December 22, 2013

द्वन्द्वका पीडितहरुले न्याय कहिले पाउं“छन् त ?

केशब काफ्ले
धेरै वर्षदेखि अनेकौं प्रकारका आन्दोलन तथा संघर्ष रुपी यज्ञ, आहुती पश्चात २०६४ सालमा विजारोपण गरिएको संविधान सभाको गर्भ पुष्ट हुन नपाउ“दै प्रसव पीडामा परेर अनेकन औषधि उपचार गर्दागर्दै पनि छट्पटाई–छट्पटाई मृत्यु हुन पुग्यो । समाधान रुपी बच्चा नजन्मीकन गर्भस्त अवस्थामै दुःखद् मृत्युृ हुन गयो । तत्पश्चात २०७० साल मंसिर ४ गतेका दिन फेरिबाट अनेकन औषधि उपचारका विचमा अर्को संविधान सभाका लागि विजारोपण गरिएको छ । तर यस पटक पनि सभाको गर्भाधान हुनासाथ पीडा पनि सुरु भएको छ  । यस सभाको पनि समाधान रुपी बच्चा नजन्माईकन गर्भस्त अवस्थामै मृत्यु हुन्छ की भन्ने जगजगी बा“की नै छ । यद्यपि यस पटकको गर्भलाई परिपुष्ट गरेर समाधानरुपी स्वस्थ शिशुको जन्मका लागि ठूला–ठूला देशी विदेशी वैद्यहरु उपाचारमा संलग्न रहेका छन् । यस पटक पनि गर्भ नतुहियोस्, नकुहियोस, गर्भ परिपुष्ट भएर समाधानरुपी स्वस्थ शिशुले जन्म लियोस् सबै देशबासीको आकांक्ष्ाँको पुर्ति गरोस्, सबै द्वन्द्वका पीडितहरुले न्याय पाउन सबै देशाबासीको भलो गरोस् । मेरो पनि शुभकामना छ ।
सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामयः शुभकामना पश्चात लागांै विषय वस्तु तर्फ ः
यसै संविधानसभा व्यवस्था परिवर्तन, राजनीतिक परिवर्तन, सामाजिक रुपन्तरणका लागि भनेर माओवादीद्वारा १० वर्षसम्म सञ्चालन गरेको खुनी संघर्षमा देशका थुप्रै निर्दाेस् जनताले प्राण गुमाए । त्यसरी प्राण गुमाउनेका परिवारजनले न्यायका लागि आफ्नो प्राणको बाजी थापेर शुसुप्त आन्दोलन गरिरहेका छन् । जस्तै गोर्खा फुजेलका अधिकारी दम्पती, त्यस्तै डेकेन्द्र थापाका परिवारजनले पनि न्यायको आशा छाडेका छैनन् । यिनी दुई घटना न्यायका लागि पारिवारिक प्रयासका कारण चर्चामा र प्रकाशमा आएका हुन् । जसमा सञ्चार माध्यमको पनि ठूलो भुमिका रहेको छ । सञ्चार माध्यमलाई धन्यवाद दिनै पर्छ । तर त्यस्तै गम्भीर प्रकृतिका अनेकन घटना अझै पनि प्रकाशमा आउन सकिरहेका छैनन् । संविधान सभाको चुनाव होला, न्यायिक आयोगको गठन होला, छानविन गरेर घटनाक्रमको समीक्षा होला, मूल्याङ्कन होला र हामीहरुले यथोचित न्याय पाउ“ला भनेर पर्खाइमा बसेका पीडितहरुको न्याय पाउने आशा भने क्ष्ँीण हु“दै गएको छ । कारण कि तत्कालीन युद्धरत पक्ष त्यस्ता पीडितहरुलाई न्याय दिन तयार छैनन् । उनीहरुले डेकेन्द्र थापा तथा कृष्ण प्रसाद अधिकारीको हत्या जस्ता घटनालाई पनि गम्भीर प्रकारको घटना मान्दैनन् । यिनी प्रकाशमा आएका दुइटा संवेदनशील घटनालाई पनि उनीहरुले गम्भीर घटना मानेर देशमा प्रचलित न्याय व्यवस्था अनुसार न्याय दिन मञ्जुर गर्दैनन् भने सत्य निरुपण तथा मेलमिलाप आयोगको के औचित्य रहन्छ त ? सत्य तथ्य पत्ता लागिसकेका र अभियुक्तले अपराध स्वीकार गरेर अपराध बोध गर्दै पश्चाताप स्वरुप सजाय  भोग्न तयार रह“दा पनि तिनलाई सजाय दिन नपाइएको अवस्थामा फेरि आयोग बनाएर सत्य तथ्य खोज्नुको के अर्थ रहन्छ त ? अपराधि पत्ता लगाउने, फेरि सत्य निरुपण तथा मेलमिलाप आयोगद्वारा आम माफी दिने किन कि यो सत्य निरुपण तथा मेलमिलाप आयोग भनेकै आम माफीको अवधारणा हो । होला तत्कालीन सत्ता पक्ष्ँ पनि केही हदसम्म दोषी होला उनका कर्मचारीहरुले पनि त्यस बखत संघर्षरत पक्षप्रति केही अपराध गरेको भए उनीहरुले पनि सजाय पाउनै पर्छ । तर हेक्का रहोस् कि सत्ता पक्ष्ँ संघर्षको कारक थिएन । सत्ता पक्ष्ँ प्रतिकारक थियो, कारक र प्रतिकारकमा ठूलो भेद हुन्छ । आई परेका माथि जाई लाग्नु अर्थात प्रतिकार गर्नु र निर्दोशको सुरक्षा गर्नु सरकारको दायित्व भित्र पर्दछ । आत्मरक्षा सेल्फ डिफेन्स गर्नु त मनुष्य त के पशु जगतको पनि जन्म शिद्ध अधिकार हुन्छ । आई परेको कारकतत्वस“ंग प्रतिकार गरेको हु“दा उनीहरु पनि हामी जत्तिकै दोषी छन् त्यसकारण तत्कालीन सत्ता पक्षले पनि हाम्रा