरो पहिल्याउन पर्छ । समस्याले महामारीको रुप नलिदै रोकथाममा ध्यान दिनु पर्छ । खेती योग्य जमिन मासिनु ह“ुदैन । आधुनिकता शहरमा मात्रै हु“दैन शहर पसेर मात्रै आधुनिक भईदैन तीव्र सहरीकरण मथ्थर गर्नुपर्छ । आधुनिकता शहरमा होईन विचारमा ल्याउनु पर्छ ।