March 23, 2014

 नेपालमा हुदै गरेको चिकित्सा प्रगतिको लाभ

 निर्धन वर्गले पाउने कि नपाउने ?

केशब काफ्ले

 नेपालममा बितेको १ दशकमा चिकित्साको क्षेत्रका उल्लेखनिय प्रगति भएको छ । आज नेपालमा नेपाली चिकित्सकहरु द्धारा नै जटिल प्रकारका शल्यक्रियाहरु सफलता पूर्वक सम्पन्न गरिएका समाचारहरु प्रचारमा आउने गरेका छन । नेपालका प्राय ठूला शहरहरुमा आधुनीक उपकरण युक्त सुविधा सम्पन्न चिकित्सालयहरु खुल्ने क्रम पनि जारी छ । हिजोको तुलनामा आज नेपालले चिकित्सका क्षेत्रमा ठूलै फडको मारेको छ । तर चिकित्सा क्ष्ँेत्रमा यसरी उल्लेखनिय प्रगति भएता पनि यसको दायरा भने सिमित रहेको छ । चिकित्सालयहरु सर्वसुलभ हुदैजा“दा चिकित्सा भने सर्वसुलभ हुन सकेको छैन । यसरी शहरदर शहर खुल्दै गरेका निजि चिकित्सालयहरु सम्म गरिब सर्वसाधारहणहरुको पहु“च हु“दैन । चिकित्सालयहरु सर्वसुलभ हुदैजादा चिकिसा भने सिमित वर्गमा सिमित हुदै गएको अवस्थालाई कसैले नकार्न सक्दैन । नेपालले चिकित्सा क्ष्ँेत्रमा गरेको उल्लेखनिय प्रगतिको लाभ उच्च धनाठय वर्गमा मात्रै सिमित छ भन्दा अनर्थ नहोला । नेपालमा निजि क्ष्ँेत्रबाट खुल्दै गरेका चिकित्सालयहरु उच्च धनाठय वर्गलाई लक्ष्ति गरेर धन कमाउने उद्देश्यका साथ खोलीएका छन । भाषण वाजी र प्रचार प्रसारमा आफुहरुलाई ुसेवा मुखि बताउने चिकित्सालयहरु सरकारलाई थोरै कर तिर्ने, ठूला व्यापारीक प्रतिष्ठानहरु हुन भन्दा कति पनि फरक पर्दैन । नेपाल सरकारको स्वामित्वमा रहेका चिकित्सालहरु नै सेवा मुखि छैनन । चिकित्सालयमा कार्यरत चिकित्सक कर्मचारीहरु सेवा मुखि छैनन । फेरी निजि क्षेत्रबाट जनताले के आशा गर्नु ? नेपालले चिकित्सा क्ष्ँेत्रमा जति उन्नती प्रगति गरेपनि निम्न वर्गले त्यस प्रगतिको लाभ पाएका छैनन । यो एउट कटु सत्य हो । यदी कुनै निर्धन व्यक्तिले उपचार नपाएर मनुृ पर्छ भने नेपालमा हुदै गरेको चिकित्सा प्रगतिको के अर्थरहन्छ त ? यदी कुनै गरिब लाई कुनै जटिल रोग लागेमा उसले मृत्युको कामना गर्र्दै मृत्युको बाटो हेरे हुने अवस्था छ हाम्रो नेपालमा जटील रोगका त कुरै पर गए । यहा त चिकित्सकको भाषामा साधारण भनिएको रोगहरुको उपचारका पनि पहुच हुदैन निर्धन व्यक्तिको । निजि चिकित्सालयहरुका त कुरै नगरौं सरकारको स्वामित्वमा रहेका तथा चिकित्सा सुविधा उपलब्ध रहेका चिकित्सालयहरुमा पनि गरिबको दाल गल्दैन  । तिनि चिकित्सालयहरुमा पनि पहुंचका आधारमा मात्रै उपचार हुने गर्दछ । पद तथा पहुचको बलमा गरिबको हक सरासर मारिएको आखाले देख्न पाईन्छ । नेपालका चिकित्सक तथा चिकित्सालयहरु कति सम्म समवेदना हिन छन भने , उनिहरुले लासको पनि व्यापार गर्नबाट पछि पर्र्दैनन । यका तिरको दुखाई एकातिको सेकाई , एकातिरको आधी एकातिरको झोलुंगो भनेझैं रोगको पहिचान नै नगरी कन वर्षेै सम्म महंगो दबाई खुवाई० रहेर अवस्था गम्भीर भएपछि मात्रै अनेत्र पठाई दिने चिकित्साल र चिकित्सकहरुको कमी छैन नेपालमा । शिक्ष्ाँ तथा स्वास्थ्य सबैले पाउनुपर्छ भन्ने विश्वव्यापि मान्यताको उपहास हुने गरेको छ नेपालमा । नेपालको स्वास्थ्य सेवा पद ,पहुंच र पैसाको दायरा भित्र खुम्चीएको छ । कौवालाई वेल पाकेर के को हर्ष हुनु फोर्न सक्दैन । नेपालमा चिकित्ुसाको क्रान्ति नै भएपनि के को हर्ष हुनु उपचार पाईदैन ।
वर्षेनि करोडौं करोड कमाउने गरेका निजि चिकित्सालयहरुले वर्षमा एक नजा पनि गरिबको उपचार निशुल्क अथवा सहुलीयतमा गदैनन । सरकारको स्वामीत्वमा रहेका चिकित्सालयहरुको ध्यान जनतालाई सेवामुखि स्वास्थ्य प्रदान गनुृमा भन्दा भ्रष्टचार अनियमितता गर्नुमा गएको हुन्छ । गरिबकालागि भनेर सरकारले विनियोजित गरेको व्यवस्थाको लाभ पनि पद र पहुंचको बलमा उच्च वर्गले नै लिएके हुन्छ । अब गरिबले कहाबाट ल्याउने पहुच कसको पदको उपयोग गर्नु ? पहुच भए त गरिब गरिबनै हुदैन नि ? फेरी देश भित्र हुने गरेको यस चिकित्सा प्रगतिको के अर्थ छ त ? नेपालका चिकित्सालयहरु तथा चिकित्सकहरुको दृष्टीमा गरीब वर्गको जिवनको कुनै मूल्य छैन । उनका लागि धन सम्पत्ति नै सर्वोपरी रहेको हुन्छ । नेपालका चिकित्सकहरुमा मानवीय समवेदना पाईदैन । उनिहरुका लागि रोग लागेर चिकित्सालयहरुमा पुग्ने व्यक्ति मानौ सुनको अण्डा दिने कुखुरा जस्तै हो । यो नेपालको चिकित्सा क्ष्ँेत्रको तितो सत्य हो । मानविय जिवनको मूल्य गरिबको पनि उत्तिकै हुन्छ । जिउने अधिकार पनि उत्तिकै हुन्छ । तर चिकित्सक र चिकित्सालयहरु खोलेर बसेका सञ्चालकहरुका दृष्टिमा जिउने  अधिकार उच्च धनाठय वर्गलाई मात्रै छ । यस्तो अवस्था आखिर कहिले सम्म ? गरिबको पहुं्रच चिकित्सालय सम्म पुगेर हुदैन । चिकित्सा सम्म पहुंच  हुनुपर्दछ । औषधि उपचार सम्म पहुच हुनु पर्छ । तर आज नेपालका निर्धन व्यक्तिलाई रोग लागेको ज्ञान हुदा हुदै पनि उपचार गर्न गराउन नसकेर मृत्यु वरण गर्न पर्ने अवस्था बाकी नै छ । विष खाएर मर्नु पासो लागेर मर्नुृ,आत्म हत्या हो भने , रोगको उपचार गर्न गराउन नसकेर जानजानै मर्न पर्नि अवस्थालाई कुन हत्याको श्रेणीमा राख्न पर्छ ? कुन अपराधको श्रेणीमा राख्न पर्छ ? प्रश्न छ सरकार तथा चिकित्सा जगत संग ।
यही समाजको एउटा अंगले चिकित्सा रुपि व्यापार गरेर करोडौं करोड काउने र यही समाजको अर्को अंगले उपचार नपाएर मर्नु के यही हो मानवता ? के यही हो मानव अधिकार ? नेपालको चिकित्सा जगतको वास्तवीकता भुक्त भोगि व्यक्तिलाई थाहा हुने गरेको छ । कुनै पनि चिकित्सालयहरुमा निम्न वर्गको सहज पहुंच भएको र उपचार भएको पाइदैन । शिक्षा तथा स्वास्थ्य सर्वसुलभ हुनुपर्दछ , औषधि उपचार नपाएर कोही नमरुन, शिक्षा भन्दा पनि अझै स्वास्थ्यलाई प्राथमीकता दिईयोस देशमा संविधान निर्माणको कार्य जारी छ । बन्दै गरेको संविधानमा सवै तहका जनताले आवश्यक स्वस्थ्य सुविधा पाउने व्यवस्था गरियोस । गरिब जनताको ह्दयमा पनि चिकित्सकहरुको मान यथावत रहोस । चिकित्सक तथा चिकित्सालय प्रति गरिबका ह्दयमा घृणा उत्पन्न हुने अवस्था नआवस । देशका नेताहरु तथा चिकित्सा क्षेत्रका सम्पूर्ण पेशा कर्मीहरुको ध्यान यस तर्फ पुगोस ।

