 |
कमल काफ्ले |
कमल काफ्ले
सभ्य समाज सधैं सफा रहन्छ । अर्थात् कुनै शहर सफा देखियो भने बाहिरबाट घुम्न आउने मान्छेको मुखबाट स्वत ःस्फुर्त यस्ता उद्गार सुन्न पाइन्छ( आहा यो शहरको मान्छेहरु कस्ता सभ्य रहेछन । तर आज हाम्रा शहरहरु सबै फोहर छन् । फोहर मैला व्यवस्थापन हाम्रो लागि चुनौती नै भएको छ । फोहरको थुप्रोले हाम्रो त मन खिन्न मुडअफ हुन्छ भने विकसित राष्टूहरुबाट आएका विदेशीहरुको लागि टाउको दु ःखाइ नहुने कुरै भएन । उनीहरुको अगाडि हामीलाई त्यसै पनि आत्माग्लानि भइहाल्छ । विकसित राष्ट्रहरुले फोहर मैला व्यवस्थापन चुस्त दुरुस्त गरेको देख्दा हामीलाई अचम्म लाग्छ । कहिलेकाहीं हाम्रो मनमा यस्तो तरङग आउछ( यिनीहरुले फोहर नै गर्दैनन् कि कसो फोहर त आवश्य पनि गर्छन ्। तर, फोहर व्यवस्थापन चुस्त ढङगले गर्छन ।
फोहर मैलाको पहिलो सिद्धान्त त फोहर नै नगर्नु हो । हामीले फोहर नै गरेनौं भने फोहर मैला व्यवस्थापन त्यसै पनि सरल भएर जान्छ । फोहर नै नगर्नु त सम्भव छैन । तर, चेतनाको स्तर अभिवृछि भएको छ भने फोहर व्यवस्थापन सहज हुन जान्छ । कुनै पार्टी अथवा पिकनिकमा हामीले खान सक्ने परिमाण्ँको खाना मात्र लियौं भने पनि हामीले फोहर मैला व्यवस्थापनलाई सहयोग नै गरेको ठहछ । कारण्ँ, हामीले फया“केको खानाले फोहर मैला व्यवस्थापनको चुनौतीलाई झन चुनौतीपूणर््ँ बनाइदिन्छ । त्यस्तै, कुनै सामान खरिद गर्दा हामीले पोलिथिनको थैलीसहित सामान लिएनौं भने पनि हामीले फोहर मैला व्यवस्थापनलाई सहयोग गरेको ठहर्छ। कुनै पनि सामान प्रयोग गर्दा वेस्टेज नगर्ने, गर्नै परे पनि न्यूनतम प्रयोग गर्ने, वेस्टेज सामानलाई सकेसम्म पुन ः प्रयोग गर्न कोशिश गर्ने वा पुन ः प्रशोधन गरी केही उपयोगी सामान बनाई प्रयोगमा ल्याउने ग¥यौं भने यसबाट हाम्रो घर, गाउ“रसमाज, शहर, बाटो र राष्ट्रमा नै फोहर मैला व्यवस्थापनलाई सहयोग त पुग्न जान्छ नै, र थोरै मात्रामा भएपनि आथिर्क बचत तथा आर्जनसमेत हुन्छ । फोहर मैला व्यवस्थापनमा अनुशासन तथा संस्कारको पनि भूमिका रहन्छ । जेसुकै फोहर जतासुकै फा्क्ने हाम्रो संस्कार छ । यस्तो कार्य व्यक्तिगत लगायत सार्वजनिक हितका निम्ति पनि एकदम नै आपत्तिजनक हो । पान, सुर्ती, खैनी, गुट्खा खाएर फा्याक्ने, थुक र माटोमा नगल्ने प्रकारको त्यसको प्लास्टिक खोल, सिगरेट (चुरोट) को ठुटा, कागजको टुक्रा, सुर्ती, खैनी, गुट्खाको व्यापार, खकार, सि“गान आदि मात्र पनि निदिष्र्ट ठाउ“मा फया“के फोहर मैला व्यवस्थापनमा ठूलो सहयोग पुग्न जान्छ ।
नेपालका ५८ वटा नगरपालीकाहरु मध्ये बुटवलनगरपालीका पनि हरियाली,सफा,पर्यटकीय र व्यवसायीक रुपले चिनीन्छ । बुटवल नगरपालीका नेपालका अन्य नगरपालीकाहरु मध्येकै उत्कृष्ट नगरपालीका पनि हो । बुटवल नगरपालीका सरसफाई,बातावरणीय रुपमा पनि उत्कृष्ट नै छ । पहिले पहिले फोहोर व्यवस्थापन चुनौतीको रुपमा देखिएको थियो । जताहेरे पनि बुटवल फोहोर मैलामा डुबेको हुन्थ्यो । चोकचोकमा फोहोरका थुप्रा देखिन्थे । तर अहिले आएकर बुटवल त्यस्तो छैन । बुटवलनगरको रुपनै फेरीएको छ । बुुटवल नगरमा चुनौतीका रुपमा हरेको फोहोर मैला अहिले धरै हदसम्म व्यवस्थापन भएको छ । अर्थात अहिले हामीले बुटवललाई नेपालका अन्यशहरहरु जस्तै सफा देख्न सकिन्छ ।