कार्यकर्ताले झंै सजाय पाउनु पर्छ भन्न मिल्दैन । प्रतिकार गर्नु कुनै ठूलो अपराध होइन, आत्म रक्षा गर्नु अपराध होइन । प्रतिकारका दौरान हुन गएको अपराध क्षम्य पनि हुन सक्छ । त्यसकारण कारक  र प्रतिकारकलाई बराबरीमा राख्न मिल्दैन । माओवादी नेताहरुका अनुसार तथाकथित जनयुद्धका दौरान घटेका घटनाहरु चाहे जस्तै गम्भीर प्रकृतिका भएता पनि दोषीलाई देशमा प्रचलित कानुन अनुसार कार्वाही गर्न मिल्दैन । उनीहरुका अनुसार एउटा छुट्टै आयोग जो की उनीहरुको अनुकुल हुने छ । सत्य निरुपण तथा मेलमिलाप आयोग बनाएर त्यस आयोगले सिफारिस गरे अनुसार मात्रै कार्वाही हुन सक्छ अन्यथा नाई । तर त्यो आयोग पनि कहिले बनाउने ? कसले बनाउने ? कस्तो बनाउने ? माओवादीले आफ्नै अनुकुलको आयोग चाहन्छ त्यसै कारण आजसम्म आयोग बन्न नसकेको हो । फेरि त्यो आयोगले पीडित पक्ष्ँलाई समुचित न्याय दिन सक्ला त ? किन कि यस आयोगको शब्दावलीले नै शंका उब्जाउं“छ । सत्य निरुपण तथा मेलमिलाप आयोग । अब यसको सत्य—निरुपणलाई हटाउ“दा बा“की रहन्छ मेल—मिलाप कस्तो मेल मिलाप ?  के गम्भीर प्रकृतिका घटनामा पनि मेलमिलाप गर्ने ? या करकापमा अथवा आर्थिक प्रलोभनमा मेलमिलाप गर्ने गराउने ? यस प्रकारले करकापमा मेलमिलाप गर्दा पीडितले समुचित न्याय पाउला त ? त्यसरी मेलमिलाप गर्नु छ भने फेरि सत्य निरुपण किन चाहियो ? सत्य तथ्य खोजेर अपराधि पत्ता लगाउने फेरि मेलमिलाप गराएर अपराधिलाई छुट दिने  । समुचित न्याय दिन नसक्ने सत्यलाई किन उजागर गर्नु पर्छ  र ? अब सत्यलाई हटाउ“दा निरुपण बा“की रहन्छ । अब यो निरुपण भनेको आफैमा समाधान पनि हो यदि सत्यको समाधान हुन्छ भने फेरि मेलमिलाप कहा“ं बा“की रहन्छ  त ? सारमा यो कि जति नै अन्तर्राष्ट्रिय मापदण्डको आयोग बनाए पनि यस आयोगबाट पीडितले समुचित न्याय पाउ“दैनन् । यो एउटा आम माफीको अवधारणा हो । आयोगद्वारा पीडितले केही राहत पाउन सक्ला तर यथोचित न्याय पाउ“दैन ।
मेलमिलापको अर्थ यो पनि हुन्छ कि अपराध गरेका दोषीले पीडित पक्ष्ँ समक्ष क्षमा माग्ने । अनि पीडित पक्ष्ँले दबाबमा अथवा आफ्नो महानता दर्साउ“दै अपराधिलाई क्षमा दिने । के यस प्रकारको मेलमिलापलाई न्याय भन्न मिल्छ ? यही हो त न्याय ? अपराधिले ठूलो अपराध गरेबापत पीडित येनकेन कारण देखाएर पीडित पक्षको सहमतिमा अपराधिलाई निम्न सजायमा उम्काउनु पनि हो । मानौ आ“खाको बदला आ“खा । त्यसै माथि पनि पीडित र पीडक दुवै पक्ष्ँ आपसमा सहमत भएर मेलमिलाप गर्दछन् भने र देशमा शान्ति छाउ“छ भने तेश्रो पक्ष्ँसं“ग भन्नु पर्ने बा“की केही रह“दैन । तर सहमति गराउने त्यो तेश्रो पक्ष अर्थात मेलमिलाप आयोग खोइ त ? कहिले बन्छ यो तेश्रँे पक्ष्ँ ? ७, ८ वर्ष बितिसके के न्यायका पर्खाइमा बसेका पीडितहरु एक एक गर्दै मुर्दाघाट गए पछि ? के त्यसरी हुन्छ न्याय ? समयमा नपाएको न्याय न्याय पाएर पनि अन्याय सरह नै हो । यदी यस्तो आयोगद्वारा दोषी दण्डित हुने भए माओवादी पार्टीका नेताहरुले त्यस आयोगलाई बनाउने मन्जुरी नै दिदैनथे । यदी उनीहरुको मनसाय दोषीलाई दण्डित गर्ने खण्डको भए कृष्ण प्रसाद अधिकारी र डेकेन्द्र थापाका हत्यारा र दोषीलाई कार्वाही गर्न खोज्दा किन हल्ला गर्थे र ? यो सबै बुझ्कारले बुझेको विषय हो कि सत्य निरुपण तथा मेल मिलाप भनेको एउटा असामाजिक तत्व वा समुह जसले सरकार वा समाजप्रति असन्तुष्ट रह“ंदै अपराधिक गतिविधि सञ्चालन गरेको हुन्छ । त्यस समुहले अपराधिक गतिविधि त्याग गरेर समाजको मुख्य धारामा आए वापत पुरस्कार स्वरुप दिइने मेलमिलाप आयोग वा आम माफी हो । त्यसकारण यस आयोगबाट पीडितले समुचित न्याय पाउ“दैनन् । फेरि पनि घाउ त्यसै खुला राखिरहनु भन्दा मलमपट्टी लगाउनु बेस । आशा गरांै कि छिट्टै संविधान सभा को गठन होस्, संविधान सभा सुचारु रुपले सञ्चालन हाउस, पीडितहरुलाई समुचित न्याय दिन सक्ने आयोग बनोस्, पीडितहरुले केही राहत पाउ“न्, यही चाहना सबै नेपालीहरुको रहेको छ ।