March 22, 2014

kamal kafle



यस्तै छु माफ गर



मैले देखेको नजिक र तिमीले देखेको टाढा

भोले बाबाको प्रसाद ग्रहण नगरदैमा नास्तिक

फूलको कोमल्ता ढुङ्गामा खोज्नु

अनी गल्ती भो भन्दै माफि माग्नु

यस्तै बसेको छ हाम्रो सस्कार



आवश्यक्ता

न तिमीलाई मेरो छ

न मलाई तिम्रो

बिचमा के पर्छ पर्छ

श्वास रहुन्जेल

न तोड्न सक्छु

न सुमधुर जोड्न जानेको छु



तिम्रो हँ मा हँ लगाउदा

मेरो स्वाविमान गुम्छ

आलोचना गर्दा तिमीलाई ठेस पुग्छ

त्यसैले मौन छु

तिमी शंखा गर्छौ

यस्तै छु माफ गर

जे देख्छु,जे सुन्छु अनी जे भोग्छु

त्यो फ्याटै भनी दिन्छु



आफ्नो लागि त आँफै काफी छु नि

तिमी पनि छौ र त

सोच्न वाध्य छु

पटक पटक गल्ती दोहोराउँदै

त्यसैले माफि मागी रहन्छु

कि सत्य बोल्न देऊ

कि सँगत छोड

अधुरो भावना

अधुरो भावना

 

 

 

 

लक्ष्मी थापॉ मुुस्कान’


 




मन्दीर हेरेर पुजा नगर देवता सबैको एउटै हुन्छ । 
मान्छे हेरेर घृणा नगर मुटु सबैको एउटै हुन्छ ।।
पहाडको हावा स्वच्छ हुन्छ भनेर शहरमा बस्नेलाई के था ।
गरिबको भुपडी स्वच्छ र शान्त हुन्छ भनेर महलमा बस्ते धनीलाई के था ।।

फुल भई फुल्न चाहेपछि असिनाको चोट पनि सहन सक्नुपर्छ ।
गुल्मी
प्रेम गरेर धोका दिए पछि विष खुवाएर मार्न सक्नु पनि पर्छ  ।।
प्रेम के हो नसोध मलाई प्रेममा पागल हुनेलाई सोध ।
चोखो माया के हो नसोध मलाई प्रेममा रमाउनेलाई सोध

लेखेकि छु म तिमीलाई यो मनको अधुरो भावना ।
दिएकी छु म तिमीलाइ सफलताको शुभकामना ।।

किन हामी आज पनि पराधिन छौं ?