यो नगरको फोहोर मैला व्यवस्थापन गर्न बुटवलनगरपालीकाले विभिन्न उपाय तथा नितिहरु अपनाएर यो फोहोर मैला व्यवस्थापन गरेको छ । यो चुनौतीका रुपमा देखिएको फोहोर मैला व्यवस्थापनलाई बुटवलनगरपालीकाले कसरी समाधान गरेको छ त ? बुटवल नगरपालीका बातावरण तथा सामाजिक सररफाई शाखाका अधिकृत ठगिश्वर पोखरेल संग गरिएको कुराकानी ।
१.बुटवल नगरपालीकाले बुटवल नगरबाट निश्कने फोहोरलाई कति भागमा विभाजित गरेर यसको व्यवस्थापन गर्ने गरेको छ ?
उत्तरः बुटवल नगरबाट निश्कने सबै फोहोरलाई अहिले तत्कालै पुरै यति भागमा भनेर विभाजित त गरिएको छैन । तर बुटवलनगरभित्रका केहि वडाहरुमा भने फोहोरलाई ३ भागमा विभाजन गरिएको छ । (क) कुहिने फोहोर (ख) नकुहिने फोहोर (ग) पुन प्रयोग गर्न मिल्ने फोहोर गरेर तिनभागमा विभाजन गरिएका छन । यसको प्रयोग हामीले बुटवलको वडा नं १२ मा गरिएको छ ।
२.फोहोर प्रकृति अनुसार व्यस्थापन भएको छ त ?
बुटवलको १२ नं वडामा करिब ५०० घरधुरीमा फोहोरको प्रकृति अनुसार यसरी व्यवस्थापन गरिएको हो । त्यस स्थानमा कुहिने फोहोरलाई कुहाएर कम्पोष्ट मल बनाइएको छ । किसानहरुलाई पनि यसबारेमा जानकारी दिदै कुहीने फोहोरलाई मल बनाएर आफ्ने घरको करेसाबारीमा यसको प्रयोग गर्न प्रत्साहन गरिएको छ । नकुहीने फोहोरलाई बातावरणमैत्रि रुपमा यसलाई नष्ट गरिएको छ । र पुन प्रयोग गर्न मिल्नेखालका फोहोरलाई पुन प्रयोग गर्ने स्थानमा पठाईएको छ । धेरै फोहोरलाई बुटवलको पवित्र नगरमा रहेको डम्पिड्ड भएको छ ।
२. के गर्दा फोहोर व्यवस्थापन प्रभाकारी हुन सक्छ ?
बुटवल नगरपालीकालाई अझ उत्कृष्ट र व्यवस्थीत बनाउनको लागि यहा“को सरसफाई अझ ध्यान दिनपर्ने जोड दिन्छन यहा“का स्थानीयबासी तथा आन्तरिक पर्यटकहरु पनि । बुटवल नगरपालीकाले यस बुटवल नगरको फोहोर व्यवस्थापनको लागि के((के कार्य गरेको छ त ?
३.के गर्दा फोहोर व्यवस्थापनका काम प्रभावकारी हुन सक्छ ?
फोरोर व्यवस्थापनको लागि सबै भन्दा पहिला त फोहोर नै नगर्नु हो । त्यसपछि घरबाट निश्कने फोहोरलाई प्रकृति अनुसार फोहोर छुट्याउने जस्तै कुहिने,नकुहिने,रिसाईकिलिङ गर्ने आदी गर्न सकिन्छ । कुहिने फोहोर जतिलाई मल बनाएर घर मै प्रयोग गर्ने गर्दा धेरै राम्रँे हुन्छ । रिसाईकिलिङ हुने फोहोरलाई बेच्चेर आर्थिक आम्दानि पनि गर्न सकिन्छ । कतिपय फोहोर यस्ता हुन्छन कि तिनको प्रयोग प्रश्चात तिनिफोहोर हरुलाई घर मै पनि पुन प्रयोग गर्न सकिन्छ । जस्तै डब्बाहरु , प्लाष्टिकका थैलिहरु आदी । अनि अर्को तर्फ टोलटोलमा निश्कने फोहोरहरुलाई त्यही टोल टोलमै व्यवस्थापन गर्न सकिन्छ । वडावडा मा व्यवस्थापन गर्न सकिन्छ ।
४.फोहोर व्यवस्थापनमा बजेको अभाव हो कि ? जनचेतनाको ?