December 14, 2013

सेवा भन्ने शब्दको अनुचित प्रयोग हुने गरेको छ

केशब काफ्ले
‘सेवा’ यो सेवा भन्ने शब्द आफैमा एउटा मूल्यवान शब्द हो र यो सेवा शब्द आफैमा निकै वजनदार शब्द हो । वजन यस मानेमा हो कि सेवाको वजन जुनतुन मनुष्यले उठाउनै सक्दैन । जसले सेवाको वजन उठाउन सक्छ उसले आत्मीय आनन्द पनि उठाएको हुन्छ । सेवाको आनन्द सेवकलाई मात्रै थाहा हुन्छ । तर आज साधन र सुविधालाई सेवाको रुपमा बुझ्ने र बुझाउने गरिदै छ । सेवा शब्दलाई आज नेपालका व्यापारीहरुले अनुचित रुपमा प्रयोग गरेर नेपालका भोलाभाला जनतालाई भ्रममा पारेका छन् भने सेवा जस्तो महत्वपूर्ण शब्दलाई अपमान गरेर व्यापारिक प्रयोजनमा प्रयोग गर्ने गरेका छन् । वास्तवमा सेवा न त किन्न मिल्छ न बेच्न मिल्छ । सेवा कुनै पनि आर्थिक चलखेलको परिधिभित्र पर्दैन । किन कि सेवा भनेको निःशुल्क हुने गर्दछ । शःसुल्क सेवा हुनै सक्दैन यो भ्रममात्रै हो । शुल्क तिरेर प्राप्त गरिएको कुनै पनि सुविधा सेवा हुन सक्दैन । जस्तो कि हामीहरुले देख्ने र सुन्ने गरेका छौं कि एकै छानामुनि विभिन्न प्रकारका धेरै सेवाहरु बाटोघाटो हिड्डुल गर्दा चारैतिर सेवा लेखिएका ठूला ठूला बोर्डहरु देख्न पाईन्छ । जस्तै चिकित्सा सेवा डेण्टल सेवा, यातायात सेवा, फोन सेवा, कानुनी सेवा आदि । अब प्रश्न यो छ कि के कुनै चिकित्सकले निःशुल्क चिकित्सा सेवा दिएको छ रु के कुनै वकिलले निःशुल्क मुद्धा लडिदिएको छ रु के कुनै यातायातका साधनले निःशुल्क यात्रा गराएका छन रु यदि छैनन् भने यिनी साधनहरुलाई सेवा शब्दले अलंकित गर्नुको के अर्थ छ त रु शुल्क तिरेर प्राप्त गरिएको कुनै पनि भौतिक पदार्थ सेवा हुनै सक्दैन । शुल्क तिरेर प्राप्त गरिएको वस्तु वा पदार्थ साधन हो सुविधा हो यसलाई कुनै प्रकारले पनि सेवा भन्न मिल्दैन । सेवा निःशुल्क हुने गर्दछ । मेरो दा“त दुखेको छ, चिकित्सकलाई देखाउनुप¥यो । चिकित्सकस“ंग भेट हुने शुल्क ५ सय तत्पश्चात दुखेको दा“त फाल्नुप¥यो दा“त फालेको शुल्क ५ सय जम्मा १ हजार अब १ हजार तिरेर गराएको काम सेवा हो कि सुविधा हो त रु यसलाई कसरी डेण्टल सेवा भनिन्छ त रु
ज्याला तिरेर गराएको काम सेवा हु“दैन । ज्याला लिएर गरिदिएको काम पनि सेवा होइन । पैसा तिरियो, सुविधा लिईयो त्यसकारण साधन र सुविधालाई सेवास“ग जोडेर सेवा भन्ने शब्दको अनुचित लाभ लिन उचित हु“दैन । हाम्रँ सेवाहरु भनेर लेखिएको स्थानमा के कुनै वस्तु निःशुल्क पाईन्छ र रु फेरि सेवा लेखेर सेवाको अपमान किन गर्नु त रु निःशुल्क, निष्कपट, निःस्वार्थ भावले गरेको सहयोग नै सेवाको रुप हो । कुनै पनि स्वार्थपुर्तिका लागि गरिएको कार्य सेवा हुनै सक्दैन । त्यसैमा पनि आर्थिक रुपमा फाईदा लिनका लागि उपलब्ध गराईएको साधन त सेवा हुनै सक्दैन । यो हामी सबैले बुझ्न पर्ने विषय हो । र यस्ता कार्यको विरोध पनि हुुनुपर्दछ ।
आजभोलि विभिन्न सेवाका नाममा ठूला ठूला यज्ञायज्ञादी आयोजना हुने गरेका छन् । जस्तै कि गौसेवा, दरिद्र सेवा, अपा· सेवा आदि तर त्यस्ता यज्ञादीका आयोजनाका मूख्य उद्देश्य पनि धनोपार्जन नै रहेको हुन्छ । समाजसेवाको त कुरै नगरौं । आज कस्तो समाज सेवा हुने गर्दछ हामीहरु सबैले देखेको र बुझेको विषय हो । विभिन्न सेवाका लागि भनेर देशमा वित्ता वित्तामा एनजिओ आइएनजिओ खुलेका छन् । सडक बालिका सेवा, विधवा सेवा, महिलासेवा, दलित सेवा आदि । तर यिनी सबैले सेवा भन्ने शब्दको नै अपमान गरिरहेका छन् । यो सेवा शब्दको अपब्याख्याले हाम्रो सं“स्कार सं“स्कृति र परम्परालाई नै ध्वस्त पार्दै छ । व्यक्तिको विषेशतालाई सेवा भन्ने नाम दिएर सेवाको महत्वलाई कम गरिएको छ । हामीहरुले हाम्रा भावी सन्ततिहरुलाई सेवाको अर्थ बुझाउन नसक्दा हाम्रँ सन्ततिहरु पथभ्रष्ट भएर जाने छन् । हाम्रा सन्ततिहरुले सेवालाई एउटा धन कमाउने माध्यमका रुपमा बुझ्ने छन् । उनीहरुले सेवा जस्तो महत्वपुर्ण विषयलाई धन कमाउने माध्यमको रुपमा बुझिदिंदा हाम्रँे परम्परा र मान्यतालाई धक्का पुग्ने छ । जसले गर्दा घरभित्रका वृद्धवृद्धाहरु, अपा·, असहाय, समाजका दीन दुःखी अपहेलित हुने छन् । त्यसकारण साधन र सुविधालाई सेवा भनेर सेवा शब्दको अपब्याख्या नगरौं ।
http://www.mechikalidaily.com/index.php?listId=1900