किन हामी आज पनि पराधिन छौं ?

केशब काफ्ले

‘पर अधिन सपनेहु सुखनाही अर्थात् अर्काको अधिनमा रहेको व्यक्तिले सपनामा पनि सुख पाउ“दैन’ यो भनाई एक जना प्रसिद्ध भारतीय विद्वानको हो । गुलामीका विभिन्न रुपहरु हुन्छन । ति रुपहरु मध्ये आर्थिक गुलामी पनि पर्न जान्छ । हामी नेपाली जनताले मानौं या नमानौं, तर यो एउटा तितो सत्य हो कि हामी नेपाली आज पनि पराधिन छौं । गुलामीको सिक्रिबाट मुक्त भएका छैनौं हामी नेपाली । तत्कालीन बेलायती साम्राज्यका बेलामा गुलाम हुन परेको भएदेखि नेपाल र नेपाली जनता सम्भव त बेलायतको मात्रै गुलाम हुने थियौं होला ।
तर त्यति बेला गुलामीबाट मुक्त रहनुको मुल्य आज पुरै विश्वको गुलामी गरेर चुक्ता गर्नुपरेको छ, नेपालीलाई । ‘सत्य तितो हुन्छ’ भन्छन् । प्रस्तुत विषय पनि कसै कसैलाई तितो लाग्न सक्छ तर तितो औषधि खानका डरले रोग उजागर नगर्नु र उपचार नगर्नु आफैमा आत्म घात गर्नु जस्तो हो । नेपाली जनताहरुले चाहे तत्कालीन बेलायती साम्राज्यबाद गुलामी गर्नु परेन । तर वास्तवमा गुलामीबाट हामी नेपाली जनता आज पनि मुक्त भएका छैनौं  । हामी नेपाली आज पनि पराधिन नै छौं पर अधिनताको रुप फेरीए पनि अधिनता एथावतै छ । अर्थात आर्थिक अधिनता । हामी आर्थिक रुपमा पुरै विश्वका गुलाम बनेका छौं ।
देलान र खाउ“ला भन्ने अवस्था बा“की नै छ हामी नेपालीहरुको । यथार्थमा हामी नेपाली आज पनि पूर्ण रुपमा परधीन छौं भन्दा अनर्थ नहोला । हाम्रो देशको वार्षिक बजेट वैदेशीक सहयोगमा मात्रै तयार हुने गरेको तितो सत्यलाई कसैले नकार्न सक्दैन । अब विचार गरेर हेरौं त जुन देशको वार्षिक बजेट वैदेशिक सहयोगमा मात्रै निर्भर हुन्छ त्यहा“का जनताको जिवन स्तर कस्तो होला ? हामी आर्थिक रुपमा पुरै विश्वका भनौ अथवा विश्वका धनी राष्ट्रहरुका भनौ तर गुलाम बनेका छौं । राजतन्त्र देखि गणतन्त्र नेपाल सम्म आईपुग्दा विपि देखि शुशिल सम्म आईपुग्दा कसैले पनि कुनै नेताले पनि यस आर्थिक दासता आर्थिक पराधिनताबाट मुक्तिको बाटो खोजी गरेको पाईदैन । आखिर नेपालीहरुले कहिलेसम्म अरुसंग मागेर खाने हो ? आखिर कहिले सम्म दुनियाको गुलामी गरेर  खानी हो ? आखिर कहिले सम्म छिमेकीको भरमा आफनो घरको चुल्हो बाल्ने हो ? बास्तवमा हाम्रा देशका नेताहरुले आफ संगै जनतालाई पनि मागी खाने बनाएका छन भन्दा फरक पर्दैन । आखिर नेपालले कहिले सम्म विदेशी सहयोग रुपी भिखको आधारमा आफनो अर्थ व्यवस्था चलाउने हो ? कहिले सम्म विदेशी सहयोगको भरमा आफनो बजेट बनाई रहने हो ? हामी नेपाली आर्थिक दास्ताको सिक्रीमा बांधिएका छौं र नेपालका नेताहरुले यस आर्थिक पराधिनताबाट जनतालाई मुक्त गराउन चाहदैनन ।
यसमा उनीहरुको आफनो स्वार्थ लुकेको हुने गर्छ । सत्ता परिवर्तनसंगै कसका पालामा विदेशमा गएर धेरै झोली थापियो, कुन कुन नेता विदेशमा गएर धेरै माग्न सफल भयो भन्ने कुरामा चर्चा हुने गर्दछ । नेताहरुको चासो आन्तरिक निर्भतरता भन्दा वैदेशिक सहयोग भित्राउन मा रहने गर्दछ । वास्तवमा नेताले नेपाललाई स्वावलम्बी,आत्मनिर्भर, आर्थिक निर्भरता हुन दिन चाहदैनन । विदेशी सहयोगलाई हिनामिना गर्ने अनि आफना महल ठड्याउने गर्न बानि परेको नेताको ध्यान आफनो देशको आर्थिक विकास तर्पm जादैन । देशमा रोजगार नपाएर जिवन यापन गर्नका लागि विदेश जानु पर्ने अवस्था पनि गुलामी कै प्रतिक त हो नि ? आखिर यस आर्थिक दासताबाट मुक्तिको प्रयास किन गरिंदैन ? कसको जवाफ देहिता छ यसमा ? यो गम्भीर समस्या हो । यस समस्याको बाटो खोजिनु पर्छ । यस आर्थिक गुलामीबाट मुक्तिको मार्ग खोजिनु पर्छ । जबसम्म मागेर खाने बानी छोडिंदैन तब सम्म गरेर खाने बानी बस्दैन । जबसम्म एउटा बाटो छोडिंदैन तब सम्म अर्को बाटो खोजिदैन । त्यस कारण अब मागी खाने बाटो छोडेर आफै गरी खाने बाटो खोज्न तर्फ तत्काल लाग्नुपर्छ । अन्यथा यस आर्थिक पराधिनताबाट हामी नेपाली जनताको मुक्ति कहिल्यै हुदैन र जबसम्म आर्थिक दास्ताबाट मुक्ति हुदैन तबसम्म नेपाली जनताको जिवन स्तरमा कुनै परिवर्तन आउदैन । अब आर्थिक निर्भरताको बाटो खोजिनु पर्छ । आफनो देशको अर्थ व्यवस्था आफै धान्न सक्ने हुनुपर्छ ।
कृषिको क्षेत्रमा क्रान्ति गरेर कृषिमा आत्म निर्भर हुन सके आर्थिक उन्नति गर्न समय लाग्दैन । त्यसकारण सर्वप्रथम कृषि क्रान्ति गर्न जरुरी देखिन्छ । कृषि क्रान्ति औद्योगिक क्रान्ति फेरि आर्थिक क्रान्ति तर उल्लेखित क्रान्ति गर्नका लागि सर्वप्रथम उर्जा क्रान्ति हुन आवश्यक छ । सम्बन्धित मन्त्रालयका मन्त्रीहरुमा ईच्छा शक्ति भए आर्थिक क्रान्तिमा समय लाग्दैन । नेपालका नेताहरुले विदेशमा गएर नेपालको दीनता प्रकट गरेर भिख मागिरहनु भन्दा आफनै देशको श्रँेत तथा साधनको उचित प्रकारले दोहन गरेर आत्म निर्भर हुनु तर्फ लाग्नु पर्दछ ।