मुख्य फोहोर व्यवस्थापनमा बजेटको अभाव भन्दा पनि ठूलो कुरा जग्गाको अभाव हो । अहिले फोहोर व्यवस्थापनगर्न जग्गाको अभावले गर्दा फोहोर व्यवस्थापन ठूलो चुनौतिको विषय बनेको छ । ल्याण्डफील्डको लागि पनि जग्गाको नै अभाव भएको छ । भने अर्को तर्फ फोहोरमा काम गर्ने मानिस अथवा कर्मचारीहरुको पनि निकै अभाव रहेको छ । फोहोर उठाउनको लागि मानिस नभेटिनाले पनि फोहोर व्यवस्थापनमा एउटा चुनौती बनेको छ । यस्ता मानिस जहापायो त्यहा नभेटिने र भेटिए पनि केहीले काम नगर्ने , कोही एक दुई दिन गरेपछि छोडेर हिंडने र कसैले धेरै नशा गरेर बस्ने गरेकाले पनि यस्ता कर्मचारीको कमीले गर्दा फोहोर व्यवस्थापन चुनौतीको रुपमा देखा परेको छ ।
अर्को तर्फ जनचेतनाको पनि कमी छ । जनचेताको कमीले गर्दा मानिसहरुले जहापायो त्यहा फोहोर फ्याक्ने , फोहोरको प्रकृति छुट्याउन नसक्ने,त्यसलाई व्यवस्थापन गर्ने आईडिया नहुदा पनि यो फोहोर व्यवस्थापन थोरै कठिन बनेको छ ।
५.ल्याण्डफिल्डको कुरा कहां पुगेको छ ?
ल्याण्डफिल्डको कुरा पक्रिया चलिरहेको छ । सर्वप्रथम यसलाई वातावरणीय मैत्रि बनाउने पक्रिया चलिरहेको छ । त्यस ठा“उमा फोहोर फाल्न भन्दा पहिला त्यसलाई वातावरण मै्त्री बनाउनु पर्ने हुन्छ । यदी यसो गरिएन भने त्यस ठाउमा धेरै दुर्गन्ध फैलन सक्ने सम्भावना हुन्छ । जसले गर्दा भयानग रोगहरु फैलन सक्छ । अर्को तर्फ स्थानियको विरोध पनि हुनसक्छ । त्यसकारणले गर्दा त्यस ठाउमा फोहोर फाय्क्न भन्दा पहिला त्यसलाई दुर्गन्ध रहित बनाउने , बातावरणमैत्री बनाउने , र अघि भने जस्तै त्यही ठाउमा नै फोहोर को प्रकृति छुट्याउने व्यवस्था पनि हुदै छ । यदी वातावरण मैत्री (भ्क्ष्) भयो भने र त्यसठाउका स्थानियको सहमति भयो भने मात्र ल्याण्डफिल्ड तयार हुन्छ ।
त्यसैले अहिले ल्याण्डफिल्डको कार्य चलिरहेको छ । यसलाई हामीले सन २०१५ को म्भ्ऋभ्ःद्यभ्च् सम्मा सिध्याउने तयारी भैरहको छ । र सन २०१६को पहिले महिना देखि नै त्यस ठाउमा हामीले फोहोर लैजाने तयारी गरिरहेका छौं ।
६.खास ज्वालन समस्या के छन त ?
यस ल्याण्डफिल्डको खास ज्वालन समस्या भनेको त्यस ठाउमा र त्यसका वरीपरिका क्षेत्रमा बसोबास गर्ने स्थानियको विरोध नै प्रमुख ज्वालन समस्या हो । यो समस्या समाधानका लागि हामीले अघि भने जस्तै स्थानियहरुलाई त्यस ठाउमा लगिएको फोहोरले असर नगर्ने गरी बातावरण मैत्री बनाउने तयारी भै रहेको छ । त्यस ठाउमा जाने फोहोरहरुलाई हामीहरुले औषधी राखेर र अनि नकुहीने फोहोरहरुलाई धुवां रहित तरिकाले जलाउने कार्य पनि हुदै छ ।
त्यसमा पनि स्थानियहरुको विरोध नै रहेको हुदा स्थानियको सहमतिबाट मात्रै हामीले ल्याण्डफिल्डसाईड खोल्ने तयारी गरिरहेका छौं ।
७.फोहोर व्यवस्थापनमा यस बुनपाको आगामी योजना के छ त ?