December 10, 2013

मेरा रमाईला दिनहरुको याद

December 08, 2013

एमाले तथा कां“ग्रेसका सामु अवसर र चुनौती

केशब काफ्ले
नेपलाका सचेत मतदाताहरुले एकपटक फेरि आफ्ना अमुल्य मत प्रकट गरिसकेका छन् । आफ्ना अमुल्य मतद्वारा मतदाताहरुले लोकतान्त्रिक पद्धतिमा अभ्यास गरिसकेका दुई पार्टी नेपाली का“ग्रेस तथा  एमालेलाई संविधान निर्माणको जिम्मा सुम्पेका छन् । विगतको संविधान सभामा यिनी दुई लाकतान्त्रिक पार्टी कमजोर अवस्थामा रहेका थिए । त्यसै कमजोर अवस्थाको एमाओवादीले फाईदा उठाउन खोज्दा संविधान सभाको अवसान भएको जनताले बुझेका छन् । तर आज यिनी दुवै पार्टीलाई मतदाताहरुले आफ्नो विश्वास सुम्पेका छन् । आजको अवस्थामा यिनि दुई पार्टीलाई एउटा ठूलो अवसर प्राप्त भएको छ । तर यो एउटा अवसर मात्र नभएर ठूलो चुनौती पनि हो । यद्यपि एमाले र कां“ग्रसको विगततर्फ फर्केर हेर्ने हो भने दुवै पार्टीमा विषेश भाइचारा रहेको पाईदैन ।  किनकि यी दुई विचारधाराका पार्टी हुन् । यिनका विचारधारा अनुसार पनि यिनिहरु दुई धुर्व हुन् उत्तरी र दक्षिणी तर समयले यिनिहरुलाई एकै ठाउ“मा उभ्याएको छ । अव यिनि दुवै पार्टीले विगतका कुराहरुलाई विगतमै पुरेर अहिले पाएको अवसरको सदुपयोग गर्दै मिलेर जानुको विकल्प छैन । सर्वप्रथम एमाले तथा कां“ग्रेसका नेताहरुले दुई विषयमा गहन विचार गर्नुपर्ने छ । त्यो के हो त भने अहिलेको जनादेश सत्ताका लागि नभएर संविधान निर्माणका लागि हो । सत्ता महत्वपूर्ण हो कि देशको संविधान महत्वपूर्ण हो  भन्ने विषयमा गम्भीर हुन अति आवश्यक छ दुवै दललाई ।
सत्तका लागि मरिहत्ते गर्नतर्फ लाग्ने हो भने यिनि दुवै दलले प्राप्त भएको सुवर्ण अवसर गुमाएर भविष्यमा आफुहरु पनि गुम हुने छन् । हेक्का रहोस् कि अहिलेको निर्वाचन सत्ताका लागि होईन संविधान निर्माणका लागि हो । देशका केहीप्रतिशत जनताले यस निर्वाचनलाई जुन रुपमा बुझेको भए पनि नेताहरुले यस निर्वाचलाई सत्तामुखी सम्झने गल्ती गर्न ह“ुदैन । संविधान निर्माणलाई भन्दा सत्तालाई र पदलाई महत्व दिईयो भने फेरि पनि संविधान बन्न सक्दैन । जसका दोषी यिनै दुवै दल हुने छन् । त्यसकारण यिनी दुवै दलका नेताहरु अति समझदारीका साथ अघि बढ्न जरुरी देखिन्छ ।
अर्कातर्फ सर्वअधिकार सम्पन्न प्रधानमन्त्री तथा मन्त्रीमण्डलको निर्णय नै मान्य हुने देशमा राष्ट्रपति तथा उराष्ट्रपतिको विषेश भुमिका रहं“दैन । त्यो एउटा गरिमामय पद मात्रै हो । त्यसकारण राष्ट्रपति तथा उपराष्ट्रपति पदका लागि मरिहत्ते गरेर यिनै विषयलाई आफ्नो पार्टीको प्रतिष्ठाको विषय बनाएर अल्झिन पर्ने देखिदैन । एउटा अति नै महत्वको कुरा के भने विना अनुमोदन फेरि अर्को कार्यकाल पनि पुरानै राष्ट्रपति उपराष्ट्रपतिलाई निरन्तरता दिने कुरा पनि त्यति सान्दर्भिक देखिदैन । त्यसकारण उहा“हरु दुवैजनाले स्वतः पद त्याग गरेर संविधान निर्माणमा सहयोग गर्नुपर्ने देखिन्छ  । संविधान निर्माणका लागि कुनै पद वाधक हुनुुहु“दैन । उहा“हरु दुवै राष्ट्रका प्रथम अभिभावक हुनुहुन्छ । उहा“हरुका कारणले गर्दा पारिवारिक किचलो हुन्छ भने उहा“हरुले आफ्नो भुमिका त्याग दिनु पर्छ । त्यागको सुरुवात अभिभावकबाटै हुनुपर्छ ।
संविधान निर्माणलाई सर्वोपरी राख्ने हो भने पदीय आकांक्षा गौण हुन जान्छ । संविधान निर्माणमा गम्भीर भएर लाग्ने हो भने पदीय लालचमा कुनै पनि दल फस्न हु“दैन । देशका जनताले संविधान निर्माणका लागि मतदान गरेका हुन् । नकि पदीय लुछाचुंडि गर्न । प्रधानमन्त्री, मन्त्री बनेर विभिन्न ठूलाठूला पदहरु ओगटेर दाम कमाउनका लागि त भविष्यमा संसदीय निर्वाचन त हुनेनै छ ? यिनि कुरा चुनिएर गएका प्रतिनिधिहरुले पनि बुझ्न आवश्यक छ । अहिलेको अवश्यकता भनेको संविधान हो, सत्ता होईन । तर सुरुवाती अवस्था हेर्दा दुवै दल सत्ताका लागि पूणर््ा ललायित देखिन्छन् । जो कि यिनकालागि घातक हुने छ  । एमाले तथा कां“ग्रेसका सामुन्ने अर्को एउटा ठूलो चुनौतीको रुपमा एमाओवादी र माओवादी उभिएका छन् । साथमा अन्य साना दलहरु पनि छन् । यिनि दुवै पार्टीलाई सहमतिमा नल्याईकन संविधान निर्माण हुन गाह्रो पर्छ । त्यसकारण कां“ग्रस र एमाले जसलाई जनताले ठूलो जिम्मेवारी सुम्पेका छन् आपसमै सत्ता संघर्ष गर्नु भन्दा पनि हठ धर्मिकतामा उभिएको एमाओवादी तथा माओवादीलाई संविधान निर्माणमा कसरी सहमतिमा ल्याउने भन्ने तर्फ लाग्नुपर्ने देखिन्छ ।
यद्यपि एमाले का“ंग्रेसको मत गणनाले गर्दा यिनि दुई पार्टी दुई तिहाईका नजिक पुगेका छन् तर एमाओवादी र माओवादीको स्पष्ट उपस्थितिमा यिनलाई पाखा लगाएर जबरजस्ती गर्न उचित देखिदैन । हो यदि एमाओवादी र माओवादी पार्टीले आफ्नो हठ त्याग्दैनन् भने दुई तिहाईले संविधान घोषणा गर्ने अन्तिम विकल्प हुन सक्छ । तर त्यस्तो अवस्था आउनु भन्दा उनीहरुलाई पनि सहमतिमा लिएर संविधान निर्माण गर्नु नै प्रथम विकल्प हो । अहिलेको अवस्थमा एमाले तथा कां“गे्रस दुवै पार्टी एउटै धारामा बग्न बाध्य भएका छन् । समयले पनि यिनिहरुलँई नजिक आउने अवसर दिएको छ । संविधान निर्माणका क्रममा यिनि दुई पार्टीले आ–आफ्ना पार्टीगत सिद्धान्तलाई पनि एकै छिनका लागि भए पनि लचिलोपन दिनुपर्ने देखिन्छ । जसले कि यिनिहरुलाई संविधान निर्माण गर्न सहज होस् र समयमै संविधान बनोस् ।

का“ग्रेस तथा एमाले दुवै पार्टीले प्राप्त भएको यस अवसरको सदुपयोग गरेर वास्तवमा हामी नै प्रजातान्त्रिक पार्टी हौं भन्ने सन्देश जनतामा पु¥याउन सक्छन् । यिनि दुवै पार्टीले सत्ता र पदका लागि मरिहत्ते गरेर समय बर्वाद गरे भने र सत्ता केन्द्रीत राजनीतितिर लागेर फेरि पनि संविधान बन्न सकेन भने भविष्यले यिनिहरुलाई कठोर दण्ड दिने छ । एमाले तथा का“ंग्रेस दुवै
पार्टीमा अन्तरसंघर्ष र गुटबाजी मँैजुद छ । तर त्यस गुटबन्दीको छाया“ अब बन्ने सरकारमा पनि पर्न दिनुहु“दैन । दुवै पार्टीले विगतका कटुतालाई विगतमै राखेर जनताले दिएको मतको सदुपयोग गरेर आफुहरुलाई औवलसिद्ध गर्ने अवसर छ । यिनि दुवैपार्टीस“ग यतिबेला जनचाहना अनुसारको संविधान निर्माण गरेर ।
कुनै पनि पदलाई कसैले पनि आफ्नो प्रतिष्ठाको विषय नबनाएर सम्पूर्ण ध्यान संविधान निर्माणमा नै लगाउन आवश्यक छ । अन्यथा एमाले कां“ग्रेस दुवै पार्टीले प्राप्त भएको एउटा माहान अवसर गुमाउने छन् र यिनिहरुलाई इतिहासले माफ गर्ने छैन ।

December 07, 2013

समाजिक विकासमा बाल क्लबहरु सक्रिय
कमल काफ्ले

बुटवल, मंसिर २१ । आजका बालबालिका भोलिका कर्णधार हुन् । देश विकासमा बालबालिकाहरुको पनि भुमिका हुन्छ । बालबालिका भनेका का“चो माटो हुन् । उनीहरुलाई जस्तो बनायो त्यस्तै हुन्छन् । त्यसैले बालबालिकाहरुलाई सानै उमेरदेखि उचित शिक्षादिक्ष्ाँ दिनु जरुरी हुन्छ । बालबालिकाहरुको पहिलो पाठशाला भनेको उनीहरुको घर हो र पहिलो शिक्षक शिक्ष्ँिका भनेको उनीहरुका बाबुआमा नै हुन् । त्यसैले बच्चालाई भविष्यमा कस्तो बनाउने भन्ने कुरा उनीहरुको घरबाटै थालनी हुुनु जरुरी छ ।
त्यस्तैगरी बालबालिकाहरुको दोस्रँे पाठशाला भनेको विद्यालय हो । अर्थात् विद्यालय यस्तो पाठशाला हो जहा“ उनीहरुले आफ्नो भविष्य साथसथै भविष्यमा गर्ने कार्यको पनि सहि र गलत छुट्याउन सक्ने हुन्छन् । विद्यालय घर पछिको पाठशाला भएकाले बालबालिका भविष्यमा गएर कस्तो कार्य गर्ने भन्नेमा बाटो देखाउन विद्यालयको महत्वपूर्ण भुमिका हुन्छ । त्यसैले विद्यालयमा बालबालिकालाई उचित एवं नैतिक शिक्षा दिनु जरुरी हुन्छ । विद्यालयमा बालबालिकाहरुलाई उनीहरुको आफ्नो भविष्यको बारेमा, समाजविकासका बारेमा साथसाथै देशविकासको बारेमा पनि उचित शिक्ष्ाँ दिनु जरुरी हुन्छ ।
समाजविकासमा पनि बालबालिकाहरुको महत्वपूर्ण भुमिका रहेको हुन्छ । के गर्दा समाजिक विकास गर्न सकिन्छ र उनीहरुको तर्फबाट के कुराको सम्भव छ भन्ने जानकारी दिएमा पक्कै पनि बालबालिकाहरुले समाजिक विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्छन् । त्यसको लागि उनीहरुलाई विद्यालयहरुमा यसबारे विभिन्न तालिमहरु दिने, शैक्षिक परामर्स दिने, यसको भविष्यको फाईदा र उपलब्धिकोबारेमा ज्ञान दिने गर्नुपर्छ । साथै विद्यालयस्तरमा विभिन्न बालक्लबहरुको गठन गर्न लगाउने । जुन क्लबहरुबाट उनीहरु विकासका कार्य गर्न सकुन्, गरिब, देशलाई हितकारी सिद्ध हुने कार्य गर्न सकुन् ।
अहिले रुपन्देही जिल्लाभरिमा रहेका निजी तथा सरकारी विद्यालयमा गरी बालमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत जम्मा ५७ वटा बालक्लबहरु गठन भएको बालमैत्री सम्पर्क व्यक्तिको रुपमा कारर्यरत भरत काउचाले जानकारी दिए । निमावि र मावि गरेर ३८ वटा बालक्लबहरु गठन भैसकेको पनि उनले बताए । जसमा सरकारीमा १९ र निमाविहरुमा १९ गरेर जम्मा ३८ वटा बालक्लबहरु गठन भएका हुन् । गठन भएका ३८ वटै बालक्लबहरुमा कुल ५२ प्रतिशत छात्र र ४८ प्रतिशत छात्राहरुको संख्या रहेका छन् । यि क्लबहरुले आफुहरुको तर्फबाट समाज विकासमा महत्वपूर्ण योगदान दिने बालमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत विस्तारै प्रत्येक नगरमा विकासको काममा बालबालिकाहरुको पहुं“च गराउने विद्यालयलाई बालमैत्री बनाउने उद्देश्यले क्लब गठन गरिएको पनि उनले बताए । यस्ता क्लबहरुलाई प्रोत्साहनस्वरुप विभिन्न कार्यक्रममा नगरपालिकाले पनि सहयोग गर्दै आइरहेको पनि उनले बताए । यस्ता बालक्लबहरुलाई अझ प्रत्येक विद्यालयमा अनिवार्यरुपमा गठन गराई उनीहरुलाई तालिमको समेत व्यवस्था गर्ने उद्देश्य रहेको पनि जानकारी दिए ।
यि बालक्लबका अध्यक्ष तथा सचिवहरुलाई अब बालबिकास, समाजविकास र देशविकासमा बालबालिकाको भुमिका भन्ने कार्यक्रममा सहभागी बनाएर तालिम दिने र उनीहरुद्वारा क्लबमा रहेका अन्य सदस्यहरुलाई पनि यसबारे तालिम दिने उद्देश्य रहेको उनले बताए । जसले गर्दा समाजमा हुने बालहिंसालाई रोक्न बालबालिकाहरु आफै पनि सक्षम हुने उनले बताए ।
बढ्दो शहरीकरण र आधुनिकतासं“गै समाजमा हुने विभिन्न खाले नैतिक, अनैतिक परिवर्तनहरुले बालबालिकाहरुको भविष्यलाई निश्चय पनि प्रभाव त पार्छ नै । समाजमा हुने यस्ताखाले परिवर्तनबाट कति बालबालिकाहरु पीडित हुन्छन् । बालबालिकामा हुने यो खाले हिंसा रोक्न विद्यालयस्तरमा तथा सामाजिक स्तरमा बालक्लबहरु गठन गर्नु पनि उचित नै हो । यस्ता बालक्लबहरुले बालबालिकामा हुने हिंसा रोक्न र समाज विकास गर्न पक्कै पनि आफै सक्षम हुने छन् तथा विद्यालय र सामजिक स्तरमा बालक्लबहरु गठन गर्नु पनि जरुरी छ ।