March 09, 2014

एमालेको आसन्न महाधिबेशनबाट गुटबन्दी अन्त्य होस्







केशब काफ्ले

नेपालमा योग्य व्यक्ति तथा क्षमतावान व्यक्तिले अवसर पाउ“दैनन् भन्ने विषय खासै नया“ होइन । अनेक प्रकारका संघर्ष गरेर आफुभित्र योग्यता र
क्ष्ँमताको विकास गरेर पनि क्षमता र योग्यताको उपयोग गर्ने अवसर र स्थान नपाएर जीवनदेखि नै हार खाई ओंठ मुख सुकाएर भौतारिंदै हिंडेका धेरैजना हामीले देखेका छौं । आफुसं“ग योग्यता र क्षमता हु“दा हु“दै पनि आफ्नो देशमा कुनै अवसर नपाएर विदेश तर्फ लाग्न बाध्य भएका युवायुवतीको संख्या ठूलै छ । यो नेपाल देश हो । यहा““ योग्यताको कदर ह“ुदैन । यहा““ योग्यताले मात्रै काम चल्दैन । यहा““ क्ष्ँमता र योग्यताको कुनै काम आउ“दैन । यहा““ योग्य व्यक्तिले अवसर पाउ“दैन । यहा“ अवसर पाउनको लागि योग्यता होइन की सोर्ष चाहिन्छ, फोर्स चाहिन्छ । दाम चाहिन्छ, गुट चाहिन्छ सोर्ष÷फोर्स या धन खर्च गर्न सके यहा“ अवसर पाउनको लागि योग्यता चाहिंदैन । योग्यताले काम पाइ“दैन । यो नेपालको शासन व्यवस्थादेखि सामाजिक व्यवस्थासम्म गहिरो जरो गाडेको असाद्धे रोग हो । यस रोगको कुनै औषधि पाइ“दैन । उपचार छैन । नेपालमा फैलिएको यस असाद्धे रोगले नेपालको राजनीति पनि अछुतो छैन । राजनीतिक पार्टीभित्र पनि यो रोग फैलिएर जरो गाडि सकेको रोग हो यो । के पञ्चायती व्यवस्था, के लोकतान्त्रिक व्यवस्था, के गणतान्त्रिक व्यवस्था कुनै फरक पर्दैन ।
राजनीतिक पार्टी भित्र पनि योग्य व्यक्तिले अवसर पाउ“दैनन् । जनतालाई केही गरेर देखाउने अवसर पाउ“दैनन् । योग्य व्यक्तिको राजनीतिक पार्टी भित्र पनि कदर हु“दैन । जनताको पिर मर्का बुझ्ने नेताको पार्टीले कदर गर्दैन । सिडिओ पिट्ने, एलडिओ चुट्ने, राहदानी बेच्ने, देशको भारी बोकेको बाकस फोर्ने जस्ताले बरु अवसर पाए भने आश्चर्य मान्नु नपर्ला  ।  देशलाई विद्युत् पीडा, पानी पीडा, ईन्धन पीडा, सडक पीडाबाट मुक्त पार्छु भन्ने व्यक्तिले अवसर पाए भने आश्चर्य मान्नु पर्छ । राजनीतिक पार्टी भित्र हुने गरेका चरम गुटबाजिका कारण योग्य तथा क्ष्ँमतावान् नेताले पनि अवसर पाउंदा रहेनछन् भन्ने प्रभाणित भैसकेको छ ।
आफ्नो छोटो कार्यकालमै जनमानसमा आफ्नो नाम अंकित गर्न सफल भएका गुल्मी क्ष्ँेत्र नं ३ का जनताका नेता तथा सबै विद्युत् पीडितका नेता अहिले ओझेलमा परेका छन् भन्दा अनर्थ नहोला । गुल्मी जिल्लाको क्ष्ँेत्र नंं ३ का जनताले जुन उद्देश्य पूर्तिका लागि योग्य व्यक्तिको चयन गरेका थिए  तिनी क्षमतावान ईच्छा शक्तिका धनी गोकर्ण विष्ट अहिले ओझेलमा परेको सबैले महशुस गरेका छन् । उनलाई के कति कारण ले ओझेलमा पारियो त्यो कारण जनताले जान्न चाहेका छन् । मलाई लाग्छ–अहिलेको सरकारमा विष्टलाई पठाइनु पर्दथ्यो । उनलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दि“दा के फरक पर्दथ्यो र ?  जनताले जुन आशा र उद्देश्य पुर्तिका लागि व्यक्ति चयन गरेका थिए त्यही व्यक्तिलाई अवसर नदिनु भनेको सरासर जनतासं“ग बेइमानी गर्नु हो । सरासर जनमतको अपमान हो । यसलाई नेपाली राजनीतिको विडम्बना पनि भन्न सकिन्छ । यस पंक्तिकारले पूर्व उर्जा मन्त्री विष्टलाई व्यक्तिगत रुपमा चिनेको छैन । नेपालका ९८ प्रतिशत जनताले पनि उनलाई चिनेका छैनन् । तर उनको नाम नेपालमा ९८ प्रतिशत जनतालाई आज पनि याद छ । यो कसरी सम्भव भयो ? भन्ने विषय यहा““ उल्लेख