आगामि योजना भनेको अहिले बुनपा यस ल्याण्डफिल्ड बनाउने तयारी मै लागेको छ । यो बनाउंदा हामीले बुनपाबाट निश्कने सबै फोहोरलाई ३ भागमा विभाजन गरेर कुहीने,पुनप्रयोग गर्न मिल्ने , र नष्ट गर्नु पर्ने खालको फोहोरहरुलाई छुट्याईने छ । त्यसै गरि कुहीने फोहोरहरुलाई कम्पोष्ट मल बनाएर मलको रुपमा बेच्ने र त्यसबाट भएको आम्दानिलाइ त्यही फोहोर व्यवस्थापन कार्य मै लगाउने तयारी भएको छ । अनि पुन प्रयोग गर्न मिल्ने खालको फोहोरहरुलाई पुन प्रयोग केन्द्रमा लगि विक्रि गर्ने योजना पनि रहेको छ । त्यसैगरि बातावरण मैत्री बनाउनको लागि प्रविधिक सेक्टरको सम्झौताको तयारी पनि भैरहको छ । यी सबै योजना साथसाथै हामीले बुनपामा फोहोर व्यवस्थापन सम्बन्धी तालिमहरु पनि दिने र यसको फोहोर व्यस्थापन गर्दा हुने फाइदा र नगर्दा हुने बेफाईदाको बारेमा तालिमहरु पनि दिने योजना बनाईरहेका छौ ।
८.यस बुनपामा फोहोर व्यवस्थापन गर्नको लागि कति कर्मचारीहरु खटाईएका छन त ?
फोहोर व्यवस्थापनको लागि करिब ८० जना कर्मचारीहरु खटिएका छन । नगर गाडि र निजिगाडिहरु गरेर १० वटा गाडिहरु पनि खटाइएको छ । टोलटोलमा फोहोर उठाउनको लागि भनेर १० वटा रिक्साहरु पनि परिचालन गरिएको छ ।
९.बुनपा भित्र फोहोर व्यवस्थापनका प्रमुख चुनौतीहरु के हुन त ?
प्रमुख चुनौती भने पनि समस्या भने पनि ठाउंको नै समस्या हो । अहिले आधुनिकता सगै र जनसंख्या वृद्धि भए संगै फोहोरको मात्रा पनि बढेको छ । मानिसहरु गाउ बाट सहर केन्द्रित हुदै गईरहेका छन । भर्खर गाउबाट झर्ने मानिसहरुको प्रमुख सहर भनेको यहि बुटवल बनेको छ । त्यसैले भर्खर यो नगरमा झरेका गाउले बासिहरुले फोहोरको व्यवस्थापन सम्बन्धि ज्ञान नहुदा जहा पायो त्यहा फोहोर गर्ने गरेको पाईएको छ । अझ प्रमुख समस्या त अहिले अस्पतालको फोहोरहरु चुनौतीको विषय बनेको छ । बढदो सहरीजिवन सगै अस्पतालहरु पनि धेरै नै खुलेको हुदा अस्पतालबाट निस्कने फोहोरहरु लाई विषेश रुपले व्यवस्थापन गर्नु पर्ने हुदा यस्ता अस्पतालबाट निश्कने फोहोरहरु प्रमुख चुनौतीको विषय देखापरेको छ ।
यो बुटवल नगरपालीकाको समस्या,चुनौती र योजनाहरु थिए । फोहर मैला व्यवस्थापनमा प्रविधिभन्दा व्यवस्थापन पÔ हावी जस्तो लाग्छ । वास्तवमै यदी हामीले हाम्रो घर,टोलछिमेक,गाउ“ठाउ“ र शहर सफा राख्नु छ भने सडकको नालामा नबग्ने, नकुहिने जस्ता फोहर जथाभावी फ्या“क्नु हु“दैन भन्ने कुरा सबैलाई थाहा छ, तर सबैले फ्या“किरहेका छन् । वर्Èापूर्व ढल र नाला सफा गर्नु र गराउनुपर्छ भन्ने कुरा सबैलाई थाहा छ । तर न कसैले यस्तो काम गर्छ न गराउन कुनै पहल गर्छ । पोलिथिनरप्लास्टिकका टुक्राटाक्रि आदिले नाला थुन्छ, यो गलेर जा“दैन भन्ने कुरा पनि सबैलाई थाहा छ । प्रत्येक जिम्मेवार