December 05, 2013

दुव्र्यसनको शिकार अबोधहरु
कमल काफ्ले
बुटवल । एक सर्को चुरोटबाट सुरु हुन सक्छ, धुम्रपानकोे डरलाग्दो तलतलतिरको यात्रा । अभिभावकहरु छोराछोरी सातआठ कÔामा पुग्नासाथ सजग भइहाल्नुपर्ने देखिन्छ । हजारौ“ नेपाली युवाको भविष्य धुम्रपान तथा ड्रग्सले ध्वस्त भएको छ । विशेÈ बन्ने ध्याउन्न र देखासिकीमा धेरै युवा धुम्रपान तथा लागुऔÈधको दुव्र्यसनी भएका छन् । नेपालमा विनाशको यो व्यापार बर्सेनी बढ्दो छ । दुव्र्यसनीलाई सुधार्न खडा भएका पुनःस्थापना केन्द्रहरु व्यापार गर्नको लागि भएका छन् ।  यस्ता लागु पदार्थहरु विषेश गरेर कुनै टेन्सन, थकान तथा खुशिको अवसरमा प्रयोग गर्ने गरिन्छ ।
अहिले यो धुम्रपानको लत युवाहरु संं“गसं“गै बालबालिकाहरुमा पनि देखापर्न थालेको छ । कतिपय विद्यालय जाने विद्यार्थीहरु पनि विद्यालय नजिकैका होटलहरुमा चुरोट, सुर्ती, वियर, गा“जा खाइरहेका भेटिन्छन् । हुन त सरकारले सार्वजनिक स्थानमा धुम्रपान गर्नको लागि निषेध गरेता पनि यसको पुर्णरुपमा भने पालना हुन सकेको छैन । सार्वजनिक स्थानहरुमा पनि युवाहरुलाई चुरोट र गा“जा खाइरहेको भेट्न सकिन्छ । हुन त यो नियम लागु भएपछि पहिलेको भन्दा केही कमी  अवश्य पनि आएको तर पनि नियम कडाईका साथ लागु नहु“दा युवाहरुमा डर र त्रास भन्ने हराएर गएको छ ।
धुम्रपान गर्ने विषेश गरेर १३—१४ वर्षे बालबालिकाहरु देखि क्याम्पस पढ्ने युवाहरुले बढी मात्रामा धुम्रपान गर्ने गरेका छन् । परिवारको माया नपाउनु, परिवारबाट टाढा बसेर पढने, कुनै टेन्सन र साथीभाइस“ंगको मेलमिलापमा युवाहरुले धुम्रपान गर्दछन् ।
साथीभाइको लहलहैमा लागेर धुम्रपान गर्ने युवाहरु पनि प्रशस्त छन् । त्यसैका एक उदाहरण हुन् बुटवल सुख्खानगर निवासी अनिल गौतम । उनी विगत ५ वर्ष देखि धुम्रपान गर्दै आइरहेका छन् । ‘शुरुशुरुमा क्याम्पस पढ्दा नास्ता खान जा“दा साथीहरु मात्र  चुरोट पिउने गर्दथे तर केही दिनपछि साथीहरुले मलाई पनि कर गर्न थाले र आफ्नै पैसाले चुरोट खुवाउन थाले । एकदिन, दुईदिन गर्दागर्दै बानी परिहाल्यो, अहिले छुटाउन मुस्किल परिरहेको छ ’। उनले बताए । त्यस्तै अर्का उदाहरण हुन् १४ वर्षे बालक भिम सुनुवार । उनी अहिले कक्षा ६ पढ्दैछन् तर उनी परिवारसं“ग लुकिछिपि धुम्रपान गर्ने गरेका छन् । शुरुशुरुमा त दाइहरु र दाइका साथीहरुले चुरोट खाएको देख्दा कस्तो हुन्छ भन्ने ईच्छा जागेको थियो । दाईहरुले खाएको चुरोटको ठुटा खान्थें तर पछि पछि धेरै खान मन लाग्यो त्यसैले उनले लुकिछिपि चुरोट पिउने गरेको उनको भनाइ छ ।
युवायुवतीमा आफूलाई अरुभन्दा भिन्न देखाउने चाहना बढी नै हुन्छ । के गर्दा अरुभन्दा फरक र ‘स्मार्ट’ देखिन सकिन्छ भनेर उनीहरु खानपानदेखि गेटअपसम्म विशेÈ केही गर्न खोजिरहेका हुन्छन् । यही मेसोमा उनीहरु कुलतमा फस्न पुग्छन् । साथीले ‘एक सर्को त हो नि तान् न’ भन्दै दिएको चुरोटको सर्कोले उनीहरुलाई बिस्तारै कुलतको महासागरमा पु¥याएको हुन्छ । कुलतमा लागेका अधिकांश साथीसं“गतकै कारण्ँ आफू बिग्रेकोे बताउ“छन् । ९० प्रतिशत दुव्र्यसनीहरुले साथीका कारण्ँ खान सुरु गरेको बताउने गरेका छन् भने ७० प्रतिशतभन्दा बढी दुव्र्यसनीले लागुऔÈध प्रयोग गर्ने साथीहरुबाटै प्राप्त गर्दै आएको तथ्यांक छ ।
किशोरावस्थामा देखासिकी गर्ने होडबाजीका कारण्ँ तन्नेरीहरु दुव्र्यसनमा फस्दै गएको बताउ“छन् । कसैले केही राम्रो वा नराम्रो नया“ काम गर्नेबित्तिकै त्यसकै नक्कल गर्न थालिहाल्छन्, उनी भन्छन्, रहरमा सिकेको त्यही बानी पछि गएर कुलत बन्छ । कस्तो हुन्छ चाखिहालौ“ न भन्ने वाक्यबाट सुरु भएको दुव्र्यसनको लत नियन्त्रण्ँबाहिर जान्छ ।