गर्नु नपर्ला । ९८ प्रतिशत जनताको मनमष्तिस्कमा आफ्नो छाप बसाल्न सफल भएका नेतालाई पुनः अवसर नदिएर जनतासं“ग बेइमानी गरिएको छ भन्ने मेरो व्यक्तिगत धारणा छ । यहा“ प्रश्न उठेको छ कि एमालेले गोकर्ण विष्टलाई मन्त्री पदमा सिफारीस किन गरेन ? प्रश्न यो होइन कि राधा ज्ञवालीलाई उर्जा मन्त्री किन दिईयो ? ज्ञवाली पक्कै पनि मन्त्रीका लागि योग्य व्यक्ति हुनुहुन्छ । नेतृ ज्ञवालीलाई मन्त्री बनाइएको प्रति मेरो आपत्ति होइन । मैले भन्न खोजेको त गोकर्ण विष्टलाई मन्त्री बनाएर उहा“ले सुरु गरेका कामलाई निरन्तरता दिएको भए हुन्थ्यो भन्ने हो । विष्टस“गै विद्युत् पीडित जनताले ठुलै आशा राखेका छन्, हुन सक्छ कि भोलिका दिनमा राधा ज्ञवालीले गोकर्ण विष्टले भन्दा पनि राम्रो गरेर देखाउनु होला । अहिले नै उहा“माथि शंका गर्ने ठाउ“ छैन । उहा“को इच्छा शक्ति योग्यता र कर्मठता हेर्न बा“की नै छ । तर गोकर्ण विष्टले त आफ्नो योग्यता र क्षमता जनता सामु सिद्ध गरिसकेका थिए । सा“च्चै भन्दा आज विद्युत्को पीडा भोगिरहेका जनताले उनलाई याद गरिरहेका छन् । एमाले सरकारमा जा“दा उर्जा मन्त्रालय विष्टलाई दिने कुरामा धेरै नेपाली आशावादी थिए । तर विडम्बना त्यस्तो भएन ।
नेपालको सबै क्ष्ँेत्र अस्तव्यस्त छन् । गोकर्ण विष्ट जस्ता ईच्छा शक्तिका धनी व्यक्तिलाई जुनै मन्त्रालय दिएको भए पनि जनताले राहतको अनुभुति अवश्य गर्ने थिए होलान् । यदी गोकर्ण विष्टले आफै मन्त्री पद लिन नचाहेको भने पनि यो विष्टको जनताप्रति विश्वासघात हो । यदी त्यस्तो होइन र एमालेले उनलाई फेरि अवसर नदिएको हो भने यो एमालेको जनताप्रति विश्वासघात हो । राजनीतिक पार्टीको आन्तरिक संघर्ष तथा गुटबाजिको सजाय जनतालाई दिनु भनेको जनद्रोह हो । जनताले चाहदा चाहदै पनि गोकर्ण विष्ट ओझेलमा परेका छन् । उनी के कति कारणले ओझेलमा परेका हुन् यो जन्न चाहिरेका छन् जनताले । किनकि उनले जनहित र राष्ट्रहितको केही कार्य गरेर देखाएका थिए । गुटबाजिकै कारणले गर्दा विष्ट ओझेमा परेका हुन् भने एमालेका नेताहरुले देशका जनतास“ंग ठूलै धोका गरेका छन् ।
जनद्रोही कार्य गर्ने पार्टीको हविगत कस्तो हुन्छ भनेर हेर्न धेरै टाढा जाुन पर्दैन । योग्य व्यक्तिहरुले अवसर नपाउने बिमारीले गर्दा नै आजसम्म नेपाल पुच्छारमै रहेको छ । देश र देशबासिहरुका लागि केही गर्छु भन्ने व्यक्तिले अवसर नपाउनु भनेको दुःखको कुरा हो । एमाले पार्टी भित्र चरम गुटबाजिकै कारण एउटा योग्य व्यक्तिलाई अवसर नदिएको हो भने जनताले एमालेलाई क्षमा गर्ने छैनन् । यो कुरा पार्टीले राम्रैस“ंग मनन् गरे हुन्छ । आखिरी के बाध्यता थियो ? आखिरी कस्को दबाब थियो ? आन्तरिक दबाब हो की, बाहिरी दबाब हो ? किन र कुन कारणले गर्दा योग्य व्यक्तिले अवसर पाएनन् ? यसको जवाफ दिनैपर्छ, एमाले पार्टीले । बाहिरी दबाब पनि हुन सक्छ किन कि लोडसेडिड्डबाट केही व्यक्ति वा समुहलाई फाईदा पनि हुने गर्दछ । तर जे होस् गोकर्ण विष्टलाई मन्त्री पद नदिएकोमा जनता निरास छन् । उनलाई जुनै मन्त्रालय दिएको भए पनि त्यसमा सुधार हुने थियो । र त्यस मन्त्रालय अन्तगर्तमा पर्ने कार्यमा जनताले राहत पाउने थिए । अपेक्ष्ाँ गरौं कि एमाले पार्टीले जनचाहनाको कदर गर्ने छ, भुल सुधार गर्ने छ, योग्यताको कदर गर्ने छ, योग्य व्यक्ति वा नेतालाई अवसर दिने छ, जनताद्वारा अनुमोदित व्यक्तिलाई अवसर दिने छ ।

March 07, 2014

युवाहरुलाई नैतिक शिक्षा सिकाउ“दै प्रहरी

युवाहरुलाई नैतिक शिक्षा सिकाउ“दै प्रहरी

कमल काफ्ले

बुटवल, फागुन २२ । नया“मिल बस्ने नवीन गौतम हतार हतार गर्दै प्रहरीको आ“खा छलेर हिंड्दै थिए । उनी हतार हतार एक पसलभित्र छिरेर भने ‘बल्ल बंचियो प्रहरीले भेटाएको भए कपाल नै काटिदिन्थ्यो यार‘ उनले भने । उनको कपाल लामो थियो, त्यो लामो कपाल प्रहरीले समातेर  काटीदिने डरमा उनी प्रहरीको आ“खा छलेर हिंड्दै थिए ।
विगत केही दिन देखि रुपन्देहमा प्रहरीले अपराध निणन्त्रण गर्नको लागि भन्दै युवाहरुलाई नैतिक शिक्षा सिकाउने अभियान सुरु गरेको छ । प्रहरीले उक्त अभियान अन्तर्गत मुन्द्रा लगाउने, लामो कपाल पाल्ने, अस्वभाविक रुपमा हिडडुल गर्ने, सार्वजनिक स्थानहरुमा चुरोट तान्दै हिड्नेहरुलाई लक्ष्ँित गरी उक्त अभियान सुरु गरेको हो ।
प्रहरीले केही समयदेखि गरेको विशेष अध्ययनका आधारमा यस्तै प्रकृति र प्रवृत्तिका युवाहरुबाटै आपराधिक गतिविधि भएको ठहर गर्दै पहिलो चरणमा नैतिक शिक्षाको अभियान थालेको बताएको छ । यो अभियान अन्तर्गत पहिलोपटक सामान्य रुपमा सोधपुछ गर्ने, अनुशासनमा रहन आग्रह गर्ने, सुध्रिनका लागि समय दिने र त्यसो गर्दा पनि नमानेमा निगरानी राख्दै कानुनी कारबाहीको प्रकृया चलाउने प्रहरीको तयारी छ । यसै आधारमा युवाहरुलाई प्रहरीले निगरानीमा रखेर सोधपुछ सुरु गरेको छ ।
प्रहरीको यो अभियान अहिले जिल्लाका केही स्थानहरुमा चलाएको छ । भने जिल्लाव्यापी बनाउने तयारी गरेको छ । प्रहरीले त्यस्ता युवाहरुलाई देख्ने बित्तिकै नियन्त्रणमा लिएर सोधपुछ गर्ने र कपाल समेत काटिदिने गरेको छ ।
कपाल पाल्नु एक सौखकको विषय हो । जोसुकै युवाले यदि कपाल पाल्छ भने उसले आफ्नो सौखले पालेको हुन्छ नकि कुनै अपराधिक क्रियाकलापमा संलग्न हुनको लागि, टाटु बनाउने मानिसले आफ्नो सौखको लागि आफ्नो रहरले बनाएको हुन्छ, तर ति सबै मानिसहरु अपराधिक क्रियाकलापमै लागेका छन् भन्न चाहीं मिल्दैन । पुष्पलाल पार्कमा भेटिएका एक युवाले प्रतिक्रिया दिए ।
हुन त पछिल्लो समयमा धेरैजसो कपाल पालेका, धुम्रपान गर्ने, मुन्द्रा लगाउनेहरु नै यस्तो क्रियाकलापमा लागेको पाइएको रुपन्देहीका प्रहरी प्रमुख विक्रम सिंह थापाले बताए । उनले लामो अध्ययनपछि यस्तो निश्कर्षमा प्रहरी पुगेको बताए । परिवारलाई पनि आफ्ना सन्तानको निगरानी राख्न आग्रह गरिएको उनले बताए ।
लागुपदार्थको लत परेका र सोका लागि खर्चको जोहो गर्न पनि अपराधमा सरिक भएका धेरै घटना पाइएको प्रहरीको भनाइ छ । एसपी थापाका अनुसार विषेश गरेर कपाल पालेका युवाहरु गुण्डागर्दीमा लाग्ने, लागुपदार्थ ओसारपसार गर्ने, मानिसहरुलाई धम्क्याउने गरेको पाइएको छ । तर सबै कपाल पाल्ने टाटु बनाउने र मुन्द्रा लगाने व्यक्ति अपराधिक क्रियाकलापमा नलागेको र त्यस्ता व्यक्ति तथा युवाहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरी परिवार तथा आफन्तजनहरुको जिम्मा लगाइएको पनि उनले बताए ।
कुनै पनि पेशाअनुसार कपाल पालेको र मुन्द्रा लगाएको भए डराउनु नपर्ने र अन्य युवाहरु पनि प्रहरीको यस अभियानबाट नडराउनको लागि उनले अनुरोध गरेका छन् । ‘हामीले सोधपुछको दौरानमा कुनै पनि अपराधिक क्रियाकलापमा संलग्न रहेकालाई मात्रै नियन्त्रण्मा लिएर कार्वाही गर्छौं’ उनले भने –हाम्रो अभियान कसैलाई दुःख दिन हैन, बरु समाज सुधार गर्न र अनुशासित बनाउन हो ।’
यदि आफ्नो हुलिया बदलेर पनि कुनै अपराधिक क्रियाकलापमा लागेको छैन भने उसलाई सम्झाएर परिवारको जिम्मा लगाउने समेत उनले बताए । प्रहरीले बिना उद्देश्य कपाल पाल्नेलाई परिवारको उपस्थितीमा कपाल कटाईएको र सम्झाएर परिवारको जिम्मा लगाइएको बताएको छ ।
देशमा शान्तिसुरक्षाको दृष्टिकोणले यो अभियान थालिएको हो । यो अभियानले अपराधिक क्रियाकलाप नियन्त्रण गर्न पनि धेरै हदसम्म सहयोग मिल्ने पनि उनले बताए । 
अपराधिक क्रियाकलाप नियन्त्रण गर्नको लागि प्रहरीको यस अभियानलाई निकै राम्रो भएको बताउंछिन् बुटवल बहुमुखी क्याम्पसमा अध्ययनरत पुष्पा शर्मा । प्रहरीको यो अभियान निकै राम्रो छ । यसले यस्ता अपराधिक क्रियाकलाई धेरै नियन्त्रण गर्छ उनले भनिन् ।  त्यस्तै स्थानीयहरुले पनि प्रहरीको यो अभियानलाई निकै राम्रो प्रतिक्रिया दिएका छन् ।
मंगलापुरमा पनि
ईलाका प्रहरी कार्यालय मंगलापुरले समाजमा रहेका बिकृति र बिसंगति नियन्त्रणका लागि समाज सुधार अभियानको थालनी गरेको छ । अभियान अन्तर्गत कार्यालयले लामो कपाल पाल्ने, ट्यापे, मुन्द्रे र सार्बजनिक स्थनमा धुम्रपान तथा मध्यपान गर्नेहरुलाई सडकमै कारबाही सुरु गरेको छ ।
सो क्षेत्रको मणिग्राम, मंगलापुर, सेमरा बजार, कान्छीबजार, भलावरी लगायतका क्षेत्रबाट दुई दर्जन भन्दा बढी त्यस हुलियाका युवाहरुलाई नियन्त्रणमा लिएर कार्बाही गरेको प्रहरीले जनाएको छ । लामो कपाल भएकाहरुको कपाल काटिएको, मुन्द्रा लगाउनेको मुन्द्रा झि
किएको र सार्बजनिक स्थानमा धुम्रपान तथा मध्यपान गर्नेहरुलाई अब धुम्रपान तथा मध्यपान नगर्न चेतावनी दिइएको कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक टोपबहादुर रानाले बताए ।
अभियान अन्तर्गत प्रहरीले मंगलापुर चोकमा सचेतनामूलक कार्यक्रम गरेको छ । कार्यक्रम मार्फत् समाजमा रहेका बिकृती र बिसंगती नियन्त्रणका लागि सबै आ–आफ्नो स्थानबाट लाग्न आग्रह गरिएको थियो ।

March 04, 2014

अजिंगर र गोहीको जबरजस्त युद्ध


सञ्चार क्ष्ेत्रको भुमिका सबै जनताप्रति समान हुनुपर्दछ

सञ्चार क्ष्ेत्रको भुमिका सबै जनताप्रति समान हुनुपर्दछ

केशब काफ्ले

यही माघ महिनाको ४ गते दिउ“सोपख काठमाडांैबाट पोखरा हु“दै जुम्लाका लागि उडेको विमान अर्घाखा“ची जिल्लामा दुर्घटनाग्रस्त भयो । दुर्घटनामा चालकदलका ३ सदस्य सहित १८ जनाको मृत्यु भयो । मृतकका परिवारजनसहित सबै देशबासीहरुका लागि एउटा दुःखद समाचार थियो यो । यस घटनालाई देशको सञ्चार क्षेत्रले निकै महत्वका साथ हप्ता दश दिनसम्म पनि प्रमुखता दियो । यो उचित पनि हो । देशको शासनसत्ता सञ्चालनमा चौंथो अंगको रुपमा मान्यता पाएको संचारक्ष्ँेत्रको जिम्मेवारी पनि बन्छ यो । तर कहिं न कहिं यस्तो मान्यता र जिम्मेवारी पाएको संचारक्ष्ँेत्रले देशका जनताहरुप्रति भेदभाव गरेको आभास पाइन्छ । वर्गअनुसार अनुसरण गरेको पाइन्छ । संचार क्षेत्र कहिं न कहिं पू“जीपति वर्गप्रति अधिक समर्पित भएको देखिन्छ । गम्भीर प्रकारका सडक दुर्घटना हु“दा त्यति सक्रिय नदेखिने संचार क्ष्ँेत्र विमान दुर्घटना ह“ुदा निकै सक्रिय रहेको पाइन्छ । यस्तो लाग्छ मानौ विमान दुर्घटनामा परेर मृत्यु हुनेहरुको जीवन अति मूल्यवान हुन्छ । यस्तो लाग्छ मानौं सडक दुर्घटनामा परेर मर्नेहरुको कुनै मूल्य नै हु“दैन । मानौ सडक दुर्घटनामा परेर मर्नेहरु किरा मकरा जस्तै हुन् । मानौ संचार क्षेत्रको सडक मर्नेहरु प्रति कुनै जिम्मेवारी बन्दैन । विमान दुर्घटना भएर ८÷१० जनाको मृत्यु हु“दा देशको संचारमाध्ययममा जस्तो हलचल मच्चिन्छ, त्यस्तो हलचल सडक दुर्घटनामा परेर ३०÷३५ जनाको मृत्यु हु“दा पनि मच्चिदैन । यस्तो लाग्छ मानौं विमानमा यात्रा गर्ने अथवा गर्न सक्ने मात्रै विशेष हुन् ।
विमान दुर्घटना हु“दा नेपालको हवाई मार्गप्रति सुरक्षाको विषयलाई गम्भीरतापूर्वक उठाउने संचार माध्यम सडक मार्गको सुरक्षँप्रति त्यति गम्भीर किन देखिदैनन् रु विमान उच्च पू“जीपतिको सम्पत्ती त्यसमा यात्रा गर्ने यात्रुहरु उच्च धनाढ्य वर्गका के त्यसै कारणले गर्दा संचार क्षेत्र उनीहरुप्रति अधिक समर्पित देखिएको हो त रु देशको जुनकुनै क्षेत्रमा जुनसुकै कम्पनीको विमान दुुर्घटना भएर ४÷६ जनाको मृत्यु भयँे भने देशका सम्पूर्ण संचारक्ष्ँेत्रमा प्रमुुख समाचार बन्न पुग्छन् । हप्ता १० दिन सम्म पनि त्यसबारे ठूला ठूला लेख, विचार, सुझाव सुरक्षाबारे चिन्ता आदि जस्ता विषयले विषेश त छापा संचार भरिएका हुन्छन् । तर त्यही छापा संचारले देशको कुनै क्ष्ँेत्रमा बस दुर्घटना भएर ३०÷३५ जनाको मृत्यु हु“दा ठूला छापा संचारले एउटा कुनामा संक्ष्ँिप्त समाचार छापेर औपचारिकताको मात्रै पुर्ति गर्दछन् ।
मानव जीवन सबैको मूल्यवान हुन्छ । विना अर्थको जीवन कसैको हु“दैन । सबैको जीवन अर्थपूर्ण हुन्छ । गरिब के धनी के रु आ–आफ्नो क्षेत्र तथा आ–आफ्ना परिवारका लागि सबैको जीवन उत्तिकै महत्वपूर्ण हुन्छ । धनीको मृत्यु हु“दा उनका आफन्तको मुटु दुख्ने तथा गरिबको मृत्यु हु“दा उनका आफन्तको मुटु नदुख्ने हुन्छ र रु के गरिबको आफ्नो परिवारप्रति माया ह“ुदैन र रु के गरिबको आफ्ना परिवारप्रति कुनै जिम्मेवारी हु“दैन र रु के गरिबका लालाबाला हु“दैनन् र रु फेरि देशको शासनव्यवस्थाको चौथो अंगको रुपमा स्थापित संचार क्षेत्रले यिनी दुई वर्गलाई छुट्याएर व्यवहार गर्नुको के अर्थ हो त रु मानवीय दृष्टिकोणले धनी गरिब जो मरे पनि उनका परिवारजनलाई बराबरको पीडा हुन्छ । जहा“तक लालाबाला, घरपरिवार आदिको विचल्लीको कुरा हो त्यसमा गरिब परिवार झनै अधिक पीडित हुन्छ । फेरि पनि विमान दुर्घटनालाई महत्व दिने देशका साना ठूला कुनै संचार माध्यमहरुले पनि सडक दुर्घटनालँई त्यति महत्व दिदैनन् । के यो तल्लो वर्गप्रति संचारक्षेत्रको अन्याय होइन र रु
आजकल देशका सम्पूर्ण नागरिकहरुले शासन प्रशासनमा भन्दा पनि संचारक्षेत्रमा भरोसा गर्ने गर्दछन् । जनताले संचारक्षेत्रलाई आफ्नो भरोसाको साथीको रुपमा स्वीकार गरेका छन् । त्यस्तो अवस्थामा संचारक्षेत्रद्वारा वर्ग विशेषप्रति अधिक साहानुभुति देखाउनु कत्तिको उचित कुरा हो त रु संचार क्षेत्रको सबै जनताप्रति बराबर उत्तरदायित्व हुनुपर्नेमा उच्च धनाढ्य वर्गप्रति अधिक उदार हुनु र गरिब वर्गप्रति उदास हुनु राम्रो संकेत पक्कै पनि होइन । निश्चित रुपमा देशका ठूला संचार माध्यमहरुमा देशका पू“जीपतिहरुको पू“जीको पनि लगानी लागेको होला । लगानी लाग्नु पनि पर्दछ । पू“जीपतिले नै पू“जीको लगानी गर्न सक्छन् । पू“जीपतिहरुले संचारक्षेत्रमा लगानी नलगाए संचार क्षेत्रको उन्नती पनि हुन सक्दैन ।
गरिब वर्गले त लगानी लगाउन सक्दैन तर त्यसैलाई आधार बनाएर संचार क्षेत्रको फाइदा गरिब वर्गले नपाउनु भनेको दुःखको कुरा हो । सडक दुर्घटनामा मृत्यु हुनेहरु पनि मानव नै हुन् । विमान दुर्घटनालाई अत्यधिक महत्व दिने संचार क्षेत्रले सडक दुर्घटनालाई हल्का रुपमा लिनुले वर्ग विभाजनको आभास दिन्छ । देशभित्रका प्रत्येक घटना परिघटनाहरुमा संचार क्ष्ँेत्रको अति नै महत्व छ । देशभित्र कतिपय व्यक्ति समुदाय आदिले न्याय नपाउ“दा संचार क्षेत्रलाई गुहारेको पाइन्छ । संचार क्षेत्रको दवावकै कारण कतिपय अन्यायमा परेकाले न्याय पाएको उदाहरण प्रशस्त पाइन्छ । संचार क्षेत्र आज एउटा समाचार दिने माध्यम मात्रै रहेन संचार क्षेत्रको भुमिका आज व्यापक भएको छ । त्यसकारण यस क्षेत्रले देशको कुनै पनि वर्गसं“ग भेद्भाव देखाउनु हु“दैन । देशका सबै वर्गप्रति समान व्यवहार देखाउनु पर्दछ संचार क्षेत्रले । यस पंक्तिकारको उद्देश्य विमान यात्रुहरुस“ंग दुराभाव राख्नु कदापि होइन ।
दुर्घटनामा परेर अकालमा मानव जीवन गुमाउनु भनेको सबैका लागि दुःखको कुरा हो । सुरक्षाकै कुरा गर्ने हो भने पनि नेपालको हवाई मार्ग भन्दा पनि सडक मार्ग कहिं अधिक असुरक्षित छन् । जर्जर सडक, पुराना यातायातका साधन, चालकको असावधानी, मौसमको प्रतिकुलता भौगोलिक अवस्था आदि । यस्तै समस्या हवाई मार्गमा पनि छन् । त्यसकारण सडक दुर्घटनालाई पनि संचार क्षेत्रले गम्भीरतापूर्वक लिएर प्रमुखता दिनुपर्दछ । हवाई दुर्घटनाले १० दिनसम्म प्रमुखता पाउ“दा सडक दुर्घटनाले एकै दिन पनि प्रमुखता नपाउनु दुःखको विषय हो ।