जनमानसमा यस्ता कुरा थाहा भएर पनि यी सबै गर्न नहुने कामहरु भइरहेको र हुने गरेकोले प्रविधिभन्दा व्यवस्थापन पÔ हावी भएको भनिएको हो । जसको कारण्ँ हामी आफैंले गर्दा सडकमा हिंड्दा या शहर बजार जा“दा दुर्गन्धले नाक खुम्च्याएर, मुख छोपेर हिंडिरहेका हुन्छौ ं। दुर्गन्धले गर्दा हिड्दा हिंड्दै वा बसिरहेकै ठाउ“मा थुकेर थप फोहर दुर्गन्ध गरिरहेका हुन्छौ ं। यस्तो कुराको कसैले याद गरिरहेको हु“दैन । यी सबै जनचेतना र सुशासनको अभावकै कारण्ँ भएको मान्न सकिन्छ । कुहिएर जाने अर्गानिक फोहरलाई कम्पोस्ट मल बनाई मोहर (आम्दानीको श्रोत) बनाउने प्रविधि विकसित भएको नै छ । साथै, कुहिएर नजाने, तर पुन ः प्रयोग गर्न सकिने फोहर जस्तो(पोलिथिन, प्लास्टिक, रबर, शीशा, टिन, फलामका टुक्राहरु आदि कच्चा पदार्थको रुपमा तह लगाउन सकिन्छ । केही सिप नलाग तथा पुन प्रयोग हुन नसकने फोहोरहरुलाई ुइन्सीनेरेटरु जस्तो प्रविधि प्रयोग गरी उच्च तापक्रममा पगाल्न पनि सकिन्छ । शहरको मान, मर्यादा तथा शानको लागि पनि फोहर मैला व्यवस्थापन गर्नै पर्छ । साथै, जनताको स्वास्थ्यको लागि पनि फोहर मैला व्यवस्थापन गर्नैपर्छ । फोहरको कारण्ँले आउ“, हैजाजस्तो सङक्रमित रोग फैलियो भने जनमानसलाई त हैरान पार्छ नै, देश हा“क्ने सरकारलाई समेत अस्तव्यस्त पार्न पछि पर्दैन । तसर्थ फोहर मैला व्यवस्थापन सही ढङगबाट गर्न सरकारले विभिन्न सरकारी वा गैरसरकारी सङघरसंस्थालाई आवश्यकता बमोजिम कानुनी बल, आथिर्क सहयोग र प्रविधि उपलब्ध गराएर भएपनि प्रोत्साहित गर्दै तालिम सहितको जनचेतना अभिवृद्धि गराउनु र सुशासन कायम गर्नु आजको आवश्यकता बनेको छ ।
सर्वप्रथम त फोहोर संकलन गर्दा प्रत्येक समुदायमा नै जैविक अजैविक फोहोर छुट्टाछुट्टै कन्टेनरमा थुपार्ने गर्नुपर्छ । जथाभावी थुपार्दा दु्ुर्गन्ध फैलिन्छ । यसरी नै कुनै निश्चित ठाउ“मा संकलित अजैविक फोहोरबाट पुनः प्रयोग हुनसक्ने र प्रशोधन गर्न सकिने, बोतल, प्लास्टिक र धातुका सामग्री छुयाउनु पर्दछ । फेरि जैविक वस्तुलाई पनि समुदायमा गडयौला प्रविधि वा अन्य विधिबाट कम्पोष्ट मल बनाउने र सो मल बगैंचा वा तरकारी बारीमा उपयोगमा ल्याउने तथा बढी भएको कम्पोष्ट मल बजारमा बिक्रिमेत गर्न सकिन्छ । विकसित देशहरुमा फोहोरमैला बालेर, फोहोरमैला बल्दा निस्कने तापशक्तिलाई विद्युती शक्तिमा परिण्ँत गरिन्छ । भने फोहोरलाई वैज्ञानिक तवरले तह लगाइन्छ । नगरÔेत्रको वातावरण्ँ प्रतिकुल प्रभाव पार्नेमात्र होइन, नदीकिनारमा थुप्िरएको फोहोरले नगर नजिकै रहेका नदीनालासमेत प्रभावित भइरहेको सन्र्दभमा अनि नगरोन्मुख गाविसमा समेत देखिन लागेको फोहोरमैलाका समस्या समस्या बेलैमा समाधान गर्न समुदायस्तरदेखि नै अभियान थाल्नुपर्दछ ।