दुव्र्यसनको शिकार अबोधहरु
कमल काफ्ले
बुटवल । एक सर्को चुरोटबाट सुरु हुन सक्छ, धुम्रपानकोे डरलाग्दो तलतलतिरको यात्रा । अभिभावकहरु छोराछोरी सातआठ कÔामा पुग्नासाथ सजग भइहाल्नुपर्ने देखिन्छ । हजारौ“ नेपाली युवाको भविष्य धुम्रपान तथा ड्रग्सले ध्वस्त भएको छ । विशेÈ बन्ने ध्याउन्न र देखासिकीमा धेरै युवा धुम्रपान तथा लागुऔÈधको दुव्र्यसनी भएका छन् । नेपालमा विनाशको यो व्यापार बर्सेनी बढ्दो छ । दुव्र्यसनीलाई सुधार्न खडा भएका पुनःस्थापना केन्द्रहरु व्यापार गर्नको लागि भएका छन् ।  यस्ता लागु पदार्थहरु विषेश गरेर कुनै टेन्सन, थकान तथा खुशिको अवसरमा प्रयोग गर्ने गरिन्छ ।
अहिले यो धुम्रपानको लत युवाहरु संं“गसं“गै बालबालिकाहरुमा पनि देखापर्न थालेको छ । कतिपय विद्यालय जाने विद्यार्थीहरु पनि विद्यालय नजिकैका होटलहरुमा चुरोट, सुर्ती, वियर, गा“जा खाइरहेका भेटिन्छन् । हुन त सरकारले सार्वजनिक स्थानमा धुम्रपान गर्नको लागि निषेध गरेता पनि यसको पुर्णरुपमा भने पालना हुन सकेको छैन । सार्वजनिक स्थानहरुमा पनि युवाहरुलाई चुरोट र गा“जा खाइरहेको भेट्न सकिन्छ । हुन त यो नियम लागु भएपछि पहिलेको भन्दा केही कमी  अवश्य पनि आएको तर पनि नियम कडाईका साथ लागु नहु“दा युवाहरुमा डर र त्रास भन्ने हराएर गएको छ ।
धुम्रपान गर्ने विषेश गरेर १३—१४ वर्षे बालबालिकाहरु देखि क्याम्पस पढ्ने युवाहरुले बढी मात्रामा धुम्रपान गर्ने गरेका छन् । परिवारको माया नपाउनु, परिवारबाट टाढा बसेर पढने, कुनै टेन्सन र साथीभाइस“ंगको मेलमिलापमा युवाहरुले धुम्रपान गर्दछन् ।
साथीभाइको लहलहैमा लागेर धुम्रपान गर्ने युवाहरु पनि प्रशस्त छन् । त्यसैका एक उदाहरण हुन् बुटवल सुख्खानगर निवासी अनिल गौतम । उनी विगत ५ वर्ष देखि धुम्रपान गर्दै आइरहेका छन् । ‘शुरुशुरुमा क्याम्पस पढ्दा नास्ता खान जा“दा साथीहरु मात्र  चुरोट पिउने गर्दथे तर केही दिनपछि साथीहरुले मलाई पनि कर गर्न थाले र आफ्नै पैसाले चुरोट खुवाउन थाले । एकदिन, दुईदिन गर्दागर्दै बानी परिहाल्यो, अहिले छुटाउन मुस्किल परिरहेको छ ’। उनले बताए । त्यस्तै अर्का उदाहरण हुन् १४ वर्षे बालक भिम सुनुवार । उनी अहिले कक्षा ६ पढ्दैछन् तर उनी परिवारसं“ग लुकिछिपि धुम्रपान गर्ने गरेका छन् । शुरुशुरुमा त दाइहरु र दाइका साथीहरुले चुरोट खाएको देख्दा कस्तो हुन्छ भन्ने ईच्छा जागेको थियो । दाईहरुले खाएको चुरोटको ठुटा खान्थें तर पछि पछि धेरै खान मन लाग्यो त्यसैले उनले लुकिछिपि चुरोट पिउने गरेको उनको भनाइ छ ।
युवायुवतीमा आफूलाई अरुभन्दा भिन्न देखाउने चाहना बढी नै हुन्छ । के गर्दा अरुभन्दा फरक र ‘स्मार्ट’ देखिन सकिन्छ भनेर उनीहरु खानपानदेखि गेटअपसम्म विशेÈ केही गर्न खोजिरहेका हुन्छन् । यही मेसोमा उनीहरु कुलतमा फस्न पुग्छन् । साथीले ‘एक सर्को त हो नि तान् न’ भन्दै दिएको चुरोटको सर्कोले उनीहरुलाई बिस्तारै कुलतको महासागरमा पु¥याएको हुन्छ । कुलतमा लागेका अधिकांश साथीसं“गतकै कारण्ँ आफू बिग्रेकोे बताउ“छन् । ९० प्रतिशत दुव्र्यसनीहरुले साथीका कारण्ँ खान सुरु गरेको बताउने गरेका छन् भने ७० प्रतिशतभन्दा बढी दुव्र्यसनीले लागुऔÈध प्रयोग गर्ने साथीहरुबाटै प्राप्त गर्दै आएको तथ्यांक छ ।
किशोरावस्थामा देखासिकी गर्ने होडबाजीका कारण्ँ तन्नेरीहरु दुव्र्यसनमा फस्दै गएको बताउ“
। कसैले केही राम्रो वा नराम्रो नया“ काम गर्नेबित्तिकै त्यसकै नक्कल गर्न थालिहाल्छन्, उनी भन्छन्, रहरमा सिकेको त्यही बानी पछि गएर कुलत बन्छ । कस्तो हुन्छ चाखिहालौ“ न भन्ने वाक्यबाट सुरु भएको दुव्र्यसनको लत नियन्त्रण्ँबाहिर जान्छ ।

December 02, 2013

जातीय नाराका कारण एमाओवादीको हार
केशब काफ्ले
नेपालका अर्धविकसीत जनताका विचमा अति विद्धानमानिएका कम्युनिष्ट नेता श्री बाबुराम भट्टराई तथा छापामार युद्धका कुशल नेतृत्व कर्ता पुष्पकमल दाहाल प्रचण्ड दुवै जना यतिबेला मणिहराएको सर्प झै व्याकुल भएका  छन । विद्धान मानिएका डा  बाबुराम भट्टराईको सम्पुर्ण विद्धता एकपटक फेरी विफल भएको छ । उनको विदेशमा गएर प्राप्त गरेको विद्यावारीदिको उपाधि नेपालमा भने सफल हुन सकेको छैन । विद्धान भट्टराईका विज्ञ आखाले र उनको विद्यताले नेपाली जनताको मनभाव बुझन सकेन । तसर्थ उनको विद्यता एकपटक फेरी फेल खाएको छ । व्यक्ति विद्धान नहुनु खासै दुखको कुरा होईन तर विद्धान भएर पनि पटक पटक विद्यता फेल हुनुभनेको दुखको कुरा हो । बाबुराम भट्टराईको साथमा पनि यहि भईरहेको छ ।
एमाओवादीका अर्का नेता प्रचण्ड जोकि एमाओवादीका छापामार युद्ध देखि आज सम्म पनि कमाण्डर नै छन । उनले पनि १० वर्ष सम्म गोलीको नेतृत्व कुशलता पुर्वक ग्रेका थिए । तर जनताको माझमा बोलीको नेतृत्व गर्न सकेनन । अर्थात बुलेटको नेतृत्व बुझेका भए पनि व्यालेटको नेतृत्व गर्न सकेनन । तसर्थ दुवै नेता चारो खाने चित भएका छन । यहा निर दुखको कुरा के छभने यिनी दुवै नेतामा अझै पनि होस पसेको छैन । हामीले कहानिर के गल्ती ग¥यौ जनताले हामीलाई किन यो हालमा पु¥याए,भनेर आत्म चिन्तन गर्ने बेलामा उनिहरुले अनेक प्रकारका प्रलाभ गर्दै छन , आफनो सर्मनाक हाकरका लागि नेपाल सरकार नेपाली जनता तथा विपक्षीहरुलाई जिम्मेवार ठहराएर आफुहरु पानीमाथि ओभानो बन्नी कोसीस गरिरहेका छन । यो सरासर नेपाली जनताको र उनले दिएको भोटको घोर अपमान हो । बाबुराम भट्टराई तथा प्रचण्डको बिचारमा जातियताको आधारमा जातिय धुव्रीयकरण भएर भोटको पनि धु्रविकरण हुदै आफुहरुको बहुमत आउनुपर्नि थियो । यस कुरामा उनिहरु निश्चित थिए । तर यही निर उनिहरुको विचारले फेल खायो । पहिलो संविधानसभा भंग हुनुभन्दा केही दिन पहिला प्रचण्डले सडकमा उतारेका आदिवास्ी जनताको उपस्थिती देख्दा प्रच्ण्ड मण्डलिहरुको विचारमा जातिय राजनितिले बहुमत ल्याउन पर्ने थियो । तर आदिवासी जनजाति जनतापनि ध्ेरै सचेत भैसकेका छन । उनिहरु पनि संसार संगै २१औ सताब्धिमा नै आफुहरुलाई स्थापित गरिसकेका छन । आज उनिहरुलाई बेबकुफ बनाएर भुसमा सुताउन त्यति सजिलो छैन । उनिहरुमा विषेश त आदिवासी जनजातिको युवा वर्गमा शिक्ष्ाँको राम्रो पकड भैसकेको छ । उनिहरुले नेताहरुको कुटील चालबाजि बुझिसकेका छन । उनिहरु आफनो हक अधिकार प्रति पनि सचेत बनिसकेका छन । । त्यसकारण उनिहरुलाई समाज बाट एक्लाएर राख्न अब सकिदैन । उनिहरुले माओवादीहरुको जातिय फुट हालेर सामाजिक सदभावनामा खलबल पारेर आफुहरुले राज गर्ने निति बुझिसकेका छन । त्यसैको प्रमाण हो अहिलेको चुनावी नतिजा ।
सदिऔ देखि सबै जात जाति संग सदभावना र सौहार्द पूर्ण वातावरणमा ढाल्दै आएका आदिवासी जनजातिलाइ एमाओवादीले एक्ल्याउन खोजेको थियो तर उनिहरुले माओवादीको यो
चाल कुशलता पुर्वक नकार दिएका छन । यसले के पनि प्रमाणित हुन्छ भने नेताहरुले चाहदैमा नेपाली जनता आपसमा फुटन तयार छैनन । यो सबै दलका नेताहरुलाई एउटा कडा चेतावली पनि हो । जातियताको भावनालाई हतियारको रुपमा प्रयोग गरेर आफनो राजनितिक स्वार्थ पूर्ति गर्ने राजनितिक दलहरुका लागि थप्पड हो अहिलेको चुनावी परीणाम । साथै विविधतामा एकताको सन्देस पनि हो । तर विद्धान ठानिएका नेता  भट्टराई तथा प्रचण्डले जनताको भावनालाई बुझन सकेनन । दश दश वर्ष सम्म भिषण गृहयुद्ध बाट पिडित बनेका जनताले फेरी जातियताको राजनिति गरेर जातिय द्धन्द्ध निम्त्याएर पिडा भोग्न तयार छैनन नेपाली जनता ।
जातिय नारा घन्काएर आपसी भाईचारा सामाजिक सदभावलाई चोट पु¥याएर राज गर्ने सपना विफल पारेका छन नेपाली जनताले ।
त्यसकारण एमाओवादीका नेतृत्व कर्ताहरुले आफना एजेण्डाहरुमा आफनो पार्टीभित्र गम्भिर भएर छलफल गर्न पर्नी देखिन्छ । आफनो हारको जिम्मा अरुमाथि थोपर्न भन्दा पनि आफनो कमीकमजोरी केलाउन जरुरी भएको छ एमाओवादीलाइ । आफना बुहमत आएमात्रै संविधान निर्माण गर्नि अन्यथा संविधान निर्माणमा भागै नलिनी या एन केन प्रकरणबाट संविधान निर्माणमा व्यवधान उत्पन्न गर्निखालका नितिले एमाओवादीलाइ भविष्यमा अझै तल झार्ने छ । विद्धान ठानिएका नेता भट्टराईले आफुहरुले भनेजस्तो भनए फेरीबाट २०५२ निम्त्याउने धम्की पनि दिएका छन । तर हेक्का रहोस वितेको समय फ्र्केर आउदैन । समय मुल्यवान छ । आज अवस्था २०५२को जस्तो छैन जनताको दिमागमा २०४७ पनि छैन , ०५२ पनि छैन । हामीधेरै अगाडि बढिसकेका छौ । अर्को तर्पm कांग्रेस तथा एमालेका नेताहरुले पनि आफना पार्टी भोट दिएर जिताएकोमा मख्ख पर्न पर्नि अवस्था छैन चुनौतीहरुको भरमार छ उनिहरुका समुन्ने । कांग्रेस तथा एमालेले जुन एजेण्डा लिएर जनता सामु भोट माग्न गएका थिए संविधान निर्माणका दौरान तिनिएजेण्डालाइ सम्बोधन गर्न सक्नु पर्छ । जनताले जुन चाहाना र जुनभावले उनिहरुलाई जताएका छन त्यसभावनाको कदर हुृनुपर्दछ । चुनावी घोषणापत्रमा जिकीर गरेका नारा अनुसार जनताको भावना बुझेर अघि बढन र संविधानमा तिनि एजेण्डा र भावना समेटिनु जरुरी छ ।
अब नेपालमा जातिय उत्थानका कुरा गरेर दिर्घकालीन राजनिति हुन सक्दैन । धनि गरिब,शिक्षित,अशिक्ष्ँित, रोगि,निरोगि , उच्च, निम्न सबै जातमा बराबर छन । त्यसकारण जातिय उत्थानमा होईन की वर्गिय उत्थानमा ध्यान दिनु जरुरी छ राजनितिक पार्टीहरुलाई । अन्यथा अरु राजनितिक पार्टीहरुको पनि आगामि दिनहरुमा अहिले माओवादीको जुनहाल भयो त्यही हाल हुन सक्छ । यदी माओवादी नेताहरुले जातिय उत्थानका कुरा उठाएर समाजमा विचलन उत्पन्न गर्नु भन्दा वर्गिय उत्थानको नारा घन्काएको भए एमाओवादी आज सम्भवत बहुमतमा आउने
थियो होला । जाति विषेशका आधारमा राजनिति गर्नेपार्टीको हालत यस्तै हुने छ भन्ने प्रमाण हो अहिलेको चुनावी परिणाम ।
त्यसकारण एमाओवादीको नेतृत्व तहले गम्भिर चिन्तन , मन्थन गर्न जरुरी देखिन्छ । आफनो विद्धता साबित गर्न नसकेका भट्टराईले अझै पनि भन्दै छन कि हाम्रँे एजेण्डा हारेको छैन ।
कहिले हार्छ त उनको एजेण्ड तब जब माओवादीको नाम लिने वाला पनि कोही हुने छैनन नेपालामा ? उनको भाषाले त त्यस्तै लाग्छ । नेपालका  धेरै दुखित पिडित जनताहरुको आशाको केन्द्र विन्दु बनेको थियो एमाओवादी पार्टी तर कालात्तरमा पुग्दा जनताका आशा भरोसा तोडेर एक्लो लिकमा दगुर्नि कोशिस गर्दा दर्घटनामा परेको हो एमाओवादी । एउटा लिकमा रेल हुईकिन सक्दैन । जसले एक्लो लिकमा रेल हुईकाउने कोशिस गर्छ त्यो ठूलो दुर्घटनामा पर्छ भन्ने कुरा निश्चित